अध्याय २२

मानिस ज्योतिको बीचमा जिउँछ, तर उसलाई ज्योतिको मूल्य थाहा छैन। उसलाई ज्योतिको सार, र ज्योतिको स्रोत, र त्यति मात्र होइन, ज्योति कसको हो भन्‍ने कुरा थाहा छैन। जब म मानिसलाई ज्योति दिन्छु, तुरुन्तै मानिसहरूमाझका अवस्थाहरूलाई जाँच गर्छु: ज्योतिको कारण सबै मानिस परिवर्तन र वृद्धि हुँदैछन्, अनि तिनीहरूले अन्धकारलाई छोडेका छन्। म ब्रह्माण्डको हरेक कुनामा हेर्छु, र पहाडहरू कुहिरोले ढाकिएको, ठन्डामा पानी जमेको देख्छु र ज्योति आएको कारण, मानिसहरूले पूर्वतिर हेर्छन्, ताकि तिनीहरूले केही मूल्यवान् कुरा पत्ता लगाउन सकून्—तापनि मानिसले तुवाँलोभित्र स्पष्ट दिशा छुट्ट्याउन सक्दैन। सम्पूर्ण संसार कुहिरोले ढाकिएको हुनाले जब म बादलहरूको माझबाट हेर्छु, मेरो अस्तित्वलाई पत्ता लगाउने कुनै मानिस हुँदैन। मानिसले पृथ्वीमा केही कुराको खोजी गरिरहेको छ; उसले भोजनको खोजी गरिरहेको जस्तो देखिन्छ; यस्तो लाग्छ, उसले मेरो आगमन पर्खिरहेको छ—तापनि उसले मेरो दिनबारे जान्दैन, र प्रायजसो पूर्वको मधुरो उज्यालो मात्र हेर्न सक्छ। सबै मानिसमध्ये, साँचो रूपमा मेरो हृदयसित मेल खानेहरूलाई म खोजी गर्छु। म सबै मानिसको माझमा हिँड्डुल गर्छु, र सबै मानिसमाझ जिउँछु, तर पृथ्वीमा मानिस सुरक्षित र सकुशल छ, र यसैले साँचो रूपमा मेरो हृदयसँग मेल खाने कोही पनि छैन। मेरो इच्छाबारे कसरी वास्ता गर्नुपर्छ भन्‍ने मानिसहरूलाई थाहा छैन, तिनीहरूले मेरा कामहरू देख्‍न सक्दैनन्, र तिनीहरू ज्योतिमा जान र ज्योतिबाट चमक प्राप्त गर्न सक्दैनन्। मानिसले मेरा वचनहरूलाई सधैँ मूल्यवान् ठाने पनि, शैतानका छलपूर्ण युक्तिहरूलाई देख्‍न सक्दैन; किनकि मानिसको कद अति सानो छ, उसले आफ्नो हृदयका इच्छाअनुसार गर्न सक्दैन। मानिसले मलाई कहिल्यै पनि इमानदारीपूर्वक प्रेम गरेको छैन। जब म उसलाई उच्‍च पार्छु, उसले आफूलाई अयोग्य ठान्छ, तर यसले उसलाई मलाई सन्तुष्ट पार्ने कोसिस गर्ने तुल्याउँदैन। ऊ केवल मैले उसको हातमा दिएको “स्थान” लाई समातेर बस्छ र त्यसलाई जाँच्छ; बरु मेरो प्रेमिलोपनप्रति असंवेदनशील भएर, ऊ आफ्नो स्थानका फाइदाहरू हडप्‍ने कुरामा लागिरहन्छ। के यो मानिसको कमजोरी होइन र? जब पहाडहरू सर्छन्, के तिनीहरूले तेरो स्थानको लागि घुमाउरो बाटो लिन सक्छन्? जब पानी बग्छ, के त्यो मानिसको स्थानअघि आएर समाप्त हुन्छ? के मानिसको स्थानद्वारा आकाश र पृथ्वी उल्टिन सक्छन्? म एकपटक मानिसप्रति दयालु थिएँ, अनि बारम्‍बार नै यो क्रम चलिरह्‍यो—तर कसैले पनि यसलाई वास्ता गर्दैन र मूल्यवान् ठान्दैन। तिनीहरूले यसलाई केवल कथाको रूपमा सुने, वा उपन्यासको रूपमा पढे। के मेरा वचनहरूले साँच्‍चै मानिसको हृदयलाई छुँदैनन्? के मेरा वाणीहरूको साँच्‍चै कुनै प्रभाव छैन? के कसैले मेरो अस्तित्वमा विश्‍वास नगरेको हुन सक्छ? मानिसले आफैलाई प्रेम गर्दैन; बरु, मलाई आक्रमण गर्न ऊ शैतानसित एक हुन्छ, र मेरो सेवा गर्न शैतानलाई “सम्पत्ति” को रूपमा प्रयोग गर्छ। म शैतानका सबै छली योजनालाई छेड्नेछु, र पृथ्वीका मानिसहरूलाई शैतानका छल स्वीकार गर्नबाट रोक्‍नेछु, यसैले कि त्यसको अस्तित्वको कारण तिनीहरूले मेरो विरोध नगरून्।

