परमेश्‍वरका अभिप्रायहरूअनुसार कसरी सेवा गर्ने

जब कुनै व्यक्तिले परमेश्‍वरमा विश्‍वास गर्छ, तब उसले सटीक रूपले उहाँको सेवा कसरी गर्नुपर्छ त? परमेश्‍वरको सेवा गर्नेहरूले के-कस्ता सर्तहरू पूरा गर्नुपर्छ र कुन-कुन सत्यताहरू बुझ्नुपर्छ? अनि तिमीहरूको सेवामा के-कस्ता विचलनहरू रहेका छन्? तिमीहरूले यी सबै कुराहरूको उत्तर जान्नुपर्छ। यी विषयहरूले तिमीहरू परमेश्‍वरमा कसरी विश्‍वास गर्छौ, अनि पवित्र आत्माले डोऱ्याउनुहुने मार्गमा कसरी हिँड्छौ र यावत् थोकमा परमेश्‍वरलाई तिमीहरूलाई योजनाबद्ध गर्न दिन्छौ भन्‍ने कुरालाई छुन्छन्, अनि तिनले तिमीहरूलाई तिमीहरूमा हुने परमेश्‍वरको कामको हरेक कदम बुझाउँछन्। जब तिमीहरू त्यस बिन्दुमा पुग्छौ, तब तिमीहरूले परमेश्‍वरमा विश्‍वास गर्नु भनेको के हो, परमेश्‍वरमा कसरी सही प्रकारले विश्‍वास गर्ने, र परमेश्‍वरको अभिप्रायसित एकतामा काम गर्नका निम्ति तिमीहरूले के गर्नुपर्छ त्यो बुझ्नेछौ। यसले तिमीहरूलाई परमेश्‍वरको कामप्रति पूरा र सम्पूर्ण रूपमा आज्ञाकारी बनाउनेछ; तिमीहरूमा कुनै गुनासो हुनेछैन, तिमीहरूले आलोचना गर्नेछैनौ, वा विश्लेषण गर्नेछैनौ, परमेश्‍वरको कामको खोजको कुरा त परै छाडौं। यसरी, तिमीहरूले आफूलाई डोर्याएर भेडालाई जस्तै मार्ने अनुमति परमेश्‍वरलाई दिँदै मृत्युसम्‍मै परमेश्‍वरमा समर्पित हुनेछौ, यसरी तिमीहरू सबै १९९० को दसकका पत्रुसहरू बन्न सक्नेछौ अनि अलिकति पनि गुनासो नगरी, क्रूसमा चढ्नुपऱ्यो भने पनि परमेश्‍वरलाई प्रेम गर्न सक्नेछौ। तब मात्र तिमीहरू १९९० को दसकका पत्रुसहरू जस्तो भएर जिउन सक्नेछौ।

सङ्कल्प भएको सबैले परमेश्‍वरको सेवा गर्न सक्छन्—तर परमेश्‍वरका अभिप्रायहरूलाई ख्याल गर्ने र बुझ्ने व्यक्तिहरू मात्र परमेश्‍वरको सेवा गर्ने योग्यका र हकदार हुनेछन्। मैले तिमीहरूको बीचमा यो थाहा पाएको छु: धेरै मानिसहरू तिनीहरूले जोसिलो भएर परमेश्‍वरको निम्ति सुसमाचार प्रचार गर्छन्, परमेश्‍वरको निम्ति बाटोमा जान्छन्, आफैलाई समर्पित गर्छन् र परमेश्‍वरका निम्ति केही कुरा त्याग्छन्, र त्यस्तै अरू कुराहरू गर्छन् भने, त्यो परमेश्‍वरको सेवा गर्नु हो भनी विश्‍वास गर्छन्। अझ धेरै धार्मिक मानिसहरू त हातमा बाइबल लिएर यताउति दगुर्नु, स्वर्गको राज्यको सुसमाचार फैलाउनु, र मानिसहरूलाई पश्चात्ताप र पाप-स्वीकार गर्न लगाएर मुक्त गर्नु परमेश्‍वरको सेवा गर्नु हो भनी विश्‍वास गर्छन्। यस्ता