अध्याय १२

जब पूर्वबाट बिजुलीका चमकहरू आउँछन्, जुन म मेरा वचनहरू बोल्न थाल्ने समय पनि हो—जब बिजुलीका चमकहरू आउँछन् तब सम्पूर्ण आकाश उज्यालो हुन्छ, र सबै ताराहरूमा एक रूपान्तरण हुन्छ। यस्तो हुन्छ, कि मानौँ सम्पूर्ण मानवजातिलाई सफाइ गरिएको छ। पूर्वबाट आउने यो ज्योतिको किरणमा सम्पूर्ण मानव जातिलाई उनीहरूको असली रूपमा प्रकट गरिन्छ, उनीहरूका आँखाहरू तिरमिराउँछन्, के गर्ने भनेर अनिश्चित हुन्छन्, र उनीहरूका कुरूप अनुहारहरू कसरी लुकाउने होला भनी अझै अनिश्चित हुन्छन्। तिनीहरू ती पशुहरूजस्ता छन् जो मेरो ज्योतिबाट भाग्छन् र पहाडका गुफाहरूमा शरण लिन्छन्—तर तीमध्ये एकै जना पनि मेरो ज्योतिबाट नष्ट हुन सक्दैन। सबै मानिसहरू चकित हुन्छन्, सबैले पर्खिरहेका हुन्छन्, सबैले हेरिरहेका हुन्छन्; मेरो ज्योतिको आगमनको साथमा सबै जना आफू जन्मेको दिनमा रमाउँछन्, र त्यस्तै गरी सबैले आफ्नो जन्मेको दिनलाई सराप्छन्। विवादास्पद भावनाहरू व्यक्त गर्न असम्भव हुन्छ; आत्म-निन्दाका आँसुहरूको नदीहरू बग्छन्; र तीव्र प्रवाहमा बगेर जान्छन्, एकै क्षणमा नाम-निसाना मेटिने गरी हराउँछन्। एक पटक फेरि, मेरो दिन सारा मानव जातिको नजिक पुग्छ, एक पटक फेरि मानव जातिलाई उत्तेजित गराउँछ, मानव जातिलाई अर्को एउटा नयाँ सुरुआत दिँदछ। मेरो मुटु धड्किन्छ र, मेरो मुटुको धड्कनको ताल अनुसरण गर्दै, पहाडहरू आनन्दले उफ्रन्छन्, पानीहरू आनन्दले नाच्छन्, र छालहरूले चट्टानका पहराहरूमा हान्छन्। मेरो हृदयमा जे छ त्यो व्यक्त गर्न गाह्रो हुन्छ। सबै अशुद्ध थोकहरूलाई म मेरो नजरमा जलाएर खरानी बनाउन चाहन्छु; म अनाज्ञाकारिताका सबै छोराहरूलाई मेरो आँखाको अगाडिबाट कहिल्यै अस्तित्वमा नरहने गरी विलुप्त पार्न चाहन्छु। त्यो ठूलो रातो अजिङ्गरको बास बस्ने ठाउँमा मैले नयाँ सुरुवात मात्र गरेको छैनँ, मैले ब्रह्माण्डमा पनि नयाँ काम सुरु गरेको छु। चाँडै, पृथ्वीका राज्यहरू मेरो राज्य हुनेछन्; चाँडै, मेरो राज्यको कारण यस पृथ्वीका राज्यहरूको अस्तित्व सदाका लागि समाप्त हुनेछ, किनकि मैले अघिबाटै विजय हासिल गरिसकेको छु, किनकि म विजयी बनेर फर्केको छु। त्यो ठूलो रातो अजिङ्गरले पृथ्वीमा मेरो काम मेटाउने आशामा मेरो योजनामा बाधा पुर्‍याउनका लागि सबै साधनहरू समाप्त गरिसक्यो, तर के म त्यसको कपटपूर्ण चालका कारण निराश हुन सक्छु? के म त्यसको धम्कीबाट आत्मविश्‍वास गुमाउँला भनी डराउँछु? स्वर्गमा वा पृथ्वीमा कहिल्यै कुनै यस्तो प्राणी भएको छैन जसलाई मैले मेरो हत्‍केलामा लिएको छैन; त्यो ठूलो रातो अजिङ्गर, त्यो औजारको बारेमा झन् यो कति धेरै सत्य छ, जसले मेरो निम्ति प्रतिभारको रूपमा काम गर्छ? के यो पनि मेरो हातमा खेलबाड गर्नुपर्ने एक वस्तु होइन र?

