इस्राएलीहरूले जस्तै सेवा गर्

आजभोलि धेरै मानिसहरूले अरूसित सहकार्य गर्दा के-कस्ता पाठहरू सिक्नुपर्छ भनेर ध्यान दिँदैनन्। तिमीहरूमध्ये धेरैले अरूसित सहकार्य गर्दा पाठहरू सिक्न सक्दैनौ भनेर मैले पत्ता लगाएको छु; तिमीहरूमध्ये धेरै जना आफ्नै विचारहरूमा लागिरहन्छौ। मण्डलीमा काम गर्दा तँ आफ्नो विचार पोख्छस् अनि अरू कसैले आफ्नै विचारहरू पोख्छन्, अनि एउटाको अर्कोसित कुनै सम्बन्ध हुँदैन; तिमीहरूले वास्तवमा केही सहकार्य नै गर्दैनौ। सानो मात्रामा नै भएपनि जीवनको खोजी नगरिकन तिमीहरू सबै केवल आफ्नै अन्तर्दृष्टिहरूलाई व्यक्त गर्नुमा वा आफूभित्र बोकेका “बोझहरू” हलुको बनाउनामै मग्न हुन्छौ। अरू कसैले के भन्छ वा गर्छ भन्‍ने कुराको पर्बाह नगरी तँ सधैँ आफ्नै बाटोमा हिँड्नुपर्छ भनी विश्‍वास गर्दै तैँले झारा टार्ने हिसाबले मात्रै काम गरिरहेको देखिन्छ; अरूका परिस्थितिहरू जस्तोसुकै भए तापनि त्यसलाई पर्बाह नगरीकन पवित्र आत्माले अगुवाइ गर्नुभएअनुसार तैँले सङ्गति गर्नुपर्छ भन्‍ने तँलाई लाग्छ। तँ अरूका बलिया पक्षहरू पत्ता लगाउन सक्षम छैनस्, अनि न त आफैलाई जाँच्न सक्षम छस्। तिमीहरू जसरी कामकुरालाई स्वीकार गर्छौ, त्यो साँच्चि नै पथभ्रष्ट र भ्रमपूर्ण छ। यसो भन्न सकिन्छ कि अहिले पनि तिमीहरूले अझै प्रशस्त आत्म-धार्मिकता प्रदर्शन गर्दछौ, मानौँ तिमीहरू पुरानै बिमारीको दशामा फर्केका छौ। उदाहरणको निम्ति, तिमीहरू निश्चित मण्डलीहरूको कामबाट आफूले कस्ता प्रकारको परिणाम हासिल गरेका छौ, वा तेरा भित्री अवस्थाहरूको हालैको स्थिति र यस्तै इत्यादि कुराबारे एकअर्कासित पूर्ण रूपले खुला हुने किसिमले बातचित गर्दैनौ; तिमीहरूले त्यस्ता कुराबारे पटक्कै कुराकानी गर्दैनौ। तिमीहरू आफ्ना धारणाहरूलाई छोडिदिने वा आफूलाई परित्याग गर्नेजस्ता अभ्यासहरू पटक्कै गर्दैनौ। अगुवा र कार्यकर्ताहरूले केवल तिनीहरूका दाजुभाइ-दिदीबहिनीहरूलाई कसरी नकारात्मक हुनदेखि बचाउने अनि कसरी तिनीहरूलाई जोशपूर्वक पछ्याउने तुल्याउने भनेर मात्र सोच्छन्। तैपनि, तिमीहरू सबै आफैले जोशपूर्वक पछ्याए भइहाल्छ भनी सोच्छौ अनि आफूलाई जान्नु र परित्याग गर्नु के हो भन्‍नेबारे तिमीहरूसित कुनै आधारभूत बुझाइ छैन, अरूसित सहकार्य गरेर सेवा गर्नुको अर्थ बुझ्नु त झन् परको कुरा हो। तिमीहरू परमेश्‍वरको प्रेमको साटो तिर्ने र पत्रुसको शैलीमा जिउने इच्छा राख्नेबारे मात्रै सोच्छौ। यी कुराबाहेक, तिमीहरू अरू कुनै कुराबारे सोच्दैनौ। तैँले के समेत भन्छस् भने, अरू मानिसहरूले जे गरे पनि, तँ अन्धो भएर समर्पित हुनेछैनस्, अनि अरू मानिसहरू जस्तोसुकै भएपनि, तैँले चाहिँ परमेश्‍वरद्वारा प्राप्त गरिने सिद्धता खोज्नेछस्, अनि