परमेश्‍वरलाई नचिन्‍ने सबै मानिस परमेश्‍वरको प्रतिरोध गर्ने मानिस हुन्

परमेश्‍वरको कामको उद्देश्य, उहाँको कामले मानिसमा हासिल गर्ने प्रभाव, र मानिसको लागि उहाँको ठ्याक्‍कै अभिप्रायहरू के हुन् सो बुझ्‍नु: परमेश्‍वरलाई पछ्याउने हरेक व्यक्तिले प्राप्त गर्नुपर्ने कुरा हो। आजकाल सबै मानिसमा भएको कमी भनेको परमेश्‍वरको कामको ज्ञान नहुनु हो। संसारको सृष्टिदेखि वर्तमान समयसम्म, मानिसहरूमा परमेश्‍वरले गर्नुभएका कार्यहरू, उहाँको कामको सम्पूर्णता, र मानिसको लागि उहाँको ठ्याक्‍कै अभिप्रायहरू के हुन्—यी कुरा मानिसले न त जान्दछ न त बोध गर्छ। यो अपर्याप्तता धार्मिक दुनियाँभरि मात्र होइन, परमेश्‍वरमा विश्‍वास गर्ने अन्य सबैमा पनि देखिन्छ। जब तैँले साँच्चिकै परमेश्‍वरलाई देख्‍ने, यथार्थमै उहाँको बुद्धिको सराहना गर्ने, उहाँले गर्नुभएका सबै कार्य देख्‍ने, उहाँ जे हुनुहुन्छ र उहाँसँग जे छ त्यो चिन्‍ने दिन आउँछ—जब तैँले उहाँको सम्पन्नता, बुद्धि, आश्‍चर्यपन, र मानिसहरूमा उहाँले गर्नुभएका सबै कुरा देख्छस्—त्यसपछि मात्र परमेश्‍वरमाथिको तेरो विश्‍वासमा तैँले सफलता प्राप्त गरेको हुनेछस्। परमेश्‍वर सर्वव्यापी र सर्वसम्पन्न हुनुहुन्छ भनेर भन्दा, कुन तरिकामा उहाँ सर्वव्यापी र सर्वसम्पन्न हुनुहुन्छ? यदि तैँले यो बुझ्‍दैनस् भने, तँ परमेश्‍वरलाई विश्‍वास गर्न योग्य हुन सक्नेछैनस्। धार्मिक दुनियाँका व्यक्तिहरू परमेश्‍वरका विश्‍वासी होइनन् तर कुकर्मी हुन्, दियाबलसहरूकै वर्गका हुन् भनेर म किन भन्छु? मैले उनीहरू कुकर्मी हुन् भन्नुको कारण के हो भने, उनीहरू परमेश्‍वरका अभिप्रायहरू बुझ्दैनन् र उहाँको बुद्धि देख्न असमर्थ छन्। परमेश्‍वरले कहिल्यै उनीहरूलाई आफ्नो काम प्रकट गर्नुहुन्‍न। उनीहरू अन्धा छन्; उनीहरूले परमेश्‍वरका कार्यहरू देख्न सक्दैनन्, उनीहरू परमेश्‍वरद्वारा त्यागिएका छन्, र उनीहरूमा परमेश्‍वरको हेरचाह र सुरक्षाको पूर्णरूपमा अभाव छ, झन् पवित्र आत्माको कामको त उल्लेखै नगरौं। परमेश्‍वरको कामविहीनहरू सबै कुकर्मी र परमेश्‍वरका प्रतिरोधी हुन्। मैले उल्‍लेख गर्ने परमेश्‍वरका प्रतिरोधीहरूले उनीहरूलाई जनाउँछन् जसले परमेश्‍वरलाई चिन्दैनन्, जसले आफ्ना ओठले परमेश्‍वरलाई स्वीकार गर्छन् तैपनि उहाँलाई चिन्दैनन्, जसले परमेश्‍वरलाई पछ्याउँछन् तैपनि उहाँमा समर्पित हुँदैनन्, र जसले परमेश्‍वरको अनुग्रहको आनन्द उठाउँछन् तैपनि उहाँको गवाहीमा दृढ रहन सक्दैनन्। परमेश्‍वरको कामको उद्देश्यको बुझाईविना वा मानिसमा परमेश्‍वरले