परिशिष्ट ४: परमेश्‍वरको न्याय र सजायमा उहाँ देखा पर्नुभएको घटनालाई हेर्नु

प्रभु येशू ख्रीष्टलाई पछ्याउने अरूहरू करोडौँले जस्तै, हामी बाइबलका नियमहरू र आज्ञाहरूलाई पालन गर्छौं, प्रभु येशू ख्रीष्टको प्रशस्त अनुग्रहमा आनन्दित हुन्छौं, र प्रभु येशू ख्रीष्टको नाममा एकसाथ भेला हुन्छौं, प्रार्थना, प्रशंसा, र सेवा गर्छौं—र प्रभुको हेरचाह र सुरक्षा हामी यी सबै गर्छौं। हामी प्राय कमजोर छौँ, र हामी प्राय बलिया पनि छौँ। हाम्रा सबै कार्यहरू प्रभुका शिक्षाअनुसार छन् भनी हामी विश्‍वास गर्छौं। तब, यो स्पष्ट छकि हामी स्वर्गमा हुनुहुने पिताको इच्छा पछ्याउने मार्गमा छौँ भनी हामी आफै पनि विश्‍वास गर्छौं। हामी प्रभु येशूको दोस्रो आगमनको, उहाँको महिमित अवतरणको, पृथ्वीमा हाम्रा जीवनको अन्त्यको, राज्यको उदयको, र प्रकाशको पुस्तकमा अगमवाणी गरिएका सबै थोकहरूका तीव्र इच्छा गर्छौं: प्रभु आइपुग्नुहुन्छ, उहाँले विपत्ति ल्याउनुहुन्छ, उहाँले असललाई इनाम दिनुहुन्छ र दियाबलसलाई दण्ड दिनुहुन्छ, र उहाँलाई पछ्याउनेहरू सबैलाई र उहाँलाई बादलमा भेट्न उहाँको दोस्रो आगमन स्वागत गर्नेहरूलाई उहाँले लिनुहुन्छ। जहिले हामी यो विचार गर्छौं, हामी आखिरी दिनहरूमा जन्मियौं र प्रभुको आगमनका साक्षी हुने असल भाग्य पाएकोमा हामी भावुक नभइरहन, आनन्दले पूर्ण नभइरहन सक्दैनौं। हामीले सतावट भोगेका भए पनि, हामीले यसको सट्टामा “अत्याधिक र अनन्त महिमाको काम।” पाएका छौँ। कस्तो आशिष्! प्रभुले दिनुभएका यी सबै तीव्र इच्छा र अनुग्रहले हामीलाई प्रार्थनामा लगातार गम्भीर बनाउँछ र एकसाथ भेला हुनका लागि अझै बढी लगनशील बनाउँछ। सायद अर्को वर्ष, सायद भोली, र मानिसले कल्पना गरेकोभन्दा छोटो समयभित्र, उत्सुकताका साथ उहाँलाई पर्खिरहेका मानिसहरूका समूहका बीचमा उहाँ प्रकट भएर, प्रभु एक्कासि ओर्लनुहुनेछ। प्रभुको प्रकट हेर्नका लागि पहिलो समूहमा हुनका खातिर र उठाइलगिने मध्ये हुन हामी एक अर्कालाई उछिन्न हतार गर्नेछौं, पछाडि छोडिन कोही पनि इच्छुक हुँदैनौं। हामीले यस दिनको आगमनका लागि, लागतको बेवास्ता नगरी सबै थोक दिएका छौँ; कोहीले आफ्ना रोजगारीहरू छोडेका छन्, कोहीले आफ्ना परिवारहरू त्यागेका छन्, कोहीले विवाह त्यागेका छन्, र कोहीले आफ्ना सबै बचतहरूलाई दान गरेका पनि छन्। भक्तिका कस्ता निस्स्वार्थ कार्यहरू! यस्ता इमानदारीता र विश्‍वासयोग्यता अवश्य विगत युगका सन्तहरूका भन्दा पनि अझ परको छ! जसरी प्रभुले आफूले चाहनुभएकाहरूमाथि अनुग्रह गर्नुहुन्छ र आफूले चाहनुभएकाहरूलाई कृपा देखाउनुहुन्छ, हाम्रा भक्ति र समर्पणका कार्यहरू, हामी विश्‍वास गर्छौं, लामो समयदेखि उहाँका आँखाहरूले हेरेका छन् यसरी नै, हाम्रा निष्कपट प्रार्थनाहरू पनि उहाँका कानहरूमा पुगेका छन्, र हाम्रा समर्पणका लागि प्रभुले हामीलाई प्रतिफल दिनुहुन्छ भनी हामी भरोसा गर्छौं। यसबाहेक, परमेश्‍वरले संसारलाई सृष्टि गर्नुभन्दा पहिलेदेखि नै उहाँ हामीप्रति दयालु हुनुभएको थियो, र उहाँले हामीलाई दिनुभएका आशिषहरू र प्रतिज्ञाहरूलाई कसैले पनि खोसेर लान सक्दैन। हामी सबैले भविष्यका लागि योजना बनाइरहेका छौँ, र बादलमा प्रभुलाई भेट्न उठाइ लगिनको निम्ति आदानप्रदान गर्ने हाम्रा समर्पण र खर्च काउन्टर चिप्स वा पूँजी बनेको छ। अझ ठूलो कुरा त के छ भने, सारा राष्ट्रहरू र सबै जातिहरूमाथि अध्यक्षता गर्न वा राजाहरूको रूपमा शासन गर्न अलिकति हिचकिचाहटविना, हामीले आफैलाई भविष्यको सिंहासनमा राखेका छौँ। यी सबैलाई हामीले दिइएको रूपमा र अपेक्षा गर्नुपर्ने कुनै थोकको रूपमा लिन्छौं।

