मार्ग … (२)

हाम्रा दाजुभाइ तथा दिदीबहिनीहरूसित मूलभूमि चीनमा परमेश्‍वरको कामको क्रम, कदम र विधिहरूको केही ज्ञान हुन सक्छ, तर म अझै पनि यी कुराहरूलाई स्मरण गर्नु वा तिमीहरूलाई तिनको संक्षिप्त सारांश दिनु उचित हुन्छ भन्ने विश्‍वास गर्छु। म यस अवसरलाई मेरो हृदयमा भएको कुरा भन्नलाई प्रयोग गर्नेछु, र म यस कामभन्दा परको विषयहरूमा बोल्ने छैनँ। म दाजुभाइ तथा दिदीबहिनीहरूले मेरो मनस्थिति बुझ्नेछन् भन्ने आशा गर्छु र मेरा वचनहरू पढ्ने ती सबैलाई मेरो सानो कद, मेरो जीवन अनुभवको अपर्याप्तता, र परमेश्‍वरको सामु मेरो शिर ठाडो पार्ने मेरो असक्षमतालाई बुझिदिन र क्षमा गर्न पनि विनम्र अनुरोध गर्दछु। अझै पनि, यी वस्तुगत कारणहरू हुन् भन्ने मेरो बुझाइ छ। छोटोमा, जेसुकै भए तापनि, कुनै व्यक्ति, घटना वा कुराले हामीलाई परमेश्‍वरसामु सङ्गति गर्नदेखि रोक्न सक्दैन, र म आशा गर्छु कि मेरा दाजुभाइ तथा दिदीबहिनीहरूले परमेश्‍वरको सामु अझ कठोर परिश्रम गरेर मलाई साथ दिन सक्छन्। म यस्तो प्रार्थना चढाउन चाहन्छु: “हे परमेश्‍वर! हामीमाथि कृपा गर्नुहोस् ताकि म र मेरा दाजुभाइ तथा दिदीबहिनीहरू मिलेर हाम्रा साझा आदर्शहरूको प्रभुत्वमुनि संघर्ष गर्न सकौं, तपाईंप्रति मृत्युसम्मै विश्‍वासयोग्य हुन सकौं र कहिल्यै खेदहरू नराख्न सकौं!” यी वचनहरू परमेश्‍वरको सामु मेरा संकल्प हुन्, तर परमेश्‍वरद्वारा प्रयोग गरिएको एउटा देहधारी मानिसको रूपमा ती मेरा आफ्नै आदर्श वाक्य हुन् भनेर पनि भन्न सकिन्छ। मैले यी वचनहरू धेरै पल्ट मेरो निकट रहने दाजुभाइ तथा दिदीबहिनीहरूसित सङ्गतिमा बाँडेको छु, अनि यिनलाई मैले मेरो साथमा रहनेहरूलाई सन्देशको रूपमा दिएको छु। मानिसहरूले त्यसको विषयमा के सोच्छन् मलाई थाहा छैन तर जेसुकै भए तापनि, म के विश्‍वास गर्छु भने यी वचनहरूमा केवल आत्मपरक प्रयासको पक्ष मात्र होइन, बरु यिनमा त त्यसअलावा वस्तुगत सिद्धान्तको पक्ष पनि समावेश छन्। यसकारण, केही मानिसहरूमा केही निश्चित रायहरू हुन सक्छन्, र तैँले यी वचनहरूलाई तेरो आदर्श वाक्यको रूपमा लिएर परमेश्‍वरलाई प्रेम गर्ने तेरो चाहना कति ठूलो हुन्छ भनी राम्रो हुन्थ्यो। यी वचनहरू पढ्दा केही मानिसहरूले केही निश्चित धारणा विकास गर्नेछन्, अनि सोच्नेछन्, “कसरी हरेक दिन भन्ने सामान्य कुराले मानिसहरूलाई मृत्युसम्मै परमेश्‍वरलाई प्रेम गर्ने एउटा ठूलो चाहना दिन सक्ला र?” हामीले छलफल गरिरहेको विषय, “बाटो” सित यसको केही सम्बन्ध छैन। म स्वीकार गर्छु कि यी वचनहरू विशेष रूपले चित्ताकर्षक नहुन सक्लान्, तर मैले सधैँ सोचेको छु कि त्यसले मानिसहरूलाई ठीक मार्गमा डोर्‍याउन सक्छ र तिनीहरूलाई परमेश्‍वरको विश्‍वासको मार्गमा जाँदा निरुत्साहित नभईकन वा पछाडि नफर्कीकन सबै प्रकारका परीक्षाहरू सामना गर्दै जाने अवसर दिन्छ। त्यसकारण, मैले त्यसलाई मेरो आदर्श वाक्यको रूपमा लिन्छु। म आशा गर्छु कि मानिसहरूले पनि होशियारीपूर्वक