अध्याय ३७

मेरो उपस्थितिमा तिमीहरूसँग साँच्‍चै नै विश्‍वासको अभाव हुन्छ र तिमीहरू प्रायजसो कार्य गर्न आफैमाथि भरोसा गर्छौ। “मविना तिमीहरूले केही पनि गर्न सक्दैनौ!” तैपनि तिमी भ्रष्ट मानिसहरूले सधैँ मेरा वचनहरू एउटा कानले सुनेर अर्को कानले उडाउँछौ। आजभोलिको जीवन वचनहरूको जीवन हो; वचनहरूविना, कुनै जीवन हुँदैन र कुनै अनुभव हुँदैन, अनि कुनै विश्‍वास हुँदैन भनेर त उल्‍लेख गर्नु नै पर्दैन। विश्‍वास वचनहरूबाट आउँछ; आफूलाई परमेश्‍वरका वचनहरूमा समर्पित गरेर मात्रै तिमीहरूले सबै कुरा प्राप्त गर्न सक्छौ। तिमीहरू वृद्धि हुनेछैनौ भनेर चिन्ता नगर: जीवन वृद्धि हुन्छ नै, तर यो मानिसहरूको फिक्रीबाट वृद्धि हुँदैन।

तिमीहरू सधैँ व्याकुल बन्‍न तयार हुन्छौ, र तिमीहरूले मेरा निर्देशनहरूलाई सुन्दैनौ। तिमीहरूले सधैँ मेरो गतिलाई उछिन्‍न चाहन्छौ। यो के हो? यो मानव महत्वाकांक्षा हो। परमेश्‍वरबाट जे आउँछ र तिमीहरूबाट जे आउँछ त्यसलाई तिमीहरूले स्पष्ट रूपमा छुट्याउनुपर्छ। मेरो उपस्थितिमा कहिल्यै पनि उत्साहको प्रशंसा गरिनेछैन। म तिमीहरूले मलाई अपरिवर्तनीय बफादारीतलको साथ अन्तिमसम्‍मै पछ्याऊ भन्‍ने चाहन्छु। यसरी काम गर्नु परमेश्‍वरको निम्ति भक्ति हो भन्‍ने तिमीहरूलाई लाग्छ। तिमीहरू अन्धा मानिसहरू हौ! किन तिमीहरू बारम्‍बार खोजी गर्न मकहाँ आउँदैनौ, तर सधैँ आफै अलमलिँदै काम गर्छौ? तिमीहरूले स्पष्ट रूपमा हेर्नुपर्छ! जसले काम गर्दैहुनुहुन्छ उहाँ अवश्य नै मानव हुनुहुन्‍न, तर सबैभन्दा सार्वभौम, एक मात्र साँचो परमेश्‍वर—सर्वशक्तिमान् हुनुहुन्छ! तिमीहरू लापरवाही हुनु हुँदैन, तर तिमीहरूसँग भएको सबै कुरालाई अटुट रूपमा समाइराख्‍नुपर्छ, किनभने मेरो दिन आउन लागेको छ। के तिमीहरू साँच्‍चै यस्तो समयमा पनि बिउँझँदैनौ? के तिमीहरूले स्पष्ट रूपमा देखेका छैनौ? तिमीहरू अझै पनि संसारसँग सङ्गत गरिरहेका छौ; तिमीहरू यसबाट अलग हुनै सक्दैनौ। किन? के तिमीहरूले साँच्‍चै नै मलाई प्रेम गर्छौ? के तिमीहरूले मैले देख्‍ने गरी मेरो सामने आफ्‍नो हृदयलाई उदाङ्गो पार्न सक्छौ? के तिमीहरूले मलाई तिमीहरूको सम्पूर्ण अस्तित्व समर्पण गर्न सक्छौ?

