अध्याय २२ र २३

आज, सबै जना परमेश्‍वरको इच्‍छालाई बुझ्‍न र परमेश्‍वरको स्वभावलाई जान्‍न इच्‍छुक छन्, तैपनि तिनीहरूले जे गर्ने इच्‍छा गर्छन्, त्यसलाई किन अघि बढाउन सक्दैनन्, किन तिनीहरूको हृदयले तिनीहरूलाई सधैँ धोका दिन्छ र तिनीहरूले आफूले चाहेको कुरा हासिल गर्न सक्दैनन् भन्‍ने कुरा कसैलाई पनि थाहा छैन। परिणामस्वरूप, तिनीहरू फेरि तीव्र निराशाद्वारा व्याकुल हुन्छन्, र तिनीहरू भयभीत पनि हुन्छन्। यी बाझिने भावनाहरूलाई व्यक्त गर्न नसक्‍ने हुनाले, तिनीहरूले दुःखमा आफ्‍नो शिर निहुर्‍याउन र अनवरत रूपमा आफूलाई यस्ता प्रश्‍नहरू सोध्न मात्रै सक्छन्: “के परमेश्‍वरले मलाई अन्तर्दृष्टि नदिनुभएको हुन सक्छ? के परमेश्‍वरले मलाई गुप्त रूपमा त्याग्‍नुभएको हुन सक्छ? सायद अरू सबै जना ठीक-ठाक छन्, र मबाहेक तिनीहरू सबैलाई परमेश्‍वरले अन्तर्दृष्टि दिनुभएको छ। परमेश्‍वरका वचनहरू पढ्दा किन म सधैँ विचलित हुन्छु—किन म कहिल्यै कुनै कुरा बुझ्‍न सक्दिनँ?” मानिसहरूको मनमा त्यस्ता विचारहरू भए पनि कसैले कहिल्यै ती व्यक्त गर्ने आँट गर्दैन; तिनीहरू भित्र-भित्रै सङ्घर्ष मात्र गरिरहन्छन्। वास्तवमा, परमेश्‍वरले बाहेक अरू कसैले पनि उहाँका वचनहरूलाई बुझ्‍न वा उहाँको साँचो इच्‍छालाई जान्‍न सक्दैन। तैपनि परमेश्‍वरले सधैँ मानिसहरूलाई उहाँको इच्‍छा बुझ्‍न लगाउनुहुन्छ—के यो त हाँसलाई रुखमा बस्‍न लगाउनु जस्तै होइन र? के परमेश्‍वरलाई मानिसका असफलताहरूबारे थाहा छैन? यो, परमेश्‍वरको कामको मोड हो, जसलाई बुझ्‍न मानिसहरू असफल भएका छन्, तसर्थ परमेश्‍वर भन्‍नुहुन्छ, “मानिस ज्योतिको बीचमा जिउँछ, तर उसलाई ज्योतिको मूल्य थाहा छैन। उसलाई ज्योतिको सार, र ज्योतिको स्रोत, र त्यति मात्र होइन, ज्योति कसको हो भन्‍ने कुरा थाहा छैन।” परमेश्‍वरका वचनहरूले मानिसलाई जे बताउँछन् र उसलाई जे माग्छन्, त्यसअनुसार त कोही पनि बाँच्‍नेछैनन्, किनभने मानिसको देहमा त्यस्तो केही पनि छैन जसले परमेश्‍वरका वचनहरूलाई स्वीकार गर्छ। त्यसकारण, परमेश्‍वरका वचनहरूलाई पालन गर्न सक्‍नु, कदर गर्न सक्नु र तृष्णा गर्न सक्‍नु, अनि मानिसको स्थितिलाई औंल्याउने परमेश्‍वरका वचनहरूलाई आफ्ना अवस्थाहरूमा लागू गरेर आफूलाई चिन्‍न सक्‍नु—यही नै सबैभन्दा उच्‍च मापदण्ड हो। जब आखिरमा राज्यको परिकल्पना पूरा हुन्छ, देहमा जिउने मानिस अझै पनि परमेश्‍वरको इच्‍छालाई बुझ्‍न नसक्‍ने अवस्थामा हुनेछ, र अझै पनि उसलाई उहाँको व्यक्तिगत अगुवाइको