पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्‍बन्धी उनको ज्ञान

परमेश्‍वरबाट सजाय प्राप्त गर्दा, पत्रुसले यसो भन्दै प्रार्थना गरे, “हे परमेश्‍वर! मेरो देह अनाज्ञाकारी छ, र तपाईंले मलाई सजाय र न्याय गर्नुहुन्छ। म तपाईंको सजाय र न्यायमा आनन्द मनाउँछु, र तपाईंले मलाई नचाहनुभए पनि, तपाईंको न्यायमा म तपाईंको पवित्र र धर्मी स्वभाव देख्छु। अरूले तपाईंको न्यायमा तपाईंको धर्मी स्वभाव देख्‍न सकून् भनेर, जब तपाईंले मलाई न्याय गर्नुहुन्छ, तब मलाई सन्तुष्टिको आभास हुन्छ। यदि यसले तपाईंको स्वभाव व्यक्त गर्न सक्छ र तपाईंको धर्मी स्वभावलाई सबै प्राणीहरूले देख्‍न सक्‍ने तुल्याउँछ भने, र यदि यसले तपाईंप्रतिको मेरो प्रेमलाई अझै शुद्ध तुल्याउन सक्छ जसले गर्दा जो धर्मी हुनुहुन्छ उहाँजस्तै म बन्‍न सक्‍छु भने, तपाईंको न्याय असल छ, किनभने तपाईंको अनुग्रही इच्‍छा त्यस्तै छ। मभित्र अझै धेरै विद्रोही कुराहरू छन् र तपाईंको सामु आउन म अझै पनि योग्य छैन भन्‍ने कुरा मलाई थाहा छ। चाहे विषम परिस्थितिद्वारा होस् या महासंकष्टहरूद्वारा होस्, तपाईंले मलाई अझै बढी न्याय गर्नुहोस् भन्‍ने मेरो कामना छ; तपाईंले जे गर्नुहुन्छ, त्यो मेरो लागि बहुमूल्य छ। तपाईंको प्रेम अति नै प्रगाढ छ र म अलिकति पनि गुनासो नगरीकन आफूलाई तपाईंको कृपामा समर्पित गर्न इच्‍छुक छु।” यो परमेश्‍वरको कार्य अनुभव गरिसकेपछिको पत्रुसको बोध हो र यो परमेश्‍वरप्रतिको उनको प्रेमको गवाही पनि हो। आज तिमीहरूलाई पहिल्यै विजय गरिसकिएको छ—तर तिमीहरूमा कसरी यो विजय व्यक्त हुन्छ? कतिपय मानिसहरू भन्छन्, “ममाथिको विजय भनेको परमेश्‍वरको सर्वोच्‍च अनुग्रह र उच्‍चता हो। अहिले मात्र म मानिसको जीवन खोक्रो र महत्त्वहीन छ भन्‍ने कुरा महसुस गर्छु। मानिसले एकपछि अर्को पुस्ताको सन्तान पैदा गर्दै र हुर्काउँदै दौडधूपमा आफ्‍नो जीवन बिताउँछ तर अन्त्यमा उसँग केही पनि बाँकी रहँदैन। आज परमेश्‍वरद्वारा विजय गरिएपछि मात्रै यसरी जिउनुको कुनै मूल्य छैन भन्‍ने कुरा मैले देखेको छु; यो साँच्‍चै नै एउटा अर्थहीन जीवन हो। म पनि मर्न सक्छु र त्यसपछि त कुरै सकियो नि!” विजय गरिएका त्यस्ता मानिसहरू के परमेश्‍वरद्वारा प्राप्त गरिन सक्छन्‌? के तिनीहरू आदर्श र नमुनाहरू बन्‍न सक्छन्? त्यस्ता मानिसहरू निष्क्रियताको पाठ हुन्; तिनीहरूसँग कुनै आकांक्षा छैन र तिनीहरूले आफूलाई सुधार गर्ने प्रयास गर्दैनन्। विजय गरिएकाहरूको रूपमा गन्ती भए पनि त्यस्ता निष्क्रिय मानिसहरू सिद्ध पारिन असक्षम हुन्छन्। उनलाई सिद्ध बनाइएपछि, आफ्‍नो जीवनको अन्त्यतिर पत्रुसले भने, “हे परमेश्‍वर! यदि मैले थप केही वर्ष जिउनुपर्थ्यो भने, म तपाईंको अझ शुद्ध र अझ गहन प्रेम प्राप्त गर्ने कामना गर्नेथिएँ।” उनी क्रूसमा टाँगिन लागेको बेला, उनले आफ्‍नो हृदयमा यसो भन्दै प्रार्थना गरे, “हे परमेश्‍वर! तपाईंको समय अब आइपुगेको छ; तपाईंले मेरो लागि तयार पार्नुभएको समय आइपुगेको छ। म तपाईंको लागि क्रूसमा टाँगिनैपर्छ, मैले तपाईंलाई यो गवाही दिनैपर्छ र मलाई आशा छ मेरो प्रेमले तपाईंका मापदण्डहरू पूरा गर्न सक्छ र यो अझै शुद्ध हुन सक्छ। आज तपाईंको लागि मर्न सक्‍नु र तपाईंको लागि क्रूसमा टाँगिन सक्‍नु मेरो लागि सान्त्वना र आश्‍वासन दिने किसिमको छ, किनभने तपाईंको लागि क्रूसमा मर्न सक्‍नु र तपाईंका इच्‍छाहरू पूरा गर्नु र आफैलाई तपाईंमा अर्पित गर्न सक्‍नु, र तपाईंलाई आफ्‍नो जीवन चढाउनुजत्तिको आनन्दको कुरा मेरो लागि अरू केही छैन। हे परमेश्‍वर! तपाईं कति प्रेमिलो हुनुहुन्छ! यदि तपाईंले मलाई जिउन दिनुभएको भए, तपाईंलाई म अझै बढी प्रेम गर्न इच्‍छुक हुनेथिएँ। जबसम्‍म म जीवित रहन्छु, तबसम्‍म म तपाईंलाई नै प्रेम गर्नेछु। म तपाईंलाई अझै गहन रूपमा प्रेम गर्न चाहन्छु। तपाईंले मलाई न्याय गर्नुहुन्छ, मलाई सजाय दिनुहुन्छ र मलाई जाँच्‍नुहुन्छ किनभने म धर्मी छैनँ र मैले पाप गरेको छु। अनि तपाईंको धर्मी स्वभाव मेरो लागि अझै स्पष्ट हुन्छ। यो मेरो लागि एउटा आशिष्‌ हो, किनभने म तपाईंलाई अझै गहन रूपमा प्रेम गर्न सक्छु र तपाईंले मलाई प्रेम गर्नुभएन भने पनि म तपाईंलाई यसरी नै प्रेम गर्न इच्‍छुक छु। तपाईंको धर्मी स्वभावलाई हेर्न म इच्‍छुक छु, किनभने यसले मलाई अर्थपूर्ण जीवन जिउनको लागि अझै सक्षम तुल्याउँछ। मेरो जीवन अहिले अझै अर्थपूर्ण भएको मलाई आभास हुन्छ, किनभने म तपाईंको लागि क्रूसमा टाँगिएको छु र तपाईंको लागि मर्नु अर्थपूर्ण छ। तैपनि, मलाई अझै पनि सन्तुष्टिको आभास छैन, किनभने मलाई तपाईंको बारेमा अत्यन्तै थोरै मात्रै ज्ञान छ, मलाई थाहा छ म तपाईंका इच्‍छाहरूलाई पूर्ण रूपमा पूरा गर्न सक्दिनँ र मैले तपाईंको ऋण थोरै मात्रै तिरेको छु। मेरो जीवनमा, तपाईंलाई मैले मेरो सम्पूर्णता फिर्ता दिन असक्षम रहेको छु; म त्योबाट धेरै टाढा छु। यस क्षणमा फर्केर हेर्दा, म तपाईंप्रति अत्यन्तै ऋणी भएको आभास गर्छु, र मेरा सबै गल्तीहरूको निम्ति र मैले तपाईंलाई फिर्ता नदिएको सबै प्रेम चुकाउनलाई मसँग यो बाहेक अरू क्षण छैन।”

मानिसले अर्थपूर्ण जीवन जिउने प्रयास गर्नुपर्छ र ऊ आफ्‍ना वर्तमान परिस्‍थितिहरूप्रति सन्तुष्ट हुनु हुँदैन। पत्रुसको स्वरूपमा जिउनको लागि, उसले पत्रुसको ज्ञान र अनुभवहरू प्राप्त गर्नैपर्छ। मानिसले अझै उच्‍च र अझै प्रगाढ कुराहरूको खोजी गर्नुपर्छ। उसले परमेश्‍वरप्रतिको अझै गहन, अझै शुद्ध प्रेम, र मूल्य र अर्थसहितको जीवनको खोजी गर्नुपर्छ। यो मात्रै जीवन हो; तब मात्र मानिस पत्रुसजस्तै हुनेछ। तैँले सकारात्मक पक्षमा हुने आफ्‍नो प्रवेशप्रति कर्मठ हुनमा ध्यान दिनुपर्छ, र अझै प्रगाढ, अझै निर्दिष्ट र अझै व्यवहारिक सत्यताहरूलाई बेवास्ता गर्दै क्षणिक सुखको खातिर आफूलाई विवश रूपमा गलत मार्गमा लैजानु हुँदैन। तेरो प्रेम व्यवहारिक हुनुपर्छ, र तैँले पशुको भन्दा फरक नभएको यो भ्रष्ट, लापरवाही जीवनबाट आफूलाई मुक्त गर्ने उपायहरू पत्ता लगाउनैपर्छ। तैँले अर्थपूर्ण जीवन, मूल्य भएको जीवन जिउनुपर्छ, र तैँले आफैलाई मूर्ख तुल्याउने वा आफ्‍नो जीवनलाई खेलौनाजस्तो व्यवहार गर्नु हुँदैन। परमेश्‍वरलाई प्रेम गर्न इच्‍छा गर्ने हरेकको लागि प्राप्त गर्न नसकिने सत्यताहरू छैनन्‌ र तिनीहरू दह्रिलो गरी खडा हुन नसक्‍ने कुनै न्याय छैन। तैँले आफ्‍नो जीवन कसरी जिउनुपर्छ? तैँले परमेश्‍वरलाई कसरी प्रेम गर्नुपर्छ र उहाँको इच्‍छा पूरा गर्नको लागि कसरी यो प्रेमको प्रयोग गर्नुपर्छ? तेरो जीवनमा योभन्दा ठूलो विषय अरू कुनै छैन। सबैभन्दा महत्त्वपूर्ण कुरा, तँसँग यस किसिमका आकांक्षाहरू र दृढता हुनैपर्छ, र तँ मेरुदण्ड नभएका, दुर्बल व्यक्तिहरूजस्तो बन्‍नु हुँदैन। अर्थपूर्ण जीवनको अनुभव र अर्थपूर्ण सत्यताहरूको अनुभव कसरी गर्ने त्यो तैँले सिक्‍नैपर्छ, र आफैलाई त्यसरी आलटाल गर्ने व्यवहार गर्नु हुँदैन। तैँले महसुस नै गर्न नपाई, तेरो जीवनले तँलाई छोडेर जानेछ; त्यसपछि के तैँले परमेश्‍वरलाई प्रेम गर्ने अर्को मौका पाउनेछस्‌? के मरेपछि मानिसले परमेश्‍वरलाई प्रेम गर्न सक्छ? तँसँग पनि पत्रुसको जस्ता आकांक्षाहरू र विवेक हुनुपर्छ; तेरो जीवन अर्थपूर्ण हुनैपर्छ, र तैँले आफैसँग खेलबाड गर्नु हुँदैन। मानवको रूपमा र परमेश्‍वरको खोजी गर्ने व्यक्तिको रूपमा, तैँले आफ्‍नो जीवनलाई कस्तो व्यवहार गर्छस्‌, तैँले आफैलाई परमेश्‍वरमा कसरी समर्पण गर्नुपर्छ, परमेश्‍वरमा तैँले कसरी अझै अर्थपूर्ण विश्‍वास राख्‍नुपर्छ, र परमेश्‍वरलाई तैँले प्रेम गर्ने हुनाले उहाँलाई अझै शुद्ध, अझै सुन्दर, अझै असल तरिकाले तैँले कसरी प्रेम गर्नुपर्छ भन्‍नेबारेमा होसियारीसाथ विचार गर्न तँ सक्षम हुनुपर्छ। आज तँलाई जसरी विजय गरिएको छ त्यसप्रति मात्रै तँ सन्तुष्ट हुन सक्दैनस्‌, तैँले भविष्यमा आफू हिँड्ने मार्गको बारेमा पनि विचार गर्नैपर्छ। शुद्ध पारिनको लागि तँसँग आकांक्षाहरू र साहस हुनैपर्छ, र तैँले आफूलाई सधैँ असक्षम ठान्‍नु हुँदैन। के सत्यतालाई सबैभन्दा मनपर्ने कुराहरू हुन्छन्? के सत्यताले मानिसहरूलाई जानीजानी विरोध गर्न सक्छ? यदि तैँले सत्यताको खोजी गरिस्‌ भने, के यसले तँलाई व्याकुल बनाउन सक्छ? यदि तँ न्यायको लागि दह्रिलो गरी खडा भइस्‌ भने, के यसले तँलाई ढाल्‍नेछ? यदि जीवनको खोजी गर्ने तेरो आकांक्षा साँचो हो भने, के जीवनले तँलाई छल्‍न सक्छ? यदि तँ सत्यविहीन छस्‌ भने, सत्यताले तँलाई बेवास्ता गरेको कारणले होइन, बरु तँ सत्यताबाट टाढा बस्‍ने हुँदा त्यसो भएको हो; यदि तँ न्यायको लागि दृढ रूपमा खडा हुन सक्दैनस्‌ भने, न्यायमा कुनै गल्ती भएको कारणले होइन, बरु यो तथ्यहरूसँग मिल्दैन भनेर तैँले ठानेको कारणले गर्दा यसो भएको हो; धेरै वर्षसम्‍म जीवनको खोजी गरेर पनि तैँले जीवन प्राप्त गरेको छैनस्‌ भने, तँप्रति जीवनको कुनै विवेक नभएर होइन, बरु जीवनप्रति तँसँग कुनै विवेक नभएकोले र तैँले जीवनलाई धपाएको हुनाले यसो भएको हो; यदि तँ ज्योतिमा जिउँछस्‌ र पनि ज्योति प्राप्त गर्न असमर्थ भएको छस्‌ भने, ज्योतिले तँलाई प्रकाश दिन नसकेकोले होइन, बरु ज्योतिको अस्तित्वलाई तैँले कुनै पनि ध्यान नदिएकोले र यही कारण ज्योति तँबाट चुपचाप टाढा गएकोले यसो भएको हो। यदि तैँले खोजी गर्दैनस्‌ भने, तँ मूल्यहीन रद्दी होस्‌, तेरो जीवनमा कुनै साहस छैन र अन्धकारका शक्तिहरूलाई विरोध गर्ने आत्मा तँमा छैन भनेर मात्रै भन्‍न सकिन्छ। तँ अत्यन्तै कमजोर छस्‌! तँलाई घेरेर राखेको शैतानका शक्तिहरूबाट तँ उम्कन सक्दैनस्‌ र यस प्रकारको सुरक्षित र निश्‍चिन्त जीवन जिउन र अज्ञानतामा मर्न मात्रै तँ इच्‍छुक छस्‌। तैँले हासिल गर्नुपर्ने कुरा भनेको आफूलाई विजय गरिने तेरो खोजी हो; यो तेरो अपरिहार्य कर्तव्य हो। यदि तँ आफूलाई विजय गरिनुमा नै सन्तुष्ट छस्‌ भने, तैँले ज्योतिको अस्तित्वलाई धपाउँछस्‌। तैँले सत्यताको लागि कष्ट भोग्‍नैपर्छ, तैँले आफैलाई सत्यतामा समर्पित गर्नैपर्छ, तैँले सत्यताको लागि अपमान सहनैपर्छ र अझै बढी सत्यता प्राप्त गर्नको लागि तैँले अझै बढी कष्टमार्फत गुज्रनैपर्छ। तैँले गर्नुपर्ने कुरा यही हो। शान्तिपूर्ण पारिवारिक जीवनको खातिर तैँले सत्यतालाई फ्याँक्‍नु हुँदैन र क्षणिक सुखचैनको खातिर तैँले आफ्‍नो जीवनको प्रतिष्ठा र सत्यनिष्ठालाई गुमाउनु हुँदैन। तैँले जुन कुरा सुन्दर र असल छन् ती सबै कुराको खोजी गर्नुपर्छ, र तैँले जीवनमा अझै अर्थपूर्ण रहेको मार्गलाई पछ्याउनुपर्छ। यदि तैँले त्यस किसिमको अशिष्ट जीवन जिउँछस्‌ र कुनै पनि उद्देश्यहरूलाई पछ्याउँदैनस्‌ भने, के तैँले आफ्‍नो जीवनलाई खेर फाल्दैनस्‌ र? यस्तो जीवनबाट तैँले के प्राप्त गर्न सक्छस्‌? एउटा सत्यताको खातिर पनि तैँले देहका सबै सुखचैनहरूलाई त्याग्‍नुपर्छ, र थोरै सुखचैनको खातिर सारा सत्यतालाई फ्याँक्‍नु हुँदैन। यस किसिमका मानिसहरूसँग कुनै सत्यनिष्ठा वा प्रतिष्ठा हुँदैन; तिनीहरूको अस्तित्वको कुनै अर्थ हुँदैन!