धेरै धार्मिक अगुवाहरू पनि छन्, जसले परमेश्‍वरको सेवा गर्नु भनेको उच्च अध्ययन गरेर अनि सेमिनरीमा तालिम लिएर च्यापलमा प्रचार गर्नु र बाइबलका शास्त्रहरू पढेर मानिसहरूलाई शिक्षा दिनु हो भनी विचार गर्छन्। यसबाहेक, गरिब क्षेत्रहरूमा यस्ता मानिसहरू हुन्छन् जसले परमेश्‍वरको सेवा गर्नु भनेको बिरामीलाई निको पार्नु र तिनीहरूका दाजुभाइ-दिदीबहिनीहरूको बीचमा भएका भूतात्माहरू निकाल्नु वा उनीहरूका निम्ति प्रार्थना गर्नु, वा उनीहरूको सेवा गर्नु हो भनी विश्‍वास गर्छन्। तिमीहरूको बीचमा धेरै जना यस्ता मानिसहरू छन्, जसले परमेश्‍वरको सेवा गर्नु भनेको परमेश्‍वरको वचनहरू खानु र पिउनु, हरेक दिन परमेश्‍वरसँग प्रार्थना गर्नु साथै सबैतिरका मण्डलीहरूमा भेटघाट गर्न जानु र कामहरू गर्नु हो भनी विश्‍वास गर्छन्। अरू दाजुभाइ-दिदीबहिनीहरूले परमेश्‍वरको सेवा गर्नु भनेको कहिल्यै विवाह नगर्नु वा परिवार खडा नगर्नु र आफ्नो सम्पूर्ण अस्तित्व परमेश्‍वरमा समर्पण गर्नु हो भनी विश्‍वास गर्छन्। तापनि परमेश्‍वरको सेवा गर्नु भनेको के हो सो थोरै मानिसहरूले मात्रै साँचो रूपमा जानेका हुन्छन्। परमेश्‍वरको सेवा गर्ने मानिसहरू आकाशका ताराहरू जत्तिकै धेरै भए पनि प्रत्यक्ष रूपमा र परमेश्‍वरका अभिप्रायहरूअनुसार सेवा गर्नेहरूको सङ्ख्या नगण्य—अत्यन्तै रूपमा कम छ। म किन यो कुरा भन्दछु? यसकारण भन्दछु, कि तिमीहरू “परमेश्‍वरको सेवा” भन्‍ने वाक्यांशको सारलाई बुझ्दैनौ, अनि परमेश्‍वरका अभिप्रायहरूअनुसार कसरी सेवा गर्ने भन्‍ने कुरा त झनै कम बुझ्छौ। परमेश्‍वरलाई कस्तो किसिमको सेवा गर्दा ठ्याक्कै उहाँका अभिप्रायहरूबमोजिम हुन्छ भन्‍ने कुरा मानिसहरूले झट्टै बुझ्नु आवश्यक छ।

यदि तिमीहरू परमेश्‍वरका अभिप्रायहरूअनुसार सेवा गर्न चाहन्छौ भने, पहिले तिमीहरूले यो बुझ्नुपर्छ कि, परमेश्‍वरका निम्ति कस्ता मानिसहरू मनपर्दा हुन्छन्, परमेश्‍वरले कस्ता मानिसहरूलाई घृणा गर्नुहुन्छ, परमेश्‍वरले कस्ता मानिसहरूलाई सिद्ध बनाउनुहुन्छ र कस्ता मानिसहरू परमेश्‍वरको सेवा गर्न योग्यका हुन्छन्। कम्तीमा पनि तिमीहरूमा यो ज्ञान हुनुपर्छ। यसबाहेक, तिमीहरूले परमेश्‍वरको कामको लक्ष्य अनि परमेश्‍वरले वर्तमानमा गर्नुहुने काम थाहा पाउनुपर्छ। यो कुरा बुझेपछि, अनि परमेश्‍वरको वचनको मार्गदर्शनद्वारा तिमीहरूले पहिले प्रवेश पाउनुपर्छ र परमेश्‍वरको आज्ञा प्राप्त गर्नुपर्छ। तिमीहरूले