त्यसलाई विचार गर्नेछन्। तथापि, मेरो अभिप्राय कसैलाई मेरा विचारहरू स्वीकार गर्न कर गर्नु होइन—यो एउटा सुझाव मात्र हो। मानिसहरूले मेरो बारेमा जेसुकै सोचे तापनि, मलाई लाग्छ परमेश्‍वरले हामीमध्ये हरेक व्यक्तिमा भएको आन्तरिक गतिशीलतालाई बुझ्नुहुन्छ। परमेश्‍वरले हामीमध्ये हरेकमा निरन्तर काम गरिरहनुभएको छ, अनि उहाँको काम अथक छ। हामी सबै ठूलो रातो अजिङ्गरको देशमा जन्मेको कारणले, उहाँले हामीमा यस प्रकारले काम गर्नुहुन्छ। ठूलो रातो अजिङ्गरको देशमा जन्मेकाहरू सौभाग्यशाली छन् र तिनीहरूले पवित्र आत्माको यस कामलाई हासिल गर्न सकेका छन्। म तिनीहरूमध्येको एक भएको हुनाले मसित प्रियत्व, आदरको योग्यता, र परमेश्‍वरको प्रेमिलोपनको ठूलो चेतना छ। यो भनेको परमेश्‍वरले हामीलाई वास्ता गरिरहनुभएको कुरा हो। त्यस्तो पिछडिएको, रूढिवादी, सामन्ती, अन्धविश्‍वासी र सर्वहाराको भ्रष्ट साम्राज्यले पनि परमेश्‍वरबाट त्यस्तो काम हासिल गर्न सक्षम हुनुले हामी, आखिरी युगको यो समूहका मानिसहरू कति आशिषित छौं भनी देखाउँछ। मलाई विश्‍वास छ, यस कामलाई देख्न आत्मिक आँखाहरू खोलिएका सबै दाजुभाइ तथा दिदीबहिनीहरूले परिणामस्वरूप हर्षको आँशु झार्नेछन्। अनि त्यस समयमा, के तैँले आनन्दसहित नाच्दै परमेश्‍वरसामु आफैलाई अभिव्यक्त गर्ने छैनस् र? के तैँले परमेश्‍वरलाई आफ्नो हृदयको गीत चढाउने छैनस् र? त्यस समयमा, के तैँले परमेश्‍वरलाई आफ्नो अठोट देखाउने अनि उहाँको सामु अर्को योजना बनाउने छैनस् र? म लाग्छ यो सबै परमेश्‍वरमा विश्‍वास गर्ने सामान्य मानिसहरूले गर्नुपर्ने कुरा हुन्। मानवजातिको रूपमा म के विश्‍वास गर्छु भने हामीमध्ये हरेकसित परमेश्‍वरको सामु कुनै न कुनै प्रकारको अभिव्यक्ति हुनुपर्छ। जोसँग भावनाहरू छन् त्यस्तो व्यक्तिले यस्तो कार्य गर्नुपर्छ। हामीमाझको हरेक व्यक्तिको क्षमता र हामी जन्मेको ठाउँलाई एक नजर लगाउँदा यसले हाम्रो माझमा आउन परमेश्‍वरले कति धेरै अपमान सहनुभयो भनी देखाउँछ। हामीसित हामीभित्र हुनुभएको परमेश्‍वरको केही ज्ञान हुन सक्ला, र परमेश्‍वर कति महान् हुनुहुन्छ, कति सर्वोच्च र कति आदरयोग्य हुनुहुन्छ भनी हामीलाई थाहा भएको कुरा मानवजातिको माझमा उहाँको कष्ट कति ठूलो रहेको छ भनी खुलस्त पार्न पर्याप्त छ। तापनि, मेरा यी वचनहरू अझै अस्पष्ट छन्, अनि मानिसहरूले तिनलाई अक्षर र सिद्धान्तको रूपमा मात्रै लिन सक्छन् किनकि हाम्रो माझमा मानिसहरू साह्रै अचेत र मन्दबुद्धिका छन्। त्यसकारण, मेरो एउटै विकल्प भनेको यस विषयलाई स्वीकार गर्न सक्ने ती सबै दाजुभाइ तथा दिदीबहिनीहरूलाई व्याख्या गर्न धेरै प्रयास लगाउनु हो ताकि हाम्रा आत्माहरू परमेश्‍वरका आत्माद्वारा उत्प्रेरित हुन सकून्। परमेश्‍वरले हाम्रा आँखाहरू खोलिदिनुहोस् ताकि हामीले परमेश्‍वरले चुकाउनुभएको मूल्य, उहाँले लगाउनुभएका प्रयासहरू, अनि हाम्रो निम्ति उहाँले खर्च गर्नुभएको ऊर्जा देख्न सकौं।

