अध्याय ४
सबै मानिसलाई नकारात्मकताबाट सकारात्मकतामा सङ्क्रमण गरेपछि घमण्ड गर्न र बहकिनबाट रोक्नका लागि, परमेश्वरको वाणीको अन्तिम अध्यायमा, परमेश्वरले आफ्ना मानिसहरूसँग आफ्ना सर्वोच्च मागहरूबारे बोलिसक्नुभएपछि—परमेश्वरले मानिसहरूलाई उहाँको व्यवस्थापनको योजनाको यस चरणका उहाँका अभिप्रायहरूबारे बताइसक्नुभएपछि—उहाँ अन्त्यमा तिनीहरूलाई परमेश्वरका अभिप्रायहरू सन्तुष्ट पार्ने मन बनाउन मद्दत गर्नका लागि तिनीहरूलाई उहाँका वचनहरू मनन गर्ने अवसर दिनुहुन्छ। मानिसहरूका अवस्थाहरू सकारात्मक हुँदा, परमेश्वर तुरुन्तै तिनीहरूलाई समस्याको अर्को पाटोका बारेमा प्रश्नहरू सोध्न थाल्नुहुन्छ। उहाँ मानिसहरूलाई बुझ्न गाह्रो हुने शृङ्खलाबद्ध प्रश्नहरू सोध्नुहुन्छ: “के मप्रतिको तिमीहरूको प्रेम अशुद्धताले दूषित थियो? के मप्रतिको तिमीहरूको बफादारी शुद्ध र सच्चा थियो? के मबारे तिमीहरूको ज्ञान साँचो थियो? तिमीहरूको हृदयमा मैले कत्रो स्थान ओगटेको थिएँ?” आदि। यस अनुच्छेदको पहिलो भागमा, दुई वटा हप्कीबाहेक, बाँकी सबै प्रश्नहरू मात्र छन्। विशेष गरी “के मेरा वाणीहरूले तिमीहरूभित्र गहिरो प्रभाव पारेका छन्?” भन्ने प्रश्न निकै उपयुक्त छ। यसले मानिसहरूको हृदयको गहिराइमा रहेका सबैभन्दा गोप्य कुराहरूलाई साँच्चिकै गहिरो गरी छुन्छ, जसले गर्दा तिनीहरू अचेत रूपमा आफैलाई सोध्छन्: “के म परमेश्वरप्रतिको मेरो प्रेममा साँच्चै बफादार छु?” मानिसहरू आफ्नो हृदयमा विगतमा सेवा गर्दाका आफ्ना अनुभवहरू अचेत रूपमा सम्झन्छन्: तिनीहरू आफूप्रतिको उदारता, आत्म-धार्मिकता, अहम्ता, आत्मसन्तुष्टि, आत्मतुष्टि, र अभिमानले ग्रसित थिए। तिनीहरू जालमा परेको ठूलो माछाजस्तै थिए—जालमा परेपछि, तिनीहरूलाई मुक्त हुन सजिलो थिएन। यसबाहेक, तिनीहरू बारम्बार बेलगाम हुन्थे, तिनीहरूले परमेश्वरको सामान्य मानवतालाई धेरै पटक धोका दिए र आफूले गर्ने सबै कुरामा आफूलाई पहिलो स्थानमा राखे। “सेवाकर्ताहरू” भनिनुभन्दा पहिले, तिनीहरू भर्खरै जन्मेको बाघको डमरुजस्तै उत्साहले भरिपूर्ण थिए। तिनीहरूले आफ्नो ध्यान केही हदसम्म जीवनमाथि केन्द्रित गरे पनि, कहिलेकाहीँ तिनीहरू झारा मात्र टारिरहेका हुन्थे; दासहरू जस्तै, तिनीहरू परमेश्वरप्रति झाराटारुवा व्यवहार गर्थे। सेवाकर्ताका रूपमा प्रकट हुने समयमा, तिनीहरू नकारात्मक थिए, तिनीहरू पछि परे, तिनीहरू दुःखले भरिएका थिए, तिनीहरूले परमेश्वरका बारेमा गुनासो गरे, तिनीहरू निराशामा शिर झुकाउने, आदि गर्थे। तिनीहरूका आफ्नै अद्भुत, हृदयस्पर्शी कथाहरूको प्रत्येक चरण तिनीहरूको दिमागमा रहिरहन्छ। तिनीहरूलाई सुत्न समेत गाह्रो हुन्छ, र तिनीहरू दिउँसोको समय लट्ठिएर बिताउँछन्। तिनीहरू परमेश्वरद्वारा दोस्रो पटक हटाइएका, उम्कनै नसक्ने गरी पातालमा फसेका जस्ता देखिन्छन्। परमेश्वरले पहिलो अनुच्छेदमा मानिसहरूलाई बुझ्न गाह्रो लाग्ने केही प्रश्न तेर्साउनेबाहेक केही नगर्नुभए पनि, नजिकबाट पढ्दा तिनले परमेश्वरको उद्देश्य सोध्नकै खातिर यी प्रश्नहरू सोध्नु मात्रै होइन भन्ने देखाउँछन्; तिनमा अझ गहिरो स्तरको अर्थ रहेको छ, जसलाई अझ विस्तृत रूपमा व्याख्या गरिनुपर्छ।