त्यही नै पर्याप्त हुनेछ। तथापि, तथ्य के हो भने, वास्तवमा तेरो इच्छा कुनै पनि प्रकारले बिलकुलै लागू भएको छैन। के यी सबै, तिमीहरूले हिजोआज प्रदर्शन गर्ने व्यवहार होइनन् र? तिमीहरूमध्ये हरेकले आफ्नै अन्तर्दृष्टिलाई पक्रन्छौ, अनि तिमीहरू सबै सिद्ध तुल्याइने चाहना गर्छौ। म देख्छु कि तिमीहरूले त्यति धेरै प्रगति नगरिकन त्यत्तिका लामो समयसम्म सेवा गरेका छौ; निश्‍चित रूपमा, एकआपसमा मिलेर काम गर्नेसम्‍बन्धी यस पाठमा तिमीहरूले केही हासिल गरेका छैनौ! मण्डलीहरूमा जाँदा तिमीहरू आफ्नै तरिकाले कुराकानी गर्छौ, अनि अरूले आफ्नै तरिकाले कुराकानी गर्छन्। मेलपूर्ण सहकार्य बिरलै हुन्छ, अनि तिमीहरूभन्दा तलका अनुयायीहरूको सम्बन्धमा यो कुरा अझै बढी लागू हुन्छ। भन्‍नुको अर्थ, तिमीहरूमध्ये कसैले परमेश्‍वरको सेवा गर्नु भनेको के हो वा कसरी उहाँको सेवा गर्नुपर्छ भन्‍ने कुरा बिरलै मात्र बुझ्छौ। तिमीहरू अन्योलमा छौ र यस प्रकारका पाठलाई हल्का विषयको रूपमा लिन्छौ। यस्ता मानिसहरू अझ धेरै छन् जो सत्यताको यस पक्षलाई अभ्यास गर्नमा मात्र चुक्दैनन् तर जानी-जानी गल्तीसमेत गर्छन्। धेरै वर्षसम्म सेवा गर्नेहरूसमेत एकअर्काको विरुद्धमा लड्छन्, एकअर्काको विरुद्ध युक्ति रच्छन् अनि तिनीहरू ईर्ष्यालु र प्रतिस्पर्धात्मक छन्; हरेकले आफ्नै हित मात्रै खोज्दछ, अनि तिनीहरूले बिलकुल सहकार्य गर्दैनन्। के यी सबै कुराले तिमीहरूको वास्तविक कदलाई प्रतिनिधित्व गर्दैनन् र? दैनिक जीवनमा सेवा गर्ने तिमीहरू इस्राएलीहरूजस्तै छौ, जसले हरेक दिन मन्दिरमा परमेश्‍वर स्वयम्‌को प्रत्यक्ष सेवा गरे। परमेश्‍वरको सेवा गर्ने तिमीहरूसित नै कसरी सहकार्य गर्ने वा कसरी सेवा गर्ने भन्‍ने कुराको कुनै ज्ञान छैन, यो कसरी हुनसक्छ?

त्योबेला, इस्राएलीहरूले मन्दिरमा यहोवाको प्रत्यक्ष सेवा गर्थे, अनि तिनीहरू पूजाहारीहरू भनी चिनिन्थे (अवश्य, हरेक व्यक्ति पूजाहारी थिए भन्‍ने छैन; केवल मन्दिरमा यहोवाको सेवा गर्नेहरूसित मात्रै त्यस्तो पहिचान थियो)। तिनीहरूले यहोवाले तिनीहरूलाई दिनुभएका मुकुटहरू पहिरिन्थे (भन्‍नुको अर्थ, तिनीहरूले यहोवाका मापदण्डहरूअनुसार यी मुकुटहरू बनाउँथे; यहोवाले तिनीहरूलाई प्रत्यक्ष रूपमा ती मुकुटहरू दिनुभएको होइन)। तिनीहरू यहोवाले तिनीहरूलाई दिनुभएको पूजाहारीका लबेदाहरू पनि पहिरिन्थे र मन्दिरमा प्रत्यक्ष रूपले बिहानदेखि साँझसम्मै खाली खुट्टा उहाँको सेवा गर्थे। यहोवाप्रति तिनीहरूको सेवा लापरवाही थिएन, अनि यसमा अन्धाधुन्ध यताउति दौड्ने कुरा समावेश थिएन; बरु यी सबै नियमअनुसार नै गरिन्थे जुन नियमलाई उहाँको सेवा गर्ने कसैले पनि प्रत्यक्ष रूपले भङ्ग गर्न सक्दैनथिए। तिनीहरू