अध्याय ८५

म मेरो इच्‍छा हासिल गर्नको लागि फरक-फरक प्रकारका मानिसहरूको प्रयोग गर्छु: मैले सजाय दिनेहरूमा मेरा श्रापहरू पूरा हुन्छन्, त्यसरी नै मैले प्रेम गर्नेहरूमा मेरा आशिषहरू पूरा हुन्छन्। अब, तिमीहरूमध्ये कसले मेरा आशिषहरू प्राप्त गर्नेछन् र कसले मेरा श्रापहरू भोग्‍नेछन् भन्‍ने कुरा पूर्ण रूपमा मेरो एउटै शब्‍दमा निर्भर हुन्छ; यो सबै मेरा वाणीहरूले निर्धारित गर्छ। अहिले मैले जोप्रति राम्रो व्यवहार गर्छु, उसले सधैँ मेरा आशिषहरू पाउने निश्‍चित हुन्छ (अर्थात्, क्रमिक रूपमा मलाई चिन्‍ने र मप्रति अझै बढी निश्‍चित हुँदै जाने, नयाँ ज्योति र प्रकाशहरू प्राप्त गर्ने, र मेरो कामको गतिलाई पछ्याउन सक्‍ने)। म जसलाई तिरस्कार गर्छु (यो मभित्र हुने कुरा हो जुन कुरालाई मानिसहरूले बाहिरबाट देख्‍न सक्दैनन्) तिनीहरू निश्‍चित रूपमा मेरा श्रापहरू भोग्‍ने मानिसहरू हुन्, र तिनीहरू पक्‍कै पनि ठूलो रातो अजिङ्गरका सन्तान मध्येका हुन्; त्यसकारण, यसलाई मैले दिने श्रापमा तिनीहरू पनि भागीदार बन्‍नेछन्। मैले देख्‍नै नसक्‍ने, अर्थात् जसको गुणमा धेरै कुराको कमी भएको म देख्छु, र मैले सिद्ध बनाउन वा प्रयोग गर्न नसक्‍नेहरूको हकमा भन्दा, तिनीहरूले अझै पनि मुक्ति पाउने मौका पाउनेछन्, र तिनीहरू मेरा पुत्रहरूमध्येको एक हुनेछन्। यदि कसैसँग मेरो एउटै पनि गुण छैन, कुनै आत्मिक बुझाइ छैन, र मलाई चिन्दैन तर उत्साहित मानसिकता छ भने, त्यस व्यक्तिलाई मेरा मानिसहरूमध्येको एक भनेर नामाङ्कित गरिनेछ। मेरो श्रापमा पर्नेहरूलाई म मुक्तिभन्दा बाहिरका मानिसहरू ठान्छु, र दुष्ट आत्‍माहरू लागेका तिनीहरू नै हुन्। म तिनीहरूलाई निकाल्‍न उत्कट इच्‍छा गर्छु। तिनीहरूलाई ठूलो रातो अजिङ्गरले जन्‍माएको थियो, र तिनीहरू मैले सबैभन्दा बढी घृणा गर्ने मानिसहरू हुन्। अबदेखि उसो, मलाई तिनीहरूको सेवा चाहिँदैन। म तिनीहरूलाई उप्रान्त चाहँदिन! म तिनीहरूमध्ये कसैलाई पनि चाहँदिन! मेरो अघि तिनीहरूको रुवाइ र दाह्रा किटाइले पनि कुनै प्रभाव पार्दैन; म तिनीहरूमध्ये कसैलाई पनि हेर्दिन। म केवल तिनीहरूलाई निकाल्छु। तँ कस्तो किसिमको थोक होस्? के तँ मेरो अघि हुन योग्य छस्? के तँ योग्य छस्? तिमीहरूले अझै पनि असल मानिसहरू भएको बहाना र विनम्रताको नाटक गरिरहेका छौ! तैँले ती सबै अनगिन्ती दुष्ट