गर्नुहुने कामको बुझाईविना, ऊ परमेश्‍वरका अभिप्रायहरू अनुसार हुन सक्दैन, न त ऊ परमेश्‍वरको गवाहीको रूपमा खडा हुन नै सक्छ। मानिसले परमेश्‍वरको प्रतिरोध गर्नुको कारण, एकातिर उसको भ्रष्ट स्वभाव र अर्कोतिर परमेश्‍वरसम्‍बन्धी उसको अज्ञानता र परमेश्‍वरले जुन सिद्धान्तहरूद्वारा काम गर्नुहुन्छ, त्यसको र मानिसको लागि उहाँका अभिप्रायहरू के छन् त्यसको बुझाइको अभावबाट उत्पन्न हुन्छ। यी दुई पक्षले मिलेर परमेश्‍वरविरुद्ध मानिसको प्रतिरोधको इतिहास निर्माण गर्छन्। विश्‍वासमा नयाँ हुनेहरूले परमेश्‍वरको प्रतिरोध गर्छन् किनकि यस्तो प्रतिरोध उनीहरूको प्रकृतिभित्रै हुन्छ, यद्यपि विश्‍वासमा धेरै वर्ष रहेकाहरूले परमेश्‍वरलाई गर्ने प्रतिरोध उनीहरूको भ्रष्ट स्वभावका अतिरिक्त उहाँसम्‍बन्धी उनीहरूको अज्ञानताबाट निस्कन्छ। परमेश्‍वर देहधारी हुनुभन्दा अघिको समयमा, मानिसले परमेश्‍वरको प्रतिरोध गरे-नगरेको मापन स्वर्गमा परमेश्‍वरले घोषणा गर्नुभएका आदेशहरूलाई उसले मान्यो कि मानेन त्यसमा आधारित हुन्थ्यो। उदाहरणका लागि, व्यवस्थाको युगमा, जसले यहोवाका व्यवस्था पालन गर्दैनथ्यो उसलाई परमेश्‍वरको प्रतिरोध गर्ने ठानिन्थ्यो; जसले यहोवाका भेटीहरू चोरी गर्थ्यो, वा जो यहोवाको निगाह प्राप्त गरेकाहरूको प्रतिरोध गर्थ्यो, उसलाई परमेश्‍वरको प्रतिरोध गर्ने व्यक्ति मानिन्थ्यो र ढुङ्गाले हानेर मारिन्थ्यो; जसले आफ्ना बाबुआमालाई आदर गर्दैनथ्यो, र जसले अर्कोलाई हिर्काउँथ्यो वा श्राप दिन्थ्यो, उसलाई व्यवस्था पालन नगर्ने व्यक्ति ठानिन्थ्यो। र ज-जसले यहोवाका नियमहरू पालन गर्दैनथिए उनीहरूलाई उहाँको प्रतिरोध गर्नेहरूका रूपमा लिइन्थ्यो। अनुग्रहको युगमा तबउप्रान्त त्यस्तो रहेन, जसले येशूको प्रतिरोध गर्थ्यो उसलाई परमेश्‍वरको प्रतिरोध गर्ने ठानिन्थ्यो, र येशूद्वारा बोलिएका वचनहरूमा समर्पित नहुनेहरूलाई परमेश्‍वरको प्रतिरोध गर्ने ठानिन्थ्यो। यस समयमा, परमेश्‍वरप्रतिको प्रतिरोधलाई परिभाषित गरिएको तरिका बढी यथार्थ र बढी व्यावहारिक दुवै भयो। परमेश्‍वर देहधारी भइनसक्नुभएको समयमा, मानिसले उहाँको प्रतिरोध गऱ्यो कि गरेन भन्ने कुराको मापन उसले स्वर्गमा हुनुहुने अदृश्य परमेश्‍वरलाई आराधना गऱ्यो कि गरेन र उच्च मानेर हेऱ्यो कि हेरेन भन्ने कुरामा आधारित हुन्थ्यो। त्यस समयमा परमेश्‍वरविरुद्धको प्रतिरोधलाई परिभाषित गर्ने तरिका त्यति व्यावहारिक थिएन, किनकि मानिसले परमेश्‍वरलाई देख्न सक्दैनथियो, न त परमेश्‍वरको स्वरूप ठ्याक्कै कस्तो छ, वा उहाँले ठ्याक्कै कसरी