क्षमता बढाउनु परमेश्‍वरको मुक्ति पाउनका खातिर हो

मानिसहरूको क्षमता बढाउनुको अर्थ तिमीहरूले आफ्नो बुझ्ने क्षमतामा सुधार ल्याउनु हो, जसले गर्दा तिमीहरूले परमेश्‍वरका वचनहरू बुझ्न, र ती वचनहरूलाई कसरी अभ्यास गर्ने भनेर जान्न सक्छौ। यो सबैभन्दा आधारभूत शर्त हो। यदि तैँले मैले भनेको कुरा नै नबुझी मलाई पछ्याइस् भने, के तेरो विश्‍वास अस्पष्ट हुँदैन र? मैले जतिसुकै वचनहरू बोले पनि, यदि ती वचनहरू तिमीहरूको पहुँचभन्दा टाढा छन् भने, मैले जेसुकै भने पनि यदि तैँले केही बुझिनस् भने, यसको अर्थ तिमीहरूको क्षमता कमजोर छ। बुझाइको क्षमताविना, तिमीहरूले मैले बोलेको केही पनि बुझ्दैनौं, जसले इच्छाइएको प्रभाव प्राप्‍त गर्न एकदमै गाह्रो बनाउँछ; मैले तिमीहरूलाई सीधै भन्न नसक्ने धेरै कुरा छन्, र इच्छाइएको प्रभाव प्राप्‍त गर्न सकिँदैन, र यसरी यसमा अतिरिक्त कार्य आवश्यक पर्छ। तिमीहरूको बुझ्ने क्षमता, परिस्थिति बुझ्ने तिमीहरूको क्षमता, र तिमीहरू बाँच्ने स्तर एकदमै अपूर्ण छ, त्यसैले तिमीहरूमा “क्षमता बढाउने” कार्य गरिनु पर्दछ। यो अपरिहार्य छ, र यसको कुनै विकल्प छैन। त्यसरी मात्रै केही प्रभाव हासिल गर्न सकिन्छ, यदि भएन भने, मैले भनेका सबै वचनहरूको कुनै अर्थ रहँदैन। अनि त्यसो हुँदा, तिमीहरू सबै इतिहासमा पापीको रूपमा परिचित हुँदैनौं र? के तिमीहरू पृथ्वीका सबैभन्दा निकृष्ट प्राणी बन्दैनौं र? तिमीहरूमा के कार्य भइरहेको छ, र तिमीहरूले के शर्त पूरा गर्न आवश्यक छ भनेर तिमीहरूलाई थाहा छैन र? तिमीहरूले आफ्नो क्षमता जान्नैपर्छ: यसले मेरो आवश्यकता सर्तलाई पूरा गर्दैन। र के यसले मेरो कार्यलाई ढिलो बनाउँदैन र? तिमीहरूको हालको क्षमता र तिमीहरूको चरित्रको हालको अवस्थाको आधारमा, तिमीहरू कोही पनि मेरो गवाही दिन योग्य छैनौं, न त तिमीहरूमध्ये कोही नै मेरो भविष्यको कार्यको भारी जिम्मेवारीका लागि काँध थाप्न योग्य छौँ। के तिमीहरूमा गहिरो लाजको भान भएको छैन? यदि तँ यसरी नै अघि बढिस् भने, तैँले मेरो इच्छालाई कसरी सन्तुष्ट पार्न सक्छस्? तैँले तेरो जीवन पूर्ण रूपमा जिउनुपर्छ। समयलाई व्यर्थमा व्यतीत हुन नदे—त्यसो गर्नुको कुनै अर्थ हुन्न। तँ के-कस्ता कुराद्वारा सुसज्जित हुनुपर्छ भन्‍ने कुरा तैँले बुझ्नुपर्छ। आफूलाई सबै कुरा जान्ने नसम्झी—तैँले अझै धेरै लामो यात्रा तय गर्नु छ! मानवताको न्यूनतम सामान्य सुझबुझ पनि तँमा छैन भने, भन्नुपर्ने कुरा के नै पो रह्यो र? के यो सबै व्यर्थ छैन र? अनि मलाई आवश्यक पर्ने मानवता र क्षमताको