पुस्तकहरू
-
परमेश्वरको देखापराइ र काम
आफ्नो कार्य गर्नको लागि देखा पर्नुभएका सर्वशक्तिमान् परमेश्वर, आखिरी दिनहरूका ख्रीष्टले सम्पूर्ण सत्यताहरूलाई व्यक्त गर्नुहुन्छ, जसले मानवजातिलाई शुद्ध पार्छ र मुक्ति दिन्छ, अनि ती सबैलाई वचन देहमा देखा पर्नुहुन्छ मा समावेश गरिएका छन्। बाइबलमा लेखिएको यो वचन पूरा भएको छ: “प्रारम्भमा वचन हुनुहुन्थ्यो, र वचन परमेश्वरसँग हुनुहुन्थ्यो, र वचन नै परमेश्वर हुनुहुन्थ्यो” (यूहन्ना १:१)। वचन देहमा देखा पर्नुहुन्छ को सन्दर्भमा संसारको सृष्टिपछि, परमेश्वरले सारा मानवजातिलाई सम्बोधन गर्नुभएको यो नै पहिलो पटक हो। यी वाणीहरूले मानवजातिका बीचमा परमेश्वरले व्यक्त गर्नुभएको पहिलो वचनलाई निर्माण गर्छ, जसमा उहाँले मानिसहरूको खुलासा गर्नुहुन्छ, तिनीहरूलाई अगुवाइ गर्नुहुन्छ, तिनीहरूलाई न्याय गर्नुहुन्छ, र तिनीहरूसँग हृदयबाट हृदयमा बोल्नुहुन्छ र ती नै पहिला वाणीहरू हुन्, जसमा परमेश्वरले मानिसहरूलाई उहाँका पाइलाहरू, उहाँ लेट्नुहुने स्थान, परमेश्वरको स्वभाव, परमेश्वरसँग जे छ र उहाँ जे हुनुहुन्छ, परमेश्वरका विचारहरू, र मानवजातिका निम्ति उहाँको सरोकारका बारेमा जान्न दिनुहुन्छ। के भन्न सकिन्छ भने सृष्टि भएपछि तेस्रो स्वर्गबाट परमेश्वरले मानवजातिसँग बोल्नुभएका प्रथम वाणीहरू यी नै हुन्, र देखा पर्न र वचनहरूद्वारा मानवजातिलाई आफ्नो हृदयको आवाज व्यक्त गर्नको लागि आफ्नो अन्तर्निहित पहिचान पहिलो पटक प्रयोग गर्नुभएको यही नै हो। आखिरी दिनहरूका ख्रीष्ट, सर्वशक्तिमान् परमेश्वरद्वारा व्यक्त गरिएको, वचन देहमा देखा पर्नुहुन्छ (छोटकरीमा, वचन) मा हाल छ वटा खण्डहरू छन्: खण्ड १, परमेश्वरको देखापराइ र काम; खण्ड २, परमेश्वरलाई चिन्ने विषयमा; खण्ड ३, आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू; खण्ड ४, ख्रीष्टविरोधीहरूको खुलासा; खण्ड ५, अगुवा र सेवकहरूका जिम्मेवारीहरू; र खण्ड ६, सत्यताको पछि लाग्नेबारे। -
परमेश्वरलाई चिन्ने विषयमा
परमेश्वरलाई चिन्ने विषयमा शीर्षकको यो पुस्तक वचन देहमा देखा पर्नुहुन्छको दोस्रो खण्ड हो, र यसमा सर्वशक्तिमान् परमेश्वर, आखिरी दिनहरूका ख्रीष्टले सारा मानवजातिका लागि दिनुभएका र परमेश्वरको देखापराइ र काम भन्ने खण्डका वाणीहरूपछि आउने वाणीहरू समावेश छन्। यो पुस्तकमा परमेश्वरले संसारको सृष्टिपछि उहाँले गर्नुभएका काम, तिनमा समावेश उहाँको इच्छा र मानवजातिप्रतिका उहाँका अपेक्षाहरू, र परमेश्वरसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यो सबैबारे उहाँको कामबाट भएको प्रकटीकरण, उहाँको पवित्रता, र उहाँ सबै कुराको जीवनको स्रोत हुनुहुन्छ भन्ने तथ्यजस्ता विभिन्न सत्यताहरू विस्तारमा व्याख्या गर्नुभएको छ। परमेश्वरमा साँचो विश्वास गर्ने मानिसहरूले यो पुस्तक पढिसकेपछि यो काम गर्न सक्ने र यी स्वभावहरू प्रकट गर्न सक्ने व्यक्ति सबै थोकमाथि सार्वभौमिकता भएका परमेश्वर नै हुनुहुन्छ भन्ने कुरा पुष्टि गर्न सक्नेछन्, र तिनीहरूले परमेश्वरको पहिचान, उहाँको हैसियत, र सारलाई साँचो रूपमा चिन्न सक्नेछन्, र यसरी सर्वशक्तिमान् परमेश्वर, आखिरी दिनहरूका ख्रीष्ट नै परमेश्वर स्वयम्, अद्वितीय हुनुहुन्छ भन्ने कुरा पनि पुष्टि गर्न सक्नेछन्। -
