अध्याय ३२

परमेश्‍वरका वचनहरूले मानिसहरूलाई अन्योल अवस्थामा छोड्छ; मानौं, जब उहाँ बोल्नुहुन्छ, परमेश्‍वरले मानिसलाई त्यागेर हावासँग बोलिरहनुभएको हुन्छ, मानौं मानिसका कार्यहरूमा अझ बढी ध्यान दिने उहाँको कुनै विचार छैन र मानिसको कदलाई पूर्ण रूपमा बेवास्ता गर्नुहुन्छ, मानौं उहाँले बोल्नुहुने वचनहरू मानिसका धारणाहरूतर्फ निर्देशित छैनन्, तर परमेश्‍वरको मूल अभिप्रायअनुसार मानिसलाई अलग गर्नुहुन्छ। धेरै वटा कारणहरूले गर्दा, परमेश्‍वरका वचनहरू मानिसका निम्ति बुझ्न नसकिने र अभेद्य हुन्छन्। यो कुनै अचम्मको कुरा होइन। परमेश्‍वरका सबै वचनहरूको मूल उद्देश्य मानिसहरूले कामकुराको कसरी भन्‍ने पक्ष वा तीबाट कसरी युक्तिहरू सिक्ने भन्ने होइन; यसको सट्टामा, ती परमेश्‍वरले सुरुदेखि आजसम्म काम गर्नुभएका माध्यमहरूमध्ये एउटा हो। अवश्य नै, मानिसहरूले परमेश्‍वरका वचनहरूबाट केही कुराहरू प्राप्त गर्छन्: रहस्यहरूसित सम्बन्धित कुराहरू, वा पत्रुस, पावल र अय्यूबसित सम्बन्धित कुराहरू—तर यी तिनीहरूले प्राप्त गर्नुपर्ने कुराहरू हुन् र यी कुरा प्राप्त गर्न तिनीहरू सक्षम छन्, र तिनीहरूको कद अनुसार, यी कुराहरू प्राप्त गर्न तिनीहरूले अघिबाटै आफूले सक्दो कोसिस गरिसकेका छन्। किन परमेश्‍वरले हासिल गर्न लगाउनुभएको त्यो प्रभाव त्यत्ति ठूलो छैन, तैपनि उहाँले यति धेरै वचनहरू बोल्नुभएको छ? यो उहाँले कुरा गर्नुभएको सजायसँग जोडिएको छ, र स्वाभाविक रूपमा, यो सबै मानिसहरूले थाहा नपाई हासिल गरिन्छ। आज, मानिसहरूले परमेश्‍वरका वचनहरूको आक्रमणमा परेर ठूलो कष्ट भोगिरहेका छन्। बाहिरी रूपमा हेर्दा, तिनीहरूमध्ये कसैलाई पनि निराकरण गरिएको जस्तो देखिँदैन, मानिसहरूलाई तिनीहरूका काम गर्ने स्वतन्त्रता दिन थालिएको छ, र सेवा-कर्ताहरूलाई उच्‍च पारेर परमेश्‍वरका मानिसहरू बनाइएको छ—यसमा, मानिसहरूलाई तिनीहरू आनन्दभित्र प्रवेश गरेको जस्तो लाग्छ। वास्तवमा, वास्तविकता के हो भने, शोधनबाट तिनीहरू सबै अझ कडा सजायमा प्रवेश गरेका हुन्छन्। यो परमेश्‍वरले भन्‍नुभएको यो वचनजस्तै हो, “मेरो कामका चरणहरू एउटा देखि अर्कोसँग घनिष्ठ रूपमा जोडिएका छन्, ती प्रत्येक उच्च हुँदैजान्छन्।” परमेश्‍वरले सेवा-कर्ताहरूलाई अतल कुण्डबाट निकालेर तिनीहरूलाई आगो र गन्धकको कुण्डमा फाल्नुभयो, जहाँ सजाय अझ गम्भीर छ। यसैले, तिनीहरूले अझ ठूलो कठिनाइ भोग्नुपर्छ, जहाँबाट तिनीहरू मुस्किलले उम्कनेछन्। के त्यस्तो सजाय अझ धेरै गम्भीर हुँदैन र? एउटा उच्च क्षेत्रमा प्रवेश