काम र प्रवेश (९)

मानिसको शुद्ध र बालकजस्तो आत्मामा प्रवेश भएको जातीय परम्परा र मानसिक दृष्टिकोणले लामो समयदेखि नै छाया पारेको छ, र अलिकति पनि मानवता नराखी मानिसको आत्मालाई आक्रमण गरेको छ, मानौं यो भावना वा आत्म-अनुभूतिदेखि वञ्चित छ। यी भूतात्माहरूका तरिकाहरू अत्यन्तै क्रूर छन्, र मानौं “शिक्षा” र “पालनपोषण” परम्परागत विधि भएको छ जसद्वारा शैतानका राजाले मानिसलाई मार्छ। आफ्नो “गहन शिक्षा” प्रयोग गर्दै यसले आफ्नो कुरूप प्राणलाई पूर्ण रूपमा ढाक्दछ, मानिसको भरोसा पाउनका लागि भेडाको भेष धारण गर्छ र मानिस सुस्ताएर निदाएको मौका पारेर उसलाई पूर्ण रूपमा नाश पार्न खोज्छ। बिचरा मानवजाति—तिनीहरूलाई हुर्काइएको भूमि शैतानको देश हो, तिनीहरूलाई हुर्काउने व्यक्ति वास्तवमा तिनीहरूलाई चोट पुऱ्याउने तिनीहरूको शत्रु हो भन्‍ने कुरा तिनीहरूले कसरी जान्‍न सक्छन् र। तापनि मानिस पटक्‍कै बिउँझिँदैन; आफ्नो भोक र तिर्खा मेटाएपछि, ऊ आफूलाई हुर्काएकोमा आफ्ना “आमाबुबा” को “दया” को ऋण चुकाउन तयार हुन्छ। मानिस यस्तै छ। आज पनि उसलाई हुर्काउने राजा उसको शत्रु हो भन्‍ने कुरा उसलाई थाहा छैन। पृथ्वी मरेका मानिसहरूको हड्डीको रासले भरिएको छ, शैतानले निरन्तर उन्मत्त आनन्द मान्छ, र “पातालमा” मानिसको मासु खाइरहन्छ, मानव अस्थिपंजरहरूको साथ चिहानमा बस्छ र मानिसको नष्ट भएको शरीरको अन्तिम अवशेषहरू उपभोग गर्ने व्यर्थको प्रयास गर्छ। तैपनि मानिस सदैव अज्ञानी छ, र उसले कहिल्यै पनि शैतानलाई उसको शत्रु जस्तो व्यवहार गरेको छैन, बरु उसको सम्पूर्ण हृदयले त्यसको सेवा गर्दछ। त्यस्ता भ्रष्ट मानिसहरूले परमेश्‍वरलाई चिन्न सक्दैनन्। के परमेश्‍वरलाई मानिस बनेर तिनीहरूको बीचमा आउनु र उहाँको सबै मुक्तिको काम गर्नु सजिलो छ? पहिले नै पातालमा डुबिसकेको मानिसले कसरी परमेश्‍वरका मागहरू पूरा गर्न सक्छ र? मानव जातिको कार्यको खातिर परमेश्‍वरले धेरै अनिदो रातहरू बिताउनुभएको छ। माथिको उचाइदेखि तलका गहिराइहरूसम्म उहाँ मानिससँग आफ्‍ना दिनहरू बिताउन मानिस जिउने जीवित नरकमा ओर्लनुभएको छ, उहाँले मानिसबीचको जीर्णताको कहिल्यै गुनासो गर्नुभएन, र उहाँले मानिसको अनाज्ञाकारिताका लागि कहिल्यै उसको निन्दा गर्नुभएको छैन, तर उहाँले आफ्नो काम व्यक्तिगत रूपमा गर्ने क्रममा सबैभन्दा ठूलो अपमान सहनुहुन्छ। परमेश्‍वर कसरी नरकको हुन सक्नुहुन्छ? उहाँले आफ्नो जीवन कसरी नरकमा बिताउन सक्नुहुन्छ? तर सारा मानव जातिले चाँडै विश्राम पाउन सकून् भनी सम्पूर्ण मानव जातिको खातिर उहाँले पृथ्वीमा आउनका निम्ति अपमान सहनुभएको छ र अन्याय सहनुभएको छ, र मानिसलाई मुक्त गर्न व्यक्तिगत रूपमा “नरक” र “पाताल” मा, बाघको खोरमा पस्नुभएको छ। मानिस कसरी परमेश्‍वरको विरोध गर्न योग्यको छ? परमेश्‍वरको बारेमा गुनासो गर्नुपर्ने के कारण उसँग छ? ऊसँग परमेश्‍वरलाई हेर्ने धृष्टता कसरी हुन सक्छ? स्वर्गका परमेश्‍वर भ्रष्टताको यो अत्यन्तै फोहोर देशमा आउनुभएको छ, र उहाँले कहिल्यै पनि आफ्ना गुनासाहरू पोखाउनुभएको छैन, वा मानिसको विषयमा गुनासो गर्नुभएको छैन, तर बरु चुपचाप मानिसका बरबादीहरू[१] र थिचोमिचो स्वीकार गर्नुहुन्छ। उहाँले मानिसका विवेकहीन मागहरूलाई कहिल्यै प्रतिकार गर्नुभएको छैन, उहाँले कहिल्यै मानिसबाट अनावश्यक मागहरू गर्नुभएको छैन, र उहाँले कहिल्यै मानिसबाट अनुचित मागहरू गर्नुभएको छैन; उहाँले कुनै गुनासो नगरी मानिसका निम्ति आवश्यक सबै काम गर्नुहुन्छ: शिक्षा दिने, अन्तर्दृष्टि दिने, निन्दा गर्ने, वचनहरूको शोधन, स्मरण गराउने, अर्ती दिने, सान्त्वना दिने, न्याय गर्ने, र प्रकट गर्ने। उहाँको कुन कदम मानिसको जीवनका लागि रहेन? उहाँले मानिसका सम्भावनाहरू र भाग्यलाई हटाउनुभएको भए पनि, परमेश्‍वरले चाल्नुभएको कुनचाहिँ कदम मानिसको भाग्यका