अध्याय ९

तँ मेरो घरानाका मानिसहरू मध्येको एक भएकोले, र तँ मेरो राज्यको विश्‍वासी भएकोले, तैंले गर्नुपर्ने सबै कुराहरूमा मेरो आवश्यकताका मापदण्डहरू पालन गर्नैपर्छ। म तँलाई उड्ने बादलभन्दा बढी केही नबन् भनेर भन्दिन, तर तँ चम्किलो हिउँ बन्, र त्यसको सार प्राप्त गर् र अझ भन्दा, यसको मान प्राप्त गर्। म पवित्र भूमिबाट आएको हुनाले, म त्यो कमलको फूलजस्तो होइन, जसको केवल नाउँ छ तर कुनै सार छैन, किनकि त्यो हिलोबाट आएको हो, पवित्र भूमिबाट होइन। नयाँ स्वर्ग पृथ्वीमा झर्ने र नयाँ पृथ्वी आकाशहरूमा फैलने समय ठीक त्यही समय पनि हो, जुन बेला म औपचारिक रूपमा मानिसहरूमाझ काम गरिरहेको हुन्छु। मानवजातिमाझ कसले मलाई चिन्छ? मेरो आगमनको क्षण कसले देख्यो? मेरो नाउँ मात्र छैन, तर ममा सार पनि छ भनी कसले देखेको छ? म मेरो हातले सेता बादलहरू हटाउँछु र आकाशलाई नजिकबाट नियालेर हेर्दछु; अन्तरिक्षमा मेरो हातले नमिलाएको कुनै कुरा नै छैन, र त्यसको मुनि, मेरो शक्तिशाली उद्यमको कामका लागि आफ्नो सानो प्रयास योगदान नगर्ने कोही छैन। म सधैँ व्यावहारिक परमेश्‍वर रहिआएको हुनाले, र म मानिसहरूलाई सृष्टि गर्ने र तिनीहरूलाई राम्ररी चिन्ने सर्वशक्तिमान् भएको हुनाले म पृथ्वीका मानिसहरूबाट कठिन माग गर्दिनँ। सबै मानिसहरू सर्वशक्तिमानको आँखाको सामुन्ने छन्। पृथ्वीको दुर्गम किनारमा भएका मानिसहरू पनि कसरी मेरो आत्माको जाँचबाट बच्न सक्छन्? मानिसहरूले मेरो आत्मालाई “चिने” पनि तिनीहरूले अझै पनि मेरो आत्मालाई दुःखी बनाउँछन्। मेरा वचनहरूले सबै मानिसको कुरूप अनुहारका साथै उनीहरूका भित्री विचारहरूलाई उदाङ्गो पार्दछन्, र पृथ्वीमा भएका सबैलाई मेरो ज्योतिद्वारा मामुली पार्ने र मेरो सूक्ष्म जाँचको दौरान असफल तुल्याउने गर्दछन्। तथापि, असफल भए पनि तिनीहरूका हृदयले मबाट टाढा जाने साहस गर्दैन। सृष्टि गरिएका वस्तुहरू मध्येमा, को चाहिँ मेरा कामहरूको फलस्वरूप मलाई प्रेम गर्न आउँदैन र? मेरा वचनहरूको परिणामस्वरूप कसले मेरो चाहना गर्दैन र? मेरो प्रेमको परिणामस्वरूप कसमा अनुरागको भावनाहरू उत्पन्न हुँदैन र? शैतानको भ्रष्टताको कारणले मात्र मानिसहरू मैले अनिवार्य गरेको अवस्थामा पुग्न असमर्थ भएका छन्। मैले अनिवार्य गरेको न्यूनतम मापदण्डहरूले समेत मानिसहरूमा सन्देह उत्पन्न गर्दछ, आजको विषयमा त झन् केही नभने हुन्छ—यो युग, जहाँ शैतानले दङ्गा गर्दछ र एकदमै निरङ्कुश भएको छ—वा त्यो समय, जसमा मानिसहरूलाई शैतानले यतिसम्म कुल्चेको छ कि तिनीहरूका शरीर पूरै फोहोरमा लतपत छन्। मानिसहरूका भ्रष्टताको फलस्वरूप तिनीहरू मेरो हृदयको वास्ता गर्न असफल भएका छन् भन्‍ने कुराले मलाई कहिले दुःखी बनाएको छैन र? के म शैतानलाई टिठ्याउन सक्छु? के मैले आफ्नो प्रेममा गल्ती गरेको हुन सक्छु? जब मानिसहरूले मेरो अवज्ञा गर्छन्, मेरो हृदय चुपचाप रुन्छ; जब तिनीहरू मेरो प्रतिरोध गर्छन् म तिनीहरूलाई दण्ड दिन्छु; जब तिनीहरू मद्वारा बचाइन्छन् र मरेकाहरूबाट पुनरुत्थान हुन्छन्, म अधिकतम ध्यान दिएर तिनीहरूलाई पोषित गर्दछु; जब तिनीहरू मेरो अधीनमा बस्छन्, मेरो हृदय ढुक्क हुन्छ र म तुरुन्त स्वर्ग र पृथ्वी अनि सबै कुराहरूमा ठूला परिवर्तनहरू भएको महसुस गर्दछु। जब मानिसहरूले मेरो प्रशंसा गर्छन्, तब म त्यसको आनन्द नलिई कसरी बस्न सक्छु र? जब तिनीहरू मेरो साक्षी बन्छन् र मद्वारा प्राप्त हुन्छन्, तब मैले कसरी महिमा प्राप्त गर्दिन र? के मानिसले जे-जसरी कार्य र व्यवहार गर्छन् सो मद्वारा संचालित र आपूर्ति नगरिएको हुन सक्छ र? जब म दिशानिर्देश गर्दिनँ, मानिसहरू निष्क्रिय र सुस्त हुन्छन्; यसबाहेक, मेरो पिठिउँपछाडि तिनीहरू ती “प्रशंसनीय” फोहोर कारोबारमा संलग्न हुन्छन्। के तँलाई मैले धारण गरेको देहले तेरा कार्यहरू, तेरा व्यवहारहरू र तेरा बोलीवचनहरू केही पनि जान्दैन भनी सोच्छस्? मैले धेरै वर्ष बतास र वर्षा सहेको छु, अनि त्यसरी नै मैले मानवीय संसारको तीतोपना अनुभव गरेको छु; तापनि, ध्यान दिएर विचार गर्दा, जत्ति नै धेरै दुःख-कष्टले पनि देहीय मानवजातिलाई ममाथि आशा मार्ने बनाउन सक्दैन, कुनै पनि मिठासले देहीय मानवलाई मप्रति चिसो, निराश वा तिरस्कारपूर्ण पार्ने त कुरै नगरौं। के मप्रतिको तिनीहरूको प्रेम साँच्चै दु:खको कमी वा मिठासको कमीमा सीमित छ?

