परमेश्‍वरप्रतिको सच्‍चा प्रेम स्वस्फूर्त हुन्छ

परमेश्‍वरका वचनहरूको कारण सबै मानिसहरू शोधनमा परेका छन्। यदि परमेश्‍वरले देहधारण नगर्नुभएको भए निश्‍चय नै मानवजातिले यस शोधनद्वारा कष्टको आशिष् पाउनेथिएन। अर्को प्रकारले भन्‍नुपर्दा, परमेश्‍वरका वचनहरूको परीक्षा स्वीकार गर्न सक्‍नेहरू सबै धन्यका हुन्। मानिसहरूको अन्तर्निहित क्षमता, तिनीहरूको व्यवहार र परमेश्‍वरप्रतिको तिनीहरूको मनोवृतिको आधारमा, तिनीहरू यस प्रकारको शोधन पाउन योग्यका छैनन्। तिनीहरू परमेश्‍वरद्वारा माथि उठाइएकोले गर्दा नै तिनीहरूले यो आशिष् उपभोग गरेका छन्। मानिसहरूले तिनीहरू परमेश्‍वरको अनुहार हेर्न वा उहाँका वचनहरू सुन्‍न लायक छैनन् भन्‍ने गर्थे। आज, परमेश्‍वरले उठाउनुभएकोले र उहाँको कृपाका कारण नै मानिसहरूले उहाँका वचनहरूको शोधन प्राप्त गरेका छन्। यो आखिरी दिनहरूमा जन्मने प्रत्येक व्यक्तिले पाउने आशिष् हो—के तैँले व्यक्तिगत रूपमा यो अनुभव गरेको छस्? मानिसहरूले कुन पक्षमा दु:ख र प्रतिरोधहरू भोग्‍नुपर्छ भन्‍ने कुरा परमेश्‍वरले पूर्वनिर्धारित गर्नुभएको हुन्छ—यो कुरा मानिसहरूका आफ्नै आवश्यकताहरूमा आधारित छैन। यो स्पष्ट सत्य हो। प्रत्येक विश्‍वासीसँग परमेश्‍वरका वचनहरूको परीक्षा स्विकार्न र उहाँका वचनहरूभित्र दुःख भोग्‍न सक्‍ने क्षमता हुनुपर्छ। के यो तिमीहरूले स्पष्ट रूपमा बुझ्यौ? यसैले तैँले आफूले भोगेका दुःखकष्टको बदलामा आजका आशिष्‌हरू पाएको छस्; परमेश्‍वरका लागि दुःख भोग्दैनस् भने, तैँले उहाँको स्याबासी प्राप्त गर्न सक्दैनस्। तैंले विगतमा गुनासो गरेको हुन सक्छ, तर तैंले जति नै गुनासो गरेको भए पनि, परमेश्‍वरले तेरा ती कुराहरू याद गर्नुहुन्‍न। आजको दिन आएको छ, त्यसैले हिजोका विषयहरूको बारेमा विचार गर्नुपर्ने कुनै आवश्यकता छैन।