लागि होइन? तीमध्ये कुनचाहिँ मानिसको अस्तित्वको लागि होइन? तीमध्ये कुनचाहिँ मानिसलाई यो कष्ट र रातको कालो जस्तो अन्धकारको दमनबाट मुक्त गर्नका निम्ति होइन? तीमध्ये कुनचाहिँ मानिसका लागि होइन? परमेश्‍वरको हृदयलाई कसले बुझ्न सक्छ, जुन प्रेमिलो आमाको जस्तो हृदय हो? परमेश्‍वरको उत्सुक हृदयलाई कसले बुझ्न सक्छ? परमेश्‍वरको भावपूर्ण हृदय र उत्साही अपेक्षाहरूको निम्ति भावशून्य हृदयहरू, संवेदनाहीन, उदासीन आँखाहरू अनि बारम्बारको हप्की र मानिसका अपमानहरू दिइएको छ; ती कुराको बदली तीक्ष्ण टिप्पणीहरू, र उपहास, र हेला गरिएको छ; तिनका बदली मानिसको उपहास, उसको कुल्चाई र अस्वीकृति, गलत बुझाइ र बिलौना र दुश्मनी, अनि इन्कार, साथै धोका, आक्रमण र कटुताद्वारा कर्जा तिरिएको छ। न्यानो वचनहरूले आँखा तराई र ठडिएका हजारौं औँलाहरूको चिसो प्रतिरोधको सामना गरेको छ। परमेश्‍वरले सहँदै, टाउको निहुराउँदै, इच्छुक गोरुले जस्तो मानिसको सेवा मात्र गर्न सक्‍नुहुन्छ।[२] यति धेरै सूर्य र चन्द्रमाहरू, उहाँले धेरै चोटि ताराहरूको सामना गर्नुभएको छ, धेरै चोटि उहाँ बिहान ओर्लनुभएको छ र साँझमा फर्कनुभएको छ, र बेचैन भएर छटपटाउनुभएको छ, उहाँले आफ्नो पिताबाट छुट्टिनु परेको पीडाभन्दा हजार गुणा ठूलो पीडा सहनुभएको छ, मानिसको आक्रमण र तोडाइ, र मानिसको निराकरण र काटछाँटको कार्यलाई सहनुभएको छ। परमेश्‍वरको नम्रता र लुकेको अवस्थाको सट्टा मानिसको निरन्तर पूर्वाग्रह,[३] मानिसको अनुचित दृष्टिकोण र अनुचित व्यवहार प्रस्तुत गरिएको छ, र परमेश्‍वरको चुपचाप कार्य गर्ने शैली, उहाँको धैर्य, र उहाँको सहनशीलताको सट्टा मानिसको लोभी हेराइ प्रस्तुत गरिएको छ; मानिसले कुनै पछुतो नगरी परमेश्‍वरलाई कुल्चेर मार्ने प्रयास गर्छ, र परमेश्‍वरलाई भुइँमा कुल्चिन खोज्छ। परमेश्‍वरप्रति मानिसले गर्ने व्यवहार “दुर्लभ चतुरता” मध्येको एउटा हो, र मानिसले धम्काउने र तिरस्कार गर्ने परमेश्‍वर हजारौं मानिसका खुट्टामुनि कुल्चिएर धूलोपीठो पारिनुभएको छ, जबकि मानिस आफै माथि उभिन्छ, मानौं ऊ पहाडका राजा बन्नेछ, मानौं उसले सम्पूर्ण शक्ति लिन[४] चाहन्छ, उसले पर्दा पछाडिबाट राजदरवार कब्जा गर्न, परमेश्‍वरलाई पर्दा पछाडि होसियार र नियम पालन गर्ने निर्देशक बनाउन चाहन्छ, जसलाई प्रतिरोध गर्ने वा समस्या उत्पन्न गर्ने अनुमति हुँदैन। परमेश्‍वरले अन्तिम सम्राटको भूमिका खेल्नुपर्छ, उहाँ सबै स्वतन्त्रताबाट बन्‍चित कठपुतली[५] हुनुपर्दछ। मानिसका कामहरू बताउनै नसकिने छन्, यसैले ऊ परमेश्‍वरबाट यो वा त्यो माग गर्न कसरी योग्य छ? परमेश्‍वरलाई सल्लाह दिन ऊ कसरी योग्यको छ? परमेश्‍वरले उसको कमजोरीहरूप्रति सहानुभूति दर्साऊन् भनी माग गर्नको लागि ऊ कसरी योग्यको छ? ऊ कसरी परमेश्‍वरको कृपा पाउन योग्यको छ? ऊ कसरी घरीघरी परमेश्‍वरको उदारता प्राप्त गर्न योग्यको छ? ऊ कसरी घरीघरी परमेश्‍वरको क्षमा प्राप्त गर्न योग्यको छ? उसको विवेक कहाँ छ? उसले धेरै पहिले नै परमेश्‍वरको हृदय तोडेको छ, उसले धेरै पहिले नै परमेश्‍वरको हृदयलाई टुक्रा-टुक्रा पारेको छ। मानिसले उहाँलाई थोरै भए पनि उहाँप्रति न्यानो व्यवहार गर्दै उहाँप्रति परोपकारी व्यवहार गर्नेछन् भन्‍ने आशाले परमेश्‍वर उज्ज्वल आँखा र झ्याप्ले पुच्छर भएका मानिसहरू बीचमा आउनुभयो। तापनि, परमेश्‍वरको हृदय मानिसबाट सान्त्वना पाउनलाई सुस्त छ, र उहाँले हिउँको डल्लाको[६] आक्रमण र यातना मात्रै पाउनुभएको छ। मानिसको हृदय अति नै लोभी छ, उसको चाहना पनि धेरै ठूलो छ, ऊ कहिल्यै तृप्त हुन सक्दैन, ऊ सधैँ दुष्ट र दुस्साहसी हुन्छ, उसले परमेश्‍वरलाई कहिल्यै स्वतन्त्रता वा बोल्ने अधिकार दिँदैन, र परमेश्‍वरलाई अपमानको अधीनमा बस्नु, र उसले चाहेअनुसार उहाँको नियन्त्रण गर्नु दिनु बाहेक अर्को विकल्प हुँदैन।