आज, म देहमा बास गर्दछु, र मैले गर्नुपर्ने काम आधिकारिक रूपमा गर्न थालेको छु। मानिसहरू मेरो आत्माको आवाजसँग डराए तापनि तिनीहरू मेरो आत्माको सार विरुद्धमा जान्छन्। मानव जातिका निम्ति मेरा वचनहरूमा मलाई देहमा चिन्नु कति गाह्रो छ भनी मैले विस्तारपूर्वक वर्णन गर्नु आवश्यक छैन। मैले पहिले नै भनिसकेको छु, म मेरा आवश्यकताहरूमा कठोर भइरहेको छैनँ, र तिमीहरूले मेरो बारेमा पूर्ण ज्ञान प्राप्त गर्नु आवश्यक छैन (किनकि मानिसहरूमा यस्तो कुराको कमी छ; यो एक अन्तर्निहित अवस्था हो, र प्राप्त गरिने कुनै पनि अवस्थाले त्यो कमी पूरा गर्न सक्दैन)। तिमीहरूले केवल देहीय रूपमा मद्वारा जे गरिएका र भनिएका छन् ती मात्र जान्नुपर्छ। मेरा आवश्यकताहरू कठोर नभएकाले, म आशा गर्दछु तिमीहरूले यी सबै काम र वचनहरूको बारेमा जान्नेछौ, र उपलब्धि हासिल गर्नेछौ। तिमीहरूले यस फोहोरी संसारमा आफैलाई अशुद्धताहरूबाट मुक्त गर्नुपर्दछ, तिमीहरूले यो पछौटे “सम्राटहरूको परिवार” मा प्रगति गर्ने प्रयास गर्नुपर्दछ, र तिमीहरूले आफैलाई गम्भीर रूपमा नलिने कार्य कहिल्यै पनि गर्नु हुँदैन। तँ आफैसित अलिकति पनि दयालु हुनु हुँदैन। मैले एक दिनमा भन्ने कुरा जान्नका निम्ति तैंले धेरै समय र कोसिस लगाउनुपर्छ, र मद्वारा बोलिएको केवल एउटा वाक्यलाई अनुभव गर्न र त्यसबाट ज्ञान लिन पूरै जीवनभरको समय लाग्दछ। मैले बोल्ने वचनहरू अस्पष्ट र अमूर्त छैनन्; तिनीहरू खोक्रा कुराहरू होइनन्। धेरै जना मानिसहरू मेरो वचन प्राप्त गर्ने आशा गर्छन्, तर म तिनीहरूप्रति कुनै ध्यान दिँदिन; धेरै मानिसहरू मेरो सम्पत्तिका निम्ति तिर्खाउँछन्, तर म तिनीहरूलाई त्यो अलिकति पनि दिँदिनँ; धेरै मानिसहरू मेरो अनुहार हेर्ने इच्छा गर्छन्, तैपनि मैले यो सधैँ लुकाएको छु; धेरै मानिसहरू ध्यानपूर्वक मेरो स्वर सुन्छन्, तर म मेरा आँखाहरू बन्द गर्दछु र मेरो शिर पछिल्तिर झुकाउँछु, अनि तिनीहरूको “लालसा” द्वारा प्रभावित हुँदिनँ; धेरै मानिसहरू मेरो स्वरको आवाजसँग डराउँछन्, तर मेरा वचनहरू सधैँ आक्रामक नै हुन्छन्; धेरै मानिसहरू मेरो अनुहार देखेर डराउँछन्, तर म जानाजानी तिनीहरूलाई प्रहार गर्न त्यस्तो देखिन्छु। मानिसहरूले मेरो अनुहार वास्तविक रूपमा कहिल्यै देखेका छैनन्, नत तिनीहरूले साँच्चै नै मेरो स्वर नै सुनेका छन्; किनभने तिनीहरूले मलाई साँचो रूपले चिन्दैनन्। तिनीहरू मद्वारा प्रहार गरी ढालिए पनि, तिनीहरूले मलाई छोडे पनि, र तिनीहरू मेरो हातद्वारा दण्डित भए पनि, तिनीहरू अझै पनि तिनीहरूले गर्ने सबै कुरा साँच्चै नै मेरो हृदय अनुरूप छन् वा छैनन् भनी जान्दैनन् र मैले मेरो हृदय वास्तवमा कसलाई प्रकट गर्दछु भन्ने कुरामा अनजान हुन्छन्। संसारको सृष्टि भएदेखि नै, कसैले पनि मलाई साँचो रूपले जानेको वा देखेको छैन, अनि आज म देहधारी बनेको भए पनि तिमीहरूले मलाई अझै चिन्दैनौ। के यो सत्य तथ्य होइन र? के तैंले कहिल्यै देहमा गरिएको मेरा कार्य र स्वभाव थोरै मात्र भए पनि देखेको छस्?

