परमेश्‍वरसँग तेरो सम्बन्ध कस्तो छ?

परमेश्‍वरमा विश्‍वास राख्दा, तैँले कम्तीमा पनि परमेश्‍वरसँगको सामान्य सम्बन्धका विषयमा रहेको समस्यालाई समाधान गर्नुपर्छ। यदि परमेश्‍वरसँग तेरो सामान्य सम्बन्ध छैन भने, परमेश्‍वरप्रतिको तेरो विश्‍वासको अर्थ गुमेको छ। परमेश्‍वरको उपस्थितिमा शान्त रहने हृदयको साथमा परमेश्‍वरसँगको सामान्य सम्बन्धको स्थापना पूर्ण रूपमा हासिल गर्न सकिन्छ। परमेश्‍वरसँगको सामान्य सम्बन्धको अर्थ उहाँको कुनै पनि कार्यलाई शङ्का र इन्कार नगर्नु र उहाँको कार्यप्रति समर्पित हुन सक्नु हो। यसको अर्थ परमेश्‍वरको उपस्थितिमा सही अभिप्राय राख्नु हो, आफ्नो लागि योजना नबनाउनु हो, र सबै कुरामा परमेश्‍वरको परिवारको हितलाई सबैभन्दा पहिले विचार गर्नु हो; यसको अर्थ परमेश्‍वरको सूक्ष्म जाँचलाई स्वीकार गर्नु र परमेश्‍वरका प्रबन्धहरूको पालना गर्नु हो। तैँले गर्ने सबै कार्यमा आफ्नो हृदयलाई परमेश्‍वरको उपस्थितिमा शान्त बनाउनु सक्नुपर्छ। तैँले परमेश्‍वरको इच्छा नबुझे पनि, तैँले तेरो क्षमताले भ्याएसम्म तेरा कर्तव्य र जिम्मेवारीहरू पूरा गर्नैपर्छ। परमेश्‍वरको इच्छा तँलाई प्रकाश पारिएपछि, त्यसमा काम गर्, र त्यसो गर्दा त्यति धेरै ढिलो हुनेछैन। जब परमेश्‍वरसँगको तेरो सम्बन्ध सामान्य बन्छ, अनि मानिसहरूसँग तेरो सम्बन्ध सामान्य बन्छ। सबै कुरा परमेश्‍वरका वचनहरूको जगमा विकास भएको हुन्छ। परमेश्‍वरका वचनहरू खा र पिई, त्यसपछि परमेश्‍वरका आवश्यक मापदण्डहरूलाई अभ्यास गर्, तेरा दृष्टिकोणहरूलाई सच्या, परमेश्‍वरको विरोध गर्ने वा मण्डलीलाई बिथोल्ने कुनै पनि काम नगर्। तेरा दाजुभाइ तथा दिदीबहिनीहरूको जीवनलाई लाभ नपुर्‍याउने कुनै पनि कार्य नगर्, अरूलाई अनुपयोगी हुने कुनै पनि कुरा नबोल्, र लज्जाबोध हुने कुनै पनि कार्य नगर्। तैँले गर्ने सबै कार्यमा निष्पक्ष र प्रतिष्ठित बन् र तेरो प्रत्येक कार्य परमेश्‍वर समक्ष पेश गर्न सकिने कुरा सुनिश्चित गर्। कहिलेकाहीँ देह कमजोर बन्न सक्ने भए तापनि, तैँले व्यक्तिगत लाभको लोभविना परमेश्‍वरको परिवारको हितलाई सबैभन्दा अगाडि राख्न सक्नुपर्छ, र तैँले धर्मी रूपमा काम गर्न सक्नुपर्छ। यदि तैँले यसरी अभ्यास गर्न सकिस् भने, परमेश्‍वरसँगको तेरो सम्बन्ध सामान्य बन्छ।

