अध्याय ३०

मानिसको माझमा, मैले एक पल्ट मानिसको अनाज्ञाकारिता र कमजोरीको सारांश बताएँ, यसरी मैले मानिसको कमजोरी बुझेँ र उसको अनाज्ञाकारितालाई जानेँ। मानिसको माझमा पुग्नुभन्दा अघि, मैले मानिसका आनन्दहरू र दुःखलाई धेरै पहिलेदेखि नै बुझेको थिएँ—यसैकारणले गर्दा, म मानिसले गर्न नसक्ने कुरा गर्न सक्छु र मानिसले भन्न नसक्‍ने कुरा सजिलै भन्न सक्छु। के यो म र मानिस बीचको भिन्नता होइन र? र के यो स्पष्ट भिन्नता होइन? के मेरो काम मासु र रगतका मानिसहरूले हासिल गर्न सक्छन् होला? के म सृष्टि गरिएका प्राणीहरू जस्तै प्रकारको हुन सक्छु होला? मानिसहरूले मलाई “उही वर्ग” को श्रेणीमा राखेका छन्—र के यो उनीहरूले मलाई नचिनेका कारणले गर्दा होइन र? किन म मानिसहरूको बीचमा उचालिनुको सट्टा मैले आफूलाई नम्र बनाउनुपर्छ? किन मानवजातिले मलाई त्यागिरहन्छ, किन मानवजाति मेरो नाउँ घोषणा गर्नु असमर्थ छ? मेरो हृदयमा ठूलो दुःख छ, तर मानिसहरूले त्यो कसरी जान्न सक्छन्? उनीहरूले कसरी देख्न सक्छन्? मलाई चिन्तित बनाउने कुरालाई उनीहरूका जीवनको सबैभन्दा महत्त्वपूर्ण कुरा नठानेकोले मानिसहरू स्तब्ध र अलमल्ल परेका छन्, मानौं उनीहरूले भर्खरै निद्राको चक्की खाएका छन्; जब म उनीहरूलाई बोलाउँछु उनीहरू केवल सपना देखिरहन्छन्, त्यसैले मेरा कामहरूको बारेमा कसैलाई पनि थाहा छैन। आज, अधिकांश मानिसहरू अझै मस्त निद्रामा छन्। जब राज्यको स्तुतिगान गुञ्जन्छ तब मात्र तिनीहरू आफ्ना निन्द्रालु आँखाहरू खोल्छन् र आफ्‍ना हृदयमा केही उदासी महसुस गर्छन्। जब मेरो डन्डाले मानवजातिको माझमा प्रहार गर्छ, उनीहरू अझै पनि थोरै मात्र ध्यान दिन्छन्, मानौं उनीहरूको भाग्य समुद्रका बालुवाजस्तै मूल्यहीन छ। उनीहरूमध्ये धेरै जनामा केही जागरूकता भए पनि, मेरा पाइलाहरू कति टाढासम्म आइपुगेका छन् भनी उनीहरू जान्दैनन्—किनकि मानिसहरूले मेरो हृदयलाई बुझ्ने कुनै परवाह गर्दैनन्, त्यसैले उनीहरूले आफूलाई शैतानको दासत्वबाट कहिल्यै पनि छुटाउन सकेका छैनन्। म सबै थोकहरूभन्दा माथि जान्छु, र सबै थोकहरूको बीचमा जिउँछु, यसको साथै म सबै मानिसहरूको हृदयमा मुख्य स्थान लिन्छु। यसकारण, मानिसहरू मलाई भिन्न रूपमा हेर्छन्, म असाधारण छु, वा त म बुझ्न नसकिने छु भनी विश्‍वास गर्छन्—र परिणामस्वरूप, मप्रतिको उनीहरूको विश्‍वास दिन-प्रतिदिन झन् बलियो बन्छ। एक पटक म सबै मानिसहरूलाई र ब्रह्माण्डका थोकहरूलाई अवलोकन गर्दै तेस्रो स्वर्गमा ढल्किएँ। जब म सुत्छु, तब मेरो विश्राममा बाधा पुग्ला भनी धेरै डराएर मानिसहरू चुपचाप हुन्छन्। जब म बिउँझन्छु, उनीहरू तुरुन्तै जोसपूर्ण हुन्छन्, मानौं कि उनीहरूले मलाई स्पष्ट रूपमा खुसी पार्ने काम गरिरहेका छन्। के मप्रति पृथ्वीका मानिसहरूको आचरण यस्तै छैन र? आजका मानिसहरूमध्ये कसले स्वर्गमा र पृथ्वीमा भएको मलाई एउटै व्यक्तिको रूपमा हेर्छ? स्वर्गमा भएको मलाई कसले आदर गर्दैन? अनि पृथ्वीमा भएको मलाई कसले तुच्छ ठान्दैन? मानिसले किन सधैँ मलाई अलग गर्छन्? मानिसहरूमा मप्रति किन सधैँ दुई किसिमका फरक आचरण हुन्छ? के पृथ्वीका देहधारी परमेश्‍वर स्वर्गमा सबैमाथि हुकुम चलाउने परमेश्‍वर हुनुहुन्‍न र? के स्वर्गमा बस्ने म अहिले पृथ्वीमा छैनँ र? किन मानिसहरूले मलाई देख्छन्, तर मलाई चिन्दैनन्? स्वर्ग र पृथ्वीको बीचमा किन यति ठूलो दूरी छ? के यी कुराहरू मानिसद्वारा गहिरो जाँच गरिन योग्यका छैनन् र?

