अध्याय ५८

मेरो अभिप्रायलाई राम्ररी बुझिसकेपछि, तँ मेरो बोझलाई वास्ता गर्न सक्षम हुनेछस्, अनि तैँले ज्योति र प्रकाश प्राप्त गर्नेछस् अनि छुटकारा र स्वतन्त्रता पाउनेछस्। यसले मलाई सन्तुष्ट तुल्याउनेछ र तेरो निम्ति मेरो इच्छालाई पूरा हुने तुल्याउनेछ, सबै सन्तहरूलाई सुधार गर्नेछ, अनि पृथ्वीको मेरो राज्यलाई दृढ र स्थिर बनाउनेछ। अहिलेको लागि सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको मेरो अभिप्रायलाई बुझ्‍नु नै हो; तिमीहरू प्रवेश गर्नुपर्ने मार्ग यही नै हो, यसको साथै, यो हरेक व्यक्तिले पूरा गर्नुपर्ने कर्तव्य हो।

मेरो वचन राम्रो औषधी हो जसले सबै प्रकारका बिमारीहरू निको पार्दछ। तँ मेरो सामु आउन इच्छुक हुन्छस् भने, म तँलाई निको पार्नेछु अनि मेरो सर्वशक्ति, मेरा उदेकका कामहरू, मेरो धार्मिकता अनि मेरो प्रताप देखाउनेछु। यसको साथै, म तँलाई तेरो आफ्नै भ्रष्टता र कमजोरीहरूको एक झलक देखाउनेछु। म तँभित्रको हरेक अवस्था पूर्ण रूपले बुझ्दछु; तैँले सधैँ आफ्‍नो हृदयभित्र नै कामकुरा गर्दछस्, अनि त्यसलाई बाहिर देखाउँदैनस्। तैँले गर्ने हरेक कुराको बारेमा म झन् बढी स्पष्ट छु। तथापि, मैले कुन-कुन कुरालाई प्रशंसा गर्छु अनि कुन-कुन कुरालाई प्रशंसा गर्दिनँ भनेर तैँले जान्नुपर्छ; तैँले यी कुराहरूबीच स्पष्ट प्रकारले छुट्टयाउनुपर्छ, अनि यसप्रति साधारण मनोवृत्ति राख्नु हुँदैन।

“हामीले परमेश्‍वरको बोझलाई वास्ता देखाउनुपर्छ” भनेर भन्दा तैँले केवल ओठे सेवा दिइरहेको हुन्छस्। तथापि, जब तैँले तथ्यहरूको सामना गर्छस्, तब तैँले परमेश्‍वरको बोझ के हो भनी राम्ररी जाने तापनि तैँले यसलाई कुनै वास्ता गर्दैनस्। तँ साँच्चिकै भ्रमित र मूर्ख छस्, यसको साथै, तँ चरम रूपमा अज्ञानी छस्। यसले मानिसहरूसित व्यवहार गर्नु कति कठिन छ भन्‍ने कुरालाई स्पष्ट पार्दछ; तिनीहरूले गर्ने कुरा भनेको राम्रो सुनिने वचनहरू बोल्‍नु मात्रै हो, जस्तै “म परमेश्‍वरको अभिप्रायलाई राम्ररी बुझ्नै सक्दिनँ, तर यदि मैले यसलाई राम्ररी बुझ्न सफल भएँ भने, म यसलाई पालन गर्न अवश्य काम गर्नेछु।” के तिमीहरूको वास्तविक अवस्था यही होइन र? तिमीहरू सबैले परमेश्‍वरको अभिप्रायलाई जाने पनि, अनि तिमीहरूको बिमारको कारण के हो भनी तिमीहरूले जाने पनि, मुख्य कुरा भनेको, तिमीहरू यसलाई अभ्यास गर्न बिलकुल इच्छुक छैनौ; यो नै तिमीहरूको सबैभन्दा ठूलो कठिनाइ हो। यदि तिमीहरूले यसलाई तुरुन्तै समाधान गरेनौ भने, यो तिमीहरूको निम्ति सबैभन्दा ठूलो अवरोध हुनेछ।

अघिल्लो: अध्याय ५७

अर्को: अध्याय ५९

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्