स्वर्गमा म ढल्कन्छु, र स्वर्गको मुनि म आराम लिन्छु। मैले कहीँ त बस्नुपर्छ, र मसित कुनै समय त हुन्छ जुन बेला मैले मेरो शक्ति प्रदर्शन गर्नुपर्छ। यदि म पृथ्वीमा नभएको भए, यदि मैले आफैलाई देहमा नलुकाएको भए, र यदि म नम्र र लुकेको नभए, के स्वर्ग र पृथ्वी धेरै पहिले नै परिवर्तन भइसकेको हुने थिएन र? के तिमीहरू, मेरा मानिसहरू, मद्वारा पहिले नै प्रयोग गरिएको हुनेथिएनौ र? तापनि, मेरा कामहरूमा बुद्धि हुन्छ, र मैले मानिसको कपटको बारेमा पूर्ण रूपले जाने पनि, म तिनीहरूको उदाहरण अनुसरण गर्दिनँ, बरु त्यसको बदलामा तिनीहरूलाई केही कुरा दिन्छु। आत्मिक क्षेत्रमा मेरो बुद्धिको असमाप्य छ, र देहमा मेरो बुद्धि अनन्त छ। के यो त्यही क्षण होइन जुन बेला मेरा कामहरू स्पष्ट पारिन्छन्? मैले आजको दिनसम्म, राज्यको युगमा मानिसहरूलाई धेरै चोटि माफ र क्षमा गरेको छु। के मैले मेरो समयमा साँच्चै नै अझ ढिलाई गर्न सक्छु? कमजोर मानिसहरूप्रति केही बढी दयालु भएको भए पनि मेरो काम पूरा भएपछि के मैले अझै पुरानै काम गरेर म आफैमाथि कठिनाइ ल्याउन सक्छु र? के मैले जानीजानी शैतानलाई ममाथि दोष लगाउन दिन्छु र? मलाई केही गर्नका निम्ति मानिसहरू चाहिँदैन, बरु मैले त केवल मेरा वचनहरूको वास्तविकता र तिनको मूल अर्थलाई स्वीकार गरे पुग्छ। मेरा वचनहरू सरल भए पनि, सारमा ती जटिल छन्, किनकि तिमीहरू अति साना छौ, र अति बोधो बनेका छौ। जब म मेरा रहस्यहरू प्रत्यक्ष रूपमा प्रकट गर्दछु र देहमा मेरो इच्छा स्पष्ट गर्दछु, तर तिमीहरूले देख्दैनौ; तिमीहरूले आवाज सुन्छौ, तर तिनीहरूको अर्थ बुझ्दैनौ। म दुःखमा परेको छु। म देहमा भएको भए तापनि, म देहको सेवाको काम गर्न असमर्थ छु।

