मार्ग … (५)

विगतमा, कसैलाई पनि पवित्र आत्माको बारेमा थाहा थिएन, पवित्र आत्माले हिँड्नुभएको मार्गको बारेमा उनीहरूलाई ज्ञान हुने कुरा त परै जाओस्। यसैले मानिसहरूले सधैँ आफूलाई परमेश्‍वरको अघि मूर्ख बनाए। यो भन्नु उचित हुन्छ, कि परमेश्‍वरमा विश्‍वास गर्ने प्रायजसो सबैले आत्माको बारेमा जानेका हुँदैनन्, र तिनीहरूको विश्‍वास अलमल्ल र भ्रमित हुन्छ। स्पष्ट छ, मानिसहरूले परमेश्‍वरलाई बुझ्दैनन्; तिनीहरूले आफ्नो मुखले उहाँमा विश्‍वास गर्छु भनेर भने पनि, वास्तवमा, तिनीहरूका व्यवहार अनुसार त तिनीहरूले परमेश्‍वरमा होइन, तर आफैमा विश्‍वास गर्छन्। मेरो आफ्‍नै अनुभवमा, मैले देखेको छु, कि परमेश्‍वरले देहधारी परमेश्‍वरको गवाही दिनुहुन्छ, र बाहिरबाट हेर्दा मानिसहरू परमेश्‍वरको गवाहीलाई स्वीकार गर्न बाध्य भएका छन् जस्तो देखिन्छ, तिनीहरू परमेश्‍वरका आत्मा पूर्ण रूपमा त्रुटिहीन हुनुहुन्छ भनी विश्‍वास गर्छन् भनी मुस्किलले भन्न सकिन्छ। तापनि म भन्छु, कि मानिसहरूले यस व्यक्तिमा विश्‍वास गर्दैनन्, परमेश्‍वरका आत्मामा विश्‍वास गर्ने कुरा त परै जाओस्, तर तिनीहरूले तिनीहरूका आफ्नै भावनाहरूमा विश्‍वास गर्छन्। के तिनीहरूले त्यसो गरेर आफैमा विश्‍वास गरिरहेका हुँदैनन् र? म जे भन्छु त्यो सत्य छ। मैले मानिसहरूलाई नाउँ दिइरहेको छैन, तर मैले एउटा कुरा स्पष्ट पार्नुपर्छ: आजको दिनसम्म मानिसहरू पवित्र आत्माले नै ल्याउनुभएको होस्, चाहे स्पष्ट होऊन् वा अलमल्ल परेका होऊन्। यो मानिसले नियन्त्रण गर्ने कुरा होइन। मैले पहिले पवित्र आत्माले मानिसहरूलाई विश्‍वास गर्न बाध्य बनाउनुहुन्छ भन्‍ने बारेमा उल्‍लेख गरेको कुराको एउटा उदाहरण यही हो; पवित्र आत्माले काम गर्ने तरिका यही नै हो, र पवित्र आत्माले लिनुभएको मार्ग यही हो। वास्तवमा, मानिसहरूले जसमा विश्‍वास गरे पनि पवित्र आत्माले बल पूर्वक मानिसहरूलाई एक किसिमको भावना दिनुहुन्छ, र त्यसद्वारा तिनीहरूलाई आफ्नो हृदयमा परमेश्‍वरमा विश्‍वास गर्ने बनाउनुहुन्छ। के तँ यस्तै प्रकारले विश्‍वास गर्दैनस् र? के तँलाई परमेश्‍वरमाथिको तेरो विश्‍वास अनौठो कुरा हो जस्तो लाग्दैन? के तँलाई यस प्रवाहबाट उम्कन नसक्‍नु अनौठो कुरा हो भन्‍ने लाग्दैन? के तैँले यसबारे विचार गर्नका लागि कुनै कोसिस गरेको छैनस्? के यो सबैभन्दा ठूलो चिह्न र चमत्कार होइन र? यदि तैँले धेरै पटक उम्कने इच्छा गरेको थिइस् भने पनि, सधैँ एउटा शक्तिशाली जीवन शक्ति हुन्छ जसले तँलाई आकर्षित गर्दछ, र तँलाई छोडेर जान अनिच्छुक बनाउँदछ। अनि हरेक पटक जब तँ आफैलाई यस्ता परिस्थितिहरूमा पाउँछस्, तँ रुन र विलाप गर्न थाल्छस्, अब के गर्ने होला भनी अन्योल हुन्छस्। तिमीहरूमध्ये कोही-कोही छोड्ने कोसिस गर्छौ, तर जब तँ जाने कोसिस गर्छस्, तेरो मुटुमा छुरी रोपेको जस्तो हुन्छ, संसारको कुनै पिसाचले तँलाई बेचैन र अशान्त अवस्थामा छोडेर तेरो प्राण खोसेर लगेको जस्तो तैँले महसुस गर्छस्। त्यसपछि, तैँले आफैलाई दृढ पारेर परमेश्‍वरमा नफर्की रहन सक्दैनस्। … के तैँले यो अनुभव प्राप्त गरेको थिइनस् र? मलाई कुनै शङ्का छैन, कि आफ्नो हृदय खोल्न सक्ने जवान भाइ-बहिनीहरूले यसो भन्नेछन्: “हो! मैले यो धेरै पटक अनुभव गरेको छु, यो सोच्दा पनि मलाई लाज लाग्छ!” मेरो आफ्नै दैनिक जीवनमा, म मेरा जवान भाइ-बहिनीहरूलाई मेरा घनिष्ठहरू जस्तो व्यवहार गर्न पाउँदा म सधैँ खुसी हुन्छु, किनकि उनीहरूमा धेरै निष्कपटता हुन्छ‍—उनीहरू अति शुद्ध र प्रेमिलो हुन्छन्। उनीहरू मेरा आफ्नै साथीहरू जस्तै हुन्। यसैले म जहिले पनि मेरो घनिष्ठ व्यक्तिहरूलाई एकसाथ भेला गरेर हाम्रा आदर्शहरू र हाम्रा योजनाहरूको बारेमा कुरा गर्ने मौकाको खोजीमा छु। परमेश्‍वरको इच्छा हामीमा पूरा होस्, यसैले कि हामी सबै मासु र रगतजस्तो बनौं, हामीबीच कुनै बाधा वा दूरी नहोस्। हामी सबैले परमेश्‍वरसँग यसरी प्रार्थना गर्न सकौं: “हे परमेश्‍वर! यदि यो तपाईंको इच्छा हो भने, हामी बिन्ती गर्दछौं कि तपाईंले हामीलाई सही वातावरण दिनुहोस्, यसैले कि हामी आफ्ना हृदयका इच्छाहरू पूरा गर्न सकौं। तपाईंले हामीमाथि दया गर्नुहोस्, हामी जो जवान छौं र जसमा विवेकको कमी छ, र हामीलाई हाम्रो हृदयमा रहेको शक्ति प्रकट गर्न सहायता गर्नुहोस्!” मलाई विश्‍वास छ, कि यो परमेश्‍वरको इच्छा हो, किनकि धेरै अघि मैले परमेश्‍वरसँग यसो भनेर प्रार्थना गरेको छु: “हे पिता! पृथ्वीमा, तपाईंको इच्छा यस पृथ्वीमा चाँडै पूरा होस् भन्ने इच्छा गर्दै हामी निरन्तर तपाईंलाई पुकार्छौं। म तपाईंको इच्छा खोज्छु। तपाईं जे गर्न चाहनुहुन्छ त्यो गर्नुहोस् र ममा तपाईंको काम चाँडै पूरा गर्नुहोस्। म यो पनि इच्छा गर्दछु कि यदि तपाईंको इच्छा चाँडै पूरा हुन्छ भने तपाईंले हामी बीचमा नयाँ मार्ग खोल्नुहोस्! म यो मात्र बिन्ती गर्दछु, तपाईंको काम चाँडै पूरा हुन सकेको होस्, र मलाई विश्‍वास छ, कुनै नियमले यसलाई रोक्न सक्दैन!” आज परमेश्‍वरको काम यस्तै छ; के तैँले पवित्र आत्माले हिँड्नुहुने मार्गलाई देख्दैनस्? जब-जब म ठूला भाइ-बहिनीहरूलाई भेट्छु, ममा दबाबको अवर्णनीय अनुभूति हुन्छ। जब म तिनीहरूलाई भेट्छु, म तिनीहरूले समाजमा दुर्गन्ध फैलाएको देख्दछु; तिनीहरूको धार्मिक धारणाहरू, परिस्थितिहरूको सामना गर्ने तिनीहरूका अनुभव, तिनीहरूको बोल्ने तरिका, तिनीहरूले प्रयोग गर्ने शब्दहरू र यस्तै अरू कुराहरू—ती सबै चिढ्याउने किसिमका हुन्छन्। तिनीहरू “बुद्धि” ले भरिएको हुनुपर्ने हो। म सधैँ सकेसम्म तिनीहरूबाट टाढा बस्छु, किनकि व्यक्तिगत रूपमा, म