गरेपछि किन मानिसहरूले खुसीभन्दा दु:ख महसुस गर्छन्? शैतानको हातबाट छुटकारा दिएपछि तिनीहरूलाई ठूलो रातो अजिङ्गरको हातमा दिइन्छ भनेर किन भनिन्छ? के परमेश्‍वरले यसो भन्नुभएको तिमीहरूलाई याद छ, “कामको अन्तिम भाग ठूलो रातो अजिङ्गरको घरमा पूरा गरिन्छ”? के तँलाई परमेश्‍वरले यसो भन्नुभएको याद छ, “अन्तिम कठिनाइ भनेको ठूलो रातो अजिङ्गरको अगाडि परमेश्‍वरको बलियो, चर्को सोरमा स्पष्ट साक्षी दिनु हो”? यदि मानिसहरूलाई ठूलो रातो अजिङ्गरको हातमा दिइएन भने तिनीहरूले त्यसको अगाडि कसरी साक्षी दिन सक्छन्? आफैलाई मारेपछि कसले कहिल्यै “मैले शैतानलाई जितें” भन्ने शब्‍दहरू भनेको छ? आफ्नै देहलाई आफ्नो शत्रुको रूपमा हेरेर, त्यसपछि आफैलाई मार्नु—त्यसको व्यावहारिक महत्त्व कहाँ हुन्छ? परमेश्‍वर किन त्यसरी बोल्नुभयो? “म मानिसहरूका दागहरूलाई हेर्दिनँ, तर तिनीहरूका दाग नलागेका भागहरूलाई हेर्छु, र त्यसबाट म सन्तुष्टि पाउँछु।” यदि परमेश्‍वर विनादागका मानिसहरू उहाँको अभिव्यक्ति बनेका चाहनुहुन्छ भन्ने कुरा सत्य हो भने, मानिसहरूका धारणाहरूमाथि प्रहार गर्न किन उहाँले धैर्यता र गम्भीरतासाथ त्यति धेरै वचनहरू बोल्नुहुन्थ्यो र? उहाँले आफैलाई त्योसित किन सम्बन्धित गराउनुहुन्थ्यो? त्यस्तो काम गर्न उहाँले अनावश्यक कठिनाइ किन मोल्‍नुहुन्थ्यो? यसैले यो देखाएको छ, कि परमेश्‍वरको देहधारणको वास्तविक महत्त्व छ, उहाँले देह बनेर आफ्नो काम पूरा गर्नुभएपछि देहलाई “रद्द” गर्नुहुन्न। किन “सुन शुद्ध हुन सक्दैन र मानिस सिद्ध हुन सक्दैन” भनेर भनिन्छ? यी शब्दहरूको व्याख्या कसरी गर्न सकिन्छ? जब परमेश्‍वरले मानिसको सारको बारेमा बोल्नुहुन्छ, उहाँका वचनहरूको अर्थ के हुन्छ? मानिसहरूको नाङ्गो आँखामा, देहले केही पनि गर्न सक्दैन भन्‍ने जस्तो देखिन सक्छ, वा यसमा धेरै कुराको कमी भएको जस्तो देखिन्छ। परमेश्‍वरको नजरमा यसको एउटै पनि महत्त्व छैन—तापनि मानिसहरूका लागि यो अत्यन्त ठूलो महत्त्वको विषय हो। मानौं, कि तिनीहरू यसको समाधान गर्न पूर्ण रूपमा असमर्थ छन्, मानौं यसलाई व्यक्तिगत रूपमा स्वर्गीय शरीरले समाधान गर्नुपर्छ—के यो मानवीय धारणा होइन? “मानिसहरूका नजरमा, म आकाशबाट झरेको एउटा ‘सानो तारा,’ स्वर्गको सानो तारा मात्र हुँ; र आज पृथ्वीमा भएको मेरो आगमनको आदेश परमेश्‍वरले दिनुभएको थियो। फलस्वरूप, मानिसहरूले ‘म’ र ‘परमेश्‍वर’ शब्दहरूका धेरै वटा व्याख्याहरू गरेका छन्।” मानिसहरू केही पनि होइन भने, परमेश्‍वरले तिनीहरूका धारणाहरूलाई किन फरक-फरक