सृष्टिदेखि अहिलेसम्म, परमेश्‍वरले धेरै पीडा सहनुभएको छ, र धेरै आक्रमणहरू भोग्नुभएको छ। तर आज पनि मानिसले परमेश्‍वरसँगको उसको मागलाई अझै खुकुलो बनाउँदैन, उसले अझै पनि परमेश्‍वरलाई सूक्ष्म जाँच गर्छ, अझै पनि उहाँप्रति उसको कुनै सहिष्णुता छैन, र उहाँलाई सल्लाह दिनु, उहाँको आलोचना गर्नु र उहाँलाई अनुशासनमा राख्‍ने बाहेक अरू केही पनि गर्दैन, मानौं परमेश्‍वरले गलत बाटो लिनुहुन्छ भन्‍ने कुरामा ऊ डराएको छ, पृथ्वीमा हुनुहुने परमेश्‍वर क्रूर र विवेकहीन हुनुहुन्छ, वा दङ्गा चलाउँदै हुनुहुन्छ, वा उहाँको कुनै पनि मोल छैन। मानिसमा परमेश्‍वरप्रति सधैँ यस्तो दृष्टिकोण रहेको छ। यसले कसरी परमेश्‍वरलाई दुःखी नबनाउला? देह बनेर, परमेश्‍वरले ठूलो पीडा र अपमान सहनुभएको छ; झन् परमेश्‍वरलाई मानिसका शिक्षाहरू स्वीकार गर्न लगाउनु कति खराब कुरा हो? मानिसको बीचमा भएको उहाँको आगमनले उहाँका सबै स्वतन्त्रता खोसेको छ, मानौं उहाँ पातालमा कैदी हुनुभएको हो, र उहाँले अलिकति पनि विरोध नगरी उहाँले मानिसलाई उहाँको चिरफार गर्ने अनुमति दिनुभएको छ। के यो लाजमर्दो कुरा होइन र? साधारण मानिसको परिवारमा आएर, “येशू” ले सबैभन्दा ठूलो अन्याय भोग्नुभएको छ। त्यो भन्दा पनि अपमानजनक कुरा यो हो, कि उहाँ यस धूलोको संसारमा आउनुभयो र आफूलाई अत्यन्तै तल्लो स्तरमा होच्याउनुभयो, र उहाँले सबैभन्दा साधारण देह धारण गर्नुभयो। एक अति साधारण मानिस बनेर, के सर्वोच्च परमेश्‍वरले कठिनाइ भोग्नुहुन्न र? अनि के उहाँले मानवजातिका लागि त्यसो गर्नुहुन्न र? के त्यस्तो कुनै समय छ जुन बेला उहाँले आफ्नो बारेमा सोचिरहनुभएको थियो? यहूदीहरूले उहाँलाई अस्वीकार गरेर मारेपछि, अनि मानिसहरूले उहाँलाई गिल्ला गरे र खिसी गरेपछि, उहाँले कहिल्यै स्वर्गसँग गुनासो गर्नुभएन वा पृथ्वीलाई विरोध गर्नुभएन। आज, यो सहस्राब्दी पुरानो दुःखद घटना यो यहूदीहरू जस्ता मानिसहरू बीचमा देखा परेको छ। के तिनीहरूले पनि त्यस्तै पापहरू गर्दैनन् र? कुन कुराले मानिसलाई परमेश्‍वरका प्रतिज्ञाहरू प्राप्त गर्न योग्य बनाउँछ? के उसले परमेश्‍वरको विरोध गर्दैन र त्यसपछि आफ्ना आशिषहरू स्विकार्दैन? किन मानिसहरूले कहिल्यै न्यायको सामना वा सत्यको खोजी गर्ने काम गर्दैनन्? किन उसले कहिल्यै पनि परमेश्‍वरको काममा चासो दिँदैन? उसको धार्मिकता कहाँ छ? उसको निष्पक्षता कहाँ छ? के उसँग परमेश्‍वरलाई प्रतिनिधित्व गर्ने आँट छ? उसको न्यायको भाव कहाँ छ? मानिसको निम्ति जुन कुरा प्रिय छ त्यो परमेश्‍वरका निम्ति कतिसम्म प्रिय छ? मानिसले पनिरबाट चक छुट्याउन सक्दैन[७], ऊ सधैँ कालो र सेतोमा झुक्‍किन्छ,[८] उसले न्याय र सत्यलाई दबाउँछ, र अन्याय र अधर्मलाई उच्चमा उठाउँछ। उसले ज्योतिलाई भगाउँछ, र अन्धकारमा कुद्छ र उफ्रन्छ। सत्य र न्यायको खोजी गर्नेहरूले ज्योतिलाई खेद्छन्, परमेश्‍वरको खोजी गर्नेहरूले