परमेश्‍वरले मानिसलाई सजाय र न्याय गर्नुहुन्छ किनभने यो उहाँको कार्यको लागि आवश्यक छ र यति मात्र होइन, मानिसलाई पनि यसको आवश्यक छ। मानिसलाई सजाय र न्याय गरिनुपर्छ, त्यसपछि मात्रै उसले परमेश्‍वरलाई प्रेम गर्ने क्षमता हासिल गर्न सक्छ। आज तिमीहरू पूर्ण रूपमा विश्‍वस्त भएका छौ, तर जब तिमीहरूले अलिकति बाधाको सामना गर्छौ, तिमीहरूलाई समस्या हुन्छ; तिमीहरूको कद अझै पनि अत्यन्तै सानो छ र गहन ज्ञान प्राप्त गर्नको लागि तिमीहरूले अझै त्यस किसिमको सजाय र न्यायको अनुभव गर्नुपर्छ। आज परमेश्‍वरप्रति तिमीहरूसँग केही श्रद्धा छ र तिमीहरूले परमेश्‍वरको भय मान्छौ र उहाँ नै साँचो परमेश्‍वर हुनुहुन्छ भन्‍ने तिमीहरूलाई थाहा छ तर तिमीहरूसँग उहाँप्रतिको महान् प्रेम छैन, तिमीहरूले शुद्ध प्रेम प्राप्त गरिसकेको हुने त कुरै नगरौँ; तिमीहरूको ज्ञान अत्यन्तै सतही छ र तिमीहरूको कद अझै अपर्याप्त छ। साँचो रूपमा एउटा वातावरणको सामना गर्दा तैँले त्यसमा अझै साक्षी दिएको छैनस्, तेरो प्रवेश अत्यन्तै थोरै मात्र सक्रिय छ र कसरी अभ्यास गर्ने सो तँलाई केही पनि थाहा छैन। धेरैजसो मानिसहरू निष्क्रिय र सुस्त छन्; तिनीहरूले परमेश्‍वरलाई आफ्‍नो हृदयमा गोप्य रूपमा मात्र प्रेम गर्छन् तर तिनीहरूमा अभ्यास गर्ने कुनै उपाय छैन, न त आफ्‍ना उद्देश्यहरू के हुन् भन्‍ने विषयमा नै तिनीहरू स्पष्ट छन्। सिद्ध पारिएकाहरूमा सामान्य मानवता मात्र नभई विवेकको हदभन्दा माथिका सत्यताहरू पनि हुन्छ, र ती सत्यता विवेकका मापदण्डहरूभन्दा माथि हुन्छन्; तिनीहरूले परमेश्‍वरको प्रेमको ऋण तिर्न विवेकको प्रयोग त गर्छन् नै, तर त्योभन्दा पनि बढी, तिनीहरूले परमेश्‍वरलाई चिनेका छन्, र परमेश्‍वर प्रेमिलो हुनुहुन्छ, मानिसको प्रेमको योग्य हुनुहुन्छ र परमेश्‍वरमा प्रेम गर्नुपर्ने कुरा धेरै छन् भन्‍ने कुरा देखेका छन्; मानिसले उहाँलाई प्रेम नगरीकन बस्‍न सक्दैन! सिद्ध पारिएकाहरूको परमेश्‍वरप्रतिको प्रेम तिनीहरूका आफ्‍नै आकांक्षाहरूलाई पूरा गर्नको लागि हो। तिनीहरूको प्रेम स्वस्फूर्त प्रेम हो र त्यो प्रेमले सट्टामा केही पनि माग्दैन र त्यो कुनै कारोबार होइन। अरू केही कारणले नभई उहाँप्रतिको तिनीहरूको ज्ञानको कारणले मात्रै तिनीहरूले परमेश्‍वरलाई प्रेम गर्छन्। परमेश्‍वरले आफूलाई अनुग्रह गर्नुहुन्छ कि गर्नुहुन्‍न भन्‍ने कुरालाई त्यस्ता मानिसहरूले वास्ता गर्दैनन् र परमेश्‍वरलाई सन्तुष्टि दिनेबाहेक अरू केही कुराद्वारा तिनीहरू सन्तुष्ट हुँदैनन्। तिनीहरूले परमेश्‍वरसँग मोलतोल गर्दैनन्, न त परमेश्‍वरप्रतिको आफ्‍नो प्रेमलाई नै तिनीहरूले विवेकको आधारमा मापन गर्छन्: “तपाईंले मलाई दिनुभएको छ, त्यसैले यसको सट्टामा म तपाईंलाई प्रेम गर्छु; यदि तपाईंले मलाई दिनुहुन्‍न भने, यसको सट्टामा मसँग तपाईंलाई दिन केही पनि हुँदैन।” सिद्ध पारिएकाहरूले सधैँ नै यस्तो विश्‍वास गर्छन्: “परमेश्‍वर सृष्टिकर्ता हुनुहुन्छ र उहाँले हामीमा आफ्‍नो काम गर्नुहुन्छ। सिद्ध पारिनको लागि मसँग यो मौका, अवस्था र योग्यता भएको हुनाले, मेरो उद्देश्य अर्थपूर्ण जीवन जिउने हुनुपर्छ र मैले उहाँलाई सन्तुष्ट पार्नुपर्छ।” यो पत्रुसले अनुभव गरेको जस्तै छ: आफू सबैभन्दा कमजोर अवस्थामा हुँदा, उनले परमेश्‍वरसँग यसो भन्दै प्रार्थना गरे, “हे परमेश्‍वर! तपाईंलाई थाहा छ, समय वा स्थान जे-जस्तो भए पनि, म तपाईंलाई सधैँ सम्‍झन्छु। तपाईंलाई थाहा छ, समय वा स्थान जे-जस्तो भए पनि, म तपाईंलाई प्रेम गर्न चाहन्छु, तर मेरो कद निकै सानो छ, म निकै कमजोर र शक्तिहीन छु, मेरो प्रेम अत्यन्तै सीमित छ र तपाईंप्रतिको मेरो इमानदारिता अत्यन्तै थोरै छ। तपाईंको प्रेमको तुलनामा, म जिउनसमेत योग्य छैनँ। मेरो जीवन व्यर्थ नहोस्, र मैले तपाईंको प्रेमको ऋण तिर्न मात्र होइन, मसँग भएका सबै कुरा तपाईंमा समर्पित गर्न सकूँ भन्‍ने मात्र मेरो कामना छ। यदि मैले तपाईंलाई सन्तुष्ट पार्न सकेँ भने, एक प्राणीको रूपमा मैले मनमा शान्ति पाउनेछु र अरू केही पनि माग्‍नेछैनँ। अहिले म कमजोर र शक्तिहीन भए पनि, म तपाईंका अर्तीहरूलाई बिर्सनेछैनँ, र म तपाईंको प्रेमलाई बिर्सनेछैनँ। अहिले मैले तपाईंको प्रेमको ऋण तिर्नेबाहेक अरू केही पनि गरिरहेको छैन। हे परमेश्‍वर, मलाई अति नराम्रो लाग्छ! म मेरो हृदयमा भएको प्रेम तपाईंलाई कसरी दिन सक्छु, मैले गर्न सक्‍ने जति सबै कसरी गर्न सक्छु, कसरी तपाईंका इच्‍छाहरूलाई पूरा गर्न सक्छु र कसरी मसँग भएका सबै कुरा तपाईंलाई अर्पण गर्न सक्छु? मानिसको कमजोरी तपाईंलाई थाहा छ; तपाईंको प्रेमको लागि म कसरी योग्य बन्‍न सक्छु? हे परमेश्‍वर! तपाईंलाई थाहा छ, म सानो कदको छु, मेरो प्रेम अत्यन्तै थोरै छ। यस किसिमको वातावरणमा मैले कसरी सक्दो गर्न सक्छु? मलाई थाहा छ मैले तपाईंको प्रेमको ऋण तिर्नुपर्छ, मलाई थाहा छ मसँग भएका सबै कुरा मैले तपाईंलाई दिनुपर्छ, तर आज मेरो कद अत्यन्तै सानो छ। म बिन्ती गर्छु मलाई शक्ति र आत्मबल दिनुहोस्, ताकि तपाईंमा समर्पण गर्नको लागि मैले अझै बढी शुद्ध प्रेम प्राप्त गर्न सकूँ र मसँग भएका सबै कुरालाई अझै बढी तपाईंमा समर्पण गर्न सकूँ; म तपाईंको प्रेमको ऋण तिर्न मात्रै होइन, तपाईंको सजाय, न्याय र परीक्षाहरू अनि अझ गम्‍भीर श्रापहरूलाई समेत अझै बढी अनुभव गर्न सकूँ। तपाईंले मलाई तपाईंको प्रेम हेर्न दिनुभएको छ र तपाईंलाई प्रेम नगरी बस्‍न म असक्षम छु, र म आज कमजोर र शक्तिहीन भए पनि, म तपाईंलाई कसरी बिर्सन सक्थेँ र? तपाईंको प्रेम, सजाय र न्याय सबैले मलाई तपाईंलाई चिन्‍ने तुल्याएको छ, तैपनि तपाईंको प्रेमलाई पूरा गर्न म असक्षम छु जस्तो लाग्छ, किनभने तपाईं अत्यन्तै महान् हुनुहुन्छ। मसँग भएका सबै कुरा कसरी मैले सृष्टिकर्तामा समर्पण गर्न सक्छु?” पत्रुसको अनुरोध यस्तै थियो, तैपनि उनको कद अत्यन्तै अपर्याप्त थियो। यस क्षणमा, उनले यस्तो महसुस गरे मानौं उनको हृदयमा छुरी चलाइएको छ। उनी वेदनामा थिए; यस्तो अवस्थामा के गर्ने हो उनलाई केही थाहा थिएन। तैपनि उनले प्रार्थनालाई जारी नै राखे: “हे परमेश्‍वर! मानिसको कद बालकको जस्तो छ, उसको विवेक दुर्बल छ, र मैले पूरा गर्न सक्‍ने एउटै मात्र कुरा तपाईंको प्रेमको ऋण तिर्नु हो। आज तपाईंका इच्‍छाहरूलाई कसरी सन्तुष्ट पार्ने हो, मलाई थाहा छैन र म आफूले गर्न सक्‍ने सबै कुरा गर्न, मसँग भएका सबै कुरा दिन र मेरा सबै कुरा तपाईंमा समर्पित गर्न चाहन्छु। तपाईंको न्याय र तपाईंको सजाय जे-जस्तो भए पनि, तपाईंले मलाई जेसुकै दिनुभए पनि, तपाईंले मबाट जेसुकै लिनुभए पनि, तपाईंप्रतिको सानोभन्दा सानो गुनासोबाट समेत मलाई मुक्त गर्नुहोस्। तपाईंले मलाई सजाय र न्याय गर्नुहुँदा धेरैपटक मैले आफैसँग गनगन गरेँ, र शुद्धता प्राप्त गर्न वा तपाईंका इच्‍छाहरू पूरा गर्न म असक्षम रहेँ। मैले तपाईंको प्रेमको ऋण तिर्ने कार्य बाध्यताद्वारा पैदा भएको थियो र यो क्षणमा म आफैलाई अझै बढी घृणा गर्छु।” परमेश्‍वरको अझ शुद्ध प्रेमको खोजी गरेको कारण पत्रुसले यसरी प्रार्थना गरे। उनले खोजी र बिन्ती गरिरहेका थिए, र यसअलावा, उनले आफैलाई दोषी ठहराइरहेका र परमेश्‍वरसँग आफ्‍नो पाप स्विकारिरहेका थिए। उनलाई आफू परमेश्‍वरप्रति ऋणी भएको महसुस भयो र आफैप्रति घृणा लाग्यो, तैपनि केही हिसाबले उनी दुःखित र निष्क्रिय पनि थिए। उनी परमेश्‍वरका इच्छाहरू पूरा गर्न पर्याप्त नभएझैँ र आफ्नो सक्दो गर्न असक्षम भएझैँ, उनले सधैँ यस्तै महसुस गर्थे। त्यस्ता अवस्थाहरूमा पनि पत्रुसले अय्यूबको जस्तो विश्‍वास अनुसरण गरे। अय्यूबको विश्‍वास कति महान् थियो भन्‍ने कुरा उनले देखेका थिए, किनभने अय्यूबले आफूसँग भएका सबै थोक परमेश्‍वरले दिनुभएको हो र आफूबाट सबै कुरा परमेश्‍वरले लानु स्वभाविकै हो, परमेश्‍वरले जसलाई चाहनुहुन्छ त्यसलाई दिनुहुन्छ अर्थात् परमेश्‍वरको धर्मी स्वभाव त्यस्तो छ भन्‍ने कुरा बुझेका थिए। अय्यूबसँग कुनै गुनासो थिएन र उनले अझै पनि परमेश्‍वरको प्रशंसा गर्न सक्थे। पत्रुसले पनि आफैलाई चिनेका थिए र आफ्‍नो हृदयमा उनले यसो भन्दै प्रार्थना गरे, “आज, मैले मेरो विवेकको प्रयोग गरेर तपाईंको प्रेमको ऋण तिरे पनि र तपाईंलाई जति नै धेरै प्रेम फिर्ता दिए पनि, त्यसमा मात्रै म सन्तुष्ट हुनु हुँदैन, किनभने मेरा विचारहरू अत्यन्तै भ्रष्ट छन् र तपाईंलाई सृष्टिकर्ताको रूपमा हेर्न म असक्षम छु। तपाईंलाई प्रेम गर्नको निम्ति म अझै पनि अयोग्य भएको हुनाले, मैले मसँग भएका सबै कुरा तपाईंलाई समर्पण गर्ने क्षमताको विकास गर्नुपर्छ, जुन म स्वेच्छाले गर्नेछु। तपाईंले गर्नुभएका सबै कुरा मैले जान्‍नैपर्छ, र मसँग कुनै विकल्‍प छैन र मैले तपाईंको प्रेमलाई हेर्नैपर्छ, र तपाईंको प्रशंसा गर्नैपर्छ र तपाईंको पवित्र नाउँको बढाइ गर्नैपर्छ, ताकि तपाईंले मबाट महान् महिमा प्राप्त गर्नुहोस्। तपाईंप्रतिको यो साक्षीमा म दह्रिलो गरी खडा हुन तत्पर छु। हे परमेश्‍वर! तपाईंको प्रेम कति बहुमूल्य र सुन्दर छ; म कसरी दुष्टको हातमा जिउने इच्‍छा गर्न सक्छु र? के मलाई तपाईंले बनाउनुभएको होइन र? म कसरी शैतानको राज्यक्षेत्रमा जिउन सक्छु? म मेरो सम्पूर्ण अस्तित्व नै तपाईंको सजायमा जिओस् भन्‍ने चाहन्छु। दुष्टको राज्यक्षेत्रमा जिउन मलाई मन छैन। यदि म शुद्ध पारिन र मसँग भएका सबै कुरा तपाईंमा समर्पण गर्न सक्छु भने, म मेरो शरीर र मन तपाईंको न्याय र सजायमा समर्पित गर्न तत्पर छु, किनभने म शैतानलाई घृणा गर्छु र त्यसको राज्यक्षेत्रमा जिउन चाहन्‍नँ। तपाईंले मलाई गर्नुहुने न्यायमार्फत आफ्‍नो धर्मी स्वभाव देखाउनुहुन्छ; म खुशी छु र मसँग अलिकति पनि गुनासो छैन। यदि मैले एउटा प्राणीको कर्तव्य पूरा गर्न सकेँ भने, म मेरो सम्पूर्ण जीवनमा तपाईंको न्यायको साथ होस् भन्‍ने चाहन्छु, जसमार्फत म तपाईंको धर्मी स्वभावलाई चिन्‍नेछु र दुष्टको प्रभावबाट आफैलाई मुक्त गर्नेछु।” पत्रुसले सधैँ यसरी प्रार्थना गर्थे, सधैँ यसरी खोजी गर्थे र तुलनात्मक रूपमा भन्दा उनी उच्‍च क्षेत्रमा पुगे। उनले परमेश्‍वरको प्रेमको ऋण तिर्न त सके नै तर त्योभन्दा महत्वपूर्ण कुरा, एक प्राणीको रूपमा आफ्‍नो कर्तव्य पनि पूरा गरे। उनलाई आफ्नो विवेकले दोष मात्रै दिएन, उनले त विवेकका मापदण्डहरू पार गर्न पनि सके। उनका प्रार्थनाहरू निरन्तर माथि परमेश्‍वरकहाँ गए, जसले गर्दा उनका आकांक्षाहरू सधैँ उच्‍च रहे र परमेश्‍वरप्रतिको उनको प्रेम सधैँ महान् रह्यो। वेदनापूर्ण पीडा सहेर पनि, उनले परमेश्‍वरलाई प्रेम गर्न भुलेनन्, बरु परमेश्‍वरको इच्‍छा बुझ्ने क्षमता प्राप्त गर्ने प्रयास गरे। आफ्ना प्रार्थनाहरूमा उनले निम्‍न शब्‍दहरू उच्‍चारण गरे: “तपाईंको प्रेमको ऋण तिर्नेबाहेक मैले अरू केही हासिल गरेको छैन। मैले शैतानको अघि तपाईंको साक्षी दिएको छैनँ, आफूलाई शैतानको प्रभावबाट मुक्त गरेको छैनँ र म अझै पनि देहमा जिउँछु। म शैतानलाई हराउन र यसलाई लज्‍जित पार्नको लागि मेरो प्रेम प्रयोग गर्न र यसरी तपाईंको इच्‍छा पूरा गर्न चाहन्छु। म मेरो सम्पूर्णता तपाईंलाई दिन चाहन्छु, आफ्नो थोरै अंश पनि शैतानलाई दिन चाहन्‍नँ, किनभने शैतान तपाईंको शत्रु हो।” उनले यो दिशामा जति खोजी गरे, त्यति नै प्रभावित भए र यी विषयहरूमा तिनको ज्ञान त्यति नै उच्‍च भयो। थाहै नभई उनले आफूलाई शैतानको प्रभावबाट मुक्त गर्नुपर्छ र पूर्ण रूपमा परमेश्‍वरतर्फ फर्कनुपर्छ भनी जानिसकेका थिए। उनले प्राप्त गरेको क्षेत्र यस्तो थियो। उनले शैतानको प्रभावलाई नाघ्दै थिए र देहको सुख र आनन्दहरूबाट आफैलाई मुक्त गर्दै थिए, र परमेश्‍वरको सजाय र उहाँको न्याय दुवैलाई अझै गहन रूपमा अनुभव गर्न इच्‍छुक हुँदै थिए। उनी भन्थे, “म तपाईंको सजायमाझ जिए पनि र तपाईंको न्यायमाझ जिए पनि, त्यसबाट आइपर्ने कठिनाइको बाबजुत पनि, म शैतानको राज्यक्षेत्रमा जिउन अनिच्‍छुक छु, शैतानको छल भोग्‍न अनिच्‍छुक छु। म तपाईंका श्रापहरूमा जिउन आनन्द मान्छु तर शैतानका आशिष्‌हरूमा जिउँदा पीडित हुन्‍छु। तपाईंको न्यायमा जिएर म तपाईंलाई प्रेम गर्छु र यसले मलाई निकै ठूलो आनन्द दिन्छ। तपाईंका सजाय र न्याय धर्मी र पवित्र छन्; यो मलाई शुद्ध पार्नको लागि हो र त्योभन्दा पनि बढी, यो मलाई मुक्ति दिनको लागि हो। म मेरो सम्पूर्ण जीवन तपाईंको न्यायमा बिताउन चाहन्छु ताकि म तपाईंको हेरचाहमै रहन सकूँ। म एक क्षण पनि शैतानको राज्यक्षेत्रमा जिउन चाहन्‍नँ; म तपाईंबाट शुद्ध पारिन चाहन्छु; कष्ट नै भोग्‍नु परे पनि, म शैतानद्वारा शोषित हुन र त्यसको छलमा पर्न चाहन्‍नँ। म अर्थात् यस प्राणीलाई तपाईंद्वारा प्रयोग गरिनुपर्छ, तपाईंद्वारा स्वामित्वमा राखिनुपर्छ, तपाईंद्वारा न्याय गरिनुपर्छ, र तपाईंद्वारा सजाय दिइनुपर्छ। म तपाईंद्वारा श्रापित समेत हुनुपर्छ। तपाईं मलाई आशिष दिन इच्‍छुक हुनुहुँदा मेरो हृदय आनन्दित हुन्छ, किनभने मैले तपाईंको प्रेम देखेको छु। तपाईं सृष्टिकर्ता हुनुहुन्छ र म एक प्राणी हुँ: तपाईंलाई धोका दिएर म शैतानको राज्यक्षेत्रमा जिउनु हुँदैन, न त म शैतानद्वारा शोषित हुनु नै हुन्छ। शैतानको लागि जिउनुभन्दा त म तपाईंको घोडा वा गोरु हुनुपरोस्। बरु म कुनै पनि शारीरिक आनन्दविना नै तपाईंको सजाय सहेर बस्छु र मैले तपाईंको अनुग्रह गुमाउनु परे पनि यसले मलाई आनन्द नै दिन्छ। तपाईंको अनुग्रह मसँग नभए पनि, तपाईंको सजाय र न्यायमा म आनन्द लिन्छु; तपाईंको सर्वोत्तम आशिष, तपाईंको महान् अनुग्रह यही हो। मप्रति तपाईं सधैँ प्रतापी र क्रोधित हुनुभए पनि, म तपाईंलाई छोड्न असमर्थ छु र तपाईंलाई पर्याप्त प्रेम गर्न सक्दिनँ। म तपाईंको घरमा बस्‍न रुचाउँछु, म तपाईंबाट श्राप, सजाय र प्रहार पाउन चाहन्छु, तर म शैतानको राज्यक्षेत्रमा जिउन इच्‍छुक छैनँ, न त म देहको लागि मात्रै दौडधूप गर्न र व्यस्त हुन नै इच्‍छुक छु, देहको लागि जिउन इच्छुक हुने त कुरै नगरौँ।” पत्रुसको प्रेम शुद्ध प्रेम थियो। यो नै सिद्ध पारिनुको अनुभव र सिद्ध पारिनुको सबैभन्दा उच्‍च क्षेत्र हो; योभन्दा अर्थपूर्ण जीवन अरू छैन। उनले परमेश्‍वरको सजाय र न्याय स्वीकार गरे र परमेश्‍वरको धर्मी स्वभावलाई बहुमूल्य ठाने र पत्रुसको बारेमा भन्दा उनीसँग योभन्दा मूल्यवान अरू केही थिएन। उनी भन्थे, “शैतानले मलाई भौतिक आनन्दहरू दिन्छ, तर म तिनलाई बहुमूल्य ठान्दिनँ। ममाथि परमेश्‍वरको सजाय र न्याय आउँछ—यसमा मैले अनुग्रह पाउँछु, यसमा मलाई आनन्द मिल्छ र यसमा म आशिषित हुन्‍छु। परमेश्‍वरको न्याय नभएको भए, मैले परमेश्‍वरलाई कहिल्यै प्रेम गर्ने थिइनँ, म अझै पनि शैतानको राज्यक्षेत्रमा हुन्थेँ, अझै यसकै नियन्त्रण र यसकै आज्ञामा हुन्थेँ। त्यस्तो भएको भए, म कहिल्यै वास्तविक मानव बन्दिनथेँ, किनभने परमेश्‍वरलाई सन्तुष्ट तुल्याउन म असक्षम हुन्थेँ र मेरो सम्पूर्णता परमेश्‍वरलाई समर्पित गर्दिनथेँ। मभित्र आगो नै बलिरहेको जस्तो गरी मलाई भित्र कहिँकतै आराम नदिई र मलाई शान्ति वा आनन्दरहित तुल्याई, परमेश्‍वरले मलाई आशिष नदिनुभए पनि र परमेश्‍वरको सजाय र अनुशासन मबाट कहिल्यै टाढा नगए पनि, परमेश्‍वरको सजाय र न्यायमा म उहाँको धर्मी स्वभाव देख्‍न सक्षम छु। म यसमा आनन्दित हुन्छु; जीवनमा योभन्दा बढी बहुमूल्य वा अर्थपूर्ण कुरा केही पनि छैन। उहाँको सुरक्षा र हेरचाह निर्दयी सजाय, न्याय, श्राप र प्रहार बनेको भए पनि, म यी कुराहरूमा आनन्द लिन्छु, किनभने यी कुराहरूले मलाई अझै राम्ररी शुद्ध पार्न र परिवर्तन गर्न सक्‍छन्, मलाई परमेश्‍वरको नजिक ल्याउन सक्छन्, परमेश्‍वरलाई प्रेम गर्न मलाई अझै सक्षम तुल्याउन सक्छन्, र परमेश्‍वरप्रतिको मेरो प्रेमलाई अझै शुद्ध बनाउन सक्छन्। यसले मलाई एक प्राणीको रूपमा मेरो कर्तव्य पूरा गर्न सक्षम तुल्याउँछ र मलाई परमेश्‍वरको सामु र शैतानको प्रभावबाट टाढा लैजान्छ, ताकि मैले अबउप्रान्त शैतानको सेवा गर्नु नपरोस्। जब म शैतानको राज्यक्षेत्रमा जिउँदिनँ र कुनै पनि कुरा बाँकी नराखी मसँग भएका सबै कुरा र मैले गर्न सक्‍ने सबै कुरा परमेश्‍वरलाई समर्पण गर्न सक्छु—त्यो नै म पूर्ण रूपमा सन्तुष्ट हुने क्षण हुनेछ। मलाई मुक्ति दिने परमेश्‍वरको सजाय र न्याय नै हो र मेरो जीवनलाई परमेश्‍वरको सजाय र न्यायबाट अलग गर्न सकिँदैन। पृथ्वीको मेरो जीवन शैतानको राज्यक्षेत्रमा रहेको छ र परमेश्‍वरको सजाय र न्यायको वास्ता र सुरक्षा नभएको भए, म सधैँ शैतानको राज्यक्षेत्रमा जिउनेथेँ, र यति मात्र होइन, मैले अर्थपूर्ण जीवन जिउने मौका वा माध्यमहरू पाउँदिनथेँ। परमेश्‍वरको सजाय र न्यायले मलाई कहिल्यै छोडेन भने मात्रै परमेश्‍वरद्वारा म शुद्ध पारिन सक्षम हुनेछु। परमेश्‍वरको कठोर वचन र धर्मी स्वभाव अनि परमेश्‍वरको प्रतापी न्यायद्वारा मात्रै, मैले सर्वोच्‍च सुरक्षा पाएको छु र म ज्योतिमा जिएको छु, र मैले परमेश्‍वरका आशिष्‌हरू प्राप्त गरेको छु। शुद्ध पारिन, शैतानबाट आफूलाई मुक्त गर्न र परमेश्‍वरको प्रभुत्वमा जिउन सक्षम हुनु—आज यो नै मेरो जीवनको सबैभन्दा महान् आशिष हो।” पत्रुसले अनुभव गरेको सबैभन्दा उच्‍च क्षेत्र यही हो।

