अध्याय २६

मेरो घरमा को बसेको छ? मेरो खातिर को खडा भएको छ? मेरो खातिर कसले दुःख भोगेको छ? मेरो सामु कसले आफ्नो कसम खाएको छ? मलाई आजसम्म पछ्याएर पनि उदासीन नहुने को छ? किन सबै मानिस निष्ठुर र भावनारहित छन्? मानवजातिले मलाई किन त्यागेको छ? मानवजाति किन मप्रति वितृष्ण महसुस गर्छ? मानव संसारमा किन न्यानोपन छैन? सियोनमा छँदा, मैले स्वर्गमा भएको न्यानोपन चाखेको छु, र सियोनमा छँदा मैले स्वर्गमा भएको आशिष्‌को आनन्द लिएको छु। फेरि, म मानवजातिको बीचमा जिएको छु, मैले मानव संसारको तितोपन चाखेको छु, र मैले मानिसहरूमाझ घट्ने सबै घटना आफ्नै आँखाले देखेको छु। म “परिवर्तन” भएसँगै थाहै नभई मानिस पनि परिवर्तन भएको छ, र यसरी मात्रै ऊ आजको दिनसम्म आइपुगेको छ। म मेरो खातिर मानिसले केही गर्न सकोस् भन्ने चाहन्नँ, न त मेरै लागि भनेर उसले कुनै वृद्धि गरोस् भन्ने नै चाहन्छु। म केवल उसले मेरो योजनाअनुसार काम गर्न सकोस्, र मविरुद्ध विद्रोह नगरोस् वा ऊ मेरा लागि लाजको निसान नबनोस्, बरु उसले मेरा लागि बुलन्द गवाही देओस् भन्‍ने चाहन्छु। मानिसहरूमध्ये, कतिपयले मेरा लागि असल गवाही दिएका छन् र मेरो नामलाई महिमित तुल्याएका छन्, तर मानिसको अभ्यास वा आचरणले कसरी मेरो हृदयलाई सन्तुष्ट पार्न सक्छ? ऊ कसरी मेरो हृदयसँग मिल्न वा मेरा अभिप्रायहरूलाई सन्तुष्ट पार्न सक्छ? पृथ्वीका पर्वत र जलहरू, अनि पृथ्वीका फूल, घाँस, र रूखहरू, यी सबैले मेरो हातको काम देखाउँछन्, सबै मेरो नामका लागि अस्तित्वमा छन्। तैपनि मैले माग गर्ने मानकहरू मानिसले किन हासिल गर्न सक्दैन? के यो उसको निकृष्टताको कारणले हुन सक्छ? के यो मैले उसलाई उचालेको कारणले हुन सक्छ? के म ऊप्रति अत्यन्तै क्रूर भएको हुन सक्छु? मानिस किन सधैँ मेरा मागहरूसँग डराउँछ? आज, राज्यमा मेरा चुनिएका मानिसहरूका बीचमा, तिमीहरू किन मेरो स्वर मात्र सुन्छौ तर मेरो मुहार हेर्न चाहँदैनौ? तिमीहरू किन मेरा वचनहरूलाई मात्र हेर्छौ र तिनलाई मेरो आत्मासँग दाँज्दैनौ? तिमीहरू किन मलाई यसरी माथि स्वर्ग र तल पृथ्वीमा अलग राख्छौ? के म पृथ्वीमा हुँदा स्वर्गमा हुँदा जस्तो छैन र? के म स्वर्गमा हुँदा पृथ्वीमा ओर्लन सक्दिनँ र? के म पृथ्वीमा हुँदा स्वर्गमा लगिन अयोग्य छु र? यस्तो लाग्छ, मानौँ पृथ्वीमा हुँदा म एक नीच प्राणी हुँ, मानौँ स्वर्गमा हुँदा म एक उच्च प्राणी हुँ, र मानौँ स्वर्ग र पृथ्वीका बीचमा सधैँभरि पुर्न नसकिने खाडल छ। तैपनि मानिसको संसारमा, मानिसहरूलाई यी कुराहरूको उत्पत्तिबारे केही पनि थाहा छैन जस्तो देखिन्छ, तर तिनीहरू सधैँ मेरो विरुद्धमा दौडिरहेका छन्, मानौँ मेरा वचनहरूमा आवाज मात्र छ र कुनै अर्थ छैन। सारा मानवजाति मेरा वचनहरूमा मेहनत गर्छन्, मेरो बाहिरी स्वरूपका बारेमा आफ्नै अनुसन्धानमा जुट्छन्, तर तिनीहरू सबै असफल हुन्छन्, तिनीहरूका प्रयासहरूले कुनै फल दिँदैनन्, बरु यसको सट्टा तिनीहरू मेरा वचनहरूद्वारा ढालिन्छन् र फेरि उठ्ने आँट गर्दैनन्।

