अध्याय ११६

मेरा वचनहरूमध्ये, मानिसहरूलाई भयभीत बनाउने वचनहरू धेरै छन्। मेरो धेरै वचनहरूले मानिसहरूलाई त्रासले काँप्ने बनाउँछन्, र मेरा धेरै वचनहरूले मानिसहरूलाई कष्ट भोग्ने र आशा मार्ने बनाउँछन्, र अझ बढी मानिसहरूको विनाश निम्त्याउँछन्। मेरा वचनहरूको प्रचुरतालाई कसैले ठम्याउन सक्दैन वा स्पष्ट रूपमा बुझ्न सक्दैन। जब मैले तिमीहरूलाई वाक्य-वाक्य गरेर मेरा वचनहरू बताउँछु र तिमीहरूलाई खुलासा गर्छु, तब मात्रै तिमीहरूले निश्‍चित तथ्यहरूको साँचो अभिव्यक्तिप्रति अस्पष्ट रहँदै मामिलाको सामान्य अवस्थाको बारेमा सिक्छौ। तसर्थ, मेरा सबै वचनहरूको खुलासा गर्नका लागि म तथ्यहरूको प्रयोग गर्नेछु, जसबाट तिमीहरूलाई अझ गहन बुझाइ प्राप्‍त हुनेछ। मेरो बोली-वचनको तरिकालाई ध्यानमा राख्दा, म मेरा वचनहरू मात्रै बोलिरहेको छैन, बरु अझ बढी, म मेरा वचनहरूउपर काम गरिरहेको छु; “वचन र उपलब्धिहरू एकसाथ भइरहेका छन्” भन्नुको वास्तविक अर्थ यही हो। मेरा लागि सबै कुरा स्वतन्त्र छन् र सबै कुरा मुक्त छन्, र यही जगमा, मैले गर्ने सबै कुराहरू बुद्धिले भरिएका छन्। म लापरवाही भएर बोल्दिन, न लापरवाही तरिकाले काम नै गर्छु। (मानवता वा ईश्‍वरत्व जे-सुकैमा भए तापनि, मेरा मानवता मेरो एक अविभाज्य अङ्ग हो।) तैपनि जब म बोल्छु, मेरो बोलीको शैलीमा कसैले ध्यान दिँदैन; जब म कार्य गर्छु, मेरो कामको विधिको बारेमा कसैले ध्यान दिँदैन। यो मानवको कमजोरी हो। म सबै मानवका निम्ति मेरो शक्तिको खुलासा गर्नेछु, मेरा ज्येष्ठ पुत्रहरूमा मात्रै नभएर, म सबै राष्ट्रहरूभित्र र सबै मानिसहरूका बीचमा मेरो शक्तिको खुलासा गर्नेछु; यही गरेर मात्रै शैतानलाई लज्जित बनाउने शक्तिशाली गवाही हुन्छ। म मूर्खताका साथ कार्य गर्दिन। धेरैजसो मानिसहरूले ज्येष्ठ पुत्रहरूका लागि रहेको मेरो गवाही गल्ती हो भन्‍ने सोच्छन्; तिनीहरूले मभन्दा बाहिर पनि अन्य परमेश्‍वरहरू छन्, म समझविना कार्य गर्छु, आफूलाई नीच तुल्याउँछु भनेर भन्छन्; र यसमा मानिसको भ्रष्टता झनै धेरै प्रकट हुन्छ। ज्येष्ठ पुत्रहरूका लागि गवाही दिँदा के मैले गल्ती गरेको हुन सक्छ? तिमीहरूले मलाई गलत भन्छौ, त्यसोभए के तिमीहरूले गवाही दिन सक्छौ? यदि मेरो उठाई, मेरो गवाही नभएको भए, तिमीहरूले मेरो पुत्रलाई कुल्‍चनेथियौ, उहाँलाई अझै कठोर उदासीनतासहित व्यवहार गर्थ्यौ, र अझै तिमीहरूको दासको रूपमा व्यवहार गर्थ्यौ। सुँगुरका झुण्ड हो! म पालैपालो तिमीहरू प्रत्येकलाई समाप्‍त गर्नेछु! कोही पनि छोडिनेछैन! मलाई बताओ, सामान्य मानवता भएको मानिस अनुरूप नहुने कुराहरू कस्ता हुन्छन्? निःसन्देह, तिनीहरू सुँगुर हुन्! म तिनीहरूलाई हेर्न सक्दिन। मैले तिमीहरूको गवाहीको प्रतीक्षा गरेको भए, मेरो काम पहिले नै ढीला भइसकेको हुनेथियो! सुँगुरका झुण्डहरू हो! तिमीहरूसँग कुनै पनि मानवता छैन! मलाई तेरो सेवाको आवश्यकता छैन! यहाँबाट अहिले नै निस्किहाल्! तैँले मेरो पुत्रलाई लामो समयसम्म सताएको र दबाएको छस्; म तँलाई कुल्चेर तेरो गुदी निकालिदिनेछु। तैँले फेरि जङ्गली हुने दुस्साहस गरिस् भने के हुन्छ भनेर हेर्; मलाई फेरि लज्जित बनाउने दुस्साहस गरिस् भने के हुन्छ भनेर हेर्! मैले मेरो महान् काम पूरा सकिसकेको छु; म फर्किएर यो जनावरहरूको झुण्डलाई मैले समाप्‍त गर्नैपर्छ!