सिद्ध पारिएपछि मानिसले प्राप्त गर्नुपर्ने स्थिति यही हो। यतिको स्थिति प्राप्त गर्न सक्दैनस् भने, तैँले अर्थपूर्ण जीवन जिउन सक्दैनस्। मानिस देहमाझ जिउँछ, जसको अर्थ ऊ मानव नरकमा जिउँछ र परमेश्‍वरको न्याय र सजायविना ऊ शैतानजस्तै अशुद्ध छ। मानिसलाई कसरी पवित्र पार्न सकिन्थ्यो? परमेश्‍वरद्वारा गरिने सजाय र न्याय नै मानिसको सबैभन्दा उत्तम सुरक्षा र सबैभन्दा महान् अनुग्रह हो भन्‍ने विश्‍वास पत्रुसको थियो। परमेश्‍वरको सजाय र न्यायद्वारा मात्रै मानिस बिउँझन सक्छ र उसले शरीरलाई घृणा गर्न, शैतानलाई घृणा गर्न सक्छ। परमेश्‍वरको कठोर अनुशासनले मात्रै मानिसलाई शैतानको प्रभावबाट मुक्त गर्छ, उसलाई आफ्‍नै सानो संसारबाट मुक्त गर्छ र उसलाई परमेश्‍वरको उपस्थितिको ज्योतिमा जिउन दिन्छ। सजाय र न्यायभन्दा उत्तम मुक्ति कुनै छैन। पत्रुसले यसो भन्दै प्रार्थना गर्थे, “हे परमेश्‍वर! जबसम्‍म तपाईंले मलाई सजाय र न्याय गर्नुहुन्छ, तबसम्‍म म तपाईंले मलाई छोड्नुभएको छैन भनी थाहा पाउनेछु। तपाईंले मलाई आनन्द वा शान्ति नदिनुभए पनि, मलाई कष्टमा जिउन लगाउनुभए पनि र ममाथि अनगिन्ती सजायहरू दिनुभए पनि, जबसम्‍म तपाईं मलाई छोड्नुहुन्‍न, तबसम्‍म मेरो हृदय सहजतामा हुनेछ। आज तपाईंको सजाय र न्याय मेरो सबैभन्दा उत्तम सुरक्षा र मेरो सबैभन्दा महान् आशिष्‌ बनेका छन्। तपाईंले दिनुहुने अनुग्रहले मलाई सुरक्षा दिन्छ। आज तपाईंले ममाथि बर्साउनुहुने अनुग्रह तपाईंको धर्मी स्वभावको प्रकटीकरण हो, र सजाय र न्याय हो; यसको साथै, यो एउटा परीक्षा हो, र त्योभन्दा पनि बढी, यो कष्टको जीवन हो।” पत्रुसले आफ्‍ना देहका सुखचैनहरूलाई पन्छाएर गहन प्रेम र महान् सुरक्षाको खोजी गर्न सके, किनभने उनले परमेश्‍वरको सजाय र न्यायबाट अत्यन्तै धेरै अनुग्रह प्राप्त गरेका थिए। आफ्‍नो जीवनमा, यदि मानिस शुद्ध पारिन चाहन्छ र आफ्‍नो स्वभावमा परिवर्तन हासिल गर्न चाहन्छ भने, यदि ऊ अर्थपूर्ण जीवन जिउन र प्राणीको रूपमा आफ्‍नो कर्तव्य पूरा गर्न चाहन्छ भने, उसले परमेश्‍वरको सजाय र न्यायलाई स्वीकार गर्नैपर्छ र आफूबाट परमेश्‍वरको अनुशासन र परमेश्‍वरको प्रहारलाई टाढा जान दिनु हुँदैन, ताकि उसले आफैलाई शैतानको चालबाजी र प्रभावबाट स्वतन्त्र गर्न सकोस् र ऊ परमेश्‍वरको ज्योतिमा जिउन सकोस्। यो जान कि परमेश्‍वरको सजाय र न्याय नै ज्योति हो र यो मानिसको मुक्तिको ज्योति हो, र मानिसको लागि योभन्दा उत्तम आशिष, अनुग्रह वा सुरक्षा कुनै छैन। मानिस शैतानको प्रभावमा जिउँछ, र देहको अस्तित्वमा छ; यदि उसलाई शुद्ध पारिँदैन र उसले परमेश्‍वरको सुरक्षा प्राप्त गर्दैन भने, मानिस अझै भ्रष्ट बन्‍नेछ। यदि उसले परमेश्‍वरलाई प्रेम गर्न चाहन्छ भने, उसलाई धोइन र मुक्त गरिनैपर्छ। पत्रुसले प्रार्थना गर्थे, “परमेश्‍वर, तपाईंले मसँग दयालु व्यवहार गर्नुहुँदा म प्रसन्‍न हुन्छु र सान्त्वनाको महसुस गर्छु; जब तपाईंले मलाई सजाय दिनुहुन्छ, म अझै बढी सान्त्वना र आनन्द महसुस गर्छु। म कमजोर भए पनि र मैले असीमित कष्ट सामना गरे पनि, यसमा आँसु र दु:ख भए पनि, यो दु:खको कारण मेरो अवज्ञा र मेरो कमजोरी हो भनी तपाईं जान्‍नुहुन्छ। म बिलौना गर्छु किनभने म तपाईंका इच्‍छाहरूलाई पूरा गर्न सक्दिनँ, म शोक र अफसोस महसुस गर्छु किनभने तपाईंका मापदण्डहरूका लागि म अपर्याप्त छु, तर यो क्षेत्र प्राप्त गर्न म इच्‍छुक छु, तपाईंलाई सन्तुष्ट पार्नको लागि मैले सक्‍ने सबै गर्न म इच्‍छुक छु। तपाईंको सजायले मलाई सुरक्षा दिएको छ र मलाई सर्वोत्तम मुक्ति दिएको छ; तपाईंको न्यायले तपाईंको सहनशीलता र धैर्यतालाई ढाकेको छ। तपाईंको सजाय र न्यायविना, म तपाईंको कृपा र प्रेमिलोदयालुपनमा रमाउँदिनथेँ। आज तपाईंको प्रेमले स्वर्गहरूलाई माथ गरेको र अरू सबै थोकलाई उछिनेको म अझै बढी देख्‍छु। तपाईंको प्रेम त कृपा र प्रेमिलोदयालुपन मात्रै होइन; त्योभन्दा पनि बढी, यो सजाय र न्याय हो। तपाईंको सजाय र न्यायले मलाई धेरै कुरा दिएको छ। तपाईंको सजाय र न्यायविना, एक जना पनि शुद्ध पारिन्‍नथ्यो र एक जनाले पनि सृष्टिकर्ताको प्रेम अनुभव नगर्नेथ्यो। मैले सयौं परीक्षा र संकष्टहरूको सामना गरेको र म मृत्युको नजिक पुगेको भए पनि, ती सबैले मलाई साँचो रूपमा तपाईंलाई चिन्‍न र सर्वोच्‍च मुक्ति प्राप्त गर्न दिएको छ। यदि तपाईंको सजाय, न्याय र अनुशासन मबाट टाढा भएको भए, म अन्धकारमा शैतानको राज्यक्षेत्रमा जिउनेथेँ। मानिसको देहसँग के लाभहरू छन् र? यदि तपाईंको सजाय र न्यायले मलाई छोडेको भए, यो तपाईंको आत्माले मलाई त्याग्‍नुभएको जस्तो हुनेथियो, तपाईं मसँग त्यसउप्रान्त नहुनुभएजस्तो हुनेथ्यो। त्यस्तो भएको भए, म कसरी जिइरहन सक्थेँ र? यदि तपाईंले मलाई रोग दिएर मेरो स्वतन्त्रतालाई लिनुभए, म जिइरहन सक्छु, तर तपाईंको सजाय र न्यायले मलाई छोडेमा, म जिइरहने कुनै उपाय हुँदैन। यदि म तपाईंको सजाय र न्यायविना हुन्थेँ भने, मैले तपाईंको प्रेमलाई गुमाउनेथिएँ, जुन प्रेम यति गहन् छ कि म त्यसलाई शब्‍दमा भन्‍नै सक्‍दिनँ। तपाईंको प्रेमविना, म शैतानको राज्यक्षेत्रमा जिउनेथेँ, र तपाईंको महिमावान् अनुहार देख्‍न असमर्थ हुनेथेँ। म कसरी निरन्तर जिउन सक्थेँ र? मैले त्यस्तो अन्धकार, त्यस्तो जीवनलाई सहन सक्‍दिनथेँ। तपाईं मसँग हुनु भनेको तपाईंलाई भेट्नुजस्तै हो, त्यसकारण म तपाईंलाई कसरी छोड्न सक्छु र? म तपाईंलाई अनुरोध गर्छु, म बिन्ती गर्छु कि मेरो सबैभन्‍दा महान् सान्त्वनालाई मबाट नलैजानुहोस्, चाहे यो एकदुई शब्‍दको आश्‍वासन नै किन नहोस्। मैले तपाईंको प्रेमको आनन्द लिएको छु र आज म तपाईंबाट टाढा हुन सक्दिनँ; म तपाईंलाई प्रेम नगरीकन कसरी बस्‍न सक्छु र? तपाईंको प्रेमको कारण मैले शोकका धेरै आँसु बगाएको छु, तैपनि मैले सधैँ के अनुभूति गरेको छु भने, यस्तो जीवन अझै अर्थपूर्ण छ, यसले मलाई अझै समृद्ध तुल्याउन सक्छ, मलाई अझै बढी परिवर्तन गर्न सक्छ, र सृष्टि गरिएका प्राणीहरूले धारण गर्नुपर्ने सत्यता हासिल गर्न यसले मलाई अझै बढी सक्षम तुल्याउँछ।”