केही मानिसहरू भन्छन्, उनीहरूले परमेश्‍वरलाई प्रेम गर्ने कोसिस त गर्छन्, तर उहाँलाई प्रेम गर्न सक्दैनन्। त्यसपछि, जब तिनीहरूले परमेश्‍वर जान लाग्‍नुभएको छ भन्‍ने सुन्छन् तब अचानक उनीहरूमा उहाँप्रतिको प्रेम देखा पर्छ। कतिपय मानिसहरूले सामान्यतया सत्यताको अभ्यास गर्दैनन्, र जब तिनीहरूले परमेश्‍वर क्रोधित बनेर जान लाग्‍नुभएको छ भन्‍ने सुन्छन्, तब तिनीहरू उहाँको सामु आउँछन् र यसरी प्रार्थना गर्छन्: “हे परमेश्‍वर! कृपया नजानुहोस्। मलाई एउटा मौका दिनुहोस्! हे परमेश्‍वर! मैले विगतमा तपाईंलाई सन्तुष्ट पारेको छैनँ; म तपाईंप्रति ऋणी छु र मैले तपाईंको विरोध गरेको छु। आज म पूर्ण रूपमा मेरो शरीर र हृदय अर्पण गर्न तयार छु ताकि अन्ततः मैले तपाईंलाई सन्तुष्ट पार्न र तपाईंलाई प्रेम गर्न सकूँ। मैले फेरि यो मौका पाउनेछैनँ।” के तैंले यस प्रकारको प्रार्थना गरेको छस्? जब कसैले यस प्रकारले प्रार्थना गर्छ भने उसको विवेक परमेश्‍वरका वचनहरूद्वारा जागृत भएको हुन्छ। मानिसहरू बोधो र मन्द बुद्धिका छन्। तिनीहरूलाई आफू सजाय र शोधनमा पर्दा पनि परमेश्‍वरले यसद्वारा के कुरा हासिल गर्न चाहनुहुन्छ भन्‍ने थाहै हुँदैन। यदि परमेश्‍वरले यस प्रकारले काम नगर्नुभएको भए, मानिसहरू अझै पनि भ्रमित नै रहनेथिए; कुनै पनि मानिसले मानिसहरूको हृदयमा आत्मिक भावनाहरू जगाउन सक्दैन। मानिसहरूको न्याय गर्ने र तिनीहरूलाई खुलासा गर्ने परमेश्‍वरका वचनहरूले मात्र त्यस्तो फल फलाउन सक्छ। यसैले यी सबै कुराहरू परमेश्‍वरका वचनहरूको कारणले मात्र प्राप्त र पूरा हुन्छन्, र उहाँका वचनहरूको कारणले मात्र परमेश्‍वरप्रतिको मानवजातिको प्रेम जागेको छ। मानिसको विवेकमा आधारित परमेश्‍वरप्रतिको प्रेमले मात्र चाहेको परिणाम हासिल गर्नेछैन। के विगतमा मानिसहरूले परमेश्‍वरप्रतिको आफ्नो प्रेमलाई विवेकमा आधारित गरेका छैनन् र? के आफ्नै पहलमा परमेश्‍वरलाई प्रेम गर्ने एक जना पनि थियो त? परमेश्‍वरका वचनहरूबाट प्रोत्साहन पाएर मात्र मानिसहरूले परमेश्‍वरलाई प्रेम गरेका छन्। कतिपय मानिसहरू भन्छन्: “मैले धेरै वर्षदेखि परमेश्‍वरलाई पछ्याएको छु र उहाँको धेरै अनुग्रह, धेरै आशिष्‌ उपभोग गरेको छु। मैले उहाँका वचनहरूबाट शोधन र न्याय भोगेको