अध्याय १३

मेरा वचन र वाणीहरूमा मेरा धेरै आशयहरू लुकेका हुन्छन्, तर मानिसहरूले यी कुराहरू जान्दैनन् र बुझ्दैनन्; उनीहरूले मेरा वचनहरूलाई बाह्य रूपमा ग्रहण गर्छन् र बाह्य रूपमै तिनको अनुसरण गर्छन्, र उनीहरूले मेरो हृदयलाई बुझ्दैनन् वा मेरा वचनहरूबाट मेरो इच्‍छाको अन्तर्ज्ञान लिँदैनन्। मैले मेरा शब्दहरू स्पष्ट पारे पनि, तिनलाई बुझ्ने कोही छ त? म स्वर्गको सहर सियोनबाट मानव जगतमा आएँ। मैले सामान्य मानव वस्त्र र मानव छाला धारण गरेको हुनाले मानिसहरूले मेरो बाह्य रूप मात्रै चिन्छन्—तर उनीहरूले मभित्र रहेको जीवन चिन्दैनन्, न त उनीहरूले आत्मामा हुनुहुने परमेश्‍वरलाई नै चिन्छन्, उनीहरूले त केवल देहमा हुनुभएको मानिसलाई मात्र चिन्छन्। के वास्तविक प्रभु उहाँलाई बुझ्ने तिमीहरूको प्रयासको पनि लायक हुन सक्‍नुहुन्‍न र? के वास्तविक प्रभु उहाँलाई “विश्लेषण गर्ने” तिमीहरूको प्रयासको पनि लायक हुन सक्‍नुहुन्‍न र? म समग्र मानव जातिको भ्रष्टतालाई घृणा गर्छु, तर मलाई उनीहरूको कमजोरीप्रति करुणा लाग्छ। मैले समग्र मानव जातिको पुरानो स्वभावको पनि निराकरण गरिरहेको छु। चीनमा रहेका मेरा मानिसहरूका रूपमा, के तिमीहरू मानव जगतको पनि एक हिस्सा हौ होइन र? मेरा सबै मानिसहरूमाझ र मेरा सबै सन्तानका माझ, मतलब, मैले सम्पूर्ण मानवजातिबाट छानेका व्यक्तिहरूमाझ, तिमीहरू सबैभन्दा तल्लो समूहमा छौ। यसकारण, मैले तिमीहरूको लागि सबैभन्दा बढी तागत खर्चिरहेको छु, सबैभन्दा बढी प्रयत्न गरिरहेको छु। के अझै पनि तिमीहरूलाई आफूले आज खुशीसाथ बाँचिरहेको आशिषित जीवन प्यारो लाग्दैन? के तिमीहरू अझै पनि म विरुद्ध विद्रोह गर्न र आफ्नै षडयन्त्रहरू अघि सार्नका लागि हृदयलाई कठोर पार्दैछौ? मेरो निरन्तर कृपा र प्रेम नभएको भएदेखि धेरै पहिले नै सम्पूर्ण मानव-जगत शैतानको बन्धनमा फस्ने थियो र त्यसको मुखमा “स्वादिष्ठ गाँस” बन्ने थियो। आज, सबै मानिसहरूमाझ, मेरो लागि साँच्चिकै जीवन खर्चने र मलाई साँच्चिकै माया गर्ने व्यक्तिहरू एकदमै कम, औंलामा गन्न सकिने मात्र छन्। आज, के “मेरा मानिसहरू” भन्‍ने पदवी नाम तिमीहरूको व्यक्तिगत सम्पत्ति हुनसक्छ? के तिमीहरूको विवेक हिउँ झैं चिसो भएको छ? के तिमीहरू मलाई चाहिने मानिसहरू बन्न साँच्चिकै नै लायक छौ? विगतलाई सोचिहेर र फेरि आजलाई हेर—तिमीहरूमध्ये कसले मेरो हृदयलाई सन्तुष्ट पारेको छ? तिमीहरूमध्ये कसले मेरा आशयहरूको वास्तविक ख्याल गरेको छ? मैले तिमीहरूलाई नझकझकाएको भए, तिमीहरू अझै बिउँझने थिएनौ, बरु जमेजस्तै गरी र अझै शीतनिद्रामा भएजस्तै गरी रहिरहनेथियौ।