मानिसले सम्पूर्ण जीवन शैतानको राज्यक्षेत्रमा जिउँछ, र आफ्‍नै प्रयासद्वारा आफूलाई शैतानको प्रभावबाट मुक्त गर्न सक्‍ने एक जना पनि छैन। सबै नै अलिकति अर्थ वा मूल्यसमेत नभएको अशुद्ध संसारमा, भ्रष्टता र रिक्ततामा जिउँछन्; तिनीहरू देहको लागि, अभिलाषाको लागि र शैतानको लागि त्यस्तो लापरवाही जीवन जिउँछन्। तिनीहरूको अस्तित्वमा अलिकति पनि मूल्य छैन। शैतानको प्रभावबाट आफूलाई मुक्त गराउने सत्यता भेट्टाउन मानिस असक्षम छ। मानिसले परमेश्‍वरलाई विश्‍वास गर्ने र बाइबल पढ्ने गर्छ, तैपनि शैतानको प्रभावको नियन्त्रणबाट आफैलाई कसरी मुक्त गर्ने त्यो उसले बुझ्‍दैन। युगौँयुगदेखि, अत्यन्तै थोरै मानिसहरूले मात्र यो रहस्य पत्ता लगाएका छन्, अत्यन्तै थोरैले मात्र यसलाई बुझेका छन्। त्यसैले, मानिसले शैतानलाई घृणा गरे पनि र देहलाई घृणा गरे पनि, शैतानको पासोरूपी प्रभावबाट आफैलाई कसरी मुक्त गर्ने त्यो उसलाई थाहा हुँदैन। आज के तिमीहरू अझै पनि शैतानको राज्यक्षेत्रमा छैनौ र? तिमीहरू आफ्ना अवज्ञाकारी कार्यहरूको बारेमा पछुतो गर्दैनौ, तिमीहरूले आफू फोहोरी र अवज्ञाकारी छौँ भनी महसुस गर्नु त परै जाओस्। परमेश्‍वरको विरोध गरिसकेपछि, तिमीहरू ढुक्‍क हुन्छौ र ठूलो शान्ति महसुस गर्छौ। के तिमीहरूले यो शान्ति आफू भ्रष्ट भएकोले प्राप्त गरेका होइनौ र? के यो ढुक्‍कपन तिमीहरूको अवज्ञाबाट आउँदैन र? मानिस मानव-नरकमा जिउँछ, ऊ शैतानको अँध्यारो प्रभावमा जिउँछ; सारा मुलुकभरि, मानिसको देहमा अतिक्रमण गर्दै भूतहरू मानिससँग जिउँछन्। पृथ्वीमा तँ सुन्दर स्वर्गलोकमा जिउँदैनस्। तिमीहरू जिउने संसार दियाबलसको राज्य हो, यो एउटा मानव-नरक, मृतकहरूको संसार हो। यदि मानिसलाई शुद्ध पारिएन भने, ऊ फोहोरी हुन्छ; यदि उसलाई परमेश्‍वरले सुरक्षा र हेरचाह गर्नुभएन भने, ऊ अझै शैतानकै कैदी हुन्छ; उसलाई न्याय र सजाय गरिएन भने, शैतानको अँध्यारो प्रभावको दमनबाट उम्कने कुनै पनि माध्यम ऊसँग हुनेछैन। तैँले देखाउने भ्रष्ट स्वभाव र तँ जुन अनाज्ञाकारी आचरणमा जिउँछस् त्यो आचरण नै तँ अझै पनि शैतानको राज्यक्षेत्रमा छस् भन्‍ने कुरा प्रमाणित गर्न पर्याप्त छन्। यदि तेरो मन र विचारहरू शुद्ध पारिएका छैनन् भने, र तेरो स्वभावलाई न्याय र सजाय गरिएको छैन भने, तेरो समग्र अस्तित्व अझै पनि शैतानको राज्यक्षेत्रद्वारा नियन्त्रित छ, तेरो मन शैतानको नियन्त्रणमा छ, तेरा विचारहरू शैतानको चालबाजीमा परेको छ, र तेरो सम्पूर्ण अस्तित्व शैतानका हातहरूको नियन्त्रणमा छ। तँ अहिले पत्रुसको मापदण्डहरूबाट कति टाढा छस् भन्‍ने कुरा के तँलाई थाहा छ? के तँमा त्यो क्षमता छ? तँलाई आजको सजाय र न्यायको बारेमा कति थाहा छ? पत्रुसले जुन कुरालाई जाने त्यो तँमा कति छ? यदि तँ आज यसलाई जान्‍न सक्दैनस् भने, के तैँले भविष्यमा यो ज्ञान हासिल गर्न सक्‍नेछस्? तँजस्तो अल्छी र कायर मानिस सजाय र न्यायको बारेमा जान्‍न असक्षम हुन्छ। यदि तैँले देहको शान्ति र देहका सुख-चैनहरूलाई खोज्छस् भने, शुद्ध पारिनलाई तँसँग कुनै माध्यम हुनेछैन र अन्त्यमा तँ शैतानकहाँ नै फर्कनेछस्, किनभने तँ जे जिइरहेको छस् त्यो शैतान हो र त्यो देह नै हो। आजको यस्तो अवस्थामा, धेरै मानिसहरूले जीवनको खोजी गर्दैनन्, जसको अर्थ तिनीहरूले शुद्ध पारिनेबारेमा वा अझै गहन जीवन अनुभवमा प्रवेश गर्नेबारेमा तिनीहरू वास्ता गर्दैनन्। यस्तो भएकोले, तिनीहरूलाई कसरी सिद्ध पार्न सकिन्छ? जीवनको खोजी नगर्ने मानिसहरूसँग सिद्ध पारिने मौका हुँदैन, र परमेश्‍वरको ज्ञानको खोजी नगर्नेहरू, आफ्‍नो स्वभाव परिवर्तन गर्ने कार्यको खोजी नगर्नेहरू शैतानको अँध्यारो प्रभावबाट उम्कन सक्दैनन्। तिनीहरू विधि मात्र अनुसरण गर्ने र नियमित सेवाहरूमा सहभागी हुनेहरूजस्तै परमेश्‍वरसम्‍बन्धी आफ्‍नो ज्ञान र आफ्‍नो स्वभावको परिवर्तनमा हुने प्रवेशको बारेमा गम्‍भीर छैनन्। के त्यो समयको बरबादी होइन र? परमेश्‍वरमाथिको मानिसको विश्‍वासमा, यदि ऊ जीवनका मामलाहरूप्रति गम्‍भीर छैन, उसले सत्यतामा प्रवेश गर्ने कार्यको खोजी गर्दैन, आफ्‍नो स्वभावमा परिवर्तन ल्याउने कार्यको खोजी गर्दैन र परमेश्‍वरको कार्यको ज्ञानको खोजी त झन् गर्दै गर्दैन भने, उसलाई सिद्ध पारिन सकिँदैन। यदि तँ सिद्ध पारिन चाहन्छस् भने, तैँले परमेश्‍वरको कार्यलाई बुझ्‍नैपर्छ। खास गरी, उहाँको सजाय र न्यायको महत्त्वलाई र किन मानिसमा यो कार्य गरिन्छ भन्‍ने कुरालाई तैँले बुझ्‍नैपर्छ। के तँ स्वीकार गर्न सक्छस्? यस प्रकारको सजायको बेला, के तँ पत्रुसको जस्तै अनुभवहरू र ज्ञान प्राप्त गर्न सक्षम हुन्छस्? यदि तैँले परमेश्‍वरको ज्ञान र पवित्र आत्माको कार्यको खोजी गर्छस् भने, र यदि तैँले आफ्‍नो स्वभाव परिवर्तनको खोजी गर्छस् भने, तँसँग सिद्ध पारिने मौका छ।

