अध्याय ५६

मैले दुष्कर्म गर्नेहरू र शक्ति प्रयोग गरेर परमेश्‍वरका छोराहरूलाई सताउनेहरूलाई दण्ड दिने काम सुरु गरेको छु। अब उप्रान्त, मेरा प्रशासनिक आदेशहरूको हात सधैँ तिनीहरूमाथि हुनेछ जसका हृदयहरू मेरो विरोधमा छन्। यो कुरा जान्। यो मेरो न्यायको सुरुआत हो, र कसैलाई पनि दया देखाइनेछैन, न त कसैलाई नै सजायबाट बचाइनेछ, किनकि म भावनामा नडुब्ने निष्पक्ष परमेश्‍वर हुँ जसले धार्मिकताको अभ्यास गर्छ, र तिमीहरू सबैले यो कुरा बुझेको राम्रो हुनेछ।

यो होइन कि म खराब काम गर्नेलाई दण्ड दिने इच्छा राख्छु; बरु, यो त तिनीहरूका आफ्नै खराब कामहरूले तिनीहरूमाथि उचित दण्ड ल्याएको कुरा हो। म कसैलाई पनि दण्ड दिन हतार गर्दिनँ, न त म कसैलाई अन्यायपूर्वक व्यवहार गर्छु—म सबैका लागि धार्मिक छु। म निश्चय नै मेरा छोराहरूलाई प्रेम गर्छु, र मलाई चुनौती दिने दुष्ट मानिसहरूलाई निश्चय नै घृणा गर्छु; मेरा कामहरूपछडिको सिद्धान्त यही हो। तिमीहरू प्रत्येकसित मेरो प्रशासनिक आदेशहरूको बारेमा केही जानकारी हुनुपर्दछ; यदि यो नभए तिमीहरूमा रत्तीभर पनि भय हुनेछैन, र मेरो सामु लापरवाहीसाथ काम गर्नेछौ। म के हासिल गर्न चाहन्छु, म के सम्पन्न गर्न चाहन्छु, के प्राप्त गर्न चाहन्छु वा मेरो राज्यलाई कस्तो किसिमको व्यक्ति चाहिन्छ सो पनि तिमीहरूले जान्‍नेछैनौ।

मेरो प्रशासनिक आदेशहरू यी हुन्:

१. तँ जो-सुकै भए पनि, यदि तेरो हृदयमा मप्रति विरोधाभास छ भने, तेरो न्याय गरिनेछ।

२. जसलाई मैले चुनेको छु, तिनीहरूले कुनै पनि गलत विचार गर्नसाथ तिनीहरूलाई तुरुन्तै अनुशासनमा राखिनेछ।

३. मलाई विश्‍वास नगर्नेहरूलाई म पन्छाउनेछु। म तिनीहरूलाई आखिरी समयसम्म लापरबाहीसँग बोल्‍न र काम गर्न दिनेछु, त्यसपछि म तिनीहरूलाई पूर्ण रूपले दण्ड दिनेछु र छुट्याउनेछु।

४. ममा विश्‍वास गर्नेहरूलाई म हरसमय हेरचाह र सुरक्षा गर्नेछु। हरसमय म तिनीहरूलाई मुक्तिको मार्गद्वारा जीवन प्रदान गर्नेछु। यी मानिसहरूसित मेरो प्रेम हुनेछ, र तिनीहरू निश्चय पतन हुनेछैनन् वा तिनीहरूले आफ्ना बाटो गुमाउनेछैनन्। तिनीहरूसँग भएको कुनै कमजोरी अस्थायी मात्र हुनेछ, र म तिनीहरूका कमजोरीहरूलाई निश्चय सम्‍झनेछैनँ।

५. तिनीहरू, जसले ममा विश्‍वास गरेकोजस्तो देखिन्छ, तर वास्तवमा त्यसो गर्दैनन्—जसले परमेश्‍वर हुनुहुन्छ भनी विश्‍वास गर्छन् तर ख्रीष्टलाई खोज्दैनन्, तापनि जसले पनि विरोध गर्दैनन्—यिनीहरू अति दयनीय किसिमका मानिसहरू हुन्, र मेरा कामहरूद्वारा म तिनीहरूलाई स्पष्ट देख्ने बनाउनेछु। मेरा कामहरूद्वारा, म त्यस्ता मानिसहरूलाई मुक्ति दिनेछु र तिनीहरूलाई फर्काएर ल्याउनेछु।