आवश्यकता पर्नेछ—तर मानिसहरूमा शैतानका हस्तक्षेप हुनेछैन, बरु तिनीहरूमा मानिसको सामान्य जीवन हुनेछ; शैतानलाई हराउने कार्यमा परमेश्‍वरको उद्देश्य यही हो, जुन कार्य उहाँले मुख्य रूपमा आफूले सृष्टि गरेको मानिसको मूल सारलाई पुनर्स्थापित गर्न गर्नुहुन्छ। परमेश्‍वरको विचारमा, “देह” ले निम्‍न कुरालाई जनाउँछ: परमेश्‍वरको सारलाई जान्‍न नसक्‍नु; आत्मिक क्षेत्रका कामकुरालाई देख्‍न नसक्‍नु; यसको साथै, शैतानद्वारा भ्रष्ट हुन सक्‍नु र परमेश्‍वरका आत्माद्वारा निर्देशित हुन सक्‍नु। परमेश्‍वरले सृष्टि गर्नुभएको देहको सार यही नै हो। स्वाभाविक रूपमा, यसको उद्देश्य मानवजातिको जीवनमा सुव्यवस्थाको कमीले पैदा हुने लथालिङ्ग अवस्थालाई हुन नदिनु पनि हो। परमेश्‍वरले जति धेरै बोल्‍नुहुन्छ, र उहाँले जति तीक्ष्‍णताको साथ बोल्‍नुहुन्छ, मानिसहरूले त्यति नै बढी बुझ्छन्। मानिसहरू अचेत रूपमा परिवर्तन हुन्छन्, र अचेत रूपमा नै ज्योतिमा जिउँछन्, तसर्थ “ज्योतिको कारण, तिनीहरू वृद्धि हुँदैछन्, अनि तिनीहरूले अन्धकारलाई छोडेका छन्।” यो, राज्यको सुन्दर दृश्य र धेरै पटक उल्‍लेख गरिएको “ज्योतिमा जिउनु र मृत्युबाट बिदा लिनु” हो। जब पृथ्वीमा सिनिम पूरा हुन्छ—जब राज्य पूरा हुन्छ—त्यसबेला पृथ्वीमा फेरि युद्ध हुनेछैन; तब फेरि कहिल्यै पनि अनिकाल, महामारी, र भूकम्पहरू हुनेछैनन्; मानिसहरूले हतियारहरू उत्पादन गर्न छोड्नेछन्; सबै जना शान्ति र स्थिरतामा जिउनेछन्; र मानिसहरूमाझ सामान्य व्यवहार हुनेछ, र देशहरूबीच सामान्य व्यवहार हुनेछ। तापनि वर्तमानसँग त्यसको कुनै तुलना हुँदैन। आकाशमुनिका सबै थोक कोलाहलमा छन्, र हरेक देशमा बिस्तारै शासन परिवर्तन हुनथालेको छ। परमेश्‍वरका वाणीहरूको फलस्वरूप मानिसहरू बिस्तारै परिवर्तन हुँदैछन्, र आन्तरिक रूपमा प्रत्येक देश बिस्तारै ध्वस्त हुँदैछ। बेबिलोनका स्थिर जगहरू बालुवाको महलजस्तै हल्लिन थाल्छन् र परमेश्‍वरको इच्छा परिवर्तन हुँदै जाँदा थाहै नपाई संसारमा ठूलो परिवर्तन हुन्छ, अनि कुनै पनि समय हरप्रकारका चिह्नहरू देखा पर्छन्, त्यसले मानिसहरूलाई संसारको अन्तिम दिन आइपुगेको छ भनी देखाउँछन्! परमेश्‍वरको योजना यही हो; उहाँले काम गर्नुहुने चरणहरू यिनै हुन्, र प्रत्येक देश निश्चय टुक्रा-टुक्रा हुनेछ। प्राचीन सदोम दोस्रो पटक नाश हुनेछ, र त्यसैले परमेश्‍वर भन्नुहुन्छ, “संसार पतन भइरहेको छ! बेबिलोन पक्षाघातको चपेटामा छ!” परमेश्‍वरबाहेक अरू कसैले पनि यो