प्रभु येशूका विरुद्धमा भएकाहरूलाई हामी घृणा गर्छौं; तिनीहरू सबैका अन्त्य विनाश नै हुनेछ। प्रभु येशू मुक्तिदाता हुनुहुन्छ भनी विश्‍वास नगर्न कसले तिनीहरूलाई भन्यो? अवश्य पनि, संसारका मानिसहरूप्रति करुणामय हुनुभएका प्रभु येशूलाई अनुकरण गर्ने समयहरू छन्, किनकि तिनीहरूले बुझ्दैनन्, र हामी तिनीहरूप्रति सहनशील र क्षमाशील हुनु ठीक हो। हामीले गर्ने सबै कुराहरू बाइबलका वचनहरू अनुसार हुनुपर्छ, किनकि बाइबल अनुरूप नहुने कुनै पनि कुरा शास्‍त्र-विरोधी वा झूटा शिक्षा हो। यस किसिमको विश्‍वासले हामी प्रत्येकका मनमा गहिरो किसिमले जरा गाडेको छ। हाम्रा प्रभु बाइबलमा हुनुहुन्छ, र यदि हामी बाइबलबाट विचलित भएनौं भने, हामी प्रभुबाट पनि अलग हुनेछैनौं; यदि हामी यस सिद्धान्तमा रह्यौं भने, हामीले मुक्ति पाउनेछौं। हामी एक-अर्कालाई प्रेरणा दिन्छौं, एउटाले अर्कोलाई सहायता गर्छौं, र हरेक पल्ट हामी एकसाथ भेला हुँदा, हामीले भनेका र गरेका सबै कुराहरू प्रभुका अभिप्रायअनुसार छन् र प्रभुले यसलाई स्वीकार गर्नुहुनेछ भनी हामी आशा गर्छौं। हाम्रो अत्यन्त प्रतिकूल परिवेश हुँदाहुँदै पनि, हाम्रा हृदयहरू आनन्दले भरिएका छन्। सहज पहुँचमा भएका हाम्रा आशिषहरूलाई हामीले विचार गर्दा, के हामीले पन्छाउन नसक्ने कुनै कुरा छ र? अलग हुनका लागि हामीले सङ्कोच मान्नुपर्ने कुनै कुरा छ र? यी सबै कुराहरू स्पष्ट छन्, र यी सबै कुराहरू परमेश्‍वरका चनाखा आँखा सामु नै छन्। गोबरको थुप्रोबाट उठाइएका खाँचोमा परेका मुठ्ठीभरका हामीहरू, उठाइ लगिने वा, आशिषित हुने, र सबै राज्यहरूमाथि शासन गर्ने गरेको सपना देख्ने, प्रभु येशूका अरू साधारण अनुयायीहरू जस्तै छौँ। हाम्रा भ्रष्टता परमेश्‍वरका दृष्टिमा खुला राखेका छन्, अनि हाम्रा अभिलाषाहरू र लोभहरू परमेश्‍वरका दृष्टिमा दोषी ठहरिएका छन्। तथापि, यी सबै थोकहरू यति सामान्य रूपमा र यति तर्कसंगत किसिमले हुन्छन्, कि हाम्रा तीव्र इच्छाहरू ठीक छन् वा छैनन् भन्‍ने बारेमा हामी कोही पनि अचम्ममा पर्दैनौं, हामीले अवलम्बन गरेका सबै थोकको विशुद्धतामाथि शङ्का गर्ने कुरा त परै जाओस्। कसले परमेश्‍वरका अभिप्राय जान्न सक्छ? खास कस्तो किसिमको मार्गमा मानव हिँड्छ, हामीले खोज्न वा अन्वेषण गर्न जान्दैनौं; अनि सोधपूछ गर्नमा पनि हाम्रो चासो झनै कम छ। हामीलाई उठाइ लगिन्छ कि उठाइ लगिँदैन, हामीले आशिष् पाउन सक्छौं कि पाउँदैनौ, स्वर्गको राज्यमा हाम्रा लागि कुनै स्थान छ कि छैन, जीवनको नदीको पानी र जीवनको रूखको फलमा हाम्रो हिस्सा हुन्छ कि हुँदैन भन्‍ने बारेमा मात्र हामी सरोकार राख्छौं। के यी नै कुराहरू पाउनका खातिर हामीले प्रभुमा विश्‍वास गरेका र उहाँका अनुयायीहरू बनेका होइनौं र? हाम्रा पापहरू क्षमा भएका छन्, हामीले पश्‍चाताप गरेका छौँ, हामीले दाखमद्यको तीतो कचौरा पिएका छौँ, अनि हामीले हाम्रो क्रूसलाई पीठमाथि राखेका छौँ। हामीले तिरेको मूल्य प्रभुले स्वीकार गर्नुहुन्न भनी कसले भन्न सक्छ? हामीले पर्याप्त तेलको तयारी गरेका छैनौं भनी कसले भन्न सक्छ? हामी ती मूर्ख कन्याहरू वा ती त्यागिएकाहरू मध्येका जस्ता हुन चाहँदैनौं। यसका साथसाथै, झूटा ख्रीष्टहरूको भ्रममा नपर्नका लागि हामीलाई सुरक्षित राख्न हामीले प्रभुलाई बिन्ती गर्दै, निरन्तर प्रार्थना गर्छौं, किनकि बाइबलमा यसो भनिएको छ: “अनि यदि कुनै मानिसले तिमीहरूलाई, हेर, ख्रीष्ट यहाँ हुनुहुन्छ वा त्यहाँ हुनुहुन्छ भनी भन्छ भने विश्‍वास नगर्नू। झूटा ख्रीष्टहरू र झूटा अगमवक्ताहरू आउनेछन् र ठूलठूला चिन्हहरू र चमत्कारहरू देखाउनेछन्; ताकि सम्भव भए, तिनीहरूले चुनिएकाहरूलाई नै बहकाउन सकून्” (मत्ती २४:२३-२४)। हामी सबैले बाइबलका यी पदहरूलाई कण्ठस्थ गरेका छौँ; हामीले तिनीहरूलाई हृदयले चिन्छौं, र हामीले तिनीहरूलाई बहुमूल्य सम्पत्तिको रूपमा, जीवनको रूपमा, र हामीले मुक्ति पाउन सक्छौं वा सक्दैनौं वा उठाइ लगिन्छ वा लगिँदैन भनी निर्णय गर्ने श्रेय पत्रका रूपमा हेरेका छौँ …

