आफ्नो गन्तव्यको लागि पर्याप्त असल कार्यहरू तयार गर्

मैले तिमीहरूमाझ धेरै कार्य गरिसकेको छु, र पक्कै पनि धेरै वाणी पनि बोलेको छु। तर पनि आखिरी दिनहरूमा मेरा वचन र कामले मेरो कार्यको उद्देश्य पूर्ण रूपमा पूरा गरेका छैनन् भन्‍ने मलाई प्रतीत नभई छोड्दैन। किनभने आखिरी दिनहरूमा मेरो काम केही निश्चित व्यक्ति वा केही निश्चित मानिसका खातिर नभई मेरो अन्तर्निहित स्वभाव प्रदर्शन गर्नेतर्फ उन्मुख छन्। तैपनि असङ्ख्य कारणले गर्दा—सायद समयको अभाव वा व्यस्त कार्य-तालिकाका कारण, मेरो स्वभावबाट मानिसहरूले मेरोबारे कुनै पनि ज्ञान प्राप्त गरेका छैनन्। तसर्थ, म आफ्नो नयाँ योजना, आफ्नो अन्तिम काम प्रारम्भ गर्छु, र मेरो काममा नयाँ पृष्ठ खोल्छु, ताकि मलाई देख्ने सबैले आफ्नो छाती पिटून् र मेरो अस्तित्वको कारण नरोकिई रोइ-कराइ र विलाप गरून्। किनभने म संसारमा मानवजातिको अन्त्य ल्याउँछु, र यो विन्दुदेखि मानवजातिसमक्ष आफ्नो सम्पूर्ण स्वभाव उदाङ्गो पार्छु, ताकि मलाई चिन्ने र नचिन्ने सबैले आ-आफ्ना आँखाबाट आनन्द लिन सकून् र म वास्तवमै मानव संसारमा आएको छु, यावत् थोक बढेर जाने पृथ्वीमा आएको छु भनेर देखून्। यो मेरो योजना हो, र मैले मानवजातिलाई सृष्टि गरेदेखिको मेरो एकमात्र “स्वीकारोक्ति” हो। मेरो प्रत्येक चालमा तिमीहरू अविभक्त ध्यान देओ, किनकि मेरो डण्डा एक पटक फेरि मानवजातिमाथि, मेरो विरोध गर्ने सबैनजिक आउँछ।

स्वर्गहरूसँगै म आफूले गर्नुपर्ने कार्यको प्रारम्भ गर्छु। त्यसैले म मेरो मार्ग मानिसहरूको बीचबाट निकाल्छु र कहिल्यै कसैले मेरा गतिविधिहरूबारे नसोची वा मेरा वाणीहरूबारे थाहा नपाइकनै म पृथ्वी र स्वर्गबीच आवतजावत गर्छु। त्यसैले, मेरो योजना सहज रूपमा अघि बढ्छ। तिमीहरूका सबै इन्द्रिय यतिसम्म शून्य छन् कि मेरो कार्यका कदमहरूबारे तिमीहरू अनभिज्ञ भएका छौ। तर तिमीहरूले मेरा उद्देश्यहरू थाहा पाउने त्यस्तो दिन पक्कै आउनेछ। आज, म तिमीहरूसँगै जिउँछु र तिमीहरूसँगै सहन्छु र मानवजातिले मप्रति राखेको मनोवृत्ति मैले बुझ्न थालेको धेरै समय भएको छ। म यस विषयमा थप बोल्न चाहन्नँ, र यो पीडादायी विषयका उदाहरणहरूको चर्चा गरेर तिमीहरूलाई लज्जित बनाउन त झनै चाहन्नँ। म आशा गर्छु, तिमीहरूले के गरेका छौ भनेर आफ्नो हृदयभित्रै स्मरण गर्छौ जसबाट हामी अर्को पटक भेट्दा हाम्रो हिसाब मिलान गर्न सक्नेछौं। म तिमीहरूमध्ये कसैलाई पनि गलत आरोप लगाउन चाहन्नँ, किनभने मैले सधैँ न्यायसङ्गत, निष्पक्ष, र मर्यादित व्यवहार गरेको छु। पक्कै पनि, तिमीहरू इमानदार रहनेछौ अनि स्वर्ग र पृथ्वी वा तिमीहरूको विवेकविरुद्ध हुने कुनै पनि काम गर्नेछैनौ भन्‍ने पनि मैले आशा गरेको छु। तिमीहरूबाट मैले माग्न सक्ने कुरा यो मात्रै हो। धेरै मानिस सहज परिस्थितिमा व्याकुल र बिरामी महसुस गर्छन् किनभने उनीहरूले धेरै क्रूर गल्ती गरेका हुन्छन्, र धेरैलाई आफूले एउटा पनि असल कार्य कहिल्यै नगरेकोमा लज्जा बोध हुन्छ। तर पनि, आफ्ना पापहरूको कारण लज्जा बोध हुँदै नहुनेहरू पनि छन् जो मेरो स्वभावको परीक्षा लिन पूर्ण रूपमा खुलासा हुन बाँकी उनीहरूका घृणित स्वभावहरू छोप्ने मुखौटालाई पूर्ण रूपमा उदाङ्गो बनाउँदै खराबबाट झन् खराब बन्छन्। म कुनै एक व्यक्तिको कार्यबारे चासो लिन्नँ र ध्यान पनि दिन्नँ। बरु, म आफूले गर्नुपर्ने कार्यहरू, चाहे जानकारी सङ्कलन गर्ने कार्य होस् या विभिन्न स्थानको भ्रमण गर्ने वा आफ्नो रुचिका अन्य कुनै कार्य, ती गर्दछु। महत्त्वपूर्ण समयमा, न एक सेकेन्ड चाँडो न एक सेकेन्ड ढिलो, वास्तविक योजनामुताबिक मानिसमाझ म आफ्नो कामलाई सहजता र स्थिरताका साथ अघि बढाउँछु। यद्यपि, मेरो कामको प्रत्येक कदममा केही विलय हुन्छन्, किनभने म उनीहरूको चाप्लुसीले भरिएको व्यवहार र उनीहरूको झूठो अधीनताको तिरस्कार गर्दछु। मलाई घृणा लाग्ने मानिसहरू चाहे जानाजानी होस् या नजानीकन निश्चय नै त्यागिनेछन्। सङ्क्षेपमा भन्नुपर्दा, मैले तिरस्कार गर्ने सबै जना मभन्दा परै रहनेछन्। भनी रहनु नपर्ला, मेरो घरमा बस्ने दुष्टलाई पनि म छोड्नेछैनँ। मानिसको दण्डको दिन नजिक आउँदै गरेकाले म मेरो घरमा रहेका घृणित मानिसहरूलाई हटाउन हतार गर्नेछैनँ किनभने मेरो आफ्नै योजना छ।

