अध्याय ९५

मानिसहरू सबै कुरा एकदमै सरल हुन्छ भन्‍ने कल्पना गर्छन्, तर वास्तवमा त्यस्तो हुँदैन। प्रत्येक कुरामा लुकेका रहस्यहरू साथै मेरो बुद्धि र मेरो बन्दोबस्त समावेश हुन्छन्। कुनै पनि विवरणलाई छुटाइँदैन, र सबै कुरा मद्वारा प्रबन्ध गरिएका हुन्छन्। मलाई निष्ठापूर्वक प्रेम नगर्ने सबैमा महान् दिनको न्याय पर्नेछ (याद राख्, महान् दिनको न्याय यो नाम प्राप्त गर्ने प्रत्येक व्यक्तिमा लक्षित छ) र तिनीहरूलाई रुने र आफ्ना दाह्रा किट्ने बनाउँछ। रुवाइको आवाज पाताल र नर्कबाट आउँछ; यो मानिसहरूको रुवाइ होइन, बरु भूतहरूको हो। यो रुवाइ मेरो न्यायले ल्याउँछ, जसले मानिसहरूका लागि दिइने मेरो व्यवस्थापन योजनाको अन्तिम मुक्ति ल्याउँछ। मैले कतिपय मानिसहरूमा आशा राख्‍ने गर्थेँ। तर अहिले हेर्दा, मैले यी मानिसहरूलाई एक-एक गरी त्याग्नुपर्छ, किनकी मेरो काम यो चरणमा आइपुगेको छ, र यो कसैले परिवर्तन गर्न नसक्‍ने कुरा हो। जो मेरा ज्येष्ठ पुत्र वा मेरा मानिसहरू होइनन् तिनीहरू सबैलाई त्यागिनुपर्छ र तिनीहरू मबाट टाढा जानैपर्छ! तैँले यो बुझ्नुपर्छ कि, चीनमा, मेरा ज्येष्ठ पुत्रहरू र मेरा मानिसहरू बाहेक, अरू सबै ठूलो रातो अजिङ्गरका सन्ततिहरू हुन् र तिनलाई हटाइनुपर्छ। तिमीहरू सबैले बुझ्नुपर्छ, चीन आखिर मबाट श्रापित राष्ट्र हो, र त्यहाँ भएका मेरा केही मानिसहरू अरू कोही नभएर मेरो भविष्यको काममा सेवा प्रदान गर्नेहरू हुन्। यसलाई अर्को शब्दमा भन्नुपर्दा, मेरा ज्येष्ठ पुत्रहरूबाहेक, त्यहाँ अरू कोही छैनन्—तिनीहरू सबैको विनाश हुन्छ। म मेरा कार्यहरूमा एकदमै ज्यादती गर्छु भनेर नसोच्—यो मेरो प्रशासनिक आदेश हो। मेरा श्रापहरू भोग्ने मेरो घृणाका पात्रहरू हुन्, र यो कुरालाई मेट्न सकिँदैन। म कुनै गल्ती गर्दिन; यदि मलाई अप्रसन्न बनाउने कसैलाई मैले देखेँ भने, म तिनीहरूलाई निकाल्नेछु; त्यो तँ मबाट श्रापित हुन्छस् र ठूलो रातो अजिङ्गरको सन्तति होस् भन्ने कुराको पर्याप्त प्रमाण हो। म यो कुरालाई तेरो लागि पुनः जोड दिएर भन्छु—चीनमा मेरा ज्येष्ठ पुत्रहरू मात्रै छन् (मलाई सेवा प्रदान गर्ने मेरा मानिसहरू बाहेक) र यो मेरो प्रशासनिक आदेश हो। तर मेरा ज्येष्ठ पुत्रहरू एकदमै थोरै छन् र मबाट पूर्वनियुक्त भएका छन्—म के गर्छु भनेर मलाई थाहा छ। मलाई तेरो नकारात्मकतादेखि डर लाग्दैन र तँ फर्किनेछस् र मलाई टोक्नेछस् भन्नेमा पनि मलाई डर लाग्दैन, किनकी मसँग मेरो प्रशासनिक आदेशहरू र मेरो क्रोध छन्। यसो भन्नुको अर्थ, मेरो हातमा ठूला विपत्तिहरू छन् र मलाई केही कुराको पनि डर लाग्दैन, किनकी म यावत् थोकहरू हासिल भइसकेको ठान्छु, र जब त्यो दिन आउँछ म तेरो पूर्ण रूपमा सामना गर्नेछु। मेरो ज्येष्ठ पुत्र बन्नका लागि कसैलाई सिद्ध बनाउन सकिँदैन वा मानिसले शिक्षित बनाउन सक्दैन—यो कुरा पूर्ण रूपमा मेरो पूर्वनियुक्तिमा निर्भर रहन्छ। म जसलाई ज्येष्ठ पुत्र भन्छु त्यो ज्येष्ठ पुत्र हो; यसका लागि प्रतिस्पर्धा गर्न वा यसलाई कब्जा गर्न नखोज्। सबै कुरा म, सर्वशक्तिमान् परमेश्‍वर स्वयम्‌मा निर्भर रहन्छ।

