अध्याय ८४

मेरो बारे मानवलाई ज्ञानको कमी भएको हुनाले, तिनीहरूले अनगिन्ती पटक मेरो व्यवस्थापनमा अवरोध पुऱ्याएको छ र मेरा योजनाहरूलाई अवमूल्यन गरेको छ, तर तिनीहरूले मेरो अघि बढिरहेका पाइलाहरूलाई कहिल्यै पनि रोक्‍न सकेका छैनन्। किनभने म बुद्धिमानी परमेश्‍वर हुँ। मसँग असीमित बुद्धि छ अनि मभित्र अपार र बुझ्‍न नसकिने रहस्यहरू छन्। अनन्त-अनन्तदेखि, मानवले यी कुराहरूलाई कहिल्यै पनि थाहा पाउन र पूर्ण रूपमा बुझ्‍न सकेको छैन। त्यस्तै होइन र? मैले उच्‍चारण गर्ने हरेक वचनमा बुद्धि हुने मात्र होइन, तर हरेक वचनमा मेरा गुप्त रहस्यहरू पनि हुन्छन्। मसँग भएका सबै कुरा रहस्य हो; मेरो हरेक भाग रहस्य हो। आज तिमीहरूले मेरो व्यक्तित्वमा रहेको रहस्यलाई मात्रै देखेका छौ—तर भित्री रूपमा लुकेको यो रहस्यलाई तिमीहरूले खोल्‍न बाँकी नै छ। मानव मेरो अगुवाइलाई पछ्याएर मात्रै मेरो राज्यमा प्रवेश गर्न सक्छ; अन्यथा, तिनीहरू संसारसँगै नष्ट भएर खरानी बन्‍नेछन्। म पूर्ण परमेश्‍वर स्वयम् हुँ; म अरू कोही होइन, तर परमेश्‍वर स्वयम् नै हुँ। “परमेश्‍वरको प्रकटीकरण” जस्ता पहिलेका भनाइहरू पुरानो भइसकेका छन्; ती त च्यातिएका थोत्रा कुरा हुन् जुन अब उप्रान्त काम लाग्दैनन्। तिमीहरूमध्ये कति जनाले यसलाई बुझेका छौ? तिमीहरूमध्ये कति जना मबारे यति हदसम्‍म निश्‍चित भएका छौ? सबैले मबाट स्पष्ट रूपमा व्याख्या र निर्देशन पाउनैपर्छ।

शैतानको राज्यलाई नष्ट गरिएको छ र यसका मानिसहरूले चाँडै नै मप्रतिको आफ्नो सेवा पूरा गरिसक्‍नेछन्। पालैपालो गरी तिनीहरूलाई मेरो घरबाट निकालिनेछन्, जसको अर्थ विभिन्‍न भूमिकाहरू निभाएको बहाना गर्दै आइरहेकाहरूको साँचो रूप प्रकट गरिनेछ, र तिनीहरू सबैलाई मेरो राज्यबाट हटाइनेछन्। यो कुरा नबिर्स! आजदेखि उसो, मैले विगतमा त्यागेकाहरू लगायत, मैले त्याग्‍ने सबै जना केवल अभिनय र देखावटी गर्नेहरू मात्रै हुन्; तिनीहरूले मेरो लागि काम गरेको जस्तो मात्रै गर्दै आएका छन् र यो नाटक सकिएपछि, तिनीहरू मञ्चबाट छोडीजानैपर्छ। जो साँचो रूपमा मेरा पुत्रहरू हुन् तिनीहरू मेरो प्रेम प्राप्त गर्न र मैले तिमीहरूका लागि तयार गरिसकेका आशिषहरूको आनन्द लिनको लागि आधिकारिक रूपमा नै मेरो राज्यमा हुनेछन्। ज्येष्ठ पुत्रहरू धन्यका हुन्! किनभने तिमीहरूलाई मैले अग्रिम रूपमा तालिम दिइसकेको हुनाले, अहिले तिमीहरू मेरो