सबैले यी नीति-नियमहरूलाई पालना गर्नुपर्थ्यो; नत्र भने, तिनीहरू मन्दिरमा पस्नदेखि वञ्चित हुन्थे। यदि कसैले मन्दिरका नियमहरू तोडे भने—अर्थात्, यदि कसैले यहोवाका आज्ञाहरू अवज्ञा गरे भने—तब त्यस व्यक्तिलाई उहाँले जारी गर्नुभएका नियमहरूअनुसार व्यवहार गरिनुपर्थ्यो, अनि कसैलाई यसप्रति आपत्ति जनाउन वा अपराधीलाई सुरक्षा दिने अनुमति दिइँदैनथ्यो। तिनीहरूले जति वर्ष परमेश्‍वरको सेवा गरे पनि, सबैले नियमहरू पालना गर्नु आवश्यक हुन्थ्यो। यही कारणले, धेरै पूजाहारीहरूले पूजाहारीको लबेदा पहिरिन्थे र यही शैलीमा वर्षभरि यहोवाको निरन्तर सेवा गर्थे, यद्यपि उहाँले तिनीहरूलाई विशेष व्यवहार गर्नुभएको थिएन। तिनीहरूले आफ्नो सम्पूर्ण जीवनसमेत वेदीको सामु र मन्दिरमा बिताउँथे। यही नै तिनीहरूको बफादारीता र अधीनताको प्रकटीकरण थियो। यहोवाले तिनीहरूमाथि त्यस्ता आशिषहरू राखिदिनुभएको थियो भन्‍ने कुरामा कुनै आश्चर्य मान्नु पर्दैन; तिनीहरूको बफादारीताको कारणले नै तिनीहरूले यी सबै कृपा प्राप्त गरे र यहोवाका सबै कार्य देखे। त्यो बेला जब यहोवाले इस्राएलमा आफ्ना चुनिएका मानिसहरूमाझ काम गर्नुभयो, तब उहाँले तिनीहरूबाट कडा मागहरू गर्नुभयो। तिनीहरू सबै अत्यन्तै आज्ञाकारी थिए र व्यवस्थाहरूद्वारा प्रतिबन्धित थिए; यी व्यवस्थाहरूले यहोवाको डर मान्ने तिनीहरूको क्षमतालाई सुरक्षित गर्ने काम गर्थे। यी सबै यहोवाका प्रशासनिक आदेशहरू थिए। यदि ती पूजाहारीहरूमध्ये कसैले पनि विश्राम दिन पालन गरेनन् वा यहोवाका आज्ञाहरू भङ्ग गरे भने, अनि यदि त्यो कुरा साधारण मानिसहरूले पत्ता लगाए भने, त्यस पुजाहारीलाई तुरुन्तै वेदीको सामु लगिन्थ्यो र ढुङ्गाले हानेर मारिन्थ्यो। ती लाशहरूलाई मन्दिरमा वा मन्दिर वरिपरि राखिने अनुमति दिइँदैनथियो; यहोवाले त्यसो गर्ने अनुमति दिनुभएको थिएन। जसले त्यसो गर्थ्यो, त्यसलाई “अशुद्ध बलिदानहरू” चढाउने व्यक्तिको रूपमा व्यवहार गरिन्थ्यो, अनि ठूलो खाल्डोमा खसालिन्थ्यो र मृत्युदण्ड दिइन्थ्यो। अवश्य, त्यस्ता सबै मानिसहरूले आफ्नो ज्यान गुमाउँथे; कसैलाई पनि छोडिँदैनथियो। “अशुद्ध आगो” चढाउनेहरूसमेत थिए; अर्को शब्दमा भन्दा, यहोवाले तोक्‍नुभएका दिनहरूमा बलिदान नचढाउने मानिसहरूलाई तिनीहरूले बलिदानको रूपमा चढाउने थोकहरूसँगै उहाँको आगोले जलाउँथ्यो, जुन थोकहरूलाई वेदीमा रहिरहन अनुमति दिइँदैनथियो। पूजाहारीहरूलाई दिइएका नियमहरू यस्ता थिए: तिनीहरूलाई खुट्टा नधोई मन्दिर वा त्यसको बाहिरी चोकमा समेत प्रवेश गर्ने अनुमति दिइँदैनथियो; पूजाहारीको लबेदा नपहिरेसम्म तिनीहरू मन्दिरभित्र प्रवेश गर्न सक्दैनथिए; पूजाहारीका मुकुट शिरमा नपहिरेसम्म तिनीहरू मन्दिर