सिद्ध पारिनेहरूका निम्ति दिइएका प्रतिज्ञाहरू
परमेश्वरले मानिसलाई सिद्ध पार्ने मार्ग के हो? यसमा के-के कुरा पर्छन्? के तँ परमेश्वरद्वारा सिद्ध पारिन तत्पर छस्? के तँ उहाँको न्याय र सजायलाई स्वीकार गर्न तत्पर छस्? तैँले यी प्रश्नबारे के जान्दछस्? यदि तँसँग यी कुराबारे भन्ने कुनै कुरा छैन भने, तँ परमेश्वरको काम थाहा पाउँदैनस् र पवित्र आत्माले तँलाई अन्तर्दृष्टि दिनुभएको छैन भन्ने प्रमाण यही हो। यस्ता मानिसहरूलाई सिद्ध पार्न असम्भव छ। तिनीहरूलाई केवल थोरै आनन्द गर्नलाई अनुग्रहको सानो अंश मात्र दिइएको छ र यो लामो समयसम्म रहनेछैन। यदि मानिसहरूले परमेश्वरको अनुग्रहको आनन्द मात्र मनाउँछन् भने, तिनीहरूलाई सिद्ध पार्न सकिँदैन। कोही आफ्नो देहमा शान्ति र आनन्द हुँदा, जीवन सहज र आपद् वा दुर्भाग्यविनाको हुँदा, पूरा परिवार कलह वा झमेलारहित मिलापमा रहँदा सन्तुष्ट हुन्छन्—र तिनीहरूले यसलाई परमेश्वरको आशिष् हो भनी विश्वास गर्न पनि सक्छन्। खासमा यो, परमेश्वरको अनुग्रह मात्र हो। परमेश्वरको अनुग्रहमा आनन्द मनाउँदा मात्र तिमीहरू सन्तुष्ट हुनु हुँदैन। यस्तो सोचाइ अत्यन्त अधम सोचाइ हो। तैँले हरेक दिन परमेश्वरको वचन पढे पनि, हरेक दिन प्रार्थना गरे पनि, तेरो आत्मामा ठूलो आनन्द महसुस भए पनि र विशेष गरी शान्तिमा भए पनि, यदि तँसँग परमेश्वर र उहाँको कामबारे तेरो ज्ञानको सन्दर्भमा बताउने कुनै कुरा छैन, र कुनै पनि कुरा अनुभव गरेका छैनस् भने, तैँले परमेश्वरको वचन जति धेरै खाएको र पिएको भए पनि, यदि तैँले महसुस गर्ने कुरा भनेको आत्मिक शान्ति र आनन्द मात्र हो र तैँले परमेश्वरको वचनको पर्याप्त मात्रामा आनन्द लिन नसके जस्तै गरी यो वचन अतुलनीय मिठास छ भने पनि, तर परमेश्वरका वचनहरूको कुनै व्यावहारिक अनुभव छैन र उहाँका वचनहरूको वास्तविकतामा पूर्ण रूपमा खाली छस् भने, तैँले परमेश्वरको यस्तो विश्वासबाट के प्राप्त गर्न सक्छस् र? यदि तैँले परमेश्वरका वचनहरूको सारलाई जीवनमा उतार्न सकिनस् भने, तैँले परमेश्वरका यी वचन खाने र पिउने काम अनि तेरा प्रार्थनाहरू धार्मिक आस्थाबाहेक अरू केही पनि होइनन्। यस्ता मानिसहरूलाई परमेश्वरले सिद्ध पार्न सक्नुहुन्न र हासिल गर्न सक्नुहुन्न। परमेश्वरले हासिल गरिएका मानिसहरू सत्यता अनुसरण चल्नेहरू हुन्। परमेश्वरले हासिल गर्नुहुने कुरा मानिसको देह होइन, उसको अधीनमा रहेका कुराहरू होइनन्, तर परमेश्वरको स्वामित्वमा रहेको ऊभित्रको भाग हो। यसैले, परमेश्वरले मानिसहरूलाई सिद्ध पार्नुहुँदा तिनीहरूको देहलाई होइन, तर उहाँद्वारा तिनीहरूका हृदयहरूलाई हासिल गर्न दिएर, ती हृदयलाई सिद्ध पार्नुहुन्छ; सङ्क्षेपमा भन्ने हो भने, परमेश्वरले मानिसलाई सिद्ध पार्नु भनेको ती हृदय परमेश्वरतर्फ फर्कून् र उहाँलाई प्रेम गरून् भनी मानिसको हृदयलाई सिद्ध पार्नु हो।