उहाँलाई आफ्नो खुट्टामुनि कुल्चन्छन् र आफैलाई आकाशमा उचाल्छन्। मानिस डाँकुभन्दा[९] फरक छैन। उसको विवेक कहाँ छ? कसले सही र गलत छुट्ट्याउन सक्छ? कसले न्यायलाई समर्थन गर्न सक्छ? सत्यको लागि दु:ख भोग्न को तयार छ? मानिसहरू क्रूर र राक्षसी छन्! परमेश्‍वरलाई क्रूसमा काँटी ठोकेर तिनीहरूले ताली बजाउँछन् र खुसी हुन्छन्, उनीहरूको जङ्गली चिच्याहट कहिल्यै थामिँदैन। तिनीहरू कुखुरा र कुकुरहरू जस्ता छन्, तिनीहरू गुटबन्दी गर्छन् र षड्यन्त्र गर्छन्, र तिनीहरूले आफ्नै राज्य स्थापित गरेका छन्, तिनीहरूको हस्तक्षेपले कुनै ठाउँ बाधा दिन बाँकी राखेको छैन, तिनीहरू आफ्ना आँखाहरू बन्द गर्छन् र बारम्बार बौलाहाझैं लामो सोर निकालेर चिच्याउँछन्, सबै एकसाथ थुनिएर बस्छन्, र हलचलपूर्ण र जीवन्त सहितको अशान्त वातावरण छाउँछ, र जसले अन्धाधुन्ध आफूलाई अरूसँग संलग्न गर्दछ तिनीहरू प्रकट हुँदै जान्छन्, सबैले आफ्ना पुर्खाहरूको “प्रसिद्ध” नाउँलाई माथि उचाल्छन्। यी कुकुरहरू र कुखुरोहरूले धेरै पहिले नै परमेश्‍वरलाई उनीहरूको दिमागको पछाडि राखेका थिए र परमेश्‍वरको हृदयको अवस्थालाई कहिल्यै ध्यान दिएका छैनन्। परमेश्‍वरले मानिस भनेको कुकुर वा कुखुरा जस्तै हो भन्नु त्यत्ति आश्चर्यको कुरा होइन, एउटा भुकिरहेको कुकुरले अन्य सयौं कुकुरलाई भुक्ने बनाउँछ; यसरी, धेरै झूटो प्रचारद्वारा उसले परमेश्‍वरको कामलाई वर्तमान समयमा ल्याएको छ, परमेश्‍वरको काम के हो, त्यहाँ न्याय छ कि छैन, परमेश्‍वरले खुट्टा टेक्ने ठाउँ छ कि छैन, भोलि कस्तो होला, उसको आफ्नो तुच्छता, उसको आफ्नै फोहोर पनि कस्तो छ भन्ने कुरामा ध्यान दिँदैन। मानिसले कहिल्यै त्यस्ता कुराहरूको बारेमा सोचेको छैन, ऊ भोलिको निम्ति कहिल्यै चिन्ता गर्दैन, र उसले लाभदायक र बहुमूल्य सबै थोकहरू आफ्नो अङ्गालोमा जम्मा गरेको छ, परमेश्‍वरका निम्ति टुक्राटाक्री र उब्रेका कुराहरू[१०] मात्र छोड्छ। मानवजाति कति धेरै क्रूर छ! उसले परमेश्‍वरको लागि कुनै भावना छोड्दैन, र परमेश्‍वरबाटको सबै थोकलाई गुप्तमा खाई सकेपछि, उसले परमेश्‍वरको अस्तित्वलाई कुनै ध्यान नदिई, उहाँलाई आफ्नो पछाडि टाढा धकेल्छ। उसले परमेश्‍वरमा आनन्द गर्छ, तैपनि परमेश्‍वरको विरोध गर्दछ, र उहाँलाई खुट्टामुनि कुल्चन्छ, साथै उसको मुखले परमेश्‍वरलाई धन्यवाद र प्रशंसा चढाउँछ; उसले परमेश्‍वरसँग प्रार्थना गर्दछ, र परमेश्‍वरमा भर पर्दछ, त्यसको साथसाथै उसले परमेश्‍वरलाई धोका दिन्छ। उसले परमेश्‍वरको नाउँ “उच्च पार्दछ”, र परमेश्‍वरको अनुहार हेर्दछ, तापनि ऊ लाज र सर्म नमानी परमेश्‍वरको सिंहासनमा बस्छ र परमेश्‍वरको “अधर्म” को न्याय गर्दछ; उसको मुखबाट ऊ परमेश्‍वरप्रति ऋणी भएको छ भन्‍ने शब्दहरू निस्कन्छन्, र उसले परमेश्‍वरका वचनहरूलाई हेर्दछ, तापनि आफ्नो हृदयमा उसले परमेश्‍वरलाई गाली गर्छ; ऊ परमेश्‍वरप्रति “सहनशील” हुन्छ र पनि