मार्ग … (८)

मानवजातिसँग अन्तरक्रिया गर्न र मानिसहरूसँगै जिउनको लागि परमेश्‍वर पृथ्वीमा आउनुभएको एक वा दुई दिन मात्र भएको छैन। सायद, यो अवधिमा मानिसहरूले परमेश्‍वरको बारेमा धेरै राम्रो ज्ञान हासिल गर्छन्, र सायद तिनीहरूले परमेश्‍वरको सेवा गर्नेबारेमा अलि धेरै नै अन्तर्दृष्टि प्राप्त गर्छन्, अनि तिनीहरू परमेश्‍वरमाथिको विश्‍वासमा अनुभवले ओतप्रोत हुन्छन्। स्थिति जे-जस्तो भए पनि, मानिसहरूले परमेश्‍वरको स्वभावलाई करिबकरिब बुझ्छन्, र तिनीहरूले तिनीहरूका आफ्नै स्वभावहरूलाई विविध तरिकाले व्यक्त गर्छन्। मैले जसरी हेर्छु सोअनुरूप, परमेश्‍वरले नमुनाको रूपमा प्रयोग गर्नको लागि मानिसहरूका विविध प्रकटीकरणहरू नै पर्याप्त छन्, र उहाँले सन्दर्भ सामग्रीको रूपमा प्रयोग गर्नको लागि तिनीहरूका मानसिक क्रियाकलापहरू नै काफी छन्। यो मानिस र परमेश्‍वरबीचको सहकार्यको एक पक्ष हुन सक्छ, जसको बारेमा मानिस अनभिज्ञ छ र यसले परमेश्‍वरद्वारा निर्देशित यो कार्य-सम्पादनलाई एकदमै स्पष्ट र जीवन्त बनाउँछ। मैले यी कुराहरू यो नाट्य रचनाको महानिर्देशकको हैसियतबाट मेरा दाजुभाइ र दिदीबहिनीहरूलाई भनिरहेको छु—यसमा भूमिका निर्वाह गरिसकेपछि हामीमध्ये हरेकले आफ्ना सोच र अनुभूतिहरूको बारेमा कुरा गर्न सक्नेछौं र हामीमध्ये प्रत्येकले यो नाट्य रचनाभित्र के-कसरी आफ्ना जीवन अनुभव गरेका छौ सोबारेमा कुराकानी गर्न सक्नेछौं। हामीले हाम्रा मनका कुराहरू खोल्न र हाम्रा प्रदर्शन कलाहरूको बारेमा कुरा गर्नको लागि पूर्ण रूपमा नयाँ प्रकारको संगोष्ठी पनि आयोजना गर्न सक्छौं र परमेश्‍वरले हरेक व्यक्तिलाई कसरी मार्गनिर्देश गर्नुहुन्छ सो हेर्न सक्छौं ताकि हामीले अर्को कला प्रदर्शनीमा आफ्नो उच्च तहको कला प्रस्तुत गर्न सकौं र हरेकले सम्भव भएको सबैभन्दा ठूलो हदसम्म आफ्नो भूमिका निर्वाह गर्न सकौं र परमेश्‍वरलाई निराशा नपार्न सकौं। मलाई आशा छ, मेरा दाजुभाइ र दिदीबहिनीहरूले यसलाई गम्भीर रूपमा लिनेछन्। कसैले पनि यसलाई हल्का रूपमा लिनु हुँदैन, किनभने राम्रोसित भूमिका निर्वाह गर्न सक्ने हुनु भनेको एक वा दुई दिनमा हासिल गर्न सकिने कुरा होइन; यसको लागि हामीले जीवनको अनुभव गर्न र दीर्घकालीन रूपमा हाम्रा वास्तविक जीवनको अझ बढी गहिराइमा जान आवश्यक पर्छ। तब मात्र हामी यो मञ्चमाथि जान सक्छौं। म मेरा दाजुभाइ र दिदीबहिनीहरूको लागि पूर्ण आशावादी