मैले मानिसहरूको विश्‍वासको जाँच गर्दा, तिनीहरूमध्ये कसैले पनि साँचो गवाही दिँदैन, तिनीहरूमध्ये कोही पनि आफ्नो सर्वस्व अर्पण गर्न सक्षम हुँदैन; बरु, तिनीहरू लुक्छन् र आफूलाई खुला गर्न इन्कार गर्छन्, मानौँ म तिनीहरूको हृदय लुट्न गइरहेको छु। अय्यूब समेत आफ्नो परीक्षाको समयमा कहिल्यै साँच्चै दृढ रहेनन्, न त तिनले दुःखको बीचमा सुगन्ध नै फैलाए। सबै मानिस वसन्त ऋतुको न्यानोपनमा हरियालीको मन्द सङ्केत दिन्छन्; तिनीहरू जाडोको चिसो झोँकामा कहिल्यै हरियो रहँदैनन्। हड्डी मात्रै भएको र दुब्लो कद बोकेर मानिसले मेरा अभिप्रायहरू पूरा गर्न सक्दैन। सम्पूर्ण मानवजातिमा, अरूका लागि नमूनाका रूपमा काम गर्न सक्ने कोही पनि छैन, किनभने सबै मानिस आधारभूत रूपमा उस्तै छन् र एक-अर्काभन्दा फरक छैनन्, तिनीहरूबीच आपसमा फरक छुट्याउने कुरा निकै कम हुन्छ। यस कारणले गर्दा, आज पनि मानिसहरू मेरा कार्यहरूलाई पूर्ण रूपमा जान्न असमर्थ छन्। जब मेरो सजाय सारा मानवजातिमाथि बर्सन्छ, तब मात्र, आफैलाई थाहै नभई, तिनीहरू मेरा कार्यहरूबारे सचेत हुनेछन्, र मैले केही नगरी वा कसैलाई बाध्य नपारी, मानिसले मलाई चिन्न थाल्नेछ, र यसरी मेरा कार्यहरू देख्नेछ। यो मेरो योजना हो, मेरा कार्यहरू यसरी नै प्रकट हुन्छन्, र मानिसले जान्नुपर्ने कुरा यही हो। राज्यमा, यावत् थोक पुनर्जीवित हुन थाल्छन् र जीवनशक्ति फैलाउँछन्। पृथ्वीको स्थितिमा आउने परिवर्तनहरूका कारण, एउटा भूमि र अर्को भूमिबीचका सिमानाहरू पनि सर्न थाल्छन्। मैले अगमवाणी गरेको छु कि जब भूमिबाट भूमि विभाजित हुन्छ, र भूमिसँग भूमि जोडिन्छ, त्यही समयमा म हरेक देशलाई टुक्रा-टुक्रा पार्नेछु। यस समयमा, म यावत् थोकलाई नवीकरण र परिवर्तन गर्नेछु र सम्पूर्ण ब्रह्माण्डलाई पुन: विभाजन गर्नेछु, यसरी ब्रह्माण्डलाई व्यवस्थित गर्नेछु र पुरानोलाई नयाँमा रूपान्तरण गर्नेछु—यो मेरो योजना हो र यी मेरा कार्यहरू हुन्। जब हरेक देश र मेरो हरेक चुनिएको मानिस मेरो सिंहासनसामु फर्कन्छ, तब त्योसँगै म स्वर्गको सारा प्रचुरता मानव संसारलाई प्रदान गर्नेछु, ताकि, मेरो कारणले गर्दा, त्यो संसार अतुलनीय प्रचुरताले भरिपूर्ण होस्। पुरानो संसार अस्तित्वमा रहुन्जेल, म हरेक देशमाथि मेरो क्रोध खन्याउनेछु र सम्पूर्ण ब्रह्माण्डका लागि सार्वजनिक गरिएका प्रशासनिक आदेशहरू जारी गर्नेछु, र जसले तिनको उल्लङ्घन गर्छ उसले सजाय पाउनेछ:

