अध्याय ८

राज्यका राजा, सर्वशक्तिमान् परमेश्‍वरको गवाही दिइएको समयदेखि परमेश्‍वरको व्यवस्थापनको क्षेत्र सारा ब्रह्माण्डमा त्यसको पूर्णतामा प्रकट भएको छ। परमेश्‍वरको देखा पराइको गवाही चीन देशमा मात्र दिइएको छैन, तर सर्वशक्तिमान् परमेश्‍वरको नाउँको गवाही सबै देश र सबै स्थानमा दिइएको छ। तिनीहरू सबैले सम्‍भव भएको कुनै पनि उपायद्वारा परमेश्‍वरसित सङ्गति गर्न खोज्दै, परमेश्‍वरको इच्छा बुझ्दै र मण्डलीमा सामूहिक रूपमा उहाँको सेवा गर्दै यो पवित्र नाउँ पुकारिरहेका छन्। यो पवित्र आत्माले काम गर्ने अचम्मको तरिका हो।

विभिन्न देशका भाषाहरू एक-अर्काभन्दा फरक छन्, तर आत्मा एउटै हुनुहुन्छ। यो आत्माले सारा ब्रह्माण्डका मण्डलीहरूलाई एकसाथ जोड्नुहुन्छ र परमेश्‍वरसित एक हुनुहुन्छ, जसमा अलिकति पनि भिन्नता छैन। यो शङ्का गर्नै नसकिने कुरा हो। अब पवित्र आत्माले तिनीहरूलाई बोलाउनुहुन्छ, र उहाँको आवाजले तिनीहरूलाई ब्युँझाउँछ। यो परमेश्‍वरको कृपाको आवाज हो। तिनीहरू सबैले सर्वशक्तिमान् परमेश्‍वरको पवित्र नाउँ पुकारिरहेका छन्! तिनीहरूले प्रशंसा चढाउँछन् र गाउँछन् पनि। पवित्र आत्माको काममा कहिल्यै कुनै तलमाथि हुन सक्दैन; यी मानिसहरू सही मार्गमा अगाडि बढ्नका लागि कुनै पनि हदसम्म जान्छन्, तिनीहरू पछाडि फर्कँदैनन्, जुन अचम्ममाथि अचम्म छ। यो मानिसहरूले कल्पना गर्न कठिन र अनुमान गर्न असम्भव कुरा हो।

सर्वशक्तिमान् परमेश्‍वर ब्रह्माण्डमा जीवनका राजा हुनुहुन्छ! उहाँ महिमित सिंहासनमा विराजमान हुनुहुन्छ र संसारको न्याय गर्नुहुन्छ, सबैमाथि प्रभुत्व गर्नुहुन्छ, र सबै जातिहरूमाथि शासन गर्नुहुन्छ; सबै मानिसहरू उहाँको सामु घुँडा टेकेर उहाँलाई प्रार्थना गर्छन्, उहाँको नजिक हुन्छन् र उहाँसँग कुराकानी गर्छन्। तिमीहरूले परमेश्‍वरमा विश्‍वास गरेको जति धेरै समय भए पनि, तिमीहरूको हैसियत जति ठूलो वा तिमीहरूको वरिष्ठता जति महान् भए पनि, यदि तिमीहरू आफ्नो हृदयमा परमेश्‍वरको विरुद्ध जान्छौ भने, तिमीहरूको न्याय गरिनैपर्छ र तिमीहरू पीडादायी बिन्तीको आवाज निकाल्दै उहाँको अगाडि लम्पसार हुनैपर्छ; तिमीहरूका आफ्नै कार्यहरूको फल कटनी गर्नु भनेको वास्तवमा यही हो। यो विलापको आवाज आगो र गन्धकको कुण्डमा दण्ड पाएको आवाज हो, र यो परमेश्‍वरको फलामको लौरोद्वारा ताडना दिइएको आवाज हो; यो ख्रीष्टको सिंहासनको सामुन्नेको न्याय हो।

कतिपय मानिसहरू डराउँछन्, कतिले दोषी विवेक बोक्छन्, कतिपय सचेत हुन्छन्, कतिपय ध्यान दिएर सुन्छन्, कतिले अत्यन्तै धेरै ग्‍लानि अनुभूति गर्दै पश्‍चात्ताप गर्छन् र नयाँ सुरुवात गर्छन्, कति पीडाले नराम्ररी बिलौना गर्छन्, कतिले सबै कुरा त्याग्छन् र खोजीमा लागिपर्छन्, कतिपय मानिसहरूले आफैलाई जाँच्छन् र उप्रान्त अनियन्त्रित भई केही काम गर्ने आँट गर्दैनन्, कतिपय तत्काल परमेश्‍वरको नजिक जान खोज्छन्, कतिले तिनीहरूको जीवनले किन प्रगति गर्न सक्दैन भनेर सोध्दै आफ्‍नै विवेकलाई जाँच्छन्। कति अन्योलमै बस्छन्, कतिले आफ्‍ना खुट्टाका बन्धनहरूलाई तोड्छन् अनि चाबी लिएर आफ्‍नो जीवनको हेरचाह गर्न कुनै पनि समय खेर नफाली साहसका साथ अघि बढ्छन्। कतिपय अझै पनि हिचकिचाउँछन् र दर्शनहरूका बारेमा स्पष्ट हुँदैनन्—तिनीहरूले आफ्नो हृदयमा लिने र बोकेर हिँड्ने बोझ वास्तवमा नै गह्रौं हुन्छ।