छु। मलाई भरोसा छ, तिमीहरू निरुत्साहित र हतोत्साहित हुनेछैनौ, परमेश्‍वरले जेसुकै गर्नुभए तापनि तिमीहरू आगोको भाँडोजस्तै हुनेछौ: कहिल्यै मत्थर हुनेछैनौ, बरु अन्त्यसम्म नै, परमेश्‍वरको काम पूर्ण रूपमा प्रकट भइन्जेलसम्म नै, परमेश्‍वरले निर्देशन गर्नुभएको नाट्य रचना अन्तिम निष्कर्षमा पुगुन्जेलसम्म नै दृढ रहनेछौ। म तिमीहरूलाई अरू केही पनि माग्दिन, म यो मात्रै आशा गर्छु कि तिमीहरूले सहन गर्न सक्नेछौ, तिमीहरू नतिजाको लागि अधैर्य हुनेछैनौ, तिमीहरूले मसँग सहकार्य गर्नेछौं ताकि मैले गर्नुपर्ने काम राम्रोसित सम्पन्न हुन सकून्, र कसैले पनि अवरोध र बाधाव्यवधान खडा गर्दैनन्। जब कामको यो भाग पूरा हुनेछ, परमेश्‍वरले तिमीहरूसामु हरेक कुरा प्रकट गर्नुहुनेछ। मेरो काम पूरा भएपछि, उहाँलाई लेखा दिन म तिमीहरूको विवरण परमेश्‍वरसमक्ष प्रस्तुत गर्नेछु। के त्यो उत्तम हुँदैन र? आफ्ना लक्ष्यहरू हासिल गर्नको लागि एक-अर्कालाई सहयोग गर्नु—के यो प्रत्येक व्यक्तिको लागि सर्वोत्तम समाधान हुँदैन र? अहिले मुस्किलको घडी हो, जसमा तिमीहरूले मूल्य चुकाउनुपर्छ। म अहिले निर्देशक भएको कारण तिमीहरूमध्ये कोही पनि हैरान भएका छैनौ होला भन्‍ने आशा छ। मैले गरिरहेको काम यही हो। सायद एक दिन म अझ बढी उपयुक्त “कार्य इकाइ” तर्फ जानेछु र तिमीहरूको लागि फेरि कहिल्यै परिस्थिति अप्ठ्यारो पार्नेछैन। म तिमीहरूलाई तिमीहरूले हेर्न चाहेको हरेक कुरा देखाउनेछ र तिमीहरूले सुन्न चाहेको हरेक कुरा सुनाउनेछु। तर अहिले होइन। आजको काम भनेको यही काम हो, र म तिमीहरूलाई पूर्ण स्वतन्त्रता दिन सक्दिन र जे मन लाग्यो त्यही गर्न अनुमति दिन सक्दिन। त्यसले मेरो कामलाई गाह्रो बनाउनेछ; इमानदारपूर्वक कुरा गर्दा, यसले कुनै फल फलाउँदैन, र तिमीहरूको लागि यो कुनै फाइदाको हुनेछैन। त्यसैले अज, तिमीहरूले “अन्याय” भोग्नुपर्छ। जब त्यो दिन आउँछ, र मेरो कामको यो चरण पूरा हुन्छ, तब म स्वतन्त्र हुनेछु, ममा त्यति गह्रौं बोझ हुनेछैन, अनि म तिमीहरूले मबाट जे माग्छौ त्यो स्वीकार गर्नेछु; तिमीहरूले जे कुरा माग्छौ त्यो कुरा तिमीहरूको जीवनको लागि फाइदाजनक छ भने, म तिमीहरूको त्यो माग पूरा गर्नेछु। आज, मैले गह्रौं उत्तरदायित्व लिएको छु। म परमेश्‍वर पिताको आदेश विरुद्ध जान सक्दिन र म मेरो कामका योजनाहरूलाई भङ्ग गर्न सक्दिन। म आफ्ना व्यक्तिगत मामिलाहरूलाई काम-काजका