तिमीहरू चरित्रमा अति नै तुच्छ छौ!

तिमीहरू सबै आफूजस्तै प्रकारका युवा पुस्ताहरूलाई प्रवचन दिँदै र तिनीहरूलाई आफूसँगै बसाउँदै सुशोभित आसनमा बस्छौ। तिमीहरूलाई अलिकति पनि थाहा छैन कि तिमीहरूका “वंशजहरू” धेरै अघि नै सास न बास भइसकेका छन् र तिनीहरूले मेरो कामलाई गुमाइसकेका छन्। मेरो महिमा पूर्वदेखि पश्‍चिमसम्मको भूभागमा चम्कन्छ, तैपनि जब यो महिमा पृथ्वीको अन्त्यसम्म फैलन्छ, र फेरि झुल्कन र परसम्म चम्कन थाल्छ, तब म मेरो महिमालाई पूर्वबाट लिएर पश्‍चिम ल्याउँछु ताकि मलाई पूर्वमा परित्याग गर्ने अँध्यारोवासी मानिसहरू तत्पश्‍चात् ज्योतिबाट वञ्चित रहून्। जब त्यस्तो हुन्छ, तब तिमीहरू अन्धकारको घाटीमा बाँच्नेछौ। आजभोलिका मानिसहरू पहिलेका मानिसहरूभन्दा सयौं गुणा असल भए पनि तिनीहरूले मेरा मापदण्डहरू पुर्‍याउँदैनन् र तिनीहरू अझै पनि मेरो महिमाको साक्षी भएका छैनन्। तिमीहरू पहिलेभन्दा सयौं गुणा असल हुन सक्षम हुनु भनेको सम्पूर्ण रूपमा मेरो कामको परिणाम हो; यो पृथ्वीमा मैले गरेको कामको उपज हो। तथापि, म अझै पनि तिमीहरूका बोलीवचन र कर्महरूका साथै तिमीहरूको चरित्रलाई घृणा गर्छु र म तिमीहरूले मेरो सामु जसरी कार्य गर्छौ त्यसप्रति अविश्‍वसनीय रूपले द्वेष महसुस गर्छु किनभने तिमीहरूमा मप्रतिको बुझाइ नै छैन। अनि, कसरी तिमीहरूले मेरो महिमामा जिउन सक्छौ र कसरी तिमीहरू मेरो भावी कामप्रति पूर्ण बफादार बन्‍न सक्छौ? तिमीहरूको विश्‍वास अत्यन्तै सुन्दर छ; तिमीहरू मेरो कामको खातिर आफ्नो सम्पूर्ण जीवनकाल समर्पित गर्न र यसको खातिर आफ्नो जीवन बलिदान गर्न इच्छुक छौ भनेर भन्छौ, तर तिमीहरूका स्वभावचाहिँ त्यति धेरै बदलिएको छैन। तिमीहरूको वास्तविक व्यवहार एकदमै नीच छ, तैपनि तिमीहरू केवल अहङ्कारका साथ बोल्छौ। यो त मानिसहरूको जिब्रो र ओठहरू स्वर्गमा भएको तर पाउहरूचाहिँ धर्तीमा रहेको जस्तो भयो, जसको फलस्वरूप तिनीहरूका बोलीवचन र कर्महरू अनि तिनीहरूको मानमर्यादा अझै पनि खण्डहर र बरबादीमै छन्। तिमीहरूको मानमर्यादा नाश भएको छ, तिमीहरूको तौरतरिका भ्रष्ट बनेको छ, तिमीहरूको बोल्ने शैली तुच्छ छ र तिमीहरूको जीवन घृणास्पद छ; तिमीहरूको सम्पूर्ण मानवतासमेत तुच्छताको तल्लो बिन्दुमा डुबेको छ। तिमीहरू अन्य व्यक्तिहरूप्रति सङ्कीर्ण छौ र तिमीहरू हर तुच्छ कुरामा बखेडा झिक्छौ। तिमीहरू आफ्नै मानमर्यादा र हैसियतको विषयलाई लिएर यति हदसम्म झगडा गर्छौ कि तिमीहरू नर्क र अग्‍निकुण्डमा जाकिन पनि इच्छुक हुन्छौ। तिमीहरू पापी छौ भनी निर्क्योल गर्नको लागि मलाई तिमीहरूका वर्तमान बोलीवचन र कर्महरू नै काफी छन्। मलाई तिमीहरू