मूलभूमि चीनमा भएकाहरूमध्ये परमेश्‍वरका आत्मालाई स्वीकार गरेको एउटा व्यक्ति भएको हैसियतले, मलाई हाम्रो क्षमता कति कम छ भन्ने कुराको गहिरो चेतना छ। (मलाई आशा छ यसको कारणले हाम्रा दाजुभाइ तथा दिदीबहिनीहरूले नकारात्मक अनुभूति गर्दैनन्—यही नै परिस्थितिको वास्तविकता हो।) हामीसित जे छ र हामी जे हौँ, त्यो सबै अति पिछडिएको छ भनी मैले मेरो व्यवहारिक जीवनमा स्पष्ट रूपले देखेको छु। मुख्य पक्षहरूको सवालमा, यो हामीले कसरी हाम्रो जीवनमा र परमेश्‍वरसितको हाम्रो सम्बन्धमा व्यवहार गर्छौं भन्ने कुरा हो भने कम महत्वपूर्ण पक्षहरूको सवालमा, यो हाम्रो हरेक विचार तथा सोच हो। यी सबै कुराहरू वस्तुगत रूपले अस्तित्वमा छन्, अनि शब्दहरू वा जालसाजीद्वारा त्यसलाई लुकाउन कठिन छ। यसरी, जब मैले यो कुरा भन्छु, तब धेरै मानिसहरूले हो भन्ने भावमा आफ्नो टाउको हल्लाउँछन् र यसलाई स्वीकार गर्छन्, अनि त्यसको बारेमा विश्‍वस्त हुन्छन्, तर यस्तो तबसम्म मात्रै हुन्छ जबसम्म मानिसहरूसित सामान्य तर्कको कमी हुन्छ: यस्तो तर्क भएका मानिसहरूले मेरा यी विचारहरू स्वीकार गर्न सक्दैनन्। यी मानिसहरू पक्का पशुहरू हुन् भनी खुल्लमखुल्ला उल्लेख गर्दा सायद म अति अभद्र हुन्छु होला। तर ठूलो रातो अजिङ्गरको देशमा, तिनीहरू सुँगुर वा कुकुरहरूजस्तै निम्नहरूमध्ये पनि निम्न हुन्। क्षमतामा अरू कोही पनि त्यति कम छैन होला; तिनीहरू परमेश्‍वरको सामु आउन योग्यका छैनन्। सायद, मेरा वचनहरू अति “धृष्टतापूर्ण” छन् होला। मभित्र काम गरिरहनुभएको परमेश्‍वरका आत्मालाई प्रतिनिधित्व गर्दा, म यस्तो प्रकारको पशुतुल्य, फोहोरी प्राणीलाई सराप्छु, र म आशा गर्छु, मेरा दाजुभाइ तथा दिदीबहिनीहरू यस कुराबाट कमजोर तुल्याइनेछैनन्। यस्ता कुनै पनि मानिसहरू हाम्रा माझमा नहुनु पनि सम्भव छ, तर सत्यता जेसुकै भए तापनि, त्यस्ता मानिसहरूलाई म त त्यही प्रकारले व्यवहार गरिनुपर्छ भन्ने विश्‍वास गर्छु। तँचाहिँ के सोच्छस् त?

