अध्याय ४९

समन्वयमा सेवा गर्नको, व्यक्तिले सही प्रकारले, ऊर्जासहित अनि जीवन्त प्रकारले समन्वय गर्नुपर्छ। यसको अतिरिक्त, व्यक्तिमा उत्साह, जोश हुनुपर्छ र आत्मविश्‍वासले भरिपूर्ण हुनुपर्छ, ताकि अरूले देख्दा तिनीहरूको भरणपोषण होस् र तिनीहरू भरिपूर्ण होऊन्। मेरो सेवा गर्नको लागि तैँले केवल मेरो हृदयअनुरूप चलेर मात्र होइन, तर त्योभन्दा पनि बढी, मेरा अभिप्रायहरूलाई सन्तुष्ट पारेर नै मैले चाहेअनुसार नै सेवा गर्नुपर्छ, ताकि मैले तँभित्र जे सम्पन्न गर्छु, त्यसद्वारा म सन्तुष्ट हुन सकूँ। मेरो वचनले तेरो जीवनलाई भर्, मेरो शक्तिले तेरो बोली-वचनलाई भर्—मैले तँलाई अनुरोध गर्ने यही नै हो। तेरो आफ्नै चाहनाहरूलाई पछ्याउँदा के त्यसले मेरो प्रतिरूपलाई प्रकट गर्छ र? के त्यसले मेरो हृदयलाई सन्तुष्ट पार्नेछ र? के तँ मेरा अभिप्रायहरूलाई इमानदारीता पूर्वक पालन गर्ने व्यक्ति होस्? के तँ साँच्चै मेरो हृदयलाई साँचो रूपमा बुझ्‍ने प्रयास गर्ने व्यक्ति होस्? के तैँले वास्तवमै आफूलाई मेरो निम्ति अर्पण गरेको छस्? के तैँले मेरा वचनहरूलाई मनन गरेको छस्?

हामीले हरेक पक्षमा बुद्धिको प्रयोग गर्नुपर्छ अनि मेरो सिद्ध बाटोमा हिँड्नको निम्ति बुद्धिको प्रयोग गर्नुपर्छ। मेरो वचनभित्र रहेर काम गर्नेहरू सबैभन्दा बुद्धिमान् हुन्, अनि मेरो वचनअनुसार काम गर्नेहरू, सबैभन्दा आज्ञाकारी हुन्। मैले जे भन्छु त्यही हुन्छ, अनि तैँले मसित वाद-विवाद गर्ने वा तर्कवितर्क गर्ने प्रयास गर्नु आवश्यक छैन। मैले भन्ने सबै कुरा, म तँलाई ध्यानमा राखेर भन्छु (म कडा भए पनि वा नम्र भए पनि)। यदि तैँले आज्ञाकारी हुने कुरामा ध्यान केन्द्रित गर्छस् भने, त्यो उत्तम हुनेछ, अनि यो नै साँचो बुद्धिको बाटो हो (अनि तँमाथि परमेश्‍वरको न्याय पर्नदेखि जोगाउने बाटो हो)। आज, मेरो घरमा, मेरो अगाडि विनम्र हुने र मेरो पिठ्यूँपछाडि अरू कुराहरू भन्ने नगर्। तँ व्यवहारिक भएको म चाहन्‍छु; तैँले भड्किलो उपमा प्रयोग गर्नु आवश्यक छैन। व्यवहारिक हुनेहरूका निम्ति सबै कुरा हुन्छ। नहुनेहरूका निम्ति केही पनि हुँदैन। तिनीहरूको शरीर समेत तिनीहरूसँगै शून्यतामा फर्किनेछ किनकि व्यवहारिकताविना, केवल रित्तोपन मात्रै हुन्छ: अरू कुनै व्याख्या छैन।

परमेश्‍वरमाथिको तिमीहरूको विश्‍वासमा, म तिमीहरू जोशिलो भएको चाहन्छु अनि तिमीहरूले के प्राप्त गर्छौ वा गुमाउँछौ त्यस बारेमा विचार नगर, अनि तिमीहरूसित भएको कुराको बारेमा पनि विचार नगर; तिमीहरूले आफ्नो पाइला साँचो मार्गमा चाल्‍ने र कसैको बहकाउमा नपर्ने वा कसैको नियन्त्रणमा नहुने कुराको मात्र खोजी गर। मण्डलीको खम्बा हुनु, राज्यको विजेता हुनु भनेको यही हो; योभन्दा अरू कुरा गर्नु भनेको तँ मेरो सामु जिउन योग्य छैनस् भन्ने हो।

विभिन्न परिस्थितिहरूमा, मेरो नजिक हुने तरिका त्यस्तै प्रकारले भिन्न हुन्छ। कतिपय मानिसहरू सुन्दर शब्‍दहरू बोल्‍न अनि मेरो अघि भक्तिपूर्ण भएको देखाउन मन पराउँछन्। तैपनि, दृश्यपछाडि तिनीहरू पूर्ण रूपले गोलमाल अवस्थामा हुन्छन् अनि तिमीहरूमा मेरा वचनहरू हुँदैनन्। तिनीहरू घिनलाग्दा र रिस उठाउने खालका छन्; तिनीहरूले कसैलाई सुधार गर्न वा कसैलाई भरणपोषण गर्न सक्छन् भन्ने कुरा अशोचनीय कुरा हो। तिमीहरूले मेरो हृदयलाई ध्यान दिन नसक्नुको एउटै कारण के हो भने तिमीहरू मसित घनिष्ठ हुन वा सङ्गति गर्न सक्दैनौ; तिमीहरूले मलाई निरन्तर तिमीहरूको निम्ति चिन्ता गर्ने तुल्याउँछौ अनि तिमीहरूको निम्ति परिश्रम गर्ने तुल्याउँछौ।

अघिल्लो: अध्याय ४८

अर्को: अध्याय ५०

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्