ख्रीष्टले सत्यताद्वारा न्यायको काम गर्नुहुन्छ

आखिरी दिनहरूका काम उनीहरूका किसिमअनुसार सबैलाई छुट्याउनु, र परमेश्‍वरको व्यवस्थापन योजनालाई निष्कर्षमा पुर्याउनु हो, किनकि समय नजिक छ र परमेश्‍वरको दिन आएको छ। परमेश्‍वरले उहाँको राज्यमा प्रवेश गर्ने सबैलाई अर्थात् अन्तिमसम्‍म उहाँप्रति निष्ठावान् हुने सबैलाई परमेश्‍वर स्वयम्‌को युगमा ल्याउनुहुन्छ। परमेश्‍वर स्वयम्‌को युगमा आइपुग्‍नुभन्दा पहिले, परमेश्‍वरको काम मानवका कार्यहरूलाई अवलोकन गर्नु होइन, वा मानवको जीवनको सोधपूछ गर्नु होइन, तर मानिसको विद्रोहीपन न्याय गर्नु हो, किनकि परमेश्‍वरको सिंहासनको सामुन्ने आउने सबैलाई उहाँले स्वच्छ पार्नुहुन्छ। यस दिनसम्म परमेश्‍वरका पदचापहरू पछ्याउनेहरू सबै परमेश्‍वरको सिंहासनका सामुन्ने आउनेहरू हुन्, अनि यो यस्तो हुँदा, अन्तिम चरणको परमेश्‍वरको कामलाई स्वीकार गर्ने प्रत्येक व्यक्ति परमेश्‍वरको शुद्धीकरणको पात्र हुन्छ। अर्को शब्दमा भन्दा, अन्तिम चरणमा भएको परमेश्‍वरको काम स्वीकार गर्ने प्रत्येक व्यक्ति परमेश्‍वरको न्यायको पात्र हुन्छ।

विगतमा बताइएको, परमेश्‍वरको घरमा सुरु हुने न्यायमा, यी शब्दहरूमा सम्बोधन गरिएको “न्याय” ले अन्तिम दिनहरूमा परमेश्‍वरको सिंहासनका सामु आउने व्यक्तिहरूलाई उहाँले दिने न्यायलाई जनाउँछ। अन्तिम दिनहरू आएपछि, परमेश्‍वरले स्वर्गमा एउटा ठूलो टेबुल खडा गर्नुहुनेछ, त्यसमाथि एउटा सेतो कपडा राखिनेछ, अनि त्यसपछि, सबै मानिसहरू भूइँमा घुँडा टेकिरहँदा ठूलो सिंहासनमा बसेर, उहाँले प्रत्येक व्यक्तिका पापहरू खुलासा गर्नुहुनेछ र तिनीहरूलाई स्वर्गमा उचालिने वा आगो र गन्धकको कुण्डमा पठाइने भनी उहाँले निर्णय गर्नुहुनेछ भन्‍ने खालका अलौकिक कल्पनाहरूमा विश्‍वास गर्ने व्यक्तिहरू पनि सायद छन्। मानवले जे कुराको कल्पना गरे पनि, यसले परमेश्‍वरको कामको सारलाई परिवर्तन गर्न सक्दैन। मानवका कल्पनाहरू उसका विचारहरूका सृजना बाहेक अरू केही होइनन्; तिनीहरू मानवका मगजबाट आउँछन्, मानवले देखेका र सुनेका कुराहरूलाई जम्मा भएर जोडिएका हुन्छन्। त्यसकारण म भन्दछु, कि तिनीहरूले अनुमान गरेका चित्रहरू जतिसुकै बुद्धिमान् भए पनि, तिनीहरू केवल व्यङ्ग्य-चित्रहरू मात्र हुन् र तिनीहरूले परमेश्‍वरको कामको योजनालाई प्रतिस्थापन गर्न सक्दैनन्। जे नै भए पनि, मानवलाई शैतानले भ्रष्ट पारेको छ, यसैले उसले कसरी परमेश्‍वरका