सिद्ध पारिनुपर्नेहरूका लागि, विजय गरिने कार्यको यो चरण अपरिहार्य छ; मानिसलाई विजय गरिएपछि मात्र उसले सिद्ध पारिने कार्य अनुभव गर्न सक्छ। विजय गरिएको भूमिका निर्वाह गर्नुमा मात्रै कुनै ठूलो महत्त्व छैन, यसले तँलाई परमेश्‍वरद्वारा प्रयोग गरिनको लागि योग्य तुल्याउनेछैन। सुसमाचार फैलाउने कार्यमा तैँले आफ्‍नो भूमिका निर्वाह गर्ने कुनै माध्यम तँसँग हुनेछैन, किनभने तैँले जीवनको खोजी गर्दैनस्, र आफूभित्रको परिवर्तन र नवीकरणको खोजी गर्दैनस्, त्यसैले तँसँग जीवनसम्‍बन्धी कुनै खास अनुभव छैन। एकपछि अर्को गरिने यो चरणबद्ध कार्यमा, तैँले एकपटक सेवाकर्ताको रूपमा र प्रतिभारको रूपमा काम गरिस्, तर तँ अन्तिममा पत्रुसजस्तै बन्‍ने खोजी गर्दैनस् भने, र जुन मार्गद्वारा पत्रुस सिद्ध पारिए तेरो खोजी त्यसअनुसार छैन भने, स्वाभाविक रूपमै तैँले आफ्‍नो स्वभाव परिवर्तनको अनुभव गर्नेछैनस्। यदि तँ सिद्ध पारिने प्रयासमा लागेको व्यक्ति होस् भने, तैँले साक्षी दिनेछस्, र तैँले यसो भन्‍नेछस्: “परमेश्‍वरको यो चरणबद्ध कार्यमा, मैले परमेश्‍वरको सजाय र न्यायलाई स्वीकार गरेको छु, र मैले ठूलो कष्ट भोगेको भए पनि, परमेश्‍वरले मानिसलाई कसरी सिद्ध पार्नुहुन्छ भन्‍ने कुरा मैले जानेको छु, परमेश्‍वरले गर्नुभएको काम मैले प्राप्त गरेको छु, मैले परमेश्‍वरको धार्मिकताको ज्ञान पाएको छु र उहाँको सजायले मलाई मुक्ति दिएको छ। उहाँको धर्मी स्वभाव ममा आइपरेको छ र मलाई आशिष्‌हरू र अनुग्रह ल्याइदिएको छ; उहाँको न्याय र सजायले नै मलाई सुरक्षा दिएको र शुद्ध पारेको छ। यदि परमेश्‍वरद्वारा मलाई सजाय र न्याय नगरिएको, र परमेश्‍वरको कठोर वचन ममा नआइपरेको भए, मैले परमेश्‍वरलाई चिन्‍न सक्दिनथेँ, न त मुक्ति नै पाउन सक्थेँ। आज म देख्‍छु: एक प्राणीको रूपमा, व्यक्तिले परमेश्‍वरद्वारा सृष्टि गरिएका सबै कुराहरूको आनन्द लिने मात्र होइन, अझै महत्त्वपूर्ण रूपमा, सम्पूर्ण प्राणीहरूले परमेश्‍वरको धर्मी स्वभाव र उहाँको धर्मी न्यायमा आनन्द लिनुपर्छ, किनभने परमेश्‍वरको स्वभाव मानिसद्वारा आनन्द लिन योग्य छ। शैतानद्वारा भ्रष्ट तुल्याइएको एक प्राणीको रूपमा, व्यक्तिले परमेश्‍वरको धर्मी न्यायमा आनन्द लिनुपर्छ। उहाँको धर्मी स्वभावमा सजाय र न्याय छ, र त्यति मात्र होइन, त्यसमा महान् प्रेम छ। आज परमेश्‍वरको प्रेम पूर्ण रूपमा प्राप्त गर्न म असक्षम भए पनि, यसलाई देख्‍ने सौभाग्य मैले प्राप्त गरेको छु, र यसमा मैले आशिष् पाएको छु।” सिद्ध पारिएको अनुभव गर्नेहरूले हिँड्ने बाटो यही हो र तिनीहरूले बताउने ज्ञान यही हो। त्यस्ता मानिसहरू पत्रुसजस्तै हुन्; तिनीहरूमा पत्रुसको जस्तै अनुभवहरू छन्। त्यस्ता मानिसहरू जीवन प्राप्त गरेका, सत्यता भएका व्यक्तिहरू हुन्। जब तिनीहरूले अन्त्यसम्‍मै अनुभव गर्छन्, परमेश्‍वरको न्यायको अवधिमा तिनीहरूले आफैलाई शैतानको प्रभावबाट पूर्ण रूपमा मुक्त गर्नेछन्, र तिनीहरू परमेश्‍वरद्वारा प्राप्त गरिनेछन्।