छु। यसैले मैले धेरै कुरा बुझेको छु र मैले परमेश्‍वरको प्रेम देखेको छु। मैले उहाँलाई धन्यवाद दिनैपर्छ, मैले उहाँको अनुग्रहको ऋण तिर्नैपर्छ। म मृत्युद्वारा परमेश्‍वरलाई सन्तुष्ट पार्नेछु, र उहाँप्रतिको मेरो प्रेमलाई मेरो विवेकमा आधारित गर्नेछु।” यदि मानिसहरूले उनीहरूको विवेकका भावनाहरू मात्र सुन्छन् भने, तिनीहरूले परमेश्‍वरको प्रेमिलोपन महसुस गर्न सक्दैनन्। यदि तिनीहरू पूर्णतया आफ्नै विवेकमा मात्रै भर पर्छन् भने, परमेश्‍वरप्रतिको तिनीहरूको प्रेम कमजोर हुनेछ। यदि तँ परमेश्‍वरको अनुग्रह र प्रेमको ऋण तिर्ने कुरा मात्र गर्छस् भने, उहाँप्रतिको तेरो प्रेममा तँसित कुनै प्रेरणा हुनेछैन; आफ्नो विवेकका भावनाहरूमा आधारित रही उहाँलाई प्रेम गर्नु एक निष्क्रिय तरिका हो। म किन यो एक निष्क्रिय तरिका हो भनी भन्छु त? यो एक व्यावहारिक विषय हो। परमेश्‍वरप्रतिको तिमीहरूको प्रेम कस्तो किसिमको प्रेम हो? के यो परमेश्‍वरलाई मूर्ख बनाउनु र उहाँका निम्ति झारा टार्नु होइन र? धेरै मानिसहरू के विश्‍वास गर्छन् भने, परमेश्‍वरलाई प्रेम गर्नुमा कुनै इनाम छैन र उहाँलाई प्रेम गर्नेले पनि उहाँलाई प्रेम नगर्नेले जस्तै दण्ड पाउनेछ, त्यसपछि त समग्रमा पाप नगर्नु नै पर्याप्त हुन्‍छ। त्यसैले आफ्नो विवेकका अनुभूतिहरूका आधारमा परमेश्‍वरलाई प्रेम गर्नु र उहाँको प्रेमको ऋण तिर्नु भनेको एक निष्क्रिय तरिका हो, र यो व्यक्तिको हृदयबाट स्वस्फूर्त रूपमा आउने परमेश्‍वरप्रतिको प्रेम होइन। परमेश्‍वरप्रतिको प्रेम व्यक्तिको हृदयको गहिराइबाट निस्केको सच्‍चा भावना हुनुपर्छ। कतिपय मानिसहरू भन्छन्‌: “म आफै परमेश्‍वरलाई खोज्न र उहाँको पछि लाग्‍न इच्छुक छु। अहिले परमेश्‍वरले मलाई त्याग्‍न चाहनुहुन्छ भने पनि, म उहाँलाई पछ्याइरहनेछु। उहाँले मलाई चाहनुभए पनि नचाहनुभए पनि, म उहाँलाई प्रेम गरिरहनेछु, र आखिरमा मैले उहाँलाई प्राप्त गर्नैपर्छ। म मेरो हृदय परमेश्‍वरमा अर्पण गर्छु, र उहाँले जे गर्नुभए नि, म आजीवन उहाँलाई पछ्याउनेछु। जेसुकै भए पनि, मैले परमेश्‍वरलाई प्रेम गर्नैपर्छ र मैले उहाँलाई प्राप्त गर्नैपर्छ; जबसम्म म उहाँलाई प्राप्त गर्दिनँ तबसम्म म विश्राम लिनेछैनँ।” के तँसँग यस प्रकारको संकल्प छ?