यस संसारमा जिउने दर्शनहरूद्वारा सुसज्जित छैन। जब-जब म यी मानिसहरूलाई भेट्छु, तिनीहरूले मलाई थकित बनाएर छोड्छन्, मेरो टाउको पसिनाले ढाकिएको हुन्छ; कहिलेकहीँ म यति दबाबमा पर्छु कि मलाई सास फेर्न समेत कठिन हुन्छ। यसैले यस्तो सङ्कटको घडीमा, परमेश्‍वरले मलाई उम्कने एउटा ठूलो मार्ग दिनुहुन्छ। सायद त्यो मेरो गलत धारण हुन सक्छ। परमेश्‍वरलाई केले फाइदा गर्छ मलाई त्यसको मात्र चासो छ; परमेश्‍वरको इच्छाको काम गर्नु भनेको सबैभन्दा महत्त्वपूर्ण कुरा हो। म यी मानिसहरूबाट टाढा नै बस्छु, तर यदि परमेश्‍वर मैले उनीहरूलाई भेटेको चाहनुहुन्छ भने म आज्ञापालन गर्छु। यो तिनीहरू अप्रिय भएकोले होइन, तर उनीहरूको “बुद्धि,” धारणाहरू र यो संसारमा जिउने दर्शनहरू अति नै घृणित छन्। म त्यहाँ परमेश्‍वरको काम पूरा गर्नका लागि हुन्छु, उनीहरूले कसरी काम गर्छन् भनेर जान्नका लागि होइन। मलाई याद छ, परमेश्‍वरले एक पटक मलाई यसो भन्नुभएको थियो, “पृथ्वीमा, केवल तेरा पिताको इच्छा पूरा गर्न खोज् र उहाँको आज्ञा पूरा गर्। अरू केही कुरा तँसँग सम्बन्धित छैन।” यो कुरा सोच्दा मलाई थोरै शान्ति मिल्छ। किनकि मानवीय मामिलाहरू सधैँ मलाई जटिल लाग्छ; म तिनलाई बुझ्‍न सक्दिनँ, र के गर्नुपर्छ भनी म जान्दिनँ। यसकारण अनगिन्ती पटक म यसद्वारा चिन्तित भएको छु र मैले मानवजातिलाई घृणा गरेको छु; मानिसहरू किन यति जटिल हुनु परेको? किन तिनीहरू साधारण हुन सक्दैनन्? यति चलाख हुने झमेलामा किन परेका? जब म मानिसहरूलाई भेट्छु, प्रायजसो यो परमेश्‍वरले मलाई दिनुभएको आदेशमा आधारित हुन्छ। सायद केही पटक त्यस्तो नभएको हुन सक्छ, तर मेरो हृदयमा के लुकेको छ त्यो कसले जान्न सक्छ?

मैले धेरै पटक मसँग भएका भाइ-बहिनीहरूलाई तिनीहरूले आफ्नो हृदयले परमेश्‍वरमा विश्‍वास गर्नुपर्दछ, तिनीहरूले आफ्नै हित खोज्नु हुँदैन, तर परमेश्‍वरको इच्छामा ध्यान दिनुपर्छ भन्‍ने सल्‍लाह दिएको छु। म धेरै चोटि परमेश्‍वरको सामु वेदनामा रोएको छु: मानिसहरू किन परमेश्‍वरको इच्छालाई वास्ता गर्दैनन्? अवश्य नै, परमेश्‍वरको काम कुनै कारणविना कुनै सङ्केत नछोडी विलुप्त हुन सक्दैन? मलाई थाहा छैन—यो मेरो मनको लगभग एउटा अड्को बन्न पुगेको छ—मानिसहरूले पवित्र आत्मा हिँड्नुभएको मार्गलाई चिन्न सक्दैन, तापनि किन अरूसँगको उनीहरूको असामान्य सम्बन्धहरूलाई पक्रिराख्छन्? यस्ता मानिसहरू देख्दा मलाई वाकवाकी लाग्छ। पवित्र आत्माको मार्ग हेर्नुको सट्टा उनीहरू मानिसका कामहरूमा ध्यान केन्द्रित गर्दछन्। के यसबाट परमेश्‍वर सन्तुष्ट हुन सक्नुहुन्छ? म प्रायजसो यसबाट दुःखी हुन्छु। यो लगभग मेरो बोझ भएको छ—र यसले पवित्र आत्मालाई पनि अशान्त बनाउँछ। के तैँले आफ्नो हृदयमा अलिकति पनि दोषी महसुस