अध्याय २४
समय झन्-झन् नजिकिँदै छ। जाग! सबै सन्तहरू! म तिमीहरूसित बोल्नेछु, अनि सुन्नेहरू सबै जाग्नेछन्। म त्यही परमेश्वर हुँ जसमा तिमीहरूले यति धेरै वर्षसम्म विश्वास गरेका छौ। आज, म देह बनेको छु अनि तिमीहरूको आँखाको सामु आएको छ, र यसरी म मलाई कसले साँचो रूपले चाहन्छन्, को मेरो निम्ति कुनै मूल्य चुकाउन इच्छुक छन्, कसले साँचो रूपले मेरो वचन सुन्छन्, अनि को सत्यतालाई व्यवहारमा उतार्न इच्छुक छन् तिनीहरूलाई प्रकट गर्दै आएको छु। किनकि म सर्वशक्तिमान् परमेश्वर हुँ—म मानिसहरूको अन्धकारमा लुकेर रहेका सबै रहस्यहरूलाई देख्न सक्छु, कसले मलाई साँचो रूपले चाहन्छन्, म जान्दछु अनि कसले मलाई विरोध गर्छन्, म जान्दछु। म सबै कुराहरूलाई नियाल्छु।
अब, जति सक्दो चाँडो हुन्छ, म मेरा अभिप्रायहरूअनुसारका मानिसहरूको झुण्ड बनाउन चाहन्छु, मेरा बोझहरूलाई बुझ्न सक्ने मानिसहरूको झुण्ड। तथापि, म मेरो मण्डलीलाई शुद्ध गर्ने र पवित्र तुल्याउने कामलाई रोक्न सक्दिनँ; मण्डली मेरो मुटु हो। म ती सबै खराब मानिसहरूलाई तिरस्कार गर्छु जसले तिमीहरूलाई मेरो वचन खान र पिउनदेखि रोक्छन्। किनकि केही मानिसहरू यस्ता छन् जसले मलाई साँचो रूपले चाहँदैनन्। यी मानिसहरू छलले भरिएका छन्, तिनीहरू साँचो हृदयले मसँग नजिक हुँदैनन्; तिनीहरू दुष्ट छन्, अनि तिनीहरू नै मेरो इच्छालाई पूरा गर्न अवरोध खडा गर्ने मानिसहरू हुन्; तिनीहरू सत्यतालाई अभ्यास गर्ने मानिसहरू होइनन्। यी मानिसहरू स्व-धार्मिकता र अहङ्कारले भरिपूर्ण हुन्छन्, तिनीहरू असभ्य रूपले महत्वाकांक्षी हुन्छन्, तिनीहरू आफ्नो वरिष्ठता देखाउन मन पराउँछन्, अनि तिनीहरूले बोल्ने वचनहरू सुन्दा राम्रो लागे पनि, गुप्तमा तिनीहरू सत्यताको अभ्यास गर्दैनन्। यी खराब मानिसहरू सबैलाई काटेर हटाइनेछ र मेटाइनेछ; तिनीहरू विपत्तिको माझमा कमजोर हुनेछन्। यी वचनहरू तिमीहरूलाई मेरा अभिप्रायहरूअनुसारको मार्गमा आफ्ना पाउलाई राख्न याद गराउन र चेतावनी दिनका निम्ति हुन्। सधैँ आफ्नो आत्मातिर फर्क, किनकि मलाई आफ्नो सारा हृदयले प्रेम गर्नेहरूलाई म प्रेम गर्छु। तिमीहरू मेरो नजिक आएको हुनाले, म तिमीहरूलाई सुरक्षा गर्नेछु अनि तिमीहरूलाई ती खराब मानिसहरूदेखि टाढा राख्नेछु; म तिमीहरूलाई मेरो घरमा दृढ भई खडा हुने तुल्याउनेछु अनि अन्त्यसम्म तिमीहरूलाई रक्षा गर्नेछु।