परमेश्‍वरमा विश्‍वास गर्ने र उहाँलाई प्रेम गर्ने बाटो एउटै र उही हो। यदि तँ उहाँमा विश्‍वास गर्छस् भने तैंले उहाँलाई प्रेम गर्नैपर्छ; तैपनि, उहाँलाई प्रेम गर्नुले आफ्नो विवेकका भावनाहरूको आधारमा उहाँको प्रेमको ऋण तिर्नु वा उहाँलाई प्रेम गर्नु मात्रलाई जनाउँदैन—यो त परमेश्‍वरप्रतिको चोखो प्रेम हो। कहिलेकहीँ मानिसहरूले आफ्नो विवेकको आधारमा मात्र परमेश्‍वरको प्रेम महसुस गर्न सक्दैनन्। किन मैले “परमेश्‍वरका आत्माले हाम्रो आत्मालाई छोऊन्” भनेर सधैँ भनेँ त? किन मैले परमेश्‍वरलाई प्रेम गर्न मानिसहरूका विवेकलाई छुनेबारेमा कुरा गरिनँ? किनकि मानिसहरूको विवेकले परमेश्‍वरको प्रेमिलोपन महसुस गर्न सक्दैन। तँ यी वचनहरूद्वारा विश्‍वस्त हुँदैनस् भने, उहाँको प्रेम महसुस गर्न आफ्नो विवेक प्रयोग गर्ने कोसिस गर्। तँमा अहिले उत्साह हुन सक्छ, तर त्यो चाँडै नै हराउनेछ। यदि तैंले आफ्नो विवेकले मात्र परमेश्‍वरको प्रेम महसुस गर्छस् भने, प्रार्थना गर्दा तँ उत्साहित हुनेछस्, तर त्यो उत्साह केही बेरपछि ओइलाउनेछ र हराइजानेछ। त्यस्तो किन हुन्छ त? आफ्नो विवेक मात्र प्रयोग गर्छस् भने, तैँले परमेश्‍वरप्रतिको आफ्नो प्रेमलाई जगाउन सक्‍नेछैनस्; जब तँ आफ्नो हृदयमा साँच्‍चै परमेश्‍वरको प्रेम महसुस गर्छस्, तब तेरो आत्मा उहाँद्वारा छोइएको हुनेछ, र यो समयमा मात्र तेरो विवेकले आफ्नो मूल भूमिका खेल्न सक्‍नेछ। भन्‍नुको अर्थ, जब परमेश्‍वरले मानिसका आत्मालाई छुनुहुन्छ र जब मानिससँग ज्ञान हुन्छ र हृदयभित्र ऊ उत्साहित हुन्छ, अर्थात् जब उसले अनुभव प्राप्त गरेको हुन्छ, तब मात्र उसले आफ्नो विवेकले परमेश्‍वरलाई प्रभावकारी ढङ्गले प्रेम गर्न सक्‍नेछ। आफ्नो विवेकले परमेश्‍वरलाई प्रेम गर्नु गलत होइन तर यो परमेश्‍वरप्रतिको सबैभन्दा तल्लो स्तरको प्रेम हो। “केवल परमेश्‍वरको अनुग्रहप्रति न्यायोचित काम गर्दै” प्रेम गर्दा यसले मानिसलाई सक्रिय रूपमा प्रवेश गर्न उत्प्रेरित गर्नेछैन। जब मानिसहरूले पवित्र आत्माका केही काम प्राप्त गर्छन्, अर्थात् जब तिनीहरूले आफ्नो व्यावहारिक अनुभवमा परमेश्‍वरको प्रेम देख्छन् र महसुस गर्छन्, जब तिनीहरूसँग परमेश्‍वरको बारेमा केही ज्ञान हुन्छ र परमेश्‍वर साँच्‍चै नै मानवजातिको प्रेमको योग्य हुनुहुन्छ र उहाँ धेरै प्रेमिलो हुनुहुन्छ भनी बुझ्छन्, तब मात्र तिनीहरूले साँचो रूपमा परमेश्‍वरलाई प्रेम गर्न सक्छन्।