परमेश्वरले किन एक पटक आज भनेको आज नै हो, र हिजो बितिसकेको हुनाले, विगतको सम्झना गर्नुपर्ने कुनै आवश्यकता छैन भनेर भन्नुभयो, तैपनि यहाँ पहिलो वाक्यमा, उहाँ मानिसहरूलाई प्रश्नहरू सोध्नुहुन्छ, र तिनीहरूलाई विगतका बारेमा सोच्न लगाउनुहुन्छ? सोच त: परमेश्वर किन मानिसहरूलाई विगतका बारेमा सम्झना नगर्न, तर विगतबारे फर्केर सोच्न पनि माग गर्नुहुन्छ? के परमेश्वरका वचनहरूमा कुनै गल्ती हुन सक्छ? के यी वचनहरूको स्रोत गलत हुन सक्छ? स्वाभाविक रूपमा, परमेश्वरका वचनहरूलाई ध्यान नदिनेहरू यस्ता गहन प्रश्नहरू सोध्दैनन्। तर अहिलेका लागि, यसबारे बोल्न आवश्यक छैन। पहिले, म माथिको पहिलो प्रश्न—“किन”—को व्याख्या गर्नेछु। अवश्य नै, परमेश्वरले आफूले रित्ता शब्दहरू नबोल्ने भनेर भन्नुभएको सबैलाई अवगत छ। जब परमेश्वरको मुखबाट वचनहरू बोलिन्छन्, तब तिनको एउटा उद्देश्य र महत्त्व हुन्छ—यसले प्रश्नको केन्द्रलाई छुन्छ। मानिसहरूको सबैभन्दा ठूलो कमजोरी भनेको तिनीहरूले आफ्ना दुष्ट तौरतरिकाहरू परिवर्तन गर्न नसक्नु र आफ्नो पुरानो प्रकृतिलाई नियन्त्रणमा राख्न नसक्नु हो। सबै मानिसलाई आफूलाई अझ राम्ररी र यथार्थपरक रूपमा चिन्न दिनका लागि, परमेश्वर सुरुमा तिनीहरूलाई विगतबारे फर्केर सोच्न अगुवाइ गर्नुहुन्छ, ताकि तिनीहरूले आफूलाई अझ गहिरो रूपमा जाँच्न सकून्, र यसरी परमेश्वरको एउटा पनि वचन रित्तो छैन, र परमेश्वरका सबै वचन फरक-फरक मानिसमा फरक-फरक मात्रामा पूरा हुन्छन् भनेर जान्न सकून्। विगतमा, परमेश्वर मानिसहरूलाई जसरी काटछाँट गर्नुहुन्थ्यो, त्यसले तिनीहरूलाई परमेश्वरको अलिकति ज्ञान दिन्थ्यो र परमेश्वरप्रतिको तिनीहरूको “निष्कपटता” लाई अलिक बढी हृदयस्पर्शी बनाउँथ्यो। मानिसहरूमा र तिनीहरूको हृदयमा, “परमेश्वर” भन्ने शब्दले ०.१ प्रतिशत स्थान ओगट्छ। यति हासिल गर्नुले परमेश्वरले ठूलो मुक्तिको कार्य गर्नुभएको छ भन्ने देखाउँछ। परमेश्वरले मानिसहरूको यस समूहमा—ठूलो रातो अजिङ्गरद्वारा शोषित र शैतानद्वारा ओगटिएको समूहमा—यति धेरै उपलब्धि हासिल गर्नुभएको छ कि तिनीहरू आफूलाई जे मन लाग्यो त्यो गर्ने आँट गर्दैनन् भनेर भन्नु उचित हुन्छ। किनभने शैतानद्वारा ओगटिएकाहरूको हृदयको शतप्रतिशत भाग परमेश्वरले ओगट्नु असम्भव छ। अर्को चरणमा परमेश्वरबारे मानिसहरूको ज्ञान बढाउनका लागि, परमेश्वर विगतका सेवाकर्ताहरूको अवस्थालाई आजका परमेश्वरका मानिसहरूको अवस्थासँग तुलना गर्नुहुन्छ, अनि यसरी एउटा स्पष्ट भिन्नता सिर्जना गर्नुहुन्छ जसले मानिसहरूलाई अझ बढी लज्जित महसुस गराउँछ। परमेश्वरले भन्नुभएझैँ “आफ्नो लाज लुकाउने ठाउँ कतै छैन।”