परमेश्‍वरका वचनहरू व्यावहारिक रूपमा अनुभव गरेपछि, र साँच्चै परमेश्‍वरको काम थाहा पाएपछि, तिमीहरू परमेश्‍वरको सेवा गर्न योग्य बन्नेछौ। अनि जब तिमीहरू उहाँको सेवा गर्छौ, त्यस बेला परमेश्‍वरले तिमीहरूका आत्मिक आँखाहरू खोलिदिनुहुनेछ र तिमीहरूलाई उहाँको कामलाई अझ राम्ररी बुझ्ने र त्यसलाई स्पष्ट रूपमा देख्ने बनाउनुहुनेछ। जब तिमीहरू यस वास्तविकतामा प्रवेश गर्छौ, तब तिमीहरूका अनुभवहरू अझ गहन र व्यावहारिक बन्नेछन्, अनि त्यस्ता अनुभवहरू प्राप्त गर्ने तिमीहरू सबै मण्डलीहरूको माझमा हिँड्न सक्नेछौ अनि आफ्ना दाजुभाइ, दिदी-बहिनीहरूका निम्ति प्रबन्ध गरिदिन सक्नेछौ, यसरी तिमीहरू प्रत्येकले एक-अर्काको सबल पक्षले आफ्नै कमीहरूलाई कम गर्न सक्नेछौ, अनि आफ्‍नो आत्मामा अझ राम्ररी ज्ञान प्राप्त गर्नेछौ। यस्ता वास्तविकता प्राप्त गरिसकेपछि मात्र तिमीहरूले परमेश्‍वरका अभिप्रायहरूअनुसार सेवा गर्ने बन्नेछौ र तिमीहरूको सेवाको अवधिमा परमेश्‍वरद्वारा सिद्ध बनाइनेछौ।

परमेश्‍वरको सेवा गर्नेहरू परमेश्‍वरका घनिष्ठहरू हुनुपर्छ, तिनीहरू परमेश्‍वरलाई मनपर्दो हुनुपर्छ र परमेश्‍वरप्रति अत्याधिक बफादार हुन सक्ने हुनुपर्छ। चाहे तिमीहरू एकान्तमा व्यवहार गर वा सार्वजनिक स्थानमा, तिमीहरूले परमेश्‍वरको सामु परमेश्‍वरको आनन्द प्राप्त गर्न सक्छौ, तिमीहरू परमेश्‍वरको सामु दह्रिलो भई खडा हुन सक्छौ, अनि अरू मानिसहरूले तिमीसँग जस्तोसुकै व्यवहार गरे पनि तिमीले हिँड्नुपर्ने बाटो हिँड्नेछौ, अनि परमेश्‍वरको बोझलाई ख्याल गर्छौ। यस्ता मानिसहरू मात्र परमेश्‍वरका घनिष्ठहरू हुन्। परमेश्‍वरसित घनिष्ठ रहेका व्यक्तिहरूले प्रत्यक्ष रूपमा उहाँको सेवा गर्न सक्छन्, किनकि तिनीहरूलाई परमेश्‍वरको महान् आज्ञा र परमेश्‍वरको बोझ दिइएको हुन्छ, तिनीहरू परमेश्‍वरको हृदयलाई आफ्नो हृदय बनाउन सक्षम हुन्छन्, र परमेश्‍वरको बोझलाई आफ्नै बोझ जस्तो गरी लिन्छन्, र तिनीहरू आफ्ना भावी सम्भावनाहरूको लाभ र नोक्सानलाई विचार गर्दैनन्—तिनीहरूसँग केही हुनेछैन भन्ने सम्भावना हुँदासमेत, र तिनीहरूले केही कुरा प्राप्त गर्न नसक्‍ने हुँदा पनि, परमेश्‍वरलाई प्रेम गर्ने हृदयले सधैँ परमेश्‍वरमा विश्‍वास गर्छन्। यसैले यस्तो व्यक्ति परमेश्‍वरसँग घनिष्ठ हुन्छ। परमेश्‍वरसँग घनिष्ठ रहेका मानिसहरू परमेश्‍वरका विश्‍वासपात्रहरू पनि हुन्; परमेश्‍वरसँग घनिष्ठ रहेका व्यक्तिहरू मात्र उहाँको बेचैनी र