दृष्टिकोणहरूबाट प्रकट गर्नुहुन्छ? के यो पनि परमेश्‍वरको बुद्धि हुनसक्छ? के त्यस्ता शब्दहरू हास्यास्पद छैनन्? यो परमेश्‍वरले भन्नुभएको जस्तै छ, “मैले मानिसहरूको हृदयमा एउटा स्थान बनाएको भए पनि, तिनीहरूले म त्यहाँ बसेको चाहँदैनन्। यसको सट्टामा, तिनीहरू आफ्नो हृदयमा ‘पवित्र जन’ अचानक आउनुभएको होस् भनी प्रतीक्षा गर्छन्। मेरो पहिचान अति ‘निम्न’ भएकोले, म मानिसहरूका मागहरूसँग मेल खाँदिनँ, त्यसैले मलाई तिनीहरूले बाहिर फालिदिन्छन्।” परमेश्‍वरसम्बन्धी मानिसहरूको अनुमान “अति उच्च” भएकोले, परमेश्‍वरका निम्ति धेरै वटा कुराहरू “प्राप्त गर्न नसकिने” छन्, जुन कुराले उहाँलाई “कठिनाइमा” पार्छन्। थोरै मानिसले मात्र यो जान्दछन् कि तिनीहरू परमेश्‍वर जुन कुराका निम्ति सक्षम होऊन् भन्ने चाहन्छन् त्यो तिनीहरूका धारणाहरू हुन्। के “चतुर व्यक्ति आफ्नै चतुऱ्याइँको शिकार हुन सक्छ” भन्‍ने भनाइको वास्तविक अर्थ यही होइन र? यो वास्तवमा “नियमले त बाठो, तर यस पटक त लाटो” भएको स्थिति हो! तिमीहरूको प्रचारमा, तिमीहरू मानिसहरूलाई परमेश्‍वरसम्बन्धी तिनीहरूको धारणाविना काम चलाउनु भनी भन्छौ, तर के तिमीहरूका धारणाहरूका परमेश्‍वर हटेर गएका छन्? “मैले मानिससँग गरेको माग कुनै पनि प्रकारले ठूलो छैन,” भन्ने परमेश्‍वरको वचनलाई कसरी व्याख्या गर्न सकिन्छ? ती मानिसहरूलाई नकारात्मक बनाउन र हठी गर्नका लागि होइनन्, तर तिनीहरूलाई परमेश्‍वरका वचनहरूको शुद्ध समझ दिनका लागि हो—के तिमीहरूले बुझ्यौ? के देहधारी परमेश्‍वर साँच्‍चै मानिसहरूले कल्पना गरेको “‘म’ हुनुहुन्छ, जो उच्च र शक्तिशाली हुनुहुन्छ”?

परमेश्‍वरद्वारा बोलिएका सबै वचनहरू पढेका र ती वचनहरूको सामान्य रूपरेखा दिन सक्ने मानिसहरू रहेका भए पनि परमेश्‍वरको मूल उद्देश्य के हो भनेर बताउन सक्ने को छ? मानवजातिमा यही कुराको कमी छ। परमेश्‍वर जुनसुकै दृष्टिकोणबाट बोल्नुभए पनि, उहाँको समग्र लक्ष्य भनेको मानिसहरूलाई देहमा आउनुभएका परमेश्‍वर चिनाउनु हो। यदि उहाँमा मानवताको कुनै पनि कुरा नभएको भए—यदि उहाँसँग भएका सबै कुरा स्वर्गमा हुनुहुने परमेश्‍वरका गुणहरू मात्र थिए भने—परमेश्‍वरले त्यत्ति धेरै कुराहरू भन्नुपर्ने कुनै आवश्यकता हुने थिएन। यो भन्न सकिन्छ, कि मानिसहरूमा जुन कुराको कमी छ त्यो प्रत्यक्ष रूपमा परमेश्‍वरको वचनसँग सम्बन्धित विषयवस्तु हुन्। भन्नुको अर्थ, मानिसमा के प्रकट गरिन्छ त्यो मानिसहरूका धारणाहरूको विषयमा परमेश्‍वरले जे भन्‍नुहुन्छ त्यसको पृष्ठभूमि हो, अनि