एक दिन म तिमीहरूलाई मेरा प्रशासनिक आदेश र मेरो क्रोध के हुन् भनेर देखाउनेछु (सबैले मेरोअगाडि घुँडा टेक्नेछन्, सबैले मेरो आराधना गर्नेछन्, सबैले मसँग माफीको भीख माग्नेछन् र सबै जना आज्ञाकारी हुनेछन्; म अहिले मेरो ज्येष्ठ पुत्रहरूलाई मात्रै यसको एक हिस्सा देखाउँछु)। मेरा ज्येष्ठ पुत्रहरूलाई सिद्ध गर्नका लागि मैले बलिदानका लागि धेरैलाई छनौट गरेको छु, मैले ठूलो रातो अजिङ्गर आफ्नै धूर्त योजनाका शिकार हुन बाध्य बनाएको भनेर म ठूलो रातो अजिङ्गरका सन्ततिहरू (मेरा ज्येष्ठ पुत्रहरूबाहेक सबै जना) लाई देखाउनेछु। (मेरो व्यवस्थापन योजनामा बाधा पुर्‍याउन, मेरो व्यवस्थापन योजनामा, ठूलो रातो अजिङ्गरले मेरा लागि सेवा प्रदान गर्नेहरूलाई—मेरा ज्येष्ठ पुत्रहरूबाहेक सबै जनालाई—अगाडि पठाउँछ; तर पनि यो आफ्नै धूर्त योजनाको शिकार भएको छ, र तिनीहरू सबै मेरो कामका लागि सेवा प्रदान गर्छन्। मेरा लागि सेवा प्रदान गर्न सबैको परिचालन गर्नुको साँचो अर्थको एउटा हिस्सा यही हो।) आज, जब सबै कुराहरू हासिल भएका छन्, म तिनीहरू सबैलाई फ्याँकिदिनेछु, मेरो पैतालामुनि कुल्चिनेछु, र यसमार्फत म ठूलो रातो अजिङ्गरलाई अपमानित बनाउनेछु र त्यसलाई एकदमै लज्जित बनाउनेछु (आशिषहरू प्राप्त गर्नको लागि तिनीहरूले मूर्ख बनाउने प्रयास गर्नेछन्, तर तिनीहरूले मेरो लागि सेवा प्रदान गर्नेछन् भनेर कहिल्यै सोचेनन्)—यो मेरो बुद्धि हो। यो सुनेपछि, मानिसहरूले मसँग भावना वा कृपा छैन, र मसँग कुनै मानवता छैन भनेर सोच्छन्। मसँग शैतानप्रति साँच्चै कुनै भावना वा कृपा छैन, साथै म मानवतालाई उछिन्‍ने परमेश्‍वर स्वयम् हुँ। म मानवता भएको परमेश्‍वर हुँ भनेर तैँले कसरी भन्न सक्छस्? म यो संसारको होइन भनेर के तँलाई थाहा छैन? म यावत् थोकभन्दा माथि छु भनेर के तँलाई थाहा छैन? मेरा ज्येष्ठ पुत्रहरूबाहेक, म जस्तो अरू कोही छैन, मेरो स्वभाव (मानव नभएर ईश्वरीय स्वभाव) भएको अरू कोही छैन, र मेरा गुणहरू भएको कोही छैन।