ठूलो रातो अजिङ्गरको साम्राज्य हजारौँ वर्षसम्म कायम रहिआएको छ, अनि यो सर्वत्र भ्रष्ट रहेको छ—अनि यसले पूरै समय परमेश्‍वरलाई विरोध गरेकोले, यसले परमेश्‍वरको श्रापहरू र क्रोधको सामना गरेको छ, यसपछि परमेश्‍वरको सजाय आएको छ। परमेश्‍वरद्वारा श्रापित भइसकेपछि, यस देशले लगातार जातीय भेदभाव सहेको छ, अनि पछौटेपनको अवस्थामा रहेको छ। हामी जन्मेको देश सबै प्रकारका फोहोरी नरपिशाचहरूले भरिभराऊ छ जो आफ्नो प्रभुत्वको खोजीमा अनियन्त्रित छन्—जसको अर्थ, तिनीहरूले यहाँ जन्मेकाहरूलाई मैलो पारेका छन्। मानिसहरूका बानी, संस्कार, विचारधारा अनि अवधारणाहरू पिछडिएका र पुरानो ढङ्गका छन्, त्यसैले तिनीहरूले परमेश्‍वरको बारेमा सबै प्रकारका धारणाहरू निर्माण गरेका छन् जसबाट तिनीहरू अहिलेसम्म पनि मुक्त हुन सकेका छैनन्। विशेषतः तिनीहरूले परमेश्‍वरको सामु एक प्रकारले व्यवहार गर्छन्, अनि परमेश्‍वरको पछाडि अर्को प्रकारले र शैतानलाई प्रतिस्थापित गर्नुलाई परमेश्‍वरको सेवा गर्नु हो भन्ने भुल गर्छन्, र यसले तिनीहरू सबैभन्दा बढी पिछडिएका छन् भन्ने देखाउँछ। परमेश्‍वरले मूलभूमि चीनमा यति धेरै काम गर्नुभएको छ र यति धेरै उहाँका वचनहरू बोल्नुभएको छ, तर पनि मानिसहरू अझै पूर्ण रूपले अचेत र उदासीन छन्। तिनीहरूले अझै पनि आफूले पहिले गरेका काम नै गर्दैछन् र तिनीहरूसित परमेश्‍वरका वचनहरूको बिल्कुलै कुनै बुझाइ छैन। जब परमेश्‍वरले कुनै भविष्य र कुनै आशा छैन भनी घोषणा गर्नुभयो, तब ग्रीष्मकालको गर्मीले जीवित रहेको मण्डली तुरुन्तै शीतकालको चिसोमा झर्‍यो। मानिसहरूको साँचो व्यक्तित्व दिनको उज्यालोमा उदाङ्गो भयो र तिनीहरूको पहिलेका भरोसा, प्रेम, र शक्ति सबै कुनै नाम-निशानाविनै हराए। अनि आज, तीमध्ये कसैले पनि तिनीहरूको जीवन्तता फेरि प्राप्त गर्न सकेका छैनन्। तिनीहरूले परमेश्‍वरलाई प्रेम गर्छौं भनी आफ्ना वचनहरूले भन्छन् र तिनीहरूले आफ्ना हृदयहरूमा गुनासो गर्ने साहस गर्दैनन्, तर पनि जेसुकै भए पनि तिनीहरूसित त्यो प्रेम छँदै छैन। यसको अर्थ के हो त? मलाई लाग्छ मेरा दाजुभाइ तथा दिदीबहिनीहरूले यो तथ्यलाई स्वीकार गर्नेछन्। परमेश्‍वरले हामीलाई अन्तर्दृष्टि प्रदान गर्नुहोस् ताकि हामी; सबैले उहाँको प्रेमिलोपन जान्न सकौं, हाम्रो हृदयको गहिराइमा हाम्रो परमेश्‍वरलाई प्रेम गर्न सकौं, अनि हाम्रा विभिन्न हैसियतहरूमा परमेश्‍वरको निम्ति हामी सबैसित भएको प्रेम व्यक्त गर्न सकौं; परमेश्‍वरले हामीलाई उहाँको निम्ति निष्कपट प्रेमका अटल हृदयहरू प्रदान गर्नुहोस्—मेरो आशा यही छ। यति भनिसकेपछि, म यो फोहोर भूमिमा जन्मेका दाजुभाइ तथा दिदीबहिनीहरूको निम्ति अलिकति सहानुभूति अनुभूत गर्छु, र त्यसकारण मभित्र बढेको ठूलो रातो अजिङ्गरको निम्ति घृणा अनुभूति गर्छु। यसले परमेश्‍वरको निम्ति हाम्रो प्रेमलाई बाधा दिन्छ र हाम्रो भविष्यका सम्भाव्यताहरूप्रतिको हाम्रो लोभलाई उक्साउँछ। यसले हामीलाई नकारात्मक हुन, परमेश्‍वरलाई विरोध गर्न परीक्षित गर्छ। ठूलो रातो अजिङ्गरले नै हामीलाई अहिलेसम्म धोका दिएको छ, हामीलाई भ्रष्ट पारेको छ, अनि तहसनहस पारेको छ, यतिसम्म कि हामी हाम्रो हृदयले परमेश्‍वरको प्रेमको बदला चुकाउन असमर्थ छौं। हामीसित हाम्रो हृदयमा चाहना छ, तर हामीले गर्न चाहे तापनि हामी शक्तिहीन छौं। हामी सबै यसका शिकारहरू हौँ। यसकारण, म मेरो सम्पूर्ण सारले यसलाई घृणा गर्छु र यसलाई नष्ट नगरी रहन सक्दिनँ। तथापि, जब म फेरि सोच्छु, यसले पनि कुनै काम गर्नेछैन र यसले परमेश्‍वरलाई कष्ट मात्र ल्याउनेछ, त्यसैले म यी वचनहरूमा फर्किआउँछु—म उहाँको इच्छाअनुसार गर्न—उहाँलाई प्रेम गर्न मेरो हृदय लगाउँछु। मैले लिइरहेको बाटो यही हो—यो त्यो बाटो हो जसमा म, उहाँको एउटा सृष्टि, हिँड्नुपर्छ। यसरी नै मैले मेरो जीवन बिताउनुपर्छ। यी वचनहरू मेरो हृदयबाट आएका हुन्, र म आशा गर्छु कि यी वचनहरू पढिसकेपछि मेरा दाजुभाइ तथा दिदीबहिनीहरूले केही प्रोत्साहन हासिल गर्नेछन् ताकि मेरो हृदयले केही शान्ति पाओस्। किनकि मेरो लक्ष्य परमेश्‍वरको इच्छाअनुसार गर्नु हो र यसरी चम्किलो र अर्थपूर्ण प्रकाशमान् जीवन जिउनु हो। यसमा, म सन्तुष्टि र सान्त्वनाले भरिएको हृदय लिएर खेदहरूविना मर्न सक्नेछु। के तँ त्यसो गर्न चाहन्छस् त? के तँ त्यस प्रकारको अठोट भएको व्यक्ति होस् त?