पूर्ण रूपले बुझ्न सक्दैन, आखिर जे भए पनि मानिसको चेतना सीमित छ। उदाहरणको लागि, आन्तरिक मामिला मन्त्रीहरूलाई वर्तमान परिस्थितिहरू अस्थिर र कोलाहलमय छन् भनी थाहा हुन सक्छ, तर ती समाधान गर्न तिनीहरू असक्षम हुन्छन्। तिनीहरूले आफ्नो शिर उच्च हुने, सूर्य एकचोटि फेरि पूर्वबाट उदाएर, देशभरि चम्कने र मामिलाहरूको यस दयनीय अवस्थालाई उल्टाउने दिनको आशा गर्दै तिनीहरू जे हुँदैछ, त्यसैसँग अगाडि मात्र बढ्न सक्छन्। तापनि, सूर्य फेरि दोस्रो पटक उदाउँदा त्यसको उद्देश्य भनेको पुरानो व्यवस्थालाई पुनर्स्थापित गर्नु होइन भन्‍ने तिनीहरूलाई अत्तोपत्तो हुँदैन—यो एउटा पुनर्जागरण हो, एउटा पूर्ण परिवर्तन हो। सारा ब्रह्माण्डको लागि परमेश्‍वरको योजना यस्तै छ। उहाँले नयाँ संसार ल्याउनुहुनेछ, तर सबैभन्दा महत्त्वपूर्ण कुरा, उहाँले पहिले मानिसलाई नवीकरण गर्नुहुनेछ। आज, सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको मानिसहरूलाई परमेश्‍वरका वचनहरूभित्र ल्याउनु हो, तिनीहरूलाई हैसियतका आशिष्‌हरू उपभोग गर्न दिनु होइन। यसको साथै, परमेश्‍वर भन्‍नुहुन्छ, “राज्यमा म नै राजा हुँ—तर मानिसले मलाई राज्यको राजाको रूपमा व्यवहार गर्नुको सट्टा ‘स्वर्गबाट ओर्लनुभएको मुक्तिदाता’ को रूपमा व्यवहार गर्छ। परिणामस्वरूप, ऊ मैले उसलाई दान दिएको चाहन्छ तर मेरो बारेमा ज्ञानको खोजी गर्दैन।” सबै मानिसको वास्तविक अवस्था यस्तै छ। आज, सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको मानिसहरूको अतृप्त लोभलाई पूर्ण रूपमा हटाउनु र यसरी उसलाई कुनै कुरा नमागी परमेश्‍वरलाई चिन्‍न लगाउनु हो। त्यसकारण परमेश्‍वरले यसो भन्‍नुभएको कुरामा कुनै आश्‍चर्य छैन, “धेरै जनाले मेरो अघि भिखारीले जस्तो बिन्ती गरेका छन्; धेरैले मेरो अघि आफ्ना ‘बोराहरू’ खोलेका छन् र बाँच्‍नका लागि मलाई खानेकुरा मागेका छन्।” यस्ता स्थितिहरूले मानिसहरूको लोभलाई सङ्केत गर्नुका साथै मानिसहरूले परमेश्‍वरलाई प्रेम गर्दैनन्, तर उहाँबाट मागहरू गर्छन्, वा आफूले चाहेका कुराहरू प्राप्त गर्ने प्रयास गर्छन् भन्‍ने देखाउँछन्। मानिसहरूमा भोकाएको ब्‍वाँसोको प्रकृति छ; तिनीहरू सबै धूर्त र लोभी छन्, त्यसकारण परमेश्‍वरले तिनीहरूलाई फेरि पनि मापदण्डहरू दिनुहुन्छ, यसरी तिनीहरूलाई तिनीहरूको लोभको हृदय हस्तान्तरण गर्न र इमानदारीताको हृदयसहित परमेश्‍वरलाई प्रेम गर्न बाध्य तुल्याउनुहुन्छ। वास्तवमा, अहिलेसम्‍म मानिसहरूले आफ्‍नो सारा