अधर्मीहरू हौ भनी निर्क्योल गर्नको लागि मेरो कामप्रतिको तिमीहरूका मनोवृत्ति नै काफी छन् र तिमीहरू सबै द्वेषले भरिपूर्ण फोहोरी प्राणहरू हौ भनी देखाउनको लागि तिमीहरूका सारा स्वभावहरू नै काफी छन्। तिमीहरू अशुद्ध आत्माहरूको रगत अघाउन्जेल पिएका व्यक्तिहरू हौ भनी भन्‍नको लागि मलाई तिमीहरूको प्रकटीकरण र तिमीहरूले देखाउने कुराहरू नै पर्याप्त छन्। जब राज्यमा प्रवेश गर्ने कुरा गरिन्छ, तब तिमीहरूले आफ्ना भावनाहरू प्रकट गर्दैनौ। के तिमीहरू स्वर्गको मेरो राज्यको प्रवेशद्वारबाट छिर्नको लागि अहिले तिमीहरू जे-जस्तो छौ त्यो नै काफी छ भनेर विश्‍वास गर्छौ? के तिमीहरू मैले तिमीहरूका बोलीवचन र कर्महरूलाई पहिले जाँच नगरीकनै मेरो काम र वचनहरूको पवित्रस्थलमा तिमीहरूले प्रवेश प्राप्त गर्न सक्छौ भनी विश्‍वास गर्छौ? कसले मेरो आँखामा पर्दा टाङ्न सक्छ? तिमीहरूका घृणास्पद, तुच्छ व्यवहार र कुराकानीहरू मेरो नजरबाट कसरी बच्न सक्छन्? मैले तिमीहरूका जीवनलाई ती अशुद्ध आत्माहरूका रगत र मासु खाने जीवन भनी निर्धारण गरेको छु किनभने तिमीहरूले हरेक दिन मेरो अगाडि तिनीहरूको नक्‍कल गर्छौ। मेरो अगाडि, तिमीहरूको व्यवहार विशेष रूपमै खराब रहेको छ, अनि मैले तिमीहरूलाई कसरी घिनलाग्दो पाउँदिनथेँ र? तिमीहरूका शब्दहरूमा अशुद्ध आत्माहरूका अशुद्धताहरू छन्: तिमीहरू जादूगरी गर्नेहरू र अधर्मीहरूको रगत पिउने छलीहरूले जस्तै चापलुसी गर्छौ, कुरा लुकाउँछौ र झूटो तारिफ गर्छौ। मानिसका सबै अभिव्यक्तिहरू अधर्मी छन्, अनि कसरी धर्मीहरू रहेको पवित्रस्थलमा सबै मानिसहरूलाई राख्‍न सकिन्छ? के तँ तेरा घिनलाग्दा व्यवहारहरूले तँलाई ती अधर्मीहरूको तुलनामा पवित्र भनी छुट्याउँछ भनी सोच्छस्? आखिरमा तेरो सर्पजस्तो जिब्रोले विनाश र द्वेष मच्‍चाउने तेरो देहलाई बरबाद पार्नेछ र अशुद्ध आत्माका रगतमा लतपत तेरा हातहरूले पनि आखिरमा तेरो आत्मालाई नर्कतिर तानेर लैजानेछन्। अनि किन तैँले फोहोरमा लतपत तेरा हातहरू धुने यो मौकाको फाइदा उठाउँदैनस्? किन तैँले अधर्मी शब्दहरू बोल्ने तेरो जिब्रो काटेर फाल्ने यो अवसरको सदुपयोग गर्दैनस्? के तँ तेरा हातहरू, जिब्रो र ओठहरूको लागि नर्कका ज्वालाहरूमा पीडा भोग्‍न इच्छुक भएकोले यस्तो भएको हो? म हरेक व्यक्तिको हृदयलाई मेरा दुवै आँखाहरू लगाई हेर्छु, किनभने मैले मानवजाति सृजना गर्नुभन्दा धेरैअघि मैले तिनीहरूको हृदयलाई मेरा हातहरूमा लिएको थिएँ। मैले धेरैअघि मानिसहरूको हृदयलाई हेरेको छु, अनि कसरी तिनीहरूको सोच मेरो दृष्टिबाट बच्न सक्छन् र? तिनीहरू मेरो आत्माद्वारा जल्नबाट बच्नलाई कसरी धेरै ढीला भइसकेको नहोला र?