अशान्त छालहरूको बीचमा, मानिसहरूले मेरो क्रोध देख्छन्; काला बादलहरूको मडारिँदो लहरमा मानिसहरू छक्‍क पर्नेछन् र भयभीत हुनेछन्, र मेघ गर्जन र वर्षाले बगाई लाने डर लागेको बेलामा झैँ कहाँ भागि जाने हो भन्ने कुरा थाहै पाउनेछैनन्। त्यसपछि, चक्रीय हिमपात अन्यत्र उडीगएपछि उनीहरूको मनस्थिति सहज र हल्का बन्छ र उनीहरू प्रकृतिको सुन्दर दृश्यमा रमाउन थाल्छन्। तर त्यस्ता क्षणहरूमा, उनीहरूमध्ये कसले चाहिँ मानवताको लागि ममा भएको असीम प्रेम अनुभव गरेको छ? उनीहरूको हृदयमा मेरो चित्र मात्र छ, तर मेरो आत्माको सारतत्व नै छैन: के मानिसहरूले मलाई खुला रूपमा अवहेलना गरिरहेका छैनन्? जब तुफान आई शान्त हुन्छ, सबै मानवजाति नवीकरण भए झैँ लाग्छ; विपत्तिपछि शोधन भए जस्तै गरी, उनीहरूले पुनः ज्योति र जीवन पाए झैँ लाग्छ। तर जब आज बित्छ र भोलि आउँछ, के तिमीहरूले मुसलधारे झरीपछिको शुद्धता कायम राख्न सक्छौ? के तिमीहरूले आफ्नो शोधनपछिको भक्तिलाई कायम राख्न सक्छौ? के तिमीहरूले आजको आज्ञापालनलाई कायम राख्न सक्छौ? के तिमीहरूको आज्ञापालन दृढ र अपरिवर्तनीय रहन सक्छ? के यो माग मानिसहरूले पूरा गर्न सक्ने क्षमताभन्दा बाहिरको कुरा हो? म हरेक दिन मानवजातिमाझ बस्छु, मानवजातिसँगै सहकार्य गर्छु, उनीहरूमाझै हुन्छु, तर यो कुरा हालसम्म कसैले पनि देखेको छैन। मेरो आत्माको मार्गनिर्देशन नभएको भए, समग्र मानवजातिमा को चाहिँ आजको युगसम्म अझै बाँचेको हुन्थ्यो र? मैले म मानिसहरूको माझमा बस्छु र कार्य गर्छु भनिरहँदा, के मैले बढाइचढाइ गरिरहेको छु त? विगतमा, “मैले मानवजातिको सृजना गरेँ, र सम्पूर्ण मानवजगतलाई मार्गनिर्देशन गरेँ, र सम्पूर्ण मानवजगतलाई नै काबूमा राखेँ” भनेर मैले भनेँ, के यस्तै भएको होइन र? के यी कुराहरू सम्बन्धी तिमीहरूको अनुभव अपर्याप्त रहेको हुन सक्छ? केवल एउटै वाक्य “सेवा-कर्ता” लाई स्पष्ट पार्नको लागि तिमीहरूको पूरा जीवन लाग्‍छ। वास्तविक अनुभव बिना मानवले मलाई कहिल्यै बुझ्न सक्नेछैन—उनीहरूले मेरा वचनहरूको माध्यमबाट मलाई कहिल्यै बुझ्न सक्‍नेछैनन्। तैपनि, आज म तिमीहरूको माझमा व्यक्तिगत रूपमा आएको छु—के यो तिमीहरूको बुझाइको लागि थप लाभदायी हुनेछैन र? के मेरो देहधारण भनेको तिमीहरूको मुक्ति पनि होइन र? यदि म आफ्नै व्यक्तिगत रूपमा मानव जगतमा नआएको भए, सम्पूर्ण मानवजाति धेरै वर्ष पहिले नै गलत धारणाहरूले भरिन्थ्यो, जुन आफैमा शैतानको काबूमा हुनु हो, किनकि यस्तो बेला तैँले जे कुरामा विश्‍वास गर्छस् त्यो केवल शैतानको आकृति मात्र हुन्छ र परमेश्‍वर स्वयम्‌सँग भने यसको कुनै सम्बन्ध हुँदैन। के यो मेरो मुक्ति होइन र?

