अध्याय ३३

वास्तवमा, परमेश्‍वरले मानिसहरूमा जे गर्नुभएको छ, र उहाँले तिनीहरूलाई जे दिनुभएको छ, साथै मानिसहरूमा जुन कुराहरू छन् त्यसको आधारमा यो भन्न सकिन्छ, कि उहाँले मानिसहरूबाट गर्नुभएका मागहरू अत्याधिक छैनन्, उहाँले तिनीहरूबाट धेरै कुराको माग गर्नुहुन्न। त्यसो भए, तिनीहरूले कसरी परमेश्‍वरलाई प्रसन्न पार्ने प्रयास गर्न सक्दैनन्? परमेश्‍वरले मानिसलाई सतप्रतिशत दिनुहुन्छ, तापनि उहाँले एक प्रतिशतको एक अङ्श मात्र माग्नुहुन्छ—के यो धेरै माग्नु हो र? के परमेश्‍वरले शून्यबाट समस्या उत्पन्न गर्दैहुनुहुन्छ? धेरै चोटि मानिसहरूले आफैलाई चिन्दैनन्; तिनीहरूले परमेश्‍वरको सामु आफैलाई जाँच्दैनन्, यसैले तिनीहरू धेरै पटक पासोमा पर्छन्—यसलाई कसरी परमेश्‍वरसँग मिलेर काम गरेको मान्न सकिन्छ? यदि परमेश्‍वरले मानिसहरूमाथि गह्रौं बोझ नराख्नुहुने भए तिनीहरू गिलो माटो जस्तै खतम हुनेथिए, र काम खोज्ने जिम्मेवारी आफैमाथि लिने थिएनन्। मानिसहरू यस्तै प्रकारका छन्—कि निष्क्रिय कि त नकारात्मक, परमेश्‍वरसित सक्रिय रूपले सहकार्य गर्न सधैँ असक्षम हुन्छन्, आफैमा हार खानका निम्ति सधैँ नकारात्मक कारण खोज्छ। के तँ साँच्चै त्यस्तो व्यक्ति होस् जसले सबै कुरा आफ्नै निम्ति गर्दैन, तर परमेश्‍वरलाई सन्तुष्ट पार्नका निम्ति गर्छ? के तँ साँच्चै त्यस्तो व्यक्ति होस् जो भावनाहरूमा भर पर्दैन, जसको आफ्नै व्यक्तिगत रुचिहरू हुँदैन, र जसले परमेश्‍वरको कामका आवश्यकताहरू पूरा गर्छ? “मानिसहरू किन सधैँ मसँग सौदाबाजी गर्ने कोसिस गर्छन्? के म व्यापार केन्द्रको महा-प्रबन्धक हुँ? मानिसहरूले मैले भनेका कुरा केही नगरे पनि म किन मानिसहरूले मबाट मागेका कुरा सम्पूर्ण हृदयले पूरा गर्दछु, तापनि, मैले मानिससँग गरेको माग व्यर्थ हुन्छ?” परमेश्‍वरले किन एकपछि अर्को गर्दै त्यस्ता कुराहरू सोध्‍नुहुन्छ? उहाँ किन यस्तो निराशाको भावनामा कराउनुहुन्छ? परमेश्‍वरले मानिसहरूमा केही पनि हासिल गर्नुभएको छैन; उहाँले तिनीहरूले लिएका र चुनेका काम मात्र देख्नुहुन्छ। किन परमेश्‍वरले “मैले मानिससँग गरेको माग व्यर्थ हुन्छ” भनी भन्नुहुन्छ? आफैलाई सोध्: सुरुदेखि अन्त्यसम्म कसले त्यो काम गर्न सक्छ जुन तिनीहरूको कर्तव्य हो, त्यो काम जसको निम्ति तिनीहरूसित पूर्ण रूपमा कुनै विकल्प हुँदैन? कसले तिनीहरूको हृदयमा भावनाहरूको आधारमा काम गर्दैनन्? मानिसहरूले आफ्‍नो व्यक्तित्वलाई बेलगाम छोडिदिन्छन्, तिनीहरूले जे गर्छन् त्यसमा कहिल्यै दृढ हुँदैनन्, मानौं तिनीहरूले तीन दिनसम्म माछा मारेर त्यसपछि आफ्ना जालहरू छोडेर अरू दुई दिन आलस्यमा बिताउँछन्। तिनीहरू घरी तातो र घरी चिसो हुन्छन्: जब तिनीहरू तातो हुन्छन्, तिनीहरूले पृथ्वीका सबै थोकहरू जलाउन सक्छन्, र जब तिनीहरू चिसो हुन्छन्, तिनीहरूले पृथ्वीमा भएको सबै पानी जमाउन सक्छन्। यो मानिसको कार्य होइन, तापनि यो मानिसको अवस्थाको बारेमा सबभन्दा उचित उपमा हो। के यो तथ्य होइन र? सायद ममा मानिसहरूको बारेमा “धारणाहरू” हुन सक्छन्, सायद म तिनीहरूको बदनाम गर्दैछु—तर जे भए पनि, “सत्यताद्वारा तँ सारा संसार हिँड्नेछस्; सत्यताविना तँ कहीँ पनि पुग्नेछैनस्।” यो मानिसको उक्ति भए पनि, मलाई लाग्छ यो यहाँ प्रयोग गर्न उपयुक्त छ। मैले जानाजानी मानिसहरूका आत्माहरूलाई निरुत्साहित र उनीहरूका कामलाई अस्वीकार गरिरहेको छैनँ। म तिमीहरूलाई केही प्रश्नहरू गर्छु: कसले परमेश्‍वरको कामलाई तिनीहरूका आफ्नै कर्तव्यको कामको रूपमा हेर्छ? कसले “यदि मैले परमेश्‍वरलाई सन्तुष्ट पार्न सक्छु भने, म मेरा सबै कुरा दिन्छु” भनेर भन्‍न सक्छ? कसले यसो भन्न सक्दछ, “अरूले जे गरे पनि, म परमेश्‍वरलाई चाहिने सबै कुरा गर्नेछु, र परमेश्‍वरको कामको अवधि लामो वा छोटो जे भए पनि, म आफ्नो कर्तव्य पूरा गर्नेछु; परमेश्‍वरको कामलाई टुङ्गोमा पुऱ्याउनु उहाँको काम हो, र यो सोचमा मग्‍न हुने कुरा होइन”? त्यस्तो ज्ञान प्राप्त गर्न सक्‍ने को छ? तिमीहरू के विचार गर्छौ त्यसको महत्त्व हुँदैन—हुन सक्छ, तँमा अझ उच्च अन्तर्दृष्टि छ, जुन अवस्थामा म विनाविरोध स्वीकार गर्छु, हार स्वीकार गर्दछु—तापनि मैले तँलाई भन्नैपर्छ कि परमेश्‍वरले इमानदार हृदय चाहनुहुन्छ, त्यस्तो हृदय जुन निष्कपट र जोसिलो हुन्छ, अकृतज्ञ ब्वाँसोको हृदय होइन। तँ यो “सौदाबाजी” को बारेमा के जान्दछस्? सुरुदेखि अन्त्यसम्म, तिमीहरू “संसार घुमेका” छौ। एकै छिनमा तँ अनन्त वसन्त भएको “कुनमिंग” सहरमा हुन्छस्, र आँखाको झिमिकमा तँ असह्य चिसो, हिउँले ढाकिएको “दक्षिणी ध्रुव” मा पुग्छस्। जो कहिल्यै आफ्‍नो सामान्य अवस्थामा फर्केर गएको हुँदैन? परमेश्‍वरले माग्नुहुने भनेको “मृत्यु नहुञ्जेल विश्राम नगर्नु” भन्‍ने हो; उहाँले चाहनुहुने कुरा भनेको “दक्षिणी पर्खालमा नपुगुञ्‍जेल पछि नफर्कनु” भन्‍ने भावना हो। स्वाभाविक रूपमा, परमेश्‍वरको अभिप्राय मानिसले गलत मार्ग अपनाओस् भन्ने छैन, तर त्यस्तो भावना अपनाओस् भन्ने छ। जसरी परमेश्‍वर भन्नुहुन्छ, “जब मानिसहरूले मेरा थोकहरूलाई दिएका ‘उपहारहरू’ को तुलना गर्दछु, मानिसहरूले तुरुन्तै मेरो अनमोलता थाहा पाउँछन्, तब मात्र तिनीहरूले मेरो अपरिमेयता देख्छन्।” यी शब्दहरूको व्याख्या कसरी गर्न सकिन्छ? सायद, माथिका शब्दहरू पढ्दा त्यसले तँलाई केही ज्ञान दिन्छ, किनकि परमेश्‍वरले विश्लेषण गर्नको लागि मानिसको सम्पूर्ण हृदयलाई बाहिर निकाल्नुहुन्छ, जुन समयमा मानिसहरूले यी शब्दहरूलाई बुझ्छन्। तर परमेश्‍वरका वचनहरूको गहन भित्री अर्थको कारण, मानिसहरू पुरानो देहबारे अस्पष्ट रहन्छन्, किनकि तिनीहरूले मेडिकल विश्‍वविद्यालयमा अध्ययन गरेका छैनन्, न त तिनीहरू पुरातत्त्वविद् नै हुन्, यसैले तिनीहरूले यो नयाँ शब्द बुझ्न नसकिने छ भन्‍ने महसुस गर्छन्—त्यसपछि मात्र तिनीहरू केही समर्पित हुन्छन्। किनकि मानिसहरू पुरानो देहको अघि शक्तिहीन छन्; यो हिंस्रक जनावरजस्तो नभए पनि, मानवजातिलाई नामेट पार्ने आणविक बमजस्तो सशक्त नभए पनि, तिनीहरू यसलाई के गर्ने भनेर जान्दैनन्, मानौं, तिनीहरू शक्तिहीन छन्। तर मेरो लागि, पुरानो देहलाई निराकरण गर्ने तरिकाहरू छन्। मानिसले विरोध गर्ने उपायको बारेमा कहिल्यै सोचविचार गर्ने कोसिस नगरेकोले मानिसका विभिन्न अनौठापनहरू मेरो आँखाको सामु निरन्तर झल्‍किरहन्छन्; जसरी परमेश्‍वरले भन्नुभएको छ: “जब म उनीहरूलाई मेरो सम्पूर्णता देखाउँछु, तिनीहरू मेरो अगि गतिहीन, नुनको खामो जस्तो खडा भएर