जब आत्मिक संसारको द्वार खुलेको हुन्छ, तिमीहरूले सबै रहस्यहरू देख्नेछौ, जसले तिमीहरूलाई स्वतन्त्र क्षेत्रमा पूर्ण रूपमा प्रवेश गर्न, मेरो मायालु अँगालोमा र मेरो अनन्त आशिषहरूमा प्रवेश गर्न सक्षम बनाउनेछ। मेरो हातले मानवजातिलाई सधैँ सहयोग गरेको छ। तर मैले मुक्त गर्ने र मैले मुक्त नगर्ने मानवजातिका हिस्सा छन्। (मैले “सहयोग” भनेँ किनभने मेरो सहयोगविना, सम्पूर्ण संसार धेरै पहिले पातालमा झरिसकेको हुनेथियो।) यो कुरा बोध गर्! यो मेरो व्यवस्थापन योजना हो। र मेरो व्यवस्थापन योजना भनेको के हो? मैले मानवजातिको सृष्टि गरेँ, तर मैले प्रत्येक जना मानिसलाई प्राप्त गर्ने कहिल्यै योजना बनाइन, बरु मानवजातिको एक सानो हिस्सा प्राप्त गर्ने योजना बनाएँ। त्योभए मैले किन यति धेरै मानिसहरूको सृष्टि गरेँ? मैले यसभन्दा अघि भनेको छु, मेरो निम्ति, सबै कुरा स्वतन्त्र र मुक्त छ, र म मेरो इच्छानुसार जे पनि गर्छु। जब मैले मानवजातिको सृष्टि गरेँ, तिनीहरूले सामान्य जीवन जिउन सकून् र मानवजातिको एक सानो हिस्सा उदाउन सकून् जुन मेरा ज्येष्ठ पुत्र, मेरा पुत्र र मेरा मानिसहरू बनून् भनेर मात्रै गरेको थिएँ। सबै मानिस, घटना, र वस्तुहरू—मेरा ज्येष्ठ पुत्र, मेरा मानिस, र मेरा पुत्रहरू बाहेक—सबै सेवा-कर्ताहरू हुन् र सबैको विनाश हुनुपर्छ भनेर भन्‍न सकिन्छ। यसरी, मेरा सम्पूर्ण व्यवस्थापन योजनाको समापन हुनेछ। यो मेरो व्यवस्थापन योजना हो, यो मेरो कार्य हो र यी मैले कार्य गर्ने चरणहरू हुन्। जब सबै कुरा समाप्त हुनेछन् म पूर्ण रूपमा आराममा हुनेछु। त्यो समयमा, सबै कुरा ठीक हुनेछ; सबै कुरा शान्त र सुरक्षित हुनेछ।

मेरो कामको गति यति छिटो छ कि यो मानिसको कल्पनाभन्दा माथि छ। यो दैनिक रूपमा परिवर्तन हुन्छ र यसलाई पछ्याउन नसक्नेहरूले ठूलो क्षति बेहोर्नुपर्ने हुन्छ; कसैले पनि प्रत्येक दिन नयाँ ज्योतिलाई मात्रै थाम्न सक्छ (यद्यपि मेरा प्रशासनिक आदेशका साथै मेरा परिकल्पना र मैले सङ्गति गर्ने सत्यतामा कहिल्यै कुनै परिवर्तन हुँदैन)। म दैनिक रूपमा किन बोल्छु? म तँलाई किन निरन्तर अन्तर्दृष्टि प्रदान गर्छु? के तँ भित्री साँचो अर्थलाई बुझ्छस्? धेरैजसो मानिसहरू अझै हाँसिरहेका र मजाक गरिरहेका छन् र गम्भीर हुन सक्दैनन्। तिनीहरूले मेरा वचनहरूमा ध्यानै दिँदैनन्, तर वचनहरू सुन्दा चिन्तित महसुस गर्छन्। पछि, मेरा वचनहरू चाँडै बिर्सन्छन् र तिनीहरू चाँडै आफ्नै पहिचानका बारेमा अनभिज्ञ हुन्छन् र तिनीहरू लापरवाही बन्छन्। के तँलाई तेरो हैसियत के हो भन्‍ने थाहा छ? मेरा लागि कसले सेवा प्रदान गर्छ वा को मबाट पूर्वनियुक्त र छनौट भएको छ भन्ने कुराको निर्धारण मेरो हातले मात्रै गरेको हुन्छ; यसलाई कसैले पनि परिवर्तन गर्न सक्दैन—मैले यो आफै गर्नुपर्ने हुन्छ, तिनीहरूलाई मैले आफै छनौट र पूर्वनियुक्त गर्नुपर्ने हुन्छ। म निर्बुद्धि परमेश्‍वर हुँ भनेर भन्ने दुस्साहस कसले गर्न सक्छ? मैले बोल्ने प्रत्येक वचन र मैले गर्ने प्रत्येक कार्य मेरा बुद्धि हुन्। मेरा व्यवस्थापनमा बाधा पुर्‍याउने