जब शैतान मेरो अगाडि आउँछ, म यसको प्रचण्ड भयंकरतासँग डराएर पछि हट्नेछैन, न त म यसको बीभत्स रूपदेखि नै डराउनेछु। म त यसलाई केवल बेवास्ता गर्नेछु। जब शैतानले मलाई प्रलोभनमा पार्न खोज्छ, म यसको छलकपटको साँचो रूपलाई उदाङ्गो पारिदिन्छु, जसले गर्दा त्यो लाज र अपमानले पछि हट्न बाध्य हुन्छ। जब शैतानले मसँग लडाइँ गरेर मेरा चुनिएका मानिसहरूलाई खोसेर लैजान खोज्‍छ, म आफ्नो शरीरमा त्यसको विरुद्ध युद्ध सुरु गर्छु; र म आफ्नो शरीरमा नै मेरा मानिसहरूलाई सहारा प्रदान गर्छु र उनीहरूलाई अगुवाइ गर्दै उनीहरूको हरेक कदममा नेतृत्व प्रदान गर्छु। र जब शैतान पराजित भई फर्कन्छ, तब मैले मेरा मानिसहरूबाट महिमा प्राप्त गरेको हुनेछु, र मेरा मानिसहरूले मलाई सुन्दर र शानदार साक्षी दिनेछन्। यसर्थ, म मेरो व्यवस्थापनको योजनामा असर पुर्याउनेहरूलाई समातेर सदासर्वदाको लागि अतल कुण्डमा फालिदिन्छु। यो मेरो योजना हो; यो मेरो कार्य हो। तिमीहरूको जीवनमा, एक दिन यस्तो समय आउनसक्छ, तब तिमीहरूले त्यस्तै परिस्थितिको सामना गर्नेछौ: के तैँले जानी-जानी आफूले आफूलाई शैतानको बन्धनमा फस्न दिन्छस्, वा तँलाई प्राप्त गर्न मलाई अनुमति दिन्छस्? तेरो दुर्भाग्य यही हो, र तैँले यसलाई ध्यानपूर्वक विचार गर्नुपर्छ।

राज्यमा भएको जीवन भनेको मानिसहरू र परमेश्‍वर स्वयम्‌को जीवन हो। सबै मानवजाति मेरो हेरचाह र संरक्षण अन्तर्गत पर्दछन् र सबै जना ठूलो रातो अजिङ्गरसँग मृत्यु भइञ्‍जेलसम्म लड्नैपर्ने युद्दमा संलग्न छन्। यो अन्तिम युद्धमा विजयी हुनको लागि, ठूलो रातो अजिङ्गरलाई सिध्याउनको लागि, सबै मानिसहरूले आफ्नो सम्पूर्ण अस्तित्वलाई मेरो राज्यमा मलाई अर्पण गर्नुपर्छ। यहाँ कुरा गरिएको “राज्य” भन्नाले ईश्‍वरीयताको प्रत्यक्ष शासन अन्तर्गत बाँचिएको जीवन हो, जहाँ म सम्पूर्ण मानव जगतको गोठालो हुँ र जहाँ मानिसहरूले प्रत्यक्ष रूपमा मेरो तालिम स्वीकार गर्छन् ताकि उनीहरूले पृथ्वीमै हुँदा पनि उनीहरूको जीवन स्वर्गमै भएको जस्तो हुन्छ—तेस्रो स्वर्गमा भएको जीवनको वास्तविक आभास हुन्छ। म मेरो शारीरिक भेषमा भएको भए तापनि मैले देहको सीमाहरू सहन गर्नुपर्दैन। मानिसको प्रार्थना सुन्नको लागि म धेरै पल्ट मानिसहरूका माझमा आएको छु, र मानिसहरू सँगसँगै हिँडेर उनीहरूले गरेको प्रशंसा सुनी आनन्द लिएको छु; मानिसहरूलाई मेरो अस्तित्वको बारेमा कहिल्यै थाहा नभएको भए तापनि म अझै पनि आफ्नो काम यसरी नै गर्छु। मेरो बास स्थानमा, जुन त्यो स्थान हो जहाँ म लुकेको छु—जे भए तापनि, मेरो बास स्थानमा मैले मेरा सबै दुस्मनहरूलाई पराजित गरेको छु; मेरो बास स्थानमा मैले पृथ्वीमा बाँच्‍नुको वास्तविक अनुभव प्राप्त गरेको छु; मेरो बास स्थानमा, मैले मानिसका हरेक शब्द र कार्य अवलोकन गरिरहेको छु, र सम्पूर्ण मानवजगतलाई नियाल्ने र सञ्चालन गर्ने कार्य गरिरहेको छु। यदि मानवजातिले मेरा आशयहरूको ख्याल गरेर मेरो हृदयलाई सन्तुष्टि र मलाई खुशी प्रदान गर्छ भने म सम्पूर्ण मानवजातिलाई आशीर्वाद प्रदान गर्नेथिएँ। के मानवजातिको लागि मैले चाहेको यही नै होइन र?