मामिलाहरूद्वारा व्यवस्थापन गर्न सक्दिन—मलाई आशा छ, तिमीहरू सबैले मलाई बुझ्न र क्षमा दिन सक्छौ, किनभने मैले गर्ने सबै काम-कुरा परमेश्‍वर पिताको चाहनारूअनुरूप छ; उहाँले जे चाहनुहुन्छ म त्यही गर्छु, चाहे उहाँले जेसुकै चाहनुभएको होस् र म उहाँको रिस वा उहाँको क्रोध भड्काउन चाहन्न। म आफूले जे गर्नुपर्छ त्यो मात्र गर्छु। त्यसकारण, परमेश्‍वर पिताको तर्फबाट, म तिमीहरूलाई अलि लामो समय सहन गर्न सल्लाह दिन्छु। कसैले पनि चिन्ता गर्नु पर्दैन। मैले जे गर्न आवश्यक छ त्यो पूरा गरिसकेपछि, तिमीहरूले आफूलाई जे मन लाग्छ त्यो गर्न सक्छौ र आफूलाई जे मन पर्छ त्यो हेर्न सक्छौ—तर मैले जुन काम गर्न आवश्यक छ मैले पहिले त्यो पूरा गर्नैपर्छ।

कामको यस चरणमा हामीबाट ठूलो विश्‍वास र प्रेम आवश्यक हुन्छ। थोरै लापरवाहीको कारण हामीले ठक्कर खान सक्छौं, किनकि यस चरणको काम पहिलेका सबै चरणहरू भन्दा फरक छ: परमेश्‍वरले जे सिद्ध पार्दै हुनुहुन्छ त्यो मानवजातिको विश्‍वास हो, जुन अदृष्य र अमूर्त दुवै छ। परमेश्‍वरले जे गर्नुहुन्छ त्यो वचनहरूलाई विश्‍वासमा, प्रेममा र जीवनमा परिवर्तन गर्नु हो। मानिसहरू त्यो विन्दुमा पुग्नुपर्छ जहाँ तिनीहरूले सयौं शुद्धीकरणहरू सहन गरिसकेका हुन्छन् र तिनीहरूले अय्यूबको भन्दा ठूलो विश्‍वास धारण गरिसकेका हुन्छन्। तिनीहरूले परमेश्‍वरलाई नछाडीकनै अविश्‍वसनीय कष्ट र हरप्रकारका यातना सहन गर्नुपर्छ। जब तिनीहरू मृत्युसम्मै आज्ञाकारी रहन्छन्, र तिनीहरूसँग परमेश्‍वरमाथिको ठूलो विश्‍वास हुन्छ, तब परमेश्‍वरको कामको यो चरण पूरा हुन्छ। मैले जिम्मा लिएको काम यही हो, त्यसैले म आशा गर्छु, मेरा दाजुभाइ र दिदीबहिनीहरूले मेरो कठिन परिस्थिति बुझ्न सक्छन् र तिनीहरूले मसँग अरू केही माग्दैनन्। यो परमेश्‍वर पिताले मेरो लागि तोक्नुभएको मापदण्ड हो, र म यो वास्तविकताबाट उम्कन सक्दिन; मैले आफूले गर्नुपर्ने काम गर्नैपर्छ। म के मात्र आशा गर्छु भने तिमीहरूले जबरजस्ती वाद-विवाद र भ्रष्ट तर्कको प्रयोग गर्नेछैनौ, तिमीहरू अझ बढी अन्तर्दृष्टिपूर्ण हुनेछौ, र मामिलाहरूलाई त्यति सरल रूपमा हेर्नेछैनौ। तिमीहरूको सोचाइ बच्चाको जस्तो, अति अनुभवहीन छ। परमेश्‍वरको काम तिमीहरूले कल्पना गरेजस्तो त्यति सरल छैन, उहाँले आफूलाई जे मन लाग्यो त्यही गर्नुहुन्न; यदि उहाँले त्यस्तो गर्नुभयो भने उहाँको योजना बिग्रनेथियो। के तिमीहरू यस्तै