वा मेरा योजनालाई नष्ट गर्ने दुस्साहस फेरि कसले गर्नसक्छ? म तिनीहरूलाई पक्कै क्षमा दिनेछैन! समय मेरो हातमा निर्भर रहन्छ र मलाई कुनै ढिलाइदेखि डर लाग्दैन; मेरो व्यवस्थापन योजना कहिले समापन हुन्छ भनेर समयको निर्धारण गर्ने के म नै होइन र? के यी सबै मेरो एउटा सोचाइमा निर्भर रहँदैन र? जब म यो भयो भन्छु, त्यो भएको हुन्छ, र जब म यो समापन भयो भन्छु, त्यो सकिन्छ। मलाई कुनै हतारो छैन र म उपयुक्त प्रबन्धहरू मिलाउनेछु। मानिसहरूले मेरा कार्यमा बाधा पुर्‍याउनु हुँदैन र तिनीहरूले आफ्नो इच्छा मुताबिक मेरा लागि काम-कुरा गर्नु हुँदैन। बाधा पुर्‍याउने जो-कोहीलाई पनि म श्राप दिनेछु—यो मेरा प्रशासनिक आदेशहरूमध्येको एक हो। म मेरो काम आफै गर्छु र मलाई अरू कसैको आवश्यकता पर्दैन (म ती सेवा-कर्ताहरूलाई कार्य गर्न अनुमति दिन्छु, अन्यथा तिनीहरूले अविवेकी भएर वा अन्धाधुन्ध काम गर्ने दुस्साहस गर्न सक्दैनन्)। सबै कामहरूको प्रबन्ध र निर्णय मद्वारा हुन्छ, किनकी म परमेश्‍वर स्वयम् हुँ।

संसारका सबै राष्ट्रहरू एक-आपसमा शक्ति र नाफाका लागि प्रतिस्पर्धा गर्छन्, र जमिनका लागि लड्छन्, तर नआत्ती, किनकी यी सबै कुराहरू मेरो सेवामा छन्। र मैले तिनीहरू मेरो सेवामा छन् भनेर किन भनेँ? म एउटा औँला पनि नउठाइ काम गर्छु। शैतानहरूलाई न्याय गर्नका लागि, सुरुमा म तिनीहरूमा द्वन्द्व सिर्जना गर्छु र अन्त्यमा तिनीहरूलाई पतनमा ल्याउँछु र तिनीहरूलाई तिनीहरूको आफ्नै धूर्त योजनाहरूको शिकार बनाउँछु (तिनीहरू शक्तिका लागि मसँग प्रतिस्पर्धा गर्ने इच्छा राख्छन्, तर अन्त्यमा तिनीहरू मेरा लागि सेवा गर्न पुग्छन्)। म बोल्‍ने र आदेश दिने काम मात्रै गर्छु, र सबैले मैले तिमीहरूलाई भनेको कुरा गर्छन्, अन्यथा म तँलाई एकै पटकमा विनाश गरिदिनेछु। यी कुराहरू सबै मेरो न्यायको हिस्सा हुन्, किनकी म सबै कुरालाई चलाउँछु, र सबै कुरा मद्वारा नियुक्त भएका हुन्छन्। जो-कोहीले जे गरे पनि अनिच्छामा गर्छ, मेरो आफ्नै प्रबन्ध मुताबिक गर्छ। चाँडै आउने घटनाहरूमा तिमीहरू मेरो बुद्धिले भरिपूर्ण हुनसक्छौ भनेर मैले आशा गरेको छु। लापरवाही विधि लागू नगर्, बरु जब कुराहरू तँमाथि आइपर्छन् बारम्बार तँ मेरो झनै नजिक आइज; मेरो सजायलाई नबिर्गान, र शैतानका धूर्त योजनाहरूको शिकार बन्नबाट रोकिनका लागि सबै हिसाबमा झनै बढी सचेत र सावधान बन्। तिमीहरूले मेरा वचनहरूबाट ज्ञान प्राप्त गर्नुपर्छ, म जे हुँ त्यो थाहा पाउनुपर्छ, र मसँग जे छ त्यसलाई हेर्नुपर्छ। तैँले मेरो अर्थपूर्ण हेराइहरूअनुसार कुराहरू गर्नुपर्छ र लापरवाही भएर काम गर्नु हुँदैन। म जे भन्छु त्यो गर्, र म जे भन्छु त्यो भन्। म यी कुराहरू तिमीहरूलाई अगाडि नै