हजारौँ वर्षदेखि, जीवितहरूले आफ्ना तीव्र चाहनाहरू र आफ्ना सपनाहरू तिनीहरूसँग लिएर बितिसकेका छन्, तर तिनीहरू स्वर्गका राज्यमा गए वा गएनन् भन्‍ने कुरा कसैलाई पनि साँच्चिकै थाहा छैन। कुनै समय घटेका सबै कथाहरू बिर्सेर मृतकहरू फर्कन्छन्, अनि तिनीहरूले पितापुर्खाहरूका शिक्षाहरू र मार्गहरूलाई अझै पछ्याएका हुन्छन्। अनि यसरी, वर्षहरू बित्छन् र दिनहरू टर्छन्, हाम्रा प्रभु येशू, हाम्रा परमेश्‍वरले हामीहरूले गरेका सबै कुराहरूलाई साँच्चै स्वीकार गर्नुहुन्छ वा हुँदैन, कसैलाई पनि थाहा छैन। हामीले गर्न सक्ने कुराचाहिँ परिणामका लागि प्रतीक्षा गर्नु र हुन आउने कुराहरूका बारेमा अनुमान गर्नु मात्र हो। तर पनि हामीकहाँ कहिल्यै देखा नपरी, हामीसित कहिल्यै नबोली नै परमेश्‍वर यस अवधिभरि मौन रहनुभएको छ। अनि यसरी, बाइबललाई पछ्याएर चिन्हहरू अनुसार, हामी परमेश्‍वरका अभिप्राय र स्वभावका बारेमा स्वेच्छाचारी न्यायहरू बनाउँछौं। परमेश्‍वरका मौनतामा हाम्रो बानी बसेको छ; विचार गर्ने हाम्रा आफ्नै तरिकाद्वारा हाम्रा व्यवहारलाई ठीक र बेठीक भनी मापन गर्ने हाम्रो बानी परेको छ; परमेश्‍वरले हामीबाट माग गर्नुभएका कुराहरूको सट्टामा हाम्रा ज्ञान, धारणाहरू, र नैतिक नीतिहरूमा भर पर्न हामीलाई बानी परेको छ; परमेश्‍वरको अनुग्रहमा आनन्द लिन हामीलाई बानी परेको छ; आवश्यकता पर्दा परमेश्‍वरले हामीलाई प्रदान गर्नुहुने सहायतामा हाम्रो बानी परेको छ; सबै थोकहरूका निम्ति परमेश्‍वरतिर हाम्रा हातहरू फैलाउन र परमेश्‍वरलाई आज्ञा गर्न हामीलाई बानी परेको छ; पवित्र आत्माले कसरी अगुवाइ गर्नुहुन्छ भनी ध्यान नदिई, नियमहरू अनुरूप चल्न हामीलाई बानी परेको छ; अनि अझ बढी त, हाम्रा मालिक हामी आफै भएको समयको हामीलाई बानी परेको छ। हामीले कहिल्यै आमनेसामने नभेटेका यस्तो परमेश्‍वरमा हामी विश्‍वास गर्छौं। उहाँको स्वभाव कस्तो छ, उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ, उहाँको स्वरूप कस्तो छ, उहाँ आउनुहुँदा हामी उहाँलाई चिन्छौं वा चिन्दैनौं, र यस्तै खालका प्रश्नहरू—यिनीहरू कुनै एउटा पनि महत्वपूर्ण छैनन्। उहाँ हाम्रो हृदयमा हुनुहुन्छ र हामी सबैले उहाँलाई पर्खेका छौँ भन्‍ने कुरा महत्वपूर्ण छ, र उहाँ यस्तो वा त्यस्तो हुनुहुन्छ भनी हामीले कल्पना गर्न सक्नु नै पर्याप्त हुन्छ। हामी हाम्रा विश्‍वासको सराहना गर्छौं र हाम्रा आत्मिकतालाई मूल्यवान् ठान्छौं। हामी सबै कुराहरूलाई गोबरको रूपमा हेर्छौं, र सबै थोकहरूलाई पैतालामुनि कुल्चन्छौं। हामी महिमित प्रभुका विश्‍वासीहरू भएका हुनाले, यात्रा जति नै लामो र कठिन भए पनि, कठिनाइहरू र खतराहरू हामीमाथि आइपरे पनि, हामीले प्रभुलाई पछ्याउँदा केही कुराले पनि हाम्रा पाइलाहरूलाई रोक्न सक्दैनन्। “परमेश्‍वर र थुमाको सिंहासनबाट स्फटिक जस्तै जीवनको सफा पानीको विशुद्ध नदी बगी निस्क्यो। त्यो नदीको दुवै किनारामा जीवनको रूख थियो, जसले बाह्र किसिमका फलहरू फलाउथे र हरेक महिना फल दिन्थे: र त्यस रूखका पातहरू जाति-जातिहरूलाई निको पार्नलाई थियो। अनि त्यहाँ उप्रान्त कुनै सराप हुनेछैन: तर यसभित्र परमेश्‍वर र थुमाको सिंहासन हुनेछ; र उहाँका सेवकहरूले उहाँको सेवा गर्नेछन्: अनि तिनीहरूले उहाँको मुहार देख्नेछन्; र तिनीहरूको निधारमा उहाँको नाउँ हुनेछ। त्यहाँ कुनै रात हुनेछैन; र तिनीहरूलाई कुनै बत्ती आवश्यक पर्दैन, न त सूर्यको प्रकाशको नै आवश्यक पर्छ; किनभने परमप्रभु परमेश्‍वरले तिनीहरूलाई प्रकाश दिनुहुन्छ: र तिनीहरूले सदासर्वदा नै शासन गर्नेछन्” (प्रकाश २२:१-५)। हामीले हरेक पल्ट यी शब्दहरूलाई गाउँदा, हाम्रा हृदयहरू असीम आनन्द र सन्तुष्टिले भरिन्छन्, र हाम्रा आँखाहरूबाट आँसुहरू बग्छन्। हामीलाई छान्नुभएकोमा प्रभुलाई धन्यवाद होस्, उहाँको अनुग्रहको निम्ति प्रभुलाई धन्यवाद होस्। उहाँले यस जीवनमा हामीलाई सय गुणा दिनुभएको छ र आउने संसारमा हामीलाई अनन्त जीवन दिनुभएको छ। यदि उहाँले मर्नका लागि अहिले हामीलाई भन्नुभयो भने, हामीले कुनै पनि गुनासोविना त्यसो गर्थ्यौं। हे प्रभु! कृपया चाँडै आउनुहोस्! हामी तपाईंलाई यति उत्कट रूपमा चाहन्छौं र तपाईंका खातिर सबै कुराहरूलाई त्यागेका छौँ भन्‍ने कुरालाई विचार गर्दै, एक मिनेट, एक सेकेन्ड पनि ढीला नगर्नुहोस्।

