परमेश्‍वरको कामका पाइलाहरूको सम्‍बन्धमा

बाहिरबाट हेर्दा, परमेश्‍वरको वर्तमान कामका चरणहरू पहिले नै सकिसकेको जस्तो, र मानिसले परमेश्‍वरको वचनको न्याय, सजाय, ताडना र शोधनको अनुभव गरिसकेको छ र सेवा-कर्ताहरूको जाँचका चरणहरू, सजायको समयको शोधन, मृत्युको परीक्षा, प्रतिभारहरूको परीक्षा र परमेश्‍वरलाई प्रेम गर्ने समय भएर गुज्रिसकेको छ जस्तो देखिन्छ। प्रत्येक चरणमा ठूलो कठिनाइ भोग्नु परे पनि, मानिसहरू परमेश्‍वरको इच्छाको बारेमा अनजान रहन्छन्। उदाहरणको लागि सेवा-कर्ताहरूको जाँचको बारेमा विचार गर्: उनीहरूले के प्राप्त गरेका छन्, उनीहरूले के थाहा पाएका छन्, र परमेश्‍वरले हासिल गर्न चाहनुभएको प्रभाव के हो भन्‍ने बारेमा तिनीहरू अझै अस्पष्ट छन्। परमेश्‍वरको कामको गतिलाई हेर्दा, मानिस आजको गतिसँगै चल्न पूर्ण रूपमा असमर्थ छ भन्‍ने देखिन्छ। देख्न सकिन्छ, कि परमेश्‍वरले पहिले मानिसलाई आफ्नो कामको यी चरणहरू प्रकट गर्नुहुन्छ, र कुनै पनि चरणमा मानिसले कल्पना गर्न सक्ने स्तर हासिल गर्नुको सट्टा उहाँले कुनै विषयमा प्रकाश पारिरहनुभएको हुन्छ। कुनै व्यक्ति उहाँद्वारा साँचो रूपमा प्राप्त गरिओस् भनेर, उसलाई सिद्ध बनाउनका लागि, परमेश्‍वरले माथिका सबै चरणहरू पूरा गर्नुपर्दछ। यो काम गर्नुको उद्देश्य मानिसहरूको समूहलाई सिद्ध बनाउनका लागि परमेश्‍वरले कुन-कुन चरणहरू पूरा गर्नुपर्छ भनी देखाउनु हो। यसैले, बाहिरबाट हेर्दा, परमेश्‍वरको कामका चरणहरू पूरा भइसकेका छन्—तर सारको हिसाबमा, उहाँले भर्खर मात्र आधिकारिक रूपमा मानवजातिलाई सिद्ध बनाउन सुरु गर्नुभएको छ। मानिसहरू यसबारे स्पष्ट हुनुपर्दछ: यो उहाँको कामका ती चरणहरू हुन् जुन पूरा भइसकेका छन्, तर काम आफैचाहिँ समाप्त भएको छैन। तापनि मानिसहरू तिनीहरूको धारणामा परमेश्‍वरको कामका सबै चरणहरू प्रकट गरिएको छ, त्यसैले परमेश्‍वरको काम समाप्त भइसकेको छ भन्‍ने बारेमा कुनै शङ्का छैन भनी विश्‍वास गर्दछन्। परिस्थितिहरूलाई यस प्रकारले हेर्ने तरिका पूर्ण रूपमा गलत छ। परमेश्‍वरको काम मानिसको धारणाको विपरीत हुँदछ र त्यस्ता धारणाहरूलाई हरप्रकारले प्रहार गर्दछ; विशेष गरी, परमेश्‍वरको कामका चरणहरू मानिसको धारणासँग अमिल्दा हुन्छन्। यी सबैले परमेश्‍वरको बुद्धि प्रदर्शन गर्दछ। यो बुझ्न सकिन्छ, कि मानिसको धारणाले हरेक मोडमा अवरोध उत्पन्न गर्दछ, र मानिसले कल्पना गर्ने हरेक कुरालाई परमेश्‍वरले प्रहार गर्नुहुन्छ, जुन कुरा वास्तविक अनुभवहरूमा स्पष्ट हुन्छ। हरेकलाई के लाग्छ भने, परमेश्‍वरले अति चाँडो काम गर्नुहुन्छ, र उनीहरूले थाहा पाउनुभन्दा अघि नै, तिनीहरूले कुनै बुझाइ प्राप्त गर्नुभन्दा अघि नै र तिनीहरू अझै पनि भ्रमको स्थितिमा रहिरहँदा नै त्यो समाप्त हुन्छ भनी सोच्छन्। उहाँको कामको हरेक चरणमा यस्तै हुन्छ। धेरैजसो मानिसहरू परमेश्‍वरले मानिसहरूसँग खेल खेल्दै हुनुहुन्छ भन्‍ने विश्‍वास गर्दछन्—तर उहाँको कामको अभिप्राय त्यो होइन। उहाँको काम गर्ने तरिका चिन्तन गर्न योग्य छ: घोडामा बसेर फूलहरूलाई झलक्‍क हेर्नु, त्यसपछि सम्पूर्ण विवरणहरूमा जानु र त्यस विवरणलाई पूर्ण रूपमा परिष्कृत गर्नु जस्तो हो—जसले मानिसहरूलाई आश्चर्यचकित बनाउँछ। मानिसहरू के सोच्दै परमेश्‍वरलाई मूर्ख तुल्याउने कोसिस गर्छन् भने, यदि तिनीहरू कुनै खास बिन्दुमा नपुगिञ्जेल कोसिस गरिरहे भने, परमेश्‍वर सन्तुष्ट हुनुहुनेछ। वास्तवमा, परमेश्‍वर कसरी मानिसको झारा टराइबाट सन्तुष्ट हुन सक्‍नुहुन्छ? सर्वोत्तम प्रभाव हासिल गर्न, परमेश्‍वरले मानिसहरूलाई आश्चर्यचकित पार्दै, तिनीहरूलाई थाहै नदिई प्रहार गर्दै काम गर्नुहुन्छ; यसले तिनीहरूलाई उहाँको बुद्धिको बारेमा ठूलो ज्ञान दिन्छ, र उहाँको धार्मिकता, प्रताप र उल्‍लङ्घन गर्न नसकिने स्वभावको बारेमा ठूलो बुझाइ दिन्छ।

