अध्याय १०१

मेरो व्यवस्थापनमा अवरोध पुर्‍याउने वा मेरा योजनाहरूलाई बिगार्न खोज्ने जोसुकैप्रति म अलिकति पनि नरम हुनेछैन। मैले बोलेका वचनहरूबाट सबैले मेरो अर्थ बुझ्नुपर्छ, र म के बारेमा बोलिरहेको छु भनेर स्पष्ट रूपमा बुझ्नुपर्छ। अहिलेको अवस्थाको सन्दर्भमा, तिमीहरू प्रत्येकले आफूलाई जाँच्नुपर्छ: तैँले कस्तो भूमिका खेलिरहेको छस्? तँ मेरा लागि बाँचिरहेको छस्, कि तैँले शैतानको सेवा गरिरहेको छस्? तेरो प्रत्येक कार्यहरू मबाट निस्किन्छन्, कि दियाबलसबाट? मेरा प्रशासनिक आदेशहरू उल्लङ्घन गरी मेरो बढ्दो क्रोध पैदा गर्नबाट जोगिन यी सबै कुरामा तँ स्पष्ट हुनुपर्छ। विगतका बारेमा विचार गर्दा, मप्रति मानिसहरू सधैँ बेइमान र गैर-पारिवारिक भएका छन्; तिनीहरूले अनादर गरेका छन् र, मलाई धोका दिएका छन्। यिनै कारणहरूले गर्दा, यी मानिसहरूले आज मेरो न्यायको सामना गर्छन्। म एउटा मानिस जस्तो मात्रै देखिए पनि, मैले स्वीकार नगर्ने सबजनालाई (तैँले यसमा मेरो अर्थ बुझ्नुपर्छ: यो तँ कति सुन्दर वा आकर्षक देखिन्छस् भन्‍ने बारेमा होइन, बरु मैले तँलाई पूर्वनियुक्त र छनौट गरेको छु कि छैन भन्‍ने बारेमा हो) मेरो निष्कासन गरिनुपर्नेछ। यो पूर्ण रूपमा साँचो कुरा हो। किनकी म बाहिरबाट मानवजस्तो देखिन सक्छु, तर तैँले मेरो ईश्‍वरत्वलाई बुझ्न मानवताभन्दा पर हेर्नुपर्छ। मैले धेरै पटक बताएको जस्तै, “सामान्य मानवता र पूर्ण ईश्‍वरत्व पूर्ण परमेश्‍वर स्वयम्का दुई अविभाज्य हिस्साहरू हुन्।” तैपनि, तिमीहरूले मलाई अझै बुझ्दैनौ; तैँले आफ्नो अस्पष्ट परमेश्‍वरमा मात्रै महत्त्व दिन्छस्। तिमीहरू आत्मिक बुझाइ नभएका मानिसहरू हौ। यद्यपि, यस्ता मानिसहरू अझै मेरा ज्येष्ठ पुत्रहरू हुने इच्छा राख्छन्। कति निर्लज्ज! तिनीहरूले आफ्नो हैसियत के छ भनेर पनि हेर्दैनन्। तिनीहरूसँग मेरा मानिसहरूको रूपमा सेवा गर्ने पनि हैसियत छैन, तब तिनीहरू कसरी मेरा ज्येष्ठ पुत्र हुनसक्छन् र मसँगै राजा बन्न सक्छन्? यस्ता मानिसहरूले आफूलाई चिन्दैनन्; तिनीहरू शैतानका प्रजाति हुन्, र मेरा घरको स्तम्भ बन्नका लागि त योग्य छैनन्, मेरोअगाडि सेवा गर्नु त झन् परको कुरा हो। तसर्थ म तिनीहरूलाई एक-एक गरी आफैँ हटाउनेछु, र एक-एक गरी तिनीहरूको साँचो अनुहारको खुलासा गर्नेछु।