परमेश्‍वर मौन हुनुहुन्छ, र कहिल्यै हामीकहाँ प्रकट हुनुभएको छैन, तैपनि उहाँको काम कहिल्यै रोकिएको छैन। उहाँले सारा पृथ्वीलाई छानबिन गर्नुहुन्छ, सबै थोकहरूलाई आज्ञा गर्नुहुन्छ, र मानिसका सबै शब्दहरू र कामहरूलाई हेर्नुहुन्छ। उहाँले उहाँको व्यवस्थापनलाई मौनता पूर्वक र नाटकीय प्रभाव विना मापन चरणहरू र उहाँको योजनाअनुसार सञ्चालन गर्नुहुन्छ, तापनि उहाँका पाइलाहरू मानवजातिका नजिक हुनेगरि एक-एक गरेर अगाडि बढ्छन्, र उहाँको न्याय आसन बिजुलीको गतिमा ब्रम्‍हाण्डमा तैनात गरिन्छ, त्यसपछि उहाँको सिंहासन तुरुन्त हाम्रा बीचमा ओर्लन्छ। त्यो कस्तो प्रतापी दृश्य हो, कस्तो शानदार र प्रभावशाली नाटकीय दृश्य! ढुकुरजस्तै र गर्जने सिंह जस्तै गरी पवित्र आत्मा हाम्रा बीचमा आउनुहुन्छ। उहाँ बुद्धि हुनुहुन्छ, उहाँ धार्मिकता र प्रताप हुनुहुन्छ, र उहाँ अख्तियार चलाउँदै अनि प्रेमिलोपन र कृपाले भरिएर, हाम्रा बीचमा गोप्य रूपमा आउनुहुन्छ। उहाँको आगमनबारे कोही सचेत छैन, उहाँको आगमनलाई कसैले स्वागत गर्दैन, र, त्यो भन्दा पनि बढी, उहाँले गर्न लाग्नुभएको सबै कुरा कसैलाई पनि थाहा छैन। मानिसको जीवन पहिलेको जस्तै चलिरहन्छ, उसको हृदय केही फरक हुँदैन, र दिनहरू सदाझैँ गुज्रन्छन्। परमेश्‍वर अनुयायीहरूमध्ये सबैभन्दा नगण्य र एक साधारण विश्‍वासीका रूपमा, साधारण व्यक्तिझैँ, हाम्रा माझमा जिउनुहुन्छ। उहाँका आफ्नै पछ्याइहरू, आफ्नै उद्देश्यहरू छन्; र, त्यो भन्दा पनि बढी, उहाँसँग साधारण मानिसहरूसँग नभएको ईश्‍वरत्व छ। उहाँको ईश्‍वरत्वको अस्तित्वलाई कसैले पनि ध्यान दिएको छैन, र उहाँको र मानिसका सार बीचको भिन्नतालाई कसैले अनुभूत गरेको छैन। हामी उहाँसँग स्वतन्त्र र निडर भएर एकसाथ जिउँछौँ, किनकि हाम्रा नजरमा उहाँ एक नगण्य विश्‍वासी मात्र हुनुहुन्छ। उहाँ हाम्रा हरेक चाल हेर्नुहुन्छ, र हाम्रा सबै सोच र विचारहरू उहाँका सामु उदाङ्गो पारिएका छन्। कसैले पनि उहाँको अस्तित्वमा चासो राख्दैन, कसैले पनि उहाँले गर्ने कार्यबारे कुनै कुरा कल्पना गर्दैन, र, त्यो भन्दा पनि बढी, उहाँको पहिचानबारे कसैलाई अलिकति पनि शङ्का लागेको छैन। उहाँको हामीसँग कुनै पनि सरोकार नभए झैँ गरी, हामी केवल आफ्ना पछ्याइहरू जारी राख्छौँ …

पवित्र आत्माले उहाँद्वारा वचनहरूका खण्ड अचानक व्यक्त गर्नुहुन्छ, र यो अति नै अप्रत्याशित जस्तो अनुभूति भए पनि, हामी यसलाई परमेश्‍वरबाट आएको वाणीको रूपमा मान्यता दिन्छौं र यसलाई परमेश्‍वरबाट आएको रूपमा सहजै स्वीकार गर्छौं। त्यो हुनुको कारणचाहिँ, यी वचनहरूलाई जसले व्यक्त गरे पनि, जबसम्‍म ती पवित्र आत्माबाट आउँछन् तबसम्‍म हामीले तिनीहरूलाई स्वीकार गर्नुपर्छ र तिनीहरूलाई इन्कार गर्नुहुन्न। अर्को वाणी मबाट, वा तपाईंबाट, वा अरू कसैबाट आउनसक्छ। यो जो भए पनि, सबै परमेश्‍वरबाटको अनुग्रह नै हो। यो जो भए पनि, हामीले यस व्यक्तिलाई आराधना गर्नु हुँदैन, किनभने जे नै भए पनि, यो व्यक्ति सम्भव त परमेश्‍वर हुन सक्दैन, नत हामीले कुनै किसिमले पनि यस्तो सामान्य व्यक्तिलाई हाम्रो परमेश्‍वर भनी छान्न नै सक्छौं। हाम्रा परमेश्‍वर अति नै महान् र आदरयोग्य हुनुहुन्छ; यस्तो नगण्य व्यक्ति कसरी उहाँको स्थानमा खडा हुन सक्थ्यो? अझै अधिक कुराचाहिँ, परमेश्‍वर आएर हामीलाई स्वर्गको राज्यमा फर्काएर लानका लागि हामीले उहाँलाई पर्खिरहेका छौँ, यसैले यति महत्त्वपूर्ण र कठिन कार्य कसरी यति तुच्छ व्यक्तिको दायित्व हुन सक्थ्यो? यदि प्रभु फेरि आउनुहुन्छ भने, यो सेतो बादलमा हुनैपर्छ, ताकि सबै भीडले देख्‍न सकून्। त्यो कति महिमित हुनेछ! उहाँ साधारण मानिसहरूको समूहमा कसरी गुप्‍त रूपमा लुक्न सम्भव हुनसक्छ?