विचारहरूलाई बुझ्न सक्छ र? मानवले परमेश्‍वरको न्यायको कामलाई शानदार कुराको रूपमा कल्पना गर्छ। परमेश्‍वर आफैले नै न्यायको काम गर्नुहुने हुनाले, यो काम अथाह तहको हुने, र मरणशीलले बुझ्न नसक्ने, र यसले स्वर्गलाई थर्काउने, र पृथ्वीलाई हल्लाउने हुनेछ; यदि यसो होइन भने, यो कसरी परमेश्‍वरले गर्नुहुने न्यायको काम हुन सक्छ? यो न्यायको कार्य भएको हुनाले, परमेश्‍वरले काम गर्नुहुँदा खास गरी उहाँचाहिँ दबाब दिने र गौरवशाली हुनैपर्छ र न्याय गरिएकाहरू आँसु झार्दै चिच्याउने र कृपाको निम्ति आफ्ना घुँडा टेक्नेहरू हुनेछन् भनी उनले विश्‍वास गर्छन्। यस्तो दृश्य अवश्य पनि भव्य हुन्छ, र अति रोमाञ्चक हुन्छ…। परमेश्‍वरको न्यायको काम आश्‍चर्यपूर्ण हुन्छ भनी प्रत्येकले कल्पना गर्छ। तथापि, परमेश्‍वरले मानवका बीचमा आफ्नो न्यायको काम लामो समयदेखि सुरु गर्नुभएको भए पनि, तँ थकित निद्रामा आराम गरिरहेको छस् भनी के तँलाई थाहा छ? परमेश्‍वरको न्यायको काम औपचारिक रूपमा नै सुरु भयो भनी तैँले विचार गरेको समयमा, परमेश्‍वरले स्वर्ग र पृथ्वीलाई नयाँ बनाइसक्नुभएको हुनेछ? त्यसबेला, सायद, तैँले भर्खर मात्र जीवनको अर्थलाई बुझ्न लागेको हुनेछस्, तर परमेश्‍वरको दण्डको निर्दयी कार्यले तँलाई अझै गहिरो निद्रामा, नरकमा ल्याउनेछ। तब मात्र तैँले परमेश्‍वरको न्यायको कार्य पूरा भइसकेको एक्कासि महसुस गर्नेछस्।

अब हामी हाम्रो बहुमूल्य समयलाई खेर नफालौँ, अनि यी घिनलाग्ने र घृणात्मक कुराहरूका बारेमा कुराकानी गर्दै नगरौँ। बरु हामी न्यायमा के संलग्न छ सो बारेमा कुराकानी गरौँ। “न्याय” शब्द उल्लेख हुँदा, यहोवाले हरेक क्षेत्रका मानिसहरूलाई निर्देशन दिन बोल्नुभयो र येशूले फरिसीहरूलाई हप्काउन बोल्‍नुभएको वचनहरूका बारेमा सायद तैँले विचार गर्छस् होला। ती वचनहरू कठोर हुँदा-हुँदै पनि, ती मानवका लागि दिइएका परमेश्‍वरका न्यायका वचनहरू होइनन्; ती वचनहरू विभिन्न वातावरणहरूभित्र, अर्थात् विभिन्न सन्दर्भहरूमा परमेश्‍वरले बोल्नुभएको थियो। आखिरी दिनहरूका ख्रीष्टले मानवलाई न्याय गर्नुहुँदा उहाँले बोल्नुहुने वचनहरू यी वचनहरूभन्दा भिन्न छन्। आखिरी दिनहरूका ख्रीष्टले मानिसलाई सिकाउन, मानिसको सारलाई खुलासा गर्न, र मानिसका शब्द र कार्यहरूलाई चिरफार गर्न विभिन्न सत्यताहरू प्रयोग गर्नुहुन्छ। यी वचनहरूमा मानिसको कर्तव्य, मानिस कसरी परमेश्‍वरमा समर्पित हुनुपर्छ, मानव कसरी