मानिसको संसारमा भएको मेरो देहधारणको अवधिमा मानव जाति अनजानमा नै आजको दिनसम्म मेरो मार्गनिर्देशनको अधीनमा आएको छ, अनजानमा नै मलाई चिन्न सकेको छ। तर अगाडि आउने बाटोमा कसरी हिँड्ने भन्‍नेबारे कसैलाई थाहा छैन, कोही पनि सचेत छैन—र त्यो बाटोले तिनीहरूलाई कुन दिशातिर लैजान्छ भन्‍ने कुरा थाहा पाउने त कुरै नगरौं। केवल सर्वशक्तिमान्‌ले उनीहरूमाथि नजर राख्नुभयो भने मात्र कुनै व्यक्ति त्यो बाटोको अन्त्यसम्म पुग्न सक्नेछ; पूर्वमा चम्केको ज्योतिको अगुवाइमा मात्र कसैले मेरो राज्यमा पुर्याउने प्रवेशद्वार पार गर्न सक्छ। मानिसहरू माझ कुनै यस्तो व्यक्ति छैन जसले मेरो अनुहार देखेको छ, जसले पूर्वमा ज्योति चम्केको देखेको छ; मेरो सिंहासनबाट बोलिएको वाणीहरू सुन्ने त झन् कति थोरै होलान्? वास्तवमा, प्राचीन कालदेखि कुनै पनि व्यक्ति मेरो व्यक्तित्वसँग प्रत्यक्ष सम्पर्कमा आएको छैन; केवल आज, म यस संसारमा आएपछि मात्रै मानिसहरूले मलाई देख्ने मौका पाएका छन्। तर अहिले पनि मानिसहरूले मलाई चिन्दैनन्, जसरी उनीहरूले मेरो अनुहार हेर्छन् र मेरो आवाज मात्र सुन्छन् तर मेरो अर्थ बुझ्दैनन्। सबै मानिसहरू यस्तै प्रकारका छन्। मेरा मानिसहरूमध्ये एक भएको नाताले मेरो अनुहार देख्दा के तिमीहरू गर्व महसुस गर्दैनौं र? र के मलाई नचिनेको कारण अति नै ठूलो सरम महसुस गर्दैनौ र? म मानिसहरू माझ हिँड्छु र म मानिसहरू माझ बस्छु, किनकि म देह बनेको छु र म मानव संसारमा आएको छु। मेरो उद्देश्य भनेको मानव जातिलाई मेरो देहलाई हेर्ने क्षमता दिनु मात्र होइन; अझ महत्त्वपूर्ण कुरा, मलाई चिन्न मानिसहरूलाई सक्षम बनाउनु हो। यसबाहेक, म मेरो देहधारी शरीरबाट मानिसहरूलाई तिनीहरूका पापहरूका लागि दोषी ठहराउनेछु; म मेरो देहधारी शरीरद्वारा, त्यो ठूलो रातो अजिङ्गरलाई हराउनेछु र त्यसको गुफालाई नष्ट गर्नेछु।