भन्‍नेथियौ होइन र? म परमेश्‍वरको काम गर्दै छु। मैले मानिसहरूको यो वा त्यो काम मात्रै गरिरहेको छैन, आफूलाई जे गर्न मन लाग्यो त्यो गरिरहेको छैन अनि मैले केही गर्ने कि नगर्ने भनेर व्यक्तिगत रूपमा बन्दोबस्त गरिरहेको छैन। परिस्थिति आज त्यति सरल छैन। मलाई पिताले निर्देशकको रूपमा काम गर्न पठाउनुभएको छ—के तिमीहरूलाई मैले यो आफैले बन्दोबस्त गरेको वा रोजेको हो जस्तो लाग्छ? मानिसका विचारहरूले प्रायजसो परमेश्‍वरको कामलाई रोक्ने प्रवृत्ति हुन्छ, त्यसकारण मैले केही अवधिसम्म काम गरेपछि, मानिसहरूबाट मलाई धेरै अनुरोधहरू आउँछन् जुन म पूरा गर्न सक्दिन, अनि मानिसहरूले मेरो बारेमा सोच बदल्छन्। तिमीहरू सबै तिमीहरूका यी विचारहरूको बारेमा स्पष्ट हुनुपर्छ; म तिनीहरूको बारेमा एकएक गरी कुरा गर्नेछैन, म केवल आफूले गर्ने कामको बारेमा मात्र बताउन सक्छु। यसबाट मेरा भावनाहरूमा बिलकुलै ठेस पुग्दैन। यो कुरालाई बुझिसकेपछि तिमीहरूले यसलाई जसरी मन लाग्छ त्यसरी हेरे हुन्छ। म कुनै पनि विरोध जनाउँदिन किनभने परमेश्‍वरले यसरी नै काम गर्नुहुन्छ; म यसलाई बताउन बिलकुलै बाध्य छैन। म केवल वचनहरूको काम गर्न, वचनहरूको निर्देशनमार्फत यो नाट्य रचनाको काम गर्न र यसलाई मञ्चन हुने तुल्याउन आएको हुँ। मैले अन्य कुनै पनि विषयको बारेमा कुरा गर्न जरुरी छैन, न त मैले अन्य कुनै पनि काम गर्न नै जरुरी छ। मैले जे भन्नुथियो त्यो भनिसकेको छु, म तिमीहरूले के सोच्छौ भन्‍ने कुरालाई वास्ता गर्दिन, र त्यो कुरा मेरो लागि कुनै महत्त्वको हुँदैन। तर म तिमीहरूलाई स्मरण गराउन चाहन्छु कि परमेश्‍वरको काम तिमीहरूले कल्पना गरेजस्तो सरल छैन। मानिसहरूको धारणाहरूसँग यो जति धेरै नमिल्ने हुन्छ, यसको महत्त्व त्यति नै बढी गहन हुन्छ; अनि मानिसहरूको धारणाहरूसँग यो जति धेरै मिल्ने हुन्छ, यो त्यति नै कम महत्त्वको हुन्छ, यसमा वास्तविक महत्त्वको त्यति नै धेरै कमी हुन्छ। यी वचनहरूलाई सावधानीपूर्वक लेओ—म यसको बारेमा यति नै भन्‍नेछु। तिमीहरूले बाँकी कुरा आफै विश्लेषण गर्न सक्छौ। म यसको व्याख्या गर्नेछैन।