परमेश्‍वरप्रति बफादार हुनैपर्छ, मानव कसरी सामान्य मानवतामा जिउनुपर्छ, र साथसाथै, परमेश्‍वरको बुद्धि र स्वभाव, र इत्यादि जस्ता विभिन्न सत्यताहरू समावेश भएका हुन्छन्। यी सबै वचनहरू मानवका सार र उसका भ्रष्ट स्वभावप्रति निर्देशित हुन्छन्। खास गरी, मानवले कसरी परमेश्‍वरलाई इन्कार गर्छ भनी खुलासा गर्ने वचनहरू मानव कसरी शैतानको मूर्तरूप र उहाँ विरुद्धको शत्रुशक्ति हो भन्‍ने सन्दर्भमा बोलिएका हुन्छन्। परमेश्वरले आफ्नो न्यायको काम गर्नुहुँदा, उहाँले मानिसको प्रकृतिलाई एक-दुईवटा शब्‍दहरूले व्याख्या गर्नुहुन्‍न; उहाँले लामो समयसम्म खुलासा र काँटछाँट गर्नुहुन्छ। खुलासा गर्ने र काँटछाँट गर्ने यी सबै फरक-फरक विधिहरूलाई साधारण वचनले प्रतिस्थापन गर्न सकिँदैन, तर मानिससँग पूर्णतया नभएको सत्यताले प्रतिस्थापन गर्छ। यस्ता विधिहरूलाई मात्र न्याय भन्न सकिन्छ; यस्तो न्यायद्वारा मात्र मानव वशमा आउन र उहाँबारे पूर्णत: विश्‍वस्त हुन सक्छ, र त्यसमाथि परमेश्‍वरको साँचो ज्ञान प्राप्त गर्न सक्छ। न्यायको कामले ल्याउने कुरा भनेको मानवले परमेश्‍वरको साँचो मुहारलाई र उसको आफ्नै विद्रोहीपनको सत्यतालाई बुझ्नु हो। न्यायको कामले मानवलाई परमेश्‍वरका अभिप्राय, परमेश्‍वरको कामको उद्देश्य, र उसले बुझ्नै नसक्ने रहस्यहरूको धेरै बुझाइ प्राप्त गर्ने तुल्याउँछ। यसले मानवलाई आफ्नो भ्रष्ट सार, उसका भ्रष्टताका जडहरू पहिचान गर्ने र चिन्ने, र साथसाथै मानवका कुरूपता पत्ता लगाउने पनि तुल्याउँछ। यी सबै असरहरू न्यायको कामद्वारा ल्याइएका हुन्छन्, किनकि यस कामको सारचाहिँ वास्तवमा परमेश्‍वरमा आस्था राख्नेहरू सबैका लागि परमेश्‍वरको सत्यता, मार्ग, र जीवनलाई खोल्नु हो। यो परमेश्‍वरद्वारा गरिएको न्यायको काम हो। यदि तैँले यी सत्यताहरूलाई महत्वपूर्ण ठानिनस्, यदि तैँले अरू कुराहरू विचार नै नगरी तिनीहरूलाई कसरी बेवास्ता गर्ने, वा तिनीहरूलाई संलग्न नगर्ने नयाँ उपाय कसरी भेट्टाउने भन्‍ने कुरा मात्र तैँले विचार गरिस् भने, तँ डरलाग्दो पापी हो भनी म भन्छु। यदि तेरो विश्‍वास परमेश्‍वरमा छ, तर पनि तैँले सत्यता वा परमेश्‍वरका अभिप्राय खोज्दैनस्, न त तँलाई परमेश्‍वरको नजिक ल्याउने बाटोलाई प्रेम गर्छस् भने, म के भन्छु भने तँ न्यायबाट उम्कने कोसिस गरिरहेको छस्, र तँ ठूलो सेतो सिंहासनबाट भाग्ने कठपुतली र धोकेबाज होस्। परमेश्‍वरका आँखाबाट भाग्ने कुनै पनि विद्रोहीलाई परमेश्‍वरले बाँकी राख्नुहुनेछैन। यस्ता मानिसहरूले अझ कडा दण्ड पाउनेछन्। परमेश्‍वरको सामु न्याय गरिनका लागि आउनेहरू, र साथै शुद्ध बनाइएकाहरू सदासर्वदा परमेश्‍वरको राज्यमा जिउनेछन्। अवश्य पनि यो भविष्यमा हुने कुरा हो।