त्यसोभए, परमेश्वर सोध्नकै लागि मात्र प्रश्नहरू सोधिरहनुभएको छैन भनेर मैले किन भनेँ? सुरुदेखि अन्त्यसम्म नजिकबाट पढ्दा के देखिन्छ भने, परमेश्वरद्वारा सोधिएका प्रश्नहरूले सबै कुरा ठ्याक्कै किटान नगरेका भए पनि, ती सबैले परमेश्वरप्रतिको मानिसहरूको बफादारी र परमेश्वरबारे तिनीहरूको ज्ञानको हदलाई जनाउँछन्; अर्को शब्दमा भन्नुपर्दा, तिनले मानिसहरूका वास्तविक अवस्थाहरूलाई जनाउँछन्, जुन दयनीय छन्, र तिनीहरूलाई यसबारे खुलस्त कुरा गर्न गाह्रो हुन्छ। यसबाट मानिसहरूको कद अत्यन्तै सानो छ, परमेश्वरबारे तिनीहरूको ज्ञान अत्यन्तै सतही छ, साथै उहाँप्रतिको तिनीहरूको बफादारीमा धेरै अशुद्धता र ज्यादै फोहोर छ भनेर देख्न सकिन्छ। परमेश्वरले भन्नुभएझैँ, लगभग सबै मानिस व्यक्तिगत फाइदाका लागि अल्याङटल्याङ गरिरहेका हुन्छन् र सङ्ख्या पुर्याउन मात्र उपस्थित हुन्छन्। परमेश्वरले “के तिमीहरूलाई आफू साँच्चै मेरा मानिस हुन अयोग्य भएजस्तो लाग्छ?” भनेर भन्नुहुँदा, यी वचनहरूको साँचो अर्थ सबै मानिसमध्ये कोही पनि परमेश्वरको मानिस हुन योग्य छैन भन्ने हो। तर अझ ठूलो प्रभाव हासिल गर्नका निम्ति, परमेश्वर प्रश्नहरू सोध्ने विधि प्रयोग गर्नुहुन्छ। यो विधि मानिसहरूको हृदयलाई छेड्ने हदसम्म तिनीहरूलाई निर्मम रूपमा आक्रमण गर्ने, प्रहार गर्ने, र मार्ने विगतका वचनहरूभन्दा धेरै प्रभावकारी छ। मानौँ परमेश्वरले सिधै यस्तो नीरस र खल्लो कुरा भन्नुभएको थियो, “तिमीहरू मप्रति बफादार छैनौ, र तिमीहरूको बफादारीमा दाग छ, मैले तिमीहरूको हृदयमा पूर्ण स्थान बिलकुलै ओगटेको छैनँ.... म तिमीहरूलाई आफ्नो अनुहार समेत देखाउन नसक्ने गरी लज्जित पारेर छोड्नेछु, किनभने तिमीहरूमध्ये कोही पनि मेरा मानिसहरू हुन योग्य छैनौ।” तिमीहरू यी दुईलाई तुलना गर्न सक्छौ—जहाँ विषयवस्तु उस्तै रहन्छ तर लबज फरक हुन्छ—अनि तिमीहरूले प्रश्न गर्ने लबज प्रयोग गर्नु बढी प्रभावकारी रहेको पाउनेछौ। तसर्थ, बुद्धिमान् परमेश्वर पहिलो लबज प्रयोग गर्नुहुन्छ, जसले उहाँको बोलीको कलात्मकता देखाउँछ। यो मानिसद्वारा हासिल गर्न असम्भव छ, त्यसैले परमेश्वरले यसो भन्नुभएकोमा कुनै अचम्म मान्नुपर्दैन: “मानिसहरू मद्वारा प्रयोग गरिने माध्यम मात्रै हुन्। तिनीहरूबीचको एक मात्र भिन्नता के हो भने, कोही नीच हुन्छन्, र कोही बहुमूल्य हुन्छन्।”