प्रयोगको लागि योग्य छौ। म सर्वशक्तिमान्‌ परमेश्‍वर हुँ भनेर विश्‍वास गर। मानिसहरूले पूरा गर्न नसक्‍ने कुराहरू, म कुनै बाधाविना गर्न सक्छु, र प्रतियोगिताको बिल्कुलै कुनै ठाउँ छैन। तिमीहरूले केही पनि गर्न सक्दैनौ वा तिमीहरू मेरा ज्येष्ठ पुत्रहरू हुन योग्य छैनौ भन्‍ने नसोच। तिमीहरू पूर्णतया योग्य छौ! यो यसैले हो किनभने सबै कुरा पूरा हुनको लागि ममा नै भर पर्छन्; ती सबै पूरा हुनको लागि मेरै भर पर्छन्। अहिले तिमीहरूलाई त्यस्तो हैसियतका छौ भनेर किन लाग्छ? यसको सरल कारण के हो भने मैले तिमीहरूलाई साँचो रूपमा प्रयोग गर्ने समय आएको छैन। महान्‌ प्रतिभाहरूलाई तुच्छ उद्देश्यहरूका लागि प्रयोग गर्न सकिँदैन; के तिमीहरूले बुझ्यौ? सारा ब्रह्माण्डको संसारमा, के तिमीहरू यति सानो चीनमा मात्रै सीमित छौ? अर्थात्, सारा ब्रह्माण्डका संसारका मानिसहरूलाई गोठाला गर्ने र अगुवाइ गर्ने जिम्‍मा तिमीहरूलाई दिइनेछ, किनभने तिमीहरू ज्येष्ठ पुत्रहरू हौ, र आफ्ना भाइहरूलाई डोर्‍याउनु तिमीहरूले पूरा गर्नुपर्ने कर्तव्य हो। यो कुरा जान! म सर्वशक्तिमान्‌ परमेश्‍वर हुँ! म फेरि जोड दिन्छु, मैले तिमीहरूलाई आफैमा रमाउन दिइरहेको छु। काम गरिरहने म नै हुँ—पवित्र आत्‍माले जहाँतहीँ काम गरिरहनुभएको छ र व्यक्तिगत रूपमा अगुवाइ गरिरहनुभएको छ।

विगतमा, मानिसहरूले मैले दिने मुक्तिलाई बुझेकै थिएनन्। के अहिले तिमीहरूले बुझ्यौ? मैले दिने मुक्तिका विभिन्‍न पक्षहरू छन्: एउटा पक्ष यो हो कि, कतिपय मानिसहरूका लागि, अघिबाटै निर्धारित गन्तव्य बिल्कुलै छँदै छैन, त्यसको अर्थ तिनीहरूले मेरो अनुग्रहको आनन्द लिन बिलकुल सक्दै सक्दैनन् भन्‍ने हुन्छ; अर्को पक्ष यो हो कि, सुरुमा पूर्वनिर्धारित गरिएकाहरू हुन्छन्, जसले केही समयको लागि मेरो अनुग्रहको आनन्द लिन्छन्, तर केही समयपछि अर्थात् मैले पूर्वनिर्धारित गरेको समयमा, म तिनीहरूलाई हटाउनेछु, त्यसपछि तिनीहरूको जीवन सम्पूर्ण रूपमा समाप्त हुनेछ। अझ अर्को पक्ष यो हो कि मैले पूर्वनिर्धारित गरेका र चुनेकाहरू छन् र जसले अनन्त आशिषहरूको आनन्द लिन्छन्; तिनीहरूले मलाई स्वीकार गर्नुभन्दा पहिले र त्यसपछि भोग्‍ने दुःखकष्टहरू, मलाई स्वीकार गरेपछि तिनीहरूले प्राप्त गरेका अन्तर्दृष्टि र प्रकाश लगायत सुरुदेखि अन्त्यसम्‍मै मेरो अनुग्रहको उपभोग गर्छन्। अबदेखि, तिनीहरूले आशिषहरूको आनन्द लिन्छन्—अर्थात्, मैले पूर्ण रूपमा मुक्ति दिने तिनीहरू नै हुन्। मेरो महान् कामको पूर्णताको सबैभन्दा स्पष्ट अभिव्यक्ति यही नै हो। त्यसो भए आशिषहरूले केलाई जनाउँछन्? म तिमीहरूलाई सोध्छु: तिमीहरू सबैभन्दा बढी के गर्न चाहन्छौ? तिमीहरू सबैभन्दा बढी केलाई घृणा गर्छौ? तिमीहरू सबैभन्दा बढी के प्राप्त गर्ने आशा गर्छौ? तिमीहरूले मलाई प्राप्त गर्नको खातिर र तिमीहरूको जीवन वृद्धि हुन सकोस् भनेर विगतमा पीडा र कठिनाइहरू भोगेका छौ; त्यो अनुग्रहको एउटा भाग हो। “आशिषहरू” को अर्थ भविष्यमा तिमीहरूमा तिमीहरूले घृणा गर्ने कुराहरू हुनेछैन, जसको अर्थ ती कुराहरू तिमीहरूको वास्तविक जीवनमा आउनेछैनन् भन्‍ने हुन्छ; ती तिमीहरूकै आँखाको अगाडि पूर्ण रूपले हटाइएको हुनेछन्। परिवार, काम, पत्नी, पति, छोराछोरी इष्ट-मित्र र आफन्त, र दिनको तीन पटकको भोजन जसलाई तिमीहरू हरेक दिन घृणा गर्छौ ती पनि हट्नेछन्। (यसको अर्थ समयद्वारा नियन्त्रित हुँदैनौ, शरीरबाट पूर्ण रूपमा बाहिर निस्कनेछौ। केवल तेरो तृप्त आत्माले मात्रै तेरो शरीरलाई कायम राख्न सक्छ, तर यसले तेरो शरीरलाई जनाउँछ, देहलाई होइन। तँ पूर्ण रूपमा स्वतन्त्र र उच्‍च स्तरको बन्‍नेछस्। यो परमेश्‍वरले संसारको सृष्टि भएदेखि यता प्रकट गर्नुभएको सबैभन्दा ठूलो र सबैभन्दा स्पष्ट आश्‍चर्यकर्म हो।) तिमीहरूका शरीरबाट माटोका सबै तत्वहरूलाई हटाइनेछ, र तिमीहरू पूर्णतया आत्मिक शरीर हुनेछौ जुन पवित्र र निष्खोट हुन्छ, तिमीहरूले ब्रह्माण्ड र पृथ्वीको अन्त्यसम्म सम्पूर्ण यात्रा गर्न सक्नेछौ। त्यस समयदेखि उप्रान्त तैँले सबै कठिनाइसाथ धुवाइ र सफाइबाट छुटकारा पाउनेछस्, र तिमीहरूले आफैमा पूर्ण आनन्द पाउनेछौ। त्यस बेलादेखि उप्रान्त तिमीहरूले विवाहको बारेमा सोच्नेछैनौ (किनकि मैले संसार सृष्टि गरिरहेको हुनेछैनँ, बरु युगको अन्त्य गरिरहेको हुनेछु), र महिलाले ठूलो यातना सहनु पर्ने त्यो प्रसव पीडा हुनेछैन। न त तिमीहरूले भविष्य कुनै काम वा परिश्रम गर्नेछौ। तँ मैले तिमीहरूलाई दिएका आशिषहरूमा रमाउँदै आफैलाई मेरो प्रेमको अङ्गालोमा पूरै डुबाउनेछौ। यो निश्चित छ। जब तिमीहरूले यी आशिषहरूको आनन्द लिइरहेको हुन्छौ, अनुग्रहले तिमीहरूलाई पछ्याइरहनेछ। मैले तिमीहरूका लागि तयारी गरेका सबै—अर्थात् संसारभरिका दुर्लभ र बहुमूल्य सम्पत्तिहरू—तिमीहरूलाई दिइनेछ। अहिले, तिमीहरूले न त यी सबै बुझ्न