तैपनि मानिसहरूका बीचमा लुक्‍नुभएका यी साधारण व्यक्तिले नै, हामीलाई मुक्ति दिने नयाँ काम गरिरहनुभएको छ। उहाँ हामीलाई कुनै स्पष्टीकरण दिनुहुन्न, न त उहाँ किन आउनुभएको हो भनी हामीलाई बताउनु नै हुन्छ, तर बस उहाँले गर्ने अभिप्राय राख्नुभएको काम उहाँको योजना र कार्यविधिअनुसार गर्नुहुन्छ। उहाँ वचन र वाणीहरू झन् बारम्बार बोलिरहनुहुन्छ। सान्त्वना दिने, अर्ती दिने, स्मरण गराउने, र चेतावनी दिनेदेखि, हप्काउने र अनुशासित गर्नेसम्म; नम्र र कोमल लबजदेखि कठोर र प्रतापी वचनहरूसम्‍म—ती सबैले मानिसलाई प्रचुर कृपा र अत्यन्तै भय महसुस गराउँछन्। उहाँले भन्नुहुने सबै कुराले हामीभित्र गहिराइमा लुकेका गुप्‍त कुराहरूलाई ठ्याक्कै प्रहार गर्छन्; उहाँका वचनहरूले हाम्रा हृदयलाई डस्छन्, हाम्रा आत्माहरूलाई डस्छन्, र हामीलाई सहनै नसकिने लाजले भरेर छोडी दिन्छन्, आफैलाई कहाँ लुकाउने भनी हामीलाई थाहै हुँदैन। यस व्यक्तिका हृदयमा हुनुभएका परमेश्‍वरले साँच्चै हामीलाई प्रेम गर्नुहुन्छ तर उहाँ के गर्न चाहनुहुन्छ भनी हामी अचम्ममा पर्न थाल्छौं। सायद, यी दुःखहरू भोगिसकेपछि मात्र हामी उठाइ लगिन सक्छौ? आउने गन्तव्य र हाम्रो भविष्यको नियतिको बारेमा … हामीले हाम्रा मस्तिष्कमा हिसाब गरिरहेका हुन्छौं। पहिले झैँ, अझै पनि, हाम्रा बीचमा काम गर्न परमेश्‍वरले देहधारण गरिसक्नुभयो भनी हामी कसैले पनि विश्‍वास गर्दैनौं। यति लामो समयदेखि उहाँ हामीसँग हुनुहुन्छ, उहाँले हामीसँग आमने-सामने भएर धेरै वचनहरू बोलिसक्‍नुभएको छ तापनि, हाम्रा भविष्यका परमेश्‍वरका रूपमा यस साधारण मानवलाई स्वीकार गर्न हामी अनिच्छुक रहेका छौँ, र यस नगण्य व्यक्तिलाई हाम्रो भविष्य र हाम्रो नियतिको नियन्त्रणका लागि जिम्मा दिने त परै जाओस्। उहाँबाट नै हामीले जीवित पानीको असीम आपूर्तिको आनन्द लिन्छौँ, अनि उहाँमार्फत नै हामी परमेश्‍वरको आमने-सामने जिउँछौँ। तर स्वर्गमा हुनुहुने प्रभु येशूको अनुग्रहका निम्ति मात्र हामी कृतज्ञ छौँ, र ईश्‍वरत्व भएका यी साधारण व्यक्तिका भावनाहरूलाई कहिल्यै कुनै ध्यान दिएका छैनौँ। मानवजातिले उहाँलाई गरेको इन्कारप्रति अनभिज्ञ भएझैँ गरी, मानिसको केटाकेटीपन र अज्ञानतालाई अनन्त रूपमा क्षमा गरेझैँ गरी, र उहाँप्रति मानिसको अनादरकारी मनोवृत्तिप्रति सदा सहनशील भएझैँ गरी, उहाँ अझै पनि, पहिलाजस्तै, देहमा लुकेर नम्रतासाथ आफ्नो काम गर्नुहुन्छ, र आफ्नो हृदयको आवाज अभिव्यक्त गर्नुहुन्छ।

हामीले थाहै नपाई, यी नगण्य मानिसले हामीलाई परमेश्‍वरको कामको एकपछि अर्को कदममा अगुवाइ गर्नुभएको छ। हामी असङ्ख्य परीक्षा भोग्छौँ, र असङ्ख्य ताडनाहरू भोग्छौँ, र हामी मृत्युद्वारा जाँचिन्छौँ। हामी परमेश्‍वरको धर्मी र प्रतापी स्वभावबारे जान्दछौँ, उहाँको प्रेमिलो-दयालुपन र कृपाको आनन्द पनि लिन्छौँ, परमेश्‍वरको महान् शक्ति र बुद्धि बुझ्छौँ, परमेश्‍वरको प्रेमिलो स्वभाव देख्छौँ, र मानिसलाई मुक्ति दिने परमेश्‍वरको उत्कट अभिप्रायलाई देख्छौँ। यस साधारण व्यक्तिका वचनहरूमा, हामीले परमेश्‍वरको स्वभाव र सार जान्न, परमेश्‍वरका अभिप्राय बुझ्न, मानिसको प्रकृति सार जान्न, र मुक्ति र सिद्धताको बाटो देख्न पुग्छौँ। उहाँका वचनहरूले हामीलाई “मर्ने” तुल्याउँछन्, र तिनले हामीलाई “पुनर्जन्म लिने” तुल्याउँछन्; उहाँका वचनहरूले हामीलाई सान्त्वना दिन्छन्, तैपनि हामीलाई पछुतो र ऋणी भावको वेदनामा पार्छन्; उहाँका वचनहरूले हामीमा हर्ष र शान्ति ल्याउँछन्, तर असीमित पीडा पनि ल्याउँछन्। कहिलेकहीँ हामी उहाँका हातहरूमा राखिएर काटिने थुमाहरूजस्तै हुन्छौँ; कहिलेकहीँ हामी उहाँको आँखाका नानी जस्तै हुन्छौँ, र उहाँको कोमल प्रेमको आनन्द लिन्छौँ। कहिलेकहीँ हामी उहाँका शत्रु जस्तै हुन्छौँ, र उहाँका हेराइमा उहाँको क्रोधद्वारा खरानीमा परिणत हुन्छौँ। हामी उहाँद्वारा मुक्ति दिइएका मानवजाति हौँ, हामी उहाँका नजरमा किरा हौँ, अनि हामी हराएका भेडाहरू हौँ, जसलाई भेट्टाउन उहाँ दिन र रात लागी पर्नुहुन्छ। उहाँ हामीप्रति कृपालु हुनुहुन्छ, उहाँ हामीलाई घृणा गर्नुहुन्छ, उहाँले हामीलाई उठाउनुहुन्छ, उहाँले हामीलाई सान्त्वना दिनुहुन्छ र हामीलाई अर्ती दिनुहुन्छ, उहाँले हामीलाई अगुवाइ गर्नुहुन्छ, उहाँले हामीलाई अन्तर्दृष्टि दिनुहुन्छ, उहाँले हामीलाई ताडना दिनुहुन्छ र अनुशासनमा राख्‍नुहुन्छ, अनि उहाँले हामीलाई श्राप पनि दिनुहुन्छ। रात र दिन, उहाँ हाम्रा बारेमा फिक्री गर्न कहिल्यै छोड्नुहुन्न, र रात र दिन, हाम्रो सुरक्षा र हेरचाह गर्नुहुन्छ, हाम्रो साथ कहिल्यै छोड्नुहुन्न, तर हाम्रो खातिर आफ्नो रगत-पसिना बगाउनुहुन्छ र हाम्रा निम्ति कुनै पनि मूल्य चुकाउनुहुन्छ। यो सानो र साधारण मासुले बनेको शरीरका वाणीहरूभित्र, हामीले परमेश्‍वरको सम्पूर्णताको आनन्द लिएका छौँ र परमेश्‍वरले हामीलाई दिनुभएको गन्तव्यलाई देखेका छौँ। यसको बाबजुद पनि, व्यर्थताले हाम्रा हृदयभित्र अझै समस्या ल्याउँछ, र यस किसिमका व्यक्तिलाई हाम्रा परमेश्‍वरका रूपमा सक्रिय पूर्वक स्वीकार गर्न हामी अझै अनिच्छुक छौँ। उहाँले हामीलाई यति धेरै मन्न दिनुभएको भएको छ, आनन्द लिनको लागि धेरै कुरा दिनुभएको छ, तापनि यो कुनैले पनि हाम्रा हृदयमा प्रभुको स्थानलाई लिन सक्दैन। हामी यस व्यक्तिको विशेष पहिचान र दर्जालाई अति नै अनिच्छुक भएर मात्र आदर गर्छौं। उहाँ परमेश्‍वर हुनुहुन्छ भनी स्वीकार गर्न उहाँले आफ्नो मुख खोलेर हामीलाई आग्रह नगरेसम्म, हामीले उहाँलाई चाँडै आउनुहुने परमेश्‍वरको रूपमा स्वीकार गर्न आफै अग्रसर हुँदैनौं, तापनि उहाँले हाम्रो माझमा लामो समयदेखि काम गरिरहनुभएको छ।