मानिसहरूलाई विजय गरिएपछि, तिनीहरूसँग कुनै गुञ्‍जायमान साक्षी हुँदैन। तिनीहरूले शैतानलाई लज्‍जित मात्रै पारेका हुन्‍छन्, तर तिनीहरू परमेश्‍वरको वचनको वास्तविकतामा जिएका हुँदैनन्। तिमीहरूले दोस्रो मुक्ति प्राप्त गरेका छैनौ; तिमीहरूले पापबलि त प्राप्त गरेका छौ, तर तिमीहरूलाई सिद्ध पारिएको छैन—यो एउटा ठूलो नोक्‍सानी हो। तिमीहरूले आफू केमा प्रवेश गर्नुपर्छ र केअनुरूप जिउनुपर्छ सो बुझ्‍नुपर्छ र तिनमा प्रवेश गर्नुपर्छ। यदि अन्त्यमा, सिद्ध पारिने कार्यलाई तैँले पूरा गरिनस् भने, तँ वास्तविक मानिस बन्‍नेछैनस् र तँ अफसोसले भरिनेछस्। सुरुमा परमेश्‍वरद्वारा सृष्टि गरिएका आदम र हव्‍वा पवित्र मानिसहरू थिए, अर्थात् अदनको बगैंचामा हुँदा तिनीहरू पवित्र थिए, फोहोरले दूषित भएका थिएनन्। तिनीहरू यहोवाप्रति बफादार थिए र यहोवालाई धोका दिनेबारेमा तिनीहरूलाई केही थाहा थिएन। किनभने तिनीहरूमा शैतानको प्रभावको बाधा थिएन, शैतानको विष थिएन र तिनीहरू सारा मानवजातिमध्ये सबैभन्दा शुद्ध थिए। तिनीहरू अदनको बगैंचामा कुनै पनि फोहोरद्वारा अशुद्ध नपारिएको, देहको वशमा नपरेको अवस्थामा र यहोवाको श्रद्धा गर्दै बस्थे। पछि शैतानको परीक्षामा परेपछि, तिनीहरूमा सर्पको विष पर्‍यो, र यहोवालाई धोका दिने इच्‍छा जाग्यो, र तिनीहरू शैतानको प्रभावमा जिए। सुरुमा, तिनीहरू पवित्र थिए र तिनीहरूले यहोवाको श्रद्धा गर्थे; यो अवस्थामा मात्रै तिनीहरू मानव थिए। पछि शैतानको परीक्षामा परेपछि, तिनीहरूले असल र खराबको ज्ञान दिने रूखको फल खाए, र शैतानको प्रभावमा जिए। तिनीहरूलाई शैतानले बिस्तारै भ्रष्ट बनाउँदै लग्यो र तिनीहरूले मानिसको मूल स्वरूप गुमाए। सुरुमा, मानिसमा यहोवाको सास थियो, ऊ अलिकति पनि अनाज्ञाकारी थिएन र उसको हृदयमा कुनै दुष्टता थिएन। त्यो समयमा, मानिस साँच्‍चै मानव थियो। शैतानद्वारा भ्रष्ट गरिएपछि, मानिस जनावर बन्यो। उसका विचारहरू दुष्टता र फोहोरद्वारा भरिए, तिनमा कुनै असल कुरा वा पवित्रता थिएन। के यो शैतान होइन र? तैँले परमेश्‍वरको धेरै कार्य अनुभव गरेको छस्, तैपनि तँ परिवर्तन वा शुद्ध भएको छैनस्। तँ अझै पनि शैतानको राज्यक्षेत्रमा जिउँछस् र परमेश्‍वरमा अझै पनि समर्पित छैनस्। यो विजय गरिएको तर सिद्ध नपारिएको व्यक्ति हो। अनि त्यस्तो व्यक्तिलाई सिद्ध पारिएको छैन भनेर किन भनिएको हो? किनभने यस्तो व्यक्तिले जीवनलाई वा परमेश्‍वरको कार्यसम्‍बन्धी ज्ञानलाई खोजी गर्दैन, बरु देहको सुख-चैन र क्षणिक सहजताको मात्रै लोभ गर्छ। परिणामस्वरूप, त्यस्ता व्यक्तिहरूको जीवन स्वभावमा कुनै परिवर्तन हुँदैन र तिनीहरूले परमेश्‍वरद्वारा सृष्टि भएको आफ्नो मूल स्वरूप पुनः प्राप्त गरेका हुँदैनन्। त्यस्ता मानिसहरू जिउँदो लासहरू हुन्, तिनीहरू आत्मा नभएका मृत मानिसहरू हुन्! आत्मामा तत्वहरूको ज्ञान खोजी नगर्नेहरू, पवित्रता खोजी नगर्नेहरू, र सत्यताअनुरूप जिउन नखोज्नेहरू, नकरात्मक पक्षमा मात्रै विजय गरिएकोमा सन्तुष्ट हुनेहरू, र परमेश्‍वरको वचनअनुसार जिउन र पवित्र मानिस बन्‍न नसक्‍नेहरू—यिनीहरू त्यस्ता मानिसहरू हुन् जसलाई मुक्ति दिइएको छैन। किनभने, यदि ऊ सत्यविहीन छ भने, परमेश्‍वरका जाँचहरूको अवधिमा त्यो मानिस दह्रिलो गरी खडा हुन सक्दैन; परमेश्‍वरका जाँचहरूको अवधिमा दह्रिलो गरी खडा हुन सक्‍नेहरू मात्रै मुक्ति पाएकाहरू हुन्। म पत्रुसजस्ता मानिसहरू, सिद्ध पारिन खोज्ने मानिसहरू चाहन्छु। सत्यताको उत्कट इच्छा र खोजी गर्नेहरूलाई आजको सत्यता दिइन्छ। परमेश्‍वरबाट मुक्ति पाउन इच्छा गर्नेहरूलाई नै यो मुक्ति दिइन्छ र यो तिमीहरूले मात्रै प्राप्त गर्नुपर्छ भन्‍ने छैन। यसको उद्देश्य तिमीहरूलाई परमेश्‍वरले प्राप्त गर्नुहोस् भन्‍ने हो; तिमीहरूले आफूलाई परमेश्‍वरले प्राप्त गर्न सक्‍नुहोस् भनेर नै परमेश्‍वरलाई प्राप्त गर्छौ। आज मैले यी वचनहरू तिमीहरूलाई बताएको छु, र तिमीहरूले ती सुनेका छौ, र तिमीहरूले यी वचनहरूअनुसार अभ्यास गर्नुपर्छ। अन्त्यमा, तिमीहरूले यी वचनहरूलाई अभ्यास गर्ने समय नै मैले यी वचनहरूद्वारा तिमीहरूलाई प्राप्त गरेको क्षण हुनेछ; यसै बेला, तिमीहरूले यी वचनहरूलाई पनि प्राप्त गरेका हुनेछौ, अर्थात् तिमीहरूले यो सर्वोच्‍च मुक्तिलाई प्राप्त गरेका हुनेछौ। शुद्ध पारिएपछि तिमीहरू वास्तविक मानव बनेका हुनेछौ। यदि तँ सत्यतामा जिउन वा सिद्ध पारिएको व्यक्तिको स्वरूपमा जिउन सक्दैनस् भने, तँ मानिस होइनस्, बरु जिउँदो लास होस्, पशु होस् किनभने तँ सत्यविहीन छस्, र यसको अर्थ के हो भने तँ यहोवाको सासविहीन छस्, त्यसैले तँ आत्मा नभएको मृत मानिस होस् भनेर भन्‍न सकिन्छ! विजय गरिएपछि साक्षी दिनु सम्‍भव भए पनि, तैँले थोरै मुक्तिबाहेक केही पनि प्राप्त गर्दैनस्, र तँ आत्मा भएको जीवित प्राणी बनेको छैनस्। तैँले सजाय र न्यायको अनुभव गरेको भए पनि, यसको परिणामस्वरूप तेरो स्वभाव नवीकरण वा परिवर्तन भएको छैन; तँ अझै पनि तेरो पुरानै व्यक्तित्व होस्, तँ अझै पनि शैतानको स्वामित्वमै छस्, र तँ शुद्ध पारिएको मानिस होइनस्। सिद्ध पारिएकाहरू मात्रै मूल्यवान् छन् र यस्ता मानिसहरूले मात्रै साँचो जीवन प्राप्त गरेका छन्। एक दिन, कसैले तँलाई यसो भन्‍नेछ, “तपाईंले परमेश्‍वरको कामलाई अनुभव गर्नुभएको छ, त्यसैले उहाँको काम कस्तो छ बताउनुहोस्। दाऊदले परमेश्‍वरको कार्य अनुभव गरे, र यहोवाका कार्यहरू देखे, मोशाले पनि यहोवाका कार्यहरू देखे, र तिनीहरू दुवै यहोवाका कार्यहरू व्याख्या गर्न सक्षम थिए, र दुवैले यहोवाको अद्‌भुतता व्याख्या गर्न सक्थे। आखिरी दिनहरूमा देहधारी परमेश्‍वरले गर्नुभएका कार्यलाई तपाईंहरूले हेर्नुभएको छ; के तपाईं उहाँको बुद्धिको बारेमा बताउन सक्‍नुहुन्छ? के तपाईं उहाँको कार्यको अद्‌भुतताको बारेमा बताउन सक्‍नुहुन्छ? परमेश्‍वरले तपाईंहरूलाई के मापदण्ड दिनुभयो र तपाईंहरूले कसरी तिनीहरूको अनुभव गर्नुभयो? तपाईंहरूले आखिरी दिनहरूको परमेश्‍वरको कार्यलाई अनुभव गर्नुभएको छ—तपाईंहरूको सबैभन्दा महान् दर्शन के हो? के तपाईंहरू यसबारेमा बताउन सक्‍नुहुन्छ? के तपाईंहरू परमेश्‍वरको धर्मी स्वभावको बारेमा बताउन सक्‍नुहुन्छ?” यस्ता प्रश्‍नहरूको सामना गर्दा तैँले कसरी उत्तर दिनेछस्? यदि तैँले “परमेश्‍वर यति धर्मी हुनुहुन्छ कि उहाँले हामीलाई सजाय र न्याय गर्नुहुन्छ र निर्मम तरिकाले हाम्रो खुलासा गर्नुहुन्छ; परमेश्‍वरको स्वभावले साँच्‍चै नै मानिसको उल्लङ्घनलाई सहँदैन; परमेश्‍वरको कार्य अनुभव गरिसकेपछि, मैले हाम्रो आफ्‍नै पशुत्वलाई जान्‍न पुगेको छु, र मैले साँच्‍चै नै परमेश्‍वरको धर्मी स्वभावलाई अवलोकन गरेको छु” भनेर भनिस् भने, अर्को व्यक्तिले प्रश्‍नलाई जारी राख्‍नेछ, “परमेश्‍वरको बारेमा तपाईंलाई अरू के कुरा थाहा छ? कुनै व्यक्ति कसरी जीवनमा प्रवेश गर्छ? के तपाईंसँग कुनै व्यक्तिगत आकांक्षाहरू छन्?” तैँले यस्तो जवाफ दिनेछस्, “शैतानद्वारा भ्रष्ट पारिएपछि, परमेश्‍वरका प्राणीहरू वनपशु बने, र तिनीहरू गधाहरूभन्दा फरक थिएनन्। आज, म परमेश्‍वरको स्वामित्वमा जिउँछु, र त्यसैले मैले सृष्टिकर्ताका इच्‍छाहरूलाई सन्तुष्ट गर्नुपर्छ र उहाँले जे सिकाउनुहुन्छ सो पालन गर्नुपर्छ। मसँग अर्को कुनै विकल्‍प छैन।” यदि तैँले यसरी सामान्य किसिमले मात्रै कुरा गर्छस् भने, तैँले के भनिरहेको छस् त्यस व्यक्तिले बुझ्‍नेछैन। परमेश्‍वरको कार्यको बारेमा तँसँग के ज्ञान छ भनेर तिनीहरूले सोध्दा, तिनीहरूले तेरा व्यक्तिगत अनुभवहरूका बारेमा सोधिरहेका हुन्छन्। परमेश्‍वरको सजाय र न्यायलाई अनुभव गरिसकेपछि तँमा यसबारेमा के ज्ञान छ भनेर तिनीहरूले सोधिरहेका हुन्छन्, र यसमा तिनीहरूले तेरा व्यक्तिगत अनुभवहरूका बारेमा कुरा गरिरहेका हुन्छन्, र सत्यतासम्‍बन्धी तेरो ज्ञानको बारेमा बताउन तँलाई तिनीहरूले अनुरोध गरिरहेका हुन्छन्। यदि तँ त्यस्ता कुराहरूका बारेमा बोल्‍न असक्षम छस् भने, तँलाई आजको कामको बारेमा केही पनि थाहा छैन भन्‍ने प्रमाणित हुन्छ। तँ सधैँ सतही, वा विश्‍वव्यापी रूपमा थाहा भएका शब्दहरू बोल्छस्; तँसँग कुनै विशिष्ट अनुभवहरू छैन, तेरो ज्ञानमा सारतत्व हुने कुरा त परै जाओस्, र तँमा साँचो गवाहीहरू पनि छैनन्, त्यसकारण अरूहरू तँप्रति विश्‍वस्त हुँदैनन्। परमेश्‍वरलाई पछ्याउने निष्क्रिय व्यक्ति नबन्, र तँलाई जिज्ञासु तुल्याउने कुराको खोजी नगर्। यता न उताको भइस् भने, यसले तँ आफैलाई बरबाद गर्नेछ र तेरो जीवनलाई ढिलाइ गर्नेछ। त्यस्तो असक्रियता र निष्क्रियताबाट तैँले आफूलाई मुक्त गर्नैपर्छ, र सकारात्मक कुराहरूको खोजी गर्ने र आफ्‍नै कमजोरीहरूमाथि पार पाउने कार्यमा तँ सिपालु हुनुपर्छ, ताकि तँ सत्यतालाई प्राप्त गर्न र सत्यतामा जिउन सक्। तेरा दुर्बलताहरूका बारेमा डराउनुपर्ने कुरा केही छैन र तेरा कमजोरीहरू तेरा सबैभन्दा ठूला समस्या होइनन्। तेरो सबैभन्दा ठूलो समस्या र तेरो सबैभन्दा ठूलो कमजोरी भनेको तँ यता न उताको हुनु र सत्यता खोज्‍ने इच्‍छा तँमा नहुनु हो। तिमीहरू सबैको सबैभन्दा ठूलो समस्या भनेको जे छ त्यसैमा खुशी हुने र हात बाँधेर पर्खिबस्‍ने तिमीहरूको कायर मानसिकता हो। सत्यताको खोजीमा तिमीहरूको सबैभन्दा ठूलो बाधा र सबैभन्दा ठूलो शत्रु यही हो। मैले तँसँग बोलेका वचनहरू अत्यन्तै गहन भएकोले मात्रै तैँले आज्ञापालन गर्छस् भने, तँमा साँच्‍चै ज्ञान छैन, न त तैँले सत्यतालाई नै बहुमूल्य ठान्छस्। तेरो जस्तो आज्ञापालन साक्षी होइन र म त्यस्तो आज्ञापालनलाई स्वीकृति दिन्‍नँ। कसैले तँलाई सोध्‍न सक्छ, “तपाईंको परमेश्‍वर वास्तवमा कहाँबाट आउनुहुन्छ? तपाईंको यो परमेश्‍वरको सारतत्व के हो?” तैँले उत्तर दिनेछस्, “उहाँको सारतत्व भनेको सजाय र न्याय हो।” अनि उसले आफ्‍नो कुरालाई जारी राख्छ, “के परमेश्‍वर मानिसप्रति करुणामय र प्रेमिलो हुनुहुन्‍न र? के तपाईंलाई यसबारेमा थाहा छैन?” तैँले भन्‍नेछस्, “त्यो त अरूको परमेश्‍वर हो। यो त धर्मका मानिसहरूले विश्‍वास गर्ने परमेश्‍वर हो, र यो हाम्रो परमेश्‍वर होइन।” तँजस्तो मानिसहरूले सुसमाचार प्रचार गर्दा, तैँले साँचो मार्गलाई बङ्ग्याउँछस्, अनि तँसित उपयोगी कुरा के नै हुन्छ र? तँबाट अरूले कसरी साँचो मार्ग प्राप्त गर्न सक्छन् र? तँ सत्यविहीन छस्, र तैँले सत्यताको बारेमा केही पनि बताउन सक्दैनस्, अनि त्यति मात्रै कहाँ हो र, तँ त सत्यतामा जिउन पनि सक्दैनस्। परमेश्‍वरको सामु जिउनको लागि केले तँलाई योग्य तुल्याउँछ? जब तँ अरूलाई सुसमाचार प्रचार गर्छस्, र जब तैँले सत्यताको सङ्गति गर्छस् र परमेश्‍वरको साक्षी दिन्छस्, यदि तैँले तिनीहरूलाई जित्‍न सक्दैनस् भने, तिनीहरूले तेरा वचनहरूलाई खण्डन गर्नेछन्। के तँ व्यर्थको छैनस् र? तैँले परमेश्‍वरको यति धेरै काम अनुभव गरेको छस्, तैपनि जब तैँले सत्यताको बारेमा बताउँछस् त्यो अर्थपूर्ण हुँदैन। के तँ केही न कामको छैनस् र? तँसित काम लाग्‍ने के छ र? परमेश्‍वरको कार्यलाई त्यति धेरै अनुभव गरेर पनि तिमीहरूसँग उहाँको बारेमा कसरी अलिकति ज्ञान पनि नभएको हो? परमेश्‍वरको बारेमा तँसँग वास्तविक ज्ञान के छ भनी तिनीहरूले सोध्दा, तँ अवाक् हुन्छस्, वा परमेश्‍वर शक्तिशाली हुनुहुन्छ, तैँले प्राप्त गरेको सबैभन्दा ठूलो आशिष्‌ वास्तवमा परमेश्‍वरको उत्थान हो, र परमेश्‍वरलाई व्यक्तिगत रूपमा हेर्न सक्षम हुनु जत्तिको महान् सौभाग्य अरू छैन भनेर केही असान्दर्भिक उत्तर दिन्छस्। यसो भन्‍नुको महत्व के छ र? ती व्यर्थका, खोक्रा शब्‍दहरू हुन्! परमेश्‍वरको कार्यको बारेमा त्यति धेरै अनुभव गरिसकेपछि पनि, के परमेश्‍वरको उत्थान नै सत्यता हो भन्‍ने कुरा मात्रै तैँले जान्दछस्? तैँले परमेश्‍वरको कार्यलाई जान्‍नैपर्छ, त्यसपछि मात्रै तैँले परमेश्‍वरको साँचो साक्षी दिनेछस्। सत्यता प्राप्त नगरेकाहरूले कसरी परमेश्‍वरको साक्षी दिन सक्छन् र?