यसरी मानिसहरूले परमेश्‍वरका वाणीहरूको सेवा गर्छन्। स्वाभाविक रूपमा, यो मानिसहरूको धारणाको बारेमा परमेश्‍वरले भन्नुभएका कुराहरूमा आधारित हुन्छ—यस प्रकारले मात्र यसलाई सिद्धान्त र वास्तविकताको मिश्रण भनेर भन्न सकिन्छ; तब मात्र मानिसहरूलाई आफूलाई चिन्‍ने कार्यमा अझ प्रभावकारी रूपमा गम्भीर बनाउन सकिन्छ। यदि देहमा हुनुहुने परमेश्‍वर मानिसका धारणासँग मिल्दोजुल्दो हुनुहुन्थ्यो र यदि परमेश्‍वरले पनि उहाँको गवाही दिनुभयो भने के हुनेथियो? वास्तवमा, यसैकारणले गर्दा परमेश्‍वरले आफ्‍नो महान् शक्तिलाई जोड दिन मानिसहरूको धारणालाई प्रयोग गर्दै नकारात्मक पक्षबाट काम गर्नुहुन्छ। के यो परमेश्‍वरको बुद्धि होइन? परमेश्‍वरले सबैका लागि गर्नुहुने सबै कार्य असल हुन्छ—त्यसैले किन अहिले नै प्रशंसा नचढाउने? यदि स्थितिहरू एक निश्चित बिन्दुमा पुग्छ, वा यदि दिन आइपुग्यो भने, के तँ, पत्रुसजस्तै, परीक्षाको बीचमा तैँले आफैभित्रबाट प्रार्थनाका शब्‍दहरू उच्‍चारण गर्न सक्छस्? यदि पत्रुस झैं तँ शैतानको हातमा पर्दा पनि अझै परमेश्‍वरको प्रशंसा गर्न सक्छस् भने, “शैतानको बन्धनबाट छुटकारा पाउनु, देहमाथि विजय हासिल गर्नु, र शैतानलाई जित्‍नु” को वास्तविक अर्थ हुनेछ। के यो परमेश्‍वरका लागि अझ बढी वास्तविक साक्षी होइन र? यो “ईश्‍वरत्व काम गर्न आउनुहुँदा र मानिसभित्र सात गुणा तीव्र आत्माले काम गर्न आउनुहुँदा” मात्र यो प्रभाव हासिल हुन्छ, अनि यसरी, यो “शरीरबाट आएको आत्मा” द्वारा प्राप्त गरिने प्रभाव पनि हो। के त्यस्ता कार्यहरू वास्तविक हुँदैनन् र? तैँले वास्तविकतामा ध्यान दिने गर्थिस्, तर के तँसँग आजको वास्तविकताको सही ज्ञान छ? “मैले मानिससँग गरेको माग कुनै पनि प्रकारले ठूलो छैन, तापनि मानिसहरूले यस्तो होइन भनी विश्‍वास गर्छन्। त्यसैले तिनीहरूको ‘नम्रता’ तिनीहरूको हरेक चालमा प्रकट हुन्छ। तिनीहरू सधैँ मेरो अगाडि हिँड्न, मेरो लागि बाटोमा अगुवाइ गर्न तयार हुन्छन्, किनभने तिनीहरू म हराउनेछु भन्ने डरले भुतुक्क भएका हुन्छन्, म पहाडहरू भित्रको प्राचीन जङ्गलहरूमा भौंतारिनेछु भनी त्रासित भएका हुन्छन्। फलस्वरूप, म कालकोठरीमा पस्नेछु भनी अति डराउँदै मानिसहरूले मलाई सधैँ अगाडि बढाउँछन्।” यी सरल वचनहरूको बारेमा तिमीहरूको ज्ञान कस्तो छ—के तिमीहरू तिनमा भएको परमेश्‍वरका वचनहरूको जडलाई बुझ्न सक्छौ? परमेश्‍वरले तिमीहरूका कुन-कुन धारणाहरूको बारेमा त्यस्ता वचनहरू बोल्नुभएको हो भनी के तिमीहरूले ध्यान दिएका छौ? के तिमीहरूले