अध्याय ३५

मानिसहरूलाई म जिएकै प्रवाहमा जिउन दिँदै मैले मानवजातिमाझ मेरो कामलाई अघि बढाउन सुरु गरेको छु; जब म मेरो काम पूरा गर्छु, म मानवजातिको बीचमै हुनेछु, किनभने मेरो सम्पूर्ण व्यवस्थापन योजनाभरि व्यवस्थापन गरिएका तिनीहरू नै हुन्, र तिनीहरू सबै थोकका मालिक बनून् भन्‍ने मेरो इच्‍छा छ। यही कारणले गर्दा, म मानवजातिमाझ निरन्तर हिँडडुल गर्छु। मानवजाति र म वर्तमान युगमा प्रवेश गर्दा, मलाई निकै सहज लागेको छ, किनभने मेरो कामको गति वृद्धि भएको छ। मानिसहरूले कसरी यो गतिलाई पछ्याउन सक्छन्? मैले अचेत र बोधा मानिसहरूमा धेरै काम गरेको छु, तैपनि तिनीहरूले लगभग केही पनि प्राप्त गरेका छैनन्, किनभने तिनीहरूले मेरो कदर नै गर्दैनन्। मैले सबै मानिसहरूमा बास गरेको छु र तिनीहरू जहाँ भए पनि, जमिनमाथि र जमिनमुनि दुवै ठाउँमा मैले तिनीहरूको हरेक चाल अवलोकन गरेको छु। “मानव” का रूपमा वर्गीकरण गरिएकाहरू सबैले मलाई विरोध गरिरहेका छन्, मानौं “मलाई विरोध गर्ने कार्य” मानिसको काम नै हो, मानौं यो काम नगर्दा तिनीहरू कसैले अङ्गीकार नगर्ने घुमन्ते टुहुरा-टुहुरी बन्छन्। तैपनि, म मानिसहरूलाई तिनीहरूका कार्य र व्यवहारको आधारमा मनोमानी हिसाबले सजाय सुनाउँदिन। बरु, तिनीहरूको कदअनुसार म तिनीहरूलाई साथ दिन्छु र तिनीहरूको लागि भरणपोषण गर्छु। मानव मेरो सम्पूर्ण व्यवस्थापन योजनाको मुख्य पात्रहरू भएका हुनाले, “मानव” को भूमिकामा परेकाहरूलाई म थप अगुवाइ प्रदान गर्छु, ताकि तिनीहरूले त्यो भूमिका हृदयदेखि नै र तिनीहरूको क्षमताले भ्याएसम्‍म राम्ररी निर्वाह गर्न सकून्, र ताकि मैले निर्देशन गरिरहेको यो नाटकले शानदार सफलता प्राप्त गर्न सकोस्। मानवजातिप्रति मेरो अनुरोध यही हो। यदि मैले मानवजातिको लागि प्रार्थना नगरेको भए, के तिनीहरूले आफ्‍नो भूमिका निर्वाह गर्न सक्‍नेथिए? तब के मानिसहरूले मलाई मागेका कुरा मैले गर्न सक्‍ने, तर तिनीहरूलाई मैले मागेका कुराहरू तिनीहरूले पूरा गर्न नसक्‍ने अवस्था हुनेथियो? के भन्‍न सकिन्छ भने, मानवजातिलाई दमन गर्न म मेरो शक्तिको प्रयोग गर्दिन। बरु, यो मेरो अन्तिम अनुरोध हो, जुन म तिनीहरूलाई सारा तत्परता र इमानदारिताको साथ बिन्ती गर्छु। के तिनीहरूले साँच्‍चै मैले अनुरोध गरेको कुरा गर्न सक्दैनन्? मैले मानिसहरूलाई धेरै वर्षदेखि दिँदै आइरहेको छु, तैपनि मैले यसको सट्टामा केही पनि प्राप्त गरेको छैन। कसले मलाई कहिल्यै केही दिएको छ? के मेरो रगत, पसिना, र आँसु पहाडको कुहिरोजस्तै छन्? मैले मानिसहरूलाई धेरै पटक “खोप” दिएको छु, र मैले तिनीहरूलाई दिएका सर्तहरू कडा छैनन् भनेर भनेको छु। तब किन मानिसहरू मदेखि सधैँ टाढा हुन्छन्? के मैले तिनीहरूलाई समातिनेबित्तिकै मारिने चल्‍लाहरूलाई जस्तै व्यवहार गरेकोले हो? के म साँच्‍चै त्यति निर्दयी र अमानवीय छु? मानिसहरूले सधैँ मलाई तिनीहरूका आफ्‍नै धारणाहरूले मापन गर्छन्। के तिनीहरूको धारणाहरूमा रहेको म, स्वर्गमा रहेको मजस्तै छ त? म मानिसहरूका धारणाहरूलाई मेरो आनन्दका वस्तुहरूको रूपमा लिँदिनँ। बरु, म तिनीहरूका हृदयलाई सराहना गरिनुपर्ने कुराको रूपमा लिन्छु। तैपनि, मलाई तिनीहरूको विवेकप्रति निकै दिक्‍क लाग्छ, किनभने तिनीहरूका अनुसार, मसँग समेत विवेक छैन। त्यसकारण, तिनीहरूको विवेकको बारेमा मसँग अझै बढी विचारहरू छन्। तैपनि, म प्रत्यक्ष रूपमा तिनीहरूको विवेकको आलोचना गर्न इन्कार गर्छु; बरु, म तिनीहरूलाई धैर्यताको साथ र व्यवस्थित ढङ्गले अगुवाइ गरिरहन्छु। आखिर, मानिसहरू कमजोर छन्, र तिनीहरूले कुनै पनि काम गर्न सक्दैनन्।