हामीले के गर्नुपर्छ भनी हामीलाई अर्ती दिन, साथसाथै, उहाँको हृदयको आवाज व्यक्त गर्दै परमेश्‍वरले विभिन्न विधि र धेरै दृष्टिकोणहरू प्रयोग गरेर आफ्ना वाणीहरूलाई निरन्तरता दिनुहुन्छ। उहाँका वचनहरूले जीवन शक्ति बोक्छन्, हामीले हिँड्नुपर्ने मार्ग हामीलाई प्रदान गर्छन्, र हामीलाई सत्यता ठ्याक्कै के हो भनी बोध गर्ने तुल्याउँछन्। हामी उहाँका वचनहरूद्वारा आकर्षित हुन थाल्छौँ, हामी उहाँको बोलाइको सुर र शैलीमा ध्यान केन्द्रित गर्न थाल्छौँ, र यस नगण्य व्यक्तिको हृदयको आवाजलाई अवचेतन रूपमा ध्यान दिन थाल्छौँ। उहाँ हाम्रा लागि हृदय लगाएर काम गर्नुहुन्छ, हाम्रा खातिर निद्रा र भोक गुमाउनुहुन्छ, हाम्रा निम्ति रुनुहुन्छ, हाम्रा निम्ति सुस्केरा हाल्नुहुन्छ, हाम्रा निम्ति बिमारीमा ऐया भन्नुहुन्छ; उहाँ हाम्रो गन्तव्य र मुक्तिका खातिर अपमान सहनुहुन्छ र हाम्रो संवेदनहीनता र विद्रोहीपनले उहाँको हृदयबाट आँसु र रगत बगाउँछन्। कुनै पनि साधारण व्यक्तिसँग उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ ती कुराहरू हुँदैन, र कुनै पनि भ्रष्ट मानिससँग ती हुन सक्दैन वा उसले त्यो हासिल गर्न सक्दैन। कुनै पनि साधारण व्यक्तिमा नभएको सहनशीलता र धैर्यता उहाँसँग छ, र उहाँसँग हुने प्रेम कुनै सृजित प्राणीसँग हुँदैन। उहाँ बाहेक अरू कसैले पनि हाम्रा सबै सोचहरू जान्न, वा आफ्नै हातको हत्केला जस्तै गरी हाम्रा प्रकृति र सारलाई जान्न, वा मानवजातिको विद्रोहीपन र भ्रष्टतालाई न्याय गर्न, वा स्वर्गका परमेश्‍वरका तर्फबाट यसरी हामीसँग बोल्न र हामीमा काम गर्न सक्दैन। उहाँबाहेक अरू कोहीसँग पनि परमेश्वरको अख्तियार, बुद्धि, र गरिमा छैन; परमेश्‍वरको स्वभाव र परमेश्‍वरसँग जे छ र उहाँ जे हुनुहुन्छ, ती सम्पूर्ण रूपमा उहाँमा व्यक्त हुन्छन्। उहाँबाहेक अरू कसैले पनि हामीलाई मार्ग देखाउन र हामीकहाँ ज्योति ल्याउन सक्दैन। सृष्टि भएदेखि आजसम्म पनि परमेश्‍वरले थाहा नदिनुभएका रहस्यलाई उहाँबाहेक अरू कसैले खुलासा गर्न सक्दैन। उहाँबाहेक अरू कसैले पनि हामीलाई शैतानको बन्धनबाट र हाम्रा आफ्नै भ्रष्ट स्वभावहरूबाट मुक्ति दिन सक्दैन। उहाँले परमेश्‍वरको प्रतिनिधित्व गर्नुहुन्छ; उहाँले परमेश्‍वरको हृदयको आवाज, परमेश्‍वरका अर्तीहरू, र सबै मानवजातिप्रति परमेश्‍वरका न्यायका वचनहरू व्यक्त गर्नुहुन्छ। उहाँले नयाँ युग, नयाँ कालखण्ड खोलिदिनुभएको छ, र नयाँ स्वर्ग र पृथ्वी र नयाँ काम प्रारम्भ गर्नुभएको छ, र उहाँले हामीकहाँ आशा ल्याउनुभएको छ, र हामीले अस्पष्ट स्थितिमा जिएको जीवनलाई अन्त्य गर्नुभएको छ, यसरी हाम्रो सम्पूर्ण सत्वलाई मुक्तिको मार्ग पूर्ण रूपमा देख्ने तुल्याउनुभएको छ। उहाँले हाम्रो सम्पूर्ण सत्वलाई विजय गर्नुभएको छ र हाम्रा हृदय प्राप्त गर्नुभएको छ। त्यस क्षणदेखि, हाम्रा हृदयले सचेतना प्राप्त गरेका छन्, र हाम्रा आत्मा पुनर्जीवित भएझैँ देखिन्छन्: यी साधारण, नगण्य व्यक्ति, यी व्यक्ति जो हाम्रा बीचमा जिउनुहुन्छ र लामो समयदेखि हामीद्वारा इन्कार गरिनुभएको छ—के उहाँ प्रभु येशू नै हुनुहुन्न, जो हामी बिउँझिँदा वा सपनामा हुँदा, जहिले पनि हाम्रा विचारमा हुनुहुन्छ, र जसको हामी रात-दिन तृष्णा गर्छौँ? यो उहाँ नै हुनुहुन्छ! यो साँच्चै उहाँ नै हुनुहुन्छ! उहाँ हाम्रा परमेश्‍वर हुनुहुन्छ! उहाँ सत्य, मार्ग, र जीवन हुनुहुन्छ! उहाँले हामीलाई फेरि जिउन र ज्योति देख्न सक्षम बनाउनुभएको छ र हाम्रा हृदयहरूलाई बरालिनबाट रोक्नुभएको छ। हामी परमेश्‍वरका घरमा फर्केका छौँ, हामी उहाँको सिंहासनको सामु फर्केका छौँ, हामी उहाँसँग आमने-सामने छौँ, हामीले उहाँको मुहार देखेका छौँ, र हामीले हाम्रो अगाडिको बाटो देखेका छौँ। यस बेला, उहाँले हाम्रा हृदयलाई पूर्ण रूपमा जित्‍नुभएको छ; उहाँ को हुनुहुन्छ भन्‍ने कुरालाई अब हामी शङ्का गर्दैनौँ, उहाँको काम र उहाँका वचनलाई विरोध गर्दैनौँ, र हामी उहाँका सामु लम्पसार पर्छौँ। हाम्रा पूरै बाँकी जीवनभरि परमेश्‍वरका पाइलाहरू पछ्याउन, उहाँद्वारा सिद्ध पारिन, उहाँको अनुग्रहको ऋण तिर्न, र हाम्रा निम्ति भएको उहाँको प्रेमको ऋण तिर्न, उहाँको योजनाबद्ध कार्यमा र प्रबन्धमा आज्ञाकारी हुन, र उहाँको काममा साथ दिन, र उहाँले हामीलाई जिम्मा दिनुभएका कुराहरूलाई पूरा गर्न सक्‍नुभन्दा अरू हामीले केही कुराको पनि चाहना गर्दैनौँ।