जब म मेरो काम गर्छु, र मैले बोलिरहेको समयमा मानिसहरू सधैँ यसमा “स्वाद” थप्न चाहन्छन्, मानौं उनीहरूको सुँघ्ने इन्द्रिय मेरोभन्दा तेज छ, मानौं उनीहरूले कडा स्वाद मन पराउँछन्, र मानौं मानिसलाई के चाहिन्छ त्यो मलाई थाहा छैन, र मेरो काममा “परिपूरण गर्न” का निम्ति मैले मानिसलाई “दुःख” दिनै पर्छ। म जानाजानी मानिसको सकारात्मकतालाई निरुत्साहित गर्दिनँ, तर मलाई चिन्‍ने कार्यको आधारमा तिनीहरूले आफैलाई शुद्ध पारून् भनेर आग्रह गर्दछु। तिनीहरूमा धेरै कुराको कमी भएको हुनाले, म के सुझाव दिन्छु भने, तिनीहरूले धेरै मेहनत गरून्, यसरी हृदयलाई सन्तुष्ट पार्नका निम्ति तिनीहरूका कमी-कमजोरीहरूलाई सन्तुलित बनाऊन्। मानिसहरूले एक पटक तिनीहरूको धारणामा मलाई चिनेका थिए, तैपनि यो कुरा थाहा नपाएर, तिनीहरूको कदर बालुवालाई सुनजस्तो ठानेझैँ भएको थियो। जब मैले तिनीहरूलाई सम्झाएँ, तिनीहरूले केवल यसको भागलाई मात्र हटाए, तर गएको भागलाई चाँदी र सुनका चीजहरूले प्रतिस्थापन गर्नुको साटो, तिनीहरू अझै पनि आफ्‍नो हातमा बाँकी रहेको त्यो भागमा नै आनन्द लिइरहेका छन्—र यसको परिणामस्वरूप तिनीहरू मेरो सामु सधैँ नम्र र धैर्यवान् हुन्छन्; तिनीहरू मसँग मिलेर बस्न सक्दैनन्, किनकि तिनीहरूसँग धेरै धारणाहरू छन्। यसैकारण, मैले मानिससँग जे छ र मानिस जो हो ती सबै खोस्ने र टाढा फालिदिने विचार गरेको छु, यसैले कि सबै जना मेरो साथमा जिउन सकून् र फेरि मसँग टाढा नहोऊन्। किनकि मेरो कामको कारणले गर्दा मानिसले मेरो इच्छा बुझ्दैन। कसै-कसैले म दोस्रो पटक मेरो काम समाप्त गर्नेछु र तिनीहरूलाई नरकमा फालिदिनेछु भनी विश्‍वास गर्छन्। कसै-कसैले म बोल्ने नयाँ तरिका अपनाउनेछ भनी विश्‍वास गर्छन् र तिनीहरूमध्ये धेरै जना डरले काम्छन्: म मेरो काम समाप्त गर्नेछु र तिनीहरूलाई घरको न घाटको बनाएर छोड्नेछु भनी गहिरो रूपमा डराउँछन्, र म फेरि तिनीहरूलाई त्याग्नेछु भनी साह्रै डराउँछन्। मानिसहरूले मेरो नयाँ कामलाई नाप्न सधैँ पुराना धारणाहरूको प्रयोग गर्छन्। मैले भनें, मानिसहरूले मेरो काम गर्ने तरिका कहिल्यै बुझेका थिएनन्—के यस पटक तिनीहरूले आफ्नै बारेमा राम्रो हिसाब दिन सक्छन्? के मानिसहरूको पुराना धारणाहरू मेरो काममा बाधा पुऱ्याउने हतियारहरू होइनन् र? जब म मानिसहरूसँग बोल्छु, तब मेरा नजरहरू तिनीहरूमा अडिनेछन् भन्‍ने अत्यन्तै डरको कारण तिनीहरू सधैँ मेरो नजरबाट तर्किन्छन्। यसैले, तिनीहरूले आफ्नो शिर झुकाउँछन्, मानौं मबाट तिनीहरूको निरीक्षण हुँदैछ—र के यो तिनीहरूका धारणाहरूको कारण भएको होइन? किन आजसम्म मैले आफूलाई नम्र तुल्याएको छु, तर पनि कसैले ध्यान दिएको छैन? के म मानिसको निम्ति झुक्नुपर्छ? म स्वर्गबाट पृथ्वीमा आएको हुँ, म उच्‍च स्थानबाट एउटा गुप्त स्थानमा ओर्लिएँ, र मानिसका बीचमा आएँ र मसँग भएका सबै कुरा र म को हुँ त्यो प्रकट गरें। मेरा वचनहरू साँचो र गम्भीर, धैर्यवान् र दयालु छन्—तर म को हुँ र मसँग के छ भन्ने कुरा कसले कहिले देखेको छ? के म अझै पनि मानिसदेखि लुकेको छु? मैले मानिसहरूसँग भेट्नु किन यति गाह्रो छ? के मानिसहरू आफ्नो काममा अत्यन्तै व्यस्त भएकाले गर्दा हो? के मैले मेरा कर्तव्यहरूलाई बेवास्ता गरिरहेकोले र मानिसहरू सबै सफलताको पछि लाग्‍न चाहेकाले गर्दा हो?