गर्दैनस्? परमेश्‍वरले हाम्रा आत्माको आँखा खोलिदिनुभएको होस्। मानिसहरूलाई परमेश्‍वरको काममा प्रवेश गर्न अगुवाइ गर्ने मैले धेरै चोटि परमेश्‍वरको अगाडि यसरी प्रार्थना गरेको छु: “हे पिता! म चाहन्छु कि तपाईंको इच्छा नै मुख्य कुरा बनोस्, म तपाईंको इच्छाको खोजी गर्दछु, म चाहन्छु कि तपाईंको आदेशप्रति म बफादार रहूँ, यसैले कि तपाईंले मानिसहरूको यो समूहलाई जित्न सक्नुभएको होस्। तपाईंले हामीलाई स्वतन्त्रताको देशमा लैजानुहोस्, यसैले कि हामी तपाईंलाई हाम्रा आत्माहरूले छुन सकौं, र तपाईंले हाम्रो हृदयभित्र आत्मिक भावनाहरू जगाउनुहोस्!” म चाहन्छु, कि परमेश्‍वरको इच्छा पूरा होस्, त्यसैले म उहाँका आत्माले हामीलाई ज्ञान दिइरहून् भनी निरन्तर प्रार्थना गर्दछु, यसैले कि हामी पवित्र आत्माको डोऱ्याउनुभएको मार्गमा हिँड्न सकौं—किनकि जुन मार्गमा म हिँड्छु, त्यो पवित्र आत्माको मार्ग हो। र मेरो सट्टामा अरू को यो मार्गमा हिँड्न सक्छ? यस कुराले मेरो बोझलाई अझ गह्रौं बनाउँछ। मलाई अब म ढल्छु जस्तो लाग्छ, तर मलाई विश्‍वास छ कि परमेश्‍वरले कहिल्यै उहाँको आफ्नो काममा ढिलाइ गर्नुहुन्न। हुनसक्छ, उहाँको आदेश पूरा भएपछि हाम्रा बाटाहरू छुट्टिन्छन्। त्यसकारण सायद परमेश्‍वरका आत्माको प्रभावको कारणले नै म सधैँ फरक महसुस गर्दछु। यस्तो लाग्छ, कि परमेश्‍वरले कुनै काम गर्न चाहनुहुन्छ, तर म अझै पनि यो के हो भनी बुझ्न सक्दिनँ। तर म विश्‍वस्त छु कि पृथ्वीमा मेरा घनिष्ठ व्यक्तिहरूभन्दा राम्रो कोही छैन, र म विश्‍वस्त छु कि उनीहरूले परमेश्‍वरको सामु मेरो निम्ति प्रार्थना गर्नेछन्, जसका लागि म अत्यन्तै कृतज्ञ छु। म भाइ-बहिनीहरूले मसँग यसो भनून् भन्ने चाहन्छु: “हे परमेश्‍वर! तपाईंको इच्छा हामी अन्तिम युगका मानिसहरूमा पूर्ण रूपमा प्रकट होस्, यसरी हामी आत्माको जीवनद्वारा आशिषित बन्न सकौं, र हामीले परमेश्‍वरका आत्माका कामहरू देख्न सकौं, र उहाँको वास्तविक अनुहार हेर्न सकौं!” हामी यो चरणमा पुगेपछि हामी साँच्चै आत्माको अगुवाइमा जिइरहेका हुनेछौं, अनि मात्र हामी परमेश्‍वरको वास्तविक अनुहारलाई हेर्न सक्‍नेछौं। भन्नुको अर्थ के हो भने, मानिसहरूले मानिसकै धारणाहरू अनुसार जानेर वा बुझेर होइन, तर परमेश्‍वरका आत्माको इच्छाको ज्ञानको आधारमा सबै सत्यको वास्तविक अर्थ बुझ्न सक्‍नेछन्। यो पूर्णतया परमेश्‍वर स्वयम्‌को काम हो, यसमा मानिसको विचार केही पनि छैन; यो ती कार्यहरूका निम्ति उहाँको योजना हो जुन उहाँले पृथ्वीमा स्पष्ट पार्न चाहनुहुन्छ, र यो पृथ्वीको उहाँको कामको अन्तिम भाग हो। के तँ यो काममा सामेल हुन चाहन्छस्? के तँ यसको हिस्सा बन्न चाहन्छस्? के तँ पवित्र आत्माद्वारा सिद्ध बन्ने र आत्माको जीवनमा सहभागी हुने आकांक्षा राख्छस्?