यदि यति धेरै काम र यति धेरै वचनले पनि तँमा कुनै प्रभाव पारेको छैन भने, परमेश्‍वरको कार्यलाई फैलाउने समय आउँदा, तैँले आफ्‍नो कर्तव्य पूरा गर्न सक्‍नेछैनस्, र तँ लज्‍जित हुनेछस् र सर्ममा पर्नेछस्। त्यो समयमा, तँलाई आफू परमेश्‍वरप्रति धेरै ऋणी भएको, परमेश्‍वरसम्‍बन्धी आफ्नो ज्ञान अति सतही भएको महसुस हुनेछ। यदि तैँले उहाँले काम गरिरहनुभएको बेला, आजका परमेश्‍वरको ज्ञानलाई खोजी गरिनस् भने, पछि धेरै ढिला भइसकेको हुनेछ। अन्त्यमा, बताउनको लागि तँसँग कुनै ज्ञान हुनेछैन—तँ रित्तो रहनेछस्, तँसँग केही पनि हुनेछैन। परमेश्‍वरलाई लेखा दिनको लागि तैँले के प्रयोग गर्नेछस्? के परमेश्‍वरलाई हेर्ने आँट तँसँग छ? अहिले आफ्‍नो खोजीमा तैँले कठिन परिश्रम गर्नुपर्छ, ताकि अन्त्यमा तैँले पनि पत्रुसले जस्तै मानिसको लागि परमेश्‍वरको सजाय र न्याय कति लाभदायक छ, र उहाँको सजाय र न्यायविना मानिसलाई मुक्ति दिन सकिँदैन र ऊ यो फोहोरी मुलुकमा झन्‍झन् तलतल डुब्दै जान मात्र अर्थात् दलदलमा झन्झन् फस्‍न मात्र सक्छ भन्‍ने कुरा बुझ्‍नेछस्। मानिसहरूलाई शैतानले भ्रष्ट पारेको छ, तिनीहरूले एकअर्काको विरुद्धमा षड्यन्त्र गरेका छन्, एकअर्कालाई कुल्चिहिँडेका छन्, र परमेश्‍वरप्रतिको भय गुमाएका छन्। तिनीहरूको अवज्ञा निकै ठूलो छ, तिनीहरूसँग धारणाहरू धेरै छन् र तिनीहरू सबै शैतानको स्वामित्वमा छन्। परमेश्‍वरको सजाय र न्यायविना, मानिसको भ्रष्ट स्वभावलाई शुद्ध पार्न सकिँदैनथ्यो र उसलाई मुक्ति दिन पनि सकिँदैनथ्यो। देहधारी परमेश्‍वरले देहमा गर्नुहुने कामद्वारा जे प्रकट गरिन्छ ठीक त्यही नै आत्माद्वारा प्रकट गरिन्छ र आत्माले गर्नुभएको कामअनुसार नै उहाँले काम गर्नुहुन्छ। आज, तँमा यो कार्यको बारेमा केही पनि ज्ञान छैन भने, तँ अत्यन्तै मूर्ख होस् र तैँले धेरै कुरा गुमाएको छस्! यदि तैँले परमेश्‍वरको मुक्ति प्राप्त गरेको छैनस् भने, तेरो विश्‍वास धार्मिक विश्‍वास मात्र हो र तँ धर्मको इसाई होस्। तैँले मृत धर्मसिद्धान्तलाई पक्रिराख्‍ने हुनाले, पवित्र आत्‍माको नयाँ कार्यलाई गुमाएको छस्; परमेश्‍वरलाई प्रेम गर्न खोज्ने अरू मानिसहरूले सत्यता र जीवन प्राप्त गर्न सक्छन्, जबकि तेरो विश्‍वासले परमेश्‍वरको स्वीकृति प्राप्त गर्न सक्दैन। तँ त दुष्ट काम गर्ने मानिस बनेको छस्, विध्वंसकारी र घृणास्पद कार्यहरू गर्ने व्यक्ति भएको छस्; तँ शैतानका हस्यौलीहरूको निसाना र शैतानको कैदी बनेको छस्। परमेश्‍वरलाई मानिसले विश्‍वास गर्नु पर्दैन, तर उसले उहाँलाई प्रेम गर्नुपर्छ र उसले उहाँको खोजी र आराधना गर्नुपर्छ। यदि आज तैँले खोजी गरेनस् भने, यस्तो दिन आउनेछ जब तैँले भन्‍नेछस्, “त्यो बेला मैले किन परमेश्‍वरलाई उचित रूपमा पछ्याइनँ, उहाँलाई उचित रूपमा किन सन्तुष्ट पारिनँ, मेरो जीवन स्वभावलाई परिवर्तन गर्ने कार्यको खोजी किन गरिनँ? त्यो बेला परमेश्‍वरमा समर्पित हुन नसकेकोमा र परमेश्‍वरको वचनको ज्ञानलाई खोजी नगरेकोमा मलाई कति अफसोस छ। त्यो बेला परमेश्‍वरले धेरै कुरा भन्‍नुभएको थियो; मैले कसरी खोजी गर्न नसकेको? म कति मूर्ख थिएँ!” केही हदसम्‍म अझै तैँले आफैलाई घृणा गर्नेछस्। आज, मैले भन्‍ने वचनहरूमा तँ विश्‍वास गर्दैनस्, र तिनलाई तैँले ध्यानै दिँदैनस्; जब यस प्रकारको काम फैलने दिन आउनेछ र तैँले यसको सम्पूर्णता देख्‍नेछस्, तब तँ पछुताउनेछस्, र त्यो समय तँ अक्‍क न बक्‍क हुनेछस्। आशिष्‌हरू छन्, तैपनि तिनमा आनन्द लिन तैँले जान्दैनस्, र सत्यता छ, तैपनि तैँले यसको खोजी गर्दैनस्। के तैँले आफैमा तिरस्कार ल्याउँदैनस् र? आज, परमेश्‍वरको कार्यको अर्को चरण सुरु हुन बाँकी नै भए पनि, तँबाट अपेक्षा गरिएका मापदण्डहरू र तँलाई जिउन आग्रह गरिएका कुराहरू असाधारण होइनन्। काम धेरै छन्, र सत्यता पनि धेरै छन्; के ती तैँले थाहा पाउन योग्य छैनन् र? के परमेश्‍वरको सजाय र न्याय तेरो आत्मालाई बिउँझाउन असक्षम छ? के परमेश्‍वरको सजाय र न्याय तँलाई आफूले आफैलाई घृणा गर्ने बनाउन असक्षम छ? के तँ शैतानको प्रभावमा रही शान्ति र आनन्द एवं थोरै दैहिक सहजतामा जिउन पाउँदा सन्तुष्ट छस्? के तँ सबै मानिसहरूमध्ये सबैभन्दा नीच छैनस् र? मुक्तिलाई देखेका तर यसलाई प्राप्त गर्नको लागि खोजी नगर्ने मानिसहरूजत्तिको मूर्ख अरू कोही पनि हुँदैन; आफैलाई देहमा मस्त पार्ने र शैतानको आनन्द लिने मानिसहरू यिनै हुन्। परमेश्‍वरमाथिको तेरो विश्‍वासमा तँ कुनै पनि चुनौती वा संकष्टहरू, वा थोरै पनि कष्ट नआओस् भन्‍ने आशा गर्छस्। तँ सधैँ त्यस्ता कुराहरूको खोजी गर्छस् जुन व्यर्थ छन्, र तैँले जीवनलाई कुनै मूल्यको ठान्दैनस्, बरु सत्यताको सट्टा आफ्‍नै अनावश्यक विचारहरूलाई अघि राख्छस्। तँ कति बेकामे छस्! तँ सुँगुरजस्तै जिउँछस्—तँ अनि सुँगुर र कुकुरहरूको बीचमा के भिन्‍नता छ र? सत्यताको खोजी नगरेर देहलाई प्रेम गर्नेहरू सबै नै पशुहरू होइनन् र? आत्माविहीन रहेका मृत मानिसहरू सबै जिउँदो लासहरू होइनन् र? तिमीहरूका माझमा कति वचनहरू बोलिएका छन्? के तिमीहरूका माझमा थोरै काम मात्र गरिएका छन्? तिमीहरूका माझमा मैले कति भरणपोषण गरेँ? त्यसो भए तैँले त्यो किन प्राप्त गरेको छैनस्? तँलाई केको बारेमा गुनासो गर्नु छ? के तैँले देहलाई अत्यन्तै धेरै प्रेम गर्ने हुनाले तैँले केही पनि प्राप्त नगरेको कुरा साँचो होइन र? अनि, के यो तेरा विचारहरू अत्यन्तै अनावश्यक भएकोले होइन र? के यो तँ अत्यन्तै मूर्ख भएकोले होइन र? यदि तँ यी आशिष्‌हरू प्राप्त गर्न असक्षम छस् भने, तँलाई मुक्ति नदिनुभएकोमा के तैँले परमेश्‍वरलाई दोष दिन सक्छस्? तैँले खोजी गर्ने कुरा भनेको परमेश्‍वरमा विश्‍वास गरिसकेपछि शान्ति प्राप्त गर्न सक्षम हुनु, तेरा छोराछोरी रोग-बिमारबाट मुक्त हुनु, तेरो श्रीमानले राम्रो जागिर पाउनु, तेरो छोराले असल श्रीमती पाउनु, तेरो छोरीले योग्य श्रीमान पाउनु, तेरो गोरु र घोडाले राम्ररी खेत जोत्‍नु, तेरो बालीको लागि वर्षभरि राम्रो मौसम हुनु हो। तैँले खोजी गर्ने कुरा यही हो। तेरो खोजी भनेको केवल आराममा जिउनु, र तेरो परिवारमा कुनै दुर्घटना नघटोस्, तँबाट भएर बतास चलोस्, तेरो अनुहार धूलोले नछुओस्, तेरो परिवारको अन्‍न-बाली बाढीले नबगाओस्, तँलाई कुनै पनि विपत्तिले असर नपारोस्, परमेश्‍वरको अङ्गालोमा बस्‍न पाइयोस्, आरामदायी निवासमा बस्‍न पाइयोस् भन्‍ने हो। सधैँ देहको खोजी गर्ने तँजस्तो कायरमा—के तँमा हृदय छ, के तँसँग आत्मा छ? के तँ वनपशु होइनस् र? सट्टामा केही पनि नमागी नै म तँलाई साँचो मार्ग दिन्छु, तैपनि तैँले यसको खोजी गर्दैनस्। के तँ परमेश्‍वरमा विश्‍वास गर्नेहरूमध्ये एक होस्? म तँलाई साँचो मानव जीवन दिन्‍छु, तैपनि तँ यसलाई खोज्दैनस्। के तँ सुँगुर वा कुकुरभन्दा फरक छस् र? सुँगुरहरूले मानिसको जीवनको खोजी गर्दैनन्, तिनीहरू शुद्ध गरिने कार्यको खोजी गर्दैनन् र तिनीहरूले जीवन के हो भन्‍ने कुरा बुझ्दैनन्। हरेक दिन, टन्‍न खाएपछि तिनीहरू सुत्छन्। मैले तँलाई साँचो मार्ग दिएको छु, तैपनि तैँले यसलाई प्राप्त गरेको छैनस्: तेरो हात रित्तो छ। के तँ यो जीवनलाई अर्थात् सुँगुरको जीवनलाई जारी राख्‍न तयार छस्? त्यस्ता मानिसहरू जीवित हुनुको अर्थ के छ र? तेरो जीवन तिरस्कारयोग्य र नीच छ, तँ फोहोर र दुराचारमाझ जिउँछस्, र तैँले कुनै पनि लक्ष्यहरूको खोजी गर्दैनस्; के तेरो जीवन सबैभन्दा नीच छैन र? के परमेश्‍वरलाई हेर्ने आँट तँसँग छ? तैँले यस्तै अनुभव गरिरहिस् भने, के तैँले केही प्राप्त गर्नेछस् र? साँचो मार्ग तँलाई दिइएको छ, तर तैँले यसलाई प्राप्त गर्न सक्छस् कि सक्दैनस् भन्‍ने कुरा तेरो आफ्‍नै व्यक्तिगत खोजीमा निर्भर हुन्छ। मानिसहरू के भन्छन् भने, परमेश्‍वर धर्मी परमेश्‍वर हुनुहुन्छ, र जबसम्‍म मानिसले उहाँलाई अन्त्यसम्‍मै पछ्याउँछ, उहाँ मानिसहरूप्रति निश्‍चय नै निष्पक्ष हुनुहुनेछ, किनभने उहाँ सबैभन्दा धर्मी हुनुहुन्छ। यदि मानिसले उहाँलाई अन्तिमसम्‍मै पछ्याउँथ्यो भने, के उहाँले मानिसलाई पन्छाउन सक्‍नुहुन्थ्यो? म सबै मानिसहरूप्रति निष्पक्ष छु, र म सबै मानिसहरूलाई मेरो धर्मी स्वभावद्वारा न्याय गर्छु, तैपनि मानिसको लागि मैले तय गरेका मापदण्डहरूमा उचित सर्तहरू छन्, र उनीहरू जोसुकै भए पनि मैले तय गरेको मापदण्ड सबै मानिसहरूले पूरा गर्नुपर्छ। तेरा योग्यताहरू कति छन् वा कति लामो समयदेखि ती योग्यता तँमा रहेका छन्, म त्यो कुराको वास्ता गर्दिनँ; तँ मेरो मार्गमा हिँड्छस् कि हिँड्दैनस् र तैँले सत्यप्रति प्रेम र तृष्णा गर्छस् कि गर्दैनस् म त्यो कुरालाई मात्रै वास्ता गर्छु। यदि तँमा सत्यताको कमी छ र यसको सट्टा तैँले मेरो नाउँमा सर्म ल्याउँछस् र कुनै वास्ता वा चिन्ता नगरी पछ्याउने काम मात्र गर्छस् तर मेरो मार्गअनुसार काम गर्दैनस् भने, त्यो बेला म तँलाई तेरो दुष्टताको लागि प्रहार गर्नेछु र दण्ड दिनेछु, र त्यसपछि तैँले के भन्‍नेछस्? के तँ परमेश्‍वर धर्मी हुनुहुन्‍नु भनेर भन्‍न सक्‍नेछस्? आज, मैले बोलेका वचनहरूलाई तैँले पालन गरेको छस् भने, तँ मैले स्वीकार गर्ने प्रकारको व्यक्ति होस्। परमेश्‍वरलाई पछ्याउने क्रममा तैँले सधैँ आफूले कष्ट भोगेको छु, दु:ख र सुख दुवै अवस्थामा उहाँलाई पछ्याएको छु, र उहाँसँग राम्रा र नराम्रा पलहरू बिताएको छु भनेर भन्छस्, तर परमेश्‍वरले बोल्‍नुभएको वचनमा तँ जिएको छैनस्; तैँले परमेश्‍वरको लागि दौडधूप गर्ने र हरदिन आफैलाई परमेश्‍वरको निम्ति खर्च गर्ने इच्छा मात्रै गर्छस्, तर तैँले अर्थपूर्ण जीवन जिउनेबारेमा कहिल्यै पनि विचार गरेको छैनस्। तँ यो पनि बन्छस्, “जेसुकै भए पनि, परमेश्‍वर धर्मी हुनुहुन्छ भन्‍ने म विश्‍वास गर्छु। मैले उहाँको लागि कष्ट भोगेको छु, उहाँको लागि दगुरिहिँडेको छु, र उहाँको लागि आफैलाई समर्पित गरेको छु, अनि कुनै सम्‍मान प्राप्त नगरे पनि कठिन परिश्रम गरेको छु; उहाँले निश्‍चय नै मलाई याद गर्नुहुन्छ।” परमेश्‍वर धर्मी हुनुहुन्छ भन्‍ने कुरा साँचो हो, तैपनि यो धार्मिकता कुनै पनि अशुद्धताहरूदेखि कलङ्कित छैन: यसमा कुनै पनि मानव इच्‍छा समावेश हुँदैन र यो देह वा मानव लेनदेनहरूद्वारा कलङ्कित छैन। विद्रोही र विरोध गर्नेहरू सबैलाई, उहाँको मार्गअनुसार नहिँड्नेहरू सबैलाई दण्ड दिइनेछ; कसैलाई पनि क्षमा दिइनेछैन र कसैलाई पनि छूट दिइनेछैन! कतिपय मानिसहरू भन्छन्, “आज म तपाईंको निम्ति दौडधूप गर्छु; जब अन्त्य आउँछ, के तपाईं मलाई अलिकति आशिष् दिन सक्‍नुहुन्छ?” त्यसैले म तँलाई प्रश्‍न गर्छु, “के तैँले मेरा वचनहरूलाई पालन गरेको छस्?” तैँले जुन धार्मिकताको बारेमा कुरा गर्छस् त्यो लेनदेनमा आधारित छ। म सबै मानिसहरूप्रति धर्मी र निष्पक्ष छु, र मलाई अन्त्यसम्‍मै पछ्याउनेहरू सबैलाई मुक्ति दिइनेछ र उनीहरूले मेरा आशिषहरू प्राप्त गर्नेछन् भन्‍ने मात्र तँ ठान्छस्। “मलाई अन्त्यसम्‍मै पछ्याउनेहरूलाई निश्‍चय नै मुक्ति दिइनेछ” भन्‍ने मेरो वचनमा भित्री आशय छ: मलाई अन्त्यसम्‍मै पछ्याउनेहरू नै मद्वारा पूर्ण रूपमा प्राप्त गरिनेहरू हुन्, मद्वारा विजय गरिएपछि सत्यताको खोजी गर्ने र सिद्ध पारिनेहरू तिनीहरू नै हुन्। तैँले के-कस्ता अवस्थाहरू प्राप्त गरेको छस्? मलाई अन्त्यसम्‍मै पछ्याउनेबाहेक तैँले अरू के प्राप्त गरेको छस्? के तैँले मेरा वचनहरूलाई पालन गरेको छस्? तैँले मेरा पाँच मापदण्डहरूमध्ये एउटालाई पूरा गरेको छस्, तर तँसँग बाँकी चार वटालाई पूरा गर्ने कुनै अभिप्राय छैन। तैँले सबैभन्दा सरल, सबैभन्दा सजिलो मार्गलाई मात्रै भेट्टाएको छस्, र भाग्यमानी हुने आशा गर्दै यसलाई पछ्याएको छस्। तँजस्तो व्यक्तिको लागि मेरो धर्मी स्वभाव भनेको सजाय र न्याय हो, यो एउटा धर्मी प्रतिशोध हो र यो दुष्ट काम गर्ने सबैलाई दिइने धर्मी दण्ड हो; तिनीहरूले अन्त्यसम्मै पछ्याए पनि मेरो मार्गमा नहिँड्नेहरू सबैलाई अवश्य नै दण्ड दिइनेछ। परमेश्‍वरको धार्मिकता नै यही हो। मानिसलाई दण्ड दिने क्रममा जब यो धर्मी स्वभाव प्रकट गरिन्छ, तब मानिस अवाक् हुनेछ र परमेश्‍वरलाई पछ्याउने क्रममा उहाँको मार्गमा नहिँडेकोमा उसले अफसोस गर्नेछ। “त्यस बेला, परमेश्‍वरलाई पछ्याउने क्रममा मैले अलिकति मात्रै कष्ट भोगेँ, तर परमेश्‍वरको मार्गमा हिँडिनँ। स्पष्टीकरण दिने के ठाउँ छ र? सजाय पाउनेबाहेक अरू कुनै पनि विकल्‍प छैन!” तैपनि उसले आफ्‍नो मनमा यो विचार गरिरहेको हुन्छ, “जे होस्, मैले अन्त्यसम्‍मै पछ्याएको छु, त्यसैले तपाईंले मलाई सजाय दिनुभयो भने पनि, यो अत्यन्तै कठोर सजाय हुन सक्दैन र यो सजाय दिइसक्‍नुभएपछि तपाईंले मलाई अझै पनि चाहनुहुनेछ। मलाई थाहा छ तपाईं धर्मी हुनुहुन्छ, र मलाई सधैँभरि त्यस्तो व्यवहार गर्नुहुनेछैन। आखिर, म ती नष्ट गरिने मानिसहरूजस्तो छैनँ; नष्ट गरिनुपर्नेहरूले भारी सजाय प्राप्त गर्नेछन्, तर मेरो सजाय हल्‍का हुनेछ।” धर्मी स्वभाव तैँले भनेको जस्तो होइन। आफ्‍नो पापलाई स्वीकार गर्न सिपालु मानिसहरूलाई उदारताको साथ निराकरण गरिनेछ भन्‍ने होइन। धार्मिकता भनेको पवित्रता हो र यो त्यस्तो स्वभाव हो जसले मानिसले गरेको उल्‍लङ्घनलाई सहँदैन, र अशुद्ध र परिवर्तन नभएकाहरू सबै नै परमेश्‍वरको घृणाका निसानाहरू हुन्। परमेश्‍वरको धर्मी स्वभाव व्यवस्था होइन, तर प्रशासनिक आदेश हो: यो राज्यभित्रको प्रशासनिक आदेश हो र यो प्रशासनिक आदेश सत्यता धारण नगरेका र परिवर्तन नभएका र मुक्तिको कुनै गुन्जाइस नभएका जोकोहीको लागि धर्मी दण्ड हो। जब हरेक व्यक्तिलाई उसको प्रकारअनुसार वर्गीकरण गरिन्छ, तब असललाई इनाम दिइनेछ र दुष्टलाई दण्ड दिइनेछ। मानिसको गन्तव्य स्पष्ट पारिने बेला यही हो; यो मुक्तिको काम समाप्त हुने समय हो, जुन समयपछि मानिसलाई मुक्ति दिने कार्य फेरि गरिनेछैन र दुष्ट कार्य गर्ने हरेकमाथि दण्ड ल्याइनेछ। कतिपय मानिसहरू भन्छन्, “प्रायजसो उहाँकै पक्षमा हुने हरेकलाई परमेश्‍वरले स्मरण गर्नुहुन्छ। हामीमध्ये एक जनालाई पनि उहाँले बिर्सनुहुनेछैन। परमेश्‍वरद्वारा हामीलाई सिद्ध पारिने ग्यारेन्टी छ। जो तल छन् तिनीहरू कसैलाई पनि उहाँले सम्‍झनुहुनेछैन, तल रहेका मानिसहरूमध्येमा जसलाई सिद्ध पारिनेछ तिनीहरू परमेश्‍वरलाई पटकपटक भेट गर्ने हामीभन्दा तलै हुने ग्यारेन्टी छ; हामीमध्ये कसैलाई पनि परमेश्‍वरले बिर्सनुभएको छैन, हामी सबैलाई परमेश्‍वरले स्वीकार गर्नुभएको छ र परमेश्‍वरद्वारा हामीलाई सिद्ध पारिने ग्यारेन्टी छ।” तिमीहरूसँग यस्ता धारणाहरू छन्। के यो धार्मिकता हो? तैँले सत्यता अभ्यास गरेको छस् कि छैनस्? तैँले वास्तवमा यस्ता हल्‍लाहरू फैलाएको छस्—तँमा कुनै सरम छैन!

