गन्तव्यको सम्‍बन्धमा

जब-जब गन्तव्यको उल्लेख हुन्छ, तब-तब तिमीहरू यसलाई विशेष गम्भीरताका साथ लिन्छौ; यसबाहेक, यो तिमीहरू सबै जना विशेष रूपमा संवेदनशील हुने कुरा हो। कतिपय मानिस त राम्रो गन्तव्य पाउनका निम्ति भुइँमा टाउको ठोक्काएर परमेश्‍वरसामु दण्डवत् गर्न आतुर हुन्छन्। म तिमीहरूको उत्सुकता देख्छु, जसलाई शब्दमा व्यक्त गरिरहनु पर्दैन। यति हो, तिमीहरू आफ्नो देह प्रकोपमा परेको चाहँदैनौ र भविष्यमा अनन्त दण्डमा पर्न त झनै चाहँदैनौ। तिमीहरू आफूलाई अलि बढी स्वतन्त्र रूपमा, अलि बढी सहज रूपमा जिउन दिने आशा मात्र गर्छौ। अनि त्यसैले जब-जब गन्तव्यको उल्लेख हुन्छ, तब-तब तिमीहरू यदि आफूले पर्याप्त ध्यान दिइनँ भने, परमेश्‍वरलाई चिढ्याउन सक्छु र यसरी आफूले पाउनुपर्ने सजाय भोग्न सक्छु भनी अत्यन्तै डराएर विशेष रूपमा विचलित हुन्छौ। तिमीहरू आफ्नो गन्तव्यका खातिर सम्झौताहरू गर्न हिचकिचाएका छैनौ अनि कुनै समय कुटिल र उच्छृङ्खल भएका तिमीहरूमध्ये धेरै जनासमेत अचानक विशेष रूपमा सज्जन र सच्चा बनेका छौ; तिमीहरूको सच्चापनको यो रूप अत्यन्तै कहालीलाग्दो छ। तैपनि, तिमीहरू सबैसँग “इमानदार” हृदय छ र तिमीहरूले गुनासो, छल वा बफादारी जे भए पनि, कुनै कुरा नलुकाई आफ्नो हृदयका रहस्यहरू निरन्तर रूपमा मलाई खुलस्त बताएका छौ। समग्रमा भन्नुपर्दा, तिमीहरूले आफ्नो सत्त्वको सबैभन्दा गहिरो ठाउँमा रहेका सारभूत कुराहरू मसमक्ष एकदमै स्पष्ट रूपमा “स्वीकार” गरेका छौ। अवश्य नै, म त्यस्ता कुराहरूबाट कहिल्यै पन्छिएको छैनँ, किनभने मेरा लागि ती अत्यन्तै परिचित भइसकेका छन्। तिमीहरू परमेश्‍वरको अनुमोदन प्राप्त गर्न एउटा केश गुमाउनुभन्दा बरु आफ्नो अन्तिम गन्तव्यका खातिर आगोको भुङ्ग्रोमा हाम फाल्छौ। म तिमीहरूप्रति हठधर्मी भइरहेको छैनँ; कुरा के हो भने मैले गर्ने सबै कुरासँग आमनेसामने हुन तिमीहरूमा बफादारीको हृदयको अत्यन्तै कमी छ। मैले भर्खरै भनेका कुराहरू सायद तिमीहरू बुझ्दैनौ होला, त्यसैले म तिमीहरूलाई एउटा सरल व्याख्या प्रस्तुत गर्छु: तिमीहरूलाई आवश्यक पर्ने सत्यता र जीवन होइन, न आफूलाई कसरी आचरणमा ढाल्ने भन्‍ने सम्बन्धी सिद्धान्तहरू हुन्, न त मेरो श्रमसाध्य काम नै हो। बरु तिमीहरूलाई आवश्यक कुरा भनेको तिमीहरूको देहमै भएको सब थोक हो: सम्पत्ति, हैसियत, परिवार, विवाह, आदि। तिमीहरू मेरा वचनहरू र कामहरूलाई पूर्ण रूपले उपेक्षा गर्छौ, त्यसैले म तिमीहरूको आस्थालाई एउटै शब्दमा सारांशीकृत गर्न सक्छु: झाराटारुवा। तिमीहरू जुन कुराहरूमा पूर्ण रूपले बफादार हुन्छौ, ती कुराहरू प्राप्त गर्न जेसुकै गर्न सक्छौ, तर परमेश्‍वरमाथिको तिमीहरूको विश्‍वाससम्बन्धी कुराहरूका खातिर त्यसो गर्दैनौ भन्‍ने कुरा मैले पत्ता लगाएको छु। बरु तिमीहरू तुलनात्मक रूपले बफादार छौ, अनि तुलनात्मक रूपले लगनशील छौ। त्यसैकारण म भन्छु, पूर्ण रूपमा निष्कपट हृदय नहुनेहरू परमेश्‍वरप्रतिको आफ्नो विश्‍वासमा असफल हुन्छन्। ध्यानपूर्वक सोच—तिमीहरूको माझमा थुप्रै असफलहरू छन् कि?