प्रवेश गर्न सक्दैनथिए; यदि लाश छोएर अपवित्र भएमा तिनीहरू मन्दिर प्रवेश गर्न सक्दैनथिए; अधर्मी व्यक्तिको हात छोइसकेपछि आफ्नो हात नधोएसम्म तिनीहरू मन्दिरमा प्रवेश गर्न सक्दैनथिए; अनि तिनीहरूले स्त्रीहरूसित आफूलाई अशुद्ध पारेपछि तिनीहरू मन्दिर प्रवेश गर्न सक्दैनथिए (तीन महिनाको लागि, सधैँको लागि होइन), न त तिनीहरूलाई यहोवाको मुहार हेर्ने अनुमति नै दिइन्थ्यो। समय पूरा भएपछि—भनाइको अर्थ, तीन महिनापछि मात्र तिनीहरूलाई पूजाहारीको सफा लबेदा पहिरिने अनुमति दिइन्थ्यो—तब यहोवाको मुहार हेर्न तिनीहरूले मन्दिर प्रवेश गर्न सक्नुभन्दा अघि तिनीहरूले बाहिरी चोकमा सात दिनसम्म सेवा गर्नुपर्थ्यो। यहोवाको मन्दिरलाई अपवित्र हुन नदिन तिनीहरूलाई पूजाहारीको यो कुनै पनि वस्त्र मन्दिरभित्र मात्रै पहिरिन अनुमति दिइन्थ्यो, र कहिल्यै पनि बाहिर पहिरिने अनुमति थिएन। ती सबै पूजाहारीहरूले यहोवाका व्यवस्था भङ्ग गर्ने अपराधीहरूलाई उहाँको वेदीको सामु ल्याउनुपर्थ्यो, जहाँ तिनीहरूलाई साधारण मानिसहरूले मृत्युदण्ड दिन्थे; नत्र भने, अपराधको साक्षी भएका पूजाहारीमाथि आगो वर्षन्थ्यो। यसरी, तिनीहरू नचुकीकन यहोवाप्रति वफादार हुन्थे, किनभने उहाँका व्यवस्थाहरू तिनीहरूको निम्ति अति कठोर थिए, अनि तिनीहरूले उहाँका प्रशासनिक आदेशहरूलाई त्यत्तिकै भङ्ग गर्ने साहस कहिल्यै पनि गर्न सक्दैनथिए। इस्राएलीहरू यहोवाप्रति वफादार थिए किनभने तिनीहरूले उहाँको आगो देखेका थिए, अनि त्यस हातलाई देखेका थिए जसद्वारा उहाँले मानिसहरूलाई सजाय दिनुभएको थियो, अनि साथै सुरुमा तिनीहरूमा उहाँको डर मान्ने हृदय थियो। त्यसैकारण, तिनीहरूले केवल यहोवाको ज्वाला मात्र प्राप्त गरेनन् तर उहाँको वास्ता, उहाँको सुरक्षा र उहाँका आशिषहरू पनि प्राप्त गरे। तिनीहरूका सबै कार्यमा यहोवाका वचनको पालना गर्नु नै तिनीहरूको बफादारीता थियो, अनि कसैले अवज्ञा गरेनन्। यदि कुनै अवज्ञा गर्ने काम भयो भने, अरूले यहोवाका वचनहरू पालना गर्थे र यहोवाको विरुद्धमा जाने जोकोहीलाई पनि मृत्युदण्ड दिन्थे, अनि त्यस व्यक्तिलाई उहाँबाट बिलकुल लुकाउँदैनथिए। जसले विश्राम दिन भङ्ग गर्थे, जो व्यभिचारको दोषी हुन्थे, अनि जसले यहोवाका भेटीहरू चोर्थे, तिनीहरूलाई विशेष कठोरताका साथ दण्ड दिइन्थ्यो। विश्राम दिन भङ्ग गर्नेहरूलाई तिनीहरूले (साधारण मानिसहरूले) ढुङ्गाले हान्थे, वा कोर्राले हानेर मारिन्थ्यो, जसमा कुनै अपवाद हुँदैनथियो। जसले व्यभिचार गर्थे—जसले आकर्षक स्त्रीहरूको लालसा गर्थे वा दुष्ट स्त्रीहरूलाई हेरेर कामुक विचारहरू मनमा खेलाउँथे, वा जवान स्त्रीहरूलाई हेरेर कामुक हुन्थे—ती सबैलाई मृत्युदण्ड दिइन्थ्यो। आवरण वा घुम्टो