हामीले पढ्दै जाँदा, परमेश्वरका वचनहरू एकपछि अर्को गर्दै आपसमा निकट रूपमा गाँसिएर आउँछन्, जसले मानिसहरूलाई मुस्किलले सास फेर्ने मौका दिन्छन्, किनभने परमेश्वर कुनै पनि हालतमा मानिसलाई सजिलै छोड्नुहुन्न। जब मानिसहरू सबैभन्दा धेरै पछुताउँछन्, तब परमेश्वर तिनीहरूलाई फेरि एक पटक चेतावनी दिनुहुन्छ: “यदि तिमीहरू माथिका प्रश्नहरूबारे पूर्ण रूपमा अनभिज्ञ छौ भने, तिमीहरू व्यक्तिगत फाइदाका लागि मात्र अल्याङटल्याङ गरिरहेका छौ, र तिमीहरू सङ्ख्या पुर्याउन मात्रै उपस्थित भएका हौ भनी देखाउन यो नै पर्याप्त छ, अनि मद्वारा पूर्वनिर्धारण गरिएको समयमा, तिमीहरू निश्चय नै दोस्रो पटक हटाइनेछौ र अतल कुण्डमा फालिनेछौ। यी मेरा चेतावनीका वचनहरू हुन्, र तिनलाई हल्का रूपमा लिने जोकोहीलाई मेरो न्यायद्वारा प्रहार गरिनेछ, र तोकिएको समयमा, उसले प्रकोपको सामना गर्नेछ।” यस्ता वचनहरू पढ्दा, मानिसहरू आफू अतल कुण्डमा खसेको समयलाई नसम्झी बस्न सक्दैनन्: प्रकोपको खतरामा परेका, परमेश्वरका प्रशासनिक आदेशहरूद्वारा शासित भएका, आफ्नै परिणामले आफूलाई पर्खिरहेको, लामो समयदेखि चिन्तित, अवसादी, र बेचैन महसुस गरेका, आफ्नो हृदयभित्रको उराठबारे कसैलाई भन्न नसकेका—यसको तुलनामा, तिनीहरूलाई आफ्नो देह नष्ट हुनु नै बेस हो भन्ने लाग्थ्यो...। जब तिनीहरूको सोचाइ यस बिन्दुमा पुग्छ, तब तिनीहरू दुःखको झट्का महसुस नगरी बस्न सक्दैनन्। तिनीहरू विगतमा कस्ता थिए, तिनीहरू आज कस्ता छन्, र तिनीहरू भोलि कस्ता हुनेछन् भनी सोच्दा, तिनीहरूको हृदयमा चिन्ता बढ्छ, तिनीहरू अचेत रूपमा काँप्न थाल्छन्, र यसरी तिनीहरू परमेश्वरका प्रशासनिक आदेशहरूदेखि अझ बढी डराउँछन्। जब तिनीहरूलाई “परमेश्वरका मानिसहरू” भन्ने शब्दावली पनि बोल्ने एउटा माध्यम मात्रै हुन सक्छ भन्ने लाग्छ, तब तिनीहरूको हृदयको प्रसन्नता तुरुन्तै चिन्तामा परिणत हुन्छ। परमेश्वर तिनीहरूलाई प्रहार गर्न तिनीहरूको घातक कमजोरी प्रयोग गरिरहनुभएको हुन्छ, र यस बिन्दुमा, उहाँ आफ्नो कामको अर्को चरण सुरु गरिरहनुभएको हुन्छ, जसले मानिसहरूको स्नायुलाई निरन्तर उत्तेजित गराउँछ, र परमेश्वरका कार्यहरू बुझ्न नसकिने छन्, परमेश्वर पहुँचभन्दा बाहिर हुनुहुन्छ, परमेश्वर पवित्र र निष्खोट हुनुहुन्छ, र आफू परमेश्वरका मानिस हुन योग्य नरहेको भन्ने तिनीहरूको बोध बढाउँछ। फलस्वरूप, पछि पर्ने आँट नगर्दै, तिनीहरू आफूलाई सुधार्न दोब्बर मेहनत गर्छन्।
त्यसपछि, मानिसहरूले पाठ सिकून्, र तिनीहरूले आफैलाई चिनून्, परमेश्वरको डर मानून्, र परमेश्वरको भय मानून् भन्नका लागि, परमेश्वर आफ्नो नयाँ योजना सुरु गर्नुहुन्छ: “सृष्टिको समयदेखि आजसम्म, धेरै मानिसले मेरा वचनहरूविरुद्ध विद्रोह गरेका छन् र यसरी तिनीहरू मेरो पुनर्स्थापनाको प्रवाहद्वारा त्यागिएका र हटाइएका छन्; अन्ततः तिनीहरूको शरीर नष्ट हुन्छ र तिनीहरूको आत्मा पातालमा फालिन्छ, र आज पनि तिनीहरू गम्भीर दण्ड भोगिरहेकै छन्। धेरै मानिसले