हरेक दिन यो मुख्य बुँदामा ध्यान दिने गर्छौ? त्यसपछि तुरुन्तै उल्‍लेख गरिएको अर्को खण्डको एउटा वाक्यमा, परमेश्‍वर भन्नुहुन्छ, “तापनि मानिसहरू मेरो इच्छाप्रति अनजान छन् र मबाट आउने कुराहरूका लागि प्रार्थना गरिरहन्छन्, मानौं मैले तिनीहरूलाई दिएका कुराहरूले तिनीहरूको आवश्यकताहरूलाई पूरा गर्न सक्दैनन्, मानौं मागले आपूर्तिलाई उछिनेको छ।” यो वाक्यमा तिमीहरूभित्र के-कस्ता धारणाहरू छन् त्यो देख्न सकिन्छ। तिमीहरूले विगतको समयमा के गर्‍यौ त्यो परमेश्‍वरले याद राख्‍ने वा खोजी गर्ने गर्नुहुन्‍न, यसैले विगतका घटनाहरूको बारेमा उप्रान्त नसोच। अझ महत्त्वपूर्ण कुरा भनेको तिमीहरूले भविष्यको मार्गमा “अन्तिम युगमा पत्रुसको आत्मा” सृजना गर्न सक्छौ कि सक्दैनौ भन्‍ने नै हो—के तँमा यो प्राप्त गर्ने विश्‍वास छ? परमेश्‍वरले मानिसबाट पत्रुसको अनुकरण बाहेक अरू केही माग गर्नुभएको छैन, ताकि मानिसहरूले अन्त्यमा ठूलो रातो अजिङ्गरलाई सर्ममा पार्नका लागि एउटा बाटो बनाउन सकून्। यसैकारण परमेश्‍वर भन्नुहुन्छ, “मलाई के मात्रै आशा छ भने, मानिसहरूमा मसँग सहकार्य गर्ने दृढ सङ्कल्प होस्। म तिनीहरूले मेरो निम्ति राम्रा भोजन पकाऊन्, वा तिनीहरूले कतै मेरो शिर अडाउने राम्रो ठाउँको व्यवस्था गरून्…।” संसारमा, मानिसहरूलाई १९९० को दसकमा “ले फेङको आत्मा” ल्याउनु भनेर भनिन्छ, तर परमेश्‍वरको घरमा, परमेश्‍वरले तिमीहरूलाई “पत्रुसको अद्वितीय शैली” सृजना गर्नु भनी भन्नुहुन्छ। के तिमीहरूले परमेश्‍वरको इच्छालाई बुझ्छौ? के तिमीहरू साँच्चै यसका लागि लागिपर्न सक्छौ?

“म ब्रह्माण्डभन्दा माथि हिँड्डुल गर्छु, र म हिँड्दा सम्पूर्ण ब्रह्माण्डका मानिसहरूलाई अवलोकन गर्छु। पृथ्वीमा मानिसहरूका भीडहरूको माझमा, कहिल्यै मेरो कामको लागि योग्य वा मलाई साँचो रूपले प्रेम गर्ने कोही आएको छैन। त्यसैले, यस क्षणमा म निराशामा सुस्केरा हाल्छु, र मैले ‘तिनीहरू सबैलाई एउटै जालमा समात्‍ने’ छु भनी साह्रै डराएर मानिसहरू फेरि कहिल्यै भेला नहुने गरी तुरुन्तै छरपष्ट हुन्छन्।” अधिकांश मानिसहरूलाई सायद यी शब्दहरू बुझ्न कठिन हुन्छ। तिनीहरू परमेश्‍वरले मानिससँग किन धेरै कुरा माग गर्नुहुन्न भनी सोध्छन्, तैपनि उहाँको कामका निम्ति योग्य कोही पनि नभएको देख्दा निराशा बनेर सुस्केरा हाल्छन्। के यहाँ विरोधाभास छ? ठेड रूपमा भन्नुपर्दा, यहाँ विरोधाभास छ, तर वास्तविकतामा कुनै विरोधाभास छैन। सायद तैँले परमेश्‍वरले यसो भन्नुभएको याद गर्न सक्छस् होला, “मेरा सबै वचनहरूले