जब मानिसहरूले आफ्नो हृदयद्वारा परमेश्‍वरलाई सम्पर्क गर्छन्, जब तिनीहरूको हृदय पूर्ण रूपमा उहाँमा फर्कन सक्छ, परमेश्‍वरप्रतिको मानिसको प्रेमको पहिलो चरण यही हो। तँ परमेश्‍वरलाई प्रेम गर्न चाहन्छस् भने, तैँले पहिले आफ्नो हृदय उहाँतिर फर्काउन सक्‍नुपर्छ। तेरो हृदय परमेश्‍वरतिर फर्काउनु भनेको के हो? यो भनेको तैँले आफ्नो हृदयमा खोजी गर्ने सबै कुरा परमेश्‍वरलाई प्रेम र प्राप्त गर्नका खातिर हुने अवस्था हो। यो अवस्थाले तैँले आफ्नो हृदय पूर्ण रूपमा परमेश्‍वरतर्फ फर्काएको छस् भन्‍ने देखाउँछ। परमेश्‍वर र उहाँको वचनहरूबाहेक, तेरो हृदयमा अरू (परिवार, धनसम्पत्ति, पति, पत्‍नी, छोराछोरी, आदि) केही पनि हुँदैन। यदि केही छ भने पनि, त्यसले तेरो हृदयमा ठाउँ ओगट्न सक्दैन, र तँ आफ्नो भावी सम्भाव्यताहरूको बारेमा सोच्दैनस्, केवल परमेश्‍वरलाई प्रेम गर्ने कार्यको पछि लाग्छस्। यस्तो समयमा तैँले आफ्नो हृदय पूर्ण रूपमा परमेश्‍वरमा लगाएको हुनेछस्। मानौं, तैँले अझै पनि आफ्नो हृदयमा आफ्नै लागि योजना बनाउँदै छस्, तँ सधैँ व्यक्तिगत फाइदाको पछि लागिरहेको छस्, र तैँले सधैँ यस्तो सोच्छस्: “मैले कहिले परमेश्‍वरसँग एउटा सानो बिन्ती गर्न सक्छु? मेरो परिवार कहिले धनी हुनेछ? मैले कसरी राम्रो लुगाफाटा पाउन सक्छु? …” यदि तँ त्यो स्थितिमा जिइरहेको छस् भने यसले तेरो हृदय पूर्ण रूपमा परमेश्‍वरतर्फ फर्केको छैन भन्‍ने देखाउँछ। यदि तँसँग हृदयमा परमेश्‍वरका वचनहरू मात्रै छन् र तैँले परमेश्‍वरसँग प्रार्थना गर्न सक्छस् र हरसमय उहाँको नजिक हुन सक्छस् भने—मानौं उहाँ तेरो धेरै नजिक हुनुहुन्छ, मानौं परमेश्‍वर तँभित्र हुनुहुन्छ र तँ उहाँभित्र छस् भने—यदि तँ त्यस प्रकारको स्थितिमा छस् भने, त्यसको अर्थ तेरो हृदय परमेश्‍वरको उपस्थितिमा छ भन्‍ने हुन्छ। यदि तैँले हरेक दिन परमेश्‍वरसित प्रार्थना गर्छस् र प्रत्येक दिन उहाँका वचनहरू खान्छस् र पिउँछस्, सधैँ मण्डलीको कामको बारेमा सोचिरहेको हुन्छस् भने, र यदि तैँले परमेश्‍वरको इच्छालाई ध्यान दिन्छस् भने, यदि उहाँलाई सच्‍चा प्रेम गर्न र उहाँको हृदयलाई सन्तुष्ट पार्न आफ्‍नो हृदय प्रयोग गर्छस् भने, तेरो हृदय परमेश्‍वरको स्वामित्वमा हुनेछ। यदि तेरो हृदयलाई अन्य थुप्रै कुराहरूले कब्जा गरेको छ भने, यो अझै पनि शैतानको कब्जामा हुन्छ र यो साँचो रूपले परमेश्‍वरतर्फ फर्केको हुँदैन। जब कसैको हृदय साँच्‍चै परमेश्‍वरतर्फ फर्केको हुन्छ, तब तिनीहरूमा उहाँको निम्ति साँचो, स्वस्फूर्त प्रेम हुन्छ, र तिनीहरूले परमेश्‍वरको कामलाई ध्यान दिन सक्‍नेछन्। तिनीहरूमा अझै पनि मूर्खता र विवेकहीनताका पलहरू हुन सक्‍ने भए तापनि, तिनीहरूले परमेश्‍वरको घर, उहाँको काम, र तिनीहरूका आफ्नै स्वभावको परिवर्तनमा चासो देखाउँछन् र तिनीहरूको हृदय सही स्थानमा हुन्छ। केही मानिसहरूले जहिले पनि आफूले गरेका सबै काम मण्डलीका लागि हुन् भनी दाबी गरिरहेका हुन्छन्, तर वास्तवमा तिनीहरूले आफ्नो फाइदाका लागि काम गरिरहेका हुन्छन्। यस्ता मानिसहरूसित गलत अभिप्राय हुन्छ। तिनीहरू कुटिल र छली हुन्छन् र तिनीहरूले गर्ने धेरैजसो काम आफ्नै व्यक्तिगत फाइदाका लागि नै हुन्छन्। यस प्रकारको व्यक्तिले परमेश्‍वरको प्रेमको खोजी गर्दैन; तिनीहरूको हृदय अझै पनि शैतानको अधीनमा हुन्छ र परमेश्‍वरतर्फ फर्कन सक्दैन। त्यसैले, परमेश्‍वरसँग यस प्रकारको व्यक्तिलाई प्राप्त गर्ने कुनै उपाय हुँदैन।