उसले परमेश्‍वरलाई थिचोमिचो गर्छ, र उसको मुखले त्यो परमेश्‍वरको खातिर नै हो भन्छ; उसले आफ्नो हातमा परमेश्‍वरका थोकहरू लिन्छ, र उसको मुखमा परमेश्‍वरले दिनुभएको खानेकुरा चपाउँछ, तर उसका आँखाहरू चिसो र भावहीन भएर परमेश्‍वरलाई हेरिरहन्छ, मानौं ऊ उहाँका सबै कुरा हतार-हतार खान चाहन्छ; उसले सत्यलाई हेर्छ, तर त्यो शैतानको चाल हो भनी जोड् दिन्छ; उसले न्यायलाई हेर्छ, तर त्यसलाई आत्म-त्याग बन्न बाध्य पार्छ; उसले मानिसका कामहरूलाई हेर्छ र परमेश्‍वर जे हुनुहुन्छ तिनीहरू त्यही हो भनी जोड् दिन्छ; उसले मानिसको स्वाभाविक वरदानलाई हेर्छ र ती सत्य हुन् भनी जोड् दिन्छ; उसले परमेश्‍वरका कामहरूलाई हेर्छ र ती अहङ्कार र अभिमान, धम्की र स्व-धार्मिकता हो भन्छ; जब मानिसले परमेश्‍वरलाई हेर्छ, उसले उहाँलाई मानवको नाउँ दिन जिद्दी गर्छ, र उहाँलाई शैतानको मिलेमतोमा बस्‍ने सृष्टि गरिएको प्राणीको आसनमा राख्न ठूलो कोसिस गर्छ; ती परमेश्‍वरका वाणीहरू हुन् भन्‍ने कुरा उसले राम्ररी जान्दछ, तापनि ती मानिसको लेख बाहेक अरू केही होइन भनी भन्छ; आत्मा देहमा प्रकट हुनुभएको छ, परमेश्‍वर देह बन्नुभएको छ भन्‍ने कुरा उसले राम्ररी जान्दछ, तर केवल यो देह मात्रै शैतानको सन्तान हो भनेर भन्छ; परमेश्‍वर नम्र र लुक्नुभएको छ भनी उसले राम्रोसँग जान्दछ, तैपनि शैतान लाजमा परेको छ र परमेश्‍वरले जित्नुभएको छ भनेर मात्रै भन्छ। कस्तो बेकम्मा! मानिस सुरक्षा गर्ने कुकुरको रूपमा सेवा गर्न पनि योग्य छैन! उसले कालो र सेतोको भिन्नता पनि छुट्ट्याउन सक्दैन, र जानी-जानी कालोलाई सेतो बनाउँछ। के मानिसका शक्तिहरू र मानिसले पैदा गरेका समस्याहरूले परमेश्‍वरको मुक्तिको दिनलाई सहन सक्छन्? जानी-जानी परमेश्‍वरको विरोध गरेपछि, मानिसले वास्तै गरेन, वा यहाँसम्‍म कि उहाँलाई मार्न खोज्यो, परमेश्‍वरलाई आफैलाई देखाउने अनुमति दिएन। धार्मिकता कहाँ छ? प्रेम कहाँ छ? ऊ परमेश्‍वरको छेउमा बस्दछ, र क्षमा माग्नका निम्ति परमेश्‍वरलाई घुँडा टेकाउन, उसका सबै प्रबन्धहरू पालन गर्न, उसका सबै युक्तिहरू स्वीकार गर्न कर गर्दछ, परमेश्‍वरले गर्नुहुने सबै कुरामा ऊबाट सङ्केत लिनु लगाउँछ, वा नत्र ऊ रिसाउँछ[११] र अचानक अति क्रोधित बन्छ। कालोलाई सेतो बनाउने अन्धकारको यस्तो प्रभावमा परमेश्‍वर कसरी शोकले ग्रस्त हुन सक्नुहुन्न र? किन यसो भनिन्छ, जब परमेश्‍वरले आफ्नो सबभन्दा पछिल्लो काम सुरु गर्नुभयो, त्यो आकाश र पृथ्वी सृष्टि गर्ने कामजस्तै थियो? मानिसका कामहरू यति “सम्‍पन्‍न” छन्, कि “सधैँ बगिरहने जीवित पानीको मूल” ले मानिसको हृदयको खेतलाई निरन्तर “भर्दछ,” भने मानिसको “जिउँदो पानीको मूल” ले सङ्कोच नमानी[१२] परमेश्‍वरको विरुद्ध प्रतिस्पर्धा गर्दछ; ती दुई परस्पर नमिल्ने छन्, र यसले परमेश्‍वरका मानिसहरूलाई दण्डबाट छुटकारा पाउने साधन प्रदान गर्दछ, जब कि मानिसले यसका