एउटा योग्य गोठालो कुन कुराले सुसज्जित हुनुपर्छ

जब पवित्र आत्माले मानिसहरूमा काम गर्नुहुन्छ, तब ती मानिसहरू जुन अवस्थाहरूमा हुनेछन् ती धेरै अवस्थाहरूको बारेमा तँसित बुझाइ हुनु आवश्यक छ। विशेषतः परमेश्‍वरको सेवामा समन्वय गर्नेहरूसित यी स्थितिहरूको बारेमा अझै दह्रिलो बुझाइ हुनैपर्छ। यदि तैँले केवल धेरै अनुभवहरू वा प्रवेश प्राप्त गर्ने तरिकाहरूको बारेमा मात्रै कुरा गर्छस् भने यसले तेरो अनुभव ज्यादै एकपक्षीय छ भन्‍ने देखाउँछ। तेरो साँचो अवस्था नजानीकन अनि सत्यता सिद्धान्तहरू राम्ररी नबुझीकन स्वभावमा परिवर्तन हासिल गर्न सम्भव छैन। पवित्र आत्माको कामको सिद्धान्तहरू नजानीकन वा यसले फलाउने फलको बारेमा नबुझीकन दुष्ट आत्माहरूको काम खुट्ट्याउन तँलाई कठिन हुनेछ। तैँले दुष्ट आत्माहरूको कामको साथसाथै मानिसको धारणाहरूलाई उदाङ्गो पारिदिनैपर्छ, अनि सीधै मामिलाको केन्द्रबिन्दुसम्मै भेद गर्नुपर्छ; मानिसहरूको अभ्यासमा भएका धेरै विचलनहरू र परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वासमा हुनसक्ने समस्याहरूलाई पनि तैँले औँल्याइदिनैपर्छ, ताकि तिनीहरूले त्यसलाई पहिचान गरून्। कम्तीमा, तैँले तिनीहरूलाई नकारात्मक वा निष्क्रिय अनुभूति गर्न दिनु हुँदैन। तथापि, धेरै मानिसहरूका निम्ति वस्तुगत रूपले अस्तित्वमा रहेका कठिनाइहरूलाई तैँले बुझ्नैपर्छ, तँ बेमनासिब हुनुहुँदैन वा तैँले “एउटा सुँगुरलाई गाउन सिकाउने प्रयास” गर्नुहुँदैन; त्यो मूर्ख व्यवहार हो। मानिसहरूले अनुभव गर्ने धेरै कठिनाइहरूको समाधान गर्न, तैँले पहिले पवित्र आत्माको कामका विविध पक्षहरूलाई बुझ्नैपर्छ; पवित्र आत्माले मानिसहरूमा कसरी काम गर्नुहुन्छ भनी तैँले बुझ्नैपर्छ, तँसित मानिसहरूले सामना गर्ने कठिनाइहरू र तिनीहरूका कमी-कमजोरीहरूको बुझाइ हुनैपर्छ, अनि तैँले समस्याको मुख्य मामिलाहरूलाई भित्रबाट बुझ्नैपर्छ र नबरालीकन नभइकन वा कुनै गल्तीहरू नगरीकन यसको स्रोतसम्म पुग्नैपर्छ। केवल यस्तो प्रकारको व्यक्ति मात्रै परमेश्‍वरको सेवा समन्वय गर्न योग्य हुन्छ।

