परिचय

“सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरू” परमेश्‍वर स्वयम्‌को पहिचानमा ख्रीष्टले व्यक्त गर्नुभएका वाणीहरूको दोस्रो भाग हो। यसले फेब्रुवरी २०, १९९२ देखि जुन १, १९९२ को अवधिलाई समावेश गर्छ, र यसमा जम्‍मा सतचालीस वटा अध्याय छन्। यी वाणीहरूमा समावेश परमेश्‍वरका वचनहरूको शैली, विषयवस्तु, र दृष्टिकोण “प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू” को भन्दा पूर्ण रूपमा फरक छन्। “प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू” ले मानिसहरूको बाहिरी बानीबेहोरा, र तिनीहरूको साधारण आत्मिक जीवनलाई खुलासा र अगुवाइ गर्छ। अन्तिममा, यो “सेवाकर्ताहरूको परीक्षा” मा गएर टुङ्गिन्छ। तर “सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरू,” भने सेवाकर्ताहरूको रूपमा रहेको मानिसहरूको पहिचानको समाप्ति र परमेश्‍वरका मानिसहरूको रूपमा तिनीहरूको जीवनको सुरुवातसँगै सुरु हुन्छ। यसले मानिसहरूलाई परमेश्‍वरको कामको दोस्रो चरमोत्कर्षतर्फ डोर्‍याउँछ, जुन अवधिमा तिनीहरू अग्‍नि-कुण्डको परीक्षा, मृत्युको परीक्षा, र परमेश्‍वरलाई प्रेम गर्ने समय भएर जान्छन्। यी विभिन्‍न चरणहरूले परमेश्‍वरको अघि मानिसको कुरूपताका साथै उसको साँचो अनुहारलाई पूर्ण रूपमा खुलासा गर्छन्। अन्तिममा, परमेश्‍वरले त्यो अध्यायसँगै समापन गर्नुहुन्छ जहाँ उहाँ मानिसबाट बिदा भएर जानुहुन्छ, यसरी मानिसहरूको पहिलो समूहमाथिको देहधारी परमेश्‍वरको विजयको सबै चरणहरूलाई समाप्त गर्नुहुन्छ।

“सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरू,” मा परमेश्‍वरले आत्माको दृष्टिकोणबाट आफ्ना वचनहरू व्यक्त गर्नुभएको छ। उहाँले जुन तरिकाले बोल्‍नुहुन्छ, त्यो सृष्टि गरिएको मानवजातिको निम्ति अप्राप्य छ। यसका अतिरिक्त, उहाँका वचनहरूका शब्दावली र शैली सुन्दर र हृदय स्पर्शी छन् र कुनै पनि प्रकारको मानव साहित्यले तिनको स्थान लिन सक्दैन। उहाँले जुन वचनहरूद्वारा मानिसको पर्दाफास गर्नुहुन्छ ती सटीक छन्, कुनै पनि दर्शनद्वारा तिनको खण्डन गर्न सकिँदैन र तिनले सबै मानिसहरूलाई अधीनतामा ल्याउँछन्। धारिलो तरवारले जस्तै, मानिसको न्याय गर्न परमेश्‍वरले प्रयोग गर्नुहुने वचनहरूले मानिसहरूका आत्माका गहिराइसम्‍मै काट्छन्, यति गहिरो काट्छन् कि तिनीहरूका निम्ति लुक्‍ने ठाउँ रहँदैन। उहाँले मानिसहरूलाई सान्त्वना दिन प्रयोग गर्नुहुने वचनहरूमा कृपा र प्रेममय दया हुन्छन्, ती मायालु आमाको अँगालो झैँ न्याना छन्, अनि तिनले मानिसहरूलाई पहिले कहिले नभएको सुरक्षाको महसुस गराउँछन्। यी अभिव्यक्तिहरूको सबैभन्दा ठूलो गुण भनेको यही हो कि, यस युगमा, परमेश्‍वरले यहोवा वा येशू ख्रीष्टको पहिचानको प्रयोग गरेर बोल्‍नुहुन्‍न न त आखिरी दिनहरूका ख्रीष्टको। बरु, उहाँको अन्तर्निहित पहिचान, अर्थात् सृष्टिकर्ताको प्रयोग गरेर उहाँलाई पछ्याउने र उहाँलाई पछ्याउन बाँकी रहेकाहरूसँग बोल्‍नुहुन्छ र तिनीहरूलाई सिकाउनुहुन्छ। संसारको सृष्टिपछि परमेश्‍वरले सारा मानवजातिलाई सम्बोधन गर्नुभएको यो पहिलो पटक हो भन्दा अत्योक्ति नहोला। यसअघि सृष्टि गरिएको मानवजातिसँग परमेश्‍वरले कहिले पनि यस्तो विस्‍तृत रूपमा र व्यवस्थित रूपले बोल्‍नुभएको थिएन। निश्‍चय नै, उहाँले मानवजातिसँग यति धेरै र यति लामो समयसम्‍म बोल्‍नुभएको पनि यो पहिलो पटक नै हो। यो पूर्ण रूपले अभूतपूर्व छ। यति मात्र कहाँ हो र, यी वाणीहरूले परमेश्‍वरले मानवजाति माझमा व्यक्त गर्नुभएको प्रथम लिखित वचन निर्माण गर्छन्, जसमा उहाँले मानिसहरूको पर्दाफास गर्नुहुन्छ, तिनीहरूलाई मार्गनिर्देशन दिनुहुन्छ, तिनीहरूको न्याय गर्नुहुन्छ र तिनीहरूसँग आत्मीय तरिकाले बोल्‍नुहुन्छ, यसैले ती प्रथम वाणीहरू हुन्, जसमा परमेश्‍वरले मानिसहरूलाई उहाँका पाइलाहरू, उहाँ ढल्कनुहुने स्थान, परमेश्‍वरको स्वभाव, परमेश्‍वरसँग जे छ र उहाँ जो हुनुहुन्छ, परमेश्‍वरका विचारहरू र मानवजातिप्रति उहाँको चासोको बारेमा जान्‍न दिनुहुन्छ। यिनीहरूलाई सृष्टिदेखि यता तेस्रो स्वर्गबाट मानवजातिसँग परमेश्‍वर बोल्‍नुभएको प्रथम वाणीहरू हुन्, र देखा पर्न र वचनहरूद्वारा मानवजातिकहाँ उहाँका हृदयका आवाज व्यक्त गर्नको निम्ति आफ्नो अन्तर्निहित पहिचानको प्रयोग गर्नुभएको पहिलो पटक हो भनेर भन्‍न सकिन्छ।