उहाँका विचारहरूमा सहभागी हुन सक्छन्, अनि तिनीहरूका देह कष्टमय र कमजोर भए पनि, तिनीहरूले कष्ट सहन सक्छन्, अनि परमेश्‍वरलाई प्रसन्न तुल्याउनका निम्ति आफूलाई मन परेको थोक त्याग्छन्। त्यस्ता मानिसहरूलाई परमेश्‍वरले अझ बढी बोझहरू दिनुहुन्छ, अनि परमेश्‍वरले गर्न चाहनुभएको कुरा त्यस्ता मानिसहरूको गवाहीमा उत्पन्न हुँदछ। यसैले, यस्ता मानिसहरू परमेश्‍वरका निम्ति मनपर्दो हुन्छन्, तिनीहरू परमेश्‍वरका अभिप्रायाहरूअनुसारका परमेश्‍वरका सेवकहरू हुन्, त्यस्ता मानिसहरूले मात्र परमेश्‍वरसँग मिलेर शासन गर्न सक्छन्। जब तँ साँच्चै परमेश्‍वरप्रति घनिष्ठ व्यक्ति बनेको हुन्छस्, तैँले परमेश्‍वरसित शासन गर्ने बेला ठीक त्यही हो।

येशूले परमेश्‍वरको आज्ञा—सम्पूर्ण मानवजातिको छुटकाराको काम—पूरा गर्न सक्नुभयो किनभने उहाँले आफ्ना लागि कुनै योजना वा प्रबन्ध नगरी, परमेश्‍वरका अभिप्रायहरूको ख्याल गर्न सक्नुभयो। उहाँ तिमीहरूले सबैभन्दा राम्ररी बुझेको परमेश्‍वरको—परमेश्‍वर स्वयम्को घनिष्ठ हुनुहुन्थ्यो। (वास्तवमा, उहाँ परमेश्‍वरद्वारा गवाही दिइनुभएका परमेश्‍वर स्वयम् हुनुहुन्थ्यो। म यस समस्यालाई चित्रण गर्न येशूको तथ्य प्रयोग गर्नका लागि यहाँ यो कुरा उल्लेख गर्दै छु।) उहाँले परमेश्‍वरको व्यवस्थापनको योजनालाई एकदमै केन्द्रमा राख्न सक्नुभयो, र सधैँ स्वर्गमा हुनुहुने पितालाई प्रार्थना गर्नुभयो र स्वर्गमा हुनुहुने पिताको इच्छा खोज्नुभयो। उहाँले प्रार्थना गर्नुभयो र भन्नुभयो: “हे परमेश्‍वर पिता! तपाईँको इच्छा जे हो त्यो पूरा गर्नुहोस्, र मेरा चाहनाहरूअनुसार नभई तपाईँको योजनाअनुसार कार्य गर्नुहोस्। मानिस कमजोर भए तापनि, तपाईँले उसको किन वास्ता गर्नुपर्छ र? तपाईँको हातमा भएको कमिलाजस्तो मानिस तपाईँको चिन्ताको योग्य कसरी हुन सक्छ र? म आफ्नो हृदयमा तपाईँको इच्छा पूरा गर्न मात्र चाहन्छु, र म तपाईँले आफ्नै चाहनाहरूअनुसार ममा जे गर्न चाहनुहुन्छ त्यो पूरा गर्नुहोस् भन्ने इच्छा गर्छु।” यरूशलेम जाने बाटोमा, येशू वेदनामा हुनुहुन्थ्यो, मानौँ उहाँको हृदयमा छुरी घुमाइँदै थियो, तैपनि उहाँमा पछि हट्ने अलिकति पनि अभिप्राय थिएन; उहाँलाई क्रूसमा टाँगिने ठाउँतर्फ अघि बढ्न बाध्य पार्ने एउटा शक्तिशाली बल सधैँ थियो। उहाँ अन्ततः क्रूसमा टाँगिनुभयो र पापी देहको स्वरूप बन्नुभयो, र मानवजातिको छुटकाराको काम पूरा गर्नुभयो। उहाँ मृत्यु र पातालका सबै