राज्यमा म नै राजा हुँ—तर मानिसले मलाई राज्यको राजाको रूपमा व्यवहार गर्नुको सट्टा “स्वर्गबाट ओर्लनुभएको मुक्तिदाता” को रूपमा व्यवहार गर्छ। परिणामस्वरूप, ऊ मैले उसलाई दान दिएको चाहन्छ तर मेरो बारेमा ज्ञानको खोजी गर्दैन। धेरै जनाले मेरो अघि भिखारीले जस्तो बिन्ती गरेका छन्; धेरैले मेरो अघि आफ्ना “बोराहरू” खोलेका छन् र बाँच्‍नका लागि मलाई खानेकुरा मागेका छन्; धेरैले मलाई निलेर पेट भरूँ भन्‍ने चाहना गर्दै भोको ब्‍वाँसाहरूले जस्तै मलाई लोभी आँखाले हेरेका छन्; धेरैले आफ्‍ना अपराधहरूको कारण मेरो दयाको भीख माग्दै, वा मेरो सजाय सहर्ष स्वीकार गर्दै चुपचाप आफ्‍ना शिर झुकाएका र लज्‍जित भएका छन्। जब म मेरा वाणीहरू जारी गर्छु, मानिसका धेरै मूर्खताहरू निरर्थक देखिन्छन्, र ज्योतिमा उसको साँचो स्वरूप प्रकट हुन्छ; अनि उसले चम्किरहेको ज्योतिमा आफूलाई माफी दिन सक्दैन। तसर्थ, ऊ घुँडा टेकेर आफ्‍ना पापहरू स्वीकार गर्न हतारहतार मकहाँ दगुर्छ। मानिसको “इमानदारिता” को कारण म उसलाई फेरि पनि मुक्तिको रथमा चढाउँछु, यसरी ऊ मप्रति कृतज्ञ बन्छ, र मलाई मायालु नजरले हेर्छ। तैपनि ऊ साँचो रूपमा ममाथि शरण लिन अनिच्‍छुक नै रहन्छ, र उसले मलाई अझै उसको हृदय पूर्ण रूपमा दिएको हुँदैन। उसले मप्रति गर्व मात्रै गर्छ, तर उसले मलाई साँचो रूपमा प्रेम गर्दैन, किनभने उसले मप्रति आफ्‍नो मन फर्काएको छैन; उसको शरीर मेरो अघि छ, तर उसको हृदय मेरो पछाडि छ। नियमहरूसम्‍बन्धी मानिसको बुझाइ अत्यन्तै कमजोर रहेकोले र उसलाई मेरो सामुन्‍ने आउने कुनै चासो नभएकोले, म उसलाई उचित साथ प्रदान गर्छु, ताकि ऊ आफ्नो हठी अज्ञानताको बाबजुद पनि मतिर फर्कन सकोस्। मैले मानिसलाई दिने कृपा र उसलाई मुक्ति दिन प्रयास गर्ने तरिका ठीक यही हो।