सबै कुरा मेरा हातमा पूरा हुन्छन् (जहाँसम्‍म मैले प्रेम गर्नेहरूको कुरा छ), र सबै कुरा मेरै हातमा विनाश हुन्छन् (जहाँसम्‍म मैले घृणा गर्ने ती जनावरहरू, र मैले घृणा गर्ने मानिस, वस्तु, र कुराहरूको कुरा छ)। मैले गर्ने सबै कुराहरू म मेरा ज्येष्ठ पुत्रहरूलाई हेर्न दिन्छु, तिनीहरूलाई राम्ररी बुझ्न दिन्छु र त्यहाँ सियोनबाट बाहिर आएयता मैले गरेका सबै कुराहरू हेर्न दिन्छु। त्यसपछि, हामी सियोन डाँडामा सँगै प्रवेश गर्नेछौं, युगहरूभन्दा पहिले हामी जहाँ थियौँ त्यहाँ प्रवेश गर्नेछौं, र आफ्‍नो जीवन नयाँ रूपमा जिउनेछौं। त्यसपछि, यो संसार र सुँगुरहरूको झुण्डसँग थप सम्पर्क हुनेछैन, तर पूर्ण स्वतन्त्रता हुनेछ; सबै कुरामा बाधा र अड्चन हुनेछैन। मेरा ज्येष्ठ पुत्रहरूमध्ये कसैलाई बाधा पुर्‍याउने दुस्साहस कसले गर्छ? मेरा ज्येष्ठ पुत्रहरूलाई विरोध गरिरहने दुस्साहस कसले गर्छ? म तिनीहरूलाई सजिलै छाड्नेछैन! तँ विगतमा मदेखि जसरी डराउँथिस्, तँ आज पनि मेरा ज्येष्ठ पुत्रहरूदेखि त्यसरी नै डराउनुपर्छ। मेरो अगाडि एक प्रकारको हुने र मेरो पछाडि अर्कै प्रकारको हुने काम नगर्; म प्रत्येक मानिस कस्तो छ भनेर एकदमै स्पष्टसँग देख्छु। मेरो पुत्रप्रति निष्ठावान् नहुनु भनेको मप्रति पारिवारिक नहुनु हो, जुन एक स्पष्ट तथ्य हो, किनकी हामी एकै शरीरका हौँ। यदि कोही मप्रति राम्रो छ तर मेरा ज्येष्ठ पुत्रहरूप्रति अर्कै मनोवृत्ति राख्छ भने, तिनीहरू, निःसन्देह, ठूलो रातो अजिङ्गरका विशेष सन्तति हुन्, किनकी तिनीहरूले ख्रीष्टको शरीरलाई तोड्छन्; यो कहिल्यै क्षमा दिन नसकिने पाप हो! तिमीहरू प्रत्येकले यो कुरालाई देख्‍नुपर्छ। तिमीहरूको कर्तव्य भनेको मेरो गवाही दिनु हो, र त्यसभन्दा बढी, ज्येष्ठ पुत्रहरूको गवाही दिनु नै तिमीहरूको दायित्व हो। तिमीहरू कोही पनि आफ्नो कर्तव्यबाट भाग्‍नु हुँदैन; अवरोध पुर्‍याउनेलाई म तुरुन्तै विनाश गर्नेछु! आफूलाई केही विशेष भनेर नसम्झी! म तँलाई अहिले भन्छु: जो सबैभन्दा बढी यस्तो हुन्छ, त्यो मेरो सबैभन्दा कडा सजायको भागीदार हुन्छ! यस्तो जो हुन्छ त्योसँग सबैभन्दा कम आशा हुन्छ, र त्यो विनाशको पुत्र हो। म तँलाई सदैव सजाय दिनेछु!