लागि तिमीहरूमध्ये एक जना पनि पूर्ण रूपमा योग्य छैनौं। प्रयोगका लागि योग्य व्यक्ति पत्ता लगाउनु एकदमै गाह्रो छ। मेरो लागि महान् कार्य गर्न आफू सक्षम भएको तिमीहरू विश्‍वास गर्छौ, र मबाट महान् कुराहरूको जिम्मेवारी तिमीहरूलाई दिइएको छ भन्‍ने विश्‍वास गर्छौं; वास्तवमा, तिमीहरूको आँखैअगाडि भएका पाठहरूमा कसरी प्रवेश गर्ने भनेर पनि तिमीहरूलाई थाहा छैन—अनि कसरी तिमीहरू गहिरो सत्यतामा प्रवेश गर्न सक्छौ? तिमीहरूको प्रवेश तहगत पद्धति र मात्राअनुसार हुनुपर्छ। यो अव्यवस्थित हुनु हुँदैन—त्यो राम्रो होइन। सबैभन्दा हल्का प्रवेशबाट सुरु गर्नू: यी वचनहरूप्रति बुझाइ र स्पष्टता हासिल नहुँदासम्म प्रत्येक वाक्य पढ्नू। जब तैँले परमेश्‍वरका वचनहरू पढ्छस्, तब तैँले घोडामा बसेर दौडँदै फूलहरूको प्रशंसा गरेजस्तो गर्दै सरर मात्रै हेर्ने नगर्नू, र केवल पढेको जस्तो मात्र नगर्नू। आफ्नो ज्ञान बढाउनका लागि तैँले नियमित रूपमा केही सन्दर्भ पुस्तकहरू (जस्तै व्याकरण वा अलङ्कारसम्बन्धी पुस्तकहरू) पनि पढ्न सक्छस्। माया-प्रेमसम्बन्धी उपन्यास, महान् व्यक्तिहरूको जीवन-कथा, वा सामाजिक विज्ञानसम्बन्धी पुस्तकहरू नपढ्नू; यी पुस्तकहरू कति पनि फाइदाका छैनन्, र यिनले क्षति मात्रै पुर्‍याउन सक्छन्। तैँले प्रवेश गर्नुपर्ने र बुझ्नुपर्ने सबै कुरामा तैँले सिद्धता हासिल गर्नुपर्छ। मानिसहरूको क्षमता बढाउनुको प्रयोजन तिनीहरूलाई तिनीहरूको आफ्नै सार, पहिचान, हैसियत र महत्त्वको चेतना प्रदान गर्नु हो। मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्दा सत्यताको खोजी किन गर्नुपर्छ, र मानिसहरूको क्षमता नबढाउने कुरा तिनीहरूका लागि स्वीकार्य छ वा छैन भनेर तैँले बुझ्नुपर्छ। तिमीहरूले आफूलाई शिक्षित राख्नु अनिवार्य हुन्छ; तैँले यसलाई फ्याँक्नु हुँदैन! मानिसहरूको क्षमता किन बढाइनुपर्छ, कसरी बढाइनुपर्छ, र कुन पक्षहरूमा प्रवेश गर्नुपर्छ भनेर तिमीहरूले बुझ्नुपर्छ। तैँले सामान्य मानवतामा जिउनुको महत्त्व, यो कार्य गर्नुपर्ने कारण, र मानिसले खेल्नुपर्ने भूमिकाको बारेमा बुझ्नुपर्छ। उदाहरणका लागि, शिक्षित बन्दा, कुन पक्षहरूको अध्ययन गरिनुपर्छ, र तिनमा कुनै व्यक्तिले कसरी प्रवेश गर्नुपर्छ भनेर तिमीहरूले बुझ्नुपर्छ। शिक्षित हुनुको लक्ष्य के हो भनेर तिमीहरू सबैले बुझ्नुपर्छ। के यो परमेश्‍वरका वचनहरू बुझ्न र सत्यतामा प्रवेश गर्न होइन र? आज मण्डलीहरूमा के चलिरहेको छ? मानिसहरूलाई शिक्षित बन्न लगाउँदा, यसले तिनीहरूलाई परमेश्‍वरका वचनहरूको