यदि तँ परमेश्‍वरलाई साँच्‍चै प्रेम गर्न र उहाँद्वारा प्राप्त गरिन चाहन्छस् भने, तैँले चाल्नुपर्ने पहिलो कदम भनेको तेरो हृदयलाई पूर्ण रूपमा परमेश्‍वरतिर फर्काउनु हो। तैंले गर्ने प्रत्येक कार्यमा, आफैलाई जाँच् र सोध्: “के यो मैले परमेश्‍वरलाई प्रेम गर्ने हृदयको आधारमा गर्दै छु? के यसको पछि कुनै व्यक्तिगत अभिप्रायहरू छन्? यो गर्नुको मेरो वास्तविक लक्ष्य के हो?” यदि तँ आफ्नो हृदय परमेश्‍वरलाई सुम्पन चाहन्छस् भने, तैंले पहिले आफ्नै हृदयलाई वशमा राख्‍नुपर्छ, आफ्ना सबै अभिप्रायहरूलाई त्याग्‍नुपर्छ, र पूर्ण रूपमा परमेश्‍वरको खातिर रहने अवस्था हासिल गर्नुपर्छ। यो आफ्नो हृदय परमेश्‍वरलाई दिने अभ्यास गर्ने मार्ग हो। आफ्‍नो हृदयलाई वशमा राख्‍नु भनेको के हो? यसो गर्नु भनेको देहका अत्यधिक चाहनाहरूलाई छोडिदिनु, सुखसुविधा वा हैसियतका फाइदाहरूको लालच नगर्नु हो। यो भनेको परमेश्‍वरलाई सन्तुष्ट पार्न सकेको सबै गर्नु, र आफ्‍नो हृदयलाई आफ्नो निम्ति नभई पूर्णतया उहाँको निम्ति अर्पित गर्नु हो। यो पर्याप्त छ।