हृदय परमेश्‍वरलाई दिन बाँकी नै छ; तिनीहरू परमेश्‍वरमा पूर्ण रूपले भरोसा नगरी कहिले आफैमा र कहिले परमेश्‍वरमा भरोसा गर्दै दुईवटा डुङ्गामा खुट्टा हाल्छन्। जब परमेश्‍वरको काम निश्‍चित बिन्दुमा पुग्छ, सबै मानिस साँचो प्रेम र विश्‍वासमा जिउनेछन्, र परमेश्‍वरको इच्‍छा पूरा भएको हुनेछ; तसर्थ, परमेश्‍वरका मापदण्डहरू त्यति धेरै उच्‍च छैनन्।

स्वर्गदूतहरू स्वर्ग र पृथ्वीको बीचमा हतार-हतार आवतजावत गर्दै र हरेक दिन आत्मिक क्षेत्रमा फर्केपछि मानव संसारमा ओर्लँदै परमेश्‍वरका पुत्रहरू र मानिसहरूमाझ निरन्तर चहलपहल गरिरहेका हुन्छन्। तिनीहरूको कर्तव्य यही हो, तसर्थ, हरेक दिन परमेश्‍वरका पुत्रहरू र मानिसहरूको गोठाला गरिन्छ, अनि तिनीहरूको जीवन क्रमिक रूपमा परिवर्तन हुँदै जान्छ। परमेश्‍वरले आफ्‍नो रूप परिवर्तन गर्नुहुने दिन, पृथ्वीमा स्वर्गदूतहरूको कार्य औपचारिक रूपमा समाप्त हुनेछ र तिनीहरू स्वर्गको क्षेत्रमा फर्कनेछन्। आज, परमेश्‍वरका सबै पुत्र र मानिसहरू उही अवस्थामा छन्। हरेक सेकन्ड बित्दै जाँदा सबै मानिस परिवर्तन भइरहेका छन्, र परमेश्‍वरका पुत्रहरू र मानिसहरू क्रमिक रूपमा परिपक्‍व हुँदै गइरहेका छन्। यसको तुलनामा, सबै विद्रोही पनि ठूलो रातो अजिङ्गरको सामुन्ने परिवर्तन भइरहेका छन्: मानिसहरू अबउप्रान्त ठूलो रातो अजिङ्गरप्रति निष्ठावान छैनन्, र भूतात्माहरूले त्यसका बन्दोबस्तहरूलाई पछ्याउन छोडेका छन्। बरु तिनीहरूले “तिनीहरूलाई जे उचित लाग्छ त्यो गरेका छन्, र हरेकले आफ्नै बाटो हिँडेका छन्” तसर्थ, जब परमेश्‍वरले “पृथ्वीका देशहरू कसरी विनाश नहोलान् र? पृथ्वीका देशहरू कसरी पतन नहोलान् र?” भनी भन्‍नुहुन्छ, तब स्वर्गहरू एकै क्षणमा झर्छन्…। यो त, मानवजातिको अन्त्यको पूर्वलक्षण दिने अशुभ अनुभूतिजस्तै हो। यहाँ भविष्यवाणी गरिएका विभिन्‍न अशुभ चिन्‍हहरू नै ठूलो रातो अजिङ्गरको देशमा भइरहेका घटनाहरू हुन्, र ती घटनाबाट पृथ्वीका कोही पनि उम्कन सक्दैनन्। परमेश्‍वरका वचनहरूको भविष्यवाणी यस्तै छ। आज, सबै मानिसमा समय थोरै छ भन्‍ने आभास छ, र तिनीहरूलाई आफूमाथि विपत्ति आइपर्न लागेको अनुभूति हुन्छ भन्‍ने देखिन्छ—तैपनि तिनीहरूसँग उम्कने कुनै माध्यम छैन, तसर्थ तिनीहरू सबै आशाविहीन छन्। परमेश्‍वर भन्‍नुहुन्छ, “मैले दिनदिनै मेरो राज्यको ‘भित्री कोठा’ सजाउँदा कहिल्यै कोही पनि मेरो काममा बाधा दिन मेरो ‘काम गर्ने कोठा’ मा अचानक आएको छैन।” वास्तवमा, परमेश्‍वरका वचनहरूको