यी वाणीहरू अत्यन्तै गहन र अथाह छन्; तिनलाई सहजै बुझ्‍न सकिँदैन, न त परमेश्‍वरका वचनहरूको उत्पत्ति र उद्देश्यहरूलाई बुझ्‍न नै सम्‍भव छ। तसर्थ, ख्रीष्टले हरेक अध्यायपछि यी वाणीहरूको मुख्य भागलाई स्पष्ट पार्दै मानिसको लागि बुझ्‍न सहज हुने भाषामा व्याख्या थप्‍नुभएको छ। वाणीहरूको साथमा, यस व्याख्याले परमेश्‍वरका वचनहरूलाई सबैको लागि बुझ्‍न र जान्‍न अलि सहज तुल्याउँछ। हामीले यी वचनहरूलाई “सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरू” को परिशिष्टको रूपमा समावेश गरेका छौं। तिनमा, ख्रीष्‍टले सजिलै बुझ्‍न सकिने शब्‍दहरूको प्रयोग गरी व्याख्याहरू प्रदान गर्नुभएको छ। यी दुईको संयोजन मानवतामा हुनुभएको परमेश्‍वर र ईश्‍वरीयता बीचको सिद्ध मिलान हो। परिशिष्टमा परमेश्‍वरले तेस्रो व्यक्तिको दृष्टिकोणबाट बोल्‍नुभएको भए तापनि, यी वचनहरू परमेश्‍वरले व्यक्तिगत रूपमा नै बोल्‍नुभएको हो भन्‍ने कुरालाई कसैले पनि इन्कार गर्न सक्दैन, किनभने कुनै पनि मानिसले परमेश्‍वरका वचनहरूलाई स्पष्ट रूपमा व्याख्या गर्न सक्दैन; परमेश्‍वर स्‍वयम्‌ले मात्रै उहाँका वाणीहरूका उत्पत्ति र उद्देश्यहरूलाई स्पष्ट पार्न सक्‍नुहुन्छ। यसर्थ, परमेश्‍वरले विभिन्‍न माध्यमहरूको प्रयोग गरेर बोल्‍नुभए पनि, उहाँका कामहरूको उद्देश्य कहिल्यै परिवर्तन हुँदैन, न त उहाँको योजनाको उद्देश्य नै कहिल्यै हेरफेर हुन्छ।

“सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरू” परमेश्‍वर मानिसबाट बिदा हुनुभएको अध्यायमा समाप्त भए पनि, वास्तवमा, मानिसको बीचमा परमेश्‍वरले गर्नुभएको विजय र मुक्तिको काम, अनि मानिसलाई सिद्ध पार्ने उहाँको काम औपचारिक रूपमा प्रारम्‍भ गरिएको समय नै यही हो। तसर्थ, हामीले “सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरू” लाई परमेश्‍वरको आखिरी दिनहरूको कामको अगमवाणीको रूपमा लिनु अझै उचित हुन्छ। यो समयदेखि पछि मात्रै मानिसको देहधारी पुत्रले मण्डलीहरूका बीचमा हिँड्डुल गर्दै र जीवन प्रदान गर्दै, अनि उहाँका सबै मानिसहरूलाई सिञ्चन र गोठाला गर्दै औपचारिक रूपमा ख्रीष्‍टको पहिचान लिएर काम गर्न र बोल्‍न थाल्‍नुभयो, जसको परिणामस्वरूप “मण्डलीहरूमा हिँड्ने क्रममा ख्रीष्‍टले दिनुभएका वचनहरू” का धेरै वाणीहरूको उदय भयो।

अघिल्लो: अध्याय १२०

अर्को: अध्याय १

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्