कार्यहरू गरेपछि, के म तँलाई छोड्न सक्छु? त्यसपछि, तँ मेरो अघि खडा हुन नपाउँदै तैँले फेरि अवज्ञा गर्न थाल्छस्। तँसँग कहिल्यै कुनै असल अभिप्रायहरू थिएन; तैँले मलाई छल मात्रै गर्न चाहन्छस्! के तँ ठूलो रातो अजिङ्गरको सन्तान भएर तँ साँच्‍चै असल बन्‍न सक्छस्? असम्‍भव कुरा! तँलाई मैले पहिले नै श्राप दिइसकेको छु, र मैले तँलाई पूर्ण रूपमा न्याय गरेको छु! मलाई पूर्ण हृदयले, इमान्दारीपूर्वक, र अनुशासित ढङ्गले सेवा गर्, त्यसपछि तेरो अतल कुण्डमा फर्की! के तँ मेरो राज्यमा सहभागी हुन चाहन्छस्? तैँले त सपना देखिरहेको छस्! कस्तो लाज पचेको? तेरो घिनलाग्‍दो र फोहोरी शरीरको साथमा तँ निश्‍चित हदसम्‍म भ्रष्ट भएको छस्, तैपनि तँसँग अझै मेरो अघि खडा हुने आँट छ! छोडी दे! यदि तैँले थप ढिलाइ गरिस् भने, म तँलाई गम्‍भीर रूपमा दण्ड दिनेछु! मेरो अघि कुटिलपन र छली काममा संलग्‍न हुने सबैलाई खुलासा गरिनुपर्छ। तँ कहाँ लुक्‍न सक्छस्? तैँले आफूलाई कहाँ लुकाउन सक्छस्? तैँले जति नै छले पनि वा ढाके पनि, के तँ साँच्‍चै मेरो नियन्त्रणबाट उम्कन सक्छस्? यदि तैँले मलाई उचित रूपमा सेवा गरिनस् भने, तेरो आयु झनै छोटो हुनेछ; तेरो बरबादी तुरुन्तै हुनेछ!

मेरा ज्येष्ठ पुत्रहरू कस्ता प्रकारका मानिसहरू हुन् भन्‍ने कुरा म तिमीहरूलाई स्पष्ट रूपमा बताउँछु, र म तिमीहरूलाई सटीक प्रमाण दिन्छु। नत्र भने, तिमीहरूले आफ्‍नो उचित स्थान लिन सक्‍नेथिएनौ, र तिमीहरूको स्थान के हुनुपर्छ भन्‍ने बारेमा आफै अविवेकी निर्णयहरू गर्नेथियौ। कतिपय मानिसहरू अत्यन्तै नम्र हुनेथिए, र कतिपय अत्यन्तै असंयमित हुनेथिए; अनि मेरो गुण नभएकाहरू वा गुणमा धेरै कुराको कमी भएकाहरू सबैले मेरा ज्येष्ठ पुत्र बन्‍ने इच्‍छा गर्नेथिए। मेरा ज्येष्ठ पुत्रहरूले के-कस्ता अभिव्यक्तिहरू दिन्छन्? सर्वप्रथम, तिनीहरू मेरो इच्‍छालाई बुझ्‍ने र यसलाई ध्यान दिने कार्यमा ध्यान केन्द्रित गर्छन्। यसको साथै, तिनीहरू सबैमा पवित्र आत्माले काम गरिरहनुभएको हुन्छ। दोस्रो, तिनीहरूले आफ्‍नो आत्मामा निरन्तर रूपमा खोजी गर्छन्, तिनीहरू लम्पटताबाट टाढा बस्छन्, र सधैँ मेरा सीमाहरूभित्र बस्छन्; तिनीहरू अत्यन्तै सामान्य हुन्छन्। यसको साथै, यसरी तिनीहरूले अनुकरण गरिरहेका हुँदैनन्। (किनभने तिनीहरूले पवित्र आत्‍माको कार्यलाई अनुभूति गर्ने