परमेश्‍वरप्रतिको साँचो प्रेम हृदयको अन्तस्करणबाट आउँछ; यो प्रेम परमेश्‍वरसम्‍बन्धी मानिसको ज्ञानको आधारमा मात्र अस्तित्वमा हुन्छ। जब कसैको हृदय पूर्ण रूपमा परमेश्‍वरतिर फर्कन्छ, तब उसमा परमेश्‍वरप्रति प्रेम त हुन्छ, तर त्यो प्रेम चोखो र पूर्ण नै हुन्छ भन्‍ने हुँदैन। किनकि व्यक्तिको हृदय पूर्ण रूपमा परमेश्‍वरतर्फ फर्कनु र व्यक्तिमा परमेश्‍वरप्रतिको साँचो बुझाइ र साँचो भक्ति हुनुको बीचमा अझै पनि केही दूरी हुन्छ। मानिसले आफ्नो हृदय परमेश्‍वरतिर फर्काएर नै परमेश्‍वरप्रतिको साँचो प्रेम हासिल गर्छ र परमेश्‍वरको स्वभावलाई चिन्छ। जब मानिसले आफ्नो साँचो हृदय परमेश्‍वरमा सुम्पन्छ, तब ऊ जीवनको अनुभवमा प्रवेश गर्न थाल्छ। यस तरिकाले, उसको स्वभाव परिवर्तन हुन थाल्छ, परमेश्‍वरप्रतिको उसको प्रेम बिस्तारै बढ्दै जान्छ, र परमेश्‍वरसम्बन्धी उसको ज्ञान पनि बिस्तारै बढ्दै जान्छ। यसैले जीवन अनुभवको सही मार्गमा प्रवेश गर्नलाई एक मात्र पूर्वसर्त भनेको परमेश्‍वरतर्फ हृदय फर्काउनु हो। जब मानिसहरूले परमेश्‍वरको सामु आफ्नो हृदय राख्छन्, तब तिनीहरूमा उहाँको चाहना मात्र गर्ने, तर उहाँलाई प्रेम नगर्ने हृदय हुन्छ, किनकि तिनीहरूमा उहाँको बारेमा कुनै बुझाइ नै हुँदैन। यस्तो परिस्थितिमा तिनीहरूमा उहाँप्रति केही प्रेम हुने भए पनि, यो आफसेआफ हुँदैन र यो सच्‍चा पनि हुँदैन। किनकि मानिसको देहबाट उत्पन्‍न हुने जुनसुकै कुरा भावनाको उपज हो र त्यो सच्‍चा ज्ञानबाट आएको हुँदैन। यो केवल क्षणिक आवेग हो र यो दीर्घकालीन भक्तिको रूपमा रहँदैन। जब मानिसहरूमा परमेश्‍वरको बारेमा कुनै बुझाइ हुँदैन, तब तिनीहरूले आफ्नै रुचि र आफ्नै व्यक्तिगत धारणाहरूको आधारमा मात्र उहाँलाई प्रेम गर्न सक्छन्; यस प्रकारको प्रेमलाई स्वस्फूर्त प्रेम भन्‍न सकिँदैन, न त यसलाई सच्‍चा प्रेम नै भन्‍न सकिन्छ। कुनै मानिसको हृदय सच्‍चा रूपमा परमेश्‍वरतर्फ फर्कन सक्छ, र सबै कुरामा परमेश्‍वरको हितको बारेमा सोच्न सक्षम हुन सक्छ, तर यदि उसमा परमेश्‍वरको बारेमा कुनै बुझाइ नै छैन भने, उसले सच्‍चा रूपले स्वस्फूर्त प्रेम प्राप्त गर्न सक्‍नेछैन। उसले गर्न सक्‍ने कुरा भनेकै मण्डलीका लागि केही कार्यहरू गर्नु वा आफ्ना केही कर्तव्य पूरा गर्नु मात्र हो, तर उसले कुनै पनि आधारविनै त्यसो गर्नेछ। यस प्रकारको व्यक्तिको स्वभाव परिवर्तन गर्न गाह्रो हुन्छ; त्यस्ता व्यक्तिहरू कि त सत्यको पछि नै लाग्दैनन् कि त तिनीहरूले सत्यलाई नै बुझ्दैनन्। यदि कुनै व्यक्तिले आफ्नो हृदय सम्पूर्ण रूपले परमेश्‍वरतिर फर्कायो भने पनि, त्यसको अर्थ परमेश्‍वरलाई प्रेम गर्ने तिनीहरूको हृदय पूर्ण रूपमा शुद्ध छ भन्‍ने हुँदैन, किनकि जुन मानिसहरूको हृदयमा परमेश्‍वर हुनुहुन्छ तिनीहरूको हृदयमा परमेश्‍वरप्रति प्रेम हुन्छ नै भन्‍ने हुँदैन। यो परमेश्‍वरसम्बन्धी बुझाइको खोजी गर्ने वा नगर्ने व्यक्तिबीचको भिन्‍नतासित सम्बन्धित छ। कुनै व्यक्तिले उहाँलाई बुझेपछि, त्यसले तिनीहरूको हृदय पूर्ण रूपमा परमेश्‍वरतिर फर्केको छ भन्‍ने देखाउँछ, यसले तिनीहरूको हृदयमा भएको परमेश्‍वरप्रतिको सच्‍चा प्रेम स्वस्फूर्त हो भन्‍ने देखाउँछ। यस प्रकारका मानिसहरूसँग मात्र तिनीहरूको हृदयमा परमेश्‍वर हुन्छ। सही बाटोमा लाग्‍नका निम्ति, परमेश्‍वरलाई बुझ्नका निम्ति र परमेश्‍वरप्रतिको प्रेम हासिल गर्नका निम्ति पूरा गर्नुपर्ने पूर्वसर्त भनेको आफ्नो हृदय परमेश्‍वरतिर फर्काउनु हो। यो परमेश्‍वरलाई प्रेम गर्ने कर्तव्य पूरा भएको कुराको चिन्ह होइन, न त यो उहाँप्रति सच्‍चा प्रेम छ भन्‍ने कुराको चिन्‍ह नै हो। कसैले परमेश्‍वरप्रति साँचो प्रेम हासिल गर्ने एक मात्र तरिका भनेको उसको हृदयलाई उहाँतिर फर्काउनु हो, जुन उहाँद्वारा सृष्टि गरिएको एक प्राणीको रूपमा एक व्यक्तिले गर्नुपर्ने पहिलो काम पनि हो। परमेश्‍वरलाई प्रेम गर्नेहरू सबै नै जीवनको पछि लाग्‍नेहरू, अर्थात् सत्यको पछि लाग्‍ने र साँचो रूपमा परमेश्‍वरको चाहना गर्नेहरू हुन्; तिनीहरू सबैमा पवित्र आत्माको अन्तर्दृष्टि हुन्छ र तिनीहरू सबै उहाँद्वारा छोइएका हुन्छन्। तिनीहरू सबैले परमेश्‍वरको मार्गदर्शन प्राप्त गर्न सक्छन्।