मेरो सबै कामहरू मेरो आत्माले व्यक्तिगत रूपमा गर्नुहुन्छ र म कुनै पनि प्रकारको शैतानलाई अवरोध पुर्‍याउन दिन्न। मेरो योजनामा विघ्न पुर्‍याउने कुरालाई रोक्न यसो गरिन्छ। अन्त्यमा, म वयस्क र बालबालिका दुवैलाई उठ्न र मेरो र मेरा ज्येष्ठ पुत्रहरूको प्रशंसा गर्न, मेरा अद्भुत कामहरूको प्रशंसा गर्न, र मेरो व्यक्तित्वको प्रकटीकरणको प्रशंसा गर्न लगाउनेछु। प्रशंसाको ध्वनि सम्पूर्ण ब्रह्माण्ड र पहाड-पर्वत, नदी-नाला, र सबै कुराहरूलाई थर्काउँदै पृथ्वीको कुनाहरूसम्म गुञ्जायमान बनाउनेछु, र म शैतानलाई पूर्ण रूपमा अपमान गर्नेछु। पूर्ण रूपमा फोहोर र नीच पुरानो संसारको विनाश गर्न म मेरो गवाहीको प्रयोग गर्नेछु, र पवित्र र शुद्ध नयाँ संसारको निर्माण गर्नेछु। (सूर्य, जून, ताराहरू, र खगोलीय पिण्डहरू भविष्यमा परिवर्तन हुनेछैनन् भनी भन्‍ने क्रममा मेरो अर्थ पुरानो संसार अझै बाँकी रहन्छ भन्‍ने होइन, बरु सम्पूर्ण संसार नै प्रतिस्थापन हुनेछ भन्‍ने हो। म सम्पूर्ण ब्रह्माण्डको प्रतिस्थापन गर्न चाहँदिन।) त्यसपछि मात्रै यो मेरो इच्छाअनुसारको संसार हुनेछ; त्यसभित्र, आजको जस्तो दमन हुनेछैन, न एक-अर्काको शोषण गर्ने मानिसहरूको अहिलेको जस्तो प्रक्रिया नै हुनेछ। बरु, देहभित्र पूर्ण निष्पक्षता र विवेक हुनेछ। (मैले निष्पक्षता र विवेक हुनेछ भनेर भनेको भए तापनि, त्यो देहभित्र हुनेछ; यो मेरो राज्यभन्दा एकदमै फरक हुनेछ—स्वर्ग र पृथ्वी जस्तै फरक; यी दुई कुरालाई तुलना गर्ने कुनै तरिका छैन—आखिर, मानव संसार भनेको मानव संसार नै हो, र आत्मिक संसार भनेको आत्मिक संसार नै हो।) त्यो बेला, मेरा ज्येष्ठ पुत्रहरू र मैले त्यस्तो संसारमाथि क्षेत्राधिकारको प्रयोग गर्नेछौं (यो संसारमा, शैतानको कुनै अवरोध हुनेछैन, किनभने शैतान मबाट पूर्ण रूपमा विनाश भएको हुनेछ), तर हाम्रो जीवन अझै राज्यको जीवन हुनेछ, जसलाई कसैले पनि नकार्न सक्दैन। युगहरूभरि, (जतिसुकै निष्ठावान् भए पनि) यस्तो प्रकारको जीवनको अनुभव गर्ने कुनै पनि मानव छैन, किनभने युगहरूभरि, मेरो ज्येष्ठ पुत्रको रूपमा काम गर्ने कोही पनि रहेन, र तिनीहरूले पछि मेरो लागि अझै सेवा प्रदान गर्नेछन्। यी सेवा-कर्ताहरू वफादार भए पनि, तिनीहरू आखिर शैतानका सन्नतिहरू हुन् जो मबाट पराजित भएका छन्, त्यसकारण देहको मृत्युपछि, तिनीहरू मेरो सेवा गर्नका लागि मानव संसारमा अझै फेरि जन्मिनेछन्; “पुत्रहरू आखिर पुत्रहरू नै हुन् र सेवा-कर्ताहरू शैतानका सन्ततिहरू हुन्” भन्‍नुको साँचो अर्थ यही हो। युगहरूभरि, आजका ज्येष्ठ पुत्रहरूका लागि सेवा गर्ने मानिसहरू कति छन् भनेर ज्ञात छैन; सबै सेवा-कर्ताहरूमध्ये, कोही पनि भाग्न सक्दैनन्, र म तिनीहरूलाई सदैव मेरो सेवा गर्न लगाइरहनेछु। तिनीहरूको स्वभावलाई विचार गरी हेर्दा, तिनीहरू सबै शैतानका छोराछोरीहरू हुन्, र तिनीहरू सबैले मेरो विरोध गर्छन्, र तिनीहरूले मेरो सेवा गरे तापनि, तिनीहरू त्यसो गर्न बाध्य पारिएका छन्, र कसैसँग पनि कुनै विकल्प छैन। किनभने सबै कुरा मेरो हातबाट नियन्त्रित छ, र मैले प्रयोग गर्ने सबै सेवा-कर्ताहरूले मेरा लागि अन्त्यसम्म सेवा गरिरहनुपर्छ। तसर्थ, युगहरूको अगमवक्ता र प्रेरितहरूको जस्तै स्वभाव भएका मानिसहरू आज पनि अझै धेरै छन्, किनभने तिनीहरू एकै आत्माका हुन्। तसर्थ, मेरा लागि दौडधूप गर्ने अझै पनि धेरै सेवा-कर्ताहरू छन्, तर अन्त्यमा (छ हजार वर्षसम्म, तिनीहरूले मेरा लागि निरन्तर सेवा गरिरहेका छन्, त्यसैले यी मानिसहरू सेवा-कर्तामा नै पर्छन्), कसैले पनि युगौँसम्म आशा गरिएको कुरा प्राप्‍त गर्न सक्दैनन्, किनभने मैले तयार गरेको कुरा तिनीहरूका लागि होइन।