बन्धनभन्दा माथि उठ्नुभयो। उहाँको अघि, मृत्यु, नरक, र पातालले आफ्नो शक्ति गुमाए, र उहाँद्वारा पराजित भए। उहाँ तेत्तिस वर्षसम्म जिउनुभयो, र त्यस अवधिभरि उहाँले सधैँ त्यस समयको परमेश्‍वरको कामअनुसार परमेश्‍वरका अभिप्रायहरू पूरा गर्न आफ्नो सक्दो प्रयास गर्नुभयो, आफ्नो व्यक्तिगत लाभ वा हानिको कहिल्यै ख्याल गर्नुभएन, र सधैँ परमेश्‍वर पिताका अभिप्रायहरूका खातिर योजनाहरू बनाउनुभयो। त्यसैले, परमेश्‍वरले बप्तिस्मा लिएपछि, उहाँले भन्नुभयो: “यो मेरो प्रिय पुत्र हो, जसप्रति म अति प्रसन्न छु।” परमेश्‍वरका अभिप्रायहरूअनुसार भएको परमेश्‍वरप्रतिको उहाँको सेवाका कारण, परमेश्‍वरले सम्पूर्ण मानवजातिलाई छुटकारा दिने भारी बोझ उहाँको काँधमा राख्नुभयो र उहाँलाई त्यो पूरा गर्न लगाउनुभयो, र उहाँ यो महत्त्वपूर्ण काम पूरा गर्न योग्य र हकदार हुनुहुन्थ्यो। उहाँले आफ्नो जीवनभरि परमेश्‍वरका लागि असीमित कष्ट सहनुभयो, र उहाँलाई शैतानद्वारा अनगिन्ती पटक प्रलोभनमा पार्‍यो, तर उहाँ कहिल्यै निराश हुनुभएन। परमेश्‍वरले उहाँलाई यस्तो महत्त्वपूर्ण काम दिनुभयो किनभने उहाँ उहाँलाई भरोसा गर्नुहुन्थ्यो, र उहाँलाई प्रेम गर्नुहुन्थ्यो, त्यसैले परमेश्‍वरले व्यक्तिगत रूपमा भन्नुभयो: “यो मेरो प्रिय पुत्र हो, जसप्रति म अति प्रसन्न छु।” त्यस समयमा, येशू मात्र यो आज्ञा पूरा गर्न सक्नुहुन्थ्यो, र यो अनुग्रहको युगमा सम्पूर्ण मानवजातिलाई छुटकारा दिने परमेश्‍वरको कामको पूर्णताका वास्तविक परिस्थितिहरूको एउटा पक्ष थियो।

यदि तिमीहरू येशूजस्तै परमेश्‍वरको बोझको ख्याल गर्न, र आफ्नो देहविरुद्ध विद्रोह गर्न सक्षम छौ भने, परमेश्‍वरले आफ्नो भारी जिम्मेवारी तिमीहरूलाई सुम्पनुहुनेछ, ताकि तिमीहरूले परमेश्‍वरको सेवा गर्न आवश्यक सर्तहरू पूरा गर्नेछौ। यस्ता परिस्थितिहरूमा मात्र तिमीहरूले आफू परमेश्‍वरको इच्छा पछ्याउने व्यक्ति, परमेश्‍वरको आज्ञा पूरा गर्ने व्यक्ति, र साँचो रूपमा परमेश्‍वरको सेवा गर्ने व्यक्ति रहेको भनेर भन्ने आँट गर्नेछौ। येशूको उदाहरणसँग तुलना गर्दा, के तँ आफूलाई परमेश्‍वरको घनिष्ठ भन्ने आँट गर्छस्? के तँ आफूलाई परमेश्‍वरको इच्छा पछ्याउने व्यक्ति भन्ने आँट गर्छस्? के तँ आफूलाई साँचो रूपमा परमेश्‍वरको सेवा गर्ने व्यक्ति भन्ने आँट गर्छस्? आज, तँलाई परमेश्‍वरको सेवा कसरी गर्ने भन्‍ने थाहा छैन, के तँ आफूलाई परमेश्‍वरको घनिष्ठ भन्ने आँट गर्छस्? यदि