जब म सम्पूर्ण ब्रह्माण्डसित बोल्छु, तब सबै मानिसले मेरो स्वर सुन्छन्, अर्थात्, मैले ब्रह्माण्डभरि गरेका सबै कार्य सारा मानिसले देख्छन्। जो मेरा अभिप्रायहरूका विरुद्धमा जान्छन्, अर्थात्, जो मानिसका कार्यहरूद्वारा मेरो विरोध गर्छन्, तिनीहरू मेरो सजायको बीचमा ढल्नेछन्। म स्वर्गका असङ्ख्य ताराहरूलाई नवीन बनाउनेछु; मेरो कारणले गर्दा, सूर्य र चन्द्रमा नवीन हुनेछन्, आकाश पहिले जस्तो रहनेछैन; र पृथ्वीका यावत् थोक नवीन हुनेछन्—यी सबै मेरा वचनहरूका कारणले पूरा हुनेछन्। ब्रह्माण्डभित्रका सबै देशलाई नयाँ रूपमा विभाजन गरिनेछ र तिनलाई मेरो राज्यद्वारा प्रतिस्थापित गरिनेछ, ताकि पृथ्वीमा रहेका देशहरू सधैँका लागि लोप हुनेछन्, र त्यहाँ मेरो आराधना गर्ने राज्य मात्र हुनेछ; पृथ्वीका सबै देश नष्ट हुनेछन् र अस्तित्वमा रहनेछैनन्। ब्रह्माण्डभित्रका मानवजातिमध्ये, जो दियाबलसहरूका हुन् तिनीहरू सबैलाई नामेट पारिनेछ। शैतानको आराधना गर्ने सबै मेरो दन्किरहेको आगोको बीचमा ढल्नेछन्—अर्थात्, अहिले प्रवाहभित्र भएकाहरू बाहेक, सबै खरानीमा परिणत हुनेछन्। जब म हरेक मानिसलाई सजाय दिन्छु, तब धार्मिक समुदायहरू, विभिन्न हदसम्म, मेरो राज्यमा फर्कनेछन्, र मेरा कार्यहरूद्वारा विजय गरिनेछन्, किनभने तिनीहरूले “सेतो बादलमा सवार हुनुहुने पवित्र जन” पहिल्यै आइपुग्नुभएको छ भनी देखेका हुनेछन्। सबै मानिसलाई तिनीहरूको प्रकारअनुसार वर्गीकरण गरिनेछ, र तिनीहरूले आफ्ना कार्यहरू अनुरूप विभिन्न सजायहरू प्राप्त गर्नेछन्; ज-जसले मेरो प्रतिरोध गरेका छन् तिनीहरू सबै नाश हुनेछन्, र पृथ्वीमा जसका कार्यहरूले मलाई समेटेका छैनन्, तिनीहरू, आफूले गरेको व्यवहारका कारणले गर्दा, मेरा पुत्रहरू र मेरा मानिसहरूको शासनअन्तर्गत पृथ्वीमा अस्तित्वमा रहिरहनेछन्। म अनगिन्ती देशहरू र अनगिन्ती मानिसहरूसामु देखा पर्नेछु, र म पृथ्वीमा मेरो आफ्नै स्वर व्यक्त गर्नेछु, मेरो महान् काम पूरा भएको उद्घोष गर्नेछु, जसले गर्दा सबै मानिसले यसलाई आफ्नै आँखाले देख्न सकून्।