न्यायको काम परमेश्‍वरको आफ्नै काम भएको हुनाले, प्राकृतिक रूपमा यसलाई परमेश्‍वर आफैले नै कार्यान्वयन गर्नुपर्ने हुन्छ; उहाँको सट्टामा मानिसले यो गर्न सक्दैन। न्याय भनेको मानवजातिलाई विजय गर्नका लागि सत्यताको प्रयोग भएको हुनाले, मानिसमाझ यो काम गर्नका लागि परमेश्‍वर अझै पनि देहधारी स्वरूपमा प्रकट हुनुहुनेछ भन्‍ने कुरामा कुनै प्रश्न छैन। अर्थात्, आखिरी दिनहरूका ख्रीष्टले सारा संसारभरिका मानिसहरूलाई सिकाउन र सबै सत्यता जान्ने तुल्याउन सत्यता प्रयोग गर्नुहुनेछ। परमेश्‍वरको न्यायको काम यही नै हो। परमेश्‍वरको दोस्रो देहधारणका सन्दर्भमा धेरैलाई असहज महसुस हुन्छ, किनकि न्यायको काम गर्नका लागि परमेश्‍वर देह बन्नुहुनेछ भन्‍ने कुरा विश्‍वास गर्न मानिसहरूलाई कठिनाइ हुन्छ। तर पनि, परमेश्‍वरको काम मानवका अपेक्षाहरूभन्दा प्रायः धेरै पर हुन्छ, र मानव दिमागलाई यो स्वीकार गर्न कठिन हुन्छ भन्‍ने कुरा मैले तँलाई बताउनै पर्छ। किनभने मानिसहरू पृथ्वीमा गोब्रेकीराहरू मात्र हुन्, जबकि परमेश्‍वर ब्रह्माण्ड भर्नुहुने सर्वोच्च हुनुहुन्छ; मानिसको दिमाग फोहोर पानीको खाडलजस्तो हो, जसले कीराहरूमात्रै जन्माउँछ, तर परमेश्‍वरका विचारहरूद्वारा निर्देशित कामको प्रत्येक कदम परमेश्‍वरको बुद्धिको फल हो। मानिसहरूले जहिले पनि परमेश्‍वरसँग प्रतिस्पर्धा गर्ने कोसिस गरिरहेका हुन्छन्, जसलाई म भन्छु, अन्त्यमा को हार्नेछ भन्ने कुरा स्वयम् सिद्ध छ। तिमीहरूले आफूलाई सुनभन्दा बढी मूल्यवान् नठान भनी म तिमीहरू सबैलाई अर्ती दिन्छु। यदि अरूले परमेश्‍वरको न्यायलाई स्वीकार गर्न सक्छन् भने, तँ किन सक्दैनस्? तँ अरूहरूभन्दा कति माथि खडा छस्? यदि अरूले सत्यताको सामु आफ्ना शिरहरू झुकाउन सक्छन् भने, तँ पनि किन सक्दैनस्? परमेश्‍वरको कामको गति रोक्नै नसकिने छ। तैँले दिएको “योगदान” का कारण मात्रै उहाँले न्यायको काम फेरि दोहोऱ्याउनुहुने छैन, र अनि यति असल अवसरलाई जान दिएकोमा तँ पछुतोले भरिनेछस्। यदि तँ मेरा वचनहरूलाई विश्‍वास गर्दैनस् भने, केवल तँलाई न्याय गर्नहेतु आकाशको ठूलो सेतो सिंहासनलाई पर्खी! तँलाई थाहा हुनैपर्छ कि सबै इस्राएलीहरूले येशूलाई इन्कार गरे र नकारे, तैपनि येशूले सबै मानवजातिलाई दिनुभएको छुटकाराको तथ्य सारा ब्रह्माण्डभर र पृथ्वीको अन्त्यसम्म फैलिएको छ। के यो परमेश्‍वरले धेरै पहिले हासिल गर्नुभएको तथ्य होइन र? तँलाई स्वर्ग लैजानका लागि यदि तँ अझै येशूलाई पर्खिरहेको छस् भने, तँ मृत काठको हठी ठुटो होस् भनी म भन्दछु।[क] येशूले तँजस्तो सत्यताप्रति अबफादार र आशिषमात्र खोज्ने झूटो विश्‍वासीलाई स्वीकार गर्नुहुनेछैन। त्यसविपरीत, दस हजारौँ वर्षसम्म जलिरहन उहाँले तँलाई बिना कुनै कृपा आगोको कुण्डमा फालिदिनुहुनेछ।

के तँ अब न्याय के हो र सत्यता के हो भनी बुझ्‍छस्? यदि बुझ्छस् भने, न्याय गरिनुप्रति आज्ञाकारितासाथ समर्पित हुन म तँलाई सुझाव दिन्छु, नत्र भने तैँले परमेश्‍वरको अनुमोदन पाउने वा उहाँद्वारा उहाँको राज्यभित्र ल्याइने अवसर कहिल्यै पाउनेछैनस्। न्याय स्वीकार मात्र गर्ने तर कहिल्यै शुद्ध गर्न नसकिने, अर्थात्, न्यायको कामका बीचमा भाग्नेहरूलाई परमेश्‍वरले सदाका लागि तिरस्कार गर्नुहुनेछ। तिनीहरूका पाप फरिसीहरूका भन्दा झनै जघन्य र झनै धेरै हुन्छन्, किनकि तिनीहरूले परमेश्‍वरलाई धोका दिएका छन् र तिनीहरू परमेश्‍वरविरुद्धका विद्रोहीहरू हुन्। श्रम गर्नका लागि पनि लायक नभएका यी मानिसहरूले झनै कडा दण्ड पाउनेछन्, जुन दण्डचाहिँ, झन्, अनन्तकालसम्म जारी रहनेछ। परमेश्‍वरले कुनै बेला शब्दले बफादारी देखाएको तर त्यसपछि उहाँलाई धोका दिएको कुनै पनि विश्‍वासघातीलाई बाँकी राख्नुहुनेछैन। यस्ता मानिसहरूले आत्मा, प्राण, र शरीरका दण्डमार्फत प्रतिशोध पाउनेछन्। के परमेश्‍वरको धर्मी स्वभावको प्रकटीकरण ठ्याक्कै यही नै होइन र? के मानिसलाई न्याय र प्रकाश गर्ने परमेश्‍वरको उद्देश्य ठ्याक्कै यही होइन र? न्यायको समयावधिमा हरप्रकारका दुष्ट कार्य गर्नेहरूलाई परमेश्‍वरले दुष्ट आत्माहरू भरिएको स्थानमा पठाउनुहुनेछ, र ती दुष्टात्माहरूलाई आफ्नो इच्छाअनुसार तिनीहरूका देहगत शरीरहरू नष्ट गर्न दिनुहुनेछ, र ती मानिसहरूका शरीरले लासहरूको दुर्गन्ध फैलाउँछन्। तिनीहरूले पाउनुपर्ने प्रतिशोध यस्तो हुन्छ। परमेश्‍वरले ती अबफादार झूटा विश्‍वासीहरू, झूटा प्रेरितहरू, र झूटा कामदारहरूका प्रत्येक पापलाई तिनीहरूका अभिलेख-पुस्तकहरूमा लेख्नुहुन्छ, अनि ठीक समय आएपछि, उहाँले तिनीहरूलाई अशुद्ध आत्माहरूका बीचमा फालिदिनुहुन्छ, ती अशुद्ध आत्माहरूलाई