न्याय परमेश्वरको घरबाटै सुरु हुन्छ
यस पुस्तकमा छनौट गरेर राखिएका वचनहरू सबै सर्वशक्तिमान् परमेश्वरले आखिरी दिनहरूमा उहाँको न्यायको कामका लागि व्यक्त गर्नुभएका वचनहरू हुन्, जुन वचन देहमा देखा पर्नुहुन्छ भन्ने पुस्तकबाट लिइएको हो। यी सत्यताहरू प्रत्येक व्यक्ति जसले परमेश्वरको आखिरी दिनहरूको कार्यको खोजी र छानबिन गर्दछन्, तिनीहरूले तुरुन्तै प्राप्त गर्नुपर्ने सत्यताहरू हुन्, जुन परमेश्वरको देखा पर्ने घटनाको तृष्णा गर्ने सबैलाई चाँडोभन्दा चाँडो उहाँको आवाज सुन्न सक्ने तुल्याउनको लागि छानिएका हुन्। यस पुस्तकमा समावेश गरिएका परमेश्वरका अभिव्यक्तिहरू प्रकाशको पुस्तकमा अगमवाणी गरिए अनुसार पवित्र आत्माले मण्डलीहरूलाई भन्नुभएका कुराहरू हुन्। परमेश्वरका अहिलेका यी वचनहरू उहाँको उपस्थिति र कामको सर्वोत्तम गवाही हुन्, साथै ख्रीष्ट नै बाटो, सत्य र जीवन हुनुहुन्छ भन्ने तथ्यको सर्वोत्तम गवाही हो। हामी आशा गर्छौं, कि प्रभुको दोस्रो आगमन पर्खनेहरू र परमेश्वर देखा पर्ने घटना र उहाँको कामको बाटो हेर्नेहरू सबैले यो पुस्तक पढ्न सक्नेछन्। -
सर्वशक्तिमान् परमेश्वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू
यस पुस्तकमा वचन देहमा देखा पर्नुहुन्छमा समावेश गरिएका सर्वशक्तिमान् परमेश्वर आखिरी दिनहरूका ख्रीष्टले व्यक्त गर्नुभएका अत्यावश्यक वचनहरूका अंशहरू समावेश छन्। यी अत्यावश्यक वचनहरूले प्रत्यक्ष रूपमा सत्यतालाई स्पष्ट पार्छन् र मानिसहरूलाई परमेश्वरको इच्छा बुझ्न, उहाँको कार्य जान्न र उहाँको स्वभाव तथा उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ सो कुराको ज्ञान प्राप्त गर्न प्रत्यक्ष रूपमा समर्थ तुल्याउँछन्। परमेश्वर देखा पर्ने घटनाको उत्कट चाहना गर्नेहरूको निम्ति यी उहाँका पाइलाहरूको खोजी गर्ने मार्गनिर्देशन हुन्। तिनले तपाईंलाई स्वर्ग राज्यको प्रवेशद्वार पत्ता लगाउन अगुवाइ गर्न सक्छन्। -
परमेश्वरका दैनिक वचनहरू
यस पुस्तकमा वचन देहमा देखा पर्नुहुन्छबाट छनौट गरिएका अनुच्छेदहरू समावेश गरिएका छन्। परमेश्वरका चुनिएका मानिसहरूले उहाँको वचनहरूबाट सत्यता अनि जीवनको दैनिक भरणपोषण प्राप्त गर्न सकून् भनेर, मानिसहरूको जीवन प्रवेशको लागि सबैभन्दा सुधारात्मक रहेका सर्वशक्तिमान् परमेश्वरका यी अत्यावश्यक वचनहरूलाई विशेष गरी मानिसहरूकै आनन्दको लागि नै यहाँ छनौट गरिएका छन्, र यसरी यस पुस्तकले सत्यतालाई प्रेम गर्नेहरूलाई सत्यता बुझ्न, परमेश्वरको अघि जिउन, र परमेश्वरबाट मुक्ति पाउन र सिद्ध तुल्याइन सहयोग गर्नेछ। परमेश्वरका यी अत्यावश्यक वचनहरू सत्यताका अभिव्यक्तिहरू हुन्; यसबाहेक, यी वचनहरू जीवनका सबैभन्दा अत्यावश्यक उक्तिहरू हुन्, र मानिसहरूका लागि यति सुधारात्मक र फाइदाजनक अरू वचनहरू छैनन्। यदि तपाईं प्रत्येक दिन यी वचनहरूको एउटा अनुच्छेदमा साँचो रूपमा आनन्द लिन सक्नुहुन्छ भने, यो तपाईंको सबैभन्दा ठूलो सौभाग्य हो, र तपाईं परमेश्वरद्वारा आशिषित हुनुहुन्छ। -
सर्वशक्तिमान् परमेश्वरका छनौटगरिएका वचनहरू