मेरा वाणीहरू झन्झन् गहन हुँदै जाँदा, म ब्रह्माण्डको स्थिति पनि अवलोकन गर्छु। मेरा वचनहरूका कारण, यावत् थोक नवीन बनाइन्छन्। स्वर्ग परिवर्तन हुन्छ अनि पृथ्वी पनि परिवर्तन हुन्छ। मानव त्यसको मौलिक स्वरूपमा खुलासा गरिन्छ र बिस्तारै सबै मानिसलाई तिनीहरूको प्रकारअनुसार वर्गीकरण गरिन्छ र अनजान रूपमै उनीहरू आफ्‍नो “परिवार” मा फर्काइन्छन्। यसले मलाई अत्यन्तै प्रसन्न तुल्याउँछ। म बाधाबाट मुक्त छु, र थाहै नभई, मेरो महान् काम पूरा हुन्छ, र यावत् थोक रूपान्तरित हुन्छन्। संसारको सृष्टि गर्दा, मैले यावत् थोकलाई तिनीहरूको प्रकारअनुसार वर्गीकरण गरेँ, रूप भएका यावत् थोकलाई वर्गीकृत गरेँ। जब मेरो व्यवस्थापनको योजनाको समाप्ति नजिकिन्छ, म सृष्टिको पहिलेको स्थिति पुनर्स्थापित गर्नेछु; म सबै कुरालाई मौलिक स्थितिमा पुनर्स्थापित गर्नेछु, सबै कुरालाई पूर्णतः परिवर्तन गर्नेछु, र सबै कुरालाई मेरो योजना अन्तर्गत पर्ने तुल्याउनेछु। समय आइसकेको छ! मेरो योजनाको अन्तिम चरण पूरा हुन लागेको छ। ए, अशुद्ध पुरानो संसार! यो निश्‍चय नै मेरा वचनहरूमाझ भत्किनेछ! यसलाई मेरो योजनाले अवश्यै शून्यतामा झार्नेछ! ए, यावत् थोक! ती सबैले मेरा वचनहरूमाझ नयाँ जीवन प्राप्त गर्नेछन्—तिनले आफ्नो सार्वभौम पाउनेछन्! ए, पवित्र र निष्खोट नयाँ संसार! यो निश्चय नै मेरो महिमावान् ज्योतिमाझ पुनर्जीवित हुनेछ! ओ, सियोन पर्वत! अब उप्रान्त चुप नबस्—म विजयसाथ फर्केको छु! म यावत् कुरामाझ सारा पृथ्वीलाई नियाल्छु। पृथ्वीका मानिसहरूले नयाँ जीवन सुरु गरेका छन् र तिनीहरूसँग नयाँ आशाहरू छन्। ओ, मेरा मानिसहरू हो! तिमीहरू कसरी मेरो ज्योतिमाझ जीवनमा फर्किआउन सक्दैनौ? मेरो मार्गदर्शनमा तिमीहरू कसरी हर्षले नउफ्रन सक्छौ? भूमिहरू हर्षोल्लासमा चिच्याइरहेका छन्, पानीहरू उल्लासमय हाँसोले गर्जिरहेका छन्! हे, पुनरुत्थानित इस्राएल! मेरो पूर्वनिर्धारणका कारण तैँले कसरी पो गर्व महसुस गर्न नसक्लास् र? को रोएको छ र? कसले विलाप गरेको छ र? पुरानो दिनको इस्राएल उप्रान्त अस्तित्वमा छैन र आजको इस्राएल संसारमा ठाडो र उच्‍च हुँदै उदाएको छ र सारा मानवताको हृदयमा खडा भएको छ। आजको इस्राएलले निश्चय नै मेरा मानिसहरूका कारण अस्तित्वको आधार प्राप्त गर्नेछ! हे, घृणित मिश्र! तँ पक्कै पनि अझै मेरो प्रतिरोध गर्दैनस् नि? तैँले कसरी पो मेरो कृपाको फाइदा उठाएर मेरो सजायबाट उम्कने प्रयास गर्न सक्छस् र? तँ कसरी पो मेरो सजायभित्र नजिउन सक्छस् र? मैले प्रेम गर्ने सबै निश्चय नै अनन्तका लागि अस्तित्वमा रहनेछन्, र मेरो प्रतिरोध गर्ने सबैले निश्चय नै अनन्तका लागि मबाट सजाय पाउनेछन्। किनभने म ईर्ष्यालु परमेश्‍वर हुँ र म सबै मानिसलाई तिनीहरूले गरेका सबै कुराका निम्ति हल्का रूपमा छोड्नेछैन। म सारा पृथ्वीलाई छानबिन गर्नेछु र संसारको पूर्वमा धार्मिकता, प्रताप, क्रोध र सजायसहित देखा पर्दै, म अनगिन्ती मानिससामु आफूलाई प्रकाश गर्नेछु!

मार्च २९, १९९२

अघिल्लो: हे सबै मानिस हो, आनन्दित होओ!

अर्को: अध्याय २७

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्