अभ्यास (४)

आज मैले बोल्ने शान्ति र आनन्द तैँले विश्‍वास गर्ने र बुझ्ने जस्तै होइन। तँ सोच्थिस्, शान्ति र आनन्द भनेको दिनभरि खुसी हुनु, आफ्नो परिवारमा रोग वा दुर्भाग्य नहुनु, अलिकति पनि दुःखको अनुभूतिविना हृदयमा सधैँ प्रसन्न हुनु र आफ्नो जीवनको परिपक्वताको स्तर जस्तोसुकै भए पनि अवर्णनीय आनन्द महसुस हुनु हो। त्यो तेरो तलब बढ्नु र तेरो छोरो भर्खरै विश्‍वविद्यालयमा भर्ना हुनुबाहेकको कुरा थियो। तैँले यी कुराहरू मनमा राखेर परमेश्‍वरलाई प्रार्थना गरिस् र परमेश्‍वरको अनुग्रह यति ठूलो छ भन्‍ने देखेर तँ अत्यन्तै खुसी भइस्, खुबै मुस्कुराइस् र परमेश्‍वरलाई धन्यवाद नदिई बस्न सकिनस्। यस्तो शान्ति र आनन्द पवित्र आत्माको उपस्थिति हुँदा आउने साँचो शान्ति र आनन्द होइन। बरु, यो देहको सन्तुष्टिबाट प्राप्त हुने शान्ति र आनन्द हो। तैँले आज कुन युग हो भन्‍ने बुझ्नुपर्छ; यो अनुग्रहको युग होइन र यो अब तैँले धित मरुञ्जेल खान खोज्ने समय होइन। तँ आफ्नो परिवारमा सबै कुरा ठिकठाक चलिरहेकाले अत्यन्तै खुसी हुन सक्छस् तर तेरो जीवनले अन्तिम सास फेरिरहेको छ—र यसरी, तेरो आनन्द जतिसुकै ठूलो भए पनि, पवित्र आत्मा तेरो साथमा हुनुहुन्न। पवित्र आत्माको उपस्थिति प्राप्त गर्नु सरल छ: आफूले गर्नुपर्ने कुरा उचित रूपमा गर्, मानवको कर्तव्य र कार्य राम्ररी निर्वाह गर् र आफ्ना कमीहरूको पूर्ति गर्न तँलाई आवश्यक पर्ने कुराहरूले आफूलाई सुसज्जित पार्न सक्षम बन्। यदि तँसँग सधैँ आफ्नै जीवनका लागि बोझ हुन्छ र तँ कुनै सत्यताको स्पष्ट बुझाइ प्राप्त गरेको वा परमेश्‍वरको अहिलेको काम बुझेको कारण खुसी हुन्छस् भने, यो साँच्चै नै पवित्र आत्माको उपस्थिति हुनु हो। अथवा, यदि तँ कहिलेकाहीँ आफूले कसरी अनुभव गर्ने भनी नजानेको कुनै कुरा सामना गरेको कारण वा आफूले सङ्‍गति गरेको सत्यता स्पष्ट रूपमा नबुझेको कारण चिन्तित हुन्छस् भने, यसले पवित्र आत्मा तेरो साथमा हुनुहुन्छ भन्‍ने प्रमाणित गर्छ। यी जीवन अनुभवका सामान्य स्थितिहरू हुन्। तैँले पवित्र आत्माको उपस्थिति हुनु र नहुनुबीचको भिन्‍नता बुझ्नैपर्छ र यसप्रतिको तेरो दृष्टिकोण अत्यन्त सरल हुनै हुँदैन।