काम गर्नुहुन्छ र बोल्नुहुन्छ भन्‍ने नै उसलाई थाहा थियो। परमेश्‍वरबारे मानिसमा कहीँ-कतै कुनै धारणा थिएनन्, र उसले अस्पष्ट रूपले परमेश्‍वरमा विश्‍वास गर्थ्यो, किनकि परमेश्‍वर मानिससामु प्रकट भइसक्नुभएको थिएन। तसर्थ, मानिसले आफ्नो कल्पनामा परमेश्‍वरमा जसरी विश्‍वास गरे पनि, उहाँले मानिसलाई निन्दा गर्नुभएन वा उसबाट अत्यन्तै उच्च मागहरू गर्नुभएन, किनकि मानिस परमेश्‍वरलाई देख्न पूर्णतः असमर्थ थियो। जब परमेश्‍वर देहधारी बन्नुहुन्छ र मानिसहरूमाझ काम गर्न आउनुहुन्छ, सबैले उहाँलाई देख्छन् र उहाँका वचनहरू सुन्छन्, र देहमा हुनुहुने परमेश्वरका कार्यहरू सबैले देख्छन्। त्यस क्षणमा, मानिसका सबै धारणा फिँज बन्छन्। परमेश्‍वर देहमा देखा पर्नुभएको देख्नेहरू जानीजानी उहाँमा समर्पित हुन्छन् भने, उनीहरूको निन्दा गरिनेछैन, जबकि उद्देश्य बोकेर उहाँको प्रतिरोध गर्नेहरू परमेश्‍वरका प्रतिरोधी ठानिनेछन्। यस्ता मानिसहरू ख्रीष्टविरोधी, शत्रु हुन् जो जानीबुझी परमेश्‍वरको प्रतिरोध गर्छन्। मनमा परमेश्‍वरबारे धारणाहरू पाल्ने तर उहाँमा समर्पित हुन अझै तत्पर र इच्छुक हुनेहरूलाई निन्दा गरिनेछैन। परमेश्‍वरले मानिसलाई उसका अभिप्राय र व्यवहारका आधारमा निन्दा गर्नुहुन्छ, उसका सोचा र विचारहरूका आधारमा कहिल्यै त्यसो गर्नुहुन्‍न। यदि परमेश्‍वरले मानिसलाई उसका सोच र विचारहरूका आधारमा निन्दा गर्नुहुन्थ्यो भने, उहाँका क्रोधित हातहरूबाट एक जना पनि फुत्किन सक्नेथिएन। जानीबुझी देहधारी परमेश्‍वरको प्रतिरोध गर्नेहरू आफ्नो अवज्ञाका कारण दण्डित हुनेछन्। जानीबुझी परमेश्‍वरको प्रतिरोध गर्ने यी मानिसहरूका सम्बन्धमा भन्नुपर्दा, उनीहरूको प्रतिरोध उनीहरूले परमेश्‍वरबारे धारणाहरू पाल्छन् भन्ने तथ्यबाट उत्पन्न हुन्छ, जसले उनीहरूलाई परमेश्‍वरको काममा बाधा दिने कार्यतर्फ डोऱ्याउँछ। यी मानिसहरूले परमेश्‍वरको कामलाई जानाजान प्रतिरोध र ध्वस्त गर्छन्। उनीहरूसँग परमेश्‍वरबारे धारणाहरू मात्र हुँदैनन्, तर उनीहरू उहाँको कामलाई बाधा दिने क्रियाकलापहरूमा समेत संलग्न हुन्छन्, र यही कारणले यस प्रकारका मानिसहरू निन्दित हुनेछन्। जानीबुझी परमेश्‍वरको कामलाई बाधा नदिनेहरू, पापीका रूपमा निन्दित हुनेछैनन्, किनकि उनीहरू जानीजानी समर्पित हुन अनि अवरोध गर्ने र बाधा दिने क्रियाकलापहरूमा संलग्न नहुन सक्छन्। यस्ता मानिसहरू निन्दित हुनेछैनन्। तथापि, जब मानिसहरूले परमेश्‍वरका कामको अनुभव धेरै वर्षदेखि गरेका हुन्छन्, तब यदि उनीहरू निरन्तर रूपमा परमेश्‍वरबारे मनमा