मानिसहरूको मनमा, परमेश्‍वर त परमेश्‍वर नै हुनुहुन्छ, जोसँग सजिलै संलग्न हुन सकिँदैन, जबकि मानिस भनेको मानिस नै हो, र सजिलै भ्रष्ट हुनु हुँदैन—तापनि मानिसहरूका कार्यहरूलाई मेरो सामु ल्याउन सकिँदैन। के मेरा मागहरू धेरै उच्च भएकोले हो? के मानिस धेरै कमजोर भएकोले गर्दा हो? मानिसहरू किन सधैँ मैले माग गरेका मापदण्डहरूलाई टाढाबाट हेर्छन्? के ती साँच्चै मानिसले प्राप्त गर्न नसक्ने छन्? मेरा मागहरूलाई मानिसहरूको “शरीरको अवस्था” को आधारमा गणना गरिन्छ, र त्यसैले मानिसको क्षमताभन्दा कहिल्यै बढेको छैन—तर पनि, मानिसहरू मैले माग गरेका मापदण्डहरू प्राप्त गर्न असमर्थ रहन्छन्। अनगिन्ती पटक म मानिसको माझमा त्यागिएको छु, असङ्ख्य पटक मानिसहरूले मलाई गिल्लाको नजरले हेरेका छन्, मानौं मेरो शरीर काँडाले ढाकिएको छ र म तिनीहरूका निम्ति घृणित छु, यसरी मानिसहरूले मलाई घृणा गर्छन्, र म मूल्यहीन छु भन्‍ने विश्‍वास गर्छन्। यसरी, मानिसले मलाई यता र उता धकेल्छ। अनगिन्ती पटक मानिसहरूले मलाई थोरै मूल्यमा घरमा ल्याएका छन्, र अनगिन्ती पटक तिनीहरूले मलाई उच्च मूल्यमा बेचेका छन्, यही कारणले गर्दा म आजको परिस्थितिमा आइपुगेको छु। मानौं, मानिसहरू अझै पनि मेरो लागि युक्तिहरू रच्दैछन्; अझै पनि तिनीहरूमध्ये धेरैले लाखौँ हजार डलर लाभ कमाउनका लागि मलाई बेच्न चाहन्छन्, किनकि मानिसले मलाई कहिल्यै कदर गरेको छैन। मानौं म मानिसहरूको बीचमा मध्यस्थ भएको छु, वा आणविक हतियार भएको छु, जसद्वारा तिनीहरू आपसमा लड्छन्, वा तिनीहरूको बीचमा हस्ताक्षर गरिएको सम्झौता हुँ—यसको फलस्वरूप, समग्रमा म मानिसको हृदयमा पूर्ण रूपमा मूल्यहीन हुन्छु, एक अनावश्यक घरेलु सामान बन्छु। तर यसको कारण म मानिसलाई दोषी ठहराउँदिन; म मानिसलाई मुक्ति दिने कार्य गर्नुबाहेक अरू केही गर्दिनँ, र सधैँ मानिसप्रति दयालु भएको छु।

