अध्याय ३६

परमेश्‍वरले अहिले मानिसलाई सजाय दिन थाल्‍नुभएको छ भनेर भनिएको छ, तर यो सजायको मूल अभिप्राय मानिसमाथि आएको छ कि छैन भनेर कसैले पनि निश्‍चयताका साथ भन्‍न सकेको छैन, कसैले पनि स्पष्ट उत्तर दिन सकेको छैन। परमेश्‍वर भन्‍नुहुन्छ, “मेरो सजायमा मानिसले कहिल्यै पनि केही पत्ता लगाएको छैन, किनभने उसले मलाई दुवै आँखाले एक टक लगाएर हेर्दै दुवै हातले आफ्‍नो काँधमा भएको जुवालाई पक्रिने मात्रै गर्छ—अनि यस क्षणमा मात्रै म ऊ कति दुर्बल छ भन्‍ने देख्‍छु। यही कारणले गर्दा, म परीक्षाहरूको बीचमा कोही पनि कहिल्यै दह्रिलो गरी खडा भएको छैन भनेर भन्छु।” परमेश्‍वरले मानिसलाई ऊमाथि आउन बाँकी रहेको सजायका तथ्यहरू बताउनुहुन्छ, र उहाँले कुनै पनि कुरा नछुटाई, विस्तृत रूपमा यसो गर्नुहुन्छ। यस्तो लाग्छ मानौं मानिसहरू सजायमा प्रवेश गरेका छन् तर दह्रिलो गरी खडा हुन सक्दैनन्। परमेश्‍वरले मानिसका कुरूप विशेषताहरूको स्पष्ट, सजीव चित्रण प्रदान गर्नुभएको छ। यही कारणले गर्दा, मानिसहरूले तनाव महसुस गर्छन्: तिनीहरू परीक्षाहरूको बीचमा कहिल्यै पनि दह्रिलो गरी खडा भएका छैनन् भनेर परमेश्‍वरले भन्‍नुहुने हुँदा, म कसरी संसारको रेकर्ड तोडेर प्रचलनको बाबजुद पनि स्वीकार हुने व्यक्ति बन्‍न सक्छु र? यस बेला, तिनीहरूले मनन गर्न सुरु गर्छन्। वास्तविकतामा, यो त परमेश्‍वरले भन्‍नुभएको जस्तै छ: “के मैले तिनीहरूलाई बाटोको अन्त्यमा ल्याएको छु?” वास्तवमा, परमेश्‍वरले सबै मानिसहरूलाई बाटोको अन्त्यमा ल्याउनुभएको छ, त्यसकारण, तिनीहरूको चेतनामा, मानिसहरूले सधैँ परमेश्‍वर निर्दयी र अमानवीय हुनुहुन्छ भन्‍ने विश्‍वास गर्छन्। परमेश्‍वरले सांसारिक कष्टको सागरबाट सबै मानिसहरूलाई माछाको रूपमा पक्रिसक्‍नुभयो, त्यसपछि, “कुनै पनि दुर्घटनाहरू हुन नदिनको लागि, मैले पक्रिएको सबै ‘माछा’ मारें, त्यसपछि माछा आज्ञाकारी भयो, र त्यससँग अलिकति पनि गुनासो थिएन।” तथ्य यही हो नि, होइन र? परमेश्‍वरले सबै मानिसहरूलाई मृत्युको तीतो सागरबाट निकालेर मृत्युको अर्को अतल-कुण्डमा लैजानुभएको छ, उहाँले तिनीहरू सबैलाई “मृत्युदण्ड दिने स्थान” मा घिस्याउँदै लैजानुभएको छ, तिनीहरूलाई जबरजस्ती बाटोको अन्त्यमा पुर्‍याउनुभएको छ—उहाँले किन परमेश्‍वरका अरू पुत्रहरू र मानिसहरूलाई यसो गर्नुहुन्‍न? उहाँले ठूलो रातो अजिङ्गरको देशमा त्यस्तो काम अघि बढाउनुको उहाँको अभिप्राय के हो? किन परमेश्‍वरको हात यति “द्वेषपूर्ण” छ? कुनै आश्‍चर्य छैन, “जब मलाई मानिसको खाँचो हुन्छ, त्यस बेला ऊ सधैँ लुकेको हुन्छ। यस्तो लाग्छ मानौं उसले कहिल्यै पनि आश्‍चर्यजनक दृश्यहरू देखेको छैन, मानौं ऊ गाउँमा जन्‍मेको हो र सहरका मामलाहरूको बारेमा उसलाई केही पनि थाहा छैन।” वास्तवमा, मानिसहरूले मनमनै प्रश्‍न गर्छन्: “यसो गर्नुको पछाडि परमेश्‍वरको योजना के हो? के उहाँले हामीलाई मृत्यु दिनुहुन्छ? अनि यसो गर्नुको अर्थ के हुन्छ? किन उहाँको कामका चरणहरू यति चाँडै आउँछन्, र किन उहाँ हामीप्रति अलिकति पनि नरम हुनुहुन्‍न?” तैपनि मानिसहरूले यसो भन्‍ने आँट गर्दैनन्, र परमेश्‍वरका वचनहरूले तिनीहरूलाई त्यस्ता विचारहरू त्याग्‍न लगाई, तिनीहरूलाई थप विचार गर्ने मौकाबाट