मानिसको शरीर मासु र रगतको हुन्छ। मानिसको देह प्राप्त गरेर परमेश्वरको कुनै उद्देश्य पूरा हुने होइन, किनभने मानिसको देह अनिवार्य रूपमा सड्ने कुरा हो र त्यसले उहाँको उत्तराधिकार पाउन वा उहाँका आशिष्हरू उत्तराधिकारमा प्राप्त गर्न सक्दैन। यदि मानिसको देह प्राप्त गरियो, र मानिसको देह मात्रै यस प्रवाहमा रह्यो भने, मानिस नामका लागि मात्र यस प्रवाहमा भए पनि, उसको हृदय शैतानको हुनेथियो। त्यसो हुनाले, मानिसहरू परमेश्वरको प्रकटीकरण बन्न असक्षम हुने मात्र होइन, तिनीहरू त उहाँको बोझ पनि बन्नेथिए, र यसरी परमेश्वरले मानिसहरूलाई चुन्नु अर्थहीन बन्नेथियो। परमेश्वरले सिद्ध पार्ने अभिप्राय राख्नुभएकाहरू सबैले उहाँका आशिष्हरू उत्तराधिकारमा प्राप्त गर्नेछन् र उहाँको उत्तराधिकार पाउनेछन्। अर्थात्, तिनीहरू परमेश्वरसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यसलाई स्वीकार गर्छन् ताकि त्यो तिनीहरूभित्रै भएको कुरा बनोस्; तिनीहरूले परमेश्वरका सबै वचनलाई आफूभित्र अपनाएका हुन्छन्; र परमेश्वर जे हुनुहुन्छ, तिनीहरूले त्यो सबै जस्ताको तस्तै स्वीकार गर्न सक्छन्। यसरी, तिनीहरू सत्यता जिउँछन्। यस्तै प्रकारको व्यक्तिलाई परमेश्वरद्वारा सिद्ध पारिन्छ र परमेश्वरद्वारा प्राप्त गरिन्छ। यस्तो व्यक्ति मात्रै परमेश्वरद्वारा प्रदान गरिने आशिष्हरू उत्तराधिकारमा प्राप्त गर्न योग्य हुन्छ:
१. परमेश्वरको सम्पूर्ण प्रेम प्राप्त गर्नु।
२. सबै कुरामा परमेश्वरका अभिप्रायहरूअनुरूप कार्य गर्नु।
३. परमेश्वरको मार्गदर्शन प्राप्त गर्नु, परमेश्वरको ज्योतिमा जिउनु, र परमेश्वरको अन्तर्दृष्टि प्राप्त गर्नु।
४. पृथ्वीमा परमेश्वरले प्रेम गर्ने स्वरूप जिउनु; परमेश्वरलाई साँचो रूपमा प्रेम गर्ने, परमेश्वरका लागि क्रूसमा टाँगिने र परमेश्वरको प्रेमको प्रतिदान गर्नका लागि मर्न योग्य हुने पत्रुसजस्तै बन्नु; पत्रुसको जस्तै महिमा हुनु।
५. पृथ्वीमा सबैद्वारा प्रेम, आदर, र प्रशंसा गरिनु।
६. मृत्यु र पातालको बन्धनको हरेक पक्षलाई जित्नु, शैतानलाई आफ्नो काम गर्ने कुनै अवसर नदिनु, परमेश्वरद्वारा स्वामित्वमा लिइनु, ताजा र जीवन्त आत्माभित्र जिउनु, र वाक्क नहुनु।
७. जीवनभरि हर समय हर्ष र उत्साहको अवर्णनीय अनुभूति हुनु, मानौँ कसैले परमेश्वरको महिमाको दिनको आगमन देखेको छ।
८. परमेश्वरसँगै महिमा प्राप्त गर्नु र परमेश्वरका प्रिय पवित्र जनहरूको जस्तै मुहार हुनु।
९. पृथ्वीमा परमेश्वरले प्रेम गर्ने कुरा बन्नु, अर्थात्, परमेश्वरको प्रिय पुत्र बन्नु।
१०. रूप परिवर्तन गर्नु अनि परमेश्वरसँगै तेस्रो स्वर्गमा उक्लनु र देहभन्दा माथि उठ्नु।
