अध्याय ४३

के मैले तिमीहरूलाई याद दिलाएको छैन र? तिमीहरू भयभीत नहोऊ; तिमीहरू मेरो कुरा नै सुन्दैनौ, तिमीहरू कस्तो विचारहीन मानिसहरू हौ! कहिले तिमीहरू मेरो हृदयलाई बुझ्न सक्षम हुनेछौ? हरेक दिन नयाँ अन्तर्दृष्टि आउँछ, र हरेक दिन नयाँ ज्योति आउँछ। कतिपटक तिमीहरूले आफ्नै निम्ति यसलाई राम्रोसित बुझेका छौ? के म आफैले तिमीहरूलाई भनेको छैन र? तिमीहरू अझै पनि छोएपछि मात्रै चल्ने कीराजस्तै निष्क्रिय छौ, र तिमीहरूले मसित सहकार्य गर्न र मेरो बोझको वास्ता गर्न पहल लिन सक्दैनौ। म तिमीहरू सबैका जीवन्त र प्रेमपूर्ण मुस्कानहरू देख्‍न चाहन्छु, मेरा छोराहरूका सक्रिय र जीवन्त चालचलनहरू देख्‍न चाहन्छु, तर म त्यसो गर्न सक्दिनँ। किनकि तिमीहरू कमजोर बुद्धिका छौ—बेवकुफ र मूर्ख छौ। तिमीहरूले खोजी गर्न पहल गर्नुपर्छ। साहसपूर्वक खोजी गर! आफ्नो हृदय खोल, र मलाई तिमीहरूभित्र बस्‍न देऊ। सचेत र जागा होऊ! मण्डलीका केही मानिसहरूले मानिसहरूलाई बहकाउँछन्, र तैँले यी वचनहरूलाई सधैँ ठूलो महत्त्व दिनुपर्छ, नत्र तेरो जीवन प्रभावित हुनेछ वा तैँले केही हानि भोग्‍नुपर्नेछ। निश्‍चिन्त बन्—तँसित जबसम्म मेरो निम्ति खडा हुने र बोल्ने साहस हुन्छ, तबसम्‍म म त्यसको सबै बोझ बोक्‍नेछु र तँलाई शक्ति दिनेछु! तैँले तेरो हृदयलाई सन्तुष्ट तुल्याउन्जेल, म सधैँ तँलाई मेरो मुस्कान र मेरा अभिप्रायहरू देखाइरहनेछु। तँसित बलियो मेरुदण्ड हुन्जेल र तैँले पुरुष बालकको स्वभावमा जिउन्जेल, म तँलाई मदत गरिरहनेछु र तँलाई महत्वपूर्ण पदमा राखिरहनेछु। तँ मेरो सामु आउँदा, बस मेरो नजिक मात्र आइज्। तैँले बोल्न नसके पनि नडरा। तँसित खोजी गर्ने हृदय हुन्जेल, म तँलाई वचनहरू प्रदान गरिरहनेछु। मलाई मधुर सुनिने वचनहरू चाहिँदैन र मलाई तेरो चापलुसी आवश्यक छैन; यस प्रकारको कुरालाई म सबैभन्दा बढी घृणा गर्छु। यस प्रकारको मानिसलाई म सबैभन्दा बढी धिक्‍कार्छु। तिनीहरू मेरो आँखामा पसेका कसिङ्गर वा मेरो शरीरमा बिझेका काँडा हुन् जसलाई कुनै पनि हालतमा निकाल्नुपर्छ। नत्र मेरा छोराहरूले मेरो निम्ति शक्ति प्रयोग गर्न सक्दैनन्, र तिनीहरू निसासिने बन्धनमा हुनेछन्। म किन आएको छु? म मेरा छोराहरूलाई आड र उत्साह दिन आएको छु, ताकि तिनीहरूले दमन, हेपाइ, निर्दयता र दुर्व्यवहार सहनुपर्ने दिनहरू सधैँको निम्ति समाप्त होऊन्!

साहसी होऊ। म सधैँ तिमीहरूसितै हिँड्नेछु, तिमीहरूसितै जिउनेछु, तिमीहरूसितै बोल्नेछु र तिमीहरूसितै काम गर्नेछु। नडराऊ। बोल्न नहिचकिचाऊ। तिमीहरू सधैँ अरूप्रति भावना बोकेर हिँड्छौ, र सधैँ कायर र भयभीत हुन्छौ। मण्डली निर्माणको निम्ति जो हितकर छैनन्, तिनीहरूलाई हटाउनुपर्छ। यसमा मण्डलीका ती मानिसहरू पनि समावेश हुन्छन् जसको अवस्था राम्रो छैन, र जो मेरा वचनहरूअनुसार काम गर्न सक्दैनन्, तिमीहरूका अविश्‍वासी आमाबाबुहरूको त कुरै नगरौं। म ती कुराहरू चाहँदिनँ। तिनीहरूलाई जरैसित उखाल्नुपर्छ, र कोही पनि बाँकी रहनु हुँदैन। तेरा हात र पाउका बन्धनहरूलाई मुक्त गरिदे। जबसम्म तैँले तेरा आफ्नै अभिप्रायहरूलाई जाँच्छस् र जबसम्म ती अभिप्रायहरू फाइदा र हानिसँग सम्बन्धित, अनि ख्याति र धन, र व्यक्तिगत सम्बन्धहरूको निम्ती हुँदैनन्, तबसम्म म तँलाई साथ दिइरहनेछु, तँलाई कामकुराहरू औँल्याइदिइरहनेछु र सधैँ स्पष्ट मार्गदर्शन गरिरहनेछु।

ए, मेरा छोराहरू! मैले के भन्‍नुपर्छ? मैले यी कुराहरू भने पनि, तिमीहरू अझै मेरो हृदयलाई ध्यान दिने भएका छैनौ, र तिमीहरू अझै कायर छौ। तिमीहरू केदेखि डराउँछौ? किन तिमीहरू अझै व्यवस्था र नियमहरूद्वारा बाँधिएका छौ? मैले तिमीहरूलाई मुक्त गरिदिएको छु तर अझै पनि तिमीहरूसित स्वतन्त्रता छैन। किन यस्तो भयो? मसित अझ धेरै कुराकानी गर्, अनि म तँलाई बताउनेछु। मलाई नजाँच। म व्यावहारिक छु। मसित कुनै बहाना छैन; सबै व्यावहारिक छन्! मैले जे भन्छु, त्यो साँचो हुन्छ। म कहिल्यै मेरो वचन फिर्ता गर्दिनँ।

अघिल्लो: अध्याय ४२

अर्को: अध्याय ४४

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्