धारणाहरू राखिराख्छन् र देहधारी परमेश्‍वरको कामलाई बुझ्न असमर्थ भइरहन्छन् भने, र जति धेरै वर्ष उनीहरूले उहाँको कामलाई अनुभव गरेका भए पनि, यदि उनीहरू परमेश्‍वरबारे धारणाहरूले निरन्‍तर भरिन्छन् र अझै उहाँलाई बुझ्न सक्दैनन् भने, उनीहरू बाधा पुऱ्याउने क्रियाकलापहरूमा संलग्न नभए पनि, उनीहरूको हृदय परमेश्‍वरबारे धेरै धारणाहरूले भरिएका हुन्छ, र ती धारणाहरू प्रस्ट भएनन् भने पनि, यस प्रकारका मानिसहरू परमेश्‍वरको कामको लागि कुनै कामका हुँदैनन्। उनीहरू परमेश्‍वरको लागि सुसमाचार फैलाउन वा उहाँको गवाहीको रूपमा खडा हुन असमर्थ हुन्छन्। यस प्रकारका मानिसहरू बेकामका र अल्पबुद्धिका हुन्छन्। उनीहरूले परमेश्‍वरलाई चिन्दैनन्, यसका अलावा उहाँबारे आफ्ना धारणाहरू फाल्न पूर्णरूपमा असमर्थ छन्, त्यसैले उनीहरू दोषी ठहरिन्छन्। यसलाई यसप्रकार भन्न सकिन्छ: विश्‍वासमा नयाँ हुनेहरूले परमेश्‍वरबारे धारणाहरू लिनु वा उहाँबारे केही पनि नजान्‍नु सामान्य कुरा हो, तर जसले परमेश्‍वरमा धेरै वर्षदेखि विश्‍वास गरेका छन् र उहाँका असल कामको अनुभव गरेका छन्, यस्ता व्यक्तिहरूले धारणाहरूलाई निरन्तर पक्रिराख्‍नु सामान्य हुँदैन, र यस्ता व्यक्तिहरूले परमेश्‍वरबारे कुनै ज्ञान नराख्नु अझ कम सामान्य हुनेछ। किनभने उनीहरूलाई सामान्य स्थितिमा दोषी ठहराइँदैन। यी असामान्य मानिसहरू सबै फोहोर हुन्; यिनीहरू परमेश्‍वरलाई सबैभन्दा धेरै प्रतिरोध गर्नेहरू हुन् र जसले व्यर्थमा परमेश्‍वरको अनुग्रह उपभोग गरेका छन्। यस्ता सबै मानिसलाई अन्त्यमा हटाइनेछ!

परमेश्‍वरको कामको उद्देश्य नबुझ्ने जोकोही उहाँको प्रतिरोध गर्ने व्यक्ति हो, र परमेश्वरको कामको उद्देश्य बुझ्न पुगेको, तर अझै उहाँलाई सन्तुष्ट पार्न नखोज्ने व्यक्तिलाई झन् बढी परमेश्वरको प्रतिरोधी मानिनुपर्छ। भव्य मण्डलीहरूमा बाइबल पढ्ने र दिनभरि नै वाचन गरिरहने व्यक्तिहरू छन्, तैपनि उनीहरूमध्ये एक जनाले पनि परमेश्‍वरको कामको उद्देश्य बुझ्दैन। उनीहरूमध्ये एक जना पनि परमेश्‍वरलाई चिन्न सक्षम छैन, उनीहरूमध्ये कोही परमेश्‍वरका अभिप्रायअनुसारको हुन त झनै सक्दैन। उनीहरू सबैजना “परमेश्‍वर”लाई भाषण दिन उचाइमा उभिएका व्यर्थ, नीच मानिसहरू हुन्। उनीहरू परमेश्‍वरको ध्वजा बोके तापनि जानाजानी परमेश्‍वरको प्रतिरोध गर्ने मानिस हुन्, जसले मान्छेको मासु खाँदै र रगत पिउँदै गर्दा परमेश्‍वरमा विश्‍वास गरेको पर्चा बोक्छन्। त्यस्ता सबै मानिस मान्छेको प्राण निल्ने दुष्ट दियाबलसहरू हुन्, मानिसहरूको सही मार्गमा हिँड्ने