परमेश्वरका आशिष्हरू प्राप्त गर्ने मानिसहरूलाई मात्र उहाँले सिद्ध पार्नुहुन्छ र हासिल गर्नुहुन्छ। के तैँले हाल कुनै कुरा प्राप्त गरेको छस्? परमेश्वरले तँलाई कुन हदसम्म सिद्ध पार्नुभएको छ? परमेश्वरले मानिसलाई जथाभाबी सिद्ध पार्नुहुन्न; उहाँले मानिसलाई सिद्ध पार्नुहुने कुरा सर्तमा आधारित हुन्छ, र जसबाट स्पष्ट देख्न सकिने परिणामहरू निस्कन्छन्। मान्छेले कल्पेजस्तो उसले परमेश्वरमा विश्वास गरुन्जेलसम्म उहाँले उसलाई सिद्ध पार्नुहुने र उसलाई प्राप्त गर्नुहुने र उसले पृथ्वीमा परमेश्वरका आशिष्हरू र उत्तराधिकार प्राप्त गर्न सक्ने भन्ने हुँदैन। यस्ता कुराहरू अत्याधिक कठिन छन्—मानिसहरूको स्वरूप परिवर्तन गर्ने त कुरै नगरौँ। हाल, तिमीहरूले मुख्यतया खोज्नुपर्ने कुराचाहिँ सबै कुरामा परमेश्वरले तँलाई सिद्ध पार्नु र तैँले सामना गर्ने सबै मानिस, घटना, कामकुराहरूद्वारा तँलाई सिद्ध पार्नु हो, ताकि उहाँ जे हुनुहुन्छ सो तिमीहरूभित्र बनियोस्। तैँले पहिले पृथ्वीमा परमेश्वरको उत्तराधिकार प्राप्त गर्नुपर्छ; अनि मात्र तँ परमेश्वरबाट आउने अझ धेरै र ठूला आशिष्हरू प्राप्त गर्न योग्यको ठहरिनेछस्। यी सबै तिमीहरूले पछ्याउनुपर्ने र सबै थोकभन्दा अघि बुझ्नुपर्ने कुरा हुन्। तँ जति धेरै परमेश्वरद्वारा सिद्ध पारिने पछ्याइमा लाग्छस्, उति नै धेरै तैँले सबै थोकमा परमेश्वरको बाहुली देख्न सक्छस्, जसको परिणामस्वरूप विविध दृष्टिकोण र विभिन्न मामलाहरूमार्फत तँ सक्रिय रूपमा उहाँको वचनको सत्त्वभित्र प्रवेश गर्ने र उहाँको वचनको वास्तविकताभित्र प्रवेश गर्ने पछ्याइमा लाग्छस्। पापहरू मात्र नगर्ने, वा कुनै रायहरू नै नभएको, सांसारिक कुराहरू सम्बन्धी दर्शनविनाको र कुनै मानव इच्छाविनाको हुने गरी तँ यस्तो नकारात्मक अवस्थामा सन्तुष्ट हुन सक्दैनस्। परमेश्वरले मानिसलाई कैयौं तरिकाले सिद्ध पार्नुहुन्छ; सबै कुरामा सिद्ध पार्ने सम्भावना हुन्छ, अनि उहाँले तँलाई अझ धेरै प्रशस्त हासिल गर्ने पारिन सकारात्मक ढाँचामा मात्र होइन नकारात्मक ढाँचामा पनि सिद्ध पार्न सक्नुहुन्छ। हरेक दिन सिद्ध पार्ने अवसरहरू र परमेश्वरद्वारा हासिल गरिन सक्ने समयहरू हुन्छन्। केही समयको निम्ति यस्ता कुरा भोगेपछि, तँमा ठूलो परिवर्तन आउनेछ र यसअघि अज्ञात रहेका धेरै कुरा तैँले स्वभाविक रूपमा बुझ्नेछस्। अरूबाटको शिक्षा आवश्यक पर्दैन; तँलाई थाहा नभइकन नै, परमेश्वरले तँलाई अन्तर्दृष्टि दिनुहुनेछ, ताकि तैँले सबै कुरामा अन्तर्दृष्टि प्राप्त गर्न सकेको होस् र तँ आफ्ना सबै अनुभवभित्र विस्तृत रूपमा प्रवेश गर्न सकेको होस्। परमेश्वरले निश्चय नै मार्गदर्शन गर्नुहुनेछ, ताकि तँ दायाँ वा बायाँतिर मोडिनेछैनस् र यसरी तैँले उहाँद्वारा सिद्ध तुल्याइने मार्गमा कदम राख्नेछस्।