नलगाउने जवान स्त्रीहरूले यदि कुनै मानिसलाई अनैतिक व्यवहारमा फसाउने परीक्षा गरे भने, त्यस स्त्रीलाई मृत्युदण्ड दिइन्थ्यो। यदि यसप्रकारका व्यवस्थाहरू भङ्ग गर्ने मानिस पूजाहारी (जसले मन्दिरमा सेवा गर्थ्यो) थियो भने, उसलाई क्रूसमा चढाइन्थ्यो वा झुण्ड्याइन्थ्यो। त्यस्तो कुनै पनि प्रकारको मानिसलाई बाँच्ने अनुमति दिइँदैनथियो, अनि एउटै व्यक्तिले पनि यहोवासामु कृपा पाउँदैनथिए। यस्तो प्रकारको मानिसका आफन्तहरूलाई उसको मृत्युको तीन वर्षसम्म यहोवालाई वेदीको सामु बलिदानहरू चढाउने अनुमति दिइँदैनथियो, न त यहोवाद्वारा साधारण मानिसहरूलाई प्रदान गरिएका बलिदानहरूमा सहभागी हुन नै दिइन्थ्यो। त्यो समय सिद्धिएपछि मात्रै तिनीहरूले उच्च गुणस्तरको गाईवस्तु वा भेडाहरू यहोवाको वेदीमाथि चढाउन सक्थे। यदि अन्य कुनै अपराधहरू भएमा, तिनीहरूले यहोवाको अनुग्रहको निम्ति बिन्ती गर्दै उहाँसामु तीन दिनसम्म उपवास बस्नुपर्थ्यो। उहाँका व्यवस्थाहरू अति कठोर र कडा भएको कारणले मात्रै तिनीहरूले यहोवाको आराधना गर्दैनथिए; उहाँको अनुग्रह र उहाँप्रति तिनीहरूको बवफादारीताको परिणामस्वरूप तिनीहरूले यसो गर्थे। जस्तै कि, आजको दिनसम्म तिनीहरू आफ्नो सेवामा त्यसरी नै बफादार रहेका छन्, अनि तिनीहरू यहोवासामु बिन्ती चढाउन कहिल्यै पछि हटेका छैनन्। हिजोआज, इस्राएलका मानिसहरूले अझै उहाँको हेरचाह र सुरक्षा प्राप्त गर्छन्, अनि उहाँ अझै पनि तिनीहरूको माझमा अनुग्रह हुनुहुन्छ र सधैँ तिनीहरूसित बास गर्नुहुन्छ। तिनीहरू सबैलाई कसरी यहोवाको डर मान्नुपर्छ र सेवा गर्नुपर्छ भन्‍ने थाहा छ, अनि उहाँको हेरचाह तथा सुरक्षा पाउनको निम्ति कसरी व्यवहार गर्नुपर्छ भन्‍ने तिनीहरू सबैलाई थाहा छ; किनकि तिनीहरू सबै आफ्नो हृदयमा उहाँको डर मान्छन्। तिनीहरूका सबै सेवाको सफलताको रहस्य उहाँप्रतिको तिनीहरूको डरभन्दा अरू केही होइन। त्यसैले, तिमीहरू सबै हिजोआज कस्ता छौ? के इस्राएलका मानिसहरूसित तिमीहरूको कुनै समानता छ? के तँलाई हिजोआज सेवा गर्ने काम महान् आत्मिक व्यक्तित्वको अगुवाइलाई पछ्याउनु नै हो भन्‍ने लाग्छ? तिमीहरूसित कुनै बफादारीता र डर नै छैन। तिमीहरूले यथेष्ट अनुग्रह प्राप्त गर्दछौ, अनि तिमीहरू सबैले प्रत्यक्ष रूपले परमेश्‍वरको सेवा गरिरहेका हुनाले, तिमीहरू इस्राएली पूजाहारीसरह छौ। तिमीहरू मन्दिरमा प्रवेश नगरे पनि, जे प्राप्त गऱ्यौ र जे देख्यौ, त्यो, मन्दिरमा यहोवाको सेवा गर्ने पूजाहारीहरूले प्राप्त गरेको भन्दा अति धेरै हो। तैपनि, तिमीहरू तिनीहरूले भन्दा धेरै पटक विद्रोह गर्छौ र विरोध गर्दछौ। तिमीहरूमा डर मान्ने अति सानो हृदय छ, अनि परिणामस्वरूप, तिमीहरूले अति थोरै अनुग्रह प्राप्त