परमेश्‍वरले तथाकथित “पूर्वीय एसियाको रोगी मानिस” मा काम गर्न सक्नु उहाँको महान् शक्ति हो। यो उहाँको नम्रता र लुप्तपन हो। हामीप्रति उहाँका कठोर वचनहरू वा ताडनाको बाबजुद, हामीले उहाँको नम्रताको निम्ति हाम्रो हृदयको गहिराइदेखि नै उहाँलाई प्रशंसा गर्नुपर्छ र यसको निम्ति अन्त्यसम्मै उहाँलाई प्रेम गर्नुपर्छ। शैतानद्वारा हजारौँ वर्षसम्म बाँधिएका मानिसहरू त्यसको प्रभावमुनि बाँच्दै आएका छन् र त्यसबाट मुक्त भएका छैनन्। तिनीहरूले अन्धकारमा छामछाम-छुमछुम र संघर्ष गर्दै आइरहेका छन्। विगतमा, तिनीहरूले धूप बाल्थे, अनि शैतानको सामु झुक्थे र त्यसलाई प्रतिस्थापित गर्थे, अनि तिनीहरू परिवार तथा सांसारिक उल्झनहरूमा र साथै सामाजिक अन्तरक्रियाहरूमा दरिलो प्रकारले बाँधिएका थिए। तिनीहरू त्यसबाट मुक्त हुन सकेका थिएनन्। यस्तो प्रकारको कुकुरले कुकुर खाने अत्यन्तै प्रतिस्पर्धात्मक समाजमा कहाँ कसैले अर्थपूर्ण जीवन भेट्टाउन सक्छ र? मानिसहरूले बयान गर्ने कष्टको जीवन हो र भाग्यवश, परमेश्‍वरले यी निर्दोष मानिसहरूलाई बचाउनुभएको छ, हाम्रो जीवनलाई उहाँको वास्ता र सुरक्षामा राख्नुभएको छ ताकि हाम्रो जीवन आनन्ददायक होस् र अबउप्रान्त चिन्ताहरूले नभरिएको होस्। हामी अहिलेसम्म निरन्तर उहाँको अनुग्रहमुनि बाँच्दै आएका छौं। के यो परमेश्‍वरको आशिष् होइन र? परमेश्‍वरसित अत्यधिक सर्तहरू राख्ने साहस कसैसित कसरी हुन सक्छ? के उहाँले हामीलाई थोरै दिनुभएको छ र? के तँ अझै सन्तुष्ट छैनस्? मलाई लाग्छ, हामीले हामीप्रतिको परमेश्‍वरको प्रेमको पैँचो तिर्ने समय आएको छ। हामीले परमेश्‍वरमाथिको विश्‍वासको मार्ग पछ्याएको कारणले सानो मात्रामा मात्रै गिल्ला, निन्दा र सतावट सहनु नपर्ला तर म यो अर्थपूर्ण कुरा हो भन्ने विश्‍वास गर्छु। यो एउटा महिमाको कुरा हो, लाजको होइन, अनि जेसुकै भए तापनि, यीमध्ये धेरै हामीले आज आनन्द मनाउने आशिष्‌हरू हुन्। नैराश्यताका अनगिन्ती समयहरूमा, परमेश्‍वरका वचनहरूले हामीलाई सान्त्वना ल्याएका छन् अनि हामीले दुःखलाई जान्नुभन्दा अघि नै त्यो आनन्दमा बद्लिएको छ। खाँचोका अनगिन्ती समयहरूमा, परमेश्‍वरले आशिष्‌हरू ल्याउनुभएको छ र उहाँका वचनहरूद्वारा हामीलाई भरणपोषण भएको छ। बिरामका अनगिन्ती समयहरूमा, परमेश्‍वरका वचनहरूले हामीमा जीवन ल्याएको छ—हामी खतरामुक्त भएका छौं र खतरादेखि सुरक्षामा बद्लिएका छौं। तिमीहरूले त्यस्ता धेरै कुराहरू महसुस नै नगरीकन पहिल्यै उपभोग गरिसकेका छौ। के तँ यस्तो कुनै कुरा पनि सम्झँदैनस्?