परमेश्वरबाट सिद्ध पारिने काम परमेश्वरको वचन खाएर र पिएर प्राप्त हुने सिद्धतामा सीमित हुन सक्दैन। यस्तो अनुभव ज्यादै एकतर्फी हुनेथियो, यसले सिद्धतालाई एकदम थोरै समावेश गर्नेथियो र मानिसलाई केवल एउटा सानो दायरामा प्रतिबन्धित गर्न सक्थ्यो। यस्तो भएकाले, यसमा मानिसलाई चाहिने आत्मिक पोषणको धेरै अभाव हुनेथियो। यदि तिमीहरू परमेश्वरद्वारा सिद्ध पारिन चाहन्छौ भने, तिमीहरूले सबै विषयमा कसरी अनुभव प्राप्त गर्ने भनेर सिक्नै पर्दछ, र तिमीहरू आफूलाई आइपर्ने हरेक कुरामा अन्तर्दृष्टि प्राप्त गर्न सक्षम हुनुपर्दछ। यो राम्रो होस वा नराम्रो, यसले तँलाई फाइदा पुऱ्याउनुपर्छ, र तँलाई नकारात्मक बनाउनु हुँदैन। जेसुकै होस, तँ परमेश्वरको पक्षमा उभिएर मामिलाहरू विचार गर्न सक्षम हुनुपर्दछ, र तिनको विश्लेषण वा अध्ययन मानिसको परिप्रेक्ष्यबाट गर्नु हुँदैन (यो तेरो अनुभवमा एउटा विचलन हुनेथियो)। यदि तैँले यस्तो अनुभव गरिस् भने, तेरो हृदय जीवनको बोझले भरिनेछ; तँ सधैँ परमेश्वरको अनुहारको ज्योतिमा बस्नेछस्, र सम्भवतः तेरो अभ्यासमा विचलनहरू आउनेछैनन्। त्यस्तो मानिसको अगाडि उज्ज्वल भविष्य हुन्छ। परमेश्वरद्वारा सिद्ध हुने धेरै अवसर छन्। यी सबै कुरा तिमीहरू साँचो रूपमा परमेश्वरलाई प्रेम गर्ने व्यक्ति हौ कि होइनौ र तिमीहरूसँग परमेश्वरद्वारा सिद्ध पारिन, परमेश्वरद्वारा हासिल गरिन र उहाँको आशिष र उत्तराधिकार प्राप्त गर्न दृढ सङ्कल्प छ कि छैन भन्ने कुरामा भर पर्छ। दृढ सङ्कल्प मात्र पर्याप्त छैन; तिमीहरूसँग धेरै ज्ञान हुनुपर्दछ, नत्र तिमीहरूको अभ्यासमा सधैँ विचलनहरू आउनेछन्। परमेश्वर तिमीहरू प्रत्येक र हरेकलाई सिद्ध गर्न इच्छुक हुनुहुन्छ। यथार्थमा भन्ने हो भने, धेरैजसो मानिसले लामो समयदेखि परमेश्वरको कामलाई स्वीकार गरिसके तापनि, तिनीहरूले आफूलाई केवल परमेश्वरको अनुग्रहमा आनन्दित तुल्याउन सीमित गरेका छन् र तिनीहरू परमेश्वरबाट थोरै देहको आनन्द प्राप्त गर्न मात्र राजी छन्, अझै धेरै र अझ उच्च प्रकाशहरू प्राप्त गर्न तयार छैनन्। यसले मानिसको हृदय अझै पनि सदाझैँ बाहिर छ भन्ने देखाउँछ। मानिसको काम, सेवा र परमेश्वरलाई प्रेम गर्ने उसको हृदयमा थोरै अशुद्धता भए पनि, जहाँसम्म उसको भित्री सार र पिछडिएको सोचाइको सवाल छ, उसले अझै पनि निरन्तर देहको शान्ति र आनन्दको खोजी गर्दछ, र परमेश्वरले उसलाई सिद्ध पार्नुका सर्त र त्यसका उद्देश्य के हुन सक्छन् भन्नेबारे उसले कुनै वास्ता गर्दैन। तसर्थ, धेरैजसो मानिसको जीवन अझै असभ्य र पतित छ। तिनीहरूको जीवन थोरै परिवर्तनसमेत भएको छैन; तिनीहरू परमेश्वरप्रतिको विश्वासलाई