थालनीलाई जानीजानी बाधा दिने पिशाचका प्रमुख हुन्, र मानिसहरूको परमेश्‍वरको खोजीमा अवरोध दिने बाधा-अड्चनहरू हुन्। उनीहरू “स्वस्थ शारीरिक गठन” भएका जस्तो लाग्न सक्छन् तर उनीहरू मानिसहरूलाई परमेश्‍वरको प्रतिरोध गर्न अगुवाइ गर्ने ख्रीष्टविरोधीहरूबाहेक केही होइनन् भन्‍ने कुरा उनीहरूका अनुयायीहरूले कसरी थाहा पाउन सक्छन्? उनीहरू मानव प्राण निल्न प्रतिबद्ध जीवित दियाबलस हुन् भन्‍ने कुरा कसरी तिनीहरूका अनुयायीहरूले थाहा पाउन सक्छन्? परमेश्‍वरको उपस्थितिमा आफूलाई उच्च सम्मानमा राख्ने व्यक्तिहरू नै सबैभन्दा नीच मानिस हुन्, जबकि आफूलाई सानो ठान्‍नेहरू सबैभन्दा सम्मानित व्यक्ति हुन्। अनि परमेश्‍वरको कामबारे जान्दछु भनी ठान्नेहरू र अझ त्यसमाथि, उहाँलाई सोझै हेर्दै गर्दा अरूहरूमाझ ठूलै तामझामको साथ परमेश्‍वरको कामबारे घोषणा गर्न सक्नेहरू सबैभन्दा अज्ञानी मान्छे हुन्। त्यस्ता मानिसहरू सबै परमेश्‍वरको गवाहीरहित हुन्छन्, उनीहरू सबै अहङ्कारी र घमण्डी हुन्छन्। परमेश्‍वरबारे वास्तविक अनुभव र व्यावहारिक ज्ञान हुँदाहुँदै पनि आफूसँग उहाँबारे एकदमै कम मात्र ज्ञान छ भनी विश्‍वास गर्नेहरू नै उहाँद्वारा सबैभन्दा बढी प्रेम गरिने व्यक्ति हुन्। त्यस्ता व्यक्तिहरूसँग मात्र वास्तवमै परमेश्‍वरको गवाही हुन्छ र उनीहरू मात्र वास्तवमै परमेश्‍वरद्वारा सिद्ध पार्न सकिने हुन्छन्। परमेश्‍वरका अभिप्राय नबुझ्नेहरू परमेश्‍वरका प्रतिरोधी हुन्; परमेश्‍वरका अभिप्रायहरू बुझ्ने तैपनि सत्यता अभ्यास नगर्नेहरू परमेश्वरका प्रतिरोधी हुन्; परमेश्‍वरका वचनहरू खाने-पिउने, तैपनि उहाँका वचनहरूको सारविरुद्ध जानेहरू, परमेश्‍वरका प्रतिरोधी हुन्; देहधारी परमेश्‍वरबारे धारणा भएका, र त्यसमाथि जानाजान विद्रोहमा संलग्न हुनेहरू, परमेश्‍वरका प्रतिरोधी हुन्; परमेश्‍वरको आलोचना गर्नेहरू उहाँका प्रतिरोधी हुन्; र परमेश्‍वरलाई चिन्न नसक्ने वा उहाँको गवाही दिन नसक्ने जोकोही परमेश्‍वरको प्रतिरोधी हो। त्यसैले म तिमीहरूलाई आग्रह गर्छु: यदि तिमीहरूलाई साँच्चै नै यस मार्गमा हिँड्न सक्छु भन्‍ने विश्‍वास लाग्छ भने, निरन्तर यही बाटो पछ्याइराख। तर यदि तिमीहरूले परमेश्‍वरको प्रतिरोध गर्नबाट आफूलाई रोक्न सक्‍दैनौ भने, धेरै ढिलो हुनुअगावै तिमीहरू अन्यत्र लाग्नु श्रेयस्कर हुन्छ। अन्यथा, तिमीहरूको लागि स्थिति नराम्रो हुने सम्भावना एकदमै धेरै हुन्छ, किनभने तिमीहरूको स्वभाव अति भ्रष्ट छ। बफादारीता वा समर्पणता, धार्मिकता वा सत्यता चाहना गर्ने हृदय, वा परमेश्‍वरप्रतिको