पहिले, पवित्र आत्माको उपस्थिति हुनु र पवित्र आत्माको काम हुनु फरक कुरा हुन् भनेर भनिएको थियो। पवित्र आत्माको उपस्थिति हुनुको सामान्य स्थिति सामान्य सोचाइ, सामान्य समझ र सामान्य मानवता हुनुमा प्रकट हुन्छ। व्यक्तिको व्यक्तित्व पहिलेजस्तो थियो त्यस्तै रहनेछ तर ऊभित्र शान्ति हुनेछ र बाहिरी रूपमा उसमा सन्तको शिष्टता हुनेछ। पवित्र आत्मा उसको साथमा हुँदा ऊ यस्तै हुनेछ। जब कुनै व्यक्तिमा पवित्र आत्माको उपस्थिति हुन्छ, तब उसको सोचाइ सामान्य हुन्छ। ऊ भोकाउँदा खान चाहन्छ, ऊ तिर्खाउँदा पानी पिउन चाहन्छ। … सामान्य मानवताका यस्ता प्रकटीकरणहरू पवित्र आत्माको प्रबोधन होइनन्; ती मानिसहरूको सामान्य सोचाइ र पवित्र आत्माको उपस्थिति हुनुको सामान्य स्थिति हुन्। कतिपय मानिस पवित्र आत्माको उपस्थिति भएकाहरूलाई भोक र निद्रा लाग्दैन अनि तिनीहरूलाई आफ्नो परिवार छ भन्‍नेसमेत थाहा हुँदैन जस्तो देखिन्छ र तिनीहरू देहबाट लगभग पूर्ण रूपमा अलग छन् भनी गलत रूपमा विश्‍वास गर्छन्। वास्तवमा, पवित्र आत्मा मानिसहरूको साथमा जति धेरै रहनुहुन्छ, तिनीहरू त्यति नै धेरै सामान्य हुन्छन्। तिनीहरू परमेश्‍वरका लागि कष्ट भोग्न र कामकुराहरू त्याग्न, परमेश्‍वरप्रति आफूलाई समर्पित गर्न र परमेश्‍वरप्रति अर्पित हुन जान्दछन्; झन् तिनीहरूले खान र लाउनबारे सोच्नु त परै जाओस्। अर्को शब्दमा भन्दा, तिनीहरूले मानिसहरूमा हुनुपर्ने सामान्य मानवताको केही पनि गुमाएका हुँदैनन्, बरु तिनीहरू विशेष गरी समझ भएका हुन्छन्। कहिलेकाहीँ, तिनीहरू परमेश्‍वरका वचनहरू पढ्छन् र परमेश्‍वरको कामबारे मनन गर्छन्, आफ्नो हृदयमा आस्था प्राप्त गर्छन् र सत्यता पछ्याउन इच्छुक हुन्छन्। स्वाभाविक रूपमा, पवित्र आत्माको काम यही जगमा आधारित हुन्छ। यदि मानिसहरू सामान्य सोचाइरहित हुन्छन् भने, तिनीहरूसँग कुनै समझ हुँदैन—यो सामान्य स्थिति होइन। जब मानिसहरूसँग सामान्य सोचाइ हुन्छ र पवित्र आत्मा तिनीहरूको साथमा हुनुहुन्छ, तब तिनीहरूसँग पक्कै पनि सामान्य व्यक्तिको समझ हुन्छ, जुन सामान्य स्थिति हो। परमेश्‍वरको काम अनुभव गर्दा, पवित्र आत्माको काम कहिलेकाहीँ मात्रै हुन्छ, जबकि पवित्र आत्माको उपस्थिति लगभग निरन्तर हुन्छ। मानिसहरूको समझ र सोचाइ सामान्य भएमा अनि तिनीहरूका अवस्थाहरू सामान्य भएमा, पवित्र आत्मा पक्कै पनि तिनीहरूको साथमा हुनुहुन्छ। जब मानिसहरूको समझ र सोचाइ सामान्य हुँदैन, तब तिनीहरूको मानवता सामान्य हुँदैन। यदि, यतिबेला पवित्र आत्माको काम तँमा छ भने, पवित्र आत्मा पनि पक्कै तेरो साथमा हुनुहुन्छ। तर यदि पवित्र आत्मा तेरो साथमा हुनुहुन्छ भने, यसको अर्थ पवित्र आत्माले तँभित्र निश्चय नै काम गरिरहनुभएको छ भन्‍ने होइन, किनभने पवित्र आत्मा विशेष