गर्दछौ। तिमीहरूले अति थोरै समर्पण गरे पनि, ती, इस्राएलीहरूले पाएको भन्दा धेरै बढी तिमीहरूले पाएका छौ। यी सबै कुरामा के तिमीहरूलाई उदारताको साथ व्यवहार गरिएको छैन र? इस्राएलमा काम हुँदै गर्दा, मानिसहरूले जानीजानी यहोवाको आलोचना गर्ने साहस गर्दैनथिए। तापनि, तिमीहरूबारे के भन्‍ने? यदि यो, तिमीहरूलाई जित्न हाल मैले गरिरहेको कामको खातिर नहुँदो हो त, तिमीहरूले मेरो नाउँलाई घातक रूपले लज्‍जित तुल्याएको म कसरी सहन सक्थेँ र? यदि तिमीहरू बाँच्‍ने युग व्यवस्थाको युग भएको भए, तिमीहरूका वचन र कार्यअनुसार त तिमीहरूमध्ये एक जना पनि जीवित रहनेथिएनौ। तिमीहरूमा डर मान्ने अत्यन्तै सानो हृदय छ! तिमीहरूमाथि धेरै कृपा नवर्षाएकोमा तिमीहरू सधैँ मलाई दोष लगाइरहन्छौ, र मैले तिमीहरूलाई आशिषका पर्याप्त वचनहरू दिँदिनँ अनि तिमीहरूका निम्ति मसित श्रापहरू मात्र छन् भनेर दाबी समेत गर्दछौ। मेरो डर मान्ने त्यस्तो सानो हृदयले मेरा आशिषहरू स्वीकार गर्न तिमीहरूलाई असम्भव हुन्छ भन्‍ने के तिमीहरूलाई थाहा छैन? तिमीहरूको सेवाको दयनीय अवस्थाले गर्दा म तिमीहरूमाथि निरन्तर श्राप र न्याय खन्याउँछु भनेर के तिमीहरूलाई थाहा छैन? के तिमीहरूलाई अन्याय गरिएको छ भन्‍ने तिमीहरू सबैलाई लाग्छ? म कसरी विद्रोही र समर्पित नहुने मानिसहरूको झुण्डलाई आशिष दिन सक्छु? मेरो नाउँमा अनादर ल्याउने मानिसहरूलाई म कसरी त्यत्तिकै अनुग्रह प्रदान गर्न सक्छु र? तिमीहरूलाई पहिले नै अत्यन्त ठूलो दयासहित व्यवहार गरिएको छ। यदि इस्राएलीहरू आज तिमीहरूजस्तो विद्रोही भएका भए म तिनीहरूलाई धेरैअघि नै नाश गरिसक्नेथिएँ। तैपनि, म तिमीहरूलाई कोमलताबाहेक अरू कुनै किसिमले व्यवहार गर्दिनँ। के यो उदारता होइन र? के तिमीहरू यो भन्दा ठूला आशिषहरू चाहन्छौ? यहोवाको डर मान्नेहरूलाई मात्रै उहाँ आशिष दिनुहुन्छ। उहाँको विरुद्ध विद्रोह गर्ने मानिसहरूलाई उहाँले सजाय दिनुहुन्छ, तिनीहरूमध्ये एउटैलाई पनि कहिल्यै क्षमा दिनुहुन्न। कसरी सेवा गर्ने भन्‍ने थाहा नभएका तिमी आजका मानिसहरूलाई आफ्नो हृदय पूर्ण रूपले परिवर्तन गर्न के सजाय र न्यायको अझै बढी खाँचो छैन? के त्यस्ता सजाय र न्याय तिमीहरूलाई दिनुपर्ने सर्वोत्तम प्रकारका आशिषहरू होइनन् र? के ती तिमीहरूका सर्वोत्तम सुरक्षा होइनन् र? के तीविना तिमीहरूमध्ये कसैले यहोवाको बलिरहेको आगो सहन सक्थ्यौ र? यदि तिमीहरूले पनि इस्राएलीहरूले जस्तै साँचो रीतिले बफादार भई सेवा गर्न सक्‍ने भए, के तिमीहरूले पनि निरन्तर सहयोगीको रूपमा अनुग्रह पाउनेथिएनौ र? के तिमीहरूले सधैँ आनन्द र पर्याप्त निगाह पाउनेथिएनौ र? कसरी सेवा गर्नुपर्छ भन्‍ने कुरा के तिमीहरू सबैलाई थाहा छ?