परमेश्‍वरद्वारा जितिनु भनेको मार्शल आर्ट प्रतियोगिता जस्तै हो।

परमेश्‍वरका हरेक वचनले हाम्रा घातक बिन्दुहरूमध्ये एउटामा प्रहार गर्छन्, हामीलाई घाइते बनाएर छोडिदिन्छन् र डरले भरिदिन्छन्। उहाँले हाम्रा धारणाहरू, हाम्रा कल्पनाहरू, र हाम्रो भ्रष्ट स्वभावलाई खुलासा गर्नुहुन्छ। हामीले भन्‍ने र गर्ने सबै कुराहरूदेखि, हाम्रा प्रत्येक सोच र विचारहरूसम्म, हाम्रो प्रकृति सार उहाँका वचनहरूमा प्रकाश हुन्छ, जसले हाम्रो लाजलाई लुकाउने कुनै ठाउँ नराखिकन हामीलाई डर र काँप्ने स्थितिमा ल्याउँछ। एक एक गरेर, उहाँ हामीलाई हाम्रा सबै कार्य, लक्ष्य, र अभिप्रायहरूबारे बताउनुहुन्छ, र हामीले कहिल्यै पत्ता नलगाएका हाम्रा भ्रष्ट स्वभावका बारेमा समेत बताउनुहुन्छ, हामीलाई हाम्रो तुच्छ असिद्धता सबै खुलासा भएको महसुस गराउनुहुन्छ, र अझ बढी, पूर्ण रूपमा विश्वस्त महसुस गराउनुहुन्छ। उहाँको विरोध गरेमा उहाँले हामीलाई न्याय गर्नुहुन्छ, उहाँको निन्दा र भर्त्सना गरेकोमा हामीलाई सजाय दिनुहुन्छ, अनि उहाँका नजरमा हामीसँग एउटा पनि सकारात्मक गुण छैन, हामी जीवित शैतानहरू हौँ भन्‍ने हामीलाई अनुभूत गराउनुहुन्छ। हाम्रा आशाहरू चकनाचूर हुन्‍छन्; उप्रान्त उहाँबाट कुनै पनि अनुचित मागहरू गर्ने वा उहाँको बारेमा कुनै परिकल्‍पना बोकेर हिँड्ने आँट गर्दैनौं, अनि हाम्रा सपनाहरू पनि रातारात हराउँछन्। हामी कसैले पनि कल्पना गर्न नसक्ने र हामी कसैले पनि स्वीकार गर्न नसक्ने तथ्य यही हो। एकै क्षणमा, हामी हाम्रो भित्री सन्तुलनलाई गुमाउँछौं र अगाडि अवस्थित बाटोमा कसरी निरन्तरता दिने भनी वा हाम्रो विश्‍वासमा कसरी अघि बढ्ने सो जान्दैनौं। हाम्रो विश्‍वास पहिलेकै क्षेत्रतिर फर्केर गएको जस्तो देखिन्छ, र हामीले कहिल्यै प्रभु येशूलाई नभेटेको वा उहाँलाई नचिनेको जस्तो देखिन्छ। हाम्रा आँखा अगाडिका सबै कुराहरूले हामीलाई अन्योलताले भर्छ र हामीलाई अनिर्णायक किसिमले ढुलमुले बनाउँछ। हामी उदास हुन्छौं, हामी निराश हुन्छौं, र हाम्रा हृदयहरूका गहिराइमा अदम्य रीस र अपमान हुन्छ। हामीले निकाल्ने प्रयास गर्छौं, निकास दिन खोज्छौं र, यसको अलाबा, हामी हाम्रा मुक्तिदाता येशूलाई निरन्तर पर्खिरहन्छौँ ताकि हामीले हाम्रा हृदयका कुराहरू उहाँमा पोखाउन सकौं। हामी बाहिरपट्टि सहज भएको देखिने समयहरू भए पनि, न त घमण्डी, न नम्र, हामीले पहिले कहिल्यै अनुभूति नगरेका हारको भावनाले हाम्रा हृदयमा हामी ग्रसित हुन्छौं। कहिलेकाहीँ हामी बाहिरपट्टि असामान्य रूपमा शान्त देखिए तापनि, हाम्रा मनहरू समुद्री आँधी जस्तै पीडाले मडारिरहेका हुन्छन्। उहाँका न्याय र सजायले हाम्रा फजुल चाहनाहरूलाई अन्त्य गर्दै र उहाँ हाम्रा मुक्तिदाता हुनुहुन्छ र हामीलाई मुक्त गर्न सक्षम हुनुहुन्छ भनी विश्‍वास गर्न हामीलाई अनिच्छुक छोडिदिँदै, हाम्रा सबै आशाहरू र सपनाहरूबाट हामीलाई वञ्चित गर्छन्। उहाँका न्याय र सजायले हामी र