मैले चाहेको प्रभाव प्राप्त गर्छन्।” जब परमेश्‍वरले देहमा काम गर्नुहुन्छ, तब उहाँले वास्तवमा के गर्न लाग्‍नुभएको छ भनी हेर्नका लागि मानिसहरूले आफ्नो नजर उहाँको काममा लगाइरहन्छन्। जब परमेश्‍वरले शैतानलाई लक्षित गर्दै आत्मिक क्षेत्रमा आफ्नो नयाँ काम गर्नुहुन्छ, अर्को शब्दमा भन्ने हो भने, देहधारी परमेश्‍वर हुनुभएकोले पृथ्वीका मानिसहरूका बीचमा हरकिसिमका धारणाहरू उत्पन्न भएका हुन्छन्। जब परमेश्‍वरले हैरानीमा सुस्केरा हाल्नुहुन्छ—अर्थात्, जब उहाँले सबै मानिसका धारणाहरूको बारेमा कुरा गर्नुहुन्छ, मानिसहरूले तिनको निराकरण गर्न सक्दो कोसिस गर्छन्, र त्यस्ता मानिसहरू पनि हुन्छन्, जसले तिनीहरूको कुनै आशा छैन भन्‍ने ठान्छन्, किनकि उहाँको विषयमा धारणाहरू हुनेहरू सबै उहाँका शत्रु हुन् भनी परमेश्‍वर भन्‍नुहुन्छ—यसले गर्दा मानिसहरू किन “छरपष्ट” हुन सक्दैनन् र? विशेष गरी आज सजाय आइपुगेको हुनाले, मानिसहरू परमेश्‍वरले तिनीहरूलाई नष्ट गर्नुहुनेछ भनी अझ बढी डराउँछन्। तिनीहरूलाई सजाय दिनुभएपछि परमेश्‍वरले “तिनीहरू सबैलाई एउटै जालमा समात्‍ने” कार्य गर्नुहुनेछ भन्‍ने तिनीहरू विश्‍वास गर्छन्। तैपनि तथ्यहरू त्यस्ता छैनन्: परमेश्‍वर भन्नुहुन्छ, “म मानिसहरूलाई कहिल्यै उम्कन नसक्ने गरी मेरो सजायको बीचमा ‘नजरबन्द’ गरेर राख्न चाहन्नँ। मेरो व्यवस्थापनमा मानिसको कार्यहरूको अभाव भएकोले, मेरो काम सफलतासाथ पूरा गर्नु सम्भव छैन, त्यसले मेरो कार्यलाई प्रभावकारी ढङ्गमा अगाडि बढ्नबाट रोक्दछ।” सबै मानिसहरूलाई मारेपछि उहाँको काम अन्त्य गर्नु परमेश्‍वरको इच्‍छा होइन—त्यसो गर्नुको के अर्थ हुन्छ र? मानिसहरूमा काम गरेर अनि तिनीहरूलाई सजाय दिएपछि परमेश्‍वरले तिनीहरूद्वारा उहाँका कामहरूलाई स्पष्ट पार्नुहुन्छ। मानिसहरूले परमेश्‍वरका वचनहरूको शैलीमा पहिले नै सजाय छ भन्ने कुरालाई कहिल्यै पनि नबुझेका हुनाले, तिनीहरूको चेतनामा तिनीहरूसँग कहिल्यै पनि कुनै प्रवेश थिएन। मानिसहरू आफ्नो सङ्कल्प व्यक्त गर्न असमर्थ हुन्छन्, यसैले परमेश्‍वरले शैतानको अगाडि केही भन्न सक्नुहुन्न, र यसले परमेश्‍वरको कामलाई अगाडि बढ्नबाट रोक्छ। यसैले परमेश्‍वर भन्नुहुन्छ, “एक पटक मैले मानिसलाई मेरो घरको पाहुनाको रूपमा बोलाएँ, तैपनि मेरो बोलावटको कारण ऊ जताततै दगुर्यो—यो त यस्तो लाग्थ्यो, मानौं मैले उसलाई पाहुनाको रूपमा बोलाउनुको सट्टा, मैले उसलाई मृत्युदण्ड दिने स्थानमा ल्याएको छु। यसर्थ, मेरो घर रित्तो नै रह्यो, किनभने मानिस सधैँ मबाट टाढा