तिमीहरूले के थाहा पाउनुपर्छ भने परमेश्‍वरप्रतिको विश्‍वासमा सफलता भनेको मानिसहरूका आफ्नै कार्यहरूको नतिजास्वरूप हासिल हुन्छ; जब मानिसहरू सफल हुँदैनन्, बरु त्यसको साटो असफल हुन्छन्, तब त्यो पनि तिनीहरूका आफ्नै कार्यहरूका कारणले गर्दा हुन्छ र यसमा अरू कुनै तत्त्वले भूमिका खेल्दैन। मलाई विश्‍वास छ, परमेश्‍वरमा विश्‍वास गर्नुभन्दा बढी गाह्रो र बढी कष्ट हुने कुरा हासिल गर्न तिमीहरू सम्भव भएजति सबै उपाय अपनाउनेछौ र तिमीहरू यसलाई अत्यन्तै गम्भीरतासाथ लिनेछौ, यतिसम्म कि तिमीहरू कुनै पनि त्रुटिहरू सहन इच्छुक हुनेछैनौ; तिमीहरू सबै जना आफ्नो जीवनमा यस्तै प्रकारका अथक प्रयासहरू लगाउँछौ। तिमीहरू त्यस्ता परिस्थितिहरूमा मेरो देहलाई समेत छल गर्न सक्छौ जसमा तिमीहरू आफ्नो परिवारको कुनै पनि सदस्यलाई छल गर्दैनौ। यो तिमीहरूको निरन्तरको व्यवहार र तिमीहरूले संसारसँग व्यवहार गर्ने सिद्धान्त हो। के तिमीहरू अझै पनि आफ्नो गन्तव्य राम्रो र आफूले चाहेजस्तै होस् भनी आफ्नो गन्तव्यका खातिर मलाई धोका दिन अझै झुटो रूप प्रस्तुत गरिरहेका छैनौ र? तिमीहरूको बफादारी पनि तिमीहरूको सच्चापनजस्तै अस्थायी मात्रै हो भन्‍ने मलाई थाहा छ। तिमीहरूको सङ्कल्प र तिमीहरूले चुकाउने मूल्य अहिले मात्रै छन् र भविष्यमा हुनेछैनन्, होइन र? तिमीहरू केवल एउटा अन्तिम प्रयास गरेर सुन्दर गन्तव्य सुरक्षित गर्न चाहन्छौ। तिमीहरूको एउटै मात्र उद्देश्य व्यापार गर्नु हो, सत्यताप्रति ऋणी हुनबाट जोगिनु होइन, मैले चुकाएको मूल्य चुक्ता गर्नु त झनै होइन। छोटकरीमा भन्दा, तिमीहरू आफूले चाहेको कुरा पाउनका लागि चलाख चालहरू अपनाउन मात्र इच्छुक छौ, तर त्यसका लागि खुला लडाइँ गर्न इच्छुक छैनौ। के यी तिमीहरूका सबैभन्दा भित्री सोचहरू होइनन् र? तिमीहरूले आफ्नो भेष बदल्नै हुँदैन अनि दिनमा खान र पिउन मन नलाग्ने अनि रातमा शान्तिले निदाउन नसक्ने हदसम्म आफ्नो गन्तव्यका बारेमा दिमाग खियाउनु त झनै हुँदैन। के अन्त्यमा तिमीहरूको परिणाम पहिले नै निर्धारित भइसकेको हुनेछैन र? तिमीहरू प्रत्येकले खुला र इमानदार हृदयका साथ आफ्नो कर्तव्य पूरा गर्नुपर्छ र तिमीहरू आवश्यक पर्ने जस्तोसुकै मूल्य चुकाउन पनि इच्छुक हुनुपर्छ। तिमीहरूले भनेजस्तै, जब त्यो दिन आउँछ, तब परमेश्‍वरले उहाँका लागि कष्ट भोगेका वा मूल्य चुकाएका कसैलाई पनि दुर्व्यवहार गर्नुहुनेछैन। यस्तो प्रकारको दृढ विश्‍वास कायम राख्नु जायज हुन्छ र तिमीहरूले यसलाई कहिल्यै बिर्सनु हुँदैन। यसरी मात्र मलाई तिमीहरूका बारेमा मनमा चैन हुन सक्छु। नत्र, तिमीहरू सधैँभरि यस्ता मानिस हुनेछौ जसका बारेमा मलाई चैन हुन सक्दैन र तिमीहरू सधैँभरि मेरो अरुचिका पात्र हुनेछौ। यदि तिमीहरू सबैले आफ्नो विवेक पछ्याउन र मेरा लागि आफ्नो सर्वस्व दिन सक्यौ, मेरो कामका लागि कुनै कसर बाँकी राखेनौ र मेरो सुसमाचारको कामप्रति जीवनभरको ऊर्जा अर्पित गर्‍यौ भने, के मेरो हृदय तिमीहरूको कारण अक्सर खुसीले उफ्रनेछैन र? यसरी, मलाई तिमीहरूका बारेमा मनमा पूर्ण रूपले चैन हुन सक्नेछ, होइन र? तिमीहरूले मैले अपेक्षा गर्ने कुराको दयनीय रूपमा सानो अंश मात्र गर्न सक्नु लाजमर्दो कुरा हो। यस्तो अवस्था भएकाले, तिमीहरू आफूले आशा गरेका कुराहरू मबाट माग्ने दुस्साहस कसरी गर्न सक्छौ?