अघिल्लो: परमेश्‍वरको कामका पाइलाहरूको सम्‍बन्धमा

अर्को: सात मेघगर्जनको आवाज—राज्यको सुसमाचार सारा ब्रह्माण्डभरि फैलिनेछ भन्‍ने अगमवाणी

तपाईं र तपाईंको परिवार बाँच्ने बारेमा एउटा ठूलो कुरा: के तपाईं ठूला विपत्तिहरूमा कसरी सुरक्षा प्राप्त गर्ने र बच्ने भनेर सोच्नुहुन्छ? तलको बटनमा क्लिक गर्नुहोस् र तपाईंले बाटो पाउनुहुनेछ।

सम्बन्धित विषयवस्तु

भ्रष्ट मानिसले परमेश्‍वरलाई प्रतिनिधित्व गर्न सक्दैन

मानिस अहिलेसम्म अन्धकारको प्रभावको कवचमुनि जिएको छ, शैतानको प्रभावको बन्धनमा परेको छ, उम्‍कनलाई असमर्थ छ, र उसको स्वभाव शैतानद्वारा संचालित...

परमेश्‍वरले मानिसलाई प्रयोग गर्नुहुने सम्बन्धमा

पवित्र आत्माले विशेष मार्गनिर्देशन र अगुवाइ प्रदान गर्नुभएका व्यक्तिहरूबाहेक अरू कोही पनि स्वतन्त्र रूपमा जिउन सक्दैन, किनकि तिनीहरूलाई ती...

मुक्तिदाता पहिले नै “सेतो बादल” मा फर्किसक्नुभएको छ

धेरै सहस्राब्दीदेखि मानिसले मुक्तिदाताको आगमन देख्न सक्‍ने उत्कट इच्छा गरेको छ। हजारौँ वर्षदेखि उहाँको निम्ति उत्कट इच्छा गर्ने र चाह...

बाइबल सम्बन्धमा (४)

धेरैजसो मानिसहरूले के विश्‍वास गर्छन् भने, बाइबल बुझ्नु र यसको व्याख्या गर्न सक्षम हुनु भनेको सही मार्ग पत्ता लगाउनु सरह हो—तर वास्तवमा, के...

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्