तैँले गर्ने सबै कुरामा, तैँले तेरो अभिप्राय सही छ वा छैन भनेर जाँच्नुपर्छ। यदि तँ परमेश्‍वरका आवश्यक मापदण्डहरू अनुरूप काम गर्न सक्षम छस् भने, परमेश्‍वरसँगको तेरो सम्बन्ध सामान्य हुन्छ। यो न्यूनतम मापदण्ड हो। आफ्नो अभिप्रायलाई हेर्, र यदि कुनै गलत अभिप्रायहरू उत्पन्न भएको पत्ता लगाइस् भने, तिनीहरूप्रति आफ्नो पिठ्यूँ फर्काउन सक्षम बन् र परमेश्‍वरका वचनहरू अनुसार काम गर्; यसरी तँ परमेश्‍वरको अगाडि सही व्यक्ति बन्न सक्छस्, जसले परमेश्‍वरसँगको तेरो सम्बन्ध सामान्य भएको, र तैँले गर्ने सबै कुराहरू परमेश्‍वरका खातिर भएको, तेरो आफ्नो लागि नभएको दर्साउँछ। तैँले गर्ने र भन्ने सबै कुरामा, तेरो हृदयलाई सही पार्न र तेरा कामहरूमा धर्मी बन्न, र आफ्ना भावनाहरूमा नबग्न, र तेरो आफ्नो इच्छा अनुसार काम नगर्न सक्षम बन्। परमेश्‍वरका विश्‍वासीहरूले आफूलाई आचरणमा राख्न प्रयोग गर्ने सिद्धान्तहरू यिनै हुन्। साना कुराले मानिसको अभिप्राय र कद प्रकाश पार्न सक्छ, र त्यसैले, परमेश्‍वरबाट सिद्ध बनाइने मार्गमा प्रवेश गर्नका लागि तिनीहरूले पहिले परमेश्‍वरसँगको आफ्ना अभिप्रायहरू र सम्बन्धलाई सच्याउनुपर्छ। परमेश्‍वरसँगको तेरो सम्बन्ध सामान्य भएपछि मात्रै तँ उहाँबाट सिद्ध बनाइन योग्य हुन्छस्, त्यसपछि मात्रै परमेश्‍वरको निराकरण, काँटछाँट, ताडना र शोधनले तँमा तोकिएको प्रभाव हासिल गर्न सक्छ। यसो भन्नुको अर्थ, यदि मानवजातिले परमेश्‍वरलाई तिनीहरूको हृदयमा राख्न सक्षम भएमा र व्यक्तिगत लाभको खोजी नगरेमा वा तिनीहरूको आफ्नै भविष्यको बारेमा (देहको हिसाबमा) नसोचेमा, बरु त्यसको सट्टा जीवनमा प्रवेश गर्ने भारलाई बोकेमा, सत्यको खोजी गर्ने सक्दो प्रयास गरेमा, र परमेश्‍वरको कार्यमा समर्पित भएमा—यदि तैँले यसो गर्न सकेमा, तैँले अघि बढाउने लक्ष्यहरू सही हुनेछन्, र परमेश्‍वरसँगको तेरो सम्बन्ध सामान्य बन्नेछ। परमेश्‍वरसँगको सम्बन्धलाई सही बनाउनुलाई आत्मिक यात्रामा प्रवेश गर्ने पहिलो कदम भन्न सकिन्छ। मानिसको नियति परमेश्‍वरको हातमा रहेको र परमेश्‍वरले पूर्वनिर्धारण गर्नुभएको भए तापनि, र मानिसले परिवर्तन गर्न नसक्ने भए तापनि, तँ परमेश्‍वरबाट सिद्ध बनाइने वा उहाँबाट प्राप्‍त गरिने कुरा परमेश्‍वरसँग तेरो सम्बन्ध सामान्य छ वा छैन भन्ने कुरामा निर्भर रहन्छ। तेरा केही भागहरू कमजोर वा अवज्ञाकारी हुन सक्छन्—तर तेरो दृष्टिकोण र तेरो अभिप्राय सही हुँदासम्म, र परमेश्‍वरसँगको तेरो सम्बन्ध सही र सामान्य हुँदासम्म, तँ परमेश्‍वरबाट सिद्ध पारिन योग्य हुन्छस्। यदि