परमेश्‍वरले कुनै निश्चित शैलीमा काम-कुराहरू गर्नुहुन्छ भनी मानिसहरूले कल्पना गर्छन्, तर गएको यो वर्ष वा आसपासमा, परमेश्‍वरको कामको बारेमा जे देख्यौं र अनुभव गर्यौं, के त्यो साँच्चिकै मानव धारणाहरूसँग मिल्दो छ त? संसारको सृष्टिदेखि अहिलेसम्म, कोही-कसैले पनि परमेश्‍वरको कामका चरणहरू वा नियमहरूलाई बुझ्न सकेको छैन। यदि तिनिहरूले बुझ्न सक्थे भने, ती धार्मिक अगुवाहरूले चाहिँ किन परमेश्‍वरले आज यसरी काम गर्नुहुन्छ भनी बुझ्दैनन् त? किन अत्यन्तै कम मानिसहरूले मात्र आजको वास्तविकतालाई बुझ्छन् त? यसबाट हामी देख्न सक्छौं कि कोही-कसैले पनि परमेश्‍वरको कामलाई बुझ्दैन। मानिसहरूले उहाँको आत्माको मार्गनिर्देशन अनुरूप मात्रै कार्य गर्नुपर्छ; तिनीहरूले उहाँको काममा कठोरतापूर्वक नियमहरू लागू मात्र गरिरहनु हुँदैन। यदि तैँले येशूको स्वरूप र कामलाई लिएर परमेश्‍वरको वर्तमान कामसँग तुलना गर्छस् भने, यो त यहूदीहरूले येशूलाई यहोवासँग दाँज्न खोजेको जस्तो मात्र हुन्छ। के यसो गर्दा तिमीहरूले अवसर गुमाउँदैनौं र? येशूलाई पनि आखिरी दिनहरूको परमेश्‍वरको काम के-कस्तो हुन्छ भन्‍ने थाहा थिएन; उहाँलाई थाहा भएको कुरा भनेको उहाँले क्रूसमा टाँगिने कार्यलाई पूरा गर्न आवश्यक छ भन्‍ने मात्र थियो। त्यसकारण, अरूले कसरी जान्‍न सक्थे र? तिनीहरूले कसरी भविष्यमा परमेश्‍वरले के गर्नुहुनेछ भनेर जान्‍न सक्थे र? परमेश्‍वरले कसरी शैतानको अधीनमा रहेका मानिसहरूलाई उहाँको योजना खुलासा गर्नसक्नुहुन्थ्यो र? के त्यो मूर्खता हुँदैनथ्यो र? परमेश्‍वरले तँलाई उहाँको इच्छा जान् र बुझ् भनी भन्नुहुन्छ। उहाँले तँलाई उहाँको भावी कार्यको बारेमा सोचविचार गर् भनेर भन्नुहुन्न। हामीले परमेश्‍वरमाथिको विश्‍वासको मात्र चासो राख्‍नुपर्छ, उहाँको मार्गदर्शनअनुरूप कार्य गर्नुपर्छ, वास्तविक कठिनाइहरू सम्हाल्दा व्यावहारिक हुनुपर्छ, र परमेश्‍वरको लागि परिस्थिति कठिन बनाउनु वा उहाँको लागि समस्या खडा गर्नु हुँदैन। हामीले आफूले जे गर्नुपर्ने हो त्यो गर्नुपर्छ; हामी परमेश्‍वरको वर्तमान कामभित्र रहन सक्छौं भने, त्यो नै काफी हुन्छ! मैले तिमीहरूलाई अगुवाइ गरी लैजाने बाटो यही हो। यदि हामी केवल निरन्तर अघि बढ्ने कुरामा मात्र ध्यान केन्द्रित गर्छौं भने परमेश्‍वरले हामीमध्ये कसैलाई पनि नराम्रो व्यवहार गर्नुहुन्न। तिमीहरूका असाधारण अनुभवहरूको यो विगत वर्षमा तिमीहरूले धेरै कुरा हासिल गरेका छौ; मलाई भरोसा छ, तिमीहरूले यसलाई त्यति गाह्रो रूपमा लिनेछैनौ। मैले तिमीहरूलाई अगुवाइ गरी लैजाँदै गरेको बाटो नै मेरो काम र मेरो मिसन हो, र यसलाई परमेश्‍वरले धेरै पहिले नै प्रबन्ध गर्नुभएको थियो, त्यसैले हामी यहाँसम्म, आजको