वञ्‍चित गर्ने हुनाले, तिनीहरूसँग त्यस्ता थप विचारहरूलाई पन्छाउनेबाहेक अरू कुनै विकल्‍प हुँदैन। यति मात्रै हो कि, परमेश्‍वरले मानिसका सबै धारणाहरू प्रकट गर्नुहुन्छ, त्यसकारण मानिसहरूले आफ्‍ना धारणाहरूलाई बाहिर निस्कन नदिई थुनेर राख्छन्। यी मानिसहरू ठूलो रातो अजिङ्गरका सन्तान हुन् भनेर यसभन्दा पहिले भनिएको थियो। वास्तवमा, स्पष्ट रूपमा भन्दा, तिनीहरू ठूलो रातो अजिङ्गरका मूर्तरूप हुन्। जब परमेश्‍वरले तिनीहरूलाई बाटोको अन्त्यतर्फ धपाउँदै लैजानुहुन्छ र तिनीहरूको वध गर्नुहुन्छ—कुनै शङ्का छैन—तब ठूलो रातो अजिङ्गरको आत्मासँग तिनीहरूमा काम गर्ने थप कुनै मौका हुँदैन। यसरी, जब मानिसहरू बाटोको अन्त्यमा पुग्छन् तब ठूलो रातो अजिङ्गरको पनि मृत्यु हुन्छ। के भन्‍न सकिन्छ भने, यसले परमेश्‍वरको “महान दया” को ऋण तिर्न मृत्युको प्रयोग गर्दैछ—जुन ठूलो रातो अजिङ्गरको देशमा परमेश्‍वरको कामको उद्देश्य हो। जब मानिसहरूले आफ्‍नो जीवन बलिदान दिन तयार हुन्छन्, सबै कुरा तुच्छ बन्छ, र त्यतिको उत्तम कुरा कसैले पनि गर्न सक्दैन। जीवनभन्दा महत्त्वपूर्ण कुरा अरू के हुन सक्छ र? तसर्थ, मानिसहरूमा थप कुनै काम गर्न शैतान असमर्थ हुन्छ, यसले मानिसलाई गर्न सक्ने कुरा केही पनि छैन। “देह” को परिभाषामा देहलाई शैतानले भ्रष्ट तुल्याएको छ भनेर भनिए पनि, यदि मानिसहरूले आफूलाई साँचो रूपमा समर्पित गर्छन्, र शैतानद्वारा नियन्त्रित हुँदैनन् भने, तिनीहरूलाई कसैले पनि वशमा पार्न सक्दैनन्—अनि यस क्षणमा, देहले अर्को कार्य गर्नेछ, र औपचारिक रूपमा परमेश्‍वरका आत्माको निर्देशन प्राप्त गर्न थाल्नेछ। यो अनिवार्य प्रक्रिया हो, यो चरणबद्ध रूपमा हुनुपर्छ; नत्र भने, जिद्दी देहमा काम गर्ने कुनै माध्यम परमेश्‍वरसँग हुनेछैन। परमेश्‍वरको बुद्धि नै यही हो। यसरी, सबै मानिसहरू आजका परिस्‍थितिहरूमा अचेत रूपमा प्रवेश गरेका छन्। र के मानिसहरूलाई “बाटोको अन्त्य” सम्‍म डोर्‍याउने परमेश्‍वर नै हुनुहुन्‍न र? के यो मानिसले खोलेको नयाँ बाटो हुन सक्छ त? तिमीहरूका अनुभवहरूलाई हेर्दा, के देखिन्छ भने, तिमीहरूमा परमेश्‍वरले सबैभन्दा निर्दयी विधिहरूको प्रयोग गर्नुहुन्छ, जसमा परमेश्‍वरको धार्मिकता देख्‍न सकिन्छ। तिमीहरूले कसरी प्रशंसा नगर्न सक्छौ र? परमेश्‍वरले तिमीहरूमा जे गर्नुहुन्छ त्यसले मानिसहरूलाई परमेश्‍वरको धर्मी स्वभाव देख्ने अवसर दिन्छ; के यसले परमेश्‍वरप्रतिको तिमीहरूको आदरलाई बढाउँदैन र? आज, पुरानो युग अझै अस्तित्वमा रहेको र नयाँ युगको परिकल्पना अझै पूरा भइनसकेको द्विविधापूर्ण अवस्थामा, तिमीहरूले कसरी परमेश्‍वरको गवाही दिन्छौ? के त्यस्तो गम्‍भीर समस्या गहन विचारयोग्य छैन र? के तिमीहरूले अझै पनि अरू, अप्रासंगिक मामलाहरूलाई चिन्तन गर्छौ? परमेश्‍वरले किन यसो भन्‍नुभयो, “मानिसहरूले एक पटक ‘बुझाइको दीर्घायु होस्’ भनेर चिच्याएका भए पनि, ‘बुझाइ’ भन्‍ने शब्‍दलाई अनुसन्धान गर्न कसैले पनि समय बिताएको छैन, र यसले मानिसहरूसँग मलाई प्रेम गर्ने कुनै इच्‍छा छैन भन्‍ने देखाउँछ”? यदि परमेश्‍वरले त्यस्ता कुराहरू नभन्‍नुभएको भए, के तिमीहरूले परमेश्‍वरको हृदयलाई आफ्‍नै किसिमले बुझ्‍ने प्रयास गर्न सक्दैनथियौ र?