प्रेम त तिमीहरूसँग थोपै छैन। परमेश्‍वरको अगाडि तिमीहरूको परिस्थिति पूर्णरूपमा लथालिङ्ग छ भनेर भन्न सकिन्छ। आफूले पालना गर्नुपर्ने कुरा पालना गर्न तिमीहरू सक्दैनौ र भन्नुपर्ने कुराहरू भन्न सक्दैनौ। तिमीहरूले जुन कुरालाई अभ्यासमा ल्याउनुपर्थ्यो, सो अभ्यासमा ल्याउन तिमीहरू चुकेका छौ; अनि जुन कार्य तिमीहरूले पूरा गर्नुपर्थ्यो, सो पूरा गर्न तिमीहरू असक्षम भएका छौ। तिमीहरूसँग हुनुपर्ने बफादारीता, विवेक, समर्पणता, वा सङ्कल्प तिमीहरूमा छैन। कष्ट सहन गर्नु तिमीहरूको उत्तरदायित्व भए पनि तिमीहरूले सो गरेका छैनौ र तिमीहरूमा हुनुपर्ने विश्‍वास तिमीहरूसँग छैन। एकदमै सरल रूपमा भन्नुपर्दा, तिमीहरू पूर्णरूपमा गुणविहीन छौ: के तिमीहरूलाई जिइरहन लाज लाग्दैन? म तिमीहरूलाई सम्झाउन चाहन्छु कि तिमीहरूले अनन्त विश्रामको लागि आँखा चिम्लनु उत्तम हुन्छ, जसले गर्दा परमेश्‍वरले तिमीहरूको कारण चिन्ता गर्न वा तिमीहरूको लागि कष्ट भोग्न पर्दैन। तिमीहरू परमेश्‍वरमा विश्‍वास गर्छौ तैपनि तिमीहरूलाई उहाँका अभिप्रायहरूबारे थाहा छैन; तिमीहरू परमेश्‍वरका वचनहरू खान्छौ-पिउँछौ तैपनि उहाँले मान्छेले गर्नैपर्ने भनेर माग गर्नुभएका कुराहरू पालन गर्न सक्दैनौ। तिमीहरू परमेश्‍वरमा विश्‍वास गर्छौ तैपनि तिमीहरूलाई उहाँबारे थाहा छैन, अनि तिमीहरू प्रयत्न गर्नुपर्ने कुनै लक्ष्यविना, कुनै मू्ल्यविना, कुनै अर्थविना नै जिउँछौ। तिमीहरू मानव प्राणीको रूपमा जिउँछौ तैपनि तिमीहरूमा अलिकति पनि विवेक, निष्ठा, वा विश्‍वसनीयता छैन—के तिमीहरू अझै आफूलाई मानव प्राणी भन्न सक्छौ? तिमीहरू परमेश्‍वरमा विश्‍वास गर्छौ तैपनि उहाँलाई धोका दिन्छौ; अझ भन्‍ने हो भने, तिमीहरू उहाँको पैसा लिन्छौ र उहाँको लागि चढाइएका भेटीहरू आफै लिन्छौ। त्यसपछि पनि, अन्त्यमा अझै परमेश्‍वरका भावनाहरूबारे अलिकति मात्र विचार गर्न वा उहाँप्रति विवेक दर्शाउन पनि चुक्छौ। तिमीहरू परमेश्‍वरले अनिवार्य गर्नुभएका कुराहरूमध्येको सबैभन्दा मामुली कुरा पनि पूरा गर्न सक्दैनौ। के तिमीहरू अझै आफूलाई मानव प्राणी भन्न सक्छौ? परमेश्‍वरले तिमीहरूलाई प्रदान गर्नुभएको खाना खाएर पनि र उहाँले तिमीहरूलाई दिनुभएको प्राणवायु लिएर पनि, उहाँको अनुग्रह उपभोग गरेर पनि अन्त्यमा तिमीहरूसँग उहाँबारे अलिकति पनि ज्ञान छैन। यसको विपरीत, तिमीहरू परमेश्‍वरको प्रतिरोध गर्ने निकम्मा बनेका छौ। के त्यसले तिमीहरूलाई कुकुरभन्दा पनि नीच स्तरको जन्तु बनाउँदैन र? के जनावरहरूमा तिमीहरूभन्दा बढी दुष्ट अन्य कुनै जनावर छ त?