दिनसम्म आइपुग्ने कुरा पूर्व-निर्धारित कुरा थियो। हामीले यति गर्न सक्यौं, यो हाम्रो आशिष् हो, र यो बाटो त्यति समतल नभएको भए तापनि, हाम्रो मित्रता अनन्तकालीन छ, र यो युगौंयुगसम्म हस्तान्तरण हुँदै जानेछ। चाहे खुसीयाली र हाँसो होस् वा चाहे दुःख र आँसु होस्, हामी यसलाई एक सुन्दर याद बनाऔं! तिमीहरूलाई थाहै होला, मेरो कामका दिनहरू त्यति धेरै छैनन्। मेरा कार्य परियोजनाहरू धेरै छन्, र म तिमीहरूलाई बारम्बार साथ दिइरहन सक्दिन। म आशा गर्छु, तिमीहरूले मलाई बुझ्न सक्छौ—किनभने हाम्रो मौलिक मित्रता परिवर्तन भएको छैन। सायद एक दिन म फेरि तिमीहरूकहाँ देखा पर्नेछु, र म आशा गर्छु, तिमीहरूले मेरो लागि परिस्थिति कठिन बनाउनेछैनौ। आखिर, म तिमीहरूभन्दा फरक छु। म मेरो कामको लागि सर्वत्र यात्रा गर्छु र म मेरो जीवन होटेलतिर समय कटाउँदै मात्र जिउँदिन। तिमीहरू जे-जस्तो नै भए पनि, म मैले गर्नुपर्ने काम मात्र गर्छु। म आशा गर्छु, हामीले विगतमा बाँडीचुँडी गरेका कुराहरू हाम्रो मित्रताको पुष्पगुच्छा बन्नेछन्।

के भन्न सकिन्छ भने यो बाटो मैले खुला गरेको हुँ र तीतो वा मीठो जे-जस्तो भए पनि यो बाटोको अगुवाइ मैल गरेको हुँ। आजका दिनसम्म हामी आइपुग्न सकेको चाहिँ परमेश्‍वरको अनुग्रहको कारणले नै हो। मलाई धन्यवाद दिने केही व्यक्तिहरू होलान्, मेरो बारेमा उजुरी गर्ने केही व्यक्तिहरू होलान्—तर ती कुनै पनि कुराले कुनै महत्त्व राख्दैन। म मानिसहरूको यो समूहमा जे हासिल गरिनुपर्थ्यो त्यो हासिल भएको मात्र हेर्न चाहन्छु। यो खुसीयाली मनाउनुपर्ने कुरा हो। त्यसकारण, मेरो विरुद्ध उजुरी गर्नेविरुद्ध म कुनै द्वेष राख्दिन; म केवल सकेसम्म चाँडो मेरो काम सम्पन्न गर्न चाहन्छु ताकि परमेश्‍वरको हृदयले चाँडै विश्राम लिन सकोस्। त्यो समयमा, म कुनै गह्रौं बोझ लिनेछैन र परमेश्‍वरको हृदयमा कुनै पनि चिन्ता हुनेछैन। के तिमीहरू आफ्नो सहकार्यलाई अझ सुदृढ पार्न इच्छुक छौ? के परमेश्‍वरको काम राम्रोसँग गर्ने लक्ष्य लिनु राम्रो होइन र? यो अवधिमा हामीले असंख्य कठिनाइ सहन गरेका छौं र हरप्रकारका खुसी र दुःख अनुभव गरेका छौ भन्न उचित नै हुन्छ। समग्रमा, तिमीहरूमध्ये हरेकले आधारभूत रूपमा आवश्यक मापदण्ड हासिल गरेका छौ। सायद भविष्यमा तिमीहरूबाट अझ राम्रो कामको आवश्यक पर्नेछ, तर मेरो बारे नचाहिँदो गरी लामो समय सोचविचारमा नअल्झ; आफूले गर्नुपर्ने काम मात्र