हालैका समयमा, कतिपय मानिसहरूले परमेश्‍वरको देहधारणका उद्देश्यहरू र अर्थलाई थोरै बुझेका भए पनि, म के कुरा निश्‍चित रूपमा भन्‍न सक्छु भने, यदि परमेश्‍वरले मानिससँग स्पष्ट रूपमा नबोल्‍नुभएको भए, परमेश्‍वरको देहधारणको उद्देश्य र अर्थलाई कसैले पनि अनुमान गर्न सक्‍नेथिएन। यो वास्तविकता हो। के यो कुरा तिमीहरूको लागि अझै स्पष्ट छैन? परमेश्‍वरले मानिसहरूमा गर्नुहुने हरेक कुरा उहाँको व्यवस्थापन योजनाको भाग हो—तैपनि तिनीहरू परमेश्‍वरको इच्‍छालाई सही रूपमा बुझ्‍न असमर्थ छन्। यो मानिसको कमजोरी हो, तर परमेश्‍वरले मानिसहरू जुनसुकै काम गर्न सक्षम हुनुपर्छ भन्ने अनिवार्य गर्नुभएको छैन, उहाँले तिनीहरूलाई केवल “डाक्टरका सल्‍लाहहरू” सुन भनी आज्ञा गर्नुहुन्छ। परमेश्‍वरको आवश्यक मापदण्ड यही हो। उहाँले सबै मानिसहरूलाई साँचो मानव जीवनलाई चिन भनी भन्नुहुन्छ, किनभने “तिनीहरूको हृदयमा, ‘मानव जीवन’ भन्‍ने शब्‍दहरू अस्तित्वमा नै हुँदैन, तिनको बारेमा तिनीहरूसँग कुनै कदर हुँदैन, र तिनीहरू मेरा वचनहरूप्रति थकित मात्रै हुन्छन्, मानौं म गनगनाउने बुढी स्‍त्री बनेको छु।” मानिसहरूको नजरमा, परमेश्‍वरका वचनहरू दैनिक जीवनका भाँडावर्तन हुन्, तिनीहरूले तिनलाई महत्त्वपूर्ण ठान्दै ठान्दैनन्। तसर्थ, मानिसहरूले परमेश्‍वरका वचनहरूलाई अभ्यास गर्न सक्दैनन्—तिनीहरू सत्यताको बारेमा थाहा पाएका तर त्यसलाई अभ्यास नगर्ने दयनीय नीचहरू बनेका छन्। त्यसकारण, मानिसको यो कमजोरी मात्रै पनि परमेश्‍वरमा केही समय घृणा पैदा गराउनको लागि पर्याप्त छ, त्यसकारण उहाँले मानिसहरूले उहाँका वचनहरूलाई कुनै ध्यान दिँदैनन् भनेर धेरै पटक भन्‍नुभएको छ। तैपनि मानिसहरूले आफ्‍ना धारणाहरूमा यस्ता विचार राख्छन्: “हरेक दिन हामी परमेश्‍वरका वचनहरूको अध्ययन र अनुसन्धान गर्छौं, त्यसकारण हामीले तिनलाई कुनै ध्यान दिँदैनौं भनेर कसरी भन्‍न सकिन्छ? के यो हामीमाथि अन्याय गरेको भएन र?” तर म तिमीहरूको लागि अलिकति विश्‍लेषण गर्छु—मानिसहरूको अनुहार रातो हुनेछ। जब तिनीहरूले परमेश्‍वरका वचनहरू पढ्छन्, तिनीहरूले हो भन्दै शिर हल्लाउँछन्, मालिकको कुरामा लुरुक्‍क पर्ने पुन्टे कुकुरले झैँ तिनीहरू शिर झुकाउँदै ख्वारख्वार गर्छन्। तसर्थ, यस क्षणमा, मानिसहरूले आफू अयोग्य भएको महसुस गर्छन्, तिनीहरूको अनुहारबाट बरबरी आँसु झर्छ, मानौं तिनीहरूले पश्‍चात्ताप गर्दै नयाँ सुरुवात गर्न चाहन्छन्—तर यो समय बितेपछि, तिनीहरूको थुमाजस्तो निर्दोषपन तुरुन्तै हराउँछ र ब्वाँसोपन देखा पर्छ; तिनीहरूले परमेश्‍वरका वचनहरूलाई एकातिर पन्छाउँछन्, र तिनीहरूलाई सधैँ आफ्‍नै कामकाज महत्त्वपूर्ण हुन्छ र परमेश्‍वरका वचनहरूको मामला अन्तिममा आउँछ भन्‍ने लाग्छ, अनि तिनीहरूका यी कार्यहरूको कारण, तिनीहरूले परमेश्‍वरका वचनहरूलाई कहिल्यै पनि व्यवहारमा लागू गर्न सक्दैनन्। जब तथ्यहरू आउँछन्, तिनीहरूले आफ्‍नो कुइनु बाहिरपट्टि तन्काउँछन्[क]—यो त आफ्‍नै मानिसहरूलाई धोका दिने कार्य हो—तिनीहरू “भरणपोषणको लागि ममा भर पर्दै ‘अर्को बाटो दौडन्छन्’” भनी परमेश्‍वरले भन्‍नुभएको स्वाभाविकै