तिमीहरूको गन्तव्य र तिमीहरूको भवितव्य तिमीहरूका लागि एकदमै महत्त्वपूर्ण छन्—तिमीहरूमा तिनको ठूलो प्रभाव रहेको छ। तिमीहरू के विश्‍वास गर्छौ भने यदि तिमीहरूले अत्यन्तै होसियारीका साथ कामकुराहरू गरेनौ भने, यसको अर्थ तिमीहरूको कुनै गन्तव्य रहनेछैन, तिमीहरूले आफ्नै भवितव्यलाई नष्ट गरेका हुनेछौ। तर के तिमीहरूलाई आफ्नो गन्तव्यका खातिर मात्रै मेहनत लगाउने मानिसहरू व्यर्थमा परिश्रम गरिरहेका हुन्छन् भन्ने कहिल्यै लागेको छ? त्यस्ता प्रयासहरू साँचो होइनन्—ती बनावटी र छल हुन्। यदि त्यसो हो भने, आफ्नो गन्तव्यका खातिर मात्रै मेहनत लगाउनेहरू आफ्नो अन्तिम पराजयको सँघारमा छन्, किनभने परमेश्‍वरप्रतिको व्यक्तिको विश्‍वासमा असफलता छलको कारणले हुन्छ। मैले पहिले नै के भनिसकेको छु भने मलाई चापलुसी गरेको वा खुसामद गरेको वा उत्साहका साथ व्यवहार गरेको मन पर्दैन। मलाई इमानदार मानिसहरूले मेरो सत्यता र मेरा अपेक्षाहरू सामना गरेको मन पर्छ। अझ बढी, मलाई मानिसहरूले मेरो हृदयलाई अत्यन्तै ख्याल गर्न सकेको र तिनीहरूले मेरा खातिर सबै कुरासमेत समर्पित गर्न सकेको मन पर्छ। यसरी मात्र मेरो हृदयले सान्त्वना पाउन सक्छ। अहिले, तिमीहरूका बारेमा मलाई मन नपर्ने कतिवटा कुरा छन्? तिमीहरूका बारेमा मलाई मन पर्ने कतिवटा कुरा छन्? के तिमीहरूमध्ये कसैले पनि आफ्नो गन्तव्यका खातिर आफूलाई समर्पित गर्दा प्रदर्शन गरेका फरक-फरक प्रकारका सबै कुरूपता महसुस गरेका छैनौ र?