मेरा वचनहरूको बारेमा थप विचार गर, अनि तिनको बारेमा सधैँ स्पष्ट बुझाइ प्राप्त गर। दोधार वा आधा-अधुरो नबन। मेरो उपस्थितिमा अझै बढी समय बिताओ, मेरा विशुद्ध वचनहरू अझै प्राप्त गर, र मेरा अभिप्रायहरूलाई गलत रूपमा नबुझ। मैले तिमीहरूलाई अरू के भनेको तिमीहरू चाहन्छौ? मानिसहरूका हृदय कठोर छन्; मानिसहरू धारणाहरूको गह्रौं बोझले लादिएका छन्। तिनीहरूले अल्याङटल्याङ गरेर अघि बढ्नु पनि पर्याप्त हुन्छ भनेर विचार गर्छन्, र तिनीहरूले सधैँ आफ्‍नो जीवनको बारेमा मजाक गर्छन्। मूर्ख बच्‍चाहरू! समय ढीला भइसकेको छ; यो मनोरञ्जन गर्ने समय होइन। तिमीहरूले आफ्‍नो आँखा खोलेर अहिले कुन समय हो भनेर हेर्नुपर्छ। सूर्यले क्षितिज पार गरेर पृथ्वीलाई उज्यालो दिन लागेको छ। आफ्‍नो आँखा राम्ररी खोल र हेर; लापरवाह नबन।

यो निकै ठूलो विषय हो, तैपनि तिमीहरूले यसलाई हल्‍कासाथ लिन्छौ र यसलाई यसरी व्यवहार गर्छौ! म व्याकुल छु, तर मेरो हृदयलाई बुझ्‍ने, मेरा असल अर्ती-उपदेशलाई सुन्‍ने र मेरो सल्‍लाहलाई सुन्‍ने थोरै छन्! मिसन निकै कठिन छ, तर मेरो खातिर बोझमा सहभागी हुन सक्‍ने तिमीहरूमध्येमा थोरै मात्र छन्। तिमीहरूले अझै पनि यस्तो मनोवृत्ति कायम राख्छौ। विगतको तुलनामा, तिमीहरूले केही प्रगति गरेका भए पनि, तिमीहरू सधैँ यही चरणमा रहन सक्दैनौ! मेरा पाइलाहरू निरन्तर अघि बढिरहेका छन्, तैपनि तिमीहरूको गति जस्ताको त्यस्तै रहन्छ। तिमीहरूले आजको ज्योति र मेरा पाइलाहरूलाई कसरी पछ्याउन सक्छौ? उप्रान्त नहिचकिचाओ। मैले तिमीहरूका निम्ति फेरि पनि यो कुरालाई जोड दिएको छु: उप्रान्त मेरो दिनको विलम्ब गरिनेछैन!

आजको ज्योति, आजको स्वामित्वमा रहेको ज्योतिलाई हिजोको ज्योतिसँग तुलना गर्न सकिँदैन, न त यसलाई भोलिको ज्योतिसँग नै तुलना गर्न सकिन्छ। बितेर जाने हरेक दिनसँगै, नयाँ प्रकाश र नयाँ ज्योति अझै मजबुत र अझै चम्किलो हुँदै जान्छ। उप्रान्त बेहोस अवस्थामा नबस; उप्रान्त मूर्ख नबन; पुराना मार्गहरूमा उप्रान्त नटाँसिरहो; र उप्रान्त ढिलाइ गर्ने वा मेरो समय खेर फाल्‍ने नगर।

जागा रहो! जागा रहो! मसँग अझै बढी प्रार्थना गर र मेरो उपस्थितिमा अझै बढी समय बिताओ, अनि तिमीहरूले अवश्य नै सबै कुरा प्राप्त गर्नेछौ! त्यसो गरेर, तिमीहरूले अवश्य नै सबै कुरा प्राप्त गर्नेछौ भन्‍ने विश्‍वास गर!

अघिल्लो: अध्याय ३६

अर्को: अध्याय ३८

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ५)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्