मेरो कार्य चरणबद्ध रूपमा, बिनाअवरोध र अलिकति पनि बाधाको सामना नगरिकन अगाडि बढ्छ, किनभने मैले जीत प्राप्त गरेको छु र सम्पूर्ण ब्रह्माण्डभरि मैले राजाको रूपमा शासन गरेको छु। (मैले यहाँ जनाइरहेको कुरा भनेको शैतानलाई परास्त गरेपछि, मैले मेरो शक्तिलाई नयाँ रूपमा पुनःप्राप्त गरेँ भन्‍ने हो।) मैले सबै ज्येष्ठ पुत्रहरूलाई प्राप्त गर्ने क्रममा, सियोन पर्वतमाथि विजयको ध्वजा उठ्नेछ। यसो भन्नुको अर्थ, मेरा ज्येष्ठ पुत्रहरू नै मेरो जीतको ध्वजा, मेरो महिमा हुन्, र जसको बारेमा म गर्व गर्छु; ती मैले शैतानलाई लज्जित बनाएको सङ्केत हुन्, र ती मैले कार्य गर्ने विधि हुन्। (मैले पूर्वनियुक्त गरेपछि शैतानबाट भ्रष्ट बनाइएका, तर फेरि मतिर फर्किएका मानिसहरूको एक समूहद्वारा, म ठूलो रातो अजिङ्गरलाई लज्जित बनाउँछु र विद्रोहीका सबै पुत्रहरूमाथि शासन गर्छु।) मेरा ज्येष्ठ पुत्रहरूमा नै मेरो सर्वशक्ति निहित छ; तिनीहरू मेरो महान् सफलता, अपरिवर्तनीय र निर्विवादित सफलता हुन्। म तिनीहरूमार्फत नै मेरो व्यवस्थापन योजना पूरा गर्नेछु। मैले विगतमा “तिमीहरूद्वारा नै म सबै राष्ट्र र मानिसहरूलाई मेरो सिंहासनअगाडि फर्काउनेछु” भनेर बताउनुको अर्थ यही हो। मैले “तिमीहरूको काँधमा भएको गह्रौँ भारी” भन्‍ने वचन बताउँदा मैले जनाउन खोजेको कुरा पनि यही हो। के यो स्पष्ट छ? के तैँले बुझिस्? ज्येष्ठ पुत्रहरू मेरो सम्पूर्ण व्यवस्थापन योजनाको सार्थकता हुन्; यही कारणले गर्दा, मैले यो समूहलाई कहिल्यै नम्र रूपमा व्यवहार गरेको छैन, र मैले तिनीहरूलाई सधैँ निर्दयी भएर अनुशासित बनाएको छु (त्यो निर्दयी अनुशासन भनेको संसारमा भोगिएको कष्ट, परिवारका दुर्भाग्य, र बाबुआमा, श्रीमान्, श्रीमती र बालबच्चाहरूले त्यागेको कुरा हुन्—छोटकरीमा, संसारले तिरस्कार गरेको र युगले त्यागेको कुरा हो), त्यसैले तैँले मेरोअगाडि आउने सौभाग्य पाएको छस्। तिमीहरूले धेरै पटक सोचेको प्रश्‍न यही हो: “अरूले यो नामलाई किन स्वीकार गरेनन्, तर मैले गरेँ?” अब तँलाई थाहा भयो!