परमेश्‍वरसँगको तेरो सम्बन्ध सही छैन भने, र तँ देह वा तेरो परिवारको निम्ति काम गर्छस् भने, तैँले जतिसुकै कडा मेहनत गरे पनि, त्यो सबै व्यर्थ हुनेछ। यदि परमेश्‍वरसँगको तेरो सम्बन्ध सामान्य छ भने, अन्य सबै कुरा आफैँ मिलेर आउँछ। परमेश्‍वरले अरू केही कुरा पनि हेर्नुहुन्न, परमेश्‍वरप्रतिको तेरो दृष्टिकोण सही छ वा छैन भनेर मात्र हेर्नुहुन्छ: तँ कसलाई विश्‍वास गर्छस्, तँ कसको लागि विश्‍वास गर्छस्, र तँ किन विश्‍वास गर्छस्। यदि तैँले अवस्थालाई स्पष्ट रूपमा देख्न र तेरो दृष्टिकोणलाई राम्रो स्वभावसहित अभ्यास गर्न सक्छस् भने, तैँले तेरो जीवनमा प्रगति गर्न सक्छस्, र सही मार्गमा तेरो प्रवेशको प्रत्याभूति समेत हुनेछ। यदि परमेश्‍वरसँगको तेरो सम्बन्ध सामान्य छैन भने, र परमेश्‍वरमाथिको तेरो विश्‍वास विकृत छ भने, सबै कुरा व्यर्थ हुन्छ, र तैँले जतिसुकै विश्‍वास गरे पनि, तैँले केही पनि पाउने छैनस्। परमेश्‍वरसँग तेरो सम्बन्ध सामान्य भएपछि, तैँले देह परित्याग गरेर, प्रार्थना गरेर, कष्ट भोगेर, सहेर, समर्पित भएर, तेरा दाजुभाइ र दिदीबहिनीहरूलाई सहयोग गरेर, परमेश्‍वरका लागि आफूलाई अर्पित गरेर, आदि इत्यादि गरेर मात्रै उहाँको प्रशंसा जित्न सक्छस्। तैँले गर्ने कुराहरूको महत्त्व र अर्थ तेरो अभिप्राय सही छ, छैन र तेरो दृष्टिकोण सही छ, छैन भन्ने कुरामा निर्भर रहन्छ। आजकल, धेरै मानिसहरू भित्ते घडी हेर्नका लागि टाउको घुमाएजस्तो गरी परमेश्‍वरमा विश्‍वास गर्छन्—तिनीहरूको दृष्टिकोण विकृत हुन्छ, र तिनीहरूलाई नयाँ खोजसहित सही बनाइनुपर्छ। यदि यो समस्या समाधान भयो भने, सबै कुरा राम्रो हुन्छ, यदि भएन भने, सबै कुरा व्यर्थ हुनेछ। केही मानिसहरूले मेरो उपस्थितिमा राम्रो व्यवहार देखाउँछन्, तर मेरो पिठ्यूँ पछाडि, उनीहरूले गर्ने भनेकै मेरो विरोध हो। यो तिनीहरूको कुटिलता र कपटको अभिव्यक्ति हो र त्यस्तो व्यक्ति शैतानको दास हो; र तिनीहरू परमेश्‍वरको परीक्षा गर्न आएका, शैतानका सटीक प्रतिरूप हुन्। यदि मेरो काम र मेरा वचनहरूमा तँ समर्पित हुन सक्छस् भने मात्रै तँ सही मानिस होस्। परमेश्‍वरका वचनहरू तैँले खान र पिउन सक्दासम्म; तैँले गरेका सबै कुराहरू परमेश्‍वरको अगाडि प्रस्तुत गर्न योग्य हुँदासम्म र तैँले गर्ने सबै काममा तैँले निष्पक्ष र प्रतिष्ठित रूपमा व्यवहार गर्दासम्म; तैँले लाजमर्दो कुराहरू वा अरूको जीवनमा क्षति पुग्ने काम नगर्दासम्म; र तैँले उज्यालोमा जिउँदासम्म र आफूलाई शैतानबाट शोषित हुन नदिँदासम्म, परमेश्‍वरसँगको तेरो सम्बन्ध उचित स्थितिमा रहन्छ।