उहाँका बीचमा एक खाल्डो बनाएका छन्, यो यति गहिरो छ कि कोही पनि यसलाई नाघेर जान इच्छुक हुँदैन। उहाँका न्याय र ताडनालाई हामीले हाम्रा जीवनमा पहिलो पल्ट यति ठूलो अवरोध, यति ठूलो अपमानको रूपमा भोगेका छौँ। उहाँका न्याय र सजायले हामीलाई परमेश्‍वरको सम्मान र मानिसको उल्लङ्घनको असहिष्णुता साँच्चै अनुभूत गर्ने बनाएको छ, यसको तुलनामा हामी अत्यन्त नीच र अशुद्ध छौँ। उहाँका न्याय र सजायले हामीलाई हाम्रो अहङ्कार र अभिमान, र हामी अभिमानी छौ, अनि मानिस कसरी कहिल्यै परमेश्‍वर बराबर हुन सक्दैन, वा परमेश्‍वरसँग तुलनीय हुन सक्दैन भन्नेबारे पहिलोपटक थाहा गराएको छ। उहाँका न्याय र सजायले हामीलाई उप्रान्त यस्तो भ्रष्ट स्वभावमा नजिउन, यस प्रकृति सारबाट जतिसक्दो चाँडो आफैलाई स्वतन्त्र पार्न, र उहाँद्वारा घृणित हुन छोड्न र उहाँका लागि घिनलाग्दो हुन छोड्न तृष्णा गर्ने बनाएको छ। उहाँका न्याय र सजायले हामीलाई उप्रान्त उहाँका योजनाबद्ध कार्यहरू र प्रबन्धहरूका विरुद्धमा विद्रोह नगरीकन, उहाँका वचनहरूप्रति समर्पित हुन र तिनलाई पालन गर्नमा खुसी बनाएको छ। उहाँका न्याय र सजायले फेरि एक पल्ट हामीलाई बाँच्ने चाहना दिएका छन् र उहाँलाई हाम्रा मुक्तिदाताका रूपमा स्वीकार गर्न हामीलाई खुसी बनाएका छन्…। हामी विजयको कामबाट बाहिर, नरकबाट बाहिर, मृत्युको छायाको घाटीबाट बाहिर निस्केका छौँ…। सर्वशक्तिमान् परमेश्‍वरले हामीलाई, मानिसहरूका यो समूहलाई पाउनु भएको छ! उहाँले शैतानलाई जित्नुभएको छ र उहाँका शत्रुहरूका भीडलाई हराउनु भएको छ!

हामी भ्रष्ट शैतानी स्वभाव भएका साधारण मानिसहरूको समूह, युगहरूभन्दा पहिले नै परमेश्‍वरद्वारा पूर्वनिर्धारित, र परमेश्वरले फोहोरको डङ्गुरबाट उठाउनुभएका अभावग्रस्त मानिसहरू मात्र हौँ। कुनै समय हामीले परमेश्‍वरलाई इन्कार गर्‍यौँ र उहाँको निन्दा गर्‍यौँ, तर अहिले उहाँद्वारा विजय गरिएका छौँ। परमेश्‍वरबाट हामीले जीवन र अनन्त जीवनको मार्ग पाएका छौँ। पृथ्वीमा हामी चाहे जहाँ भए पनि, हामीले जस्तोसुकै सतावटहरू र सङ्कष्टहरू सहे पनि, हामी सर्वशक्तिमान् परमेश्‍वरको मुक्तिबाट छुट्टिन सक्दैनौँ। किनकि उहाँ हाम्रा सृष्टिकर्ता, र हाम्रा एक मात्र छुटकारा हुनुहुन्छ!

परमेश्‍वरको प्रेम मुहानको पानी झैँ बग्छ, अनि तिमी, र म, र अरूहरू, र तिनीहरू सबैलाई दिइएको छ जसले निष्कपट रूपमा सत्यता खोजी गर्छन् र परमेश्‍वरको देखा पराइको प्रतीक्षा गर्छन्।

जसरी चन्द्रमा र सूर्य एकपछि अर्को गरी उदाउँछन्, यसरी नै परमेश्‍वरको काम कहिल्यै रोकिँदैन, अनि यसलाई तँमाथि, ममाथि, अरूहरूमाथि, र परमेश्‍वरका पाइला पछ्याउनेहरू सबैमाथि र उहाँको न्याय र सजायलाई स्वीकार गर्नेहरूमाथि गरिन्छ।

मार्च २३, २०१०

अघिल्लो: परिशिष्ट ३: मानिसलाई परमेश्‍वरको व्यवस्थापनको बीचमा मात्रै मुक्ति दिन सकिन्छ

अर्को: अन्तभाषण

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्