६. जेठा छोराहरू, मेरो नाउँ स्वीकार गर्ने प्रथम व्यक्तिहरू, आशिषित हुनेछन्! म निश्चय तिमीहरूलाई सर्वोत्तम आशिषहरू दिनेछु, तिमीहरूका हृदयको सन्तुष्टिका निम्ति ती उपभोग गर्न दिनेछु; कसैले पनि यसमा बाधा दिने आँट गर्नेछैन। यो सबै तिमीहरूका लागि पूर्ण रूपमा तयार छ, किनकि यो मेरो प्रशासनिक आदेश हो।

तिमीहरूले हरेक हिसाबमा मेरा हातका सबै काम र मेरो हृदयका सबै विचारहरूलाई देख्‍न सक्‍नुपर्छ। के यो सबै तिमीहरूकै लागि होइन र? तिमीहरूमध्ये को मेरो निम्ति छ? के तिमीहरूले आफ्‍नो हृदयका विचारहरू वा आफ्‍ना ओठका शब्दहरूलाई जाँचेका छौ? के तिमीहरूले यी कुराहरूको बारेमा विवेकशील शैली अपनाएका छौ? बेवकुफहरू! अपभ्रष्टहरू! तिमीहरू पवित्र आत्‍माको बन्धनहरूलाई स्वीकार गर्दैनौ! मैले तँभित्र बारम्‍बार मेरो आवाज निकालिरहेको छु, तैपनि यसले बिल्कुलै कुनै प्रतिक्रिया पैदा गरेको छैन। उप्रान्त सुस्त नबन्! तेरो कर्तव्य भनेको मेरो इच्‍छालाई बुझ्‍नु हो; यसको साथै, यो तँ प्रवेश गर्नुपर्ने मार्ग हो। तँ अलमल्ल परेको छस्, तँसँग कुनै अन्तर्ज्ञान छैन, र तँमा मैले के पूरा गर्न चाहन्छु वा तँबाट के प्राप्त गर्न चाहन्छु सो कुरा तैँले स्पष्टसाथ देख्दैनस्! मेरो इच्‍छालाई बुझ्‍नको लागि, तैँले मेरो नजिक आएर अनि मसँग अझै बढी कुराकानी गरेर सुरु गर्नुपर्छ। तँ सधैँ तैँले मेरो इच्‍छालाई बुझ्‍न सक्दैनस् भनेर भन्छस्। यदि तँ पहिले नै आफ्‍नो कुराहरूले भरिएको छस् भने, मैले कसरी तँमा काम गर्न सक्छु? तँ अग्रसरता जनाएर मकहाँ आउँदैनस्, तर निष्क्रिय रूपमा पर्खिन्छस् मात्र। म त भन्छु तँ गँड्यौला जस्तै होस्, तैपनि तँलाई अन्याय गरियो भन्‍ने लाग्छ र यस कुरालाई स्वीकार गर्न मान्दैनस्। यस पटक तैँले खडा भएर मसँग सहकार्य गर्नुपर्छ! निष्क्रिय नबन्! त्यसले तेरो जीवनलाई पछि पार्नेछ। सक्रिय बनिस् भने यसले तँलाई फाइदा गर्नेछ, अरूलाई होइन। के तैँले अझै पनि यस कुरालाई पहिचान गरेको र बुझेको छैनस्? मेरो इच्‍छा निरन्तर तँमा प्रकट हुन्छ। के तैँले यसलाई अवगत गरेको छैनस्? तैँले किन यसमा कहिल्यै ध्यान दिएको छैनस्? किन तैँले कहिल्यै पनि मेरो इच्‍छालाई बुझ्‍न सकेको छैनस्? के मेरो इच्‍छा बुझेर यसले साँच्‍चै तँलाई कुनै फाइदा गर्न सक्दैन?

तैँले सर्वथा मेरो इच्‍छाप्रति चासो देखा भन्‍ने म चाहन्छु ताकि तँद्वारा मसँग अघि बढ्ने बाटो र विश्राम गर्ने घर हुनेछ। मलाई उप्रान्त बाधा नदे—त्यो त अत्यन्तै निर्दयी कार्य हो! तँसँग मेरा वचनहरूको कुनै बुझाइ छैन, र तैँले तीप्रति कुनै प्रतिक्रिया दिँदैनस्। अहिले कुन समय हो हेर; योभन्दा बढी प्रतीक्षा हुन सक्दैन! यदि तैँले मेरा पाइलाहरूलाई नजिकबाट पछ्याउँदैनस् भने, ढीला भइसकेको हुनेछ, यसलाई तैँले छुटकारा गर्न सक्‍नेछस् भन्‍ने कुरा त परै जाओस्!

अघिल्लो: अध्याय ५५

अर्को: अध्याय ५७

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्