अध्याय २१

पवित्र आत्माको कामले अब तिमीहरूलाई नयाँ स्वर्ग र नयाँ धर्तीमा ल्याएको छ। सबै कुरा नवीकरण हुँदैछ, सबै कुरा मेरो हातमा छ, सबै कुराको नयाँ सुरुवात हुँदैछ। मानिसहरू आफ्नो धारणाले गर्दा यो कुरा बुझ्न असमर्थ छन्, यो कुरा उनीहरूको बुझाइभन्दा पर छ तर यो सबै मेरो काम हो र यस भित्रै मेरो ज्ञान छ। त्यसकारण तिमीहरूले आफ्ना सबै धारणा र विचारहरू त्यागेर परमेश्‍वरको वचन खाने र पिउने कुरा मात्र स्वीकार्नु पर्दछ; यसमा कुनै शङ्का छैन। म यस्तो तरिकाले काम गर्दैछु त्यसैले म पवित्र जिम्मेवारी वहन गर्नेछु। वास्तवमा, मानिसहरू निश्‍चित किसिमको हुनु आवश्यकता छैन। बरु, यो त परमेश्‍वरले चमत्कारपूर्ण कार्यहरू गर्दै हुनुहुन्छ र उहाँ आफ्नो सर्वशक्तिमान क्षमता प्रकट गर्दैहुनुहुन्छ भन्‍ने हो। परमेश्‍वरमा गर्ने बाहेक मानिसले गर्व गर्नु हुँदैन। अन्यथा तैँले घाटा बेहोर्नु पर्नेछ। परमेश्‍वरले असहायहरूलाई धरातलदेखि उठाउनुहुन्छ; नम्रलाई सम्मान गर्नुहुन्छ। म मेरो सम्पूर्ण ज्ञान, विश्‍वव्यापी मण्डलीलाई संचालन गर्न, सारा संसार र मानिसहरूमाथि शासन गर्न प्रयोग गर्नेछु, ताकि तिनीहरू सबै मभित्र होऊन् र मण्डलीका तिमीहरू सबै मप्रति समर्पित होऊ। जसले पहिले मेरो गरेनन् अब उनीहरू आज्ञाकारी हुनैपर्छ, तिनीहरूले एक-अर्काको कुरा मान्‍नुपर्छ, एक-अर्कालाई सहनुपर्छ; तिमीहरूको जीवन एक-अर्कामा गाँसिएको हुनुपर्दछ, र तिमीहरूले एक-अर्कालाई प्रेम गर्नुपर्दछ, सबैले एक अर्काको राम्रो गुणहरूलाई आत्मसात् गरेर आफ्नो कमजोरीहरूलाई पन्छाउँदै, समन्वयमा सेवा गर्दै जानु पर्दछ। यस तरिकाले चर्चको निर्माण हुनेछ र शैतानले शोषण गर्ने कुनै अवसर पाउँदैन। त्यसो भएपछि मेरो व्यवस्थापन योजना असफल भएको हुनेछैन। म तिमीहरूलाई यहाँ अर्को कुरा सम्झाउन चाहन्छु। फलानो व्यक्ति यस्तो छ वा त्यस्तो व्यवहार गर्दछ भनेर तिमीहरू आफूभित्र कुविचार उत्पन्न हुन नदेऊ, यसले तिमीहरूको आत्मिक अवस्थामा पतन ल्याउँछ। यो उपयुक्त होइन र यो बेकार हो भन्‍ने म देख्छु। के तिमीहरूले विश्‍वास गर्ने परमेश्‍वर नै हुनुहुन्‍न र? उहाँ कुनै व्यक्ति होइन। कार्यहरू उस्तै छैनन्। एउटा शरीर छ। यसरी नै प्रत्येकले आ-आफ्नो स्थानमा आफ्नो कर्तव्य उत्तम तरिकाले पालना गर्छ—प्रत्येक झिल्कामा एउटा प्रकाशको चमक हुन्छ—र जीवनमा परिपक्वता फैलाउँछ। यसो गरेमा म सन्तुष्ट हुनेछु।

तिमीहरूले मेरो सामु शान्तिपूर्ण भएर बस्‍ने बारेमा मात्र चासो लिनुपर्छ। मसँग घनिष्ट सम्बन्ध राख, नबुझेको कुराको खोजी गर, प्रार्थना गर, र मेरो समयको प्रतीक्षा गर। आत्माबाट सबै कुरा स्पष्ट रूपमा हेर। आफैलाई बाटो बिराउनबाट बचाउनको लागि लापरवाही व्यवहार नगर। केवल यस तरिकाले मात्र तैँले मेरो वचन खाएको र पिएको कार्यले सार्थक फल फलाउँछ। मेरा वचनहरू खाओ र पिओ, मैले भनेका कुरामा चिन्तन-मनन गर, मेरा वचनहरूलाई व्यवहारमा उतार र मेरो वचनका वास्तविकतामा जिओ। मुख्य कुरा यही हो। मण्डली निर्माण गर्ने प्रक्रिया जीवन वृद्धिको प्रक्रिया पनि हो। यदि तेरो जीवन वृद्धि हुन रोकिन्छ भने, तेरो विकास पनि सम्भव छैन। प्राकृतिकता, शरीर, जोश, योगदान, योग्यतामा भर परिस् भने, तँ जति असल किन नहोस्, तेरो विकास हुनेछैन। तँ जीवनका वचनहरू भित्रै जिउनुपर्छ, पवित्र आत्माबाट प्राप्त भएको भित्रि ज्ञान र ज्योतिभित्रै जिउनुपर्छ, आफ्नो वास्तविक अवस्थालाई जानेर, बदलिनु पर्दछ। तँसँग आत्मामा उही अन्तर्दृष्टि हुनुपर्दछ, नौलो भित्रि ज्ञान प्राप्त गर्नुपर्दछ, र नयाँ प्रकाश पाउन सक्षम हुनुपर्छ। तँ निरन्तर मेरो नजिक हुन र मसँग कुराकानी गर्न सक्षम हुनुपर्दछ, आफ्नो दैनिक जीवन मेरा वचनहरूमा आधारित गर्न सक्षम हुनु, मेरो शब्दहरूमा आधारित भइ सबै प्रकारका मानिसहरू, घटनाहरू र चीजहरू ठीकसँग सम्हाल्न सक्षम हुनुपर्छ र मेरो वचनहरूलाई आफ्‍नो मापदण्डको रूपमा राख् र आफ्‍नो जीवनका सबै गतिविधिहरू मेरो स्वभाव अनुसार जि।

यदि तँ मेरा अभिप्रायहरू बुझ्न र तीप्रति उचित विचार पुर्‍याउन चाहन्छस् भने, तैँले मेरा वचनहरूमा ध्यान दिनुपर्दछ। हतारमा केही पनि नगर्। मैले स्वीकृत नगरेको सबै कुराको खराब अन्त हुनेछ। मैले प्रशंसा गरेको कुराले मात्रै आशिष पाइन्छ। म जे बोल्छु त्यही हुनेछ। यदि मैले आदेश दिएँ भने, त्यो दृढ हुनेछ। मलाई रिस नउठाउन, तिमीहरूले त्यस्तो बिलकुलै गर्नु हुँदैन जुन मैले अनुमति दिएको छैन। तैपनि तिमीहरूले त्यसो गर्‍यौ भने, तिमीहरूसँग पछुताउने समय पनि हुँदैन!

अघिल्लो: अध्याय २०

अर्को: अध्याय २२

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्