समयहरूमा काम गर्नुहुन्छ। पवित्र आत्माको उपस्थिति हुनुले मानिसहरूको सामान्य जीवन कायम राख्न मात्र सक्छ, तर पवित्र आत्मा निश्चित समयहरूमा मात्रै काम गर्नुहुन्छ। उदाहरणका लागि, यदि तँ अगुवा वा कामदार होस् भने, तैँले मण्डलीलाई मलजल र भरणपोषण गर्दा, पवित्र आत्माले तँलाई अरूका लागि आत्मिक प्रगति गराउने र तेरा ब्रदर-सिस्टरहरूका केही वास्तविक समस्या समाधान गर्न सक्ने निश्चित वचनहरूमा प्रबोधित गर्नुहुनेछ—यस्ता समयहरूमा, पवित्र आत्माले काम गरिरहनुभएको हुन्छ। कहिलेकाहीँ, जब तँ परमेश्‍वरका वचनहरू खाइरहेको र पिइरहेको हुन्छस्, तब पवित्र आत्मा तँलाई तेरा आफ्नै अनुभवहरूसँग विशेष रूपमा सान्दर्भिक हुने निश्चित वचनहरूद्वारा प्रबोधित गर्नुहुन्छ, जसले गर्दा तँ आफ्ना अवस्थाहरूबारे अझै ठूलो ज्ञान प्राप्त गर्न सक्छस्; यो पनि पवित्र आत्माको काम हो। कहिलेकाहीँ, म बोल्दा तिमीहरू सुन्छौ र मेरा वचनहरूसँग आफ्ना स्थितिहरूलाई दाँज्न सक्छौ अनि कहिलेकाहीँ तिमीहरू प्रभावित वा उत्प्रेरित हुन्छौ; यी सब पवित्र आत्माका काम हुन्। कतिपय मानिस पवित्र आत्माले तिनीहरूमा हर समय काम गरिरहनुभएको हुन्छ भनेर भन्छन्। यो असम्भव छ! यदि तिनीहरूले पवित्र आत्मा सधैँ तिनीहरूको साथमा हुनुहुन्छ भनी भनेका भए, त्यो यथार्थपरक हुनेथ्यो। यदि तिनीहरूले आफ्नो सोचाइ र समझ हर समय सामान्य हुन्छ भनी भनेका भए, त्यो पनि यथार्थपरक हुनेथ्यो र त्यसले पवित्र आत्मा तिनीहरूको साथमा हुनुहुन्छ भनी देखाउनेथ्यो। यदि तिनीहरू पवित्र आत्माले सधैँ तिनीहरूभित्र काम गरिरहनुभएको हुन्छ, तिनीहरू हरेक क्षण परमेश्‍वरद्वारा प्रबोधित र पवित्र आत्माद्वारा प्रभावित हुन्छन् अनि तिनीहरू हरसमय नयाँ ज्ञान प्राप्त गर्छन् भनेर भन्छन् भने, यो कुनै पनि हालतमा सामान्य होइन! यो पूर्ण रूपमा अलौकिक कुरा हो! त्यस्ता मानिसहरू निस्सन्देह दुष्ट आत्मा हुन्! परमेश्‍वरका आत्मा देहमा आउनुहुँदा समेत, उहाँले कहिलेकाहीं खानपिन र विश्राम गर्नैपर्ने हुन्छ—झन् मानिसहरूको त कुरै नगरौँ। दुष्ट आत्माहरूको वशमा परेकाहरू देहको कमजोरी नभएका जस्ता देखिन्छन्। तिनीहरू सबै कुरा त्याग्न र छोड्न सक्छन्, तिनीहरू भावनाहरूबाट मुक्त हुन्छन्, कष्ट सहन सक्षम हुन्छन् र अलिकति पनि थकान महसुस गर्दैनन्, मानौँ तिनीहरू देहभन्दा माथि उठेका छन्। के यो अत्यन्तै अलौकिक कुरा होइन र? दुष्ट आत्माहरूको काम अलौकिक हुन्छ—कुनै पनि मानवले त्यस्ता कुराहरू हासिल गर्न