आँखा फुकाल्दै मलाई हेर्छन्। अनि जब म तिनीहरूको विचित्रता देख्छु, म मेरो हाँसो रोक्न सक्दिनँ। तिनीहरू मबाट थोकहरू माग्न आउने हुनाले, म मेरो हातमा भएका थोकहरू तिनीहरूलाई दिन्छु, र तिनीहरूले ती कुराहरूलाई आफ्नो छातीमा टाँस्छन्, ती कुरालाई नवजात शिशुलाई झैं माया गर्छन्, तिनीहरू एक क्षण मात्र त्यस्ता भावनाहरूमा संलग्न हुन्छन्।” के यी पुरानो देहका कामहरू होइनन्? आज मानिसहरूसँग बुझाइ भएको अवस्थामा, तिनीहरू किन देहलाई त्याग्दैनन्, र त्यसको सट्टामा अझै त्यसैमा लागिरहन्छन्? वास्तवमा भन्ने हो भने, परमेश्‍वरका आवश्यकताहरूको भाग मानिसद्वारा अप्राप्य हुँदैन, तापनि मानिसहरूले यसमा कुनै ध्यान दिँदैनन्, किनकि “म मानिसलाई हल्‍का रूपमा दण्ड दिँदिन। यही कारणले गर्दा मानिसहरूले सधैँ तिनीहरूका देहलाई स्वतन्त्र रूपमा छोडेका छन्। तिनीहरूले मेरो इच्छालाई अवलोकन गर्दैनन्, तर मेरो न्याय-आसनको अगि मसँग खुसामदी गरेका छन्।” के यो मानिसको कद होइन? यो परमेश्‍वरले जानाजानी आलोचना गर्नुहुन्छ भन्‍ने होइन, तर यो वास्तविकता हो—के परमेश्‍वरले यसको व्याख्या गर्नुपर्छ? जसरी परमेश्‍वर भन्नुहुन्छ, “मानिसहरूको ‘विश्‍वास’ अति ठूलो भएकोले तिनीहरू ‘प्रशंसनीय’ भएका हुन्।” यस कारणले गर्दा, म परमेश्‍वरका व्यवस्थापनहरू पालन गर्दछु, र म यो कुरा धेरै भन्दिनँ; मानिसहरूको “विश्‍वास” को कारण म यसलाई सदुपयोग गर्छु, र त्यसलाई प्रयोग गरी म तिनीहरूलाई मैले स्मरण नगरिकनै आफ्‍ना काम गर्ने बनाउँछु। के यसो गर्नु गलत हो? के परमेश्‍वरलाई चाहिएको पनि ठीक यही होइन र? हुनसक्छ, यस्ता शब्दहरू सुन्दा केही मानिसहरू दिक्‍क हुन्छन्—त्यसैले तिनीहरूलाई केही सहज बनाउन म अर्को कुराको बारेमा बोल्छु। जब सम्पूर्ण ब्रह्माण्डका परमेश्‍वरका चुनिएका सबै मानिसहरू सजायबाट भएर जान्छन्, र जब मानिसभित्रको अवस्था सुधारिन्छ, मानिसहरू आफ्नो हृदयमा गोप्य रूपमा रमाउँछन्, मानौं तिनीहरू महासंकष्टबाट उम्केका छन्। यस समयमा, मानिसहरूले आफ्नै लागि निर्णय गर्नेछैनन्, किनकि यो वास्तवमा परमेश्‍वरको अन्तिम कामको अवधिमा हासिल गरिने प्रभाव हो। उहाँका चरणहरू आजसम्म पनि अगाडि बढ्दैजाँदा, परमेश्‍वरका छोराहरू र मानिसहरू सबै सजायमा प्रवेश गरेका छन्, र इस्राएलीहरू पनि यस चरणबाट उम्कन सक्दैनन्, किनकि मानिसहरू आफैमा अशुद्धपनले कलङ्कित भएका छन्, यसैले परमेश्‍वरले सबै मानिसहरूलाई शोधन गर्नका निम्ति ठूलो पगाल्ने भट्टीमा प्रवेश गर्न डोऱ्याउनुहुन्छ, जुन एउटा आवश्यक मार्ग हो। यो पार भएपछि, मानिसहरू मृत्युबाट पुनरुत्थान हुनेछन् जसको बारेमा परमेश्‍वरले “सात आत्माका वाणीहरू” मा पहिले नै बताउनुभएको थियो। यसैले मानिसहरू नचिढिऊन् भनी म यसको बारेमा अरू कुरा गर्नेछैनँ। परमेश्‍वरको काम अचम्मको भएकोले, परमेश्‍वरको मुखबाट बोलिएका अगमवाणीहरू आखिरमा हासिल गरिनुपर्छ; जब परमेश्‍वरले मानिसहरूलाई फेरि उनीहरूको धारणाको बारेमा बोल्न लगाउनुहुन्छ, तिनीहरू अचम्मित हुन्छन्, त्यसैले कोही बेचैन वा चिन्तित हुनु हुँदैन। मैले भनेको जस्तै, “मेरा सबै कामहरूमा, के कुनै यस्तो चरण थियो, जुन मानिसको हातद्वारा पूरा गरिएको थियो?” के तैँले यी वचनहरूको सार बुझिस्?