मेरो सबै कुरा मेरो आँखाअगाडि सम्पन्न भइसकेका छन्; म मेरा ज्येष्ठ पुत्रहरूलाई पुनर्मिलापको लागि मेरो घर र मेरो साथमा फर्काउनेछु। म जयवन्त र विजयी भएर फर्किएको हुनाले र मैले पूर्ण रूपमा महिमा प्राप्‍त गरेको हुनाले, म तिमीहरूलाई फिर्ता लान आएको हुँ। विगतमा, केही मानिसहरूले “पाँच जना बुद्धिमती कन्या र पाँच जना निर्बुद्धि कन्याहरू” को बारेमा अनुमान लगाएका थिए। यो अनुमान सटीक नभए पनि, यो पूर्ण रूपमा गलत भने होइन—तसर्थ, म तिमीहरूका लागि केही व्याख्या गर्न सक्छु। “पाँच जना बुद्धिमती कन्या र पाँच निर्बुद्धि कन्या” दुवैले न मानिसहरूको सङ्ख्यालाई, न त मानिसहरूको प्रकारलाई प्रतिनिधित्व गर्छन्। “पाँच जना बुद्धिमती कन्या” ले धेरै व्यक्तिलाई जनाउँछ, र “पाँच जना निर्बुद्धि कन्या” ले एक प्रकारको व्यक्तिलाई प्रतिनिधित्व गर्दछ, तर ती दुवैले ज्येष्ठ छोराहरूलाई जनाउँदैनन्। बरु, तिनीहरूले सृष्टिलाई प्रतिनिधित्व गर्छन्। यसैकारण तिनीहरूलाई आखिरी दिनहरूमा तेल तयार पार्नू भनिन्छ। (सृष्टिसँग मेरो गुण छैन; यदि तिनीहरू बुद्धिमान् हुन चाहन्छन् भने, तिनीहरूले तेल तयार पार्नुपर्छ, त्यसकारण तिनीहरू मेरा वचनहरूद्वारा सुसज्जित हुनुपर्छ।) “पाँच बुद्धिमती कन्या” ले मैले सृष्टि गरेका मानिसहरूको माझमा रहेका मेरा छोराहरू र मेरा मानिसहरूलाई प्रतिनिधित्व गर्छन्। तिनीहरूलाई “कन्या” भनिन्छ, किनभने तिनीहरू संसारमा जन्मेका भए पनि मद्वारा प्राप्‍त गरिएका हुन्; कसैले तिनीहरूलाई पवित्र भन्न सक्छ, त्यसैले तिनीहरूलाई “कन्या” भनिन्छ। माथि उल्लेखित “पाँच” ले मैले पूर्वनियुक्त गरेका मेरा छोराहरू र मेरो मानिसहरूको सङ्ख्यालाई प्रतिनिधित्व गर्दछ। “पाँच निबुद्धि कन्या” ले सेवा-कर्ताहरूलाई जनाउँछ, किनकि तिनीहरूले जीवनलाई थोरै पनि महत्त्व नदिई मेरो लागि सेवा गर्दछन्, केवल बाहिरी थोकहरूको पछि लाग्छन् (किनकि तिनीहरूमा मेरो कुनै गुण हुँदैन, तिनीहरूले जेसुकै गरे पनि, यो बाहिरी कुरा हुन्छ), र तिनीहरू मेरो योग्य सहयोगी हुन सक्दैनन्, त्यसैले तिनीहरूलाई “निर्बुद्धि कन्या” भनिन्छ। माथि उल्लेखित “पाँच” ले शैतानलाई प्रतिनिधित्व गर्दछ, र तिनीहरूलाई “कन्या” भनिनुको कारण भनेको तिनीहरू मद्वारा जितिएका हुन्छन् र तिनीहरूले मेरो निम्ति सेवा गर्न सक्छन्, त्यसैले हो—तर त्यस्ता मानिसहरू पवित्र हुँदैनन्, त्यसैले तिनीहरूलाई सेवा-कर्ताहरू भनिन्छ।

अघिल्लो: अध्याय ११५

अर्को: अध्याय ११७

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्