आज, कतिपय मानिसहरू परमेश्‍वरद्वारा प्रयोग गरिन खोजी गर्छन्, तर विजय गरिसकेपछि तिनीहरूलाई सोझै प्रयोग गर्न सकिँदैन। आज बोलिएका वचनहरूका विषयमा भन्दा, यदि परमेश्‍वरले मानिसहरूलाई प्रयोग गर्नुहुँदा तँ तिनलाई पूरा गर्न अझै असमर्थ छस् भने, तँ अझै पनि सिद्ध पारिएको छैनस्। अर्को शब्‍दमा भन्दा, मानिसलाई सिद्ध बनाइने अवधिको अन्त्यको आगमनले नै मानिसलाई परमेश्‍वरले हटाउनुहुन्छ कि प्रयोग गर्नुहुन्छ भन्‍ने कुरा निर्धारण गर्नेछ। विजय गरिएकाहरू निष्क्रियता र नकारात्मकताका उदाहरणहरूबाहेक अरू केही होइनन्; तिनीहरू आदर्श र नमुनाहरू त हुन्, तर तिनीहरू प्रतिभार बाहेक अरू केही होइनन्। मानिसको जीवन स्वभाव परिवर्तन भएपछि मात्रै, र उसले भित्र र बाहिर दुवैमा परिवर्तन हासिल गरेको छ भने मात्रै, उसलाई पूर्ण रूपमा सिद्ध बनाइएको हुनेछ। आज, तँ कुन चाहन्छस्: विजय गरिन कि सिद्ध पारिन? तँ कुन कुरालाई प्राप्त गर्न चाहन्छस्? के तैँले सिद्ध पारिनका लागि पूरा गर्नुपर्ने सर्तहरू पूरा गरेको छस्? तँमा अझै कुन-कुन सर्तहरूको कमी छ? तैँले आफैलाई के-कस्ता कुराहरूले सुसज्‍जित पार्नुपर्छ र आफ्‍ना त्रुटिहरूको कमी कसरी पूरा गर्नुपर्छ? तँ सिद्ध पारिने मार्गमा कसरी प्रवेश गर्नुपर्छ? तँ कसरी पूर्ण रूपमा समर्पित हुनुपर्छ? तँ सिद्ध पारिनको लागि अनुरोध गर्छस्, के त्यसो भए तँ पवित्रताको खोजी गर्छस्? के तँ त्यस्तो व्यक्ति होस् जो शुद्ध हुन सकूँ भनेर सजाय र न्यायको अनुभव गर्न खोज्छ? तँ शुद्ध पारिन चाहन्छस्, के त्यसो भए तँ सजाय र न्यायलाई स्वीकार गर्न इच्‍छुक छस्? तँ परमेश्‍वरलाई चिन्‍नको निम्ति आग्रह गर्छस्, तर के तँसँग उहाँको सजाय र न्यायको ज्ञान छ? आज, उहाँले तँमा गर्ने धेरैजसो कार्य सजाय र न्याय नै हो; तँमा गरिएको यो कार्यसम्‍बन्धी तँमा के ज्ञान छ? के तैँले अनुभव गरेको सजाय र न्यायले तँलाई शुद्ध पारेको छ? के यसले तँलाई परिवर्तन गरेको छ? के यसले तँमा कुनै प्रभाव पारेको छ? के तँ आजका धेरै कामहरूदेखि अर्थात् श्राप, न्याय र खुलासाहरूदेखि वाक्‍क भएको छस्, कि तँलाई यी कुराहरू तेरो लागि निकै लाभदायक छन् भन्‍ने लाग्छ? तँ परमेश्‍वरलाई प्रेम गर्छस्, तर तँ किन उहाँलाई प्रेम गर्छस्? के तैँले थोरै अनुग्रह प्राप्त गरेको हुनाले परमेश्‍वरलाई प्रेम गर्छस्? कि शान्ति र आनन्द प्राप्त गरिसकेको हुनाले तैँले परमेश्‍वरलाई प्रेम गर्छस्? कि उहाँको सजाय र न्यायले शुद्ध पारिएपछि तँ परमेश्‍वरलाई प्रेम गर्छस्? वास्तवमा के कुराले तँलाई परमेश्‍वरलाई प्रेम गर्ने तुल्याउँछ? सिद्ध पारिनको लागि पत्रुसले कुन-कुन सर्तहरूलाई पुरा गरे? उनलाई सिद्ध पारिएपछि, यसलाई व्यक्त गरिएको अत्यन्तै महत्त्वपूर्ण तरिका के थियो? के उनी उहाँको लागि तृषित भएकाले हो, कि उनले उहाँलाई देख्‍न नसकेकोले वा उनलाई तिरस्कार गरिएको कारणले प्रभु येशूलाई प्रेम गरेका थिए? कि उनले संकष्टका दुःखहरूलाई स्वीकार गरेका हुनाले, आफ्‍नै अशुद्धता र अवज्ञालाई जानेकाले र प्रभुको पवित्रतालाई जानेको कारणले प्रभु येशूलाई प्रेम गरेका थिए? के परमेश्‍वरको सजाय र न्यायले गर्दा परमेश्‍वरप्रतिको उनको प्रेम अझै शुद्ध भयो, कि अन्य कुनै कुराले गर्दा शुद्ध भयो? यो कुनचाहिँ हो? परमेश्‍वरको अनुग्रहको कारणले र आज उहाँले तँलाई केही सानो आशिष् दिनुभएको हुनाले तँ परमेश्‍वरलाई प्रेम गर्छस्। के यो साँचो प्रेम हो? तैँले परमेश्‍वरलाई कसरी प्रेम गर्नुपर्छ? के तैँले उहाँको सजाय र न्यायलाई स्वीकार गर्नुपर्छ, र उहाँको धर्मी स्वभावलाई देखिसकेपछि, उहाँलाई साँचो रूपमा प्रेम गर्न सक्षम हुनुपर्छ, जसले गर्दा तँ पूर्ण रूपमा विश्‍वस्त हुन्छस् र तैँले उहाँको बारेमा ज्ञान पाउँछस्? पत्रुसले जस्तै, के तैँले परमेश्‍वरलाई पर्याप्त रूपमा प्रेम गर्न सक्दिनँ भनेर भन्‍न सक्छस्? तैँले खोजी गर्ने कुरा सजाय र न्यायपछि विजय गरिनु हो, कि सजाय र न्यायपछि शुद्ध पारिनु, सुरक्षित गरिनु र वास्ता गरिनु हो? यीमध्ये तँ कुनको खोजी गर्छस्? के तेरो जीवन अर्थपूर्ण छ, कि यो अर्थहीन र मूल्यहीन छ? तँ देह चाहन्छस् कि सत्यता चाहन्छस्? तँ न्यायको कामना गर्छस् कि सहजताको? परमेश्‍वरका धेरै कार्य अनुभव गरिसकेपछि र परमेश्‍वरको पवित्रता र धार्मिकता देखिसकेपछि, तैँले कसरी खोजी गर्नुपर्छ? तैँले यो मार्गमा कसरी हिँड्नुपर्छ? तैँले परमेश्‍वरको प्रेमलाई कसरी व्यवहारमा लागू गर्नुपर्छ? के परमेश्‍वरको सजाय र न्यायले तँमा कुनै प्रभाव पारेको छ? तँमा परमेश्‍वरको सजाय र न्यायको ज्ञान छ कि छैन भन्‍ने कुरा तँ कस्तो जीवन जिउँछस्, र तैँले परमेश्‍वरलाई कुन हदसम्‍म प्रेम गर्छस् भन्‍ने कुरामा निर्भर हुन्छ! तँ परमेश्‍वरलाई प्रेम गर्छस् भनेर तेरो ओठले भन्छ, तैपनि तँ जुन जीवन जिउँछस् त्यो पुरानो, भ्रष्ट स्वभाव हो; तँमा परमेश्‍वरको कुनै डर छैन, तँमा विवेक हुने कुरा त परै जाओस्। के त्यस्ता मानिसहरूले परमेश्‍वरलाई प्रेम गर्छन्? के त्यस्ता मानिसहरू परमेश्‍वरप्रति निष्ठावान हुन्छन्? के तिनीहरू परमेश्‍वरको सजाय र न्याय स्वीकार गर्ने व्यक्तिहरू हुन्? परमेश्‍वरलाई प्रेम गर्छु र उहाँलाई विश्‍वास गर्छु भनेर तँ भन्छस्, तैपनि तँ आफ्‍ना विचारहरूलाई छोड्दैनस्। तेरो काम, प्रवेश, तैँले बोल्‍ने वचन र तेरो जीवनमा, परमेश्‍वरप्रति तेरो प्रेमको कुनै प्रकटीकरण छैन र परमेश्‍वरप्रति कुनै श्रद्धा छैन। के सजाय र न्याय प्राप्त गरेको व्यक्ति यही हो? के यस्तो व्यक्ति पत्रुस हुन सक्छ? के पत्रुसजस्ता मानिसहरूमा ज्ञान मात्रै हुन्छ, तर जीवन जियाई हुँदैन? आज, वास्तविक जीवन जिउनको लागि मानिसलाई चाहिने सर्त के हो? के पत्रुसका प्रार्थनाहरू उनको मुखबाट आएका शब्‍दहरूभन्दा बढी केही थिएनन् त? के ती उनको हृदयको अन्तस्करणबाट आएका शब्‍दहरू थिएनन् र? के पत्रुसले प्रार्थना मात्रै गर्थे, र सत्यतालाई अभ्यास गर्दैनथे? तेरो खोजी कसको लागि हो? परमेश्‍वरको सजाय र न्यायको बेला कसरी तैँले आफूलाई परमेश्‍वरको सुरक्षा र शुद्धीकरण प्राप्त गर्ने तुल्याउँछस्? के परमेश्‍वरको सजाय र न्याय मानिसको लागि कुनै लाभको छैन? के सबै न्याय दण्ड नै हो? के शान्ति र आनन्द, भौतिक आशिष्‌हरू र क्षणिक सहजता मात्रै मानिसको जीवनको लागि लाभदायक हुन सक्छ? यदि मानिस सुखद र सहज परिस्थितिमा, न्यायको जीवनविना जिउँछ भने, के उसलाई शुद्ध पारिन सकिन्छ? यदि मानिसले परिवर्तन हुन र शुद्ध पारिन चाहन्छ भने, उसले सिद्ध पारिने कार्यलाई कसरी स्वीकार गर्नुपर्छ? आज तैँले कुन मार्गलाई छनौट गर्नुपर्छ?

अघिल्लो: मोआबका सन्तानहरूलाई बचाउनुको महत्त्व

अर्को: तिमीहरूले कामलाई बुझ्नै पर्छ—दुबिधामा नपछ्याओ!

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरमाथिको तेरो विश्‍वासमा तैँले परमेश्‍वरको आज्ञापालन गर्नैपर्छ

तँ किन परमेश्‍वरमा विश्‍वास गर्छस्? धेरै मानिसहरू यस प्रश्नद्वारा अलमलमा पर्छन्। व्यावहारिक परमेश्‍वर र स्वर्गमा हुनुहुने परमेश्‍वरका...

के त्रिएकत्व अस्तित्वमा छ?

येशूको सत्यता देह हुन आएपछि, मानिसले स्वर्गमा, पिता मात्र हुनुहुन्न, तर पुत्र, र आत्मा पनि हुनुहुन्छ भन्‍ने विश्‍वास गर्‍यो। स्वर्गमा यस...

के परमेश्‍वरको कार्य मानिसले सोचे झैँ सरल छ र?

परमेश्‍वरको विश्‍वासी भएर, तिमीहरू हरेकले आखिरी दिनहरूमा परमेश्‍वरको कार्य अनि आज पनि तिमीहरूमा उहाँले गर्नुहुने उहाँको योजनाको कार्य ग्रहण...

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्