खतराहरूमा कुनै ध्यान नदिई त्यससँग सहकार्य गर्छ। अनि कुन प्रभावका निम्ति? उसले उदासीन भएर परमेश्‍वरलाई एकातिर पन्साउँछ, र उहाँलाई टाढा राख्छ, जहाँ मानिसहरूले उहाँमाथि कुनै ध्यान दिँदैनन्, उहाँले तिनीहरूका ध्यान खिँच्नुहोला भन्ने गहिरो डर मान्छ, र परमेश्‍वरको जीवित पानीको मूलले मानिसलाई लोभ्याउला र मानिसलाई प्राप्त गर्ला भनी ठूलो डर मान्छ। यसैले धेरै वर्ष सांसारिक चिन्ताहरूको अनुभव गरिसकेपछि, उसले परमेश्‍वरको विरुद्धमा गुप्त युक्ति र षड्यन्त्र गर्दछ, र परमेश्‍वरलाई उसको निन्दाको लक्ष्य पनि बनाउँछ। मानौं, परमेश्‍वर उसको आँखामा मुढो जस्तो हुनुभएको छ, र ऊ परमेश्‍वरलाई समातेर उहाँलाई शोधन र शुद्धीकरण गर्नका लागि आगोमा हाल्‍न चाहन्छ। परमेश्‍वरको असुविधा देखेर, मानिस आफ्नो छाती पिट्छ र हाँस्छ, ऊ खुसीले नाच्छ, र परमेश्‍वर पनि शोधनमा पर्नुभएको छ भनी भन्छ, र उसले परमेश्‍वरको फोहोर अशुद्धता सफा गर्नेछ भनी भन्छ, मानौं यो मात्र तर्कसंगत र समझदार कुरा हो, यी मात्र निष्पक्ष र स्वर्गको उचित तरिकाहरू हुन्। मानिसको यो हिंस्रक व्यवहार जानाजानी र अनजान, दुवैमा गरिएको जस्तो देखिन्छ। मानिसले आफ्नो कुरूप अनुहार र उसको घृणित, फोहोर आत्मा दुवै प्रकट गर्दछ, र साथसाथै एक भिखारीको दयनीय रूप पनि देखाउँछ; टाढा-टाढासम्म भाँडभैलो गरेपछि, उसले एक दयनीय रूप अपनाउँछ र स्वर्गको क्षमाका लागि बिन्ती गर्छ, एक अति नै दयनीय फ्याउरो जस्तै। मानिसले जहिले पनि नसोचेको तरिकामा काम गर्दछ, ऊ सधैँ “अरूलाई तर्साउन बाघको पिठिउँमा सवार हुन्छ,”[क] उसले सधैँ अलिकति भए पनि अभिनय गरिरहेको हुन्छ, उसले परमेश्‍वरको हृदयलाई अलिकति पनि ध्यान दिँदैन, न त उसले आफ्नै इज्जतको कुनै तुलना नै गर्छ। उसले चुपचाप परमेश्‍वरको विरोध मात्र गर्दछ, मानौं परमेश्‍वरले उसँग नराम्रो व्यवहार गर्नुभएको छ, र उसँग त्यस्तो व्यवहार गर्नु हुँदैन थियो, र मानौं स्वर्ग आँखा विहीन छ र जानी-जानी उसका लागि स्थितिहरू गाह्रो बनाइरहेको छ। यसैले मानिसले गोप्य रूपमा कुटिल षड्यन्त्रहरू गर्दछ, र उसले परमेश्‍वरबाट गरेको मागलाई थोरैमा पनि खुकुलो पार्दैन, सिकारीको आँखाले हेर्दै, परमेश्‍वरको हरेक चालमा क्रोध पूर्वक हेर्दै, ऊ आफू परमेश्‍वरको शत्रु हो भन्ने कहिल्यै सोच्दैन, अनि त्यो दिन आउनेछ जब परमेश्‍वरले कुहिरो हटाउनुहुनेछ, र स्थितिहरू स्पष्ट पार्नुहुनेछ, र उसलाई “बाघको मुख” बाट बचाउनुहुनेछ र उसको पक्षमा बदला लिनुहुनेछ भन्‍ने आशा गर्दछ। आज पनि, मानिसहरूले अझै पनि यो सोच्दैनन् कि उनीहरूले परमेश्‍वर विरोधीको भूमिका खेलिरहेका छन् जुन भूमिकालाई युगौं-युगदेखि धेरै मानिसहरूले खेलेका छन्; तिनीहरूले गर्ने सबै कुरामा तिनीहरू लामो समयदेखि गलत बाटोमा गएका छन्, तिनीहरूले बुझेका सबै कुरा लामो समयदेखि समुद्रले निलेको छ भन्‍ने कुरा तिनीहरूले कसरी जान्‍न सक्छन् र।