मेरा वचनहरू पछ्याएका छन्, तर तिनीहरू मेरो प्रबोधन र ज्योतिविरुद्ध गएका छन् ... र कतिपय...।” यी वास्तविक उदाहरणहरू हुन्। यी वचनहरूमा, परमेश्वर परमेश्वरका सबै मानिसलाई युगौँयुगभरिका परमेश्वरका कार्यहरू थाहा दिनका लागि व्यावहारिक चेतावनी मात्रै दिनुहुन्न, आत्मिक क्षेत्रमा के भइरहेको छ भन्ने कुराको केही भागको अप्रत्यक्ष चित्रण पनि प्रदान गर्नुहुन्छ। यसले मानिसहरूलाई तिनीहरूले परमेश्वरविरुद्ध विद्रोह गरेमा, यसको परिणाम राम्रो हुनेछैन, र तिनीहरू लाजको अनन्त चिह्न बन्नेछन्, साथै तिनीहरू शैतानको मूर्तरूप, र शैतानको नमुना बन्नेछन् भनी जान्न सक्षम बनाउँछ। परमेश्वरको हृदयमा, अर्थको यो पक्षको महत्त्व गौण हुन्छ, किनभने यी वचनहरूले मानिसहरूलाई पहिले नै के गर्ने भन्नेबारे कँपाएका र अलमल्ल पारेका छन्। यसको सकारात्मक पक्ष के हो भने, मानिसहरू डरले काँप्दा, तिनीहरूले आत्मिक क्षेत्रका केही विवरण पनि प्राप्त गर्छन्—तर केही मात्रै प्राप्त गर्ने हुनाले, मैले अलि प्रस्ट पार्नैपर्छ। आत्मिक क्षेत्रको प्रवेशद्वारबाट त्यहाँ सबै प्रकारका आत्माहरू भएको देख्न सकिन्छ। तर, कोही पातालमा छन्, कोही नरकमा छन्, कोही अग्नि कुण्डमा छन्, र कोही अतल कुण्डमा छन्। मैले यहाँ केही थप्नुपर्छ। सतही रूपमा भन्नुपर्दा, यी आत्माहरूलाई ठाउँअनुसार विभाजन गर्न सकिन्छ; तर विशेष रूपमा भन्नुपर्दा, कतिपयलाई यस सजायबीच परमेश्वरको सजायद्वारा प्रत्यक्ष रूपमा सम्हालिन्छ, र कतिपय चाहिँ शैतानको बन्धनमा हुन्छन्, जसलाई परमेश्वरले उपयोग गर्नुहुन्छ। अझ विशेष रूपमा भन्नुपर्दा, तिनीहरूको सजाय तिनीहरूको परिस्थितिको गम्भीरताअनुसार फरक हुन्छ। यस बिन्दुमा, म अझै अलि प्रस्ट पार्नेछु। जसलाई सिधै परमेश्वरको हातद्वारा सजाय दिइन्छ, पृथ्वीमा तिनीहरूको कुनै आत्मा हुँदैन, जसको अर्थ तिनीहरूले पुनर्जन्म लिने कुनै मौका पाउँदैनन्। शैतानको शक्तिअन्तर्गत रहेका आत्माहरू—परमेश्वरले “मेरा शत्रु बनेका छन्” भनेर भन्नुहुँदा उहाँले जनाउनुहुने शत्रुहरू—पृथ्वीका मामिलाहरूसँग जोडिएका हुन्छन्। पृथ्वीमा रहेका विभिन्न दुष्ट आत्मा सबै परमेश्वरका शत्रु हुन्, शैतानका नोकर हुन्, र तिनीहरू अस्तित्वमा रहनुको कारण भनेको सेवा प्रदान गर्नलाई हो ताकि तिनीहरू परमेश्वरका कार्यहरूको उभारक बन्न सकून्। तसर्थ, परमेश्वर भन्नुहुन्छ: “यी मानिसहरू शैतानद्वारा बन्दी बनाइएका मात्र छैनन्, तिनीहरू त अनन्त पापी बनेका छन् र मेरा शत्रु बनेका छन्, र तिनीहरू प्रत्यक्ष रूपमा मेरो विरोध गर्छन्।” त्यसपछि, परमेश्वर मानिसहरूलाई यस प्रकारको आत्माको परिणाम कस्तो हुन्छ भनेर बताउनुहुन्छ: “तिनीहरू मेरो क्रोधको चरम सीमामा मैले न्याय गर्ने वस्तु हुन्।” परमेश्वर तिनीहरूका वर्तमान अवस्थाहरू पनि स्पष्ट पार्नुहुन्छ: “आज तिनीहरू अझै पनि दृष्टिविहीन छन्, अझै पनि अन्धकारका कालकोठरीहरूभित्र छन्।”