तैँले आफूलाई परमेश्‍वरको सेवा गर्ने व्यक्ति भन्छस् भने, के तँ उहाँको निन्दा गर्दैनस् र? यसबारे सोच: तँ परमेश्‍वरको सेवा गरिरहेको छस् कि आफ्नै? तँ शैतानको सेवा गर्छस्, तैपनि हठी भई आफूले परमेश्‍वरको सेवा गरिरहेको भनेर भन्छस्—यसमा, के तँ परमेश्‍वरको निन्दा गर्दैनस् र? धेरै मानिस—मेरो पिठ्यूँपछाडि—हैसियतका फाइदाहरूमा रमाउँछन्; तिनीहरू खानामा लिप्त हुन्छन्, तिनीहरू सुत्न मन पराउँछन्, र तिनीहरू देहको हरेक ख्याल राख्छन्, अनि देहका लागि कुनै निस्कने बाटो छैन कि भनेर सधैँ डराउँछन्। तिनीहरू मण्डलीमा आफ्नो भूमिका राम्ररी पूरा गर्दैनन्, तर मण्डलीको भरमा बाँच्छन्, अन्यथा तिनीहरू मेरा वचनहरू प्रयोग गरेर आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई उपदेश दिन्छन्, अनि माथिबाट अरूलाई नियन्त्रित गर्छन्। यी मानिसहरू आफूलाई परमेश्‍वरको इच्छा पछ्याउने मानिस भनिरहन्छन् र सधैँ आफूलाई परमेश्‍वरका घनिष्ठ भन्छन्—के यो बेतुके होइन र? यदि तेरो मनसाय सही छ, तर तँ परमेश्‍वरका अभिप्रायहरूअनुसार सेवा गर्न असक्षम छस् भने, तँ मूर्ख भइरहेको छस्; तर यदि तेरो मनसाय सही छैन, र तँ अझै पनि आफूलाई परमेश्‍वरको सेवा गर्ने व्यक्ति भन्छस् भने, तँ परमेश्‍वरको विरोध गर्ने व्यक्ति होस्, र तँ परमेश्‍वरद्वारा दण्डित हुनुपर्छ! मलाई त्यस्ता मानिसहरूप्रति कुनै सहानुभूति छैन! तिनीहरू परमेश्‍वरको घरमा अरूको भरमा बाँच्छन्, सधैँ देहसुखमा लिप्त हुन्छन्, र परमेश्‍वरका हितहरूलाई कुनै वास्ता गर्दैनन्। तिनीहरू सधैँ व्यक्तिगत फाइदा खोज्छन्, र परमेश्‍वरका अभिप्रायहरूमा ध्यान दिँदैनन्। तिनीहरू आफूले गर्ने कुनै पनि कुरामा परमेश्‍वरका आत्माको छानबिन स्वीकार गर्न सक्दैनन्। तिनीहरू कुटिल र छली भएर सधैँ आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई ठगिरहेका हुन्छन्, र तिनीहरू दुईमुखे हुन्छन्। तिनीहरू दाखबारीको फ्याउरोजस्तै हुन्छन्, सधैँ दाख चोर्छन् र दाखबारी नष्ट गर्छन्। के त्यस्ता मानिसहरू परमेश्‍वरका घनिष्ठ हुन सक्छन्? के तँ परमेश्‍वरका आशिष्‌हरू प्राप्त गर्न योग्य छस्? तँ आफ्नो जीवन र मण्डलीका लागि कुनै बोझ लिँदैनस्, के तँ परमेश्‍वरको आज्ञा प्राप्त गर्न योग्य छस्? तँजस्तो व्यक्तिलाई कसले भरोसा गर्ने आँट गर्छ र? जब तँ यसरी सेवा गर्छस्, तब के परमेश्‍वर तँलाई अझ ठूलो काम सुम्पन सक्नुहुन्छ र? के यसले काममा ढिलाइ गराउँदैन र?