पृथ्वीमा बसोबास गर्ने मानिसहरू ताराहरू जत्तिकै असङ्ख्य भए पनि, म ती सबैलाई मेरो आफ्नै हत्केलाजस्तो स्पष्टसँग चिन्‍छु। अनि मलाई “प्रेम” गर्ने मानिसहरू समुद्रमा हुने बालुवाका कणहरूजस्तै अनगिन्ती भए पनि, थोरै मात्र मद्वारा चुनिएका छन्: तिनीहरू जो उज्ज्वल ज्योतिको पछि लाग्छन्, तिनीहरू मलाई “प्रेम” गर्नेहरू भन्दा अलग हुन्। म मानिसलाई अति ठूलो ठान्दिनँ, न त उसलाई कम महत्त्व दिनेछु; बरु म मानिसको प्राकृतिक गुणहरू अनुसार ऊबाट माग गर्दछु, त्यसैले मलाई चाहिने भनेको त्यस्तो व्यक्ति नै हो जसले मलाई इमानदारीसाथ खोज्छ, यसैले कि म मानिसहरूलाई छनौट गर्ने मेरो लक्ष्य हासिल गर्न सकूँ। पहाडहरूमा जङ्गली जनावरहरू धेरै सङ्ख्यामा छन्, तर मेरो अघि ती सबै सधाएका भेडाहरू जस्ता छन्। छालहरूमुनि बुझ्न नसकिने रहस्यहरू छन्, तर तिनीहरू पृथ्वीका सबै थोक झैं मेरो निम्ति स्पष्ट छन्; क्षेत्रहरूदेखि माथि आकाशमा मानिस कहिल्यै पुग्न सक्दैन, तापनि ती दुर्गम क्षेत्रहरूमा म स्वतन्त्र हिँड्छु। मानिसले मलाई ज्योतिमा कहिल्यै चिनेको छैन, तर मलाई अन्धकारको संसारमा मात्र देखेको छ। के तिमीहरू आज त्यस्तै परिस्थितिमा छैनौ र? यो ठूलो रातो अजिङ्गरको उपद्रव चरम अवस्थामा मैले आफ्नो काम गर्न औपचारिक रूपमा देहधारण गर्नुपर्‍यो। जब ठूलो रातो अजिङ्गरले पहिलो पटक त्यसको वास्तविक रूप प्रकट गर्‍यो, मैले मेरो नाउँको साक्षी दिएँ। जब म मानव जातिको सडकहरूमा हिँडेँ, न त एउटा प्राणी, न एक जना व्यक्ति चकित भएर जागृत भयो, यसैले जब म देहधारण गरी मानव संसारमा आएँ त्यो कसैले पनि थाहा पाएन। तर जब, मेरो देहधारणको शरीरमा, मैले आफ्नो काम गर्न थालें, मेरो गर्जनको आवाजले मानिसहरू बिउँझे र उनीहरूको सपनाबाट चकित भए, र त्यस क्षणदेखि तिनीहरूले मेरो मार्गनिर्देशनमा आफ्नो जीवनको सुरुआत गरे। मेरा मानिसहरूको माझमा मैले फेरि नयाँ काम सुरु गरेको छु। पृथ्वीमा मेरो काम समाप्त भएको छैन भन्‍नु नै मेरा मानिसहरू जोसँग म बोलेँ ती मैले मेरो हृदयमा चाहेकाहरू होइनन् भनी देखाउन पर्याप्त छ, तर जे भए पनि म तिनीहरू मध्येबाटै कोही-कोहीलाई चुन्छु। यसबाट यो प्रस्ट हुन्छ कि मैले मेरा मानिसहरूलाई देहधारी परमेश्‍वर चिन्न सक्षम मात्र बनाइरहेको छैन, तर तिनीहरूलाई शुद्ध पनि पार्दैछु। मेरो प्रशासनिक आदेशको कठोरताका कारण धेरै मानिसहरू अझै पनि मद्वारा हटाइने खतरामा छन्। जबसम्म तैँले आफैले आफैलाई निराकरण गर्ने, तेरो आफ्नै शरीरलाई वशमा राख्ने कोसिस गर्दैनस्—जबसम्म तँ यो गर्दैनस्, तबसम्‍म तँ पनि जसरी पावलले सीधै मेरो हातबाट सजाय पायो, जसबाट उम्कने कुनै उपाय थिएन, त्यसरी नै तँ नरकमा फालिनलाई निश्चय मेरो घृणा र अस्वीकारको पात्र हुनेछस्। के तिमीहरूले मेरा वचनहरूबाट केही कुरा बटुलेका छौ? पहिले जस्तै, चर्चलाई शुद्ध पार्ने, मलाई चाहिने मानिसहरूलाई शुद्ध पार्दै जाने मेरो चाहना छ, किनकि म स्वयम् परमेश्‍वर हुँ, जो पूर्ण रूपमा पवित्र र निष्कलङ्क छ। म मेरो मन्दिरलाई इन्द्रेनीका रङ्गहरूले रङ्गीबिरङ्गी मात्र बनाउँदिन, तर कुनै दाग नभएको सफा, त्यसको भित्री भाग पनि बाहिरी भागसँग मिल्दो बनाउँछु। मेरो उपस्थितिमा, तिमीहरू सबैले विगतमा के गरेका छौ त्यो विचार गर्नुपर्छ, र आज तिमीहरूले मेरो हृदयमा पूर्ण सन्तुष्टि दिन सक्छौ कि सो निर्णय गर्ने सङ्कल्प गर्नुपर्छ।