महत्वपूर्ण मामिलाका रूपमा हेर्दैनन्, यस्तो लाग्छ, तिनीहरूको विश्वास अरूको लागि हो, झारा टार्ने र लापरवाही छ, उद्देश्यविहीन अस्तित्वमा विचलित हुन्छ। थोरै मानिस मात्र अझ धेरै र मूल्यवान् चीजहरू प्राप्त गर्दै, सबै चीजमा परमेश्वरको वचनमा प्रवेश गर्न सक्षम भएका छन्, आज तिनीहरू परमेश्वरको घरमा अझ धेरै मूल्यवान् मानिस बनेका छन् र परमेश्वरबाट धेरै आशिष पाइरहेका छन्। यदि तँ सबै कुरामा परमेश्वरबाट सिद्ध पारिन खोज्छस् र पृथ्वीमा परमेश्वरले जे प्रतिज्ञा गर्नुभएको थियो, त्यो कुरा प्राप्त गर्न सक्षम छस् भने, यदि तँ सबै कुरामा परमेश्वरद्वारा अन्तर्दृष्टि पाउन खोज्छस् र वर्षहरू निष्क्रिय रूपमा बित्न दिँदैनस् भने, सक्रिय भएर प्रवेश गर्ने आदर्श मार्ग यही हो। केवल यसरी तँ परमेश्वरबाट सिद्ध पारिन योग्य र उपयुक्त हुनेछस्। के तँ साँच्चिकै त्यही मानिस होस् जो परमेश्वरद्वारा सिद्ध पारिन चाहन्छ? के तँ साँच्चिकै त्यही मानिस होस् जो सबै कुरामा व्यग्र छ? के तँसँग पत्रुसको जस्तै परमेश्वरप्रति प्रेमको आत्मा छ? के तँसँग येशूले गर्नुभएजस्तै परमेश्वरलाई प्रेम गर्ने सङ्कल्प छ? तैँले धेरै वर्षदेखि येशूमा विश्वास गरिस्; के तैँले येशूले परमेश्वरलाई कसरी प्रेम गर्नुभयो भन्ने देखिस्? के तैँले साँचो विश्वास येशूमै गर्छस्? तँ आजका व्यावहारिक परमेश्वरमा विश्वास गर्छस्; के तैँले देहमा हुनुभएको व्यावहारिक परमेश्वरले स्वर्गमा रहेको परमेश्वरलाई कसरी प्रेम गर्नुहुन्छ भनेर देखेको छस्? तँ प्रभु येशू ख्रीष्टमा विश्वास गर्छस्; त्यो यसैले हो किनभने मानवजातिलाई छुटकारा दिन येशू क्रूसमा टाँगिनुभयो र उहाँले गर्नुभएका आश्चर्यकर्म सामान्यतया स्वीकारिएका तथ्य हुन्। यद्यपि मानिसको विश्वास येशू ख्रीष्टको ज्ञान र सत्य बुझाइबाट आउँदैन। तँ केवल येशूको नाममा विश्वास गर्छस्, तर तँ उहाँको आत्मामा विश्वास गर्दैनस्, किनकि तँ येशूले परमेश्वरलाई कसरी प्रेम गर्नुभयो भन्ने कुरामा कुनै ध्यान दिँदैनस्। तेरो परमेश्वरप्रतिको विश्वास धेरै अपरिपक्व छ। धेरै वर्षसम्म येशूमा विश्वास गरे पनि, परमेश्वरलाई कसरी प्रेम गर्ने भन्ने तँलाई थाहा छैन। के यसले तँलाई विश्वको सबैभन्दा ठूलो मूर्ख बनाउँदैन? यो तैँले वर्षौंदेखि प्रभु येशू ख्रीष्टको खाना बेकारमा खाइरहेको छस् भन्ने प्रमाण हो। म त्यस्ता मानिसलाई मन नपराउने मात्र होइन, मलाई भरोसा छ प्रभु येशू ख्रीष्टमा—जसलाई तँ आदर गर्छस्—उहाँले पनि तिनीहरूलाई मन पराउनुहुन्न। त्यस्ता मानिस कसरी सिद्ध हुन सक्छ? के तेरो मुख लाजले रातो हुँदैन? के तँलाई लाज लाग्दैन? के तँसँग तेरो प्रभु येशू ख्रीष्टको सामना गर्ने आँट छ? के तिमीहरू सबैले मैले भनेको कुराको अर्थ बुझ्छौ?