आज, म असीमित सजायको क्षेत्रमा औपचारिक रूपमा प्रवेश गर्छु, जसमा म मानवसँगै रमाउँछु। मेरो हातद्वारा, म हुकुम पनि जारी गर्छु, र मेरो हुकुम अन्तर्गत, मानवजाति शिष्ट बन्छ; कसैले पनि मलाई विरोध गर्ने आँट गर्दैन। मैले सुम्पेको काम गर्दै सबै मेरै अगुवाइमा रहन्छन् किनभने यो तिनीहरूको “काम” हो। स्वर्गमा र स्वर्गमुनिका सबै थोकमाझ, कोचाहिँ मेरा योजनाहरूमा समर्पित हुँदैन र? को मेरो पकडमा छैन र? मेरा वचनहरू र मेरो कामको लागि कसले प्रशंसा र बढाइ गर्दैन र? मानिसहरूले मेरा कर्म र कार्यहरूलाई सराहना गर्छन्, त्यसकारण, मेरो हरेक चालको कारण, तिनीहरूले आफैलाई मेरो कामको प्रवाहमा समर्पित गर्छन्। कसले आफूलाई मुक्त गर्न सक्छ र? मैले बन्दोबस्त गरेको कामबाट को उम्कन सक्छ र? मेरो प्रशासनिक आदेशद्वारा, मानिसहरू बस्‍न बाध्य हुन्छन्; योविना, तिनीहरू सबै “अग्र-पङ्‌क्ति” बाट पछि हट्नेथिए र “भगुवा” बन्‍नेथिए। मृत्युबाट नडराउने को छ र? के मानिसहरूले साँच्‍चै आफ्‍नो जीवनको बाजी लगाउन सक्छन् त? म कसैलाई पनि जबरजस्ती गर्दिन, किनभने मैले धेरै पहिले नै मानव प्रकृतिको बारेमा पूर्ण बुझाइ प्राप्त गरिसकेको छु। तसर्थ, मैले सधैँ मानिसहरूले पहिले कहिल्यै नगरेका परियोजनाहरूलाई अघि बढाइरहेको छु। मेरो काम कसैले अघि बढाउन नसकेका हुनाले, म शैतानसँग जीवन र मृत्युको युद्धमा सहभागी हुनको लागि म व्यक्तिगत रूपमा युद्धभूमिमा खडा भएको छु। आजभोलि, शैतान चरम रूपमा व्याप्त भएको छ। मैले मेरो कार्यको मुख्य विषयलाई प्रदर्शन गर्न र मेरो शक्ति प्रदर्शन गर्नको लागि यो मौका किन नलिने? मैले यसभन्दा पहिले बताएजस्तै, म शैतानको चाललाई मेरो प्रतिभारको रूपमा प्रयोग गर्छु; के यो उत्कृष्ट अवसर होइन र? अहिले मात्रै म मेरो प्रसन्‍न मुस्कान प्रकट गर्छु, किनभने मैले मेरो उद्देश्य हासिल गरेको छु। म अबउप्रान्त यता-उता दौडेर मानिसहरूलाई “सहयोग” माग्‍ने काम गर्नेछैन। मैले दौडधूप गर्न छोडेको छु, र फिरन्ते जीवन जिउन छोडेको छु। अबदेखि, म शान्तिमा जिउनेछु। मानिसहरू पनि सुरक्षित र तन्दुरुस्त हुनेछन्, किनभने मेरो दिन आएको छ। पृथ्वीमा, मैले मानवको व्यस्त जीवन जिएको छु, यस्तो जीवन जसमा धेरै अन्यायहरू भएको देखिन्छ। मानिसको नजरमा, म तिनीहरूको सुख र दुःखमा, साथै तिनीहरूका आपत्-विपदमा सहभागी भएको छु। मानिसहरूजस्तै, म पनि पृथ्वीमा र स्वर्गमुनि जिएको छु। त्यसकारण, तिनीहरूले मलाई सधैँ सृष्टि गरिएको प्राणीको रूपमा हेरेका छन्। मानिसहरूले मलाई स्वर्गमा म जस्तो छु त्यस्तो नदेखेका हुनाले, तिनीहरूले मेरो खातिर त्यति धेरै प्रयास लगाएका छैनन्। तैपनि, आजको परिस्थितिलाई ध्यानमा राख्दा, मानिसहरूसँग तिनीहरूको नियतिको मालिक र बादलहरूबाट बोल्ने वक्ता म नै हुँ भन्‍ने कुरालाई स्वीकार गर्नेबाहेक अरू कुनै विकल्‍प छैन। त्यसकारण, मानिसहरूले आफ्‍नो शिर भुइँमा घोप्ट्याएर मेरो आराधना गरेका छन्। के यो मेरो विजयी पुनरागमनको प्रमाण होइन र? के यो सबै शत्रुवत शक्तिहरूमाथिको मेरो विजयको चित्रण होइन र? संसारको अन्त्य हुन लागेको छ, मानवजातिमाझ ठूलो सफाइ हुनेछ भन्‍ने आभास सबै मानिसहरूलाई भएको छ। तैपनि, सत्य भन्ने हो भने, मैले तिनीहरूलाई सचेत रूपमा भनेको कुरा तिनीहरूले गर्न सक्दैनन्, त्यसकारण मेरो सजायमा बिलौना गर्नेबाहेक तिनीहरूसँग कुनै विकल्‍प छैन। के नै गर्न सकिन्छ र? कसले मानिसहरूलाई अवज्ञाकारी बन्‍नु भनेको छ र? कसले तिनीहरूलाई अन्तिम युगमा प्रवेश गर्नु भनेको छ र? तिनीहरू किन आखिरी दिनहरूमा मानव संसारमा जन्मिए त? हरेक कुरा मैले नै व्यक्तिगत रूपमा बन्दोबस्त र योजना गरेको हुन्छु। कसले गुनासोको आवाज निकाल्‍न सक्छ र?