मेरा वचनहरू र व्यवहारहरूबाट देहमा गरिएका मेरा कामहरूलाई कसले जान्न सकेको छ र? जब म मेरा रहस्यहरू लिखित रूपमा प्रकट गर्छु, वा ठूलो स्वरमा तिनलाई बोल्छु, सबै मानिसहरू अचम्मित भएर बोल्नै सक्दैनन्; तिनीहरू चुपचाप आफ्ना आँखा बन्द गर्छन्। मैले भनेका कुराहरू किन मानिसहरूको निम्ति बुझ्न नसकिने छन्? मेरा वचनहरू तिनीहरूका निम्ति किन त्यति विघ्न बुझ्न नसकिने छन्? मेरा कामहरूप्रति तिनीहरू किन त्यति अन्धो छन्? कसले मलाई देखेर कहिल्यै नभुल्न सक्छ? तिनीहरूमध्ये को-को चाहिँ मेरो आवाज सुन्न र त्यसलाई त्यसै जान नदिन सक्‍ने छन्? को मेरो इच्छालाई बुझ्न र मेरो हृदयलाई खुशी पार्न सक्‍ने छ? म मानिसहरूको माझमा बस्दछु र उनीहरूमाझ घुमफिर गर्दछु; मैले तिनीहरूको जीवनको अनुभव गरेको छु—मैले मानवताका निम्ति सृष्टि गरेपछि सबै कुरा राम्रै रहेको महसुस गरे पनि, मैले मानिसहरूमाझमा जिउने जीवनबाट कुनै आनन्द पाउँदिनँ, र तिनीहरूमाझको खुसीद्वारा म कुनै आनन्द पाउँदिनँ। म तिनीहरूलाई घृणा र अस्वीकार गर्दिनँ, न त तिनीहरूप्रति म भावुक नै हुन्छु—मानिसहरूले मलाई नचिनेकाले, अन्धकारमा मेरो अनुहार देख्न तिनीहरूलाई कठिन हुन्छ; होहल्लाहरूको बीचमा, तिनीहरूलाई मेरो आवाज सुन्न गाह्रो भएको छ र मैले जे भन्छु त्यो बुझ्न तिनीहरू असमर्थ भएका छन्। यसैले, बाहिरी रूपमा, तिमीहरूले गर्ने सबै कुरा मप्रतिको समर्पणता हो, तर तिमीहरूको हृदयमा, अझै पनि तिमीहरूले मेरो अवज्ञा गर्छौ। यो भन्न सकिन्छ कि मानवजातिको पुरानो स्वभावको सम्पूर्णता नै यस्तै छ। यसको अपवाद को छ र? को मेरो सजायको पात्र छैन? तापनि, को मेरो सहनशीलता अन्तर्गत जिउँदैन? यदि मानवजाति सबै मेरो क्रोधले नष्ट हुन्थ्यो भने, मैले स्वर्ग र पृथ्वी सृष्टि गर्नुको महत्त्व के हुनेछ? मैले एकचोटि धेरै जना मानिसहरूलाई चेतावनी दिएँ, धेरै मानिसहरूलाई प्रोत्साहन दिएँ, र धेरैलाई खुल्लमखुल्ला न्याय गरेँ—के यो मानवजातिलाई सीधै नाश गर्नुभन्दा उत्तम होइन र? मेरो उद्देश्य मानिसहरूलाई मार्नु होइन, बरु मेरा न्यायको बीचमा पनि तिनीहरूलाई मेरा कार्यहरूको बारेमा जानकारी दिनु हो। जब तिमीहरू अतल कुण्डबाट माथि आउँछौ—भन्नुको अर्थ, जब तिमीहरूले मेरो न्यायबाट आफूलाई मुक्त गर्छौ—तिमीहरूको व्यक्तिगत विचार र योजनाहरू सबै हराउनेछन्, र सबैले मलाई सन्तुष्ट पार्ने इच्छा गर्नेछन्। यसमा, के मैले मेरो लक्ष्य प्राप्त गरेको हुँदिनँ र?