इच्छाअनुसार तिनीहरूका पूरै शरीरहरू फोहोर पार्न दिनुहुनेछ, र तिनीहरूलाई कहिल्यै पुनर्जन्म नपाउने र तिनीहरूले फेरि कहिल्यै उज्यालो नदेख्ने तुल्याउनुहुनेछ। केही समयका निम्ति सेवा गर्ने तर अन्तसम्म बफादार नरहने ढोँगीहरूलाई परमेश्‍वरले दुष्टहरूमाझ सूचीकृत गर्नुहुन्छ, तिनीहरूलाई दुष्ट मानिसहरूसँग हिलोमा लडबडिन र विभिन्‍न किसिमका कुकर्मीसँग गिरोह निर्माण गर्न दिनुहुन्छ, र अन्त्यमा, परमेश्‍वरले तिनीहरूलाई नष्ट गर्नुहुनेछ। ख्रीष्टप्रति कहिल्यै बफादार नभएका वा आफ्नो कुनै सामर्थ्य योगदान नगरेकाहरूलाई परमेश्‍वरले पाखा लगाइदिनुहुन्छ र तिनीहरूप्रति कुनै ध्यान दिनुहुन्न, र युगको परिवर्तनसँगै उहाँले तिनीहरू सबैलाई नष्ट गर्नुहुनेछ। तिनीहरू उप्रान्त पृथ्वीमा अस्तित्वमा रहनेछैनन्, र तिनीहरूले परमेश्‍वरको राज्यभित्र प्रवेश गर्ने बाटो त झनै प्राप्त गर्नेछैनन्। परमेश्‍वरले उहाँप्रति कहिल्यै निष्कपट नरहेका, तर उहाँसँग झाराटारुवा रूपमा व्यवहार गर्नुबाहेक अरू कुनै विकल्प नभएका जोकोहीलाई उहाँका मानिसहरूका लागि सेवा प्रदान गर्नेहरूमा सूचीकृत गर्नुहुन्छ। यस्ता मानिसहरूका सानो सङ्ख्या मात्र बाँच्नेछ, जबकि बहुसङ्ख्यकहरू मानकअनुरूप श्रम गर्न समेत नसक्‍नेहरूसँगै नष्ट हुनेछन्। अन्त्यमा, परमेश्‍वरसँग एउटै हृदय र मन भएकाहरू, परमेश्‍वरका मानिसहरू र पुत्रहरू, र धर्मगुरु हुनका लागि परमेश्‍वरद्वारा पूर्वनिर्धारित सबैलाई परमेश्‍वरले उहाँको राज्यमा ल्याउनुहुनेछ। तिनीहरू परमेश्‍वरको कामको परिष्कृत उपज हुन्। परमेश्‍वरले तोक्नुभएको कुनै पनि वर्गमा वर्गीकृत गर्न नसकिनेहरूलाई गैरविश्‍वासीहरूको श्रेणीका सूचीमा राखिनेछ, र तिनीहरूको परिणाम के हुनेछ भनेर तिमीहरूले निश्चय नै कल्पना गर्न सक्छौ। मैले तिमीहरूलाई भन्‍नुपर्ने सबै कुराहरू भनिसकेको छु; तिमीहरूले छान्‍ने मार्ग केवल तिमीहरूकै छनोट हो। तिमीहरूले बुझ्नुपर्ने कुरा यो हो: परमेश्‍वरसँग गति मिलाउन नसक्ने कुनै पनि व्यक्तिलाई परमेश्‍वरको कामले पर्खँदैन, र परमेश्‍वरको धर्मी स्वभावले कुनै पनि मानिसलाई कृपा देखाउँदैन।

फूटनोटहरू:

क. काठको ठुटा: चिनियाँ टुक्‍का, जसको अर्थ “कामै नलाग्‍ने” भन्‍ने हुन्छ।

अघिल्लो: के तँ परमेश्‍वरको साँचो विश्‍वासी होस्?

अर्को: के तँलाई थाहा थियो? परमेश्‍वरले मानिसहरूको बीचमा महान् कुरा गर्नुभएको छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्