मिलेर सँगै काम गर्न तिमीहरूबाट आज गरिएको माग यहोवाले इस्राएलीहरूबाट माग गर्नुभएको सेवासमान छ: नत्र भने, सेवा गर्न बन्द गरिहाल। तिमीहरू प्रत्यक्ष रूपले परमेश्‍वरको सेवा गर्ने मानिसहरू भएको कारणले, कम्तीमा तिमीहरू सेवा गर्दा बफादारितामा र अधीनतामा रहन सक्‍ने हुनैपर्छ, अनि व्यवहारिक रूपले पाठहरू सिक्न सक्‍ने हुनैपर्छ। विशेष रूपमा मण्डलीमा काम गरिरहेका तिमीहरूको विषयमा भन्नुपर्दा, के तिमीहरूभन्दा मुनिका दाजुभाइ-दिदीबहिनीहरूमध्ये कसैले तिमीहरूको निराकरण गर्ने साहस गर्छ? के कसैले तिमीहरूलाई प्रत्यक्ष रूपमा तिमीहरूका गल्तीहरू बताउने साहस गर्न सक्छ? तिमीहरू अरू सबैभन्दा उच्चमा खडा छौ; तिमीहरू राजा जस्तै राज्य गर्छौ! तिमीहरू यस्ता प्रकारका व्यावहारिक पाठहरू अध्ययन गर्दैनौ वा त्यसभित्र प्रवेश गर्दैनौ, तापनि तिमीहरू अझै परमेश्‍वरको सेवा गर्ने कुरा गर्छौ! हाल, तँलाई केही सङ्ख्यामा मण्डलीहरू अगुवाइ गर्न भनिएको छ, तर तैँले आफैलाई परित्याग नगर्ने मात्र होइन, तर यसो भन्दै आफ्नै धारणा तथा विचारहरूमा लागिरहन्छस्, “मलाई लाग्छ, यो यसरी गरिनुपर्छ, किनकि परमेश्‍वरले भन्नुभएको छ कि हामी अरूबाट नियन्त्रित हुनुहुँदैन अनि हिजोआज हामी अन्धाधुन्ध समर्पित हुनुहुँदैन।” त्यसैकारण, तिमीहरूमध्ये हरेक आफ्नै विचारमा दृढ रहन्छौ, अनि कसैले एकअर्काको आज्ञा मान्दैन। तेरो सेवा गतिरोधमा परेको छ भन्‍ने कुरा तैँले स्पष्टसित जाने तापनि तँ अझै यसो भन्छस्, “मैले देखेअनुसार, मेरो बाटो निशानाभन्दा टाढा छैन। कुनै पनि मामिलामा हामी हरेकको एउटा पक्ष हुन्छ: तपाईं आफ्नो कुरा गर्नुहोस्, म आफ्नो कुरा गर्नेछु; तपाईं आफ्ना दर्शनहरूबारे सङ्गति गर्नुहोस्, अनि म आफ्नो प्रवेशबारे कुरा गर्नेछु।” निराकरण गरिनुपर्ने धेरै कुराहरूको निम्ति तिमीहरू कहिल्यै जिम्मेवारी लिँदैनौ, वा तिमीहरूमध्ये हरेकले आफ्नै विचारहरू व्यक्त गर्दै अनि आफ्नै हैसियत, प्रतिष्ठा र इज्जतलाई बुद्धिमानीपूर्वक बचाउँदै तिमीहरू झारा टार्ने काम गर्छौ। तिमीहरूमध्ये कोही पनि आफूलाई नम्र तुल्याउन इच्छुक छैनौ, अनि जीवन तीव्र गतिमा अघि बढोस् भनेर दुवै पक्षले आफैलाई परित्याग गर्ने र एकअर्काको कमजोरीहरू पूर्ति गर्ने पहल गर्दैनौ। जब तिमीहरू सँगै सहकार्य गर्छौ, तब तिमीहरूले सत्यतालाई खोजी गर्न सिक्नुपर्छ। तैँले भन्छस् होला, “मसित सत्यताको यस पक्षको स्पष्ट बुझाइ छैन। यसबारे तपाईंसँग कस्तो अनुभव छ?” अथवा, तैँले यसो भन्छस् होला, “यस पक्षको सम्बन्धमा तपाईंसित मेरोभन्दा बढी अनुभव छ; कृपया के तपाईं मलाई केही मार्गदर्शन गर्न सक्‍नुहुन्छ?” के त्यो काम सुरु गर्ने राम्रो तरिका हुनेथिएन र? तिमीहरूले धेरै वचन सुनेका छौ, अनि सेवा गर्ने विषयमा तिमीहरूसँग केही अनुभव छन्। यदि मण्डलीमा काम गर्दा तिमीहरूले एकअर्काबाट सिकेनौ, एकअर्कालाई सहायता गरेनौ र एकअर्काको कमी कमजोरीहरूलाई पूर्ति गरेनौ भने, कसरी कुनै पाठ सिक्न सक्छौ र? तिमीहरूले कुनै कुराको सामना गर्दा, तिमीहरूले एकअर्कासित सङ्गति गर्नुपर्छ ताकि तिमीहरूको जीवनले लाभ पाएको होस्। यसको अतिरिक्त, तिमीहरूले कुनै पनि निर्णयहरू गर्नुभन्दा अघि कुनै पनि प्रकारका कुराबारे होशियारीपूर्वक सङ्गति गर्नुपर्छ। त्यसो गरेर मात्रै तैँले लापरवाही ढङ्गले काम