संसारको सृष्टिदेखि नै, म मानवजातिलाई तिनीहरूको सांसारिक अस्तित्वमा साथ दिँदै तिनीहरूको बीचमा हिँडडुल गरेको छु। तैपनि, अघिल्‍ला पुस्ताहरूमा, मैले एक जना व्यक्तिलाई समेत कहिल्यै छनौट गरिन; मेरो मौन पत्रद्वारा सबै इन्कार गरिए। किनभने विगतका मानिसहरूले मलाई मात्रै पूर्ण रूपमा सेवा गर्दैनथिए, त्यसकारण, यसको सट्टामा, मैले पनि तिनीहरूलाई मात्रै पूर्ण रूपमा प्रेम गरिन। तिनीहरूले शैतानका “उपहारहरू” लिए अनि फर्केर ती मलाई दिए। के यो मेरो विरुद्धको निन्दा थिएन र? अनि तिनीहरूले आफ्‍नो भेटी दान चढाउँदा, मैले मेरो घिनलाई प्रकट गरिन; बरु, यी “उपहारहरू” लाई मेरो व्यवस्थापनका सामग्रीहरूमा समावेश गरेर मैले तिनीहरूको युक्तिलाई मेरो आफ्‍नै फाइदाको लागि प्रयोग गरेँ। पछि, तिनलाई मेसिनले प्रशोधन गरिसकेपछि, म त्यस भित्रको खतरनाक वस्तुहरूलाई डढाउनेथिएँ। वर्तमान युगमा, मानिसहरूले मलाई धेरै “उपहारहरू” चढाएका छैनन्, तैपनि म तिनीहरूलाई यसको लागि धिक्कार गर्दिन। यी मानिसहरू सधैँ नै कङ्गाल र रित्तो हातका रहिआएका छन्; तसर्थ, तिनीहरूको परिस्थितिको वास्तविकतालाई अवलोकन गरिसकेपछि, म मानव संसारमा आएदेखि मैले तिनीहरूलाई कुनै पनि अनुचित सर्तहरू थोपरेको छैन। बरु, तिनीहरूलाई “सामग्रीहरू” दिइसकेपछि, मैले आफूले चाहेको “अन्तिम उत्पादन” पाउन खोजेको छु, किनभने मानिसहरूले हासिल गर्न सक्‍ने हद यही नै हो। मैले उपयुक्त सर्त राख्नुभन्दा पहिले, मानवको रूपमा जिउनुको अर्थ के हो सो सिक्दै धेरै वर्ष कठिनाइमा बिताएको छु। मैले मानव जीवनको अनुभव नगरेको भए, मानिसहरूलाई छलफल गर्न कठिन लाग्‍ने मामलाहरूलाई मैले कसरी बुझ्‍न सक्‍नेथिएँ र? तैपनि, मानिसहरूले यसलाई यसरी हेर्दैनन्; तिनीहरूले मलाई सर्वशक्तिमान्, र अलौकिक परमेश्‍वर स्‍वयम्‌ हो भनी भन्छन्। इतिहासभरि सबै मानिसहरूले बोकेको धारणा नै तिनीहरूले आज बोक्‍ने धारणा होइन र? पृथ्वीमा मलाई साँचो रूपमा र पूर्ण रूपमा चिन्‍ने एक जना पनि छैन भनेर मैले भनेको छु। यो टिप्पणीका आफ्‍नै अर्थहरू छन्; यो बकम्फुसे गफ होइन। मैले यो कुरालाई आफै अनुभव र अवलोकन गरेको छु, त्यसकारण मसँग यसका विवरणहरूको बुझाइ छ। म मानव संसारमा नआएको