अध्याय ८८

मेरा कदमहरू कति तेज गतिमा चल्छन् भनेर मानिसहरूले कल्पना गर्न सक्दैनन्: यो घटेको एउटा अचम्‍मको काम हो जुन मानिसले बुझ्नै नसक्ने छ। मेरो गति संसारको सृष्टिदेखि नै जारी छ, र मेरो काम कहिल्यै रोकिएको छैन। सारा ब्रह्माण्डको संसार दिन प्रतिदिन परिवर्तन हुँदै जान्छ, र मानिसहरू पनि निरन्तर परिवर्तन हुँदैछन्। यी सबै मेरो कामका भाग हुन्, सबै मेरो योजनाका भागहरू हुन् र त्यसबाहेक ती मेरो व्यवस्थापनमा पर्छन्, र कुनै पनि मानिसले यी कुराहरू जान्दैन वा बुझ्दैन। म आफैले तिमीहरूलाई भनें भने मात्र, मैले तिमीहरूसित आमने-सामने कुरा गरें भने मात्र तिमीहरूले अति सानो कुरा जान्दछौ; अन्यथा, कसैसँग पनि मेरो व्यवस्थापन योजनाको खाका हुन सक्दैन। मेरो महान् शक्ति त्यस्तो छ, त्यसबाहेक, मेरा अचम्मका कामहरू त्यस्ता छन्। यी कसैले पनि बदल्न नसक्‍ने कुराहरू हुन्। त्यसकारण, आज म जे भन्छु, त्यो अगि बढ्दछ, र यो सजिलै परिवर्तन हुन सक्दैन। मानिसका धारणाहरूमा मेरो बारेमा रत्तीभर पनि ज्ञान छैन—तर ती सबै निरर्थक बकबक मात्र हुन्! तँसँग पर्याप्त छ वा तँ सन्तुष्ट छस् भनी नसोच्! म तँलाई यो भन्छु: तँ अझै धेरै टाढा जानु छ! मेरो सम्पूर्ण व्यवस्थापन योजनाबारे तिमीहरूलाई थोरै मात्र थाहा छ, त्यसैले मैले भन्‍ने कुरालाई तिमीहरूले सुन्नुपर्छ र मैले अह्राएको काम तिमीहरूले गर्नुपर्छ। सबै कुरामा मेरो इच्छाअनुसार काम गर्, र तैँले निश्चय नै मेरा आशिषहरू पाउनेछस्; जसले विश्‍वास गर्दछ त्यसले पाउन सक्‍छ, तर जसले विश्‍वास गर्दैन त्यसले पूरा होस् भनी कल्पना गरेको “केही” पनि पूरा हुनेछैन। यो मेरो धार्मिकता हो, र योभन्दा पनि बढी यो मेरो महिमा, मेरो क्रोध र मेरो सजाय हो। म कसैलाई पनि एउटा विचार वा कामबाट उम्कन दिनेछैनँ।

मेरा वचनहरू सुनेर धेरैजसो मानिसहरू डराउँछन् र काँप्छन्, उनीहरूको अनुहार चिन्ताले खुम्चिन्छन्। के मैले वास्तवमा तँलाई अन्याय गरेको छु? तँ ठूलो रातो अजिङ्गरको एउटा सन्तान होइनस् भन्‍ने हुनसक्छ? तैँले असल छु भन्‍ने बहाना पनि गरिस्! तैँले मेरो जेठो छोरा भएको बहाना पनि गरिस्! के म अन्धो छु भन्‍ने तँलाई लाग्छ? के म मानिसहरूको बीचमा भिन्नता छुट्याउन सक्दिनँ भन्‍ने तँलाई लाग्छ? म परमेश्‍वर हुँ जसले मानिसका भित्री हृदयलाई खोतल्छ: म मेरा छोराहरूलाई यही भन्छु, र त्यस ठूलो रातो अजिङ्गरको बच्चाहरू, तिमीहरूलाई पनि म यही नै भन्छु। म सानोभन्दा सानो कुरालाई पनि गल्ती नगरी सबै कुरा स्पष्टसँग देख्छु। मैले के गर्छु भनी मलाई कसरी थाहा हुँदैन र? म के गर्छु त्यसबारे मलाई स्पष्ट थाहा छ! म परमेश्‍वर स्वयम्‌, ब्रह्माण्ड र सबै थोकका सृष्टिकर्ता हुँ भनी म किन भन्छु? म मानिसहरूको भित्री हृदय जाँच गर्ने परमेश्‍वर हुँ भनी किन भन्छु? म हरेक व्यक्तिको परिस्थितिलाई राम्ररी जान्दछु। मैले के गर्नुपर्छ वा के भन्नुपर्छ सो जान्दिनँ भन्‍ने तिमीहरूलाई लाग्छ? यो तेरो चिन्ताको विषय होइन। मेरो हातद्वारा नमारिनका निम्ति होसियार बस्; त्यस तरिकाले त तैँले घाटा बेहोर्नेछस्। मेरा प्रशासनिक आदेशहरूले क्षमा गर्दैन। के तँ बुझ्छस्? माथिका सबै कुरा मेरो प्रशासनिक आदेशहरूका भाग हुन्। जुन दिनदेखि म तिमीहरूलाई ती कुरा बताउँछु, यदि तिमीहरू अझ अरू अपराधहरू गर्छौ भने त्यसको फल भोग्नेछौ, किनकि पहिले तिमीहरूले बुझेका थिएनौ।