उहाँको कार्यको बारेमा सर्वशक्तिमान् परमेश्वरका छनौट गरिएका वचनहरू यस पुस्तकमा समावेश गरिएका छन्, र यसले राज्यको युगमा सर्वशक्तिमान् परमेश्वर देखा पर्नुभएको घटनाको र उहाँको कार्यको साक्षी दिन्छ। परमेश्वर देखा पार्ने घटनाको निम्ति उत्कट इच्छा गर्नेहरू सबैलाई यी वचनहरूले येशू धेरै पहिले नै सेतो बादलमा फर्कनुभएको छ, र उहाँ सर्वशक्तिमान् परमेश्वर, आखिरी दिनहरूका ख्रीष्ट—बेह्रिएको चर्मपत्र खोल्नुहुने र सात वटा मोहरहरू तोड्नुहुने भनी प्रकाशको पुस्तकमा भविष्यवाणी गरिएका थुमा नै हुनुहुन्छ भन्ने बारे पहिचान गराउनेछ। -
थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्
भजनहरूको यो पुस्तक दुई वटा मुख्य भागहरूमा विभाजन गरिएको छ: पहिलोमा परमेश्वरका वचनहरूका भजनहरू समावेश छन्, जुन सर्वशक्तिमान् परमेश्वरका अपरिहार्य वाणीहरूद्वारा निर्मित छन्, र दोस्रोमा मण्डली जीवनका भजनहरू समावेश छन्, जुन उहाँलाई पछ्याउने क्रममा उहाँको न्याय र कष्टहरू अनि संकष्टहरूको सामना गरिसकेपछि परमेश्वरका चुनिएका जनहरूले दिएका वास्तविक गवाहीहरू हुन्। यी भजनहरू आफ्ना आत्मिक भक्तिलाई अभ्यास गर्न, परमेश्वरको नजिक जान, उहाँको वचनहरूलाई मनन गर्न, र सत्यतालाई बुझ्नमा मानिसहरूका लागि निकै फाइदाजनक छन्। ती परमेश्वरका वचनहरूलाई अनुभव गरिरहन र परमेश्वरका वचनहरूको वास्तविकतामा प्रवेश गरिरहनका लागि मानिसहरूका लागि अझै फाइदाजनक छन्। -
ख्रीष्टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू
आखिरी दिनहरूको ठूलो सेतो सिंहासनको न्यायको काम सुरु भएको छ! सर्वशक्तिमान् परमेश्वर, आखिरी दिनहरूका ख्रीष्टले मानवजातिलाई न्याय गर्ने र शुद्ध पार्ने आफ्नो काम गर्न सत्यता व्यक्त गर्नुभएको छ। परमेश्वरका वचनहरूका प्रकाश र न्यायद्वारा, उहाँका चुनिएका मानिसहरूले क्रमिक रूपमा आफ्नो शैतानी भ्रष्टताको तथ्यलाई पहिचान गरिरहेका छन् र शैतानको प्रभावबाट उम्केर मुक्ति प्राप्त गर्ने मार्ग भेट्टाइरहेका छन्, र आफ्नो जीवन स्वभावमा क्रमिक रूपमा परिवर्तन देखिरहेका छन्। यी वास्तविक अनुभवहरूले सर्वशक्तिमान् परमेश्वरले गर्नुभएको न्यायको काम मानिसलाई पूर्ण रूपमा शुद्ध पार्ने र मुक्ति दिने काम हो भनी गवाही दिएका छन्। -
राज्यको सुसमाचार फैलाउने सम्बन्धी मार्गनिर्देशनहरू
यस पुस्तकमा साँचो मार्ग खोज्ने र अनुसन्धान गर्ने मानिसहरू सबैमा साझा रूपमा पाइने प्रश्न र धारणाहरू एकत्र गरिएको छ, र ती प्रश्न र धारणाहरूको बारेमा सर्वशक्तिमान् परमेश्वरका वचनहरू एकीकृत गरी समाधानहरू प्रदान गरिएको छ। यी प्रश्न र उत्तरहरू मानिसहरूलाई सत्यता बुझ्न र साँचो मार्गको अनुसन्धान गर्नको लागि धेरै नै लाभदायक छन्, र उहाँका वचनहरू फैलाउने र उहाँको कामको गवाही दिने क्रममा परमेश्वरका चुनिएका मानिसहरूका निम्ति पनि यी प्रश्न र उत्तरहरू अपरिहार्य सन्दर्भ सामग्री हुन्। परमेश्वरका भेडाहरूले उहाँको आवाज सुन्छन्, र यदि यो पुस्तक पढिसकेपछि उनीहरूले सत्यता पत्ता लगाउन र सर्वशक्तिमान् परमेश्वरका वचनहरू परमेश्वरको आवाज हुन् भनी चिन्न सक्छन् भने, उनीहरू प्रभुलाई स्वागत गर्ने बुद्धिमती कन्याहरू हुन्।