हो। यसबाट परमेश्‍वरका वचनहरूमा कुनै पनि झूट छैन, ती पूर्ण रूपमा साँचो छन्, र त्यसमा अलिकति पनि अत्युक्ति छैन भनेर देख्‍न सकिन्छ, तैपनि तिनीहरूलाई केही हदसम्‍म कम आकलन गरिएजस्तो देखिन्छ, किनभने मानिसको कद अत्यन्तै सानो छ, उसले तिनीहरूको भार बोक्‍न सक्दैन। परमेश्‍वरका वचनहरूले पहिले नै मानिसका भित्री र बाहिरी दुवै कुराहरूको स्पष्ट चित्रण प्रदान गरिसकेको छ; ती वचनहरूले ती कुराहरूलाई पूर्ण स्पष्टताको साथ प्रकट गरेका छन् र यसरी शैतानको मूल अनुहारलाई दुरुस्तै र स्पष्टसित चित्रण गरेका छन्। यति मात्रै हो कि, वर्तमान युगमा, मानिसहरूले सबै कुरालाई स्पष्‍ट रूपमा हेर्न बाँकी नै छ, तसर्थ, तिनीहरूले आफैलाई चिनेका छैनन् भनेर भन्‍न सकिन्छ। त्यसैले त म भन्छु, यो पाठ निरन्तर जारी रहनुपर्छ, रोकिनु हुँदैन। जब मानिसहरूले आफैलाई चिन्‍न पुग्छन्, तब परमेश्‍वरले महिमा प्राप्त गर्नुहुनेछ। यो कुरा बुझ्‍न सजिलो छ—मैले विस्तृत कुरा गर्न आवश्यक छैन। तैपनि, मैले तिमीहरूलाई स्मरण गराउनुपर्ने एउटा कुरा छ, तर पहिले परमेश्‍वरका यी वचनहरू पढ्नुपर्छ: “आजको समयमा, मानिसहरूले मलाई कहिल्यै पनि बहुमूल्य ठानेका छैनन्, तिनीहरूको हृदयमा मेरो कुनै स्थान छैन। के आउनेवाला कष्टका दिनहरूमा तिनीहरूले मलाई साँचो प्रेम देखाउन सक्छन्?” यी वचनहरूको अर्थ के हो? सजाय मानिसमा आउन बाँकी नै छ भनेर परमेश्‍वरले भन्दै हुनुहुन्छ, जसले “आफूलाई चिन्‍नु” भन्‍ने शब्‍दहरूको भित्री अर्थ छ भन्‍ने देखाउँछ—के तैँले यो कुरा देखिस् त? कठिनाइ र शोधन हुँदै नगईकन, मानिसहरूले कसरी आफूलाई चिन्‍न सक्छन् र? के यी खोक्रा शब्‍दहरू होइनन् त? के परमेश्‍वरले बोल्‍नुभएका सबै कुराहरूलाई तैँले साँच्‍चै भरोसा गर्छस् त? के तैँले परमेश्‍वरका वचनहरूको भेद छुट्याउन सक्छस्? परमेश्‍वरले किन बारम्‍बार “मानिसका गतिविधिहरूलाई हेरेर, मसँग जाने बाहेक कुनै विकल्‍प हुँदैन,” जस्ता कुराहरूका साथै यसो भन्‍नुहुन्छ “जब पर्वतहरू लड्छन् र पृथ्वी च्यातिन थाल्छ, तब मात्रै मानिसहरूले मेरा वचनहरूको बारेमा विचार गर्छन्, तब मात्रै तिनीहरू आफ्‍नो सपनाबाट बिउँझन्छन्, तर समय आइसकेको हुन्छ, तिनीहरू ठूलो बाढीमा डुब्छन्, तिनीहरूका लासहरू पानीको सतहमा तैरिरहेको हुन्छ”? परमेश्‍वरले किन “मानिसहरूले विचार गर्छन्” भनेर भन्‍नुहुन्छ, तर “मानिसहरूले मेरा वचनहरू पालन गर्छन्” भनेर भन्‍नुभएन? के पर्वतहरू लड्छन् र पृथ्वी च्यातिन्छन् भन्‍ने कुरा साँचो हो? मानिसहरूले त्यस्ता वचनहरूलाई कुनै ध्यान दिँदैनन्, तिनीहरूले तिनलाई फुत्केर जान दिन्छन्, त्यसकारण तिनीहरूले परमेश्‍वरका वचनहरूमा धेरै “कठिनाइ” भोग्छन्। किनभने तिनीहरू अत्यन्तै विचारहीन छन्। मानिसको यो असफलताको कारण, परमेश्‍वर भन्‍नुहुन्छ, “अश्रुनली नै नभएको म ‘कुरूप’ ले मानिसको लागि धेरै आँसु झारेको छु। तैपनि मानिसलाई यसको बारेमा केही पनि थाहा छैन।” मानिसहरूले परमेश्‍वरका वचनहरूलाई कुनै ध्यान नदिने हुनाले, परमेश्‍वरले तिनीहरूलाई स्मरण गराउन र तिनीहरूको “सहयोग” लिनको लागि यो माध्यमको प्रयोग गर्नुहुन्छ।