मानिसहरूलाई परमेश्वरका वचनहरूको सत्यता देखाउनका लागि, परमेश्वर प्रमाणका रूपमा एउटा वास्तविक उदाहरण (उहाँले चर्चा गर्ने पावलको घटना) प्रयोग गर्नुहुन्छ ताकि उहाँको चेतावनीले मानिसहरूमा अझ गहिरो छाप छोडोस्। मानिसहरूले पावलका बारेमा भनिएको कुरालाई एउटा कथाका रूपमा नलिऊन्, र तिनीहरूले आफूलाई रमिते नठानून्—अनि, त्यसमाथि, तिनीहरू परमेश्वरबाट थाहा पाएका हजारौँ वर्षअघि जिएका मानिसहरूका कार्यहरूका बारेमा धाक लगाउँदै नहिँडून्—भन्नका लागि, परमेश्वर पावलको जीवनभरिका अनुभवहरूमा ध्यान केन्द्रित गर्नुहुन्न। त्यसको सट्टामा, परमेश्वर पावलका परिणामहरू र उसले कस्तो प्रकारको फल पायो, पावलले किन परमेश्वरको विरोध गर्यो, र पावलको अन्त्य कसरी त्यस्तो भयो भन्ने कुरामा ध्यान केन्द्रित गर्नुहुन्छ। परमेश्वरले ध्यान केन्द्रित गर्ने कुरा भनेको, अन्त्यमा, उहाँले कसरी पावलका कोरा आशाहरूलाई जोडदार रूपमा इन्कार गर्नुभयो, र आत्मिक क्षेत्रमा पावलको अवस्थालाई सिधै उदाङ्गो पार्नुभयो भन्ने हो: “पावललाई सिधै परमेश्वरद्वारा सजाय दिइन्छ।” मानिसहरू भावशून्य हुने र परमेश्वरका वचनहरूको कुनै पनि कुरा बुझ्न असक्षम हुने हुनाले, परमेश्वर एउटा व्याख्या (वाणीको अर्को भाग) थप्नुहुन्छ, र एउटा फरक पक्षसँग सम्बन्धित समस्याबारे बोल्न सुरु गर्नुहुन्छ: “जसले (मेरो देहको मात्र नभएर अझ महत्त्वपूर्ण कुरा, मेरा वचनहरू र मेरो आत्माको—भन्नुको अर्थ, मेरो ईश्वरत्वको—विरोध गरेर) मेरो विरोध गर्छ, उसले आफ्नो देहमा मेरो न्याय पाउँछ।” सतही रूपमा भन्नुपर्दा, यी वचनहरू माथिका वचनहरूसँग असम्बन्धित देखिने र ती दुईबीच कुनै सम्बन्ध भएजस्तो नदेखिने भए पनि, चिन्ता नगर: परमेश्वरका आफ्नै उद्देश्यहरू छन्। “माथिको उदाहरणले के प्रमाणित गर्छ भने” भन्ने वाक्यांशका सरल शब्दहरूले हेर्दा असम्बन्धित लाग्ने दुई वटा समस्यालाई जैविक रूपमा जोड्छन्—परमेश्वरका वचनहरूको चातुर्य ठ्याक्कै यही हो। तसर्थ, मानिसहरू पावलको कथामार्फत प्रबोधित हुन्छन्, र त्यसैले, अघिल्लो र पछिल्लो पाठबीचको सम्बन्धका कारण, पावलद्वारा प्रदान गरिएको पाठमार्फत, तिनीहरू परमेश्वरलाई अझ बढी चिन्ने पछ्याइमा लाग्छन्, जुन ठ्याक्कै परमेश्वरले ती वचनहरू बोलेर हासिल गर्न चाहनुभएको नतिजा हो। त्यसपछि, परमेश्वर मानिसहरूको जीवन प्रवेशका लागि सहायता र प्रबोधन प्रदान गर्ने केही वचन बोल्नुहुन्छ। मैले यसबारे बोल्न आवश्यक छैन; तँलाई यी कुराहरू बुझ्न सजिलो लाग्नेछन्। तर, मैले व्याख्या गर्नैपर्ने कुरा भनेको परमेश्वरको यो भनाइ हो: “मैले मेरो सामान्य मानवत्वमा काम गर्दा, धेरैजसो मानिस मेरो क्रोध र प्रतापसँग ‘जुध्थे’ र तिनीहरूलाई मेरो बुद्धि र स्वभावबारे कमै थाहा थियो। आज, म सिधै ईश्वरत्वमा बोल्छु र काम गर्छु, र अझै पनि कतिपय त्यस्ता मानिस छन् जसले मेरो क्रोध र न्यायलाई आफ्नै आँखाले देख्नेछन्; यसबाहेक, न्यायको समयको दोस्रो खण्डको मुख्य काम भनेको मेरा सबै मानिसलाई देहमा गरिने मेरा कार्यहरू सिधै थाहा दिनु, र तिमीहरू सबैलाई सिधै मेरो स्वभाव हेर्न लगाउनु हो।” यी केही वचनले सामान्य मानवतामा परमेश्वरको कामलाई निष्कर्षमा पुर्याउँछन् र ईश्वरत्वमा गरिने न्यायको समयको परमेश्वरको कामको दोस्रो खण्ड आधिकारिक रूपमा सुरु गर्छन्, अनि एक समूहका मानिसहरूको परिणामको भविष्यवाणी गर्छन्। यस बिन्दुमा, यो प्रस्ट पार्नु सार्थक हुन्छ कि मानिसहरू परमेश्वरका मानिस बन्दा परमेश्वरले तिनीहरूलाई यो न्यायको समयको दोस्रो भाग हो भनेर बताउनुभएन। त्यसको सट्टामा, उहाँ यस अवधिमा परमेश्वरका अभिप्रायहरू र यस दौरान परमेश्वरले हासिल गर्न चाहने उद्देश्यहरू, साथै पृथ्वीमा परमेश्वरको कामको अन्तिम चरणका बारेमा मानिसहरूलाई बताएपछि मात्र यो न्यायको समयको दोस्रो भाग हो भनेर प्रस्ट पार्नुहुन्छ। यसमा परमेश्वरको बुद्धि पनि हुन्छ भनेर भनिरहनु पर्दैन। मानिसहरू भर्खरै बिरामीको शैयाबाट उठेका बेलामा, तिनीहरूले वास्ता गर्ने एउटै कुरा भनेको तिनीहरू मर्छन् कि मर्दैनन्, वा तिनीहरूको शरीरबाट रोग हटाउन सकिन्छ कि सकिँदैन भन्ने हो। तिनीहरूको तौल बढ्नेछ कि बढ्नेछैन, वा तिनीहरूले सही लुगा लगाउनेछन् कि लगाउनेछैनन् भन्ने कुरालाई तिनीहरू कुनै ध्यान दिँदैनन्। तसर्थ, जब मानिसहरूले आफू परमेश्वरका मानिस भएको भनेर पूर्ण रूपमा विश्वास गर्छन्, तब मात्रै परमेश्वर चरणबद्ध रूपमा आफ्ना मागहरूका बारेमा बोल्नुहुन्छ, र मानिसहरूलाई तिनीहरू अहिले कुन समयमा छन् भनेर बताउनुहुन्छ। किनभने केही दिनको स्वास्थ्यलाभपछि मात्रै मानिसहरूमा परमेश्वरको व्यवस्थापनका चरणहरूबारे चासो लिने ऊर्जा आउन थाल्छ, त्यसैले तिनीहरूलाई बताउनका लागि यो सबैभन्दा उपयुक्त समय हो। मानिसहरूले बुझेपछि मात्रै विश्लेषण गर्न थाल्छन्: यो न्यायको समयको दोस्रो भाग भएको हुनाले, परमेश्वरका मागहरू अझ कडा बनेका छन्, र म परमेश्वरका मानिसहरूमध्ये एक बनेको छु। यसरी विश्लेषण गर्नु ठीक हो, र विश्लेषणको यो तरिका मानिसद्वारा हासिल गर्न सकिन्छ; त्यसैले परमेश्वर यो बोल्ने विधि प्रयोग गर्नुहुन्छ।