आजको मुख्य कुरा भनेको हाम्रो मूल जगभन्दा गहिरोमा जानु हो। हामी सत्य, दर्शन, र जीवनको गहिराइमा जानुपर्छ—तर पहिले मैले भाइ-बहिनीहरूलाई कामको यस चरणमा प्रवेश गर्न तिमीहरूले आफ्नो पहिलेका धारणाहरूलाई त्याग्नुपर्छ भनेर सम्‍झाउनुपर्छ। अर्थात्, तैँले तेरो जिउने तरिका परिवर्तन गर्नुपर्दछ, नयाँ योजनाहरू बनाउनुपर्छ, अझ राम्रो प्रकारले सुरु गर्नुपर्छ। यदि तँ अझै पनि विगतमा तेरो निम्ति बहुमूल्य रहेको कुरामा टाँसिरहन्छस् भने, पवित्र आत्माले तँभित्र काम गर्न सक्नुहुन्न, र उहाँले मुस्किलले तेरो जीवनलाई थामेर राख्न सक्नुहुनेछ। जो पछ्याउँदैनन्, वा प्रवेश गर्दैनन्, वा योजना बनाउँदैनन्, तिनीहरूलाई पवित्र आत्माले पूर्ण रूपमा त्याग्‍नुहुनेछ—र त्यसैले तिनीहरूलाई युगद्वारा त्यागिएकाहरू भनी भनिन्छ। म आशा गर्दछु कि सबै भाइ-बहिनीहरूले मेरो हृदयलाई बुझ्न सक्छन्, र म आशा गर्दछु कि अझ धेरै “नयाँ भर्ती हुने व्यक्तिहरू” परमेश्‍वरसँग मिलेर काम गर्न र यो काम एकसाथ मिलेर सम्पन्न गर्न खडा हुनेछन्। म विश्‍वास गर्छु, परमेश्‍वरले हामीलाई आशिष् दिनुहुनेछ। साथै परमेश्‍वरले मलाई धेरै घनिष्ठ व्यक्तिहरू दिनुहुनेछ भनेर पनि म विश्‍वास गर्दछु, यसैले कि म पृथ्वीको हरेक कुनामा हिँड्न सकूँ, र हामीबीच अझ ठूलो प्रेम हुन सकोस्। यसबाहेक, म विश्‍वास गर्छु कि हाम्रो कोसिसको कारण परमेश्‍वरले उहाँको राज्य विस्तार गर्नुहुनेछ; म चाहन्छु कि हाम्रा यी प्रयासहरू अभूतपूर्व स्तरसम्म पुगोस्, यसरी परमेश्‍वरले अझ धेरै युवाहरू प्राप्त गर्न सक्‍नुभएको होस्। म यसको लागि प्रार्थना गर्दै थप समय बिताउन चाहन्छु, हामीले निरन्तर प्रार्थना गरेको म चाहन्छु, यसैले कि हामी आफ्नो सम्पूर्ण जीवन परमेश्‍वरको सामु जिउन र परमेश्‍वरसँग सकेसम्म नजिक हुन सकौं। अबदेखि हाम्रो बीचमा फेरि कुनै कुरा नहोस्, र हामी सबैले परमेश्‍वरको सामु यो शपथ खाऔं: एकसाथ मिलेर कठोर परिश्रम गर्न! आखिरीसम्म बफादार हुन! कहिल्यै नछुट्टिन, र सधैँ एकसाथ रहन! म आशा गर्छु कि भाइ-बहिनीहरू सबैले परमेश्‍वरको सामु यो प्रतिज्ञा गरेका छन्, ताकि हाम्रो हृदय कहिल्यै परिवर्तन नहोस्, र हाम्रो अठोट कहिल्यै नडगमगाओस्! परमेश्‍वरको इच्छाको खातिर, म फेरि भन्छु: हामी कठोर परिश्रम गरौं! हामी हाम्रो सम्पूर्ण शक्ति लगाएर संघर्ष गरौं! परमेश्‍वरले निश्चय हामीलाई आशिष् दिनुहुनेछ!

अघिल्लो: मार्ग … (४)

अर्को: मार्ग … (६)

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्