मार्च १, १९९२

अघिल्लो: अध्याय ८

अर्को: अध्याय १०

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

अभ्यासमा ध्यान केन्द्रित गर्नेहरूलाई मात्र सिद्ध तुल्याउन सकिन्छ

आखिरी दिनहरूमा, परमेश्‍वर आफूले गर्नुपर्ने काम गर्न र उहाँको वचनको सेवकाइ गर्नका लागि देह बन्नुभयो। उहाँको हृदयअनुसारका मानिसहरूलाई सिद्ध...

तेरो गन्तव्यका लागि पर्याप्त असल कार्यहरू तयार गर्

मैले तिमीहरूमाझ धेरै कार्य गरिसकेको छु, र पक्कै पनि धेरै वाणी पनि बोलेको छु। तर पनि आखिरी दिनहरूमा मेरा वचन र कार्यले मेरो कार्यको उद्देश्य...

बाइबल सम्बन्धमा (१)

परमेश्‍वरमाथिको विश्‍वासमा बाइबललाई कसरी हेर्नुपर्छ? यो सिद्धान्तको प्रश्‍न हो। हामी किन यो प्रश्‍नबारे कुरा गर्दैछौं? किनकि भविष्यमा...

अध्याय १५

परमेश्‍वर देखा पर्ने घटना अघिबाटै सबै मण्डलीहरूमा प्रकट भइसकेको छ। बोल्नुहुने आत्मा नै हुनुहुन्छ; उहाँ प्रचण्ड रूपले फैलिएको आगो हुनुहुन्छ,...

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्