आज कुनै कुरा विगतको जस्तो छैन। मेरो व्यवस्थापन योजनाले नयाँ विधिहरू अपनाएको छ, मेरो काम पहिलेको भन्दा पनि अझ धेरै भिन्न छ, र मेरा वचनहरू अझै धेरै अद्भुत छन्। त्यसैले मैले तिमीहरूलाई बारम्बार जोड दिएर बताएको छु कि तिमीहरूले मेरो सेवा राम्ररी गर्नुपर्छ (यो सेवा-कर्ताहरूलाई भनिएको हो)। आफूलाई नकारात्मक ढङ्गले व्यवहार नगर्, बरु गम्भीर खोजीलाई कायम राख्। के केही अनुग्रह प्राप्त गर्नु आनन्दमय कुरा होइन र? यो संसारको दुःखभन्दा धेरै नै असल हो। म तँलाई बन्छु! यदि तैले पूर्ण हृदयले मेरो सेवा गरिनस् भने, र म अधर्मी भएको छु भनेर गुनासो गरिस् भने, भोलि तँ पातालमा र नर्कमा झर्नेछस्। कुनै पनि व्यक्तिलाई चाँडै मर्ने मन हुँदैन—के कुरा यही होइन र? जीवनमा एक दिनको पनि महत्त्व हुन्छ, त्यसैले तैँले आफूलाई पूर्ण रूपमा मेरो व्यवस्थापन योजनामा अर्पण गर्नुपर्छ र, त्यसपछि, मैले गर्ने तेरो न्याय र तँमाथि पर्ने मेरो धर्मी सजाय पर्खनुपर्छ। मैले भनेका कुरा वाहियात हुन् भनेर अनुमान नगर्; म मेरो धार्मिकता र स्वभावबाट बोल्छु। साथै, म प्रताप र धार्मिकतासहित काम गर्छु। मलाई धर्मी छैन भनी भन्‍ने मानिसहरू सबैले मलाई नचिनेर त्यसो भनेको हुन्; यो तिनीहरूको विद्रोही स्वभावको स्पष्ट अभिव्यक्ति हो। मेरा लागि, कुनै पनि भावना छैन; बरु धार्मिकता, प्रताप, न्याय, र क्रोध मात्रै छ। समय जति व्यतीत हुन्छ, तैँले मेरो स्वभावलाई त्यति नै धेरै देख्नेछस्। अहिलेको समय सङ्क्रमणकालीन चरण हो, र तिमीहरूले यसको एउटा सानो हिस्सालाई मात्रै देख्‍न सक्छौ; तिमीहरूले बाहिरी रूपमा व्यक्त भएका केही कुराहरू मात्र देख्न सक्छौ। जब मेरा ज्येष्ठ पुत्रहरू देखा पर्छन्, म तिमीहरूलाई सबै कुरा देखाउनेछु र बुझाउनेछु। सबै जना आफ्नो हृदय र बोलीमा विश्‍वस्त हुनेछन्। म तिमीहरूलाई मेरो लागि गवाहीमा बोल्न, सदैव मेरो प्रशंसा गर्न, र सदैव मेरो स्तुति गाउन लगाउनेछु। यो निश्‍चित छ, र यसलाई कसैले पनि परिवर्तन गर्न सक्दैन। मानिसहरूले यसको बारेमा कल्पना त विरलै गर्न सक्छन्, झन् विश्‍वास गर्नु त परको कुरा हो।

जो ज्येष्ठ पुत्रहरू हुन् दर्शनहरू सम्‍बन्धी तिनीहरूको बुझाइ बढ्दै गइरहेको छ, र मेरा लागि तिनीहरूको प्रेम अझ बढ्दै छ। (यो रुमानी प्रेम होइन, जुन मलाई शैतानले देखाउने प्रलोभन हो र जसलाई चिनिनुपर्छ। त्यसैले, मेरोअगाडि आफ्नो सौन्दर्य देखाउनेहरू छन् भनेर मैले यसभन्दा अगाडि भनेको छु। म तिनीहरूको रूपप्रति आकर्षित हुन्छु भनेर विश्‍वास राख्ने यस्ता मानिसहरू, शैतानका अनुचरहरू हुन्। लाज पचेकाहरू! तिनीहरू दुष्टहरूमध्येका पनि दुष्ट हुन्!) तैपनि, जो ज्येष्ठ पुत्रहरू होइनन् तिनीहरू, यो अवधिमा मैले बताएका वचनहरूमार्फत, दर्शनहरूका बारेमा झनै अस्पष्ट भएका