यदि तेरो मन स्पष्ट छैन भने, पवित्र आत्‍मासँग तँभित्र काम गर्ने कुनै उपाय छैन। तैँले ध्यान दिने सबै कुरा, तैँले हिँड्ने मार्ग र तेरो हृदयले तृष्णा गर्ने सबै कुरा तेरा धारणा र आत्म-धार्मिकताहरूद्वारा भरिएका छन्! म अधीरताले जल्छु—तिमीहरू चाँडै नै मैले प्रयोग गर्नको लागि योग्य बन्‍न सक्, र मेरो गह्रौं बोझ हल्‍का हुन सकोस् भनेर तिमीहरूलाई तुरुन्तै पूर्ण बनाइहाल्‍न सकूँ भन्‍ने म कति चाहना गर्छु। तर तिमीहरूलाई यस्तो हालतमा देख्दा, मैले चाँडो परिणाम खोजेर हुँदैन भन्‍ने म बुझ्छु। म त धैर्यताको साथ प्रतीक्षा गर्न, बिस्तारै हिँड्न र तिमीहरूलाई बिस्तारै सहयोग गर्न र अगुवाइ गर्न मात्रै सक्छु। अँ, तिमीहरूले आफ्‍नो मन सफा गर्नुपर्छ! केलाई त्याग्‍ने, तेरा सम्पत्तिहरू के-के हुन्, तेरा घातक कमजोरीहरू के-के हुन्, तेरा बाधाहरू के-के हुन्? यी प्रश्‍नहरूको बारेमा आफ्‍नो आत्मामा मनन गर् अनि मसँग सङ्गति गर्। म तिमीहरूको हृदयले मलाई मौनतामा खोजून् भन्‍ने चाहन्छु; म तिमीहरूको ओठे-सेवा चाहन्‍नँ। मेरो अघि साँचो रूपमा खोजी गर्नेहरूको हकमा भन्दा, म तँलाई सबै कुरा प्रकट गर्नेछु। मेरो गति शीघ्र हुन्छ; जबसम्‍म तेरो हृदयले मेरो खोजी गर्छ र तैँले सधैँ पछ्याउँछस्, तबसम्‍म कुनै पनि समयमा तँलाई प्रेरणाद्वारा मेरो इच्‍छा जान्न दिइनेछ र तँलाई प्रकट गरिनेछ। प्रतीक्षा गर्नेहरूले भरणपोषण प्राप्त गर्नेछन् र तिनीहरूसँग अघि बढ्ने बाटो हुनेछ। सोच विहीनहरूलाई मेरो हृदय बुझ्‍न कठिन हुनेछ, र तिनीहरू टुङ्गिहाल्‍ने बाटोतिर हिँड्नेछन्।