परमेश्‍वरमा विश्‍वास गर्नका लागि तैँले तेरो अभिप्राय र दृष्टिकोणलाई उचित स्थितिमा राख्नुपर्छ, तँसँग परमेश्‍वरका वचन तथा परमेश्‍वरका कार्यहरू, परमेश्‍वरले प्रबन्ध गर्नुहुने सबै वातावरणहरू, परमेश्‍वरले गवाही दिनुहुने मानिस, र व्यावहारिक परमेश्‍वरको बारेमा सही बुझाइ, र व्यवहार गर्ने सही तरिका हुनुपर्छ। तैँले आफ्नो विचार अनुसार अभ्यास गर्नु हुँदैन वा तेरा आफ्नै तुच्छ युक्तिहरू लागू गर्नु हुँदैन। तैँले जेसुकै गरे पनि, तैँले सत्यको खोजी गर्न सक्नुपर्छ र, सृष्टि भएको प्राणीको तेरो हैसियतमा, परमेश्‍वरको सबै कार्यमा समर्पित हुनुपर्छ। यदि परमेश्‍वरबाट सिद्ध हुन खोज्ने र जीवनको सही मार्गमा प्रवेश गर्ने तेरो लालसा भएमा, तेरो हृदय सधैँ परमेश्‍वरको उपस्थितिमा जिउनुपर्छ। स्वच्छन्द नबन्, शैतानलाई नपछ्या, शैतानलाई आफ्नो काम गर्ने कुनै पनि अवसर नदे, र शैतानलाई तँलाई प्रयोग गर्न नदे। तैँले आफूलाई सम्पूर्ण रूपमा परमेश्‍वरलाई सुम्पनुपर्छ र परमेश्‍वरलाई तँमाथि शासन गर्न दिनुपर्छ।