भए, मलाई चिन्‍ने मौका कसले पाउनेथियो र? कसले व्यक्तिगत रूपमा मेरा वचनहरू सुन्‍न सक्थ्यो र? कसले तिनीहरूको बीचमा मेरो आकृति देख्‍न सक्थ्यो र? युगौंयुगसम्म, म सधैँ बादलहरूको बीचमा लुप्त रहेँ। प्रारम्‍भतिर नै, मैले भविष्यवाणी गरेको थिएँ: “म आखिरी दिनहरूमा मानिसहरूको निम्ति उदाहरण हुन मानव संसारमा ओर्लनेछु।” यही कारणले गर्दा नै आजका मानिसहरूले मात्र आफ्ना क्षितिजहरू फराकिलो बनाउन सक्‍ने सौभाग्य पाएका छन्। के मैले तिनीहरूलाई दिएको दया यही होइन र? के तिनीहरूले साँच्‍चै मेरो अनुग्रहलाई पटक्‍कै बुझ्‍न सक्दैनन् र? मानिसहरू किन यति मन्द र मूर्ख छन्? तिनीहरू यति टाढासम्‍म आइपुगेका छन्; किन तिनीहरू अझै नबिउँझेका होलान्? म यो संसारमा बसेको धेरै भइसक्यो, तर मलाई कसले चिन्छ? मैले मानिसहरूलाई सजाय दिनु स्वाभाविकै हो। यस्तो लाग्छ, मेरो अख्‍तियार प्रयोगको पात्रहरू तिनीहरू नै हुन्; तिनीहरू मेरो बन्दुकका गोली हुन्, जसलाई हानेपछि सबै “उम्कने” छन्। मानिसहरूले यस्तै हो भन्‍ने कल्‍पना गर्छन्। मैले मानिसहरूलाई सधैँ सम्‍मान गरेको छु; मैले मनोमानी ढङ्गले तिनीहरूबाट कहिल्यै नाजायज फाइदा उठाएको छैन वा तिनीहरूलाई दासहरूलाई जस्तो बेच-बिखन गरेको छैन। किनभने म तिनीहरूलाई छोड्न सक्दिन, न त तिनीहरूले मलाई छोड्न सक्छन्। तसर्थ, हामीबीचमा जीवन र मृत्युको एक बन्धन निर्माण भएको छ। मैले मानवजातिलाई सधैँ कदर गरेको छु। मानवजातिले मलाई कहिल्यै कदर नगरेको भए पनि, तिनीहरूले मलाई सधैँ आशाका साथ हेरेका छन्, यही कारणले गर्दा मैले तिनीहरूमाथि निरन्तर प्रयत्न लगाएको छु। म मानिसहरूलाई मेरो आफ्‍नै सम्पत्तिजस्तै गरी प्रेम गर्छु, किनभने तिनीहरू पृथ्वीमा रहेका मेरो व्यवस्थापनका “पूँजी” हुन्; त्यसकारण, म तिनीहरूलाई अवश्य नै हटाउनेछैन। मानिसहरूप्रतिको मेरो इच्‍छा कहिल्यै पनि परिवर्तन हुनेछैन। के तिनीहरूले साँच्‍चै मेरो शपथमा विश्‍वास गर्न सक्छन्? तिनीहरूले मेरो खातिर मलाई कसरी सन्तुष्ट तुल्याउन सक्छन्? सबै मानवजातिको निम्ति तय गरिएको काम यही हो; मैले तिनीहरूलाई दिएको “गृहकार्य” यही हो। यसलाई पूरा गर्न तिनीहरू सबैले कठिन परिश्रम गर्नेछन् भन्‍ने मेरो आशा छ।