आनन्द पनि भुल्ने बनाउँछ, र तिनीहरू दिनभरि शिक्षित बन्नेभन्दा अरू केही काम गर्दैनन्। यदि तँ तिनीहरूलाई सामान्य मानवतामा जिउन लगाउँछस् भने, तिनीहरूले आफ्नो घरलाई सफा गर्ने, खाना पकाउने, वा भान्साका भाँडाकुँडा किन्ने मात्रै गर्नेछन्। यीनै कुराहरू तिनीहरूका लागि सधैँ मुख्य कुरा बन्नेछन्; तिनीहरूलाई सामान्य मण्डली जीवन कसरी अघि बढाउने भन्‍नेसम्मको चेत हुनेछैन। यदि तैँले आफूलाई हालको परिस्थितिमा पाउँछस् भने, तँ तेरो अभ्यासमा पथभ्रष्ट भएको छस्। उसो भए, तँलाई आत्मिक जीवनमा प्रवेश गर्न किन भनिएको छ त? ती कुराहरू मात्र सिक्दा तँलाई भनिएको कुरा गर्न तँ अक्षम हुनेछस्। अझै पनि जीवन प्रवेश सबैभन्दा महत्त्वपूर्ण छ; त्यो कार्य गर्नुको कारण भनेको मानिसहरूले तिनीहरूको अनुभवमा सामना गर्ने साह्रो-गाह्रोको समाधान गर्नु हो। तेरो क्षमता बढाउनाले तँलाई मानव प्रकृति तथा मानिसको सारको ज्ञान प्राप्‍त हुन्छ, जसको मुख्य अभिप्राय मानिसहरूको आत्मिक जीवन बढ्न सकोस् र तिनीहरूको स्वभाव परिवर्तन हुन सकोस् भन्‍ने हो। तँलाई राम्रो देखिन कसरी लुगा लगाउने र आफूलाई श्रृङ्गार्ने भनेर थाहा हुनसक्छ, तँ अन्तर्दृष्टियुक्त र चलाख हुन सक्छस्, र तर अन्ततोगत्वा, जब तँ कार्यमा जाने दिन आउँछ, तँ जान सक्दैनस्। तसर्थ, तेरो क्षमता बढाइँदै गर्दा के गरिनुपर्छ भनेर पनि तँमा चेत हुनुपर्दछ। यसको लक्ष्य भनेको तँलाई परिवर्तन गर्नु हो; तेरो क्षमता बढाउनु पूरक हो। यदि तेरो क्षमतामा सुधार भएन भने यसले काम गर्दैन, र यदि तेरो स्वभाव परिवर्तन भएन भने, त्यो झनै नराम्रो हुन्छ। यी दुइटै कुरा छुटाउन सकिन्न। सामान्य मानवता ग्रहण गर्नुको अर्थ तैँले सानदार गवाही दिएको छस् भन्‍ने हुँदैन—तैँले के कुरा पूरा गर्न आवश्यक छ भन्‍ने कुरा त्यति सहज छैन।

मानिसहरूको क्षमतालाई तिनीहरूले सामान्य मानवता भएका मानिसहरूको बोध र जीवनशैली प्राप्‍त गर्ने, र जीवन प्रवेश प्राप्त गर्ने हदसम्म बढाइएपछि मात्रै—त्यति बेला मात्रै तिनीहरूसँग बोल्नको लागि परिवर्तन र गवाहीहरू हुनेछन्। जब तेरो लागि साक्षी दिने दिन आउनेछ, तँले तेरो मानव जीवनमा भएका परिवर्तनहरू, र तँभित्र भएको परमेश्‍वरको ज्ञानको बारेमा पनि बोल्नुपर्छ। यी दुईवटा पक्षहरूको मिश्रण मात्रै तेरो साँचो गवाही र तेरो प्रतिफल हो। तँसँग कुनै पनि भित्री बुझाइ छैन भने तेरो मानवता बाहिरबाट परिवर्तन भएर पुग्दैन, न त तैँले तेरो सामान्य मानवता जिउने विषय नजरअन्दाज गर्छस् भने तँसँग भित्री बुझाइ र सत्यता भएर नै