के तँ शैतानको दास हुन राजी छस्? के तँ शैतानबाट शोषित हुन राजी छस्? के तँ परमेश्‍वरमाथि विश्‍वास गर्छस् र तँ उहाँबाट सिद्ध हुन वा परमेश्‍वरको कार्यका लागि प्रतिभार हुन सक्ने हिसाबमा उहाँको खोजी गर्छस्? के तँ परमेश्‍वरद्वारा प्राप्‍त गरिने अर्थपूर्ण जीवन रुचाउँछस्, वा व्यर्थ र खाली जीवन? के तँ परमेश्‍वरबाट प्रयोग हुन रुचाउँछस्, वा शैतानबाट शोषित हुन? के तँ परमेश्‍वरका वचनहरू र सत्यताबाट भरिन रुचाउँछस्, वा पाप र शैतानबाट भरिन? यी कुराहरूलाई राम्ररी सोच्। तेरो दैनिक जीवनमा, तैँले बोल्ने कुन शब्द वा तैँले गर्न सक्ने कुन कुराहरूले परमेश्‍वरसँगको तेरो सम्बन्धलाई असामान्य बनाउँछ भन्ने विषयमा तैँले बुझ्नुपर्छ, र तैँले सही व्यवहारमा प्रवेश गर्न आफैलाई सच्याउनुपर्छ। सबै समयमा, तेरा शब्द, तेरा कार्य, तेरा प्रत्येक चाल, र तेरा सबै सोच तथा विचारहरूलाई परीक्षण गर्। तेरो वास्तविक स्थितिको उचित बुझाइ हासिल गर् र पवित्र आत्माको कार्यको व्यवहारमा प्रवेश गर्। परमेश्‍वरसँग सामान्य सम्बन्ध कायम राख्ने यो एक मात्रै तरिका हो। परमेश्‍वरसँगको तेरो सम्बन्ध सामान्य छ, छैन भनेर लेखाजोखा गर्दै, तैँले तेरो अभिप्रायलाई सच्याउन, मानिसको प्रकृति र सार बुझ्न, र आफूलाई साँच्चिकै बुझ्न सक्छस्, र, यसो गरिरहँदा तँ वास्तविक अनुभवमा प्रवेश गर्न, वास्तविक तरिकाले आफूलाई त्याग्न, र अभिप्राय सहित समर्पित हुन सक्नेछस्। परमेश्‍वरसँगको तेरो सम्बन्ध सामान्य छ वा छैन भन्ने विषयसँग जोडिएका कुराहरूलाई तैँले अनुभव गर्दा, तैँले परमेश्‍वरबाट सिद्ध हुने अवसरहरू प्राप्‍त गर्छस् र पवित्र आत्माको धेरै स्थितिहरू बुझ्न सक्षम हुनेछस्। तैँले शैतानका धेरै छलहरू छिचोलेर हेर्न र त्यसका षड्यन्त्रहरूलाई भित्रैबाट बुझ्न सक्षम हुनेछस्। यो मार्गले मात्रै परमेश्‍वरबाट सिद्ध हुनेतिर अघि बढाउँछ। तैँले परमेश्‍वरसँगको तेरो सम्बन्धलाई सही राखेमा, तँ उहाँको प्रबन्धहरूमा पूर्ण रूपमा समर्पित हुन सक्नेछस्, र तैँले वास्तविक अनुभवको अझ भित्रसम्म प्रवेश गर्न र पवित्र आत्माको कार्य अझै धेरै पाउन पनि सक्नेछस्। जब तैँले परमेश्‍वरसँगको सामान्य सम्बन्धको साथ अभ्यास गर्छस्, तब प्रायः, देहलाई परित्याग गरेर र परमेश्‍वरसँगको वास्तविक सहकार्य मार्फत सफलता हासिल हुनेछ। “सहकार्य गर्ने हृदयविना, परमेश्‍वरको कार्य प्राप्‍त गर्न गाह्रो हुन्छ; यदि देहले कष्ट भोगेन भने, परमेश्‍वरबाट आशीर्वाद प्राप्त हुनेछैन; यदि आत्माले सङ्घर्ष गरेन भने, शैतानलाई लज्जित बनाउन सकिनेछैन” भनेर तैँले बुझ्नुपर्छ। यदि तैँले यी सिद्धान्तहरूको अभ्यास गरिस् र यिनलाई राम्ररी बुझिस् भने, परमेश्‍वरप्रतिको विश्‍वासको बारेमा तेरो दृष्टिकोण सही हुनेछ। तिमीहरूको हालको अभ्यासमा, तिमीहरूले “भोक मेट्न रोटी खोज्ने” मानसिकतालाई त्याग्नुपर्छ, तिमीहरूले “सबै कुरा पवित्र आत्माले गर्नुहुन्छ, र मानिसहरू हस्तक्षेप गर्न असक्षम छन्” भन्ने मानसिकतालाई त्याग्नुपर्छ। यस्तो भन्ने सबैले “मानिसहरूले आफूलाई इच्छा लागेको जे पनि गर्न सक्छन्, र समय आएपछि, पवित्र आत्माले उहाँको कार्य गर्नुहुनेछ। मानिसहरूले देहलाई नियन्त्रित गर्नु वा सहकार्य गर्नु आवश्यक छैन, सबैभन्दा महत्वपूर्ण कुरा भनेको पवित्र आत्माबाट प्रेरित हुनु हो” भनेर सोच्छन्। यी रायहरू सबै निरर्थक छन्। यस्ता परिस्थितिहरूमा, पवित्र आत्माले काम गर्न सक्नुहुन्न। यस्तो प्रकारको दृष्टिकोणले पवित्र आत्माको कार्यलाई धेरै अवरोध ल्याउँछ। प्रायः, पवित्र आत्माको कार्य मानव सहकार्यबाट हासिल हुन्छ। सहकार्य नगर्ने र संकल्प नभएका, तर आफ्नो स्वभावमा परिवर्तन र पवित्र आत्माको कार्य र परमेश्‍वरबाट अन्तर्दृष्टि र ज्योति प्राप्‍त गर्ने इच्छा राख्नेहरूसँग वास्तवमै अनावश्यक विचारहरू हुन्छन्। यसलाई “आफैमा लिप्‍त हुनु र शैतानलाई माफी दिनु” भनिन्छ। यस्ता मानिसहरूको परमेश्‍वरसँग सामान्य सम्बन्ध हुँदैन। तैँले आफूभित्र शैतानी स्वभावको धेरै प्रकाश र अभिव्यक्ति खोज्नुपर्छ र परमेश्‍वरको अहिलेको आवश्यक मापदण्डसँग बाझिने अभ्यास खोज्नुपर्छ। के तँ अब शैतानलाई त्याग्न सक्षम छस्? तैँले परमेश्‍वरसँग सामान्य सम्बन्ध हासिल गर्नुपर्छ, परमेश्‍वरको अभिप्राय अनुसार काम गर्नुपर्छ, र नयाँ जीवनसहित नयाँ मान्छे बन्नुपर्छ। विगतको अपराधमा नभौँतारिई; अनावश्यक रूपमा पश्‍चातापी नबन्; खडा हुन र परमेश्‍वरसँग सहकार्य गर्न सक्षम बन्, र तैँले पूरा गर्नुपर्ने कर्तव्यहरू पूरा गर्। यसरी, परमेश्‍वरसँगको तेरो सम्बन्ध सामान्य बन्नेछ।