अहिलेको लागि, म संसारको विकासहरूको बारेमा भविष्यवाणी गर्नेछैन, तर म मानिसको भवितव्यको बारेमा केही कुरा भविष्यवाणी गर्नेछु। मानिसहरूले आफैलाई चिन्‍नुपर्छ भनेर मैले अनुरोध गरेको छैन र? यसलाई कसरी व्याख्या गर्न सकिन्छ? मानिसहरूले कसरी आफैलाई चिन्‍नुपर्छ? जब परमेश्‍वरले मानिसहरूलाई जीवन र मृत्युको दोसाँधमा हुने गरी “कष्ट दिनुहुन्छ”, तब तिनीहरूले मानव जीवनको अर्थलाई थोरै मात्रामा बुझ्‍न थाल्छन्, र व्यक्तिको सम्पूर्ण जीवन सपनाबाहेक केही पनि होइन भन्‍ने ठान्दै तिनीहरू मानव जीवनबाट दिक्क हुन्छन्। मानिसको जीवन विरहको जीवन हो, तिनीहरू कहिल्यै केही पनि हासिल नगरी मर्नेछन्, तिनीहरूको जीवन व्यर्थ र मूल्यहीन छ भन्‍ने तिनीहरूलाई लाग्छ। मानव जीवन त एउटा सपना हो, यस्तो सपना जहाँ शोक र खुशी आउने-जाने गर्छन्। आज, मानिसहरू परमेश्‍वरको लागि जिउँछन्, तर तिनीहरू मानिसको संसारमा जिउने हुनाले, तिनीहरूको जीवन रित्तो र मूल्यहीन हुन्छ, र यसरी यसले सबै मानिसहरूलाई परमेश्‍वरमा आनन्द मनाउनु त क्षणिक सहजता मात्रै हो भन्‍ने कुराको ज्ञान गराउँछ—तर तिनीहरूले परमेश्‍वरमा आनन्द नलिँदा, तिनीहरूले परमेश्‍वरमा विश्‍वास गरे पनि अझै तिनीहरू देहमै जिउँछन् भने, त्यसको अर्थ के भयो र? देहमा, मानिसको लागि सबै कुरा रित्तो हुन्छ। मानव जीवनका घटनाक्रमहरूलाई अनुभव गरिसकेपछि, वृद्ध अवस्थाको आगमनसँगै मानिसको कपाल फुल्छ, उसको अनुहार चाउरी पर्छ, उसका हातहरू कडा छालाले ढाकिन्छ। उसले ठूलो मूल्य चुकाएको भए पनि, उसले लगभग केही पनि प्राप्त गरेको हुँदैन। तसर्थ, मेरा वचनहरू एक कदम अघि बढ्छन्: देहमा जिउनेहरूका लागि सबै कुरा रित्तो छन्। यसमा कुनै शङ्का छैन, र यसलाई तैँले विस्तृत रूपमा जाँच गर्नुको कुनै आवश्यकता छैन। परमेश्‍वरले बारम्‍बार कुरा गर्नुभएको मानव जीवनको मूल अनुहार यही हो। परमेश्‍वरले मानिसको कमजोरीको कारण यी वचनहरूलाई तर्काउनुहुन्‍न, बरु उहाँले आफ्‍नो मूल योजनाअनुसार नै काम गर्नुहुन्छ। सायद, कतिपय वचनहरूले मानिसहरूलाई साथ र बुझाइ प्रदान गर्छन्, तर कतिपय