जब कुनै व्यक्तिले आफू परमेश्‍वरप्रति ऋणी छु भन्‍ने महसुस गर्न सक्छ, त्यो पवित्र आत्माद्वारा छोइएकोले गर्दा नै हो; जसले यस्तो महसुस गर्छन् तिनीहरूमा तिर्सना गर्ने हृदय हुन्छ र तिनीहरूले जीवन प्रवेशको खोजी गर्न सक्छन्। तर यदि तँ निश्‍चित कदममा रोकिन्छस् भने, तँ गहिराइमा जान सक्‍नेछैनस्; तँ अझै पनि शैतानको जालमा फस्‍ने खतरा हुन्छ, र कुनै मोडमा शैतानले तँलाई बन्दी बनाउनेछ। परमेश्‍वरको प्रकाशले मानिसहरूलाई आफैलाई चिन्‍ने तुल्याउँछ र त्यसपछि परमेश्‍वरप्रति आफू ऋणी भएको महसुस गर्ने बनाउँछ; तिनीहरू उहाँसँग सहकार्य गर्न इच्छुक हुन्छन् र उहाँलाई मननपर्ने कुराहरू त्याग्‍न इच्छुक हुन्छन्। परमेश्‍वरको कामको सिद्धान्त यही हो। तिमीहरू सबै आफ्नो जीवनमा बढ्न र परमेश्‍वरप्रतिको प्रेमको पछि लाग्‍न इच्छुक छौ, के त्यसो भए तैंले आफैलाई सतही मार्गबाट अलग गरेको छस् त? यदि तैँले केवल आफैलाई सतही मार्गहरूबाट अलग गरेको छस् र तँ विघटनकारी र अहङ्कारपूर्ण व्यवहारबाट अलग बस्छस् भने, के त्यो साँच्‍चै नै तैँले आफ्नो जीवनको वृद्धि खोजेको अवस्था हो त? यदि तैँले आफूलाई सबै सतही व्यवहारबाट मुक्त गर्छस् तर तँ परमेश्‍वरका वचनहरूमा प्रवेश गर्दैनस् भने, त्यसले तैंले सक्रियतासाथ प्रगति गरिरहेको छैनस् भन्‍ने देखाउँछ। सतही व्यवहारको मूल कारण के हो? के तेरा कार्यहरू तेरो जीवनमा वृद्धि हुनका लागि हुन्? के तँ परमेश्‍वरका मानिसहरूमध्ये एक बन्‍ने प्रयास गर्न खोज्दैछस्? तैंले जुन कुरामा ध्यान केन्द्रित गर्छस्, तँ त्यसैअनुसार जिउनेछस्; यदि तँ सतही व्यवहारमा केन्द्रित हुन्छस् भने, तेरो हृदय प्रायः बाहिर फ्याँकिन्छ र तँसँग आफ्नो जीवनमा वृद्धि हुने खोजी गर्न कुनै मार्ग हुनेछैन। परमेश्‍वर स्वभावको परिवर्तन चाहनुहुन्छ, तर तँ सधैँ बाहिरी कुराहरूको पछि लाग्छस्; यस प्रकारको व्यक्तिले आफ्‍नो स्वभाव परिवर्तन गर्न सक्दैन! जीवनको परिपक्‍वतामा पुग्‍ने प्रक्रियामा, हरेक व्यक्तिले एउटा मार्ग पछ्याउनुपर्छ: तिनीहरूले परमेश्‍वरका वचनहरूको न्याय, सजाय र सिद्धतालाई स्वीकार गर्नुपर्छ। यदि तँसँग परमेश्‍वरका वचनहरू छैनन् र तँ आफ्नै आत्मविश्‍वास र इच्छामा मात्र निर्भर हुन्छस् भने, तैंले गर्ने सबै कुरा जोसमा मात्र आधारित हुन्छ। भन्‍नुको अर्थ, यदि तँ आफ्नो जीवनमा वृद्धि चाहन्छस् भने तैंले परमेश्‍वरका वचनहरू अझ बढी खानु, पिउनु र बुझ्नुपर्छ। उहाँका वचनहरूद्वारा सिद्ध पारिनेहरू सबै ती वचनहरूमा जिउन सक्छन्; उहाँका वचनहरूको शोधन नभोग्‍नेहरू, उहाँका वचनहरूको न्यायबाट नगुज्रनेहरू, उहाँको प्रयोगका निम्ति योग्य हुन सक्दैनन्। यसकारण, तँ कुन हदसम्म उहाँका वचनहरूमा जिउँछस्? तैंले परमेश्‍वरका वचनहरू खाइस् र पिइस् भने र ती वचनहरूलाई तेरो जीवनको अवस्थासँग तुलना गर्न सकिस् भने मात्र, र मैले अघि उठाएका विषयहरूको आधारमा अभ्यास गर्ने बाटो प्राप्त गर्न सकिस् भने मात्र, तेरो अभ्यास सही र परमेश्‍वरको इच्छाअनुरूप हुनेछ। यस प्रकारको अभ्यास गर्ने व्यक्तिमा मात्र परमेश्‍वरलाई प्रेम गर्ने इच्छा हुन्छ।

अघिल्लो: आज परमेश्‍वरको कामको बारेमा जान्‍नेहरूले मात्र परमेश्‍वरको सेवा गर्न सक्‍छन्

अर्को: प्रार्थनाको अभ्यासको सम्बन्धमा

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

वास्तविकता कसरी थाहा पाउने

परमेश्‍वर व्यावहारिक परमेश्‍वर हुनुहुन्छ: उहाँका सबै कामहरू व्यावहारिक छन्, उहाँले बोल्ने सबै वचनहरू व्यावहारिक छन्, र उहाँले व्यक्त गर्ने...

अध्याय ३

विजयी राजा उहाँको महिमित सिंहासनमा बस्नुहुन्छ। उहाँले छुटकाराको काम पूरा गर्नुभएको छ र उहाँका सारा मानिसहरूलाई महिमामा प्रकट हुन...

परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् १

आज हामी एउटा महत्त्वपूर्ण विषयको बारेमा सङ्‍गति गर्दैछौँ। परमेश्‍वरको कामको प्रारम्भदेखि नै यस विषयमा छलफल हुँदै आएको छ र जुनचाहिँ हरेक...

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्