कार्यमा ध्यान दिन्छन्, र तिनीहरूप्रतिको मेरो प्रेमलाई बुझ्छन्, तिनीहरू सधैँ सतर्क रहन्छन्, र मेरो विरुद्धको धोका वा अनाज्ञाकारिताको मानसिकतामा पर्ने बारेमा गहन रूपमा डराउँछन्।) तेस्रो, तिनीहरूले मेरो लागि पूर्ण हृदयले काम गर्छन्, आफ्‍नो सम्पूर्णतालाई दिन सक्छन्, र तिनीहरूको आफ्‍नै भविष्यका सम्‍भावनाहरू, तिनीहरूको जीवन, तिनीहरूले के खान्छन्, लगाउँछन्, र प्रयोग गर्छन्, अनि तिनीहरू कहाँ जिउँछन् त्यससम्‍बन्धी कुनै पनि विचारलाई पहिले नै हटाइसकेका हुन्छन्। चौथो, तिनीहरू धार्मिकताको निम्ति निरन्तर रूपमा भोकाउँछन् र तिर्खाउँछन्, र तिनीहरूमा धेरै कुराको कमी छ र तिनीहरू कदको हिसाबमा अत्यन्तै अपरिपक्‍व छन् भन्‍ने तिनीहरू विश्‍वास गर्छन्। पाचौं, मैले पहिले नै उल्‍लेख गरे झैँ, संसारमा तिनीहरूको राम्रो मान-मर्यादा हुन्छ, तर संसारका मानिसहरूले तिनीहरूलाई त्यागेको हुन्छ। विपरीत लिङ्गी मानिसहरूसँगको तिनीहरूको सम्‍बन्धमा, तिनीहरूसँग नैतिक सत्यनिष्ठा हुन्छ। यी सबै कुरा प्रमाण हुन्, तर म अहिले तिमीहरूलाई तिनको बारेमा पूर्ण रूपमा प्रकाश पार्न सक्दिन, किनभने मेरो काम अहिलेसम्‍म त्यो चरणमा पुगेको छैन। ज्येष्ठ पुत्रहरू, याद राख! तिमीहरूभित्रको जीवन अनुभूतिहरू, मप्रतिको तिमीहरूको डर, मप्रतिको तिमीहरूको प्रेम, म बारेको तिमीहरूको ज्ञान, मप्रतिको तिमीहरूको खोजी, तिमीहरूको विश्‍वास—यी सबै कुराले तिमीहरूप्रतिको मेरो प्रेमलाई आकार दिन्छन्; यी सबै मैले तिमीहरूलाई दिने प्रमाण हुन् ताकि तिमीहरू साँच्चै मेरा प्रिय पुत्रहरू बन्‍न सक र अतुलनीय महिमामा रहेर मसँगै खाने, जिउने, र आशिषहरूको आनन्द लिने कार्य गर्दै, मजस्तै बन।

मलाई सताउनेहरू, (मेरो नामको गवाही दिनुभन्दा पहिलेका मानिसहरू लगायत) मेरो बारेमा कुनै ज्ञान नभएकाहरू, मलाई मानव ठान्‍नेहरू, वा विगतमा मेरो ईश्‍वर-निन्दा गर्ने र मलाई गिल्‍ला गर्ने जोकोहीलाई म कोमलता देखाउन सक्दिन। तिनीहरूले मेरो लागि अहिले नै सबैभन्दा सानदार गवाही दिए भने पनि, त्यसले अझै पनि कुनै भिन्‍नता ल्याउनेथिएन। विगतमा मलाई सताउनु भनेको मेरो लागि सेवा गर्ने एउटा तरिका थियो, र तिनीहरूले आज मेरो लागि गवाही दिए पनि, तिनीहरू अझै पनि मेरा औजारहरू हुनेथिए। आज मैले सच्‍चा रूपमा सिद्ध पारेकाहरू मात्रै मेरो लागि कुनै किसिमले