अब म तिमीहरूका लागि मेरो प्रशासनिक आदेशहरू जारी गर्दछु (जुन ती घोषणा गरिएकै दिनदेखि प्रभावकारी हुन्छन्, जसले विभिन्न व्यक्तिहरूका निम्ति विभिन्न सजायहरू भोग्‍नेछ):

म मेरा प्रतिज्ञाहरू पालन गर्दछु, र सबै कुरा मेरै हातमा छ: ज-जसले शङ्का गर्छन्, तिनीहरू निश्चय मारिनेछन्। छूट दिने कुनै ठाउँ छैन; तिनीहरू तुरुन्तै मेटाइनेछन्, यसरी मेरो हृदयबाट घृणा हटाइन्छ। (अबदेखि यो पक्का छ कि जो मारिन्छ त्यो मेरो राज्यको सदस्य हुनुहुँदैन, र शैतानको सन्तान हुनुपर्दछ।)

जेठा छोराहरूको रूपमा तिमीहरू आफ्नै हैसियतमा बस्‍नुपर्छ र आफ्ना कर्तव्यहरूलाई राम्रोसँग पूरा गर्नुपर्छ, र अनावश्यक रूपमा अति जिज्ञासु हुनुहुँदैन। तैँले मेरो प्रबन्ध योजनाको लागि आफैलाई समर्पण गर्नुपर्छ, र तँ जहाँ-जहाँ जान्छस्, तैँले मेरो असल गवाही दिनुपर्छ र मेरो नाउँलाई महिमित गर्नुपर्छ। लाजमर्दो कामहरू नगर्, मेरा सबै सन्तान र मेरा मानिसहरूका लागि उदाहरण बन्। एकैछिनको लागि पनि अनैतिक नबन्: तँ सधैँ सबैका अघि जेठो छोराको पहिचान बोकेर उपस्थित हुनुपर्छ, र सेवा गर्नेजस्तो हुनुहुँदैन; बरु, तँ शिर ठाडो पारेर अगाडि बढ्नुपर्छ। म तँलाई मेरो नाउँ बदनाम गर्न होइन, मेरो नाउँको महिमा गर्न लगाउँदैछु। जो जेठा छोराहरू हुन् तिनीहरूका आ-आफ्नै काम हुन्छन्, र तिनीहरूले सबै कुरा गर्न सक्दैनन्। यो मैले तिमीहरूलाई दिएको जिम्‍मेवारी हो, र यो जिम्मेवारीबाट भाग्नुहुँदैन। मैले तिमीहरूलाई सुम्पिएको जिम्मेवारी पूरा गर्न तिमीहरूले आफैलाई सारा हृदयले, सारा मनले र सारा शक्तिले समर्पण गर्नुपर्छ।

आजको दिनदेखि उसो, सारा ब्रह्माण्डको संसारभरि, मेरा सबै सन्तान र मेरा सबै मानिसहरूका गोठालो गर्ने जिम्मेवारी पूरा गर्ने भार मेरो जेठा छोराहरूलाई दिइनेछ, र जस-जसले त्यो पूरा गर्न आफ्नो सम्पूर्ण हृदय र मन समर्पण गर्न सक्दैनन् तिनीहरूलाई म सजाय दिनेछु। यो मेरो धार्मिकता हो। म मेरा जेठा छोराहरूलाई पनि सजिलै छोड्ने छैनँ न त नरम व्यवहार नै गर्नेछु।