वचनहरूले ठीक विपरीत काम गर्न सक्छन् र मानिसहरूलाई जानी-जानी मृत्युको वातावरणमा जिउन लगाउन सक्छन्—अनि ठीक यही कारणले गर्दा तिनीहरूले कष्ट भोग्छन्। तसर्थ, मानिसहरूलाई जानी-जानी बहकाउनको लागि सायद परमेश्‍वरले “रित्तो सहरको रणनीति”[ख] लागू गर्नुहुन्छ, तर तिनीहरूले यसलाई देख्‍न सक्दैनन्, तिनीहरू अन्धकारमै रहन्छन्। तैपनि, सबै कुरा परमेश्‍वरकै हातमा छ, र मानिसहरूलाई यो कुरा थाहा भए पनि, तिनीहरूले यसको विरुद्धमा कसरी सुरक्षा गर्न सक्छन् र? तसर्थ, सजायको खतराबाट कोही पनि उम्कन सक्दैनन्—तिनीहरूले के गर्न सक्छन् र? तिनीहरूले परमेश्‍वरका बन्दोबस्तहरूमा समर्पित हुनबाहेक केही पनि गर्न सक्दैनन्—अनि के त्यो परमेश्‍वरले तिनीहरूलाई अँठ्याउनुभएकोले र तिनीहरूलाई नछोड्नुहुने हुनाले यसो भएको होइन र? परमेश्‍वरका चुनौतीहरूअन्तर्गत मात्रै सबै मानिसहरूले प्रकृतिको दिशालाई पछ्याउन सक्छन्—कुरा यही हो नि, होइन र? परमेश्‍वरका बन्दोबस्तहरू नभएका भए, मानिसहरूले कसरी स्वेच्छाले हार स्वीकार गर्न सक्थे र? के त्यो हँस्यौली हुनेथिएन र? मानव जीवन रित्तो भए पनि, आफ्‍नो जीवन सहज हुँदा मानिसको संसारलाई त्यागेर परमेश्‍वरलाई सन्तुष्ट तुल्याउने प्रयास गर्न को इच्‍छुक छ? मानिसहरू विवशतामाझ मर्छन्—प्रशस्‍ततामाझ, जब तिनीहरूसँग चाहेका सबै कुरा हुँदा को कहिल्यै मरेको छ र? आकाशबाट ओर्लेको “तारा” मात्रै यसको अपवाद हुन सक्छ। तेस्रो स्वर्गको जीवनको तुलनामा, पृथ्वीको जीवन पातालमा जिउनुसरह हुनेथियो—त्यस्ता परिस्‍थितिहरूमा मात्रै यो मर्न इच्‍छुक हुन सक्छ। तर आज को स्वर्गको तारा हो र? यसको बारेमा म पनि “अस्पष्ट” नै छु। हामी यता-उता खोजौं र हामीले यस्तो कसैलाई भेट्टाउन सक्छौं कि हेरौं। यदि उसलाई भेट्टाइयो भने, माथिका मेरा वचनहरूअनुसार ऊ काम गर्न इच्‍छुक छ कि छैन भनेर उसलाई सोध्‍न मलाई सहयोग गर्नको लागि म मानिसहरूलाई अनुरोध गर्छु। तैपनि तिमीहरू प्रत्येकको लागि मसँग एउटा चेतावनी छ: तिमीहरू कसैले पनि “नायक” को भूमिका खेलेर स्वेच्छाले मर्नु पर्दैन, बुझ्यौ?