सक्दैन! त्यस्ता मानिसहरूलाई देख्दा, खुट्ट्याइ नभएकाहरू डाहा गर्छन्: तिनीहरू भन्छन्, परमेश्‍वरप्रतिको विश्‍वासमा तिनीहरूसँग यस्तो जोस छ, तिनीहरूसँग ठूलो आस्था छ र तिनीहरू कहिल्यै कमजोरीको अलिकति पनि सङ्केत देखाउँदैनन्! वास्तवमा, यी सबै दुष्ट आत्माहरूको कामका प्रकटीकरणहरू हुन्। किनभने, सामान्य मानिसहरूमा अपरिहार्य रूपमा मानव कमजोरीहरू हुन्छन्; पवित्र आत्माको उपस्थिति भएकाहरूको सामान्य स्थिति यही हो।

आफ्नो गवाहीमा दृढ रहनुको अर्थ के हो? कतिपय मानिस आफूले अहिले जस्तै पछ्याउने र आफू जीवन प्राप्त गर्न सक्षम छु कि छैनँ भन्ने कुरामा चिन्ता नगर्ने बताउँछन्; तिनीहरू जीवन पछ्याउँदैनन्, तर तिनीहरू पछि पनि हट्दैनन्। तिनीहरू कामको यो चरण परमेश्‍वरले गर्नुहुन्छ भनी मात्रै स्वीकार गर्छन्। के यो गवाही दिन असफल हुनु होइन र? त्यस्ता मानिसहरू त विजय गरिएको गवाहीसमेत दिँदैनन्। विजय गरिएकाहरूले अरू सबै कुराको वास्ता नगरी पछ्याउँछन् र तिनीहरू जीवन पछ्याउन सक्षम हुन्छन्। तिनीहरू व्यावहारिक परमेश्‍वरमा विश्‍वास मात्रै गर्दैनन्, परमेश्‍वरका सबै प्रबन्धको अधीनमा रहन पनि जान्दछन्। साक्षी दिनेहरू यस्तै हुन्छन्। साक्षी नदिनेहरूले कहिल्यै जीवन पछ्याएका हुँदैनन् र तिनीहरूले अझै पनि झारा टार्दै पछ्याइरहेका हुन्छन्। तैँले पछ्याउन सक्छस्, तर यसको अर्थ तँलाई विजय गरिएको छ भन्‍ने होइन, किनभने तँसँग परमेश्‍वरको आजको कामबारे कुनै बुझाइ छैन। विजय गरिनका लागि निश्चित सर्तहरू पूरा गर्नैपर्छ। पछ्याउने सबै जना विजय गरिएका हुँदैनन्, किनभने तैँले आजका परमेश्‍वरलाई किन पछ्याउनैपर्छ भनेर आफ्नो हृदयमा केही पनि बुझेको छैनस्, न त तँलाई आफू आजसम्म कसरी आइपुगेँ, आजसम्म आफूलाई कसले सहायता गरेको छ भन्‍ने नै थाहा छ। कतिपय मानिस परमेश्‍वरप्रतिको आफ्नो विश्‍वासमा सधैँ अन्योलग्रस्त र भ्रमित हुन्छन्; त्यसकारण, पछ्याउनुको अर्थ तँसँग अवश्यै गवाही छ भन्‍ने होइन। साँचो गवाही भनेको ठ्याक्कै के हो? यहाँ बोलिएको गवाहीका दुई भाग छन्: एउटा विजय हासिल गरिएको गवाही हो र अर्को सिद्ध पारिएको गवाही हो (जुन, स्वाभाविक रूपमा भविष्यका झनै ठूला परीक्षा र सङ्कष्टहरूपछिको गवाही हुनेछ)। अर्को शब्दमा भन्दा, यदि तँ सङ्कष्ट र परीक्षाहरूको समयमा दृढ रहन सक्छस् भने, तैँले गवाहीको दोस्रो चरण दिएको हुनेछस्। आज महत्त्वपूर्ण कुरा भनेको गवाहीको पहिलो भाग दिनु: सजाय र न्यायका परीक्षाहरूको हरेक घटनामा दृढ रहन सक्षम हुनु हो। यो विजय हासिल गरिएको गवाही हो। किनभने अहिले विजयको समय हो। (तैँले अहिले पृथ्वीमा परमेश्‍वरको कामको समय हो भन्‍ने जान्नुपर्छ; पृथ्वीमा देहधारी परमेश्‍वरको मुख्य काम भनेको न्याय र सजायमार्फत उहाँलाई पछ्याउने पृथ्वीका मानिसहरूको यस समूहलाई विजय गर्नु हो।) तँ विजय गरिएको गवाही दिन सक्षम छस् कि छैनस् भन्‍ने कुरा तँ अन्त्यसम्मै पछ्याउन सक्छस् कि सक्दैनस् भन्‍ने कुरामा मात्रै निर्भर हुँदैन, तर त्यसभन्दा पनि महत्त्वपूर्ण, परमेश्‍वरको कामको हरेक चरण अनुभव गर्दा, तँ परमेश्‍वरको सजाय र न्यायको साँचो बुझाइ प्राप्त गर्न सक्षम छस् कि छैनस् र तँ यी सब काम साँच्चै बोध गर्छस् कि गर्दैनस् भन्‍ने कुरामा निर्भर हुन्छ। तँ अन्त्यसम्म पछ्याएर मात्रै उम्कन सक्नेछैनस्। तँ सजाय र न्यायको हरेक घटनामा स्वेच्छाले झुक्न सक्नैपर्छ, आफूले अनुभव गर्ने कामको हरेक चरण साँच्चै बुझ्न सक्षम हुनैपर्छ र परमेश्‍वरको स्वभावबारे ज्ञान प्राप्त गर्न र आफूलाई त्यसको अधीनमा राख्न सक्षम हुनैपर्छ। यो विजय गरिनुको अन्तिम गवाही हो, जुन तैँले दिनैपर्ने हुन्छ। विजय गरिनुको गवाहीले मुख्य रूपमा देहधारी परमेश्‍वरबारे तेरो ज्ञानलाई जनाउँछ। महत्त्वपूर्ण कुरा के हो भने, गवाहीको यो चरण देहधारी परमेश्‍वरप्रतिको गवाही हो। तँ संसारका मानिसहरू वा सत्तामा भएकाहरूको अगाडि के गर्छस् वा के भन्छस् भन्‍ने कुराले महत्त्व राख्दैन; सबैभन्दा महत्त्व राख्ने कुरा त, तँ परमेश्‍वरको मुखबाट निस्केका सबै वचन र उहाँका सबै कामको अधीनमा रहन सक्छस् कि सक्दैनस् भन्‍ने हो। त्यसकारण, गवाहीको यो चरण शैतान र परमेश्‍वरका सबै शत्रुप्रति—परमेश्‍वर दोस्रो पटक देह बन्नुहुनेछ र अझै ठूलो काम गर्न आउनुहुनेछ भनी विश्‍वास नगर्ने र यसबाहेक, परमेश्वरको पुनरागमन देहमा हुने तथ्यमा विश्‍वास नगर्ने पिशाच र शत्रुहरूप्रति लक्षित छ। अर्को शब्दमा भन्दा, यी सब ख्रीष्टविरोधीप्रति—देहधारी परमेश्‍वरमा विश्‍वास नगर्ने सबै शत्रुप्रति लक्षित छन्।

परमेश्‍वरबारे सोच्नु र परमेश्‍वरको तृष्णा गर्नुले तँ परमेश्‍वरद्वारा विजय गरिएको छस् भनेर प्रमाणित गर्दैन; यो त तँ उहाँ देह बन्‍नुभएको मार्ग हुनुहुन्छ भनी विश्‍वास गर्छस् कि गर्दैनस्, वचन देह बन्‍नुभएको छ भनी विश्‍वास गर्छस् कि गर्दैनस् र आत्मा वचन बन्‍नुभएको छ र वचन देहमा देखा पर्नुभएको छ भनी विश्‍वास गर्छस् कि गर्दैनस् भन्‍ने कुरामा निर्भर हुन्छ। यो मुख्य गवाही