यो कुरा पढेपछि, तैँले यी वचनहरू स्वीकारेको दाबी मात्रै गर्छस्, तर तेरो हृदयमा कुनै प्रभाव परेको छैन, र तँ परमेश्‍वरसँगको तेरो सम्बन्धलाई सामान्य बनाउन खोज्दैनस् भने, यसले तँ परमेश्‍वरसँगको तेरो सम्बन्धलाई महत्त्व दिँदैनस् भन्ने प्रमाणित गर्छ। यसले प्रमाणित गर्छ कि तेरो दृष्टिकोण अहिलेसम्म सही भएको छैन, तेरा अभिप्रायहरू परमेश्‍वरद्वारा प्राप्‍त गरिने गरी र उहाँको महिमा ल्याउने गरी स्थापित भएका छैनन्, बरु शैतानको षड्यन्त्रको जीत हुने गरी र तेरा आफ्नै लक्ष्यहरू प्राप्‍त हुने गरी स्थापित भएका छन्। यस्ता मानिसहरूमा गलत अभिप्राय र गलत दृष्टिकोणहरू हुन्छन्। परमेश्‍वरले जेसुकै भन्नुभए पनि वा उहाँले जसरी नै भन्नुभए पनि, यस्ता मानिसहरू पूर्ण रूपमा उदासीन रहन्छन् र अलिकति पनि रूपान्तरण भएका हुँदैनन्। तिनीहरूको हृदयले डरको अनुभव गर्दैन र तिनीहरू लज्जित हुँदैनन्। यस्तो व्यक्ति आत्माहीन मूर्ख हो। परमेश्‍वरको प्रत्येक वाणी पढ् र यी वाणीलाई बुझ्ने बित्तिकै अभ्यास गर्। तेरो देह कमजोर भएको, वा तँ विद्रोही बनेको, वा तैँले विरोध गरेको अवसरहरू शायद थिए होलान्; तैँले विगतमा जे-जस्तो व्यवहार गरेको भए पनि, परिणामको हिसाबमा त्यसले खासै फरक पर्दैन, र यसले आज तँलाई परिपक्व हुनबाट रोक्न सक्दैन। त्यसैले, आज परमेश्‍वरसँग तेरो सामान्य सम्बन्ध हुँदासम्म, आशा अझै बाँकी हुन्छ। यदि प्रत्येक पटक परमेश्‍वरको वाणी पढ्दा तँमा परिवर्तन आउँछ, र अरूले तेरो जीवन राम्रो हिसाबमा परिवर्तन हुँदै गएको छ भनेर भन्छन् भने, यसले परमेश्‍वरसँगको तेरो सम्बन्ध अब सामान्य छ, सही भएको छ भन्ने देखाउँछ। परमेश्‍वरले मानिसहरूलाई तिनीहरूको अपराधको आधारमा व्यवहार गर्नुहुन्न। तैँले एक पटक बुझेपछि र सचेत भएपछि, तैँले विद्रोह वा विरोध गर्ने काम बन्द गर्दासम्म, तँमाथि परमेश्‍वरको कृपा भइरहनेछ। परमेश्‍वरद्वारा सिद्ध पारिनका लागि खोजी गर्ने तँसँग बुझाइ र सङ्कल्प छ भने, परमेश्‍वरको उपस्थितिमा तेरो स्थिति सामान्य बन्छ। तैँले जेसुकै गरिरहेको भए तापनि, ती कुरा गर्दा निम्न कुराहरूमा ध्यान दिनू: मैले यो गर्दा परमेश्‍वरले के सोच्नुहुन्छ? के यसले मेरा दाजुभाइ र दिदीबहिनीहरूलाई फाइदा गर्छ? के यो परमेश्‍वरको घरमा हुने कार्यलाई लाभदायक छ? प्रार्थना, सङ्गति, प्रवचन, कार्य वा अरूसँगको सम्पर्कमा, तेरो अभिप्रायलाई जाँच गर्, र परमेश्‍वरसँगको तेरो सम्बन्ध सामान्य छ, छैन परीक्षण गर्। यदि तैँले तेरो आफ्नै अभिप्राय र सोचलाई बुझ्न सक्दैनस् भने, यसको अर्थ तँमा विभेदीकरणको कमी छ भन्ने हो, जसले तैँले एकदमै कम सत्य बुझ्छस् भन्ने प्रमाणित गर्छ। यदि तँ परमेश्‍वरले गर्नुभएको प्रत्येक कार्यलाई स्पष्ट रूपमा बुझ्न, र उहाँको पक्षमा खडा भएर, उहाँका वचनहरूको दृष्टिबाट