फूटनोटहरू:

क. “आफ्‍नो कुइनु बाहिरपट्टि तन्काउँछन्” एउटा चिनियाँ टुक्का हो, जसको अर्थ आफ्ना नजिकका व्यक्तिहरू जस्तै आमाबुबा, छोराछोरी, आफन्त वा सहोदर दाजुभाइ वा दिदीबहिनीलाई हानि पुग्‍ने गरी अरूलाई सहयोग गर्नु भन्‍ने हुन्छ।

ख. “रित्तो सहरको रणनीति” प्राचीन चीनको छत्तीस युक्तिमध्ये ३२ औं युक्ति हो। यो रणनीतिमा तयारीको कमी लुकाउँदै शत्रुलाई छल्नको लागि छलपूर्ण सम्मुख साहस प्रदर्शन गरिन्छ।

अघिल्लो: अध्याय ३५

अर्को: अध्याय ३८

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

तेरो गन्तव्यका लागि पर्याप्त असल कार्यहरू तयार गर्

मैले तिमीहरूमाझ धेरै कार्य गरिसकेको छु, र पक्कै पनि धेरै वाणी पनि बोलेको छु। तर पनि आखिरी दिनहरूमा मेरा वचन र कार्यले मेरो कार्यको उद्देश्य...

के तँ जीवित भएको व्यक्ति होस्?

तैँले तेरो भ्रष्ट स्वभावलाई फालिसकेपछि अनि सामान्य मानवताले जिउने उपलब्धि हासिल गरिसकेपछि मात्र तँलाई पूर्ण बनाइनेछ। तैँले अगमवाणी बोल्न...

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्