कसले कहिल्यै सत्यतालाई स्विकारेको छ? कसले खुल्ला अङ्गालोले परमेश्‍वरलाई कहिल्यै स्वागत गरेको छ? कसले खुसीसाथ परमेश्‍वरको उपस्थितिको इच्छा कहिल्यै गरेको छ? मानिसको व्यवहार सडिएको धेरै भयो, र उसको अशुद्धताले लामो समयदेखि परमेश्‍वरको मन्दिरलाई चिन्‍नै नसकिने अवस्थामा छोडेको छ। यसै बीच, मानिसले अझै पनि आफ्नो काम गरिरहन्छ, सधैँ परमेश्‍वरलाई तिरस्कार गर्छ। मानौं, उसले परमेश्‍वरलाई विरोध गर्नुपर्छ भन्‍ने कुरा ढुङ्गामा लेखिएको छ, र अपरिवर्तनीय छ र फलस्वरूप उसले आफ्नो वचन र कार्यको अझ अरू दुर्व्यवहार भोग्नुभन्दा बरु श्रापित हुन्छ। यस्ता मानिसहरूले कसरी परमेश्‍वरलाई चिन्न सक्छन्? तिनीहरू कसरी परमेश्‍वरसित आराम पाउन सक्छन्? अनि तिनीहरू कसरी परमेश्‍वरको सामु आउने योग्य ठहरिन सक्छन्? निस्सन्देह, आफैलाई परमेश्‍वरको व्यवस्थापनको योजनामा समर्पित गर्नु कुनै गलत कुरो होइन—तर मानिसहरूले किन सधैँ परमेश्‍वरको काम र परमेश्‍वरको पूर्णतालाई मनको पछिल्तिर राख्छन्, जबकि निस्वार्थ रूपमा आफ्नै रगत र आँसुहरू समर्पण गर्छन्? मानिसहरूको निःस्वार्थ भक्तिको भावना निस्सन्देह, बहुमूल्य छ—तर तिनीहरूले कातेको “रेशम” परमेश्‍वर जो हुनुहुन्छ त्यसको प्रतिनिधित्व गर्न पूर्ण रूपमा असमर्थ छ भन्‍ने कुरा तिनीहरूले कसरी थाहा पाउन सक्छन्? मानिसहरूको राम्रो अभिप्राय, निस्सन्देह, बहुमूल्य र दुर्लभ छन्—तर तिनीहरूले “अनमोल धन”[१३] लाई कसरी निल्न सक्छन्? तिमीहरू प्रत्येकले आफ्नो विगतको बारेमा सोच्नुपर्छ: किन तिमीहरू कहिल्यै अलग हुनुहुन्न? तिमीहरू किन निर्दयी सजाय र सरापहरूबाट कहिल्यै अलग भएका छैनौ? किन मानिसहरूले जहिले पनि भव्य शब्दहरू र धर्मी न्यायसँग “घनिष्ठ सम्‍बन्ध” कायम राख्छन्? के परमेश्‍वरले साँच्चै तिनीहरूलाई जाँच्दैहुनुहुन्छ? के परमेश्‍वरले जानी-जानी तिनीहरूलाई शोधन गर्दैहुनुहुन्छ? र मानिसहरू कसरी शोधनमा प्रवेश गर्छन्? के तिनीहरूले साँच्चै परमेश्‍वरको काम जान्दछन्? मानिसहरूले परमेश्‍वरको काम र उनीहरूको आफ्नै प्रवेशको बारेमा के-कस्ता पाठहरू सिकेका छन्? मानिसहरूले परमेश्‍वरको उपदेश नबिर्सून्, र तिनीहरूमा परमेश्‍वरको काममा अन्तर्दृष्टि होस्, त्यसलाई स्पष्ट चिन्न सकून्, र तिनीहरूको आफ्नै प्रवेशको उचित रूपले व्यवस्थापन गरून्।