म तिमीहरू परमेश्‍वरका अभिप्रायहरूअनुसार सेवा गर्नका लागि कुन-कुन सर्तहरू पूरा गर्नैपर्छ भनी जान्न सक भनेर यो कुरा भन्छु। यदि तिमीहरू आफ्नो हृदय परमेश्‍वरलाई दिँदैनौ भने, यदि तिमीहरू येशू जस्तै परमेश्‍वरका अभिप्रायहरूको ख्याल गर्दैनौ भने, तिमीहरूलाई परमेश्‍वरको भरोसा प्राप्त गर्न गाह्रो हुनेछ, र तिमीहरू अन्ततः परमेश्‍वरद्वारा न्याय गरिनेछौ। तँ सायद आज परमेश्‍वरप्रतिको आफ्नो सेवामा सधैँ परमेश्‍वरलाई छल गर्ने मनसाय पाल्छस् र सधैँ उहाँसँग झाराटारुवा तरिकाले व्यवहार गर्छस्। छोटकरीमा भन्दा, जेसुकै भए पनि, यदि तँ परमेश्‍वरलाई छल गर्छस भने, तँमाथि निर्मम न्याय आइपर्नेछ। अहिले, तिमीहरू परमेश्‍वरको सेवा गर्ने सही मार्गमा भर्खरै प्रवेश गरेको बेला, पहिले आफ्नो हृदय परमेश्‍वरलाई देऊ; तिमीहरूमा विभाजित हृदय हुनु हुँदैन। तँ परमेश्‍वरको अघि भए पनि, वा अरू मानिसहरूको अघि भए पनि, तेरो हृदय सधैँ परमेश्‍वरतर्फ फर्केको हुनुपर्छ, र तँमा येशूले जस्तै परमेश्‍वरलाई प्रेम गर्ने सङ्कल्प हुनुपर्छ। यसरी, परमेश्‍वरले तँलाई सिद्ध पार्नुहुनेछ, ताकि तँ परमेश्‍वरको सेवा गर्ने र उहाँका अभिप्रायहरूसँग मिल्ने व्यक्ति बन्न सकेस्। यदि तँ साँच्चै परमेश्‍वरद्वारा सिद्ध पारिन चाहन्छस्, र तेरो सेवा उहाँका अभिप्रायहरूअनुसार होस् भन्‍ने चाहन्छस् भने, तैँले परमेश्‍वरमाथिको आस्थाबारे तेरा अघिल्ला दृष्टिकोणहरू परिवर्तन गर्नुपर्छ, र परमेश्‍वरको सेवा गर्ने तेरा पुराना अभ्यासहरू परिवर्तन गर्नुपर्छ, ताकि तेरो अझ धेरै भाग परमेश्‍वरद्वारा सिद्ध पारियोस्। यसरी, परमेश्‍वरले तँलाई त्याग्नुहुनेछैन, र, तँ पत्रुसजस्तै परमेश्‍वरलाई प्रेम गर्नेहरूको अग्रदस्तामा हुनेछस्। यदि तँ अपश्चात्तापी रहन्छस् भने, तैँले यहूदाको जस्तै परिणाम भोग्नेछस्। परमेश्‍वरमा विश्‍वास गर्ने सबैले यो कुरा बुझ्नुपर्छ।

अघिल्लो: सामान्य स्थितिमा कसरी प्रवेश गर्ने

अर्को: वास्तविकता कसरी थाहा पाउने

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्