सारा ब्रह्माण्डका मानिसहरूले मेरो आगमनको दिनको उत्सव मनाउँछन्, र स्वर्गदूतहरू मेरा सबै मानिसहरूहरूको माझमा हिँड्छन्। जब शैतानले समस्या उत्पन्‍न गर्छ, तब स्वर्गदूतहरूले स्वर्गप्रतिको आफ्नो सेवाको कारण सधैँ मेरा मानिसहरूलाई सहयोग गर्छन्। तिनीहरूले मानव कमजोरीका कारण दियाबलसद्वारा धोका खाँदैनन्, बरु अन्धकारका शक्तिहरूको ठूलो आक्रमणको कारणले कुहिरो पार गर्दै मानिसको जीवनको अनुभव गर्न अझ बढी कोसिस गर्छन्। मेरा सबै मानिस मेरो नाममुनि समर्पित हुन्छन्, कोही पनि खुल्लमखुल्ला मेरो विरुद्धमा उत्रँदैनन्। स्वर्गदूतहरूको मेहनतको कारण मानिसहरू मेरो नाम स्वीकार गर्छन्, र सबै मेरो कार्यप्रवाहको बीचमा रहन्छन्। संसार पतन भइरहेको छ! बेबिलोन पक्षाघातको चपेटामा छ! ओहो, धार्मिक संसार! पृथ्वीमा मेरो अख्तियारद्वारा कसरी यो नष्ट हुन सक्दैन? कसले अझै मेरो आज्ञापालन नगर्ने र मेरो विरोध गर्ने हिम्मत गर्छ? शास्‍त्रीहरूले? हरेक धार्मिक अधिकारीहरूले? पृथ्वीमा भएका शासक र अधिकारीहरूले? स्वर्गदूतहरूले? कसले मेरो शरीरको सिद्धता र पूर्णताको उत्सव मनाउँदैन? सबै मानिसहरूमध्ये, कसले निरन्तर मेरो प्रशंसा नगर्ला, को लगातार आनन्दित नहोला? म ठूलो रातो अजिङ्गरको गुफा भएको देशमा बस्छु, तैपनि त्यसले मलाई डरले काँप्‍ने वा भाग्‍ने बनाउँदैन किनकि यहाँका सबै मानिसहरूले यसलाई घृणा गर्न थालेका छन्। कुनै कुराले पनि अजिङ्गरको अगाडि अजिङ्गरकै लागि कहिल्यै आफ्नो “कर्तव्य” गरेको छैन; बरु, सबै कुराले तिनीहरूलाई जे उचित लाग्छ त्यो गरेका छन्, र हरेकले आफ्नै बाटो हिँडेका छन्। पृथ्वीका देशहरू कसरी विनाश नहोलान् र? पृथ्वीका देशहरू कसरी पतन नहोलान् र? मेरा मानिसहरू कसरी आनन्दित हुन नसक्लान् र? तिनीहरूले कसरी खुसीले गाउन नसक्लान् र? के यो मानिसले गरेको काम हो? के यो मानिसका हातहरूले गरेको काम हो? मैले मानिसलाई उसको अस्तित्वको जड दिएँ, र उसको निम्ति भौतिक वस्तुहरू जुटाइदिएँ, तैपनि ऊ आफ्नो वर्तमान अवस्थासँग असन्तुष्ट छ र मेरो राज्यमा प्रवेश गर्न बिन्ती गर्छ। तर ऊ कुनै मूल्य नचुकाई, निःस्वार्थ भक्ति चढाउन तयार नभई त्यति सजिलै कसरी मेरो राज्यमा प्रवेश गर्न सक्छ? मानिसबाट कुनै कुरा लिनुको सट्टा म उसले पूरा गर्नुपर्ने मापदण्डहरू तय गर्छु, ताकि पृथ्वीमा मेरो राज्य महिमाले भरियोस्। मानिस मद्वारा डोऱ्याइएर आजको युगमा आइपुगेको छ, उसको अस्तित्व यस अवस्थामा छ, र ऊ मेरो ज्योतिको मार्गनिर्देशनमाझ जिउँछ। यदि यस्तो नभएको भए, पृथ्वीका मानिसहरूमध्ये कसलाई आफ्ना सम्भाव्यताहरू थाहा हुनेथ्यो र? कसले मेरो इच्छा बुझ्नेथ्यो? म मानिसहरूको लागि तय गरिएका मापदण्डहरूमा मेरा प्रबन्धहरू थपिदिन्छु; के यो प्रकृतिको नियमअनुरूप छैन र?