सक्छौ न कल्पना नै गर्न सक्छौ, र कसैले पनि पहिले ती उपभोग गरेको छैन। जब यी आशिषहरू तिमीहरूमाथि आउँछन्, तिमीहरू अन्त्यहीन रूपमा उल्लसित हुनेछौ—तर यो नबिर्स, कि यी सबै मेरो शक्ति, मेरा कार्यहरू, मेरो धार्मिकता, त्योभन्दा बढी मेरो प्रतापको कारण भएको हो। (म जुन मानिसहरूप्रति अनुग्रही हुने निर्णय गर्छु, तिनीहरूप्रति अनुग्रही हुनेछु, र म जुन मानिसहरूप्रति कृपालु हुने निर्णय गर्छु, म तिनीहरूप्रति कृपालु हुनेछु।) त्यस बेला तिमीहरूको कुनै आमाबुबा हुनेछैन, र त्यहाँ रगतको कुनै सम्बन्ध हुनेछैन। तिमीहरू सबै मैले प्रेम गर्ने, मेरा प्रिय छोराहरू हौ। त्यस समयदेखि उसो, कसैले पनि तिमीहरूलाई थिचोमिचो गर्ने आँट गर्नेछैन। त्यो तिमीहरूका निम्ति बढेर वयस्कहरू हुने समय हुनेछ, साथै तिमीहरूले फलामको डन्डाले शासन गर्ने समय हुनेछ! मेरा प्रिय छोराहरूलाई कसले बाधा दिने आँट गर्छ? कसले तिनीहरूमाथि आक्रमण गर्ने आँट गर्छ? सबैले मेरा प्रिय छोराहरूको डर मान्नेछन्, किनकि पिताले महिमा प्राप्त गर्नुभएको छ। कसैले कल्पना गर्न नसक्‍ने सबै कुराहरू तिमीहरूका आँखा अगाडि देखा पर्नेछन्; ती असीमित, कहिल्यै नसकिने र अन्त्यहीन हुनेछन्। चाँडै नै तिमीहरू निश्चय घामले फेरि डढ्नु पर्दैन वा पीडादायी ताप सहनु आवश्यक पर्दैन, न त तिमीहरूले ठन्डा भोग्नुपर्नेछ वा वर्षा, हिउँ, वा बतासको स्पर्श महसुस गर्नुपर्नेछ। किनभने म तिमीहरूलाई प्रेम गर्छु, र त्यो पूर्ण रूपमा मेरो प्रेमको संसार हुनेछ। म तिमीहरूले चाहने सबै थोक तिमीहरूलाई दिनेछु, र तिमीहरूलाई चाहिने सबै थोक म तिमीहरूको निम्ति तयार पार्नेछु। म धर्मी छैन भनेर कसले दाबी गर्ने आँट गर्छ? म तँलाई तुरुन्तै मार्नेछु, किनभने मैले पहिलेबाट भनिसकेको छु कि, (दुष्टहरू विरुद्ध) मेरो क्रोध अनन्तसम्म रहनेछ, र म अलिकति पनि नरम हुनेछैनँ। तापनि, (मेरा प्रिय छोराहरूप्रतिको) मेरो प्रेम पनि सदासर्वदा रहिरहनेछ; म यसलाई अलिकति पनि रोकेर राख्‍नेछैन।

आज, मेरा वचनहरूलाई न्यायको रूपमा सुन्‍नेहरू सही स्थितिमा नहुनेहरू हुन्। तथापि, तिनीहरूले त्यो कुरा पत्ता लगाउँदा सम्‍म, पवित्र आत्माले अघि नै तिनीहरूलाई त्यागिसक्‍नुभएको हुनेछ। सारा ब्रह्माण्डको संसारमध्ये, तिमीहरूका बीचबाट ज्येष्ठ पुत्रहरूलाई छनौट गरिएका छन्, जबकि पुत्रहरू र मानिसहरूको सानो हिस्सा मात्र तिमीहरूको हुन्छ। म सम्पूर्ण