बस्यो, र सधैँ मप्रति सचेत रहन्थ्यो। यसले गर्दा मेरो कार्यको भागलाई अघि बढाउने कुनै माध्यम रहेन।” मानिसले आफ्नो काममा गल्तीहरू गर्ने हुनाले परमेश्‍वरले मानिसबाट गर्ने मागहरूलाई स्पष्ट रूपमा राख्नुहुन्छ। अनि मानिसहरूले कामको यो चरण पूरा गर्न असफल हुने हुनाले परमेश्‍वरले अझ थप वाणीहरू थप्नुहुन्छ—यो परमेश्‍वरले भन्नुभएको “मानिसमा गरिने कामको अर्को भाग” ठीक यही हो। तर म परमेश्‍वरले भन्नुभएको “तिनीहरू सबैलाई एउटै जालमा समात्‍ने” कुराको बारेमा लामो कुरा गर्नेछैन, किनकि आजको काममा यसको सम्बन्ध थोरै मात्र छ। स्वाभाविक रूपमा, “सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरू” मा रहेका उहाँका धेरैजसो वचनहरू मानिससित सम्बन्धित छन्—तर मानिसहरूले परमेश्‍वरको इच्छालाई बुझ्नैपर्छ; उहाँले जे भन्नुभए पनि उहाँका उद्देश्यहरू सधैँ असल हुन्छन्। यो भन्न सकिन्छ, कि परमेश्‍वर विभिन्न माध्यमद्वारा बोल्नुहुने भएकोले, मानिसहरू परमेश्‍वरका वचनहरूको बारेमा सय प्रतिशत निश्चित छैनन्, र परमेश्‍वरका धेरैजसो वचनहरू उहाँको कामको आवश्यकताहरूका कारण बोलिएका हुन्, र तिनमा वास्तविकता थोरै छन् भन्‍ने विश्‍वास गर्छन्। यसले तिनीहरूलाई तिनीहरूका विचारहरूद्वारा थकित तुल्याउँछ र बोझमा पार्छ—किनकि तिनीहरूका धारणाहरू अनुसार, परमेश्‍वर यति ज्ञानी हुनुहुन्छ, र तिनीहरूको पहुँचदेखि यति पर हुनुहुन्छ कि, मानौं, तिनीहरूले केही पनि जान्दैनन् र परमेश्‍वरका वचनहरू कसरी खानुपर्छ त्यो जान्दैनन्। मानिसहरूले परमेश्‍वरका वचनहरूलाई अमूर्त र जटिल बनाउँछन्—किनभने परमेश्‍वर भन्नुहुन्छ, “मानिसहरू सधैँ मेरा वाणीहरूमा स्वाद थप्न चाहन्छन्।” तिनीहरूका विचारहरू धेरै जटिल भएकाले र परमेश्‍वरले तिनलाई “मुस्किलले प्राप्त” गर्न सक्‍नुहुने भएकोले, परमेश्‍वरका वचनहरूका केही भागलाई मानिसले सीमित गरेका छन्, यसरी उहाँले सीधै बोल्नुबाहेक अर्को कुनै विकल्प हुँदैन। मानिसहरूका मागहरू “धेरै उच्च” र तिनीहरूको कल्पनाशक्ति प्रचुर भएको हुनाले—मानौं, तिनीहरूले शैतानका कार्यहरू हेर्नका निम्ति आत्मिक क्षेत्र पार गर्न सक्छन्—यसले परमेश्‍वरका वचनहरूको क्षमतालाई कम गराएको छ, किनकि परमेश्‍वरले जति धेरै कुरा भन्नुहुन्छ मानिसहरूको अनुहार उति नै उदास बन्छन्। तिनीहरूले आफ्नो अन्त्यको बारेमा विचार गर्नुको साटो किन सजिलै आज्ञापालन गर्न सक्दैनन्? यसमा फाइदा कहाँ छ?

अघिल्लो: अध्याय ३१

अर्को: अध्याय ३३

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्