मानिसहरूले अलिकति बुझेपछि, परमेश्वर बोल्नका लागि फेरि एक पटक आत्मिक क्षेत्रमा प्रवेश गर्नुहुन्छ, त्यसैले तिनीहरू फेरि एक पटक पासोमा पर्छन्। यस शृङ्खलाबद्ध प्रश्नहरूको दौरान, सबै जना अलमल्ल परेर, परमेश्वरको उद्देश्य कहाँ छ भन्ने थाहा नभएर, परमेश्वरका कुन प्रश्नहरूको जवाफ दिने भन्ने थाहा नभएर, र परमेश्वरका प्रश्नहरूको जवाफ दिन कुन भाषा प्रयोग गर्ने भन्ने त झनै झनै थाहा नभएर, आफ्नो टाउको कन्याउँछन्। मानिसलाई हाँस्नु कि रुनु हुन्छ। मानिसहरूलाई यी वचनहरूमा धेरै गहिरा रहस्य रहेका हुन सक्छन् जस्तो लाग्छ—तर तथ्यहरू ठ्याक्कै उल्टो छन्। म यहाँ तेरा लागि अलिकति व्याख्या जोड्न पनि सक्छु—यसले तेरो दिमागलाई आराम दिनेछ, र तँलाई यो एउटा सरल कुरा लाग्नेछ अनि तैँले यसबारे थप सोच्नेछैनस्। वास्तवमा, वचनहरू धेरै भए पनि, तिनमा परमेश्वरद्वारा बोकिएको एउटा मात्र उद्देश्य हुन्छ: यी प्रश्नहरूमार्फत मानिसहरूको बफादारी प्राप्त गर्नु। तर यो कुरा सिधै भन्नु उपयुक्त हुँदैन, त्यसैले परमेश्वर फेरि एक पटक प्रश्नहरू प्रयोग गर्नुहुन्छ। तर, उहाँ जुन लबजले बोल्नुहुन्छ त्यो अत्यन्तै नरम हुन्छ, जुन सुरुको भन्दा निकै फरक हुन्छ। तिनीहरूलाई परमेश्वरद्वारा प्रश्न सोधिँदै गरेको भए पनि, यस प्रकारको भिन्नताले मानिसहरूलाई केही हदसम्म राहत दिन्छ। तँ प्रत्येक प्रश्न एक-एक गरी पढ्न सक्छस्; के विगतमा यी कुराहरू अक्सर उल्लेख गरिदैनथे र? यी केही सरल प्रश्नमा समावेश गरिएका विषयवस्तुहरू अत्यन्तै गहन छन्। कतिपय मानिसहरूको मानसिकताका वर्णन हुन्: “के तिमीहरू पृथ्वीको जीवनको आनन्द लिन इच्छुक छौ, जुन स्वर्गमा भएको जीवन जस्तै छ?” कतिपय चाहिँ मानिसहरूले परमेश्वरसमक्ष लिने “योद्धाका सपथ” हुन्: “के तिमीहरू साँच्चै आफूलाई मद्वारा मारिन, र भेडाझैँ मद्वारा डोर्याइन दिन सक्षम छौ?” अनि तीमध्ये कतिपय चाहिँ मानिसहरूसँग परमेश्वरका मागहरू हुन्: “यदि म सिधै बोलिनँ भने, के तँ आफूभन्दा बाहिरका सबै कुरा त्याग्न र आफूलाई मद्वारा प्रयोग गरिन दिन सक्छस्? के मैले माग गर्ने वास्तविकता यही होइन र? ..।” तिनमा मानिसका लागि परमेश्वरका अर्ती र आश्वासनहरू पनि समावेश छन्: “तैपनि म तिमीहरूलाई अबदेखि संशयहरूको भारले नथिचिन, आफ्नो प्रवेशमा सकारात्मक तरिका अपनाउन र मेरा वचनहरूको सबैभन्दा गहिरो अर्थ बुझ्न भन्छु, नत्र तिमीहरू मेरा वचनहरूलाई गलत बुझ्नेछौ, मेरो अर्थबारे अस्पष्ट हुनेछौ, र यसरी मेरा प्रशासनिक आदेशहरू उल्लङ्घन गर्नेछौ।” अन्तमा, परमेश्वर मानिसप्रति आफ्ना आशाहरूका बारेमा कुरा गर्नुहुन्छ: “म आशा गर्छु कि तिमीहरू मेरा वचनहरूमा तिमीहरूप्रतिका मेरा अभिप्रायहरू बुझ्नेछौ। आफ्नै भविष्यका बारेमा अब नसोच, र तिमीहरूले मसमक्ष सङ्कल्प गरेझैँ परमेश्वरलाई सबै कुरामा तिमीहरूलाई योजनाबद्ध गर्न दिनका लागि काम गर।” अन्तिम प्रश्नको अर्थ गहन छ। यो विचारोत्तेजक छ, यसले मानिसहरूको हृदयमा छाप छोड्छ र यो बिर्सन गाह्रो हुन्छ, जुन तिनीहरूको कानको नजिकै रहेको घण्टीजस्तै निरन्तर बजिरहन्छ ...
माथिका कुराहरू व्याख्याका केही वचन हुन्, जसलाई तँ सन्दर्भका रूपमा प्रयोग गर्न सक्छस्।