अध्याय ३२

ज्योति भनेको के हो? विगतमा, तिमीहरूले पवित्र आत्‍माको कार्यको रूपान्तरणलाई वास्तवमा ज्योतिको रूपमा लिएका थियौ। यसमा सधैँ साँचो ज्योति हुन्छ: अर्थात्, मेरो नजिक आएर अनि मसँग सङ्गति गरेर परमेश्‍वर के हुनुहुन्छ सो प्राप्त गर्नु। परमेश्‍वरका वचनहरूको अन्तर्ज्ञान प्राप्त गर्नु र उहाँका वचनहरूमा उहाँको इच्‍छालाई बोध गर्नु—अर्थात्, ती वचनहरू खाने र पिउने क्रममा, परमेश्‍वरका वचनहरूमा आत्माको अनुभूति गर्नु र आफूभित्र परमेश्‍वरका वचनहरूलाई ग्रहण गर्नु; उहाँ के हुनुहुन्छ भन्‍ने कुरालाई तैँले अनुभवबाट बोध गर्न सक्छस्, र उहाँसँग कुराकानी गर्ने क्रममा परमेश्‍वरको प्रकाश प्राप्त गर्न सक्छस्; सबै कुरा ज्योति नै हो। चिन्तन र मनन गर्ने क्रममा कुनै पनि क्षणमा तिमीहरूले अन्तर्दृष्टि प्राप्त गर्न र परमेश्‍वरका वचनहरूको नयाँ अन्तर्ज्ञान प्राप्त गर्न सक्छौ। यदि तैँले परमेश्‍वरको वचनलाई बोध गरिस् र तैँले नयाँ ज्योतिलाई अनुभव गर्छस् भने, के तेरो सेवामा तँसँग शक्ति हुनेछैन र? तिमीहरूले सेवा गर्ने क्रममा अत्यन्तै चिन्ता गर्छौ! तिमीहरूले वास्तविकतालाई छोएका छैनौ, र तिमीहरूसँग साँचो अनुभव वा अन्तर्ज्ञान नभएको हुनाले यस्तो भएको हो। यदि तँसँग साँचो अन्तर्ज्ञान भएको भए, के कसरी सेवा गर्नुपर्छ भन्‍ने तँलाई थाहा हुनेथिएन र? जब तँमाथि निश्‍चित कुराहरू आइपर्छन्, तैँले तिनलाई लगनशीलताको साथ अनुभव गर्नुपर्छ। यदि सजिलो र सहज वातावरणमा पनि तँ परमेश्‍वरको मुहारको ज्योतिमा जिउन सक्छस् भने, तैँले हरेक दिन परमेश्‍वरको मुहार देख्‍नेछस्। यदि तैँले परमेश्‍वरको मुहार देखेको छस् र परमेश्‍वरसँग कुराकानी गरेको छस् भने, के तँसँग ज्योति हुनेछैन र? तिमीहरू वास्तविकतामा प्रवेश गर्दैनौ, र तिमीहरू सधैँ बाहिर खोजी गरिरहेका हुन्छौ; परिणामस्वरूप, तिमीहरूले केही पनि भेट्टाउँदैनौ र तिमीहरूको जीवन प्रगतिमा ढिलाइ हुन्छ।

बाहिरी कुरामा ध्यान नदेओ; बरु, भित्री रूपमा परमेश्‍वरको सामने आओ, गहन रूपमा सङ्गति गर र परमेश्‍वरको इच्‍छालाई बुझ; के त्यसपछि तिमीहरूले तिमीहरूको सेवामा मार्ग प्राप्त गर्नेछैनौ र? तिमीहरूले लगनशीलताको साथ ध्यान दिएर आज्ञा पालन गर्नुपर्छ। यदि तिमीहरूले सबै कुरा मेरा वचनहरूअनुसार मात्रै गर्छौ र मैले औंल्याएको मार्गहरूमा प्रवेश गर्छौ भने, के तिमीहरूसँग मार्ग हुनेछैन र? यदि तैँले वास्तविकतामा प्रवेश गर्ने मार्ग भेट्टाइस् भने, तैँले परमेश्‍वरको सेवा गर्ने मार्ग पनि भेट्टाएको हुनेछस्। यो कुरा सरल छ! अझै बढी परमेश्‍वरको उपस्थितिमा आओ, परमेश्‍वरका वचनहरूलाई अझै बढी मनन गर, अनि तिमीहरूले आफूमा कमी भएको कुरा प्राप्त गर्नेछौ। तिमीहरूले नयाँ अन्तर्ज्ञान, नयाँ अन्तर्दृष्टि पनि प्राप्त गर्नेछौ, र तिमीहरूले ज्योति प्राप्त गर्नेछौ।

अघिल्लो: अध्याय ३१

अर्को: अध्याय ३३

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरको कामका तीन चरणहरूलाई जान्नु नै परमेश्‍वरलाई चिन्ने मार्ग हो

मानवजातिलाई व्यवस्थापन गर्ने कामलाई तीन भागमा विभाजन गरिएको छ, जसको अर्थ मानवजातिलाई बचाउने कामलाई तीन चरणहरूमा विभाजन गरिएको छ। यी तीन...

पवित्र आत्माको काम र शैतानको काम

एक व्यक्तिले आत्माका सबै विवरणहरू कसरी बुझ्छ? पवित्र आत्माले मानिसमा कसरी काम गर्नुहुन्छ? शैतानले मानिसमा कसरी काम गर्छ? दुष्टात्माहरूले...

सहस्राब्दीय राज्यको आगमन भएको छ

के तिमीहरूले मानिसहरूको यस समूहमा परमेश्‍वरले पूरा गर्नुहुने काम देखेका छौ? परमेश्‍वरले एक पटक भन्नुभयो, सहस्राब्दीय राज्यमा पनि मानिसहरूले...

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्