गर्नुको सट्टा मण्डलीको निम्ति जिम्मेवारी लिइरहेको हुन्छस्। तिमीहरू मण्डलीमा गइसकेपछि, तिमीहरू एक ठाउँमा भेला हुनुपर्छ र तिमीहरूले पत्ता लगाएका मामिलाहरू र तिमीहरूले आफ्‍नो काममा सामना गरेका कुनै समस्याहरूबारे सङ्गति गर्नुपर्छ, अनि त्यसपछि तिमीहरूले प्राप्त गरेको अन्तर्दृष्टि र प्रकाशबारे कुराकानी गर्नुपर्छ—यो नै सेवाको अत्यावश्यक अभ्यास हो। तिमीहरूले परमेश्‍वरको कामको उद्देश्यका निम्ति, मण्डलीको फाइदाका निम्ति, अनि तिमीहरूका दाजुभाइ-दिदीबहिनीहरूलाई अघि बढ्न प्रोत्साहन दिनका निम्ति मैत्रीपूर्ण सहकार्य हासिल गर्नुपर्छ। हरेकले अर्कालाई सुधार्दै र कामको उत्तम नतिजा प्राप्त गर्दै परमेश्‍वरको इच्छालाई वास्ता गर्नका निम्ति तैँले एकअर्कासित सहकार्य गर्नुपर्छ। साँचो सहकार्य भनेको यही नै हो, अनि यसमा लागिपर्नेले मात्रै साँचो प्रवेश पाउनेछ। सहकार्य गर्ने क्रममा, तैँले बोल्ने केही शब्दहरू असुहाउँदो होला तर त्यसले केही फरक पार्दैन। त्यसबारे पछि सङ्गति गर्, अनि त्यसको स्पष्ट बुझाइ प्राप्त गर्; त्यसलाई बेवास्ता नगर्। यसप्रकारको सङ्गतिपछि, तैँले तेरा दाजुभाइ-दिदीबहिनीहरूका कमजोरीहरूको पूर्ति गर्न सक्छस्। तेरो काममा यसरी गहिरिँदै जाँदा मात्रै तैँले उत्तम नतिजाहरू प्राप्त गर्न सक्छस्। परमेश्‍वरलाई सेवा गर्ने मानिसहरू भएको हैसियतले तिमीहरू हरेकले आफूले गर्ने हरेक काममा आफ्ना हितलाई विचार गर्नुको साटो मण्डलीका हितलाई रक्षा गर्न सक्‍नुपर्छ। एकले अर्कालाई हानि पुर्‍याएर एकलै काम गर्नु ग्रहणयोग्य हुँदैन। यस्तो प्रकारले व्यवहार गर्नेहरू परमेश्‍वरको सेवा गर्न योग्य हुँदैनन्! त्यस्ता मानिसहरूको स्वभाव भयानक हुन्छ; तिनीहरूमा अलिकति पनि मानवता बाँकी हुँदैन। तिनीहरू शत-प्रतिशत शैतान हुन्! तिनीहरू पशु हुन्! अहिले पनि, त्यस्ता कुराहरू अझै तिमीहरूका माझमा हुन्छन्; तिमीहरू यति हदसम्म पनि जान्छौ कि कुनै सानातिना विषयमा विवाद गर्दै जानी-जानी निहुँ खोज्दै र अनुहार रातो पार्दै सङ्गतिको समयमा एकअर्कालाई आक्रमण गर्छौ, दुवै पक्षले आफूलाई एकातिर पन्साउँदैन, हरेकले एकअर्कासित आफ्ना भित्री विचारहरू लुकाउँछन्, अर्को पक्षलाई नराम्रो नियतले हेर्छन् र सधैँ आक्रमक रहन्छ। के यस्तो प्रकारको स्वभाव परमेश्‍वरको सेवाको निम्ति योग्य हुन्छ? तेरो त्यस्तो प्रकारको कामले तेरा दाजुभाइ-दिदीबहिनीहरूलाई कुनै कुरा प्रदान गर्न सक्छ? तैँले मानिसहरूलाई एउटा सही जीवन मार्गमा डोर्‍याउन त सक्दैनस् नै, साथै तैँले वास्तवमा तेरा दाजुभाइ-दिदीबहिनीहरूमाथि तेरो आफ्नै भ्रष्ट स्वभावहरू लादिरहेको हुन्छस्। के तैँले अरूलाई चोट पुर्‍याइरहेको छैनस् र? तेरो विवेक डरलाग्दो छ, अनि यो गुदीसम्मै कुहिएको छ! तँ वास्तविकताभित्र प्रवेश गर्दैनस्, न त तैँले सत्यतालाई नै अभ्यास गर्छस्। यसबाहेक, तैँले निर्लज्जतापूर्वक आफ्नो शैतानिक स्वभाव अरूलाई प्रकट गर्छस्। तँलाई कुनै लाज लाग्दैन! तँलाई यी दाजुभाइ-दिदीबहिनीहरू सुम्पिएका छन्, तापनि तँ तिनीहरूलाई नरकमा लिएर जाँदैछस्। के तँ विवेक कुहिएको व्यक्ति होइनस् र? तँसित लाज-सरम भन्‍ने कुरै छैन!

अघिल्लो: अभ्यास (८)

अर्को: क्षमता बढाउनु परमेश्‍वरको मुक्ति पाउनका खातिर हो

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्