उच्च मञ्चमा उभिएर अरूलाई सिकाउने पाष्टर र एल्डरहरू परमेश्‍वरका प्रतिरोधी र शैतानका सहयोगी हुन्; तिमीहरूमध्ये जो अरूलाई सिकाउन उच्च मञ्चमा उभिँदैनौ, के उनीहरू परमेश्‍वरका झनै ठूला प्रतिरोधी हुँदैनन् र? के तिमीहरू उनीहरूभन्दा बढी शैतानसँगको गुटबन्दीमा छैनौ र? परमेश्‍वरको कार्यको उद्देश्य नबुझ्नेहरूले कसरी परमेश्‍वरका अभिप्रायअनुरूप एकचित्त हुने भनेर जान्दैनन्। निश्चय पनि उहाँको कार्यको उद्देश्य बुझ्नेहरूले परमेश्‍वरका अभिप्रायअनुरूप एकचित्त हुन जान्दैनन् भन्‍ने हुन सक्दैन। परमेश्‍वरको कार्य कहिल्यै पनि गलत हुँदैन; बरु मान्छेले गर्ने प्रयत्न चाहिँ त्रुटिपूर्ण हुन्छ। जानीबुझी परमेश्‍वरको प्रतिरोध गर्ने ती चरित्रहीन व्यक्तिहरू पाष्टर र एल्डरहरूभन्दा पनि बढी पापी र दुरासायी छैनन् र? परमेश्‍वरको प्रतिरोध गर्नेहरू धेरै छन्, तर तीमध्ये उनीहरूले परमेश्‍वरको प्रतिरोध गर्ने तरिकाहरू पनि धेरै छन्। सबै खाले विश्‍वासीहरू भए जस्तै परमेश्‍वरको प्रतिरोध गर्नेहरू पनि सबै खाले छन्, र उनीहरू हरेक व्यक्ति अर्को व्यक्तिभन्दा फरक छ। परमेश्‍वरको कार्यलाई स्पष्टसँग पहिचान गर्न नसक्नेहरूमध्ये एक जनालाई पनि बचाउन सकिँदैन। विगतमा मान्छेले जे-जसरी परमेश्‍वरको प्रतिरोध गरेको भए तापनि, जब उसले परमेश्‍वरको कार्यको उद्देश्य बुझ्छ र आफ्ना प्रयत्नहरू परमेश्‍वरलाई सन्तुष्ट पार्नमा समर्पित गर्छ, तब उहाँले उसका पहिलेका सबै पापहरू पुछेर सफा पारिदिनुहुनेछ। मान्छेले जबसम्म सत्यताको खोजी गरिरहन्छ र सत्यताको अभ्यास गरिरहन्छ, तबसम्म परमेश्‍वरले उसले गरेको कुरालाई ध्यान दिनुहुन्न। अझ भन्‍ने हो भने, मान्छेले गर्ने सत्यताको अभ्यासको आधारमा परमेश्‍वरले उसलाई धर्मी ठहऱ्याउनुहुन्छ। परमेश्‍वरको धार्मिकता यही नै हो। मान्छेले परमेश्‍वरलाई देख्नुअघि वा उहाँको कार्यको अनुभव गर्नुअघि, उसले उहाँप्रति जे-जसरी कार्य गरे तापनि, उहाँले यी कुरालाई ध्यान दिनुहुन्न। तथापि, मान्छेले परमेश्‍वरलाई देखिसकेपछि वा उहाँको कार्यको अनुभव गरिसकेपछि, उसले गरेका सबै काम-कार्यवाहीलाई उहाँले “इतिहासको पुस्तक” मा प्रविष्ट गराउनुहुनेछ, किनभने मान्छेले परमेश्‍वरलाई देखिसकेको हुन्छ र उहाँको कार्यमाझ जिइसकेको हुन्छ।