मानिसले मलाई मेरो देहमा नचिन्‍ने मात्र होइन, त्योभन्दा बढी ऊ आफ्नै शरीरभित्र रहने आफ्नो अस्तित्वलाई बुझ्न असफल भएको छ। धेरै वर्षदेखि मानव जातिले मलाई धोका दिँदै आएको छ, मसँग बाहिरबाट आएको पाहुना जस्तो व्यवहार गरेको छ। धेरै चोटि, तिनीहरूले “आफ्नो घरका ढोकाहरू” मेरो निम्ति बन्द गरेका छन्; धेरै चोटि तिनीहरू मेरो सामु उभिँदा मलाई ध्यान दिँदैनन्; धेरै पल्ट तिनीहरूले अरूको अगि मलाई इन्कार गरेका छन्; यसरी धेरै पटक, तिनीहरूले दियाबलसको अगि मलाई इन्कार गरेका छन्; र धेरै पटक तिनीहरूले आफ्ना झगडालु मुखले मलाई आक्रमण गरेका छन्। तापनि म मानिसका कमजोरीहरूको लेखा राख्दिनँ, न त म उसको अनाज्ञाकारिताको कारण दाँतको सट्टा दाँत माग्छु। उसको असाध्य रोग निको पार्न मैले उसका बिमारीहरूमा औषधी प्रयोग गरेको छु, त्यसरी उसलाई फेरि स्वस्थ बनाएको छु, यसैले कि उसले मलाई चिन्न सकोस्। के मैले गरेका सबै कार्य मानिसहरूलाई जीवित राख्न, मानिसहरूलाई जीवनमा एउटा मौका दिनका निम्ति होइन र? म धेरै चोटि मानिसहरूको संसारमा आएको छु, तर मानिसहरू आएनन्, किनकि म आफ्नै व्यक्तित्वमा यस संसारमा आएको थिएँ, मलाई ध्यान दिनुको साटो प्रत्येक व्यक्तिले उसलाई जे उचित लाग्यो त्यही गऱ्यो र बाहिर निस्कने आफ्‍नै बाटो खोज्यो। आकाशमुनिको प्रत्येक बाटो मेरो हातबाट आउँदछ भनी तिनीहरूले पत्तो पाएका थिएनन्! आकाशमुनिको प्रत्येक थोक मेरो विधानको अधीनमा छन् भनी तिनीहरू थोरै मात्र जान्दछन्! तिमीहरूमध्ये कसले आफ्नो हृदयमा अप्रसन्नता राख्ने हिम्मत गर्छौ? तिमीहरूमध्ये कसले हलकासाथ सम्झौतामा आउने हिम्मत गर्छौ? म भर्खरै चुपचाप मानिसहरूको बीचमा मेरो काम गर्दैछु—बस त्यत्ति मात्र हो। यदि, मेरो देहधारणको अवधिमा, मैले मानिसका कमजोरीहरूप्रति सहानुभूति नराखेको भए मेरो देहधारणको कारणले मात्र पनि सारा मानव जाति उनीहरूको बुद्धिले गर्दा डराउने थिए र फलस्वरूप, पातालमा पर्नेथिए। मैले आफैलाई नम्र तुल्याएकोले र आफैलाई लुकाएकोले मात्र मानव जाति विपत्तिबाट बच्यो, मेरो दण्डबाट छुटकारा पायो, र यस किसिमले आजको दिनमा आइपुग्यो। आजको दिनसम्म आइपुग्‍नु कति गाह्रो थियो भनी याद गर्दा के तिमीहरूले अझै आई नसकेको भोलिलाई अझ धेरै कदर गर्नुपर्दैन र?

मार्च ८, १९९२

अघिल्लो: अध्याय ११

अर्को: अध्याय १३

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा – १ सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ५)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्