अहिले मैले प्रत्येक व्यक्तिको परिणाम निर्धारण गर्ने समय हो, मैले मानिसमा काम गर्न सुरु गरेको चरण होइन। म मेरो अभिलेख पुस्तकमा, एक-एक गरी, प्रत्येक मानिसका शब्द र कार्यहरू, उनीहरूले मलाई पछ्याएको बाटो, उनीहरूका जन्मजात गुणहरू र उनीहरूले अन्ततः आफूलाई कसरी आचरणमा ढालेका छन् भनी लेख्छु। यसरी, ती मानिसहरू जस्तोसुकै भए पनि, मेरो हातबाट कोही उम्कनेछैन, र उनीहरू सबै मेरो खटनपटनका आधारमा आफ्ना प्रकारअनुसार वर्गीकरण गरिनेछन्। म प्रत्येक व्यक्तिको गन्तव्य निर्धारण निजको उमेर, वरिष्ठता, कष्टको परिमाणका आधारमा गर्दिनँ, र उनीहरूको दयनीयताका हदका आधारमा त झनै गर्दिनँ, बरु उनीहरूसँग सत्यता छ कि छैन भन्‍ने आधारमा गर्दछु। योभन्दा अर्को कुनै विकल्प छैन। परमेश्‍वरको इच्छालाई नपछ्याउने सबैले दण्ड पाउनेछन् भनेर तिमीहरूले बुझ्नैपर्छ। यो कुनै व्यक्तिले परिवर्तन गर्न नसक्ने कुरा हो। तसर्थ, दण्डित हुनेहरू सबै परमेश्‍वरको धार्मिकताका लागि अनि उनीहरूले गरेका असङ्ख्य दुष्कर्मका लागि प्रतिफलका रूपमा दण्डित भएका हुन्। मैले आफ्नो योजनामा प्रारम्भदेखि एउटा पनि परिवर्तन गरेको छैन। यति मात्र हो, जहाँसम्म मानिसको कुरा छ, जसलाई म मेरा वचनहरू दिन्छु तिनीहरूको सङ्ख्या कम हुँदै गइरहेको जस्तो देखिन्छ, जसलाई म साँच्चै अनुमोदन गर्छु। यद्यपि, मैले मेरो योजनालाई कुनै परिवर्तन नगरी कायम राखेको छु; बरु, मानिसको विश्‍वास र प्रेम निरन्तर परिवर्तन भइरहेका छन्, सधैँ फितलो हुँदै गएका छन्, यहाँसम्म कि प्रत्येक व्यक्तिले मेरो चाप्लुसी गर्नेदेखि लिएर मप्रति रुचि नदेखाउने र मलाई पन्छाउन समेत सक्छ। मैले अरुचि र घृणाको अनुभव नगरेसम्म, तिमीहरूप्रतिको मेरो मनोवृत्ति न न्यानो हुनेछ र न चिसो नै, र अन्त्यमा दण्ड तोकिनेछ। यद्यपि, तिमीहरूले दण्ड पाउने दिन, म तिमीहरूलाई हेरिरहेको हुनेछु, तर तिमीहरूले मलाई देख्न छोड्नेछौ। तिमीहरूबीच रहेको जीवन मेरा लागि कठिन र निरस भइसकेको छ, त्यसैले, तिमीहरूको द्वेषले भरिपूर्ण शब्दहरूबाट हुने दुखाइदेखि र तिमीहरूको सहन गर्न नसकिने पतित व्यवहारदेखि टाढा रहन मैले जिउनका लागि भिन्न वातावरणको चयन गरिसकेको छु, ताकि तिमीहरूले मलाई थप मूर्ख बनाउन नसकून् वा मप्रति लापरवाही व्यवहार गर्न नसकून्। तिमीहरूलाई बिदा दिनुअघि, सत्यताअनुरूप नहुने कार्यहरूबाट आफूलाई टाढा राख्न मैले तिमीहरूलाई उपदेश दिनैपर्ने हुन्छ। बरु, तिमीहरूले सबैलाई खुसी बनाउने, सबैले लाभ लिन सक्ने र आफ्नै गन्तव्यमा पनि लाभ हुन सक्ने कार्यहरू गर्नुपर्दछ, अन्यथा, विपदको बीचमा दुःख पाउने अन्य कोही नभई तिमीहरू नै हुनेछौ।