पुग्नेछ। तँमा आज गरिएको कार्य देखाउनका लागि होइन, तर तँलाई परिवर्तन गर्नका लागि हो। तैँले गर्नुपर्ने एक मात्र कार्य भनेको आफूलाई परिवर्तन गर्नमा केन्द्रित हुने हो। तेरो जीवनमा अरू केही छैन भने, प्रत्येक दिन लेखेर र सुनेर मात्र हुनेछैन; तेरो प्रवेश प्रत्येक पक्षमा हुनुपर्छ। तँसँग सन्तको सामान्य जीवन हुनुपर्छ। धेरै दिदीबहिनीहरूले युवतीहरूको जस्तै र दाजुभाइहरूले उच्चपदस्थ वा ठूला व्यक्तिहरूको जस्तै कपडा लगाउँछन्, जुन सन्तहरूको शिष्टताभन्दा सर्वथा भिन्न हुन्छ। कुनै व्यक्तिको क्षमता बढाउनु एउटा कुरा हो—यो आकस्मिक रूपमा हासिल गरिन्छ। परमेश्‍वरका वचनहरू खानु र पिउनु अर्को कुरा हो—यो चुरो कुरो हो। यदि तेरो क्षमता बढाइएको थियो तर तैँले परमेश्‍वरका वचनहरू नखाएको र नपिएकोले यसलाई प्रयोगमा ल्याइनस् भने, के तैँले सिक्नका लागि गरेका प्रयासलाई खेर फालेको हुँदैनस् र? दुवै पक्षहरूलाई सम्मिश्रण गरिनुपर्छ। तैँले के कुरा पूरा गर्न आवश्यक गरिएको छ भन्‍ने विषयमा छलफल गर्दा परमेश्‍वरप्रतिको ज्ञान किन ल्याउने त? के यो आगामी कामको प्रतिफलको खातिर होइन र? तँमाथि विजय प्राप्‍त भएपछि, तँ तेरा आफ्नै अनुभवहरूबाट गवाही दिन सक्षम हुनुपर्छ। यदि तेरो बाहिरी आवरण सामान्य मानवताको छ, तर तँ तेरा अनुभवहरूलाई बोलीमा राख्न असक्षम छस् भने यसले काम गर्नेछैन। सामान्य आत्मिक जीवन हुँदा, तैँले सामान्य मानवता पनि हासिल गर्नुपर्छ, जसका धेरै कुराहरू आकस्मिक रूपमा सिकिँदै गइनेछ। के तेरो विचारमा भूँइमा कूचो लगाउनका लागि कुनै निश्चित अभ्यासको खाँचो पर्छ? यो भन्दा पनि खराब त खाना खाँदा काँटाचम्चा कसरी समात्ने भनेर एक घण्टा अभ्यास गर्नु हो! सामान्य मानवतामा के-कस्ता पक्षहरू समावेश हुन्छन्? अन्तर्दृष्टि, बोध, विवेक, र चरित्र। यदि तैँले यी प्रत्येक पक्षहरूमा सामान्यता हासिल गरिस् भने, तेरो मानवता उपयुक्त स्तरको हुनेछ। तँसँग सामान्य मानवको रूप हुनुपर्छ, तँ परमेश्‍वरको विश्‍वासी समान हुनुपर्छ। तैँले धेरै कुरा हासिल गर्नुपर्दैन, न त कूटनीतिमा सहभागी नै हुनुपर्छ; तँ केवल सामान्य मानिसको बोध भएको सामान्य मानिस हुनुपर्छ, परिस्थिति छुट्याउन सक्ने हुनुपर्छ, र कम्तीमा सामान्य मानव जस्तो देखिनुपर्छ। यति पर्याप्‍त हुनेछ। तैँले आज जे कुरा पूरा गर्न आवश्यक छ ती कुराहरू तेरो क्षमताभित्रै छ, यो क्षमताभन्दा बढी गर्न दबाब दिने मामिला होइन। तँमाथि कुनै अनुपयोगी वचन वा अनुपयोगी कार्य गरिनेछैन। तेरो जीवनमा व्यक्त वा प्रकट भएका सबै कुरूपतालाई