हो। तँ कसरी पछ्याउँछस् वा कसरी आफूलाई समर्पित गर्छस् भन्‍ने कुराले महत्त्व राख्दैन; महत्त्व राख्ने कुरा त, तँ यो सामान्य मानवताबाट वचन देह बन्‍नुभएको छ र सत्यताका आत्मा देहमा साकार हुनुभएको छ—सबै सत्यता, मार्ग र जीवन देहमा आउनुभएको छ, परमेश्‍वरका आत्मा साँच्चै पृथ्वीमा आइपुग्नुभएको छ र आत्मा देहमा आउनुभएको छ भनी पत्ता लगाउन सक्छस् कि सक्दैनस् भन्ने हो। सतही रूपमा, यो पवित्र आत्माद्वारा गर्भधारण गरिएको कुराभन्दा फरक देखिए पनि, यस काममा तँ आत्मा देहमा साकार भइसक्नुभएको छ र यसबाहेक, मार्ग देह बन्‍नुभएको छ र वचन देहमा देखा पर्नुभएको छ भनी झनै स्पष्ट रूपमा देख्न सक्छस्। तँ यी वचनहरूको साँचो अर्थ बुझ्न सक्छस्: “प्रारम्‍भमा मार्ग (वचन) हुनुहुन्थ्यो, र मार्ग (वचन) परमेश्‍वरसँग हुनुहुन्थ्यो, र मार्ग (वचन) नै परमेश्‍वर हुनुहुन्थ्यो।” यसबाहेक, तैँले आजको वचन परमेश्‍वर हुनुहुन्छ, मार्ग परमेश्‍वर हुनुहुन्छ र यसबाट वचन देह बन्‍नुभएको छ भनी देख्न सकिन्छ भनेर बुझ्नैपर्छ। तैँले दिन सक्ने सर्वोत्तम गवाही यही हो। यसले तँसँग परमेश्वर देह बन्‍नुभएकोबारे साँचो ज्ञान छ भन्‍ने प्रमाणित गर्छ—तँ उहाँलाई चिन्न मात्रै सक्षम छैनस्, बरु तँलाई आज आफू हिँडिरहेको मार्ग जीवनको मार्ग र सत्यताको मार्ग हो भन्‍ने पनि थाहा छ। येशूले गरेको कामको चरणले “मार्ग परमेश्‍वरसँग हुनुहुन्थ्यो” भन्‍ने कुराको सार मात्रै पूरा गर्‍यो: परमेश्‍वरको सत्यता परमेश्‍वरसँग थियो र परमेश्‍वरका आत्मा देहसँग हुनुहुन्थ्यो र त्यस देहबाट अलग गर्न नसकिने हुनुहुन्थ्यो। अर्थात्, देहधारी परमेश्‍वरको देह परमेश्‍वरका आत्मासँग थियो, जुन देहधारी येशू परमेश्‍वरको पहिलो देहधारण हुनुहुन्थ्यो भन्‍ने कुराको अझै ठूलो प्रमाण हो। कामको यस चरणले “वचन देह बन्‍नुहुन्छ” भन्‍ने कुराको भित्री अर्थ ठ्याक्कै पूरा गर्छ, “मार्ग परमेश्‍वरसँग हुनुहुन्थ्यो र मार्ग नै परमेश्‍वर हुनुहुन्थ्यो” भन्‍ने कुराको अझै गहिरो अर्थ दिन्छ र यसबाट तँ “प्रारम्भमा मार्ग हुनुहुन्थ्यो” भन्‍ने वचनहरूमा दृढतापूर्वक विश्‍वास गर्न सक्छस्। भन्नुको अर्थ, सृष्टिको समयमा परमेश्‍वरसँग वचनहरू थिए, उहाँका वचनहरू उहाँसँगै थिए र तिनलाई उहाँबाट अलग गर्न सकिँदैनथ्यो र आखिरी युगमा, उहाँ आफ्ना वचनहरूको शक्ति र अख्तियार झनै स्पष्ट रूपमा प्रकट गर्नुहुन्छ अनि मानिसलाई उहाँको सम्पूर्ण मार्ग देख्न—उहाँका सबै वचन सुन्न सक्षम तुल्याउनुहुन्छ। आखिरी