मानवजाति कोमामा रहेको हुनाले, मेरा मेघ गर्जनको आवाजहरूले मात्र उनीहरूलाई सपनाबाट ब्यूँताउँछ। र जब उनीहरूले आफ्ना आँखाहरू खोल्छन्, कठोर प्रकाशका यी विस्फोटहरूले उनीहरूको आँखामा यसरी चोट लाग्छ कि उनीहरूले दिशा बोध गर्न सक्दैनन् र उनीहरूले आफू कहाँबाट आएको अनि कहाँ जाँदै गरेको हो भन्ने कुरा थाहा पाउन सक्दैनन्। धेरैजसो मानिसहरूलाई लेजर जस्तो किरणहरूले हिर्काउँछ र उनीहरू तुफानमा थुप्रोका थुप्रो जस्तो ढल्छन् र कुनै नामनिसान बाँकी नराखी उनीहरूको शरीरलाई जलप्रवाहले बगाएर लैजान्छ। प्रकाशको ज्योतिमा, बाँच्नेहरूले अन्ततः मेरो अनुहार स्पष्टसँग देख्‍न सक्छन् र अनि मात्र उनीहरूले मेरो बाह्य रूपको बारेमा केही ज्ञान प्राप्त गर्छन्, यस्तो ज्ञान जसको कारण उनीहरूले मेरो अनुहारमा सोझै हेर्ने आँट गर्न सक्दैनन्, मैले उनीहरूको देहमा थप सजाय र श्रापहरू प्रदान गर्छु कि भनेर उनीहरू औधी नै डराउँछन्। असंख्य मानिसहरू चिच्याउँछन् र डाँको छाडेर रुन्छन्; कैयौं मानिसहरू हताश हुन्छन्; कैयौँले आफ्नो रगतको खोलो बगाउँछन्; कैयौँले प्रकाशको ज्योतिमा आफ्नो स्थान देख्छन् र अचानक मुटुभित्र च्वास्स दुखेको महसुस गर्छन् र वर्षौंदेखिको आफ्नो बेखुशीको लागि आँशु झार्छन्। प्रकाशको ज्योतिले बाध्य पारेपछि असंख्य मानिसहरूले आफ्नो अपवित्रताको स्वीकारोक्ति गर्छन् र आफू सुध्रिने बाचा गर्छन्। अन्धो भएका कैयौं मानिसहरूले जीवन बाँच्‍नुको आनन्द नै गुमाइसकेका हुन्छन् र फलस्वरूप उनीहरूले प्रकाशको ज्योतिको बारेमा कुनै वास्ता पनि गर्दैनन्, निरन्तर रूपमा निष्क्रिय रहन्छन् र आफ्नो अन्त्य कुर्छन्। र कैयौँ मानिसहरूले आफ्ना जीवनको डुङ्गाको पाल उठाउँदैछन् र प्रकाशको ज्योतिको मार्गनिर्देशनमा उत्साह पूर्वक रूपमा भोलिको प्रतिक्षा गर्दछन्। … आज, मानवजातिमा कोचाहिँ यस्तो अवस्थामा बाँचेका छैनन् र? को मेरो प्रकाशको ज्योतिभित्र बाँचेको छैन र? तिमीहरू बलिष्ठ नै भए पनि, वा तिमीहरू कमजोर नै भए तापनि, मेरो आउँदै गरेको प्रकाशको ज्योतिलाई तिमीहरूले कसरी छल्न सक्छौ र?

मार्च १०, १९९२

अघिल्लो: अध्याय ७

अर्को: राज्यको स्तुतिगान

तपाईं र तपाईंको परिवार बाँच्ने बारेमा एउटा ठूलो कुरा: के तपाईं ठूला विपत्तिहरूमा कसरी सुरक्षा प्राप्त गर्ने र बच्ने भनेर सोच्नुहुन्छ? तलको बटनमा क्लिक गर्नुहोस् र तपाईंले बाटो पाउनुहुनेछ।

सम्बन्धित विषयवस्तु

धार्मिक सेवालाई शुद्ध पारिनैपर्छ

सारा ब्रह्माण्डमा आफ्नो कामको सुरुवातदेखि नै, परमेश्‍वरले धेरै मानिसहरूलाई उहाँको सेवा गर्न अघिबाटै नियुक्त गरिसक्‍नु भएको छ, जसमा जीवनका...

देहधारणको रहस्य (२)

त्यो बेला जब येशूले यहूदियामा काम गर्नुभयो, उहाँले खुल्लमखुल्ला काम गर्नुभयो, तर अहिले म तिमीहरूको माझमा गुप्त रूपमा काम गर्छु र बोल्छु।...

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्