फाल्नुपर्छ। तिमीहरू शैतानबाट भ्रष्ट भएका छौ र शैतानको विषले पूरा भरिएका छौ। तँबाट मागिएको कुरा त शैतानको यो भ्रष्ट स्वभावलाई फाल् भनेको मात्र हो। तँलाई कुनै उच्चपदस्थ कर्मचारी, वा प्रसिद्ध वा महान् व्यक्ति बन् भनिएको होइन। यसमा कुनै तुक छैन। तिमीहरूमा गरिएको कार्यले तिमीहरूका अन्तर्निहित कुराहरूलाई मध्यनजर गरेको हुन्छ। मैले मानिसहरूबाट माग्ने कुराहरू सीमामा बाँधिएका छन्। यदि बौद्धिक व्यक्तिहरूले बोल्ने तरिका र लबजमा तैँले अभ्यास गरेको थिइस् भने, यसले काम गर्नेछैन; तैँले यसलाई गर्न सक्नेछैनस्। तिमीहरूको क्षमताको आधारमा, तिमीहरूले कम्तीमा बुद्धि पुर्‍याएर र विनम्रताका साथ बोल्न र कुराहरूलाई स्पष्ट र बुझ्नयोग्य तरिकाले व्याख्या गर्न सक्नुपर्छ। शर्तहरू पूरा गर्नका लागि यति मात्रै चाहिन्छ। यदि, कम्तीमा पनि, तैँले अन्तर्दृष्टि र बोध प्राप्त गरिस् भने, यतिले काम गर्छ। अहिलेका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको तेरो भ्रष्ट शैतानी स्वभाव फाल्नु हो। तँभित्र प्रकट भएको कुरूपता तैँले फाल्नुपर्छ। यी कुराहरू तैँले फाल्दैनस् भने, तैँले सर्वोच्च बोध र सर्वोच्च अन्तर्दृष्टिका बारेमा कसरी कुरा गर्न सक्छस्? युग परिवर्तन भएको देखेर, धेरै मानिसहरूमा कुनै विनम्रता वा धैर्यता छैन, र तिनीहरूमा कुनै प्रेम वा सन्तको शिष्टाचार पनि छैन। यस्ता मानिसहरू कति विवेकशून्य होलान्! के तिनीहरूमा अलिकति पनि सामान्य मानवता होला त? के तिनीहरूमा बोल्नको लागि कुनै गवाही होला त? तिनीहरूसँग अन्तर्दृष्टि वा समझ सर्वथा छैन। पक्कै पनि, मानिसहरूका केही विकृत र गलत अभ्यासलाई सच्याइनुपर्छ; उदाहरणका लागि, तिनीहरूको पहिलेको कडा आत्मिक जीवनहरू र तिनीहरूका भावशून्य र अल्पबुद्धि रूप—यी सबै कुराहरूलाई परिवर्तन गरिनुपर्छ। परिवर्तनको अर्थ तँलाई जे मन लाग्यो त्यही बोल्दै, देहमा स्वछन्द वा लिप्‍त हुन दिने भन्‍ने होइन। तैँले हल्का रूपमा बोल्नु हुँदैन। सामान्य मानवको बोली तथा आचरण हुनु भनेको तर्कसंङ्गत रूपमा बोल्नु हो, तैँले “हुन्छ” भन्दा “हुन्छ” भन्नु, “हुन्न” भन्दा “हुन्न” भन्नु हो। तथ्य परक रूपमा र उपयुक्त ढङ्गले बोल्। नठग्, र झूटो नबोल्। स्वभावको परिवर्तनको सन्दर्भमा व्यक्तिले जान सक्ने हदहरू बुझ्नुपर्छ। यदि यसो भएन भने, तँ वास्तविकतामा प्रवेश गर्न सक्नेछैनस्।

अघिल्लो: इस्राएलीहरूले जस्तै सेवा गर्

अर्को: मोआबका सन्तानहरूलाई बचाउनुको महत्त्व

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्