मानिसहरू मैले तिनीहरूलाई नरकमा फाल्दा म सहज महसुस गर्नेछु भन्‍ने विश्‍वास गर्छन्, मानौं नरकसित मैले विशेष सम्झौता गर्दैछु, र मानौं म एक प्रकारको विभाग हुँ जसको विशेषता मानिसहरूलाई बेच्नु हो, मानौं, म मानिसहरूलाई ठग्ने कार्यको विशेषज्ञ हुँ, र मैले तिनीहरूलाई आफ्नो हात पारेपछि तिनीहरूलाई म उच्च मूल्यमा बेच्नेछु। मानिसहरूका मुखले यो भन्दैन, तर तिनीहरूको हृदयमा तिनीहरू यस्तै विश्‍वास गर्छन्। तिनीहरू सबैले मलाई प्रेम गरे पनि गोप्य रूपमा प्रेम गर्छन्। के मैले तिनीहरूबाट पाएको यति थोरै प्रेमको बदलीमा यति ठूलो मूल्य तिरेको छु र यति धेरै योगदान दिएको छु? मानिसहरू छली छन्, र म सधैँ ठगिएको व्यक्तिको भूमिका खेल्छु। मानौं, म अति नै सोझो छु: तिनीहरूले यो कमजोरीको विन्दु देखेपछि मलाई धोका दिइरहन्छन्। मेरो मुखबाट निस्कने वचनहरूको उद्देश्य मानिसलाई मार्नु वा निरुद्देश्य तिनीहरूलाई कुनै पदवी नाम दिनु होइन—ती त मानिसका वास्तविकता हुन्। हुन सक्छ, मेरा केही वचनहरू “अति हदसम्‍म जान्छन्,” जुन अवस्थामा म केवल मानिसहरूको क्षमाका लागि “बिन्ती” मात्र गर्न सक्छु; म मानिसको भाषामा “निपुण” नभएकोले, मैले भन्ने धेरै कुराहरूले मानिसहरूका मागहरू पूरा गर्न सक्दैनन्। सायद मेरा केही वचनहरूले मानिसहरूको हृदय छेड्छन्, त्यसैले म तिनीहरू सहनशील बनून् भनी “बिन्ती” मात्र गर्न सक्छु; म मानिसको जीवन दर्शनमा निपुण छैनँ र बोल्ने तरिकाको बारेमा विशेष पनि छैनँ, त्यसैले मेरा धेरैजसो वचनले मानिसहरूलाई लाजमा पार्छ। सायद मेरा केही वचनहरू मानिसहरूको बिमारीपनको जडसम्म पुग्छ र तिनीहरूको बिमारीपन प्रकट गर्दछ, त्यसैले म तँलाई मैले तेरो निम्ति तयार पारेको केही औषधीहरू लिने सल्लाह दिन्छु, किनकि तँलाई चोट पार्ने मेरो कुनै उद्देश्य छैन र यो औषधीको कुनै अरू प्रतिकूल असर हुँदैन। सायद मेरा केही वचनहरू “वास्तविक” सुनिँदैनन् होला, तर म मानिसहरूलाई नआत्तिओ भनी “निवेदन” गर्दछु—मेरो हात र खुट्टा “फुर्तिला” छैनन्, त्यसैले मेरा वचनहरूलाई पूरा गर्नु अझै बाँकी छ। म मानिसहरूलाई मप्रति “सहनशील” हुन बिन्ती गर्छु। के यी वचनहरूले मानिसलाई सहायता गर्छन्? मलाई आशा छ, कि मानिसहरूले यी वचनहरूबाट केही हासिल गर्न सक्छन्, यसैले कि मेरा वचनहरू सधैँ व्यर्थ नहोऊन्!

अप्रिल ९, १९९२

अघिल्लो: अध्याय २८

अर्को: अध्याय ३१

तपाईं र तपाईंको परिवार बाँच्ने बारेमा एउटा ठूलो कुरा: के तपाईं ठूला विपत्तिहरूमा कसरी सुरक्षा प्राप्त गर्ने र बच्ने भनेर सोच्नुहुन्छ? तलको बटनमा क्लिक गर्नुहोस् र तपाईंले बाटो पाउनुहुनेछ।

सम्बन्धित विषयवस्तु

परमेश्‍वर स्वयम् अद्वितीय ९

सबै थोकका लागि जीवनको स्रोत परमेश्‍वर नै हुनुहुन्छ (३)यस समयावधिमा हामीले परमेश्‍वरलाई पहिचान गर्ने सम्बन्धमा धेरै चीजका बारेमा कुरा...

विजयको कामको भित्री सत्यता (१)

मानवजाति शैतानद्वारा यति गम्भीर रूपले भ्रष्ट भएको छ कि उसले परमेश्‍वर हुनुहुन्छ भनी जान्दैन, र उसले परमेश्‍वरको आराधना गर्न छाडेको छ।...

बाइबल सम्बन्धमा (३)

बाइबलमा भएका सबै कुरा परमेश्‍वरले व्यक्तिगत रूपमा बोल्नुभएका वचनहरूको अभिलेख होइनन्। बाइबलमा परमेश्‍वरको कार्यको अघिल्ला दुई चरणहरूको...

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्