परिस्थितिहरूलाई बुझ्न सक्षम छस् भने, तेरो दृष्टिकोण सही भएको हुनेछ। तसर्थ, परमेश्‍वरसँग राम्रो सम्बन्ध स्थापना गर्नु परमेश्‍वरमा विश्‍वास राख्ने जोकोहीको लागि एकदमै महत्त्वपूर्ण हुन्छ; सबैले यसलाई सर्वाधिक महत्त्वको कार्य र तिनीहरूको जीवनको सबैभन्दा ठूलो घटना सम्झिनुपर्छ। तैँले गर्ने सबै कुराहरूलाई परमेश्‍वरसँग तेरो सम्बन्ध सामान्य छ, छैन भन्ने कुराद्वारा मापन गरिन्छ। यदि परमेश्‍वरसँगको तेरो सम्बन्ध सामान्य छ र तेरा अभिप्रायहरू सही छन् भने, काम गर्। परमेश्‍वरसँगको सम्बन्धलाई सामान्य बनाइराख्नलाई तैँले तेरो व्यक्तिगत रुचिहरूमा क्षति हुन्छ कि भनी डराउनु हुँदैन; शैतानलाई जित्न तैँले दिनु हुँदैन, तैँले शैतानलाई तँलाई खरिद गर्न दिनु हुँदैन, र तैँले शैतानलाई तँलाई हाँस्यपात्र बनाउन दिनु हुँदैन। यस्ता अभिप्रायहरू हुनु भनेको परमेश्‍वरसँग तेरो सम्बन्ध सामान्य छ भन्ने कुराको सङ्केत हो—र यो देहको लागि नभएर आत्माको शान्तिको लागि हो, पवित्र आत्माको कार्यको प्राप्तिका लागि हो, र परमेश्‍वरको इच्छा सन्तुष्ट पार्नका लागि हो। सही स्थितिमा प्रवेश गर्नका लागि, तैँले परमेश्‍वरसँग राम्रो सम्बन्ध स्थापना गर्नुपर्छ र परमेश्‍वरमाथिको तेरो विश्‍वासको दृष्टिकोणलाई सही बनाउनुपर्छ। यसरी मात्रै तँलाई परमेश्‍वरले प्राप्त गर्न सक्नुहुन्छ, र उहाँले तँमा उहाँका वचनहरूको फल अभिव्यक्त गर्न र अझ धेरै तँलाई अन्तर्दृष्टि र ज्योति दिन सक्नुहुन्छ। यसरी, तँ सही तरिकामा प्रवेश भएको हुनेछस्। आजका परमेश्‍वरका वचनहरू खान र पिउन जारी राख्, पवित्र आत्माको काम गराइको विद्यमान तरिकामा प्रवेश गर्, परमेश्‍वरका आजका आवश्यक मापदण्डहरू अनुसार काम गर्, अभ्यासको पुरानो ढर्राको तरिका अनुसरण नगर्, काम गर्ने पुरानो तरिकाहरूमा नझुन्डी, र यथाशक्य चाँडो आजको कामको तरिकामा प्रवेश गर्। यसरी, परमेश्‍वरसँगको तेरो सम्बन्ध पूर्ण रूपमा सामान्य हुनेछ, अनि तैँले परमेश्‍वरमाथिको विश्‍वासको सही मार्ग प्रारम्भ गरेको हुनेछस्।

अघिल्लो: मार्ग … (६)

अर्को: मार्ग … (१)

तपाईं र तपाईंको परिवार बाँच्ने बारेमा एउटा ठूलो कुरा: के तपाईं ठूला विपत्तिहरूमा कसरी सुरक्षा प्राप्त गर्ने र बच्ने भनेर सोच्नुहुन्छ? तलको बटनमा क्लिक गर्नुहोस् र तपाईंले बाटो पाउनुहुनेछ।

सम्बन्धित विषयवस्तु

के त्रिएकत्व अस्तित्वमा छ?

येशूको सत्यता देह हुन आएपछि, मानिसले यस्तो विश्‍वास गऱ्योः स्वर्गमा, पिता मात्र हुनुहुन्न, तर पुत्र, र आत्मा पनि हुनुहुन्छ। स्वर्गमा यस...

अध्याय ४

मेरो अगाडि सेवा गर्ने मेरा सबै मानिसहरूले विगतको विषयमा फेरि सोच्नुपर्छ: के मप्रतिको तिमीहरूको प्रेम अशुद्धताले कलङ्कित थियो? के मप्रति...

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्