फूटनोटहरू:

१. “बरबादीहरू” मानव जातिको अनाज्ञाकारितालाई प्रकट गर्न प्रयोग गरिन्छ।

२. “आँखा तराई र ठडिएका हजारौं औँलाहरूको चिसो प्रतिरोधको सामना गरेको छ, टाउको निहुराउँदै, इच्छुक गोरुले जस्तो मानिसको सेवा मात्र गर्दै” मूल रूपमा यो एउटै वाक्यमा छ, तर यहाँ कुरा स्पष्ट बनाउनका लागि दुई भागमा विभाजित गरिएको छ। पहिलो वाक्यले मानिसका कार्यहरूलाई जनाउँछ, जबकि दोस्रोले परमेश्‍वरले भोग्नुभएको कष्टलाई, र परमेश्‍वर नम्र र लुक्‍नुभएको छ भन्‍ने तथ्यलाई दर्साउँछ।

३. “पूर्वाग्रह” ले मानिसहरूको अनाज्ञाकारी व्यवहारलाई जनाउँछ।

४. “सम्पूर्ण शक्ति लिन” ले मान्छेको अनाज्ञाकारी व्यवहारलाई जनाउँछ। तिनीहरू आफैलाई माथि राख्छन्, अरूलाई बन्धनमा पार्न, तिनीहरूलाई उनीहरूको पछि लगाउन र उनीहरूका निम्ति कष्ट भोग्न लगाउँछन्। तिनीहरू परमेश्‍वरप्रति शत्रुवत् शक्तिहरू हुन्।

५. “कठपुतली” भन्‍ने शब्‍द परमेश्‍वरलाई नचिन्नेहरूलाई गिल्ला गर्न प्रयोग गरिएको छ।

६. “हिउँको डल्ला” भन्‍ने वाक्यांश मानिसहरूको तुच्छ व्यवहारलाई जोड दिन प्रयोग गरिएको छ।

७. “पनिरबाट चक छुट्याउन सक्दैन” भन्‍ने वाक्यांशले मानिसहरूले परमेश्‍वरको इच्छालाई शैतानी थोकमा बङ्ग्याउने कार्यलाई, समग्रमा, मानिसहरूले परमेश्‍वरलाई अस्वीकार गर्ने व्यवहारलाई जनाउँछ।

८. “कालो र सेतोमा झुक्‍किन्छ” भनेको सत्यलाई भ्रमसित, र धार्मिकतालाई खराबीसित मिसाउनु हो।

९. “डाँकु” भन्‍ने शब्‍द मानिसहरू समझहीन छन् र तिनीहरूमा अन्तर्दृष्टिको अभाव छ भनेर सङ्केत गर्न प्रयोग गरिएको हो।

१०. “टुक्राटाक्री र उब्रेका कुराहरू” भन्‍ने वाक्यांश मानिसहरूले परमेश्‍वरलाई दमन गर्ने व्यवहारलाई जनाउनका लागि प्रयोग गरिन्छ।

११. “रिसाउँछ” ले मानिसको कुरूप अनुहारलाई बुझाउँछ जुन क्रुद्ध र चिढिएको हुन्छ।

१२. “सङ्कोच नमानी” ले मानिसहरू लापरवाह भएको कुरालाई र परमेश्‍वरप्रतिको अलिकता पनि श्रद्धा नहुनुलाई जनाउँछ।

१३. “अनमोल धन” ले परमेश्‍वरको सम्पूर्णतालाई जनाउँछ।

क. यसलाई स्रोत वाक्यांश “hú jiǎ hǔ wēi [हु जे हउ वेइ]” को आधारमा अनुवाद गरिएको हो, जुन एक चिनियाँ उखान हो। यसले एउटा कथालाई सङ्केत गर्दछ, जहाँ एउटा स्याल बाघको साथमा हिँडेर अन्य जनावरहरूलाई तर्साउँछ, यसरी बाघले पाउनु पर्ने डर र इज्जत “सापट” लिन्छ। यहाँ अरूलाई तर्साउन वा दमन गर्न कसैको इज्जत “सापट लिने” मानिसहरूलाई जनाउन यो उपमाको प्रयोग गरिएको छ।

अघिल्लो: काम र प्रवेश (८)

अर्को: काम र प्रवेश (१०)

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वर स्वयम् अद्वितीय ८

सबै थोकका लागि जीवनको स्रोत परमेश्‍वर नै हुनुहुन्छ (२)हामी हाम्रो पछिल्लो विषयको सङ्गतिलाई निरन्तरता दिनेछौं। हाम्रो गत सङ्‍गतिको विषय के...

अपरिवर्तित स्वभाव हुनु भनेको परमेश्‍वरसँगको शत्रुतामा हुनु हो

हजारौँ वर्षको भ्रष्‍टतापछि, मानिस सुन्‍न नसक्‍ने र सुस्त भएको छ; ऊ परमेश्‍वरको विरोध गर्ने भूत बनेको छ, यतिसम्म कि परमेश्‍वरप्रति मानिसको...

आखिरी दिनहरूका ख्रीष्‍टले मात्रै मानिसलाई अनन्त जीवनको बाटो दिन सक्‍नुहुन्छ

जीवनको बाटो जोसुकैसँग हुने कुरा होइन, न त यो जोकोहीले सहजै प्राप्त गर्न सक्‍ने कुरा नै हो। यस्तो किन हुन्छ भने जीवन परमेश्‍वरबाट मात्रै आउन...

शोधन अनुभव गरेपछि मात्र मानिसमा साँचो प्रेम हुन सक्छ

तिमीहरू परीक्षा र शोधनको बीचमा छौ। शोधनको क्रममा तिमीहरूले परमेश्‍वरलाई कसरी प्रेम गर्नुपर्छ? शोधन अनुभव गरेपछि मानिसहरूले परमेश्‍वरलाई...

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्