मान्छेले परमेश्‍वरसँग के-के छन् र उहाँ के हुनुहुन्छ भनेर साँच्चै देखिसकेपछि, उहाँको सर्वोच्चता देखिसकेपछि, र परमेश्‍वरको कामबारे साँच्चिकै थाहा पाइसकेपछि, रत्यसबाहेक, आफ्नो पुरानो स्वभाव परिवर्तन गरिसकेपछि, परमेश्‍वरको प्रतिरोध गर्ने आफ्नो विद्रोही स्वभावलाई पूर्ण रूपमा परित्याग गरिसकेको हुनेछ। यो भन्न सकिन्छ कि हरेक व्यक्तिले कुनै न कुनै समयमा परमेश्‍वरको प्रतिरोध गरेको हुन्छ र कुनै न कुनै समयमा परमेश्‍वरविरुद्ध विद्रोह गरेको हुन्छ। तथापि, यदि तैँले इच्छुक भई देहधारी परमेश्‍वरमा समर्पित हुन्छस् र यस समयदेखि उहाँको हृदयलाई बफादारीताद्वारा सन्तुष्ट पार्छस्, अनि अभ्यास गर्नुपर्ने सत्यताको अभ्यास गर्छस्, आफूले निर्वाह गर्नुपर्ने कर्तव्य निर्वाह गर्छस्, र पालना गर्नुपर्ने नियमहरू पालना गर्छस् भने, तँ परमेश्‍वरलाई सन्तुष्ट पार्न आफ्नो विद्रोही स्वभाव परित्याग गर्न इच्छुक र उहाँले सिद्ध पार्न सक्‍नुहुने व्यक्ति होस्। यदि तँ ढिपी गर्दै आफ्ना गल्तीहरू हेर्न अस्वीकार गर्छस् र आफै पश्‍चाताप गर्ने कुनै इच्छा राख्दैनस्, परमेश्‍वरसँग सहकार्य गर्ने वा उहाँलाई सन्तुष्ट पार्ने थोरै पनि इच्छा नराखीकनै आफ्नो विद्रोही व्यवहारलाई निरन्तरता दिन्छस् भने, तँ जस्तो हठी र सुधार्न नसकिने व्यक्तिलाई निश्चय रूपमा सजाय हुनेछ र त्यस्तो व्यक्ति कहिल्यै पनि परमेश्‍वरद्वारा सिद्ध पार्न सकिने व्यक्ति हुनेछैन। यस्तो हुने हुनाले, तँ आज परमेश्‍वरको दुस्मन होस् र भोलि पनि तँ परमेश्‍वरको दुस्मनै हुनेछस्, र यसरी नै पछि पनि परमेश्‍वरको दुस्मन नै रहिरहनेछस्; तँ सदैव परमेश्‍वरको प्रतिरोधी र उहाँको दुस्मन हुनेछस्। यस्तो अवस्थामा, सम्भवतः कसरी परमेश्‍वरले तँलाई छाड्नुहुन्छ र? परमेश्‍वरको प्रतिरोध गर्नु मान्छेको प्रकृतिमै हुन्छ, तर उसले आफ्नो प्रकृति बदल्नु सम्हाल्नै नसक्ने काम हो भन्दैमा जानाजान उहाँको प्रतिरोध गर्ने “रहस्य” को खोजी गर्नु हुँदैन। यदि त्यस्तो अवस्था थियो भने, आफ्नो भावी सजाय कठोर नहोस् र आफ्नो पाशविक प्रकृति बाहिर आई आखिरमा परमेश्‍वरद्वारा तेरो देह समाप्त पार्नु अघिसम्म नियन्त्रण गर्नै नसकिने अवस्था नबनोस् भन्‍नका खातिर तैँले ढीला हुनुअगावै अन्यत्र लाग्नुपर्थ्यो। तैँले आशीषहरू प्राप्त गर्नलाई परमेश्‍वरमा विश्‍वास गर्छस्; तर यदि आखिरमा तँलाई दुर्भाग्य मात्रै आइलाग्यो भने, के त्यो लज्जास्पद हुँदैन र? म तिमीहरूलाई आग्रह गर्छु कि तिमीहरूले अर्को योजना बनाउनु बेस हुन्छ। तिमीहरूले परमेश्‍वरमा विश्‍वास गर्नेभन्दा गर्न सक्ने अन्य कुनै पनि कुरा गर्नु बेस हुन्छ: अवश्यै यही मात्रै बाटो हुन सक्दैन। यदि तिमीहरूले सत्यता नखोजेको भए, के तिमीहरू बाँचिरहने थिएनौ? किन तिमीहरू परमेश्‍वरसँग यस प्रकारको मतभेदमा रहनैपर्छ र?

अघिल्लो: अपरिवर्तित स्वभाव हुनु भनेको परमेश्‍वरसँगको शत्रुतामा हुनु हो

अर्को: काम र प्रवेश (१)

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्