मेरो कृपा मलाई प्रेम गर्ने र आफूलाई त्याग्नेहरूप्रति व्यक्त हुन्छ। यसबीच, दुष्टमाथि आइपर्ने दण्ड, मेरो धर्मी स्वभावको ठ्याक्कै नै प्रमाण हो, र, त्योभन्दा बढी, मेरो क्रोधको गवाही हो। जब प्रकोप आउँछ, मेरो विरोध गर्नेहरू सबै, भोकमरी र महामारीले पीडित हुँदै गर्दा रुनेछन्। सबै प्रकारका दुष्ट कार्यहरू गर्ने, तर धेरै वर्षसम्म मलाई पछ्याएकाहरू पनि, आफ्ना पापबाट उम्कनेछैनन्; उनीहरू पनि यस्तो प्रकोपमा डुब्नेछन्, जुन विगतका लाखौँ वर्षमा विरलै देखिएको छ, र उनीहरू सन्त्रास र डरको अनवरत स्थितिमा बाँच्नेछन्। अनि मेरा अनुयायीहरूमध्ये मलाई बफादारी देखाउनेहरू रमाउनेछन् र तिनीहरूले मेरो प्रबल शक्तिको प्रशंसा गर्नेछन्। उनीहरूले अवर्णनीय सन्तुष्टि अनुभव गर्नेछन् र मैले मानवजातिलाई यसअघि कहिल्यै प्रदान नगरेको हर्षमाझ जिउनेछन्। किनभने म मानिसका असल कार्यलाई कदर गर्छु र उनीहरूका दुष्ट कार्यलाई घृणा गर्छु। मैले मानवजातिलाई नेतृत्व गर्न प्रारम्भ गरेदेखि नै, मैले मसँग एउटै मन भएका मानिसहरूको समूह प्राप्त गर्ने आशा व्यग्रताका साथ गरिरहेको छु। यसैबीच, मसँग एउटै मन नभएकाहरूलाई, म कहिल्यै बिर्सिन्नँ; म उनीहरूलाई आफ्नो हृदयभित्र सधैँ घृणा गर्छु, उनीहरूलाई उनीहरूका दुष्ट कार्यको जबाफ दिन लगाउने अवसर कुरिरहेको छु, र त्यो कुरा देख्दा मलाई आनन्द आउनेछ। अब अन्ततः मेरो दिन आएको छ, र मैले उप्रान्त पर्खनु पर्दैन!

मेरो अन्तिम काम मानिसलाई दण्ड दिनका लागि मात्रै होइन, तर मानिसका लागि गन्तव्यको प्रबन्ध गर्नु पनि हो। यसअतिरिक्त, यो सबै मानिसहरूले मेरो कार्य र क्रियालाई स्वीकार गरून् भन्नका लागि हो। म प्रत्येक व्यक्तिलाई मैले गरेका सबै कार्य सही छन् र मैले गरेका सबै कुरा मेरो स्वभावको अभिव्यक्ति हुन् भनेर देख्न लगाउनेछु। मानिसजातिलाई जन्माएको मानिसले होइन, प्रकृतिले त झनै होइन, तर सृष्टिमा भएका सबै जीवित प्राणीको पालनाहार, मैले जन्माएको हुँ। मेरो अस्तित्वविना मानवजाति नाश मात्रै हुँदै जानेछ र विपद्को अभिशाप भोग्नुपर्नेछ। कुनै पनि मानवले सुन्दर सूर्य र चन्द्रमा, वा हराभरा संसार फेरि कहिल्यै देख्नेछैन; मानवजातिले कठ्याङ्ग्रिँदो चिसो रात र मृत्युको छायाँको अपरिहार्य घाटीको सामना मात्र गर्नेछन्। म मानवजातिको एकमात्र मुक्ति हुँ। म मानवजातिको एकमात्र आशा हुँ र, अझ, ममा नै सबै मानवजातिको अस्तित्व निर्भर छ। मविना मानवजाति तुरुन्तै ठप्प हुनेछ। मविना मानवजातिले प्रलय भोग्नेछ र सबै प्रकारका प्रेतात्माको पैतालामुनि कुल्चिइनुपर्नेछ, तथापि मलाई कसैले ध्यान दिँदैन। कसैले पनि गर्न नसकेका कार्य मैले गरेको छु, र केही असल कार्यमार्फत मानिसले मेरो ऋण चुकाउनेछ भन्‍ने मात्र आशा गरेको छु। तर केहीले मात्र मेरो ऋण चुकाउन सकेका छन्, तथापि म मेरो मानव संसारको यात्रालाई अन्त्य गर्नेछु र खुलासा गर्ने मेरो कार्यको अर्को कदम प्रारम्भ गर्नेछु, किनभने मानिसहरूमाझ यी धेरै वर्षहरूमा मैले गरेको हतारो आवतजावत फलदायी भएको छ, र म अत्यन्तै खुसी छु। म मानिसहरूको सङ्ख्याबारे चासो दिन्नँ, बरु उनीहरूको असल कार्यहरूप्रति चासो राख्छु। जे भए पनि, तिमीहरूले आफ्नो गन्तव्यका लागि पर्याप्त असल कार्यहरू तयार पारेका छौ भन्‍ने आशा गर्दछु। त्यसपछि म सन्तुष्ट हुनेछु; अन्यथा, तिमीहरूमाथि आइपर्ने विपत्तिबाट तिमीहरू कोही पनि उम्कन सक्नेछैनौ। विपत्ति मभित्रैबाट उत्पत्ति हुन्छ र पक्कै पनि मबाटै योजनाबद्ध हुन्छ। यदि तिमीहरू मेरा नजरमा असल देखा पर्न सकेनौ भने, विपत्तिको कष्टबाट उम्कन सक्नेछैनौ। यो विपत्तिबीच, तिमीहरूका कार्य र व्यवहारहरू पूर्ण रूपमा उपयुक्त मानिनेछैन, किनभने तिमीहरूको विश्‍वास र प्रेम खोक्रो थिए, र तिमीहरूले आफूलाई कायर वा रुखो मात्रै देखायौ। यस विषयमा, म असल वा खराबको न्याय मात्र गर्नेछु। तिमीहरू प्रत्येकले कसरी व्यवहार गर्छौ र आफूलाई अभिव्यक्त गर्छौ भन्‍ने विषयमा मेरो सरोकार निरन्तर रहनेछ, जसको आधारमा म तिमीहरूको अन्त्य निर्धारण गर्नेछु। यद्यपि, एउटा कुरा मैले स्पष्ट पार्नुपर्छ: सङ्कष्टको समयमा मप्रति अलिकति पनि निष्ठा नदेखाउनेहरूप्रति, अब म कृपालु हुनेछैनँ, किनभने मेरो कृपा यहीँसम्मका लागि मात्रै थियो। साथै, मलाई एक पटक विश्‍वासघात गर्नेहरूलाई म मन पराउँदिनँ र आफ्ना साथीहरूको हितलाई बिक्री गर्नेहरूसँग संलग्न हुन झनै मन पराउँदिनँ। मानिस जोसुकै भए पनि मेरो स्वभाव यही हो। मैले तिमीहरूलाई यो भन्नैपर्छ: मेरो हृदय तोड्ने जोसुकैले मबाट दोस्रो पटक क्षमा पाउनेछैन, र मप्रति निष्ठावान् रहनेहरू सधैँ मेरा हृदयमा रहनेछन्।

अघिल्लो: आखिरी दिनहरूका ख्रीष्‍टले मात्रै मानिसलाई अनन्त जीवनको मार्ग दिन सक्‍नुहुन्छ

अर्को: तँ कोप्रति निष्ठावान् छस्?

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्