छन् र तिनीहरूले म जे हुँ त्यो व्यक्तित्वप्रति विश्‍वास गुमाएका छन्। तसर्थ, तिनीहरू अन्ततः पतन नभएसम्म, बिस्तारै तटस्थ बन्छन्। यस्ता मानिसहरूले आफूलाई बसमा राख्‍न सक्दैनन्। मैले यो अवधिमा बोलेका कुराहरूको लक्ष्य यही हो; यो कुरा सबैले देख्‍नुपर्छ (म मेरा ज्येष्ठ पुत्रहरूसँग बोलिरहेको छु), र मेरा वाणी र कार्यहरूमार्फत, मेरो आश्‍चर्यलाई देख्‍नुपर्छ। म शान्तिका राजकुमार हुँ, सनातनका पिता, आश्‍चर्य, र सल्लाहकार हुँ भनेर किन भनिएको हो? यसलाई मेरो परिचय, मेरा वाणीहरू, वा मैले गर्ने कार्यहरूको दृष्टिकोणबाट व्याख्या गर्दा त्यो एकदमै सतही हुन जान्छ; यो उल्लेख गर्न पनि योग्य हुँदैन। मलाई शान्तिका राजकुमार भनिनुको कारण ज्येष्ठ पुत्रहरूलाई पूरा गर्ने मेरो शक्ति, शैतानप्रतिको मेरो न्याय, र ज्येष्ठ पुत्रहरूलाई मैले दिएको अथाह आशिष्‌हरूबाट उत्पन्न हुन्छ। अर्को शब्दमा, ज्येष्ठ पुत्रहरू मात्रै मलाई शान्तिका राजकुमार भनेर बोलाउन योग्य छन्, किनकी म मेरा ज्येष्ठ पुत्रहरूलाई प्रेम गर्छु, र “शान्तिका राजकुमार” को उपाधि तिनीहरूको मुखबाट मात्रै निस्किनुपर्छ। तिनीहरूका लागि, म शान्तिको राजकुमार हुँ। मेरा पुत्र र मानिसहरूका लागि, म सनातनका पिताको रूपमा परिचित छु। मेरा ज्येष्ठ पुत्रहरूको अस्तित्वका कारण, र तिनीहरूसँग मसँगै राजत्वको शक्ति लिन र सबै राष्ट्र र मानिसहरू (अर्थात्, पुत्र र मानिसहरू) उपर शासन गर्ने भएकाले, पुत्र र मानिसहरूले मलाई सनातनका पिता—अर्थात् परमेश्‍वर स्वयम् भन्नुपर्छ, जो ज्येष्ठ पुत्रहरूभन्दा माथि हुनुहुन्छ। जो मेरा पुत्र, मानिस, वा ज्येष्ठ पुत्रहरू होइनन्, तिनीहरूका लागि म आश्‍चर्यजनक हुँ। मेरो कामको आश्‍चर्यजनक प्रकृतिले गर्दा, गैर-विश्‍वासीहरूले मलाई देख्नै सक्दैनन् (किनकी मैले तिनीहरूको आँखा धमिलो बनाइदिएको छु), र मेरो कामको स्पष्ट दृश्य देख्न सक्दैनन्। तसर्थ, तिनीहरूका लागि, म आश्‍चर्यजनक हुँ। सबै दियाबलस र शैतानका लागि, म सल्लाहकार हुँ, किनभने मैले गर्ने सबै कामले तिनीहरूलाई लज्जित बनाउँछ; मेरा कार्यहरू सबै मेरा ज्येष्ठ पुत्रहरूका लागि हुन्। मेरो प्रत्येक चरण निर्विघ्न अघि बढ्छ, र म प्रत्येक चरणमा जीत प्राप्त गर्छु। साथै, म शैतानका सबै योजनाहरू स्पष्ट देख्नसक्छु र तिनीहरूलाई नकारात्मक दिशाबाट मेरा उद्देश्यहरूलाई सेवा गर्ने वस्तु बनाउँदै, मेरो सेवा गर्न प्रयोग गर्छु। म “सल्लाहकार” हुनुको अर्थ यही हो, जसलाई कसैले परिवर्तन गर्न सक्दैन र जसलाई कसैले पूर्ण रूपमा बुझ्न सक्दैन। तैपनि, मेरो व्यक्तित्वको मामिलामा, म शान्तिको राजकुमार र सनातनको पिता हुँ, साथै सल्लाहकार र आश्‍चर्य पनि हुँ। यसमा भएको कुरा कुनै पनि झूटो होइन। यो एक अखण्डनीय र अपरिवर्तनीय सत्य हो!