आज, परमेश्‍वरले आधिकारिक रूपमा मानिसलाई सिद्ध बनाउन थाल्नुभएको छ। सिद्ध हुनका लागि, मानिसहरू उहाँका वचनहरूको प्रकाश, न्याय र सजायबाट भएर जानुपर्छ, तिनीहरूले उहाँका वचनहरूको परीक्षा र शोधनको अनुभव गर्नुपर्दछ (जस्तै सेवा-कर्ताहरूको परीक्षा), र तिनीहरू मृत्युको सामना गर्न सक्षम हुनुपर्दछ। यसको अर्थ के हो भने, परमेश्‍वरले गर्नुहुने न्याय, सजाय र परीक्षाहरूको बीचमा, जसले परमेश्‍वरको इच्छालाई साँचो रूपमा पछ्याउँछ, उसले आफ्नो हृदयको गहिराइबाट नै परमेश्‍वरको प्रशंसा गर्न सक्छ, र पूर्ण रूपमा परमेश्‍वरको आज्ञापालन गर्न र आफूलाई त्याग्‍न सक्छ, त्यसरी इमानदार, अविभाजित, र शुद्ध हृदयले परमेश्‍वरलाई प्रेम गर्न सक्छ; त्यस्तो व्यक्ति नै सिद्ध व्यक्ति हो, र निश्चित रूपमा परमेश्‍वरले गर्न चाहनुभएको काम र उहाँले पूरा गर्नुहुने काम यही नै हो। परमेश्‍वरले कामहरू गर्नुहुने तरिकाको विषयमा मानिसहरू हतारमा निष्कर्षमा पुग्नुहुँदैन। तिनीहरू केवल जीवन प्रवेशको पछि लाग्नुपर्छ। यो मुख्य कुरा हो। परमेश्‍वरले काम गर्नुहुने तरिकाको निरन्तर छानबिन नगर्; त्यसले तेरो भविष्यका सम्भावनाहरूलाई बाधा मात्र पुऱ्याउँछ। परमेश्‍वरले काम गर्नुहुने तरिकाहरू तैँले कतिसम्म देखेको छस्? तँ कतिसम्म आज्ञाकारी भएको छस्? उहाँको काम गर्ने प्रत्येक तरिकाबाट तैँले कति प्राप्त गरेको छस्? के तँ परमेश्‍वरद्वारा सिद्ध बनाइन इच्छुक छस्? के तँ सिद्ध हुन चाहन्छस्? यी सबै ती कुराहरू हुन् जुन तिमीहरूले स्पष्ट बुझ्नुपर्छ र प्रवेश गर्नुपर्छ।

अघिल्लो: विश्‍वासीहरूले कस्तो दृष्टिकोण राख्‍नुपर्छ

अर्को: भ्रष्ट मानिसले परमेश्‍वरलाई प्रतिनिधित्व गर्न सक्दैन

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्