अप्रिल २३, १९९२

अघिल्लो: अध्याय ३४

अर्को: अध्याय ३६

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

देहधारी परमेश्‍वर र परमेश्‍वरद्वारा प्रयोग भएका मानिसहरूका बीचका अत्यावश्यक भिन्नता

परमेश्‍वरका आत्माले पृथ्वीमा काम गर्नुहुँदा, उहाँले धेरै वर्षदेखि खोजिरहनुभएको छ, र युगौँदेखि उहाँको काम गर्नका लागि परमेश्‍वरले धेरै...

सच्चा हृदयका साथ परमेश्‍वरको आज्ञापालन गर्नेहरूलाई अवश्य पनि परमेश्‍वरले प्राप्त गर्नुहुनेछ

पवित्र आत्माको काम दिन प्रतिदिन परिवर्तन हुन्छ। प्रत्येक कदमसँगै यो अझ माथि जान्छ, आजको भन्दा भोलिको प्रकाश अझ माथि हुन्छ, यो एकपछि अर्को...

“सहस्राब्दीय राज्यको आगमन भएको छ” भन्ने विषयमा संक्षिप्त चर्चा

तिमीहरूलाई सहस्राब्दीय राज्यको दर्शनको बारेमा के लाग्छ? कतिपय मानिसहरू यस विषयमा धेरै सोच्छन्, र तिनीहरू भन्छन्: “सहस्राब्दीय राज्य...

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्