यदि मेरा छोराहरूको बीचमा वा मेरो मानिसहरूको बीचमा मेरो जेठा छोराहरूलाई खिसी वा अपमान गर्ने कोही छन् भने म तिनीहरूलाई कठोर दण्ड दिनेछु, किनकि मेरा जेठा छोराहरूले मेरै प्रतिनिधित्व गर्छन्; कसैले तिनीहरूलाई केही गऱ्यो भने तिनीहरूले त्यो मलाई पनि गरेका हुन्छन्। यो मेरो सबैभन्दा कडा प्रशासकीय आदेश हो। यो आदेश उल्लङ्घन गर्ने मेरो कुनै पनि सन्तान र मेरा मानिसहरूको विरुद्धमा म मेरा जेठा छोराहरूलाई तिनीहरूका इच्छाअनुसार मेरो धार्मिकता प्रयोग गर्ने अनुमति दिन्छु।

कसैले मलाई गम्भीरतासाथ लिँदैन अनि मेरो भोजन, वस्त्र र निद्रामा मात्रै ध्यान दिन्छ, मेरो बाहिरी कार्यहरूमा मात्र उपस्थिति हुन्छ, र मेरो बोझलाई कुनै विचार गर्दैन र तिनीहरूका आफ्नै कामहरू पूरा गर्नुमा ध्यान दिँदैनन् भने म बिस्तारै तिनीहरूलाई त्यागिदिन्छु। यो कान हुनेहरू सबैलाई लक्षित छ।

जसले मेरो लागि सेवा गरिसक्छ तिनीहरू आज्ञाकारी भएर विनाकोलाहल पछि हट्नुपर्छ। होसियार बस्, नत्र म तँलाई छाँट्छु। (यो एक अतिरिक्त आदेश हो।)

अबदेखि उसो मेरा जेठा छोराहरूले फलामको राजडन्डा उठाउनेछन् र सबै जाति र मानिसहरूमाथि शासन गर्न, सबै जातिहरू र मानिसहरूको माझ हिँड्न, र मेरो न्याय, धार्मिकता र प्रताप सबै जाति र मानिसहरूको बीचमा अघि बढाउन मेरो अधिकार चलाउन सुरु गर्नेछन्। मेरा सन्तान र मेरा मानिसहरूले मेरो भय मान्नेछन्, मेरो प्रशंसा गर्नेछन्, मेरो हौसला बढाउनेछन्, र नरोकी मेरो महिमा गर्नेछन्, किनकि मेरो व्यवस्थापन योजना पूरा भएको छ र मेरा जेठा छोराहरूले मसँग राज्य गर्न सक्छन्।

यो मेरो प्रशासनिक आदेशको एक हिस्सा हो; यसपछि, कामको प्रगति हुँदैजाँदा तीबारे म तिमीहरूलाई बताउनेछु। माथिका प्रशासनिक आदेशहरूबाट, तिमीहरू म कुन गतिमा काम गर्छु, साथै मेरो काम कुन चरणमा पुगेको छ सो बुझ्नेछौ। यो एक पुष्टीकरण हुनेछ।