तँ मुख्य मामिलाहरू बुझ्न र धेरै कुराहरू स्पष्टसित देख्न सक्षम छस् वा छैनस् भन्‍ने कुरा तेरो व्यक्तिगत अनुभवहरूमा निर्भर गर्छ। जुन प्रकारले तैँले अनुभव गर्छस्, त्यही प्रकारले नै तैँले अरूलाई पनि डोर्‍याउँछस्। यदि तैँले वचन र धर्मसिद्धान्तहरू बुझ्छस् भने तैँले अरूलाई वचन र धर्मसिद्धान्तहरू बुझ्न डोर्‍याउन सक्छस्। तैँले जुन प्रकारले परमेश्‍वरका वचनहरूको वास्तविकता अनुभव गर्छस्, त्यही प्रकारले तैँले अरूहरूलाई परमेश्‍वरका वाणीहरूको वास्तविकताभित्र प्रवेश प्राप्त गर्न डोर्‍याउनेछस्। यदि तँ धेरै सत्यताहरू बुझ्न र परमेश्‍वरका वचनहरूबाट धेरै कुराहरूको बारेमा स्पष्ट अन्तर्दृष्टि प्राप्त गर्न सक्षम छस् भने तैँले अरूहरूलाई पनि धेरै सत्यताहरू बुझ्ने कार्यमा डोर्‍याउनेछस् र तैँले जसलाई डोर्‍याउँछस्, तिनीहरूले दर्शनहरूको स्पष्ट बुझाइ प्राप्त गर्नेछन्। यदि तैँले अलौकिक अनुभूतिहरू बुझ्न ध्यान केन्द्रित गर्छस् भने तैँले जसलाई डोर्‍याउँछस्, तिनीहरूले पनि त्यही गर्नेछन्। यदि तैँले अभ्यासलाई बेवास्ता गर्छस्, बरु छलफलमाथि जोड दिन्छस् भने, तैँले जसलाई डोर्‍याउँछस्, तिनीहरूले पनि अभ्यास नै नगरीकन वा आफ्नो स्वभावमा कुनै परिवर्तन हासिल नै नगरीकन छलफलमाथि नै ध्यान केन्द्रित गर्नेछन्; तिनीहरू कुनै सत्यतालाई अभ्यासमा नउतारीकन केवल सतही ढङ्गले मात्रै उत्साही हुनेछन्। सबै मानिसहरूले आफूसित जे छ, त्यही नै अरूलाई आपूर्ति गर्छन्। कुनै व्यक्ति कस्तो प्रकारको छ भन्‍ने कुराले नै तिनीहरूले अरूलाई मार्गदर्शन गर्ने बाटोको साथसाथै तिनीहरूले डोर्‍याउने मानिसहरूका प्रकारहरू निर्धारण गर्दछ। परमेश्‍वरको प्रयोगको निम्ति साँच्चिकै योग्य हुनको लागि तँसित केवल आकांक्षा मात्रै होइन, धेरै मात्रामा परमेश्‍वरबाट प्राप्त अन्तर्दृष्टि, उहाँका वचनहरूबाट मार्गदर्शन, उहाँद्वारा निराकरण गरिएको अनुभव, अनि उहाँका वचनहरूबाट प्राप्त शुद्धीकरण पनि चाहिन्छ। यसलाई एउटा जगको रूपमा लिएर, साधारण समयहरूमा, तिमीहरूले आफ्ना अवलोकन, विचार, चिन्तन तथा निष्कर्षहरूलाई ध्यान दिनुपर्छ र त्यसैअनुसार सोसिने वा हटाउने कार्यमा तल्लीन हुनुपर्छ। यी सबै कुरा वास्तविकताभित्र तिमीहरूको प्रवेशको निम्ति मार्गहरू हुन्, अनि तीमध्ये हरेक अत्यावश्यक छन्। परमेश्‍वरले काम गर्नुहुने यसरी नै हो। यदि तँ परमेश्‍वरले काम गर्नुहुने यस विधिमा प्रवेश गर्छस् भने तँसित उहाँद्वारा हरेक दिन सिद्ध तुल्याइने अवसरहरू हुनेछन्। अनि कुनै पनि समयमा, तेरो वातावरण प्रतिकूल वा अनुकूल जे भए पनि, तँ जाँचमा परिरहेको भए पनि वा परीक्षामा परिरहेको भए पनि, तैँले काम गरिरहे पनि वा नगरिरहे पनि, अनि तैँले जीवन एक व्यक्तिको रूपमा वा समूहको एक भागको रूपमा बाँचिरहेको भए पनि, तैँले सधैँ परमेश्‍वरद्वारा सिद्ध तुल्याइने अवसरहरू भेट्टाउनेछस् र तिनीहरूमध्ये एउटै पनि गुमाउनेछैनस्। तैँले तिनलाई सधैँ पत्ता लगाउन सक्नेछस्—अनि यसप्रकार तैँले परमेश्‍वरका वचनहरू अनुभव गर्ने रहस्य भेट्टाइसकेको हुनेछस्।

अघिल्लो: मुक्ति पाउने व्यक्ति त्यो हो जो सत्यको अभ्यास गर्न इच्छुक हुन्छ

अर्को: अनुभवको विषयमा

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ५)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्