तिमीहरू सबै तुरुन्तै खडा भएर मसँग सहकार्य गर, र एक दिन र एक रात मात्र होइन, सधैँ मेरो नजिक बन भन्‍ने मेरो इच्‍छा छ। अघि बढ्ने क्रममा मेरो हातले तिमीहरूलाई सधैँ तान्‍नुपर्छ र तिमीहरूलाई प्रोत्साहन दिइरहनुपर्छ, तिमीहरूलाई धकेलिरहनुपर्छ, अघि बढ्न उत्साह दिइरहनुपर्छ र तिमीहरूलाई अघि बढ्न अनुरोध गरिरहनुपर्छ! तिमीहरूले मेरो इच्‍छालाई बुझ्दै बुझ्दैनौ। तिमीहरूका आफ्नै धारणाहरूको अवरोध र सांसारिक जाल-झेलका अवरोधहरू अत्यन्तै गम्भीर छन्, र तिमीहरूले मसँग गहन घनिष्ठता प्राप्त गर्न सक्दैनौ। खुलस्त रूपमा भन्दा, तिमीहरूलाई समस्या पर्दा तिमीहरू मकहाँ आउँछौ, तर तिमीहरूसँग कुनै समस्या नहुँदा, तिमीहरूको हृदय बेचैन हुन्छ। तिमीहरूको हृदय खुल्ला बजार जस्तो बन्छ, र शैतानी स्वभावहरूले भरिएको हुन्छ; त्यो सांसारिक कुराहरूले ओगटिएको हुन्छ र मसँग कसरी सङ्गति गर्ने सो तिमीहरूलाई थाहा हुँदैन। तिमीहरूको बारेमा म कसरी चिन्तित नहुन सक्थेँ र? तर चिन्तित भएर केही हुनेछैन। समयले अत्यन्तै दबाब दिइरहेको छ र काम अत्यन्तै कठिन छ। मेरा पाइलाहरू अघि दौडिरहन्छ; तिमीहरूले आफूसँग भएको सबै कुरालाई दह्रिलो गरी पक्रिनुपर्छ, हरेक क्षण मलाई हेर्नुपर्छ, र मसँग घनिष्ठ रूपले सङ्गति गर्नुपर्छ। त्यसपछि, कुनै पनि क्षणमा मेरो इच्‍छा तँलाई प्रकट गरिनेछ। जब तिमीहरूले मेरो हृदयलाई बुझ्छौ, तब तिमीहरूसँग अघि बढ्ने बाटो हुनेछ। तिमीहरू उप्रान्त हिचकिचाउनु हुँदैन। मसँग साँचो सङ्गति गर्, र छल गर्ने वा चलाक बन्‍ने चेष्टा नगर्; त्यो त तिमीहरूले आफैलाई धोका दिइरहेको हुनेछ र त्यो कुरा ख्रीष्‍टको आसन अघि कुनै पनि बेला प्रकट हुनेछ। शुद्ध सुनलाई आगोमा डढ्ने डर हुँदैन—सत्यता यही नै हो! कुनै सङ्कोच नमान्, र निरुत्साहित वा कमजोर नबन्। आफ्‍नो आत्मामा सीधै मसँग सङ्गति गर्, धैर्यताको साथ प्रतीक्षा गर्, र म मेरो आफ्‍नै समयमा निश्‍चय नै तँलाई प्रकट गरिदिनेछु। तँ पूर्ण रूपमा होसियार बन्‍नुपर्छ र तँमाथि मैले लगाएको प्रयासलाई खेर जान दिनु हुँदैन; एक क्षण पनि खेर नफाल्। जब तेरो हृदय अटुट रूपमा मसँगको सङ्गतिमा हुन्छ, जब तेरो हृदय अटुट रूपमा मेरो सामने जिउँछ, तब कसैले पनि, कुनै पनि घटनाले, कुनै पनि कुराले, पतिले, छोरा-छोरीले तँलाई तेरो हृदयमा मसँग सङ्गति गर्नबाट बाधा दिन सक्दैन। जब तेरो हृदय अटुट रूपमा पवित्र आत्‍माको बन्देजमा हुन्छ र जब तैँले हरेक क्षण मसँग सङ्गति गरिरहेको हुन्छस्, तब अवश्य नै तँलाई मेरो इच्‍छा प्रकट गरिनेछ। तेरो आसपासका कुराहरू वा तैँले सामना गर्ने व्यक्ति, घटना वा थोक जे-जस्तो भए पनि जब तँ यसरी मेरो नजिक अटुट रूपमा नजिकिरहेको हुन्छस्, तँ भ्रमित हुनेछैनस् तर तँसँग अघि बढ्ने मार्ग हुनेछ।

सामान्य रूपमा, यदि तैँले साना होस् वा ठूला जस्तोसुकै मामलालाई पनि त्यतिकै जान दिँदैनस् भने, यदि तेरो सोचाइ र विचार शुद्ध गरिएको छ बने, र यदि तँ तेरो हृदयमा शान्त छस् भने, जब-जब तैँले कुनै समस्याको सामना गर्छस्, तब तैँले आफूलाई जाँच्‍ने ऐनाजस्तै, मेरा वचनहरूले तँभित्र तुरुन्तै प्रेरणा दिनेछन्, त्यसपछि तँसँग अघि बढ्ने मार्ग हुनेछ। रोगको लागि औषधि उपयुक्त हुनु भनेको यही हो! अनि त्यो अवस्था अवश्य नै निको हुनेछ—परमेश्‍वरको सर्वशक्तिमान्‌ता यस्तो छ। धार्मिकताको निम्ति भोकाउने र तिर्खाउनेहरू र इमानदारीताको साथ खोजी गर्ने सबैलाई म अवश्य नै ज्योति र अन्तर्दृष्टि दिनेछु। म तिमीहरू सबैलाई आत्मिक संसारका रहस्यहरू र अघि बढ्ने बाटो देखाउनेछु, तिमीहरूलाई जति सक्दो चाँडो तिमीहरूका पुरानो भ्रष्ट स्वभावलाई त्याग्‍न लगाउनेछु, ताकि तिमीहरूले परिपक्‍वताको जीवन हासिल गर्न सक र मेरो प्रयोगको निम्ति योग्य बन्‍न सक्, ताकि सुसमाचारको कार्य कुनै अवरोधविना अघि बढ्न सकोस्। तबमात्र मेरो इच्‍छा पूरा हुनेछ, तब मात्र परमेश्‍वरको छ हजार वर्षे व्यवस्थापन योजना सबैभन्दा छोटो समयमा पूरा हुनेछ। परमेश्‍वरले राज्य प्राप्त गर्नुहुनेछ र उहाँ पृथ्वीमा ओर्लनुहुनेछ, त्यसपछि एक साथ हामी महिमामा प्रवेश गर्नेछौं!

अघिल्लो: अध्याय ७

अर्को: अध्याय ९

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्