मैले शैतानको न्याय अघिबाटै गरिसकेको छु। मेरो इच्छामा कुनै बाधा नभएकोले, र मसँगै मेरा ज्येष्ठ पुत्रहरूको महिमा प्राप्त गरेका हुनाले, मैले संसारमा आफ्नो धार्मिकता र प्रताप संसार अनि शैतानको अधिकारमा रहेका सबै थोकमाथि अघिबाटै प्रयोग गरेको छु। म शैतानमाथि औंला उठाउँदिन वा त्यसमा बिलकुल ध्यान दिँदिनँ (किनकि त्यो मसँग कुराकानी गर्न लायक पनि छैन)। म जे गर्न चाहन्छु त्यही नै गर्दैजान्छु। मेरो काम एक-एक चरण गर्दै सुचारु रूपले अगाडि बढ्छ, र सारा पृथ्वीभरि मेरो इच्छालाई कुनै बाधा हुँदैन। यसले शैतानलाई एक हदसम्म सर्ममा पारेको छ, र त्यो पूर्ण रूपमा ध्वस्त भएको छ, तर त्यसैमा मेरो इच्छालाई पूरा भएको छैन। म मेरा जेठा छोराहरूलाई पनि मेरा प्रशासनिक आदेशहरू पूरा गर्न दिन्छु। एकातिर, म शैतानलाई त्यसप्रतिको मेरो क्रोध देख्न दिन्छु, अर्कोतिर, म मेरो महिमा देख्न दिन्छु (मेरो जेठा छोराहरू शैतानको अपमानको निम्ति सबैभन्दा जोरदार गवाही हुन् भन्‍ने देख्‍न दिन्छु)। म त्यसलाई व्यक्तिगत रूपमा दण्ड दिँदिनँ; बरु, म मेरा जेठा छोराहरूलाई मेरो धार्मिकता र प्रताप पूरा गर्न दिन्छु। शैतानले मेरा छोराहरूलाई दुर्व्यवहार गर्थ्यो, मेरा छोराहरूलाई सताउँथ्यो, र मेरा छोराहरूमाथि थिचोमिचो गर्थ्यो, त्यसैले आज त्यसको सेवा समाप्त भएपछि, म आफ्ना परिपक्व जेठा छोराहरूलाई त्यो मिलाउने अनुमति दिनेछु। शैतान पतनको विरुद्ध शक्तिहीन भएको छ। संसारका सबै जातिहरू पक्षाघात हुनु यसको सबैभन्दा राम्रो गवाही हो; मानिसहरू झगडा गरिरहेका छन् र राष्ट्रहरू लडाइँमा फसेका छन्, यी सब शैतानको राज्यको पतन भएको स्पष्ट प्रकटीकरणहरू हुन्। विगतमा मैले कुनै चिन्‍ह र अचम्‍मका कामहरू नदेखाउनुको कारण शैतानको अपमान गर्नु र एक-एक चरण गर्दै मेरा नाउँको महिमा गर्नुथियो। जब शैतान पूर्ण रूपमा समाप्त हुन्छ, म मेरो शक्ति देखाउन सुरु गर्छु: म जे भन्छु त्यो हुन आउँछ, र मानिसका धारणाहरूसँग मेल नखाने अलौकिक कुराहरू पूरा हुनेछन् (यी कुराले चाँडै आउने आशिषहरूलाई जनाउँछन्)। म व्यावहारिक परमेश्‍वर स्वयम् हुँ र मेरो कुनै नियमहरू छैनन् र म मेरो प्रबन्ध योजनामा हुने परिवर्तनहरू अनुसार बोल्छु, त्यसकारण विगतमा मैले भनेका कुरा वर्तमानमा लागू हुनै पर्छ भन्‍ने हुँदैन। तेरा आफ्नै धारणाहरूमा टाँसिएर नबस्! म नियमहरू पालन गर्ने परमेश्‍वर होइनँ; मेरो निम्ति सबै कुरा स्वतन्त्र, अनुभवभन्दा पर र पूर्ण रूपमा मुक्त छन्। सायद हिजो भनिएको कुरा आज पुरानो भएको छ, वा सायद त्यसलाई आज पर पन्साउन सकिन्छ (तापनि, मेरा प्रशासनिक आदेशहरू, घोषणा गरिएकोले ती कहिल्यै पनि परिवर्तन हुँदैनन्)। यी मेरो व्यवस्थापन योजनाका चरणहरू हुन्। नियमहरूमा अल्झेर नबस्। प्रत्येक दिन नयाँ ज्योति छ र नयाँ प्रकाशहरू हुन्छन्, र त्यो मेरो योजना हो। प्रत्येक दिन मेरो ज्योति तँभित्र प्रकट गरिनेछ र मेरो आवाजलाई ब्रह्माण्ड संसारमा जारी गरिने छ। के तँ बुझ्छस्? यो तेरो कर्तव्य हो, मैले तँलाई सुम्पिएको जिम्मेवारी हो। तैँले एकै क्षणका लागि पनि यसलाई बेवास्ता गर्नुहुँदैन। मैले स्वीकार गरेका मानिसहरूलाई म अन्त्यसम्म प्रयोग गर्नेछु, र यो कहिल्यै परिवर्तन हुँदैन। किनकि म सर्वशक्तिमान्‌ परमेश्‍वर हुँ, कस्तो किसिमको व्यक्तिले के काम गर्नुपर्छ, साथै कुन किसिमको व्यक्तिले कस्तो काम गर्न सक्छ सो म जान्दछु। यो मेरो सर्वशक्तिमान्‌ता हो।

अघिल्लो: अध्याय ८७

अर्को: अध्याय ८९

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्