म आफ्नो हृदयमा सकारात्मक र प्रगतिको आकाङ्क्षा राख्‍ने कुनै पनि हृदयलाई चोट पुर्‍याउन चाहन्नँ र झन् अर्पित भई आफ्नो कर्तव्य निर्वाह गर्ने कसैको जोसलाई हटाउन चाहनु त परै जाओस्। तैपनि, मैले तिमीहरू प्रत्येकलाई तिमीहरूका अपर्याप्तताहरू र तिमीहरूको हृदयको सबैभन्दा गहिरो ठाउँमा रहेका फोहोरी आत्माहरूका बारेमा सम्झाउनैपर्छ। म तिमीहरूले मेरा वचनहरू सामना गर्दा आफ्नो साँचो हृदय चढाउन सक्नेछौ भन्‍ने आशामा मात्र यसो गर्छु, किनकि मलाई सबैभन्दा बढी घृणा लाग्ने कुरा भनेको मानिसहरूले मप्रति गर्ने छल हो। म के मात्र आशा गर्छु भने मेरो कामको अन्तिम चरणमा तिमीहरूले आफ्नो सबैभन्दा उत्कृष्ट प्रस्तुति दिन सक्नेछौ, साथै उप्रान्त अर्धमनले नभई पूर्ण हृदयले आफूलाई अर्पित गर्नेछौ। अवश्य नै, म तिमीहरू सबैले राम्रो गन्तव्य पाउन सक्ने पनि आशा गर्छु। तथापि, मेरो माग अझै पनि छ, त्यो के हो भने तिमीहरूले मलाई आफ्नो एकमात्र र अन्तिम बफादारी अर्पण गर्दा सबैभन्दा उत्तम निर्णय गर्नुपर्छ। यदि कसैसँग त्यो एकमात्र बफादारी छैन भने, ऊ निश्‍चय नै शैतानको बहुमूल्य सम्पत्ति हो र म उप्रान्त उसलाई प्रयोगका लागि राख्नेछैनँ तर उसका आमाबुबाद्वारा हेरचाह गरिन घर पठाउनेछु। मेरो कामले तिमीहरूलाई ठूलो मद्दत पुर्‍याउँछ; मैले तिमीहरूबाट पाउन आशा गर्ने भनेको इमानदार र प्रगतिको आकाङ्क्षा राख्‍ने हृदय हो तर अहिलेसम्म मेरा हातहरू खाली नै छन्। यसबारे सोच त: यदि कुनै दिन म अझै पनि यस्तो अवर्णनीय वेदनामा नै रहेँ भने, त्यतिबेला तिमीहरूप्रतिको मेरो मनोवृत्ति कस्तो हुनेछ? के म त्यतिबेला पनि तिमीहरूप्रति अहिलेजस्तै मिलनसार हुनेछु? के मेरो हृदय त्यतिबेला पनि अहिले जस्तै शान्त हुनेछ? के तिमीहरू श्रमसाध्य रूपमा खेत जोतेर पनि एक दाना उब्जनी नगरेको व्यक्तिको भावना बुझ्छौ? के तिमीहरू कुनै व्यक्तिलाई ठूलो धक्का लाग्दा उसको हृदयमा कति ठूलो चोट पुग्छ भन्‍ने कुरा बुझ्छौ? के तिमीहरू कुनै समय आशाले भरिएको तर नराम्रो अवस्थामा छुट्टिनुपरेको व्यक्तिको तितोपन चाख्न सक्छौ? के तिमीहरूले उत्तेजित बनाइएको व्यक्तिको रिस देखेका छौ? के तिमीहरूलाई शत्रुवत् र छली व्यवहार गरिएको व्यक्ति बदला लिन कति उत्सुक हुन्छ भन्ने थाहा छ? यदि तिमीहरू यी मानिसहरूको मानसिकता बुझ्छौ भने, मेरो विचारमा परमेश्‍वरले सजाय दिने बेलामा तिमीहरूप्रति कस्तो मनोवृत्ति राख्‍नुहुनेछ भनेर कल्पना गर्न तिमीहरूलाई गाह्रो नहुनुपर्ने हो! अन्त्यमा, म आशा के गर्छु भने तिमीहरू सबैले आफ्नै गन्तव्यका खातिर गम्भीर प्रयास गर्नेछौ, यद्यपि तिमीहरूले आफ्ना प्रयासहरूमा छलपूर्ण उपायहरू प्रयोग नगर्नु नै राम्रो हुन्छ, नत्रभने म हृदयमा तिमीहरूदेखि निराश भइरहनेछु। अनि यस्तो निराशाले के निम्त्याउँछ? के तिमीहरू आफैलाई मूर्ख बनाइरहेका छैनौ र? आफ्नो गन्तव्यका बारेमा सोच्ने तर त्यसलाई पूर्ण रूपमा बर्बाद गर्नेहरू नै मुक्ति पाउन सबैभन्दा कम सक्षम मानिस हुन्। तिनीहरू उत्तेजित र क्रुद्ध नै भए पनि, त्यस्तो व्यक्तिलाई कसले कृपा गर्नेछ र? समग्रमा, म अझै पनि तिमीहरूको गन्तव्य उपयुक्त र सुन्दर दुवै होस् भन्‍ने चाहन्छु र अझ बढी, म तिमीहरूमध्ये कोही पनि प्रकोपमा पर्नेछैनौ भन्‍ने आशा गर्छु।

अघिल्लो: तँ ठ्याक्कै कोप्रति बफादार छस्?

अर्को: तीन अर्तीहरू

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्