अर्थ मानिसहरूले परमेश्‍वरलाई उहाँका वचनहरूमा चिनून् भन्ने मात्र होइन। सबैभन्दा मुख्य कुरा, ती वचनहरूले के सङ्केत दिन्छन् भने, हरेक दिन उहाँको कामको अर्को भागको कार्य गर्न परमेश्‍वरले समस्त ब्रह्माण्डभरि सबै किसिमका घटनाक्रम मिलाउनुहुन्छ। उहाँले “कहिल्यै कोही पनि मेरो काममा बाधा दिन मेरो ‘काम गर्ने कोठा’ मा अचानक आएको छैन” भनेर भन्‍नुको कारण के हो भने, परमेश्‍वरले ईश्‍वरीयतामा काम गर्नुहुन्छ र मानिसहरू चाहेर पनि उहाँको काममा सहभागी हुन सक्दैनन्। म तँलाई सोध्छु: के तैँले सम्पूर्ण ब्रह्माण्डको हरेक घटनाक्रमलाई साँच्‍चै मिलाउन सक्थिस्? के तैँले पृथ्वीका मानिसहरूलाई तिनीहरूका पुर्खाहरूविरुद्ध जाने तुल्याउन सक्थिस्? के तैँले सम्पूर्ण ब्रह्माण्डका मानिसहरूलाई परमेश्‍वरको सेवा गर्ने गरी परिचालन गर्न सक्थिस्? के तैँले शैतानलाई दङ्गा मच्चाउन लगाउन सक्थिस्? के तैँले मानिसहरूलाई संसार उजाड र रित्तो छ भन्‍ने अनुभूति गराउन सक्थिस्? मानिसहरू त्यस्ता कार्यहरू गर्न असमर्थ छन्। विगतमा, जब शैतानका “सीपहरू” पूर्ण रूपमा प्रकट हुन बाँकी नै थिए, त्यो बेला त्यसले परमेश्‍वरको कार्यको हरेक चरणमा सधैँ हस्तक्षेप गर्थ्यो; यस चरणमा शैतानका चलाकीहरू सकिएका छन्, र परमेश्‍वरले त्यसलाई त्यसको साँचो रङ्ग देखाउन लगाउनुभएको छ, ताकि मानिसहरूले त्यसलाई चिन्‍न सकून्। “मेरो काममा कसैले कहिल्यै पनि बाधा दिएको छैन” भन्‍ने वचनहरूको सत्यता यही नै हो।

हरेक दिन, मण्डलीका मानिसहरूले परमेश्‍वरका वचनहरू पढ्छन्, र हरेक दिन, तिनीहरूलाई “अप्रेसन टेबल” मा चिरफार गरिन्छ। उदाहरणको लागि, “आफ्नो ओहदा गुमाउने,” “खारेज हुने,” “उनीहरूको डर कम हुन्छ र मानसिक सन्तुलन पुनर्स्थापित भएपछि,” “परित्याग,” र “‘भावना’ रहित”—त्यस्ता गिल्‍लाका वचनहरूले मानिसहरूलाई “कष्ट दिन्छन्” र तिनीहरूलाई लाजले बोधो तुल्याउँछ। मानौं तिनीहरूको सम्पूर्ण शरीरको कुनै पनि अङ्गले—शिरदेखि पाइतालासम्‍म, भित्रदेखि बाहिरसम्‍म—परमेश्‍वरको स्वीकृती प्राप्त गर्दैन। परमेश्‍वरले किन उहाँका वचनहरूद्वारा मानिसहरूको जीवनलाई त्यति उदाङ्गो पारिदिनुहुन्छ? के परमेश्‍वरले जानी-जानी मानिसहरूका लागि कामकुरा कठिन बनाइरहनुभएको छ? यो त सबै मानिसहरूको अनुहार धोएर हटाउन नसकिने हिलोले भरिएको जस्तै कुरा हो। हरेक दिन, शिर निहुर्‍याउँदै, तिनीहरूले ठग मानिसहरूले जस्तो आफ्‍ना पापहरूको लेखा दिन्छन्। मानिसहरूलाई शैतानले यति भ्रष्ट तुल्याएको छ कि तिनीहरूलाई आफ्ना वास्तविक स्थितिहरूबारे समेत पूर्ण रूपमा थाहा छैन। तर परमेश्‍वरको नजरमा, तिनीहरूको शरीरको हरेक अङ्गमा, तिनीहरूको मासीमा समेत शैतानको विष छ; परिणामस्वरूप, परमेश्‍वरका प्रकाशहरू जति प्रगाढ बन्छन्, मानिसहरू त्यति नै भयभीत हुन्छन्, यसरी सबै मानिसलाई शैतान चिन्‍ने र मानिसमा रहेको शैतानलाई देख्‍ने तुल्याइन्छ, किनभने तिनीहरू आफ्‍नो नाङ्गो आँखाले शैतानलाई देख्‍न नसक्‍ने अवस्थामा रहिआएका छन्। अनि सबै जना वास्तविकतामा प्रवेश गरिसकेका हुनाले, परमेश्‍वरले मानिसको प्रकृतिलाई खुलासा गर्नुहुन्छ—भन्‍नुको अर्थ, उहाँले शैतानको स्वरूपलाई खुलासा गर्नुहुन्छ—यसरी मानिसलाई वास्तविक, छुन सकिने शैतान देख्‍ने तुल्याउनुहुन्छ, र तिनीहरूलाई व्यावहारिक परमेश्‍वरलाई अझै राम्ररी चिन्ने अवसर दिनुहुन्छ। परमेश्‍वरले मानिसलाई देहमा हुनुभएको आफूलाई चिनाउनुहुन्छ, र उहाँले शैतानको स्वरूप बनाउनुहुन्छ, र यसरी मानिसलाई सबै मानिसको देहमा रहेको वास्तविक, छुन सकिने शैतानलाई देख्‍न सक्‍ने तुल्याउनुहुन्छ। उल्लेख गरिएका यी विभिन्‍न स्थितिहरू सबै शैतानका कार्यका अभिव्यक्ति हुन्। त्यसकारण, के भन्‍न सकिन्छ भने देहमा रहेकाहरू सबै नै शैतानको स्वरूपका मूर्त रूप हुन्। परमेश्‍वर उहाँका शत्रुहरूको प्रतिकूल हुनुहुन्छ—उहाँहरू एकअर्काका वैरी हुनुहुन्छ, र उहाँहरू दुई फरक-फरक शक्ति हुनुहुन्छ; त्यसकारण, भूतात्माहरू सदासर्वदा भूतात्माहरू हुन्, र परमेश्‍वर सदासर्वदा परमेश्‍वर हुनुहुन्छ; उहाँहरू आगो र पानीजस्तै नमिल्‍ने, स्वर्ग र पृथ्वीजस्तै अलग हुनुहुन्छ। जब परमेश्‍वरले मानिसको सृष्टि गर्नुभयो, एक प्रकारका मानिसहरूमा स्वर्गदूतहरूको आत्मा थियो, जबकि अर्को प्रकारका मानिसहरूसँग कुनै आत्मा थिएन, त्यसकारण यी वर्गका मानिसहरूमा भूतका आत्माहरू आए, र त्यसरी तिनीहरूलाई भूतात्मा भनिन्छ। आखिर, स्वर्गदूतहरू भनेका स्वर्गदूतहरू नै हुन्, भूतात्माहरू भनेका भूतात्माहरू नै हुन्—अनि परमेश्‍वर, परमेश्‍वर नै हुनुहुन्छ। हरेकलाई त्यसको प्रकारअनुसार भनेर भन्‍नुको अर्थ यही हो, त्यसकारण जब स्वर्गदूतहरूले संसारमा शासन गर्छन् र आशिष्‌हरूको उपभोग गर्छन्, तब परमेश्‍वर आफ्‍नो वासस्थानमा फर्कनुहुन्छ अनि अरूहरू—परमेश्‍वरका शत्रुहरू—खरानी बन्छन्। वास्तवमा, बाहिरी रूपमा सबै मानिसले परमेश्‍वरलाई प्रेम गर्छन् भन्‍ने देखिन्छ, तर त्यसको जड तिनीहरूको सारमा हुन्छ—स्वर्गदूतहरूको प्रकृति भएकाहरू कसरी परमेश्‍वरको