प्रयोग योग्य हुन्छन्, किनभने म धर्मी परमेश्‍वर स्‍वयम्‌ हुँ, र किनभने म देहबाट निस्केर आएको छु र पृथ्वीका सबै सम्‍बन्धहरूबाट आफूलाई अलग गरेको छु। म परमेश्‍वर स्‍वयम्‌ हुँ, र मेरो वरिपरि हुने गरेका सबै मानिसहरू, मामलाहरू, र कुराहरू मेरै हातमा छन्। म भावुकता विहीन छु, र म सबै कुरामा धार्मिकताको अभ्यास गर्छु। म सीधा छु, र अशुद्धताद्वारा अलिकति पनि कलङ्कित छैन। के तिमीहरूले मेरा वचनहरूको अर्थ बुझ्यौ? के तिमीहरूले पनि यसलाई हासिल गर्न सक्छौ? मानिसहरूले मसँग पनि सामान्य मानवता छ, र मेरो परिवार छ र मसँग भावनाहरू छन् भन्‍ने ठान्छन्—तर के तिमीहरू पूर्ण रूपमा गलत छौ भन्‍ने तिमीहरूलाई थाहा छ? म त परमेश्‍वर हुँ! के तिमीहरूले यो कुरालाई बिर्सेका छौ? के तिमीहरू अन्योलमा परेका छौ? तिमीहरूले अझै मलाई चिनेकै छैनौ!

मेरो धार्मिकता तिमीहरूलाई पूर्ण रूपमा प्रकट गरिएको छ। कुनै प्रकारको मानिसलाई मैले गर्ने निराकरणको तरिकाले मेरो धार्मिकता र मेरो प्रताप दुवैलाई देखाउँछ। म आफूसँग क्रोध ल्याउने परमेश्‍वर स्‍वयम्‌ भएको हुनाले, मलाई सताएको वा मलाई गाली गरेको कुनै पनि व्यक्तिलाई म त्यसै छोड्नेछैन। त्यस्तो कडा मापदण्डमा रहेर, के तिमीहरूले यसलाई पहिचान गर्छौ? मैले चुनेका र पूर्वनियुक्ति गरेकाहरू दुर्लभ मोती वा बहुमूल्य पत्थरजस्तै हुन्; तिनीहरू थोरै र दुर्लभ छन्। किनभने मेरा मानिसहरू बन्‍नेहरूभन्दा राजाहरूका रूपमा शासन गर्नेहरू थोरै सङ्ख्यामा हुने निश्‍चित छ, र यो मेरो शक्ति र अचम्‍मका कार्यहरूको प्रमाण हो। म तिमीहरूलाई इनाम दिनेछु र तिमीहरूलाई मुकुट प्रदान गर्नेछु, र मसँग अटुट महिमा छ भनेर धेरै पटक भन्‍ने गर्छु। मैले इनामहरू, मुकुटहरू, र महिमा भन्‍नुको अर्थ के हो? इनामहरू भनेका खाना, वस्त्र, र अरू कुराहरू जस्ता प्रयोग गर्न सकिने भौतिक कुराहरू हुन् भन्‍ने मानिसहरूको धारणा छ, तर यो पूर्ण रूपमा पुरानो सोचाइ हो; मैले यी शब्‍दहरू बताउनुको अर्थ यो होइन, बरु यो त गलत धारणा हो। इनामहरू भनेका अहिले प्राप्त गरिने कुराहरू हुन्, र तिनीहरू अनुग्रहका भाग हुन्। तैपनि, भौतिक सुखसँग सम्‍बन्धित केही इनामहरू पनि छन्, र मेरो लागि सेवा प्रदान गर्ने तर मैले मुक्ति नदिएकाहरूले पनि केही भौतिक आनन्द प्राप्त गर्न सक्छन् (यद्यपि, ती अझै पनि मेरो लागि सेवा