हिजो तिमीहरू बतास र झरीमाझ जिउँथ्यौ; आज तिमीहरू मेरो राज्यमा प्रवेश गरेका छौ र यसका प्रजा बनेका छौ; र भोलि तिमीहरूले मेरा आशिष्‌हरू उपभोग गर्नेछौ। यस्ता कुराबारे कसले कहिल्यै कल्‍पना गरेको छ? तिमीहरूले आफ्‍नो जीवनमा कति सङ्कष्ट र कठिनाइको अनुभव गर्नेछौ—के तिमीहरूलाई थाहा छ? म बतास र झरीमाझ अघि बढ्छु, र मैले मानिसहरूको माझमा वर्षौंवर्ष बिताएको छु, अनि समयमै आजको दिनमा आइपुगेको छु। के मेरो व्यवस्थापन योजनाका चरणहरू ठीक यिनै होइनन् र? मेरो योजनामा कसले कहिल्यै कुनै योगदान दिएको छ? मेरो योजनाका चरणहरूबाट को मुक्त भएर जान सक्छ? म करोडौँकरोड मानिसहरूको हृदयमा बस्छु, म करोडौँकरोड मानिसहरूका राजा हुँ, र मलाई करोडौँकरोड मानिसहरूले इन्कार र निन्दा गरेका छन्। मेरो स्वरूप साँच्‍चै मानिसको हृदयमा छैन। मानिसले मेरा वचनहरूमा मेरो महिमावान् रूपलाई धमिलो रूपमा मात्रै देख्‍न सक्छ, तर उसका विचारहरूको हस्तक्षेपको कारण उसले आफ्‍नै भावनाहरूलाई विश्‍वास गर्दैन; उसको हृदयमा मेरो अस्पष्ट रूप मात्रै छ, तर यो त्यहाँ त्यति लामो समयसम्‍म रहँदैन। त्यसकारण, मप्रतिको उसको प्रेम यस्तो हुन्छ: मेरो अघि उसको प्रेम अस्थिर देखिन्छ, मानौँ हरेक मानिसले उसको आफ्‍नै मनोवृत्तिअनुसार प्रेम गर्छ, मानौँ उसको प्रेम धमिलो जुनेली रातमा घरी यता र घरी उता देखा पर्छ। आज, मेरो प्रेमको कारणले मात्रै मानिस अस्तित्वमा रहिरहन्छ र उसले बाँच्‍ने सौभाग्य पाएको छ। यदि यस्तो नभएको भए, मानिसहरूको दुर्बल शरीरको परिणामस्वरूप तिनीहरूको माझमा कोचाहिँ लेजरद्वारा काटिँदैनथ्यो र? मानिसले अझै आफूलाई चिन्दैन। ऊ मेरो सामुन्‍ने धाक देखाउँछ, र मेरो पिठिउँपछाडि फाइँफुट्टी लगाउँछ, तर मेरो अघि कसैले पनि मेरो विरोध गर्ने आँट गर्दैन। तैपनि, मैले उल्‍लेख गर्ने विरोधको अर्थ मानिसलाई थाहा छैन; बरु, उसले मलाई मूर्ख बनाउने प्रयास गरिरहन्छ, र आफूलाई उचाल्‍ने कार्यलाई जारी राख्छ—यसमा, के उसले मलाई खुलेआम विरोध गर्दैन र? म मानिसको कमजोरीलाई सहन्छु, तर ऊ आफैले गर्ने विरोधलाई म अलिकति पनि सहँदिनँ। उसलाई यसको अर्थ थाहा भए पनि, ऊ यो अर्थअनुसार काम गर्न इच्छुक छैन र मलाई छल गर्दै उसकै रुचिहरूअनुसार मात्रै काम गर्छ। म सधैँ मेरा वचनहरूमा मेरो स्वभावलाई स्पष्ट पार्छु, तैपनि मानिसले हार खान मान्दैन, बरु यही समय उसले आफ्‍नो स्वभाव प्रकट गर्छ। मेरो न्यायको दौरान मानिस पूर्ण रूपमा विश्‍वस्त हुनेछ, र मेरो सजायमा परेपछि ऊ बल्‍ल मेरो स्वरूपमा जिउनेछ र पृथ्वीमा मेरो प्रकटीकरण बन्‍नेछ!

मार्च २२, १९९२

अघिल्लो: अध्याय २१

अर्को: अध्याय २३

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्