अघिल्लो: अध्याय ३२

अर्को: अध्याय ३५

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

मानिसको सामान्य जीवन पुनर्स्थापना गर्नु र उसलाई सुन्दर गन्तव्यमा लिएर जानु

मानिसले आजको काम र भविष्यको कामबारे थोरै जान्दछ तर उसले त्यो गन्तव्य बुझ्दैन जसमा मानवजाति प्रवेश गर्नेछ। एक सृष्टि भएको हैसियतले, मानिसले...

परमेश्‍वर र उहाँको कार्यलाई चिन्नेहरूले मात्र परमेश्‍वरलाई सन्तुष्ट पार्न सक्छन्‌

देहधारी परमेश्‍वरको कार्य दुई भागमा समावेश छ। जब उहाँ पहिलो पटक देह बन्नुभयो, मानिसहरूले उहाँमा विश्‍वास गरेनन्‌ वा उहाँलाई चिनेनन्‌, र...

परमेश्‍वरलाई साँच्‍चै प्रेम गर्नेहरू ती हुन् जो उहाँको व्यावहारिकताप्रति पूर्ण रूपमा समर्पित हुन सक्छन्

व्यावहारिकताको ज्ञान र परमेश्‍वरको कामको पूर्ण बुझाइ प्राप्त गर्नु—यी दुवै उहाँका वचनहरूमा देखिन्छन्, र यी वाणीहरूमार्फत मात्र तैँले...

अभ्यास (६)

आज, पत्रुसको समझ प्राप्त गर्नेबारेमा चिन्ता नगर—धेरै मानिसहरूले पावलको समझ पनि प्राप्त गर्न सक्दैनन्। तिनीहरूसँग पावलको आत्म-सचेतना पनि...

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्