ब्रह्माण्डको संसारलाई जोड दिन्छु, जसको अर्थ संसारका सबै राष्ट्रहरूबाट पुत्रहरू र मानिसहरूको छनौट गरिन्छ भन्‍ने हुन्छ। के तिमीहरूले बुझ्यौ? ज्येष्ठ पुत्रहरू चाँडै वृद्धि हुनुपर्छ अनि गएर विदेशीहरूलाई डोर्‍याउनुपर्छ भनेर म किन जोड दिइरहन्छु? के तिमीहरूले मेरा वचनहरूको साँचो अर्थ बुझ्यौ? किनभने चीन मैले श्राप दिएको राष्ट्र हो; यसले मलाई सबैभन्दा बढी सताएको छ र म यसलाई सबैभन्दा बढी घृणा गर्छु। तिमीहरूले यो जान्‍नैपर्छ कि मेरा ज्येष्ठ पुत्रहरू र म स्वर्गबाट आउँछौं र हामी विश्‍वव्यापी मानिसहरू हौं; हामी कुनै एक राष्ट्रका मात्र होइनौं। मानव धारणाहरूमा टाँसिरहन बन्द गर! किनभने मैले तिमीहरूलाई मेरो व्यक्तित्व प्रकट गरेको छु। सबै कुरा मेरै हातमा छ। के तिमीहरूलाई मेरा वचनहरू याद छ? तिमीहरूका बीचमा झन्-झन् थोरै मानिसहरू हुँदै गएका छन् र जनसङ्ख्या झन्-झन् परिष्कृत बन्दै गएको छ भनेर म किन भन्छु? किनभने मैले दिने मुक्ति क्रमिक रूपमा ब्रह्माण्ड संसारतर्फ अघि बढिरहेको छ। हटाइएकाहरू, मेरो नाम स्वीकार गर्नेहरू नै ज्येष्ठ पुत्रहरूलाई सिद्ध पार्नको खातिर सेवा गर्नेहरू हुन्। के तिमीहरूले बुझ्यौ? तिनीहरू सबै मेरा पुत्रहरूका लागि सेवा गर्नेहरू हुन भनेर म किन भन्छु? अब तिमीहरूले सच्‍चा रूपमा बुझ्छौ, होइन त? सङ्ख्या साँच्‍चै नै कम छ; ती अवश्य नै थोरै छन्। तैपनि, मेरा पुत्रहरूको कारण ती मानिसहरूले निकै लाभ पाएका छन् र मेरो अनुग्रहको धेरै आनन्द लिएका छन्—त्यही कारणले त म मानवजातिलाई अन्तिम पटक मुक्ति दिँदैछु भनेर मैले भनेको हुँ। अब तिमीहरूले मेरा वचनहरूको साँचो अर्थ थाहा पायौ! मलाई विरोध गर्ने जोसुकैलाई म गम्भीर रूपमा सजाय दिनेछु र ज-जसले मेरो विरोध गर्छ म तिनीहरूबाट म आफ्नो मुख फर्काउनेछु। किनभने सुरुदेखि नै म सधैँ प्रतापी र धर्मी परमेश्‍वर रहँदै आएको छु र सबै कुरा तिमीहरूलाई प्रकट गरिनेछ। म अचम्‍म तरिकाले शीघ्र रूपमा काम गर्छु र चाँडै नै मानवको लागि अकल्‍पनीय रहेका अचम्‍मका कुराहरू हुनेछन्‌। भन्‍नुको अर्थ तुरुन्तै र चाँडै हो। के तिमीहरूले बुझ्यौ? ढिलो नगरी जीवन प्रवेशको खोजी गर! मेरा प्रिय पुत्रहरू, तिमीहरूका लागि सबै कुरा यहीँ छन् र सबै कुरा तिमीहरूकै खातिर अस्तित्वमा छन्।

अघिल्लो: अध्याय ८३

अर्को: अध्याय ८५

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्