मलाई धेरै कुरा भन्नु छ; यसबाट कुनै पनि उपमा निकाल्न सकिँदैन। त्यसैले तिमीहरू धैर्य हुनुपर्छ र पर्खनुपर्छ भन्‍ने म चाहन्छु। तैँले जे गरे पनि, आवेशमा नछोड्। किनभने तिमीहरूले विगतमा बुझेको कुरा अहिले पुरानो भइसकेको छ, त्यो कुरा अब लागू हुँदैन, र अहिलेको समय परिवर्तनको समय हो—राजकुलहरूबीचमा हुने परिवर्तन जस्तै। यही कारणले गर्दा, म तिमीहरूले आफ्नो सोचाइ परिवर्तन गरेको र तिमीहरूको पुरानो धारणाहरूलाई त्यागेको चाहन्छु। “धार्मिकताको पवित्र पोसाक लगाउनु” को साँचो अर्थ यही हो। मैले मात्रै मेरा वचनहरूको व्याख्या गर्न सक्छु, र मैले के गर्न सुरु गरेको छु भनेर मलाई मात्रै थाहा छ। तसर्थ, मेरा वचनहरू मात्रै अशुद्धतारहित र पूर्ण रूपमा मैले चाहेको जस्ता छन्, त्यसैले यो धार्मिकताको पवित्र पोशाक लगाउनु हो। मानव मस्तिष्कको बुझाइ कल्पना मात्र हो; मानव बुझाइ अशुद्ध छ र मेरा अभिप्रायहरू हासिल गर्न नसक्ने प्रकारको छ। तसर्थ, म आफै बोल्छु, र म आफै व्याख्या गर्छु, “म आफै काम गर्छु” भनेर भन्दा मैले भन्न खोजेको अर्थ यही हो। यो मेरो व्यवस्थापन योजनाको एक अत्यावश्यक हिस्सा हो, र सबै मानिसहरूले मेरो महिमा गाउनु र मेरो प्रशंसा गर्नुपर्छ। मेरा वचनहरूको बुझाइको सन्दर्भमा, मैले मानिसहरूलाई कहिल्यै त्यो शक्ति दिएको छैन, न यसका लागि तिनीहरूसँग कुनै योग्यता नै छ। दियाबलसलाई लज्जित बनाउने मेरा विधिहरूमध्येको एउटा यही हो। (यदि मानवले मेरा वाणीहरू बुझे र प्रत्येक चरणमा मेरा अभिप्रायहरू परीक्षण गर्न सके भने, शैतानले तिनीहरूलाई आफ्नो इच्छाअनुसार वशमा ल्याउन सक्थ्यो, र फलस्वरूप, तिनीहरू मेरो विरोधमा उत्रिनेथिए र ज्येष्ठ पुत्रहरूको छनौट गर्ने मेरो लक्ष्य हासिल गर्न असम्भव हुनेथियो। यदि मैले प्रत्येक रहस्य बुझेँ भने, र म भएको व्यक्तित्वले कसैले बुझ्न नसक्ने वाणीहरू बोलेँ भने, म, पनि, शैतानको वशमा आउन सक्छु। यही कारणले गर्दा जब म देहमा हुन्छु, म अलौकिक हुँदै हुँदिन।) यी वचनहरूको महत्त्वको बारेमा सबैले स्पष्ट बुझाइ राख्नु र मेरो कुराहरूलाई पछ्याउनु अत्यावश्यक छ। गम्भीर वचन र शिक्षाहरू सबै आफैले बुझ्ने कोसिस नगर्।

अघिल्लो: अध्याय १००

अर्को: अध्याय १०२

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्