गर्ने भौतिक कुराहरू मात्र हुन्)। मुकुट भनेको पदको तक्मा होइन; अर्थात्, यो तिमीहरूले आनन्द लिन सक भनेर मैले तिमीहरूलाई प्रदान गर्ने भौतिक कुरा होइन। बरु, यो तिमीहरूलाई दिइने नयाँ नाम हो, र आफ्‍नो नयाँ नामको स्तरमा जिउन सक्‍ने जोकोही व्यक्ति मुकुट पाएको व्यक्ति बन्‍नेछ, जुन मेरो आशिषहरू प्राप्त गर्नु हो। इनाम र मुकुटहरू आशिषहरूको भाग हो, तर आशिषहरूको तुलनामा, ती स्वर्ग र पृथ्वी जत्तिकै फरक हुन्छन्। मानव धारणाहरूद्वारा महिमाको कल्पना समेत गर्न सकिँदैन, किनभने महिमा भौतिक कुरा होइन। तिनीहरूका लागि, यो पूर्ण रूपमा अमूर्त अवधारणा हो। त्यसोभए, महिमा भनेको ठ्याक्कै के हो त? तिमीहरू मसँग महिमामा एकसाथ ओर्लनेछौ भन्‍नुको अर्थ के हो? मेरो सम्पूर्णता—अर्थात्, म जे हुँ र मसँग जे छ, (मेरा पुत्रहरूको लागि) कृपा र दया, र (सबै मानिसहरूप्रति) धार्मिकता, प्रताप, न्याय, क्रोध, श्राप, र जलन—मेरो व्यक्तित्व नै महिमा हो। किन मसँग अटुट महिमा छ भनेर म भन्छु? किनभने ममा असीमित बुद्धि, साथै अतुलनीय पर्‍यप्तता छ। त्यसकारण, मसँग महिमामा ओर्लनुको अर्थ तिमीहरूलाई मैले पहिले नै पूर्ण तुल्याइसकेको छु, म जे हुँ र मसँग जे छ सो तिमीहरूले पहिले नै प्राप्त गरिसकेका छौ, तिमीहरूलाई मैले पूर्ण तुल्याएको छु, तिमीहरूमा मेरो डर मान्ने हृदय छ, र मलाई विरोध गर्दैनौ भन्‍ने हुन्छ। अवश्य नै अहिलेसम्‍म त यो कुरा तिमीहरूलाई स्पष्ट भइसकेको छ!

पृथ्वीका सबै राष्ट्रहरूको तनावपूर्ण अवस्था चरम विन्दुमा पुगेको छ, र तिनीहरू सबैले मेरो लागि सेवा गर्न र मैले तिनीहरूलाई गर्ने भस्मलाई स्वीकार गर्न बारम्‍बार रूपमा तयारी गरिरहेका छन्। जब मेरो क्रोध र जलन आइपुग्छ, त्योभन्दा पहिले कुनै सङ्केत देखिएको हुनेछैन। तैपनि, मैले के गर्छु भन्‍ने कुरा मलाई थाहा छ, र यसको बारेमा म पूर्ण रूपमा स्पष्ट छु। मेरा वचनहरूप्रति तिमीहरू निश्‍चित हुनुपर्छ, र तिमीहरूले सबै कुरा तयारी गर्नको लागि हतार गर्नुपर्छ। विदेशबाट खोजी गर्दै आउनेहरूलाई गोठाला गर्नको लागि तयार रहो। यो कुरा याद राख! चीन—अर्थात्, चीनभित्रको हरेक व्यक्ति र स्थान—मेरो श्रापको लक्षित थोक हो। के तिमीहरूले मेरा वचनहरूको अर्थ बुझ्यौ?

अघिल्लो: अध्याय ८४

अर्को: अध्याय ८६

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्