बताउँछु ताकि तिमीहरू गल्ती गर्न र आकर्षित हुनबाट जोगिन सक। “मेरो अस्तित्व” र “ममा निहित कुराहरू” के हुन्? के तिमीहरूलाई वास्तवमै थाहा छ? मैले भोग्ने पीडा मेरो अस्तित्वको एक हिस्सा हो, त्यसैगरी मेरो सामान्य मानवताको एक हिस्सा हो, र मेरो अस्तित्व मेरा पूर्ण ईश्‍वरत्वमा पनि पाउन सकिन्छ—के तिमीहरूलाई यो कुरा थाहा छ? मेरा अस्तित्व दुई वटा पक्षहरूले बनिएको छ: एउटा पक्ष मेरो मानवता हो भने, अर्को पक्ष मेरो पूर्ण ईश्‍वरत्व हो। यी दुई पक्षहरूलाई जब आपसमा जोडिन्छ पूर्ण परमेश्‍वर स्वयम् बन्नुहुन्छ। मेरो पूर्ण ईश्‍वरत्वमा धेरै राम्रा कुराहरू पनि समावेश छन्: म कुनै पनि व्यक्ति, वस्तु, वा कुराबाट कुनै पनि बाधाको सामना गर्दिन; म सबै वातावरणहरूलाई उछिन्छु; म कुनै पनि समय वा स्थान वा भूगोलको सीमितताभन्दा माथि छु; मेरो लागि सबै मानिस, वस्तु, वा कुराहरू मेरो हात जत्तिकै परिचित हुन्छन्; तथापि म अझै देह र हाड हुँ, र म साकार स्वरूपमा अस्तित्वमा छु; म मानिसहरूको नजरमा अझै यही व्यक्तित्व हुँ, तर प्रकृति परिवर्तन भएको छ—यो देह होइन, बरु शरीर हो। यी कुराहरू यसको सानो भाग मात्रै हुन्। भविष्यमा मेरा सबै ज्येष्ठ पुत्रहरू पनि यस्तै हुनेछन्; हिँडिनुपर्ने मार्ग यही हो, र नाश हुन निश्‍चित भएकाहरू उम्किन सक्दैनन्। मैले यो गरिरहँदा, पूर्वनियुक्त नभएका सबैलाई हटाइनेछ (किनकी मेरा वचनहरू सटीक छन् वा छैनन् भनेर हेर्नका लागि यो शैतानले मेरो परीक्षा लिएको हो)। पूर्वनियुक्त नभएकाहरू जहाँसुकै गए तापनि यसबाट उम्किन सक्दैनन्, र त्यहाँ तिमीहरूले मेरो यो कामपछाडिको सिद्धान्तहरू देख्नेछौ। “ममा निहित कुराहरू” ले मेरो बुद्धि, मेरो ज्ञान, मेरो स्रोत सम्पन्नता र मैले बताउने प्रत्येक वचनहरूलाई जनाउँछ। मेरो मानवता र मेरो ईश्‍वरत्व दुवैमा यो निहित छ। यसको अर्थ, मेरो मानवता र मेरो ईश्‍वरत्वले गरेका सबै कुराहरू ममा निहित कुराहरू हुन्; यी कुराहरूलाई न कसैले लान सक्छ न हटाउन नै सक्छ; तिनीहरू ममा निहित छन्, र त्यसलाई कसैले पनि परिवर्तन गर्न सक्दैन। यो मेरो सबैभन्दा गम्भीर प्रशासनिक आदेश हो (मानिसहरूको धारणाहरूका लागि, मैले गर्ने धेरै कुराहरू तिनीहरूको धारणाहरू अनुरूप हुँदैनन् र मानव बुझाइभन्दा माथि हुन्छन्; प्रत्येक मानिसले एकदमै सजिलो तरिकाले उल्‍लङ्घन गर्ने आदेश यही हो र यो सबैभन्दा गम्भीर आदेश पनि हो। तसर्थ त्यसमा तिनीहरूको जीवनले क्षति बेहोर्छन्)। म फेरि भन्नेछु, मैले तिमीहरूले यो गर भनेर सम्झाएको कुरामा तिमीहरूले इमानदार विधि अपनाउनुपर्छ—तिमीहरू लापरवाही हुनु हुँदैन!

अघिल्लो: अध्याय ९४

अर्को: अध्याय ९६

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्