गर। मैले जे गर्नु छ, त्यो करिबकरिब सम्पन्न भएको छ; म आशा गर्छु, तिमीहरू सदासर्वदा विश्‍वासयोग्य रहनेछौ, र तिमीहरू बितेको मेरो कामको यादमा मात्र डुब्नेछैनौ। तिमीहरूले बुझ्नुपर्छ कि म यो चरणको काम पूरा गर्न मात्र आएको हुँ, र अवश्य नै परमेश्‍वरको सबै काम गर्न आएको होइन। तिमीहरू यो कुरामा स्पष्ट हुनुपर्छ, र यसबारेमा तिमीहरूसित फरक विचार हुनु हुँदैन। परमेश्‍वरको काम पूरा हुनको लागि धेरै साधनको आवश्यक पर्छ; तिमीहरू सधैँ ममा नै भर परिरहनु हुँदैन। सायद तिमीहरूले पहिले नै महसुस गरिसकेका छौ होला कि म कामको एक भाग मात्र गर्नको लागि आएको हुँ, जुन कामले यहोवा वा येशूको प्रतिनिधित्व गर्दैन; परमेश्‍वरका कामहरू धेरै चरणमा विभाजित छन्, त्यसैले तिमीहरू बद्लिनै नसक्ने गरी कठोर हुनु हुँदैन। जब म काम गरिरहेको हुन्छु, तब तिमीहरूले मलाई सुन्नुपर्छ। हरेक युगमा, परमेश्‍वरको काम बद्लिन्छ; यो सबै एउटै साँचोबाट तयार गरिएको कुरा होइन, अनि यो हरेक पल्ट त्यही एउटै पुरानो गीत गाउनु जस्तो होइन। हरेक चरणमा उहाँको कार्य युग सुहाउँदो हुन्छ, र युग एउटै नहुने भएकोले उहाँको कार्य पनि परिवर्तन भइरहन्छ। यसकारण, तँ यो युगमा जन्मिएकोले तैँले परमेश्‍वरका वचनहरू खानु र पिउनुपर्छ, र यी वचनहरू पढ्नुपर्छ। यस्तो दिन आउँछ जुन बेला मेरो काम परिवर्तन हुन्छ, र त्यो अवस्थामा तिमीहरूले आफूले जे-जसरी अघि बढ्नुपर्ने हो तिमीहरू त्यसरी नै निरन्तर अघि बढिरहनुपर्छ; परमेश्‍वरको काम गलत हुन सक्दैन। बाहिरी संसार कसरी परिवर्तन हुन्छ भन्‍ने कुरामा ध्यान नदेओ; परमेश्‍वर गलत हुन सक्नुहुन्न, अनि उहाँको काम गलत हुन सक्दैन। के मात्रै हो भने, कहिलेकाहीँ उहाँको पुरानो काम बितेर जान्छ अनि उहाँको नयाँ काम सुरु हुन्छ। तथापि, त्यसको अर्थ नयाँ काम आएकोले पुरानो काम गलत हुन्छ भन्‍ने हुँदैन। त्यो त भ्रम हो! परमेश्‍वरको कामलाई सही वा गलत भनेर भन्न सकिँदैन, यसलाई पहिलेको वा पछिको भनेर मात्र भन्‍ने सकिन्छ। यो कुरा परमेश्‍वरप्रति मानिसहरूको विश्‍वासको लागि मार्गनिर्देशन हो र यसलाई हल्का रूपमा लिनु हुँदैन।

अघिल्लो: मार्ग … (७)

अर्को: विश्‍वासीहरूले कस्तो दृष्टिकोण राख्‍नुपर्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा – १ सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ५)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्