युगको काम यस्तै हुन्छ। तैँले यी कुराहरू पूर्ण रूपमा बुझ्नैपर्छ। यो देहलाई चिन्ने प्रश्न होइन, बरु तँ देह र वचनलाई अनि देह र मार्गलाई कसरी बुझ्छस् भन्‍ने प्रश्न हो। तैँले दिनैपर्ने गवाही यही हो, जुन सबैले जान्नैपर्छ। किनभने यो दोस्रो देहधारणको काम हो—र परमेश्‍वर देह बन्‍नुहुने अन्तिम पटक हो; अर्को शब्दमा भन्दा, यसले देहधारणको महत्त्व पूरा गर्छ, देहमा परमेश्‍वरका सबै काम पूर्ण रूपमा सम्पन्न गर्छ र अघि बढाउँछ अनि परमेश्‍वर देहमा हुनुहुने युगलाई अन्त्य गर्छ। त्यसकारण, तैँले देहधारणको महत्त्व जान्नैपर्छ। तँ कति दौडधुप गर्छस् वा तँ अन्य बाहिरी मामिलाहरू कति राम्ररी सम्पन्न गर्छस् भन्‍ने कुराले महत्त्व राख्दैन; महत्त्व राख्ने कुरा त, तँ देहधारी परमेश्‍वरसामु पूर्ण रूपमा झुक्न र आफ्नो सम्पूर्ण सत्त्व उहाँलाई सुम्पन र उहाँको मुखबाट निस्कने सबै वचनमा समर्पित हुन सक्षम छस् कि छैनस् भन्‍ने हो। तैँले गर्नुपर्ने र पालन गर्नुपर्ने कुरा यही हो।

गवाहीको अन्तिम चरण भनेको तँ सिद्ध पारिन सक्षम छस् कि छैनस् भन्‍ने गवाही हो—भन्नुको अर्थ, तँ देहधारी परमेश्‍वरको मुखबाट बोलिएका सबै वचन बोध गरेर परमेश्‍वरबारे ज्ञान प्राप्त गर्छस् र उहाँबारे निश्चित हुन्छस्, परमेश्‍वरको मुखबाट निस्केका सबै वचन जिउँछस् र परमेश्‍वरले तँसँग माग गर्ने सर्तहरू—पत्रुसको शैली र अय्यूबको आस्था—हासिल गर्छस्, जसले गर्दा तँ मृत्युसम्मै अधीनमा रहन सक्छस्, आफूलाई पूर्ण रूपमा उहाँलाई सुम्पन सक्छस् र अन्ततः मानकअनुरूपको व्यक्तिको स्वरूप हासिल गर्न सक्छस्, जसको अर्थ परमेश्‍वरको न्याय र सजाय अनुभव गरेपछि विजय गरिएको र सिद्ध पारिएको व्यक्तिको स्वरूप हो। यो अन्तिम गवाही हो—यो अन्ततः सिद्ध पारिने व्यक्तिले दिनुपर्ने गवाही हो। तैँले दिनुपर्ने गवाहीका दुई चरण यिनै हुन्, र ती अन्तर-सम्बन्धित छन्, प्रत्येक अपरिहार्य छ। तर तैँले जान्नैपर्ने एउटा कुरा छ: मैले आज तँसँग माग गर्ने गवाही संसारका मानिसहरू वा कुनै एक व्यक्तिप्रति लक्षित छैन, बरु मैले तँसँग माग्ने कुराप्रति लक्षित छ। यो कुरा तँ मलाई सन्तुष्ट पार्न सक्षम छस् कि छैनस् र तँ तिमीहरूमध्ये प्रत्येकका लागि मैले माग गरेका मानकहरू पूर्ण रूपमा पूरा गर्न सक्षम छस् कि छैनस् भन्‍ने कुराद्वारा मापन गरिन्छ। तिमीहरूले बुझ्नुपर्ने कुरा यही हो।

अघिल्लो: अभ्यास (३)

अर्को: अभ्यास (५)

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्