हातबाट उम्केर अतल कुण्‍डमा फालिन सक्छन् र? अनि भूतात्माहरूको प्रकृति भएकाहरूले कसरी कहिल्यै परमेश्‍वरलाई साँचो रूपमा प्रेम गर्न सक्छन् र? त्यस्ता मानिसहरूको सार परमेश्‍वरप्रति साँचो प्रेम गर्ने सार होइन, त्यसकारण तिनीहरूले कसरी राज्यमा प्रवेश गर्ने मौका पाउन सक्छन् र? परमेश्‍वरले भन्‍नुभएको यो वचनमा जस्तै उहाँले संसारको सृष्टि गर्नुहुँदा नै सबै कुरा परमेश्‍वरले मिलाउनुभएको छ: “म बतास र झरीमाझ अघि बढ्छु, र मैले मानिसहरूको माझमा वर्षौंवर्ष बिताएको छु, अनि समयमै आजको दिनमा आइपुगेको छु। के मेरो व्यवस्थापन योजनाका चरणहरू ठीक यिनै होइनन् र? मेरो योजनामा कसले कहिल्यै कुनै योगदान दिएको छ? मेरो योजनाका चरणहरूबाट को मुक्त भएर जान सक्छ?” देह बनेपछि, परमेश्‍वरले मानिसको जीवनको अनुभव गर्नैपर्छ—के यो व्यावहारिक परमेश्‍वरको व्यवहारिक पक्ष होइन र? मानिसको कमजोरीको कारण परमेश्‍वरले मानिसबाट कुनै कुरा पनि लुकाउनुहुन्‍न; बरु परमेश्‍वरले भन्‍नुभएको यो वचनमा जस्तै उहाँले मानिसको निम्ति सत्यतालाई उदाङ्गो पारिदिनुहुन्छ: “मैले मानिसहरूको माझमा वर्षौंवर्ष बिताएको छु।” उहाँ देहधारी परमेश्‍वर हुनुभएको हुनाले नै उहाँले एकपछि अर्को गर्दै पृथ्वीमा धेरै वर्ष बिताउनुभएको छ; त्यसरी नै, सबै किसिमका प्रक्रिया भएर गएपछि मात्रै उहाँलाई देहधारी परमेश्‍वर भनेर भन्‍न सकियो, त्यसपछि मात्रै उहाँले देहभित्रको ईश्‍वरीयतामा काम गर्न सक्‍नुभयो। त्यसपछि, सबै रहस्य प्रकट गरिसकेपछि, उहाँले आफ्‍नो रूप परिवर्तन गर्न स्वतन्त्र हुनुहुनेछ। परमेश्‍वरले प्रत्यक्ष रूपमा सङ्केत गर्नुभएको गैर-अलौकिकताबारे व्याख्याको अर्को पक्ष यही हो।

झारा नटारीकन, परमेश्‍वरका हरेक वचनलाई बटुल्‍ने कार्य गर्न सक्‍ने बन्‍नु अत्यावश्यक छ—यो परमेश्‍वरको आज्ञा हो!

अघिल्लो: अध्याय २१

अर्को: अध्याय २४ र २५

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

पत्रुसले येशूलाई कसरी चिने

पत्रुसले येशूसँग बिताएको समयमा उनले येशूमा धेरै असल गुणहरू देखे, धेरै पक्षहरू अनुकरण गर्न लायकका थिए, र धेरै पक्षहरू जुनले उनलाई समर्थन...

परमेश्‍वरले चुन्‍नुभएका मानिसहरूले राज्यको युगमा पालन गर्नैपर्ने दश प्रशासनिक आदेश

१. मानिसले आफैलाई ठूलो बनाउनु हुँदैन, न त आफैलाई उच्च पार्नु हुन्छ। उसले परमेश्‍वरको आराधना गर्नुपर्छ र उहाँलाई नै उच्च पार्नुपर्छ।२....

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्