तेरा ओठहरू ढुकुरहरूभन्दा दयालु छन्, तर तेरो हृदयचाहिँ प्राचीन सर्पभन्दा पनि कुटिल छ। तेरा ओठहरू लेबनानी स्‍त्रीहरूभन्दा पनि सुन्दर छन्, तैपनि तेरो हृदय तिनीहरूको हृदयभन्दा दयालु छैन र कनानीहरूको सौन्दर्यसँग त यसको तुलना हुनै सक्दैन। तेरो हृदय अत्यन्तै जाली छ! मैले घृणा गर्ने कुराहरू भनेका अधर्मीहरूका ओठहरू र तिनीहरूका हृदयहरू मात्रै हुन्, अनि मानिसहरूको लागि मेरा आवश्यक मापदण्डहरू मैले सन्तहरूबाट जे अपेक्षा गर्छु त्योभन्दा बिलकुलै उच्‍च छैनन्; यति मात्र हो कि म अधर्मीहरूको दुष्कर्मप्रति घृणा महसुस गर्छु, र म आशा गर्छु, तिनीहरू आफ्नो फोहोरीपन फाल्न र आफ्नो वर्तमान दुर्दशाबाट बच्न सफल होऊन् ताकि तिनीहरू अधर्मीहरूभन्दा अलग र राम्रा देखिन अनि धर्मीहरूसँग पवित्र भई साथै जिउन सकून्। म जस्तो परिस्थितिमा छु तिमीहरू पनि त्यस्तै परिस्थितिमा छौ, तैपनि तिमीहरू फोहोरमा लतपत भएका छौं; सुरुवातमा सृष्टि गरिएका मानिसहरूको मूल स्वरूप तिमीहरूमा अलिकति पनि छैन। अझ भन्‍ने हो भने, तिमीहरूले हरेक दिन अशुद्ध आत्माहरूको स्वरूप नक्‍कल गर्दै तिनीहरूले जे गर्छन् त्यही गर्ने र तिनीहरूले जे भन्छन् त्यही भन्‍ने भएकोले, तिमीहरूका सबै अङ्गहरू—तिमीहरूको जिब्रो र ओठहरूसमेत—गन्हाउने पानीमा यति हदसम्म भिजेका छन् कि तिमीहरूलाई सम्पूर्ण रूपमा दाग र धब्बाले ढाकेको छ र तिमीहरूको एउटा अङ्ग पनि मेरो कार्यको लागि प्रयोग गर्न सकिँदैन। यो एकदमै हृदय विदारक छ! तिमीहरू घोडा र चौपायाहरूको यस्तो संसारमा जिउँछौ, तैपनि तिमीहरूले वास्तवमै आफू समस्यामा भएको महसुस गर्दैनौ; तिमीहरू खुशीले भरिपूर्ण छौ अनि स्वतन्त्र र सहज रूपले जिउँछौ। तिमीहरू गन्हाउने पानीमा यताउता पौडिरहेका छौ, तैपनि तिमीहरूले आफूहरू यस्तो दुर्दशामा खसेका छौं भनी वास्तवमै महसुस गर्दैनौ। हरेक दिन तिमीहरू अशुद्ध आत्माहरूसँग समय बिताउँछौ र “आची” सँग खेल्छौ। तिमीहरूका जीवन निकै असभ्य छ, तैपनि तिमीहरूलाई मानव संसारमा आफूहरू बिलकुलै पनि अस्तित्वमा नभएको एवं आफू आफ्नै काबूमा नभएको कुरा वास्तवमै थाहा छैन। के तँलाई तेरो जीवन धेरै पहिले नै ती अशुद्ध आत्माहरूद्वारा कुल्चिइसकिएको छ वा तेरो चरित्र धेरै पहिले नै गन्हाउने पानीद्वारा दूषित भइसकेको छ भन्‍ने थाहा छैन? के तैँले आफू सांसारिक स्वर्गमा बाँचिरहेको र खुसीयालीमाझ रमाइरहेको छु भन्‍ने ठान्छस्? के तँलाई आफू अशुद्ध आत्माहरूको साथमा जीवन बाँचेको र तिनीहरूले तेरो लागि तयार गरेका सबै कुराहरूसँग सह-अस्तित्वमा रहेको कुरा थाहा छैन? तैँले जिउने शैलीको कसरी कुनै अर्थ हुन सक्छ र? कसरी तेरो जीवनको कुनै मूल्य हुन सक्छ र? तँ तेरा बुबाआमाहरू, अशुद्ध आत्माका बुबाआमाहरूको लागि यताउता दौडधूप गर्दै आएको छस्, तैपनि तँलाई थाहै छैन कि तँलाई फन्दामा पार्ने भनेका ती अशुद्ध आत्माका बुबाआमाहरू नै हुन् जसले तँलाई जन्म दिए र हुर्काए। यसअलावा, तेरा ती सबै फोहोरी कुराहरू वास्तवमा तँलाई तिनीहरूले नै दिएका हुन् भन्‍ने पनि थाहा छैन; तँलाई थाहा भएको एउटै कुरा के हो भने, तिनीहरूले तँलाई “आनन्द” उपलब्ध गराइदिन्छन्, तिनीहरूले तँलाई सजाय दिँदैनन्, तिनीहरूले तेरो न्याय पनि गर्दैनन्, र तिनीहरूले विशेष गरी तँलाई श्राप दिँदैनन्। तिनीहरू कहिल्यै पनि तेरो अघि रिसले चूर भएका छैनन्, बरु तिनीहरूले तँलाई स्‍नेह र दयाको साथ व्यवहार गर्छन्। तिनीहरूका शब्दहरूले तेरो हृदयलाई पोषण दिन्छन् र तँलाई मोहित पार्छन्, जसले गर्दा तँ भ्रमित बनेर तैँले महसुसै नगरी तँ फस्दै जान्छस् र तिनीहरूलाई सेवा दिन इच्छुक बन्छस्, र तिनीहरूको निकास र सेवक बन्छस्। तँसित कुनै गुनासाहरू हुँदैनन्, बरु तँ उनीहरूका लागि कुकुर र घोडाहरूझैं काम गर्न इच्छुक हुन्छस्; तँ तिनीहरूको छलमा पर्छस्। यसकारण, मैले गर्ने कामप्रति तेरो बिलकुल कुनै प्रतिक्रिया हुँदैन। अवश्य नै तँ सधैँ गुप्त रूपले मेरा औँलाहरूको बीचबाट लुसुक्‍क भाग्‍न चाहन्छस् र तैँले मबाट धोकापूर्वक निगाह पाउनको लागि सधैँ मीठामीठा शब्दहरू प्रयोग गर्नु स्वभाविकै हो। पछि थाहा हुँदा, तँसँग पहिले नै अन्य योजना, अन्य बन्दोबस्त हुन्छ। तैँले सर्वशक्तिमान्‌को रूपमा मैले गरेका मेरा कार्यहरूको केही अंश देख्‍न सक्छस्, तर तँलाई मेरो न्याय र सजायको बारेमा अलिकति पनि ज्ञान छैन। तँलाई मेरो सजायको काम कहिले सुरु भयो, केही थाहा छैन; तँलाई कसरी मलाई ठग्‍ने भन्‍ने मात्र थाहा छ—म मानिसको कुनै पनि उल्लङ्घन सहन्‍नँ भन्‍ने तँलाई थाहा छैन। तैँले पहिले नै मलाई सेवा गर्ने संकल्प गरेको हुनाले, म तँलाई जान दिन्‍नँ। म डाही परमेश्‍वर हुँ र म मानवताप्रति ईर्ष्या गर्ने परमेश्‍वर हुँ। तैँले तेरा वचनहरूलाई यसअघि नै वेदीमा चढाइसकेको हुनाले, मेरा आँखाअघिबाट तँ भागेको म सहन्‍नँ, न त म तैँले दुई जना मालिकलाई सेवा गरेको नै सहन्छु। के तँ तेरा वचनहरू मेरो वेदीमा र मेरा आँखैअघि चढाइसकेपछि, तँसँग दोस्रो प्रेम हुन सक्छ भन्‍ने ठान्छस्? कसरी मैले मानिसहरूलाई त्यस प्रकारले म आफैलाई मूर्ख बनाउन दिन सक्छु? के तँ तेरो जिब्रोले यत्तिकै लापरवाही रूपमा भाकल गर्न र शपथ लिन सक्छु भन्‍ने ठान्छस्? तैँले कसरी मेरो सिंहासनअगाडि, सर्वोच्‍च स्वयम्‌को सिंहासनअगाडि शपथ लिन सक्छस्? के तैँले तेरा शपथहरू यसअघि नै समाप्त भइसके भन्‍ने ठानेको थिइस्? म तिमीहरूलाई भन्छु: तिमीहरूको देह मरेर गए पनि, तिमीहरूको शपथ मर्दैन। अन्त्यमा, म तिमीहरूलाई तिमीहरूका शपथहरूको आधारमा दोषी ठहराउनेछु। तथापि, तिमीहरूले आफ्ना वचनहरू मेरो अघि राखेर मेरो सामना गर्न सक्छौ र तिमीहरूका हृदयले अशुद्ध आत्मा र दुष्ट आत्माहरूको सेवा गर्न सक्छन् भन्‍ने विश्‍वास गर्छौ। कसरी मेरो क्रोधले मलाई ठग्‍ने त्यस्ता कुकुरजस्ता, सुँगुरजस्ता मानिसहरूलाई सहन सक्छ? मैले मेरा प्रशासनिक आदेशहरू लागू गर्नैपर्छ र अशुद्ध आत्माहरूका हातबाट मैले ममाथि विश्‍वास गर्ने ती सबै सङ्कुचित, “धर्मी” व्यक्तिहरूलाई खोसेर लिनैपर्छ ताकि तिनीहरू अनुशासनपूर्ण ढाँचामा मेरो “सेवामा उभिऊन्”, मेरा गोरुहरू बनून्, मेरा घोडाहरू बनून्, र मेरो संहारको कृपामा रहून्। म तँलाई फेरि तेरो पहिलेको संकल्प लिन लगाउँछु र फेरि पनि मेरो सेवा गर्न लगाउँछु। मलाई ठग्‍ने कुनै पनि सृष्टिलाई म सहन्‍नँ। के तैँले मेरो अघि मनमानी ढङ्गले अनुरोधहरू गर्न र ढाँट्न सक्छु भन्‍ने सोचेको थिइस्? के तैँले तेरा बोलीवचन र कर्महरू मैले सुनेको वा देखेको थिइनँ भन्‍ने ठानेको थिइस्? कसरी तेरा बोलीवचन र कर्महरू मेरो दृष्टिमा नपरेको हुन सक्छ र? कसरी मैले मानिसहरूलाई त्यसरी मलाई धोका दिने मौका दिन सक्छु र?

धेरै वसन्त र शरदहरूमा तिमीहरूसँग सङ्गत गर्दै म तिमीहरूमाझ रहेको छु; म तिमीहरूमाझ लामो समयदेखि बसेको छु र मैले तिमीहरूसँगै बाँचेको छु। तिमीहरूका घिनलाग्दा व्यवहारहरूमध्ये कतिचाहिँ मेरा आँखैअघिबाट फुत्किएका छन् र? तिमीहरूका ती हृदयस्पर्शी शब्दहरू निरन्तर मेरा कानहरूमा गुन्जिरहेका छन्; तिमीहरूका लाखौँलाख आकांक्षाहरू मेरो वेदीमा राखिएका छन्—ती यति धेरै छन् कि तिनलाई गन्‍न पनि सकिँदैन। तथापि, जहाँसम्म तिमीहरूको समर्पण र तिमीहरूले के अर्पण गर्न सक्छौ भन्‍ने सवाल छ, तिमीहरूले एक सुका पनि दिँदैनौ। तिमीहरूले मेरो वेदीमा एक थोपा इमानदारिता पनि चुहाउँदैनौ। मप्रतिको तिमीहरूको विश्‍वासका फलहरू कहाँ छन्? तिमीहरूले मबाट अनन्त अनुग्रह प्राप्त गरेका छौ, र तिमीहरूले स्वर्गबाट आएका अनन्त रहस्यहरू देखेका छौ; मैले तिमीहरूलाई स्वर्गको ज्वाला समेत देखाएको छु, तर मसँग तिमीहरूलाई जलाउने हृदय छैन। तैपनि, तिमीहरूले यसको बदलामा मलाई कति नै दिएका छौ र? तिमीहरू मलाई कति दिन इच्छुक छौ? मैले तिमीहरूलाई दिएको खानेकुरा हातमा लिएर तिमीहरू मतिर फर्कन्छौ र मलाई त्यो खानेकुरा दिन्छौ, र तिमीहरूले त्यो खानेकुरा आफ्नै कडा मेहनतको पसिनाद्वारा पाएको अनि आफूसँग भएका सबै कुरा मलाई चढाएको हो भनेर समेत भन्छौ। तैँले मलाई दिएका सबै “दानहरू” मेरै वेदीबाट चोरिएका कुरा हुन् भनी तँलाई कसरी थाहा हुन सक्दैन र? यसअलावा, अहिले तैँले ती कुराहरू मलाई उपहार दिँदै छस्, के तैँले मलाई ठगिरहेको छैनस् र? मैले आज जे कुरा उपभोग गर्छु त्यो सबै मेरो वेदीका भेटीहरू हुन्, र तैँले तेरो कडा मेहनतबाट प्राप्त गरी मलाई चढाएका कुराहरू होइनन् भनी तँलाई कसरी थाहा हुन सक्दैन र? तिमीहरूले वास्तवमा यसरी मलाई ठग्‍ने दुस्साहस गर्छौ, अनि तिमीहरूलाई कसरी मैले क्षमा दिन सक्छु र? मैले यो कुरालाई अझै सहिरहूँ भनेर तिमीहरूले कसरी अपेक्षा गर्न सक्छौ? मैले तिमीहरूलाई सब थोक दिएको छु। मैले तिमीहरूको लागि हरेक कुरा खुला गरेको छु, तिमीहरूका आवश्यकताहरूको लागि प्रबन्ध गरेको छु, र तिमीहरूको आँखा खोलेको छु, तैपनि तिमीहरूले आफ्ना विवेकलाई बेवास्ता गर्दै यस प्रकारले मलाई ठग्छौ। मैले निस्वार्थ रूपमा तिमीहरूलाई सब थोक अर्पेको छु, ताकि तिमीहरूले कष्ट भोगे पनि मैले स्वर्गबाट ल्याएका सब थोक प्राप्त गर। यति हुँदाहुँदै पनि तिमीहरूसँग कुनै समर्पणता छैन, र तिमीहरूले थोरै योगदान दिएको भए पनि तिमीहरू पछि मसँग त्यसको “हिसाब किताब मिलाउन” खोज्छौ। के तेरो दान व्यर्थ हुनेछैन र? तैँले मलाई जे दिएको छस् त्यो केवल बालुवाको कण हो, तैपनि तँ मबाट एक टन सुन माग्छस्। के तँ केवल अनुचित हुँदै छैनस् र? म तिमीहरूमाझ काम गर्छु। मलाई दश प्रतिशत दिनुपर्ने कुराको कुनै नामनिसाना छैन, अतिरिक्त बलिदानहरूको त कुरै छोडौं। यसबाहेक, जो भक्तिपूर्ण छन् तिनीहरूले दान दिएको दश प्रतिशत पनि दुष्टहरूले कब्जा गर्छन्। के तिमीहरू मबाट टाढा छरिएका छैनौ र? के तिमीहरू सबै मेरो विरोधी भएका छैनौ र? के तिमीहरू सबैले मेरो वेदी तहसनहस पारिरहेका छैनौ र? कसरी त्यस्ता मानिसहरू मेरो नजरमा सम्पत्ति हुन सक्छन् र? के तिनीहरू मैले घृणा गर्ने सुँगुर र कुकुरहरू होइनन् र? कसरी मैले तिमीहरूका दुष्कर्महरूलाई सम्पत्तिको रूपमा उल्लेख गर्न सक्छु र? मेरो काम वास्तवमा कसको लागि गरिएको हो? के यसको उद्देश्य केवल मेरो अख्तियारी प्रकट गर्न तिमीहरू सबैलाई प्रहार गर्नु हुन सक्छ? के तिमीहरूको जीवन मेरो एउटै वचनमा अडिएको छैन र? किन मैले तिमीहरूलाई निर्देशन दिन वचनहरू मात्र प्रयोग गरिरहेको छु र तिमीहरूलाई सकेसम्म चाँडो प्रहार गर्न वचनहरूलाई तथ्यमा परिणत गरेको छैनँ? के मेरा वचनहरू र कामको उद्देश्य मानवजातिलाई प्रहार गर्नु मात्र हो? के म निर्दोषहरूलाई जथाभाबी मार्ने परमेश्‍वर हुँ? अहिले, तिमीहरूमध्ये कति जना मानव जीवनको सही मार्ग खोज्न आफ्नो सम्पूर्ण सारत्व लिएर मकहाँ आइरहेका छौ? तिमीहरूको शरीर मात्र मेरो सामु छ; तिमीहरूको हृदय त स्वतन्त्र घुमिरहेको छ, मदेखि धेरै, धेरै टाढा रहेको छ। तिमीहरूलाई मेरो काम वास्तवमा के हो भन्‍ने थाहा नभएकोले, तिमीहरूमध्ये धेरै जना, सजाय वा न्याय नभएको स्वर्गमा बाँच्ने आशा गर्दै, मलाई छाडी जान र आफूलाई मदेखि टाढा लैजान चाहन्छौ। के मानिसहरूले आफ्नो हृदयभित्र चाहेको कुरा यही होइन र? मैले अवश्य पनि तँलाई वाध्य पार्ने कोसिस गरिरहेको छैनँ। तैँले जुन मार्ग लिन्छस् त्यो तेरो आफ्नै रोजाइ हो। आजको मार्गमा न्याय र श्राप पनि साथै छ, तर तिमीहरू सबैलाई थाहा हुनुपर्छ कि मैले तिमीहरूलाई जे प्रदान गरेको छु, चाहे ती न्याय हुन् वा सजाय, ती तिमीहरूलाई मैले प्रदान गर्न सक्‍ने सबैभन्दा राम्रा उपहारहरू र तिमीहरूलाई तुरुन्तै चाहिने कुराहरू हुन्।

अघिल्लो: सुसमाचार फैलाउने काम पनि मानिसलाई मुक्ति दिने काम नै हो

अर्को: व्यवस्थाको युगको काम

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्