अध्याय ९९

मेरो कामको गति तीव्र हुँदै गइरहेको हुनाले, मेरा पाइलाहरूको गति कसैले पनि पछ्याउन सक्दैन, र मेरो मनमा के छ कसैले पनि पत्ता लगाउन सक्दैन, तर पनि अगाडि बढ्ने एकमात्र तरिका यही हो। यो “मृतकबाट पुनरुत्थान” भन्‍ने वाक्यांशमा समावेश “मृतक” यही हो (यसले मेरो इच्छा बुझ्न नसक्ने, मेरा वचनहरूबाट मैले भन्न खोजेको कुरा बुझ्न नसक्नेलाई जनाउँछ; यो “मृतक” को अर्को व्याख्या हो, र यसले “मेरो आत्माबाट त्यागिएको भन्ने जनाउँदैन”), जसका बारेमा पहिले नै बताइएको छ। जब तिमीहरू र म यस चरणबाट शरीरमा परिवर्तन भयौं, त्यही बेला “मृतकबाट पुनरुत्थान हुनु” को वास्तविक अर्थ पूर्ण हुनेछ (अर्थात्, मृतकबाट पुनरुत्थान हुनुको वास्तविक अर्थ यही हो)। अहिले, तिमीहरू सबै अस्तित्वमा रहेको अवस्था यही हो: तिमीहरूले मेरो इच्छा बुझ्न र मेरा पाइलाहरू भेट्टाउन सक्दैनौ। अझ, तिमीहरू आफ्नो आत्मामा शान्त रहन सक्दैनौ, त्यसैले तिमीहरूलाई मनमा असहज लाग्छ। मैले उल्लेख गरेको “कष्ट” ठ्याक्‍कै यही अवस्था हो, र मानिसहरूले सहन नसक्‍ने यो कष्टभित्र, तिमीहरूले एकातिर तिमीहरूको आफ्नै भविष्यको बारेमा सोचिरहेका हुन्छौ भने, अर्कोतिर तिमीहरूले मेरो जलन र न्यायलाई स्वीकार गरिरहेका हुन्छौ, जसले तिमीहरूलाई सबै दिशाहरूबाट प्रहार गरिरहेको र आक्रमण गरिरहेको हुन्छ। यसको साथै, मैले बोल्ने शैली र तरिकाबाट तिमीहरूले कुनै पनि नियम बुझ्न सक्दैनस्, र एक दिनको वाणीमा विभिन्न प्रकारका शैलीहरू हुन्छन्, त्यसकारण तिमीहरूले धेरै दुःख पाउँछौ। यी मेरो कामका चरणहरू हुन्। यो मेरो बुद्धि हो। भविष्यमा, तिमीहरूले यो मामिलामा ठूलो कष्ट भोग्नेछौ, जुन सबै पाखण्डी मानिसहरूको खुलासा गर्नको लागि हो—यो कुरा अब स्पष्ट भएको हुनुपर्छ! मैले काम गर्ने तरिका यही हो। यस प्रकारको दुःखको प्रेरणाबाट, र तिमीहरूले मृत्यु समानको यस्तो दुःख भोगेपछि, तिमीहरू अर्कै क्षेत्रमा प्रवेश गर्नेछौ। तिमीहरू शरीरमा प्रवेश गर्नेछौ, र मसँग सबै राष्ट्र र मानिसहरूमाथि शासन गर्नेछौ।

म आजभोलि किन अझ गम्भीर शैलीमा बोलिरहेको छु? मेरो शैली किन यति धेरै पटक परिवर्तन भएको छ, र मेरो काम गर्ने तरिका पनि किन यति धेरै पटक परिवर्तन भएको छ? यी कुराहरूमा मेरो बुद्धि रहेको छ। यो नामलाई स्वीकार गर्ने सबैका लागि मेरा वचनहरू बोलिएका हुन् (मेरा वचनहरू पूरा हुन्छन् भनेर तिनीहरूले विश्‍वास गरून् या नगरून्), ताकि मेरा वचनहरू सबैले सुन्न र देख्‍न सकून्, र तिनीहरू दमनमा नपरून्, किनकी मेरो आफ्‍नै काम गर्ने तरिका छ र मसँग मेरो बुद्धि छ। म मेरा वचनहरूलाई मानिसहरूको न्याय गर्न, मानिसहरूको खुलासा गर्न, र मानव स्वभावलाई खुलासा गर्न प्रयोग गर्छु। फलस्वरूप, मबाट चुनिएकाहरूलाई म छनौट गर्छु, र मबाट छनौट वा पूर्वनियुक्त नभएकाहरूलाई म हटाउँछु। यो सबै मेरो बुद्धि हो, र यो मेरो कार्यको आश्चर्य हो। मेरो कामको यो चरणको मेरो तरिका यही हो। मानिसहरूमध्ये, मेरो इच्छालाई बुझ्न सक्ने कोही छ? मानिसहरूमध्ये, मेरो बोझलाई बुझ्‍ने कोही छ? काम गर्ने म, परमेश्‍वर स्वयम् हुँ। तिमीहरूले मेरा यी वचनहरूको महत्त्व राम्ररी बुझ्ने दिन आउनेछ, र म यी वचनहरू किन बोल्न चाहन्छु भनेर तिमीहरू पूर्ण रूपमा स्पष्ट हुनेछौ। मेरो बुद्धि अनन्त, असीम, र अथाह छ, र मानवका लागि यो पूर्ण रूपमा अगम्य छ। मानवले मैले गर्ने कुराहरूको एक हिस्सा मात्र देख्न सक्छन्, तर तिनीहरूले देख्ने कुरा अझै त्रुटिपूर्ण र अपूर्ण नै हुन्छ। जब तिमीहरू यो चरणबाट अर्को चरणमा पूर्ण रूपमा परिवर्तन भएका हुन्छौ, तब तिमीहरूले यसलाई स्पष्ट रूपमा देख्न सक्नेछौ। याद राख! सबैभन्दा मूल्यवान् युग अहिले नै हो—तिमीहरू देहमा हुने आखिरी चरण यही हो। अहिलेको तिमीहरूको जीवन तिमीहरूको आखिरी भौतिक जीवन हो। जब तिमीहरू देहबाट आत्मिक संसारमा प्रवेश गर्छौ, उक्त समयमा सबै पीडाले तिमीहरूलाई छाड्नेछन्। तिमीहरू धेरै खुशी र हर्षित हुनेछौ, र तिमीहरू निरन्तर हर्षका साथ उफ्रिनेछौ। तर मैले बोल्ने यी वचनहरू ज्येष्ठ पुत्रहरूका लागि मात्रै हुन् भनेर तिमीहरू स्पष्ट हुनुपर्छ, किनभने यो आशिष्‌को योग्य ज्येष्ठ पुत्रहरू मात्र छन्। आत्मिक संसारमा प्रवेश गर्नु सबैभन्दा महान्, सबैभन्दा ठूलो आशिष्, र आनन्द उठाउन सकिने सबैभन्दा मूल्यवान् कुरा हो। तिमीहरूले खान र लाउनका लागि अहिले प्राप्त गर्ने कुराहरू देहको सुखभन्दा अरू केही होइन; तिनीहरू अनुग्रह हुन्, र यी कुराहरूप्रति मसँग कुनै कदर छैन। मेरो कामको ध्यान अर्को चरणमा (आत्मिक संसारमा प्रवेश र ब्रह्माण्ड संसारको सामना गर्ने) केन्द्रित छ।

मैले ठूलो रातो अजिङ्गरलाई पहिले नै फ्याँकिसकेको छु र पराजित गरेको छु भनेर मैले बताएको छु। कसरी तिमीहरूले मेरा वचनहरूमा विश्‍वास गर्न सक्दैनौ? किन तिमीहरू अझै मेरो लागि अत्याचार र दुःख भोग्‍ने इच्‍छा गर्छौ? के यो तैँले चुकाउनु नपर्ने मूल्य होइन र? म आफै, व्यक्तिगत रूपमा काम गरिरहँदा, तिमीहरूले आनन्द मात्रै गर्नुपर्छ भनेर मैले तिमीहरूलाई धेरै पटक स्मरण गराएको छु। तिमीहरू कार्य गर्न किन यति धेरै आतुर हुन्छौ? कसरी रमाउनुपर्छ भन्‍ने तिमीहरूलाई थाहा छैन! मैले तिमीहरूका लागि सबै कुरा पूर्ण रूपमा तयार गरेको छु—यसको दाबी गर्नका लागि तिमीहरूमध्ये कोही पनि किन मकहाँ आएका छैनौ? मैले बताएको कुराप्रति तिमीहरू अझै अनिश्चित छौ! तिमीहरूले मलाई बुझ्दैनौ! तिमीहरूलाई म राम्रो सुनिने खोक्रा कुराहरू बोलिरहेको छु भन्‍ने लाग्छ; वास्तवमा, तँ साँच्‍चै भ्रमित छस्! (मैले भनेको पूर्ण तयारीको अर्थ, तिमीहरूले अझै मेरो भरोसा गर्नुपर्छ र मेरोअगाडि अझ धेरै प्रार्थना गर्नुपर्छ भन्ने हो, जब कि मेरो विरोध गर्ने सबैलाई श्राप दिन, र तिमीहरूमाथि अत्याचार गर्ने सबैलाई सजाय दिन म व्यक्तिगत रूपमा काम गर्नेछु।) तिमीहरूलाई मेरा वचनहरूका बारेमा केही पनि थाहा छैन! म तिमीहरूलाई मेरा सबै रहस्यहरू खुलासा गर्छु, तर तिमीहरूमध्ये कति जनाले तिनलाई वास्तवमै बुझ्छौ? तिमीहरूमध्ये कति जनाले तिनलाई गहन रूपमा बुझ्छौ? मेरो सिंहासन भनेको के हो? मेरो फलामको डन्डा भनेको के हो? तिमीहरूमध्ये कसलाई थाहा छ? जब मेरो सिंहासनको बारेमा उल्लेख हुन्छ, धेरैजसो मानिसहरूले यो म बस्ने ठाउँ हो, वा यसले मेरो वासस्थान, वा यसले म, अर्थात् म जे हुँ त्यो व्यक्तित्वलाई जनाउँछ भनेर सोच्छन्। यी सबै गलत बुझाइ हुन्—गलत बुझाइहरूको झमेला! यी कुनै पनि अर्थ-अनुवादहरू सही छैनन्, छन् त? तिमीहरू सबैले यसलाई बुझ्ने र ठम्याउने तरिका यही हो—यो बुझाइबाट पूर्ण बाहिर गएको कुरा हो! अख्तियार भनेको के हो? अख्तियार र सिंहासन बीचको सम्बन्ध के हो? सिंहासन नै मेरो अख्तियार हो। जब मेरा ज्येष्ठ पुत्रहरूले सिंहासनलाई माथि उठाउँछन्, त्यो मेरा ज्येष्ठ पुत्रहरूले मबाट अख्तियार प्राप्त गर्ने समय हो। मसँग मात्रै अख्तियार छ, त्यसैले मसँग मात्रै सिंहासन छ। अर्को शब्दमा, मेरा ज्येष्ठ पुत्रहरूले मैले जस्तै कष्ट भोगेपछि, तिनीहरूले म जे हुँ र मसँग जे छ त्यसलाई स्विकार्नेछन्, र मबाट सबै कुरा प्राप्त गर्नेछन्; तिनीहरूले यही प्रक्रियाबाट ज्येष्ठ पुत्रहरूको हैसियत प्राप्त गर्नेछन्। यो मेरा ज्येष्ठ पुत्रहरूले मेरो सिंहासनलाई माथि उठाउने समय हुनेछ, र यो तिनीहरूले मबाट अख्तियार स्वीकार गर्ने समय पनि हुनेछ। अब तिमीहरूले यो बुझ्नुपर्छ! मैले भन्ने सबै कुराहरू स्पष्ट र पूर्ण रूपमा प्रस्ट हुन्छन्, ताकि सबैले बुझून्। आफ्‍ना धारणाहरूलाई पन्छ्याओ, र मैले तिमीहरूलाई खुलासा गर्ने रहस्यहरूलाई स्वीकार गर्न पर्ख! त्यसोभए फलामको डन्डा भनेको के हो? अघिल्लो चरणमा, यसले मेरा कडा वचनहरूलाई जनाउँथ्यो, तर यो अहिले विगतभन्दा भिन्न भएको छ: अहिले फलामको डन्डाले मेरा कार्यहरूलाई जनाउँछ, जुन अख्तियार सहितका ठूला विपत्तिहरू हुन्। त्यसैले, जब फलामको डन्डाको बारेमा उल्लेख हुन्छ, यो सधैँ मेरो अख्तियारसँग जोडिएको हुन्छ। फलामको डन्डाको वास्तविक अर्थ ठूला विपत्तिहरूको अर्थमा बताइन्छ—यो अख्तियारको हिस्सा हो। सबैले यसलाई स्पष्ट रूपमा देख्नुपर्छ अनि मात्रै तिनीहरूले मेरो इच्छा बुझ्न र मेरा वचनहरूबाट प्रकाश प्राप्त गर्न सक्छन्। पवित्र आत्माको काम जोसँग छ उसैले फलामको डन्डालाई हातमा लिन्छ, र अख्तियार बोक्‍ने र ठूला विपत्तिमध्ये कुनै पनि विपत्तिलाई लागू गर्ने अधिकार उसैसँग हुन्छ। यो मेरो प्रशासनिक आदेशहरूमध्येको एक हो।

तिमीहरूका लागि प्रत्येक र सबै कुरा खुला छ (यसले स्पष्ट रूपमा औंल्याइएको हिस्सालाई जनाउँछ), र प्रत्येक र सबै कुरा तिमीहरूबाट लुकाइएको छ (यसले मेरा वचनहरूको गोप्य हिस्सालाई जनाउँछ)। म बुद्धिको साथ बोल्छु: म तिमीहरूलाई मेरा केही वचनका शाब्दिक अर्थ मात्रै बुझाउँछु भने, म तिमीहरूलाई अरू वचनहरूको अर्थ बुझाउँछु (तर धेरैजसो मानिसहरू यसलाई बुझ्न सक्दैनन्), किनभने यो मेरो कामको क्रम हो। तिनीहरू निश्चित कदमा पुगेपछि मात्रै म तिमीहरूलाई मेरा वचनहरूको साँचो अर्थ बताउन सक्छु। यो मेरो बुद्धि हो, र यी मेरा आश्‍चर्यजनक कार्यहरू हुन् (तिमीहरूलाई सिद्ध बनाउन र शैतानलाई नराम्ररी परास्त गर्न र दियाबलसहरूलाई लज्जित बनाउनका लागि)। तिमीहरू अर्को क्षेत्रमा प्रवेश गरेपछि मात्रै तिमीहरूले पूर्ण रूपमा बुझ्न सक्छौ। मैले यसलाई यसरी नै गर्नुपर्छ किनभने मानव धारणाहरूमा मानिसहरूले बुझ्न नसक्ने धेरै कुराहरू छन्, र यदि मैले स्पष्ट रूपमा बोले भने पनि तिमीहरूले अझै बुझ्‍नेछैनौ। आखिर, मानिसहरूको मन, सीमित छन्, र तिमीहरू आत्मिक संसारमा प्रवेश गरेपछि मात्रै मैले तिमीहरूलाई बताउन सक्ने धेरै कुराहरू छन्; अन्यथा, मानव देहको कुनै काम हुँदैन, र यसले मेरो व्यवस्थापनमा बाधा मात्रै पुर्‍याउन सक्छ। यो मैले बताएको “मेरो कामको क्रम” को वास्तविक अर्थ हो। तिमीहरूको धारणाहरूमा, तिमीहरूले मलाई कति बुझ्छौ? के तिमीहरूको बुझाइ दोषरहित छ? के त्यो आत्माभित्रको ज्ञान हो? तसर्थ, तिमीहरूले मेरो कामलाई पूरा गर्न र मेरो इच्छाको काम गर्न मैले तिमीहरूलाई अर्को क्षेत्रमा स्थानान्तर हुन दिनुपर्छ। यो अर्को क्षेत्र भनेको ठ्याक्कै के हो? के यो, मानिसहरूले सोचेको जस्तै, सर्वोत्कृष्ट दृश्यको प्रकार हो? के यो हावा जस्तै हो, जसलाई हेर्न वा छुन सकिँदैन तर पनि अस्तित्वमा हुन्छ? मैले भनेको जस्तै, शरीरमा हुने स्थिति भनेको देह र हड्डी हुनु, आकार र स्वरूप हुनु हो। यो एकदमै सत्य र निःसन्देह कुरा हो, र सबैले यसमा विश्‍वास गर्नुपर्छ। यो शरीरको वास्तविक स्थिति हो। साथै, शरीरमा मानिसहरूले घृणा गर्ने कुनै पनि वस्तु रहँदैनन्। तर यो स्थिति भनेको ठ्याक्कै के हो? जब मानिसहरू देहबाट शरीरमा आउँछन्, एउटा ठूलो समूह देखा पर्नुपर्छ। यसो भन्नुको अर्थ, तिनीहरू आफ्ना देहरूपी घरबाट मुक्त हुन्छन्, र प्रत्येकले आफ्नै प्रकारलाई पछ्याउनेछन् भनेर भन्न सकिन्छ: देह देहतिर जम्मा हुन्छ र शरीर शरीरतिर जम्मा हुन्छ। अब, आफ्ना घर, बाबुआमा, श्रीमती, श्रीमान्, छोरा र छोरी छोड्नेहरू, आत्मिक संसारमा प्रवेश गर्न थाल्छन्। अन्त्यमा, यो यस्तो हुन्छ: आत्मिक संसारको अवस्था यस्तो छ कि ज्येष्ठ पुत्रहरू भेला भएर गाउँदै र नाच्दैछन्, मेरो पवित्र नामको प्रशंसा र जयगान गाउँदैछन्। यो सुन्दर र सधैँ नयाँ हुने दृश्य हो। सबै प्रिय पुत्रहरू हुन्, जसले सधैँ अनवरत मेरो प्रशंसा गरिरहन्छन्, मेरो नामलाई सधैँ उच्च राखिरहन्छन्। यो आत्मिक संसारमा प्रवेश गरेपछिको अवस्था हो, यो आत्मिक संसारमा प्रवेश गरेपछिको कार्य पनि हो, र यो मैल बताएको, आत्मिक संसारमा मण्डलीको गोठालो गर्ने अवस्था पनि हो। साथै, ब्रह्माण्डको प्रत्येक राष्ट्र र सबै राष्ट्रहरूमाझ, मेरो अख्तियार, मेरो क्रोध, र मेरो न्याय, र अझै बढी, सबै राष्ट्र र मानिसहरूमाथि शासन गर्न मेरो फलामको डन्डा लिएर देखा पर्ने मेरो व्यक्तित्व हो। सबै मानिसहरू र सम्पूर्ण ब्रह्माण्डको बीचमा, यसले मेरो गवाही दिन्छ जसले स्वर्ग र पृथ्वी हल्लाउँछ, सबै मानिसहरू र हिमाल, नदी, ताल, र पृथ्वीको कुनासम्म रहेका सबै कुरालाई म, सबै कुराको सृष्टिकर्ता, र सबै कुराको मार्गनिर्देशन, व्यवस्थापन, न्याय गर्ने, सबै कुरा हासिल गर्ने, सबै कुरालाई सजाय दिने, र सबै कुरालाई नष्ट गर्ने, परमेश्‍वर स्वयम्‌को प्रशंसा